Tuesday, November 7, 2017

विराट व्यक्तित्वको विराट जित प्रजातान्त्रिक योद्धा लालकिशोरको संघर्ष यात्राको कथा

अजय अनुरागी
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिकाको मेयर पदमा राष्टिूय जनता पार्टी नेपालका लालकिशोर साह निर्वाचित भएपछि उनलाई देश तथा विदेशबाट बधाईको ओईरो आईरहेको छ । जनकपुरमा भएका मानिसहरुले उनलाई भेटेरै बधाई दिईरहेका छन् भने जनकपुरभन्दा बाहिरका मानिसहरु भने उनलाई फोन गरेर बधाई दिईरहेका छन् । कसैले म्यान अफ इलेक्शन, कसैले जनकपुरका मतदाताका निर्णय मधेसको पक्षमा निर्णय, कोई जनकपुरको अभिमत सिंगो प्रदेश नं. २ कै अभिमत भनेर फोनमा साहलाई भनिरहेका छन् । कोई जनकपुरको दुरावस्थालाई अन्त गर्नका लागि अभिमत, जिर्ण सडक नालालाई मर्मत गर्नका लागि अभिमत भनेर पनि भनिरहेका छन् । कोई यहाँको माहौल सुधार्नका लागि जनताको अभिमत भनेर बधाई दिईरहेका छन् । अहिले बधाईसँगसँगै उनलाई धेरै जिम्मेवारी पनि दिनेहरुको कमि छैन । जनकपुरलाई एउटा आधुनिक सहर जनकपुरधामको रुपमा विकास गर्नका लागि सम्पुर्ण पुर्वाधारहरु नवनिर्वाचित मेयर साहले पुरा गरिदिउन भन्ने आशा र अपेक्षा समेत साहसँगको भेटमा नगरवासीले गर्ने गरेका छन् । हुन पनि विगत २० बर्ष देखि स्थानीय निकाय जनप्रतिनिधि विहिन भएपछि कर्मचारी र सर्वदलिय संयन्त्रको आधारमा जनकपुर उपमहानगरपालिकाको बजेट खर्च त हुन्थ्यो तर विकास भएको नगरवासीले अनुभुति गर्न सकिरहेका थिएनन् । एक त स्थानीय निकाय जनप्रतिनिधि विहिन भएको अवस्था, अर्कोतिर जनकपुर उपमहानगरपालिका स्थित धनुषा क्षेत्र नं. ४ को संसदीय निर्वाचन क्षेत्र समेत जनप्रतिनिधि विहिन भएको अवस्थामा साँच्चै भन्ने हो भने जनकपुर टुहुरो भएको थियो । किनभने यस क्षेत्रबाट निर्वाचित सांसद संजय साह अहिले जनकपुर बम काण्ड र संचार उद्यमी अरुण सिंघानियाको हत्या अभियोगमा जेलमा पुर्पक्षमा थुनिएका छन् । जनकपुरका लागि आधिकारिक जनप्रतिनिधि नभएर पनि होला,मेयरमा साह निर्वाचित भएपछि जनकपुरवासीमा थुप्रै आशा र अपेक्षाहरु जागेका छन् । अब ती आशा र अपेक्षाहरु मेयर साहले कति पुरा गर्लान वा नगर्लान त्यो भने आगामी दिनमा उनले गर्ने कामहरुबाट क्रमशः देखा पर्ने नै छन् । त्यसको लेखाजोखा आगामी दिनमा हुने नै छन् ।
विराट जित
जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि १९ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । उपमहानगरपालिकामा ४५ हजार ७ सय ९७ मत खसेकोमा  मत परिणाम हेर्दा खेरी खासै भन्ने हो भने कसैले पनि राजपा नेपालका उम्मेदवार लाल किशोर साहलाई चुनौति दिएको देखिँदैन । किनभने निर्वाचित साह र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज कुमार साहले पाएको मतमा १० हजार भन्दावढी मतको मतान्तर रहेको छ । निर्वाचित साहले २१ हजार ९ सय ३ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका साहले ११ हजार १ सय ६४ मत मात्र पाउन सकेका थिए । नेकपा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८ सय ६५, संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६ सय १२ र नेकपा माओवादी केन्द्रका चन्द्रशेखर साहले २ हजार १ सय २८ मत मात्र प्राप्त गर्न सकेका थिए । बाँकी पाँच जना उम्मेदवारहरु १ हजार मत पनि कटाउन सकेनन् भने अर्का बाँकी उम्मेदवारहरुले ५० मत पनि ल्याउन सकेनन् । ती मत परिणामको तथ्याङ्कले पनि निर्वाचन केही हदसम्म कांग्रेसले प्रतिस्पर्धा गर्न खोजेको देखिएपनि एकतफी रुपमा साह जितेको देखिन्छ । त्यस अर्थमा साहको जित विराट जित भएको बुझ्न सकिन्छ ।
जनकपुरमा विगतमा पनि दुई पोलमा मात्र मतदान हुने र कडा प्रतिस्पर्धा हुने र बाँकी उम्मेदवारहरु प्रतिस्पर्धामै नदेखिने दुई पटकको संविधानसभाको चुनावले पनि देखाउँछ । पहिलो संविधानसभाको चुनावमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार संजय साह र नेकपा एमालेका उम्मेदवार रघुविर महासेठ बीच भएको कडा प्रतिस्पर्धामा फोरमका साह निर्वाचित भएका थिए । त्यसैगरी दोस्रो संविधानसभाको निर्वाचनमा सदभावनाका संजय साह र नेपाली कांग्रेसका रामसरोज यादव बीच भएको कडा प्रतिस्पर्धामा  साह नै निर्वाचित भएका थिए । ती दुवै चुनावमा दुई जना प्रतिस्पर्धीहरु बीच मात्र प्रतिस्पर्धा देखिएको थियो । तर, जनकपुर उपमहानगरपालिकामा भएको स्थानीय तहको निर्वाचनमा त्यो परिस्थिति पनि देखा परेन । साहले एकहोरो मैदान मारेको देखिन्छ ।
साहको पहिलो दिनको निर्णय
जनकपुर उपमहानगरपालिकाका नवनिर्वाचित कार्यपालिका प्रमुख लालकिशोर साहले जनकपुर उपमहानगरपालिकालाई जनकपुरधाम उपमहानगरपालिका बनाउने निर्णय गरेका छन् । नवनिर्वाचित प्रमुख, उपप्रमुखसहित पदाधिकारीहरुले सपथ ग्रहण गरे लगत्तै पदभार सम्हालेपछि ९ असोजमा जनकपुर उपमहानगरपालिकाको नाम जनकपुर उपमहानगरपालिका भई कार्य सञ्चालन रहेकोमा अब जनकपुरधाम उपमहानगरपालिकाको नामाकरण गरि दिनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई  अनुरोध गर्ने निर्णय गरिएको छ ।
उक्त कार्यपालिकाको बैठकले यसका अतिरिक्त जनकपुर उपमहानगरपालिकाको वडा नम्बर १३ स्थित मौनि बाबाको स्थानसम्म पुग्नको लागि बाटोको अवस्था राम्रो नभएको हुँदा परिक्रमा सडकदेखि मौनि बाबाको स्थानसम्म बाटो मर्मत सम्भार गर्नुका साथै उक्त स्थानलाई उज्यालो गर्नका लागि दुई थान सोलार लाईट जडान गर्ने दोश्रो निर्णय  गरेका छन् । सहरका यूवाहरुलाई पान पराग, गुट्खा लगायतका सामानहरुको सेवन नगर्न अनुरोध गर्नुका साथै सेवन गर्नै परे सहरमा जहाँ तहाँ थुक नफाल्न अनुरोध समेत तेस्रो निर्णयमा गरिएको छ । त्यसैगरी पहिलो बोर्डको बैठकबाट गरिएको निर्णयमा मधेस आन्दोलनका सहिदहरुलाई श्रद्धाञ्जली दिनुका साथै मतदाताहरुलाई आभार समेत व्यक्त गरिएको थियो ।
नवनिर्वाचित पदाधिकारीहरुले मैथिली भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । मिथिलाको ईतिहासलाई जोगाउँदै मैथिली भाषाको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले मैथिली भाषामा सपथ लिएको जनकपुर उपमहानगरपालिकाका प्रमुख साहले बताएका छन् । निर्वाचनका क्रममा मतदाताहरुसंग मत माग्न जाने बेला अरु उम्मेदवारहरुले धेरै प्रतिवद्धता गरेपनि आफुले भने धेरै ठुलो कुराहरुको आश्वासन नदिए पनि मतदाताहरुले व्यक्त गरेका अभिमतलाई सम्मान गर्दै जनकपुर उपमहानगरपालिकाको विकासका लागि आफु सदैव प्रयत्नशील रहने साहले बताएका छन् । जीर्ण जनकपुरलाई पूनर्निर्माण गर्नका लागि धेरै कामहरु गर्न आवश्यक रहेको भन्दै साह भन्छन्, ‘जनकपुरका सडक निर्माण, ढल व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, लामखुट्टे नियन्त्रण लगायत धेरै पूर्वाधारहरुको विकास गर्न आवश्यक छ ।’ कहाँबाट सुरु गर्ने भन्ने अन्यौल रहेपनि केही दिनमै समग्र जनकपुरको विकासका लागि कार्ययोजना बनाई सार्वजनिक गर्ने प्रमुख साह बताउछन् ।
बिना कुनै भेद्भाव राजनीतिक आस्था नराखी विकास निर्माणदेखि सामाजिक सद्भाव, सामाजिक एकता, सामाजिक परिर्वतनको अभियानलाई अगाडी बढाउन एकवद्ध भई प्रयत्न गर्नेछु भन्दै नव निर्वाचित प्रमुख साह भन्छन्, ‘जनकपुरको माहौल दुषित भएको छ, त्यसलाई स्वच्छ बनाउनु छ । महिलाहरु असुरक्षित छन् तिनलाई सुरक्षाको वातावरण प्रत्याभूति गराउनु छ । युवाहरु कुलतमा फसेका छन्, त्यो जञ्जालबाट युवाहरुलाई उन्मुक्ति दिलाउनु छ, युवाहरु विदेश पलायन भईरहेका छन् यही काम गरेर खान सक्ने परिस्थिति निर्माण गर्नुछ, युवाहरुलाई गलत तत्वले झुक्याई गलत काममा प्रयोग गराई रहेका छन्, तिनलाई सही दिशा देखाउनु छ ।’ विद्यार्थीहरुलाई पढ्ने माहौल छैन्, त्यो वातावरण बनाउनु छ, टूाफिक व्यवस्थापन गर्नुछ, सामाजिक सद्भाव र सामाजिक एकतालाई बनाएर अघि बढ्नुछ, त्यसका लागि जनकपुरबासीको साथ आवश्यक रहेको साह बताउछन् ।
सपथ ग्रहण गरेपछि प्रमुख साह मधेश आन्दोलनका क्रममा सहीद भएका नितु यादव, दिलिप यादव र सञ्जय चौधरीलाई एकसाथ दाहसंस्कार गरिएको स्थान जनकपुरको मुजेलियामा पुगेर माल्यार्पण गरेका थिए । 
लालकिशोर साहको राजनीतिक जीवन तथा संघर्षका यात्रा
महोत्तरीको मटिहानीमा पिता पल्टन साह र माता सिया देवीको कोखबाट २ माघ २०१५ मा छोराको रुपमा जन्मिएका लालकिशोर साहले प्राथमिक शिक्षा भारत विहारको सितामढीबाट प्राप्त गरेका थिए । महोत्तरीको सदरमुकाम जलेश्वर स्थित लचमुमाविबाट माध्यमिक शिक्षा प्राप्त गरेका थिए । जलेश्वरमा कक्षा ८ मै अध्ययनरत रहेका बेला २०२९ सालमा नयाँ शिक्षा ऐनको विरोधमा स्कुलमा हडताल गर्दा विद्यार्थीहरुलाई गिरफ्तार गरिएको थियो । सोही क्रममा लालकिशोर पनि पक्राउ परेर १४ दिन सम्म थुनामा रहेका थिए । एसएलसी उत्तीर्ण गरिसकेपछि २०३२ सालमा जनकपुरको राराब क्याम्पसमा आईए पढ्नका लागि आउँदा २०३३ सालमा साहलाई नेपाल विद्यार्थी संघको ईकाई समितिका अध्यक्ष बनाइएको थियो । त्यतिबेला नेपाली कांग्रेस सशस्त्र क्रान्तिमा लागेका थिए । विपी कोइराला भारत प्रवासमा रहिरहँदा राष्टिूय मेलमिलापको नीति लिएर नेपाल प्रवेश गर्न चाहन्थे । विपी नेपाल फर्किए पनि । तर, २०३४ सालमा विपी विरामी भई उपचारका लागि अमेरिका गएका थिए । अमेरिकाबाट उपचार गरी फर्किरहेका बेला काठमाण्डौको अन्तर्राष्टिूय विमान स्थलमा विद्यार्थीहरु विपीलाई रिसिभ गर्न गएका थिए । रिसिभ गर्न लालकिशोर पनि काठमाण्डौ पुगेका थिए । काठमाण्डौबाट जनकपुर फर्किन साथ प्रशासनले लालकिशोरलाई गिरफ्तार गरी शान्ति सुरक्षा ऐन अन्तरगत मुद्दा चलाएको थियो । ९ महिनासम्म थुनामा राख्न सक्ने व्यवस्था भएपनि ५ महिना पछि साहलाई रिहा गरियो । त्यसपछि २०३५ सालमा विपी कोइराला विराटनगर आउने कार्यक्रम तय थियो । जनकपुरबाट १८ जना विद्यार्थीहरुको समुह पनि विपीलाई स्वागत गर्न विराटनगर पुगेका थिए । लालकिशोर साह पनि त्यहाँ पुगेका थिए । तर, प्रशासनले विपी चढेको विमान विराटनगर विमानस्थलमा ल्याण्ड नै हुन दिएन । विमान ल्याण्ड हुन नदिएपछि विमानस्थलमा तारवार सहितको घेरालाई तोड्दै करिब २ सय जना विद्यार्थीहरु विमानस्थलमा प्रवेश गर्न खोजे । प्रशासनको घेरालाई तोड्दै साह पनि विमानस्थलमा प्रवेश गरी पञ्चायत व्यवस्था विरुद्ध नारावाजी गर्न थाले । सोही क्रममा प्रहरीले लालकिशोरलाई मर्नासन्न हुने गरी कुटेर घाईते बनाएका थिए । घाईते भएका साहलाई झापाका चिन्तक सिके प्रसाईले देखेपछि जनकपुरकै कांग्रेसका नेता महेश्वर प्रसाद सिंहलाई जनकपुरका विद्यार्थी साहलाई मारेर फालिदियो भनेपछि हेर्दा उनी जिवितै थिए । त्यसपछि तिनीहरुले  गाडी मगाएर घाईते साहलाई विराटनगर स्थित कोइराला निवासको अतिथि सदनमा डाक्टरहरु बोलाएर उपचार गराइयो । केही दिनको उपचार पछि निको भएर साह जनकपुर फर्किए ।
२०३५ सालको चैत्रमा पाकिस्तानमा जुल्फीकार अलि भुट्टोलाई फाँसी दिइएपछि नेपालमा पनि विद्यार्थी आन्दोलन भयो । जनकपुरको राराब क्याम्पसमा पनि लालकिशोर साहको अगुवाईमा विद्यार्थी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा प्रहरीले लाठी चार्ज गर्दा एक जना विद्यार्थी नेता प्रदिप महतोको पुरै हात नै काटियो । अर्का विद्यार्थी नेता महेन्द्र मधुकरलाई मर्नासन्न हुनेगरी क्याम्पसको पुस्तकालयमा प्रशासनले फालेका थिए । लालकिशोर साह त्यतिबेला भुमिगत भएर ती घाईते विद्यार्थी नेताहरुलाई भारतको दरभंगा लगेर उपचार गराएका थिए । जनकपुरकै एक जना विद्यार्थी डाक्टर जितेन्द्र महासेठ त्यहाँ दरभंगामा अध्ययनरत थिए । उपचारमा ती विद्यार्थीले धेरै नै सहयोग गरेको साह अहिले पनि सम्झिन्छन् । त्यतिबेला साह माथि प्रशासनले सुट वारन्ट जारी गरेको थियो । त्यसैले साह भुमिगत भएर भारतमा बस्ने र नेपालको सीमासम्म आएर आन्दोलन गतिविधिमाथि नजर राख्ने गर्थे ।
२०३६ सालमा जनमत संग्रहको घोषणा हुँदा साहलाई नेविसंघको केन्द्रिय कमिटिमा मनोनित गरियो । विपीले निर्देशन दिएपछि बहुदलको प्रचारप्रसारका लागि साह सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सिन्धुली गरी ५ जिल्लामा खट्न थाले । त्यहि बेला साहको भारतको दरभंगामै २२ फागुन २०३६ मा सविता साहसँग विवाह भयो । विपीको देहावशान शिक्षकहरुको संघसंगठनद्वारा आन्दोलन सुरु भएको थियो । त्यतिबेला साह बलबहादुर केसीको अध्यक्षतामा गठित नेविसंघको कार्यसमितिमा सचिवालय सदस्य थिए । शिक्षकहरुको आन्दोलनलाई समर्थन गर्दै जनकपुरको राराब क्याम्पस, जानकी मावि, सरस्वती मावि बन्द गराएर कन्या मावि बन्द गराउन जाँदा प्रहरीहरुले साहलाई घेराबन्दी गरे । प्रहरीको घेराबाट उम्किनका लागि साह सहित विद्यार्थी नेताहरु भरतकान्त अर्याल, रविन्द्र लगायत विद्यालयकै छेउमा रहेको पोखरीमा हामफालेर पौडी खेल्दै उम्किन सफल भएका थिए । त्यहाँबाट ती विद्यार्थीहरु फेरी राराब क्याम्पस आईपुगे । क्याम्पस चौकमा साहलाई फेरी गिरफ्तार गरियो । ९ महिना जेल काटेर जलेश्वर कारागारबाट साह रिहा भएका थिए ।
२०३७ सालमा राराब क्याम्पसमा स्ववियूको चुनावमा साह उपसभापति भएका थिए । त्यसपछि २०४२ सालमा भएको स्ववियूको निर्वाचनमा साह सभापति पनि भए । साह सभापति भएको बेला नै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रहको घोषणा गरेको थियो । जेष्ठ १० गते देखि सत्याग्रह घोषणा गरिएको थियो । सत्याग्रह गर्न नियूक्त गरिएका राराब क्याम्पसका विद्यार्थी नेताहरु बजरंग नेपाली, शिवशंकर आजाद सत्याग्रहको तयारीका लागि जलेश्वर पुगेका बेला महोत्तरीमा गिरफ्तार भए । ती विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै साह राराब क्याम्पसमा आमरण अनशनमै बसे । आमरण अनशनमा साहले क्याम्पसका लागि अन्य एजेण्डाहरु पनि उठाएका थिए । आमरण अनशनकै कारण त्रिभुवन विश्व विद्यालयका प्रतिनिधिहरु आएर जनकपुरको राराबमा एमएको संचालन अनुमति दिएका थिए । क्याम्पसको छात्रावासको प्रत्येक कोठमा पंखा लगाउने, क्याम्पसमा क्यान्टिन संचालन गर्ने, क्याम्पसमा प्रत्येक दिन विद्यार्थीको उपचारको लागि डाक्टरले ड्यूटि गर्ने लगायतका सहमति भएको थियो । त्यतिबेला डाक्टर अमियम कुमार मुखर्जी विद्यार्थीहरुको उपचारका लागि नियूक्त भएपनि क्याम्पसमा कहिल्यै नजाने गरेकाले साहले आमरण अनशनमा त्यसलाई पनि एजेण्डा बनाएका थिए । ती सबै कुराहरु पुरा गरिदिने क्याम्पस प्रशासनले भनेपनि लालकिशोर साहले महोत्तरीमा पक्राउ परेका विद्यार्थी नेताहरुलाई डिएसपी रायबहादुर थापाले रिहा नगरुन्जेलसम्म आमरण अनशन जारी राख्ने अडान कसे । त्यसपछि आमरण अनशनको ११ औं दिनमा क्याम्पस चिप रामप्रसाद भट्टराई जलेश्वर पुगेर पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गरेर ल्याएका थिए । अनि मात्र लालकिशोरले अनशन तोडेका थिए ।
त्यसपछि नेपाली कांग्रेसको सत्याग्रह आन्दोलन सुरु भयो । ३०÷३१ जना विद्यार्थी नेताहरु सत्याग्रहका क्रममा पक्राउ परेर जलेश्वर कारागारमा थुनिएका थिए । त्यही बेला नवजनवादी मोर्चाका भुमिगत नेता रामराजा प्रसाद सिंहले काठमाण्डौ सहित देशका कतिपय ठाउँमा बम विस्फोटन गराएका थिए । बम काण्डको अभियोगमा धेरै मानिसहरुलाई पक्राउ गरेर जलेश्वर कारागारमा पुर्याइएको थियो । डा.लक्ष्मिनारायण झा, इश्वरलामा, पदम लामा, हरिदेव मण्डल, राजेश्वर नेपाली, यूगलकिशोर लाभ लगायत दर्जनौं मानिसहरुलाई पक्राउ गरेर जेलमा राखिएको थियो । त्यतिबेला महोत्तरीमा सिडिओका रुपमा घनानाथ ओझा, अञ्चलाधीशका रुपमा लालकाजी गुरुङ्ग र डिएसपीका रुपमा रामबहादुर थापा नियूक्त थिए । बम काण्डमा पक्राउ परेका कतिपयलाई प्रहरीले हत्या गरेर बेपत्ता बनाएका थिए । त्यसैक्रममा लालकिशोर साहलाई पनि बेपत्ता बनाउने काम प्रहरीद्वारा गरिएको थियो ।
जेलमा रहेका इश्वर लामा, पदम लामा र लालकिशोर साहलाई जेलरले एक दिन अचानक बोलाएर आज तपाईहरुको रिहाई हुँदैछ भन्दै गाडीमा बसाएर होटेलमा लगि राम्रो खाना खुवायो । खाना खाईसकेपछि जेलमा लगेर जेलरको कार्यकक्षमा ती तिनै जनालाई पुर्याइयो । त्यहाँ उनीहरुलाई एउटा नयाँ रुमाल र नयाँ तौलिया दिइयो । जेल परिसरमै रहेको भगवती मन्दिरको टिका उनीहरुलाई लगाइयो । अब तपाईहरुलाई जेलबाट मुक्त गरिन्छ भनेर छुट पुर्जी पनि तिनै जनालाई दिइयो । १० बजे रातिको समय थियो । तिनै जनालाई आँखामा पट्टी बाँधेर गाडीमा बसाइयो । तिनै जनालाई हतकडी समेत लगाइएको थियो । गाडीमा तिनीहरुलाई एक एक हातको दुरीमा बसाइएको थियो । गाडी हिँड्न थाल्यो । तिनै जनाले एक अर्कालाई हातले सम्याईरहेका थिए । आज हामीहरुलाई प्रहरीले मार्छन भन्ने कुरा तिनै जनालाई आभाष भईसकेको थियो । एक घण्टा जति गाडी चलेपछि गाडी रोकियो । गाडी रोकेर एक साईड खोल्यो र इश्वर लामालाई गाडीबाट प्रहरीले झार्यो । फायरिङ्गको आवाज आयो । त्यसपछि गाडी फेरी चल्यो । २०÷२५ मिनेट गाडी चलेपछि फेरी गाडी रोकियो । पदम लामाको हातको हतकडी खोलियो । पदमलाई गाडीबाट झर्न भनियो । डराएका पदम झर्न नमानेपछि प्रहरीले लात हानेर पदमलाई गाडीबाट खसाल्यो । फेरी फायरिङ्गको आवाज आयो । अनि गाडी फेरी चल्न थाल्यो । अब एक्लै लालकिशोर साह आँखामा पट्टी र हातमा हतकडी सहित गाडीमा थिए । उनीसँगै गाडीमा रहेका दुई जना इश्वर र पदम लामालाई प्रहरीले गोली हानी मारेर बेपत्ता बनाईसकेका थिए । लालकिशोर भन्छन,“ गाडी चलिरहेको थियो । मेरो शरीर धेरै हलुका भईसकेको थियो । लाग्थ्यो कि सायद एक किलोग्रामको पनि शरीर छैन होला । श्रीमति, आमा र दुई छोरीको सम्झना आईरहेको थियो । आज म त मर्ने नै भएँ । मेरो घरपरिवारको अब के होला भनेर सोचिरहेको थिएँ ।” साहका लागि आमा र श्रीमति धेरै महत्वपुर्ण थियो । किनभने साह पक्राउ परेर थुनामा थुनिएपछि आमा गाउँ मटिहानीबाट सँधै भेट्न आउने गर्थिन । राजनीतिमा लागेर पटक पटक थुनामा थुनिन थालेपछि श्रीमति सविताका बुवा आमाले सविताको दोस्रो विहे गर्न थालेका थिए ।
तर, सविता बुवा आमाको कुरा नसुनेर मेरो भाग्यमा जे हुन्छ हुन्छ, बुवा आमाको कुरा नसुनेर भारतको दरभंगाबाट भागेर महोत्तरीको मटिहानी आएका थिए । त्यस्तो अवस्थामा पनि श्रीमतिले साथ दिएका कारण लालकिशोरलाई श्रीमति र दुई छोरीको अब के होला भनेर चिन्ताले सताईरहेको थियो । डेढ घण्टा जति गाडी चलेपछि गाडी रोकियो । अब मलाई पनि गोली हानेर मार्छ भन्दै लालकिशोर सम्बेदनहिन भए । लालकिशोरको आँखाको पट्टी खोल्यो । आँखा खुलेपछि जलेश्वरको डिएसपी कार्यालय पुर्याइएको थियो । त्यहाँ पुगेपछि लालकिशोरलाई बल्ल राहत भयो । माथि जान भर्याङ्ग चढ्न भनियो । भर्याङ्ग चढ्दै गर्दा लालकिशोरको शरीरमाथि पछाडीबाट हात, लात, लाठीको बर्षा हुन थाल्यो । कसैले नाक समातेर त कसैले कान समातेर समेत हिर्काउन थाल्यो । अंग अंगमा कुटाई खाएका लालकिशोरलाई एउटा कोठामा राखियो । त्यो कोठामा धनुषाको इटहर्वामा डकैती गरेका अकौराका डाँकाहरु केवल पासवान र जगदीश खत्वे थिए । ती डाँकाहरुलाई प्रहरीले पहिले देखि नै प्रशिक्षण दिएर राखेका थिए । प्रहरीले लालकिशोरलाई सवाल जवाफ गर्ने, जवाफ नदिए डाँकाहरुले लालकिशोरलाई कुट्ने भनेर डाँकाहरुलाई प्रहरीले भनेका थिए । रातिको डेढ बजेको थियो होला । लालकिशोर र ती डाँकाहरु राखिएको कोठामा प्रहरीको अर्को टोली आयो । लालकिशोर लाई त्यो टोलीले प्रश्न सोध्न थाल्यो । विपी कोइराला मुर्दावाद भनेर भन्न भनियो ।
तर, लालकिशोर केही पनि बोलेन । पञ्चायत व्यवस्था जिन्दावाद भनेर भन्न भनियो । तै पनि लालकिशोरले बोलेनन् । त्यसपछि एक जना पुलिसले लालकिशोरलाई गाली दिएपछि अचानक लालकिशोर उठेर त्यो पुलिसको घाँटी समात्न पुगे । घाँटी समातेर गोली हान्छस भने हान,तर मेरो आमाले के गरेको छ, आमालाई किन गाली दिएको भन्दै प्रहरीको घाँटी अठ्याउन पुगे । त्यतिबेला सम्म लालकिशोरले घाँटी छोडेनन् जबसम्म लालकिशोरलाई प्रहरीले कुटेर बेहोस बनाईदिएनन् । एक छिन पछि लालकिशोरलाई होसमा ल्याइयो । पक्राउ परेका डाँका केवल पासवानलाई पुलिसले रौल (डण्डा) दिएको थियो । राजा विरेन्द्र जिन्दावाद, पञ्चायती व्यवस्था जिन्दावाद भनेर लालकिशोरलाई भन्न भनियो । लालकिशोर बोलेनन् । डाँका पासमानलाई हान्न आदेश दिइयो । तर, डाँका पासमानले लालकिशोरलाई पिट्न मानेनन् । नमानेपछि डाँका पासमानलाई पनि प्रहरीले त्यही डण्डा लिएर कुट्न थाले । विहानको ४ बज्यो । लालकिशोरलाई त्यहाँबाट अलग गरेर पक्राउ परेका अन्य विद्यार्थी नेताहरु सिताराम भण्डारी, नरेन्द्र मिश्र, शंकर मिश्र थुनिएको कोठामा पुर्याइयो ।
एक घण्टा पछि ५ बजे फ्रेस हुनका लागि लालकिशोरलाई तल लगियो । त्यहाँ सिडिओ घनानाथ ओझा पनि थिए । सिडिओले लालकिशोरलाई भने,‘ लालकिशोर यस्तै हो । राजनीतिमा यस्ता कुराहरु भईरहन्छन् । तर, तिमी चिन्ता नलेऊ । म बाँचुनजेल तिमीलाई मर्न दिन्न ।’ त्यसपछि सिडिओले आफ्ना गार्डलाई आदेश दिए( लालकिशोरलाई लगेर फ्रेस गराउ । अञ्चलाधीश र डिएसपी पनि त्यहाँ बसेका थिए । लालकिशोर फ्रेस भएर आए । प्रश्न गर्न थालियो । तिमी पटना कहिले गयौ ? हतियार कहाँ कहाँ राखेका छौ ? सबै कुरा भन्देऊ, राति हामीले तिमीलाई मारेनौं, सहि सहि जवाफ नदिए मारिदिन्छु भन्दै हात र खुट्टाका जोर्नीहरुमा पिटन थाले । त्यसपछि सिडिओ आए । सिडिओले डिएसपीलाई भने,‘ यो त भएन, मैले तय गर्ने हो कि के गर्ने र के नगर्ने । तपाईहरुले मेरो आदेशमा एक्सन मात्र गर्ने हो । लालकिशोरलाई हिजो मात्रै शान्ति सुरक्षा ऐनमा निकालिएको हो । त्यो आदेश सहितको निर्णय मैले नै गरेको हो । इश्वर र पदमलाई मारियो । त्यो निर्णय मैले गरेको थिएँ । तर, लालकिशोरलाई यातना दिने काम गर्नु भएन । लालकिशोर बम काण्डमा छैनन् ।’ यति भन्दै सिडिओ ओझा आफै सिडिओ कार्यालय पुगि शान्ति सुरक्षा ऐन अन्तरगत पुनः लालकिशोरलाई जेल पठाउने निर्णयको पुर्जी आफ्नै हातले टाईप गरेर, दर्ता चलानी गरेर पुर्जी डिएसपीलाई थमाए ।
त्यसपछि अञ्चलाधीश पनि जंगिए । दरबारमा जाहेरी गर्ने काम मेरो हो, दरबारको काममा तपाईले हस्तक्षेप गर्नु भएन भन्दै अञ्चलाधीशले सिडिओलाई भनेपनि सिडिओ ओझाले आफ्ना अंगरक्षक मार्फत लालकिशोरलाई समातेर गाडीमा राखेर जलेश्वर कारागार पुर्याएका थिए । लालकिशोर भन्छन,“ सिडिओ घनानाथ ओझाकै कारण म बाँच्न सफल भए । नत्र डिएसपी र अञ्चलाधीशले इश्वर र पदम लामालाई गोली हानेर मारेझै मलाई पनि मार्ने थिए । जबकी रामराजा प्रसाद सिंहको बम काण्डसँग मेरो कुनै सरोकार नै थिएन ।”
२०४९ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएको बेला विजय गच्छदार संचारमन्त्री थिए । त्यतिबेला त्यो सिडिओ ओझा संचार मन्त्रालयमा सहसचिव भएर मन्त्री कहाँ व्रिफिङ्गका लागि गएका थिए । सिडिओले त्यहाँ लालकिशोरलाई देखेपछि के छ लालकिशोर जी हालखबर भनेर सोधेका थिए । लालकिशोरले चिन्न सकेनन् । म सिडिओ घनानाथ ओझा भन्ने वितिकै लालकिशोरले दुवै हातले ओझालाई अंगालो मार्दै धन्यवाद दिन थाले । जीवनरक्षाको लागि धन्यवाद दिईरहँदा प्रधानमन्त्री कोइराला र संचारमन्त्री गच्छदार आश्चर्य चकित भए । पछि लालकिशोरले सबै घटना प्रधानमन्त्रीलाई सुनाएपछि तत्कालै प्रधानमन्त्री कोइरालाले ओझाको फाइल झिकाई सहसचिवबाट सचिवमा बढुवा गरेका थिए ।
२०४९ सालमा स्थानीय निकायको निर्वाचनका लागि नेपाली कांग्रेसले जनकपुर नगरपालिकामा उपमेयर पदका लागि टिकट नदिएपछि लालकिशोर स्वतन्त्र भई चुनाव लडे । र, उपमेयरमा जिते । त्यसपछि पुनः कांग्रेसमा फर्किए । २०५१ सालमा उनी टूेड यूनियन कांग्रेस धनुषाका संस्थापक सभापति समेत बने । त्यसपछि मजदुरको हक हितमा समेत थुप्रै कामहरु गरे । २०५९ पछि भएको प्रतिगमन विरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउनुका साथसाथै २०६२÷०६३ को निर्णायक जनआन्दोलनमा काठमाण्डौमा कति पटक प्रहरीको कुटाईबाट घाईते हुनुका साथै थुनामा समेत गए । २०६२÷०६३ को मधेस आन्दोलनमा समेत टूेड यूनियनको व्यानर सहित सहभागिता जनाए । २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट नपाएपछि उनले नेपाली कांग्रेस परित्याग गरे । कांग्रेस परित्याग गर्दा साह कांग्रेस टूेड यूनियनका अध्यक्ष हुनुका साथै महाधिवेशन प्रतिनिधि र कांग्रेस जिल्ला कार्य समिति धनुषाको सदस्य समेत थिए । २०६५ सालमा सदभावना पार्टीमा प्रवेश गरे । अहिले साह राष्टिूय जनता पार्टी नेपालका केन्द्रिय प्रवक्ता समेत हुन ।


२०७४ आसिन १५ गते आईतबार

प्रदेश नं. २ मा कसको कति हैसियत ? मत परिणामलाई लिएर प्रदेश नं. २ का मतदाता के भन्छन ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नं. २ मा सम्पन्न भएको १ सय ३६ स्थानीय तहमा ७७ प्रमुख, ७७ उपप्रमुख, ५९ अध्यक्ष, ५९ उपाध्यक्ष १ हजार २ सय ७१ वडाअध्यक्ष, १ हजार २ सय ७१ महिला सदस्य, १ हजार २ सय ६२ दलित महिला सदस्य र २ हजार ५ सय ४२ सदस्यहरु निर्वाचित भएका छन् । जसमध्ये नेपाली कांग्रेसले १ हजार ७ सय ३८, नेकपा एमालेले १ हजार २ सय ५०, नेकपा माओवादी केन्द्रले १ हजार १ सय २८, राष्टिूय जनता पार्टीले १ हजार १ सय १२, संघीय समाजवादी फोरम नेपालले १ हजार ५७ र अन्यले ३ सय ३३ पदमा विजयी प्राप्त गरेका छन् ।
प्रदेश नं. २ मा समग्र संख्याको आधारमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो, राजपा नेपाल चौथो र फोरम नेपाल पाँचौ शक्तिका रुपमा स्थापित भएका छन् । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेस २६, राजपा नेपाल १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १२, संघीय समाजवादी फोरम १० र अन्यले २ स्थानमा जित प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसले २२, नेकपा माओवादी केन्द्रले १८, राजपा नेपालले १७, नेकपा एमालेले १४ र फोरम नेपालले ५ स्थानमा जित हासिल गरेका छन् ।
त्यसैगरी गाउँपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालले १६, नेपाली कांग्रेसले १४, राजपा नेपालले ११, नेकपा माओवादी केन्द्रले ८, नेकपा एमालेले ६ र अन्यले ४ स्थानमा जित हासिल गरेका छन् । उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालले २०, नेपाली कांग्रेसले १३, राजपा नेपालले १३, माओवादी केन्द्रले ६ र नेकपा एमालेले ५ स्थानमा जित हात पारेको छ । त्यसैगरी वडाध्यक्षमा नेपाली कांग्रेसले ३ सय ३८, एमालेले २ सय ३०, माओवादी केन्द्रले २ सय ३०, राजपा नेपालले १ सय ९५ र संघीय समाजवादी फोरम नेपालले १ सय ९१ स्थानमा जित हात पारेको छ ।
महिला सदस्यमा नेपाली कांग्रेसले ३ सय २३, एमालेले २ सय ५२, माओवादी केन्द्रले २ सय १८, राजपा नेपालले २ सय ११ र संघीय समाजवादी फोरम नेपालले २ सय ९ स्थानमा जित हात पारेको छ । त्यसैगरी दलित महिला सदस्यमा नेपाली कांग्रेसले ३ सय २६, एमालेले २ सय ४६, राजपा नेपालले २ सय १४, माओवादी केन्द्रले २ सय १२ र फोरम नेपालले २ सय ५ स्थानमा जित हात पारेको छ । त्यसैगरी सदस्यहरुमा नेपाली कांग्रेसले ६ सय ७६, एमालेले ४ सय ८५, राजपा नेपालले ४ सय ३७, नेकपा माओवादी केन्द्रले ४ सय २३ र फोरम नेपालले ४ सय १ स्थानमा जित हात पारेको छ ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो ठुलो पार्टी बनेर आएको छ । मधेस आन्दोलनको अगुवाई गरेको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन घटक दलहरु संघीय समाजवादी फोरम नेपाल, राष्टिूय जनता पार्टी नेपाल र लोकतान्त्रिक फोरम नेपाल छुट्टा छुट्टै निर्वाचन लडेका थिए । धेरै पहिले नै मोर्चाबाट विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई निकालिएको थियो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा फोरमले सहभागिता जनाएपछि मोर्चा पनि विघटन सरह नै भएको थियो । आन्दोलनमा सहकार्य गरेका राजपा र फोरम अलग्गिएका थिए । राजपाले फोरमलाई आन्दोलनबाट पछाडी हटेको तथा फोरमका नेतृत्व उपेन्द्र यादवलाई गद्दार सम्म भनेर सत्तोसराप गरेका थिए । मधेस आन्दोलनको लिगेसी अब फोरमसँग नरहेर राजपाको मात्र रहेको समेत दावी गर्न थालिएको थियो । तर, प्रदेश नं. २ को स्थानीय तहको मत परिणाममा राजपा भन्दा फोरमनै बढी सिट ल्याएर मधेसमा आफ्नो दवदवालाई पुनः हासिल गर्न सफल भयो ।
प्रदेश नं. २ का मतदाताहरुको आफ्नै खाले विश्लेषण रहेको पाईन्छ । जनकपुर उपमहानगरपालिका २२ का उपेन्द्र पाण्डेका अनुसार राजपाको त मधेसमा संगठन नै थिएन, चुनावको तयारी पनि थिएन । तर, फोरमको पुरै संगठन चुनावका लागि तयार थियो । जातीको नारा मधेसमा चलेपछि फोरम ठुलो शक्ति बनेको हो । कांग्रेस अझै पनि पहिलो पार्टी बन्न सफल हुनुको मुख्य कारण राजपाको गाउँमा संगठन नै नहुनु तर्क गर्ने पाण्डे भन्छन,“ एमालेले प्रदेश नं. २ मा जे जति सिट ल्याउन सफल भएपनि त्यो भने दुर्भाग्य हो । मतदाताले एमालेलाई भने करारा जवाफ दिन सकेनन् ।” महोत्तरी पररियाका मनसुर आलमका बुझाईमा मधेसमा राजपा नै ठुलो शक्ति हुने थियो । तर, साईकलका अधिकांश मत धोकाले रिक्सामा पर्न गयो र ठाउँ ठाउँमा राजपाका उम्मेदवारलाई हार बेहोर्नु पर्यो ।
जनकपुर १६ पुल चौकका दिपक साह कांग्रेसी समर्थक हुन । उनी आफ्ना गाउँ हंसपुर नगरपालिकाका मतदाता हुन । उनको बुझाईमा हंसपुर नगरपालिकामा राजपाले जित्नु पछाडीको मुख्य कारण नेपाली कांग्रेसले योग्य उम्मेदवार उठाउन नसक्नु हो । साह भन्छन,“ हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका विमलेन्द्र निधि खेमाका प्रदिप यादवलाई टिकट दिइयो । जो कि उनी योग्य उम्मेदवार थिएनन् । उनको ठाउँमा लिला कोइराला खेमाका भुपनारायण यादवलाई टिकट दिएको भए राजपा जित्ने थिएनन् । त्यसैले त्यहाँ कांग्रेसकै बागी उम्मेदवार भरोसी मण्डल मेयरमा उठेर कांग्रेसको ११ सय मत काटे र नेपाली कांग्रेसका प्रदिप यादव हारे ।” यादव आफै कांग्रेसी समर्थक भएपनि कांग्रेसका उम्मेदवार जित्ने नदेखेपछि मधेस आन्दोलनको सेन्टिमेन्टलाई सम्मान गर्दै राजपाका उम्मेदवार रामज्ञान मण्डललाई मत दिएको बताउँछन् । यादव के पनि भन्छन भने यहि हाल रह्यो भने कृषि मन्त्री रामकृष्ण यादवको कांग्रेसको किल्ला ध्वस्त हुनेछ । रामकृष्ण यादव धनुषाको निर्वाचन क्षेत्र नं. २ बाट दुई पटक सभाषद भईसकेका छन् ।
जनकपुर ४ का चन्देश्वर ठाकुरको बुझाईमा प्रदेश नं. २ मा अहिले नेपाली कांग्रेसले जेजति मत पाएका छन् त्यो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकै कारण पाएका हुन । मधेस आन्दोलनताका मधेसका अजेण्डाका पक्षमा निधि उभिएका कारण र पार्टीमा समेत राम्रो कद बनाएका कारण निधिकै प्रभावले त्यति मत पनि कांग्रेसले पाउन सक्यो । ठाकुर भन्छन,“ पञ्चायत काल देखि तराईलाई कांग्रेसको गोरहा खेत भनेर भन्ने गरिन्छ । तर, अब त्यो खेत सुख्खा बंजरमा परिणत भईसकेको छ । निधिले कतिसम्म खेतलाई उर्बर बनाउन सक्छन् त्यो भने भन्न सकिन्न ।” ठाकुरको बुझाईमा राजपा र फोरम मिलेर चुनावमा आउनु पथर््यो । तर, राजपालाई ठुलो अहंकार र घमण्ड भएकाले जनताले पनि फोरमलाई ठुलो शक्ति बनाएर राजपालाई हैसियतमा ल्याईदिएको छ ।
महोत्तरीका मटिहानीका श्याम नारायण झा भन्छन,“ महोत्तरीका जनताको भावना राजपा संग गयो । एमालेको पता साफ भयो । एमालेको प्रतिबद्ध संगठन भएपनि एमालेको मत महोत्तरीमा माओवादीमा गयो । माओवादीले मधेसका मागहरु प्रति सकारात्मक दृष्टिकोण राखेकाकारण एमालेको मत माओवादीमा गएको हो ।” स्थानीय निकायमा राजपा, फोरम, माओवादी लगायतका दलहरु पहिलो पटक सहभागी भयो । तर, कांग्रेस र एमालेको पहिले देखि नै संगठन भएका आधारमा प्रदेश नं. २ मा कांग्रेस र एमालेले मत ल्याएको झाको बुझाई छ ।
जनकपुर उपमहानगरपालिका ६ का दिनेश डोम भन्छन,“ प्रदेश नं. २ मा राजपा र फोरम अगाडी आउनुको कारण मधेस आन्दोलन नै हो । कांग्रेसलाई उसको अहमले खायो । एमालेको मधेस विरोधी दृष्टिकोणले पछाडी धकेलियो ।”
जनकपुर उपमहानगरपालिका ८ का रामनरेश साह भन्छन,“विना तयारी राजपा चुनावमा गयो । संगठन होइन सेन्टिमेन्टको भोट राजपा र फोरमलाई गयो । फोरम जित्नुको कारण फोरमले मधेसका बहुसंख्यक जाती यादव समुदायलाई उठाउनु पनि हो ।”




२०७४ आसिन १५ गते आईतबार

अबको निर्वाचनमा फोरमसँग विना शर्त सहकार्य गरेर जान तयार छौं ःशरतसिंह भण्डारी

राष्टिूय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आउँदो प्रदेशसभा र संघीय संसदको निर्वाचनमा संघीय समाजवादी फोरमसँग सहकार्य तथा गठबन्धन गरेर जानतयार रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर नजानु गल्ती थियो,जनताले प्रष्ट सन्देश दिईसकेका छन् कि मधेसका शक्तिहरु निर्वाचनमा एक भएर आउनु पर्दछ । पुर्व रक्षामन्त्री शरतसिंह भण्डारीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको कुराकानीको सम्पादित अंश ः

प्रदेश नम्बर २ को निर्वाचनमा भएको स्थानीय तहको मतदानको मत परिणाम पनि आईसकेको छ । मधेस आन्दोलनको नेतृत्व गरेको राजपा नेपाल त प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्न सकेन । के छ तपाईको विश्लेषण ?
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा हामीले भाग लिन सकेनौं । सरकारले हामीलाई बाहिर राख्यो । अहिले सम्पन्न तेस्रो चरणको निर्वाचनका लागि हामीसँग अत्यन्त कम समय थियो । आन्तरिक समस्याका बावजुद हामी निर्वाचनमा आयौं । मतदाताहरुको सहयोग र सदभाव राजपा नेपाललाई संतोषजनक नै रहयो । नेकपा एमालेले जे दम्भ र अहंकार देखाएको थियो, उसले जे दृष्टिकोण राखेको थियो त्यसलाई मधेसका जनताले करारा जवाफ दिएका छन् । अहिलेको प्रदेश नम्बर २ को निर्वाचनबाट मधेसका जनताले प्रष्ट के म्यासेज दिएका छन् भने मधेसको दुईवटा शक्ति राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल अलग अलग लड्नु हुन्थिएन । मधेस र मधेसका एजेण्डा प्रति जनताले विश्वास देखाएका छन् । मधेसका शक्तिहरुलाई प्रोत्साहित गरेका छन् । हामी दुवै शक्ति मिलेर जान तयार छौं ।
प्रदेश नम्बर २ मा नेपाली कांग्रेसनै ठुलो पार्टी बनेर आएको छ । जबकी ठुलो पार्टी बन्ने तपाईहरुको पनि दावी थियो । किन तपाईहरु धेरै पछाडी पर्नु भयो ?
नेपाली कांग्रेस र माओवादी अहिले सरकारको नेतृत्व गरिरहेको छ । बैशाख ३१ गते देखि नै उनीहरु चुनावको तयारीमा लागेका थिए ।उनीहरुसँग पर्याप्त समय थियो । तर पनि कांग्रेस, एमाले र माओवादी केन्द्रले गरेको प्रक्षेपण अनुसार परिस्थिति निर्माण हुन सकेन । धेरै बाध्यात्मक स्थितिमा हामीले चुनाव लड्नु परेको हो । ६ वटा पार्टीहरु बीच प्राविधिक रुपले एकिकरण भएपनि आपसी अन्तरघुलन तथा तालमेल ग्राउण्ड लेभेलमा हुन सकेन । धेरै कम समयमा उम्मेदवारहरुको टिकट वितरण सम्बन्धि निर्णय लिनु पर्यो । एउटा पदका लागि १०÷१० जना आकांक्षीहरु थिए । स्थिति फरक थियो । नयाँ नगरपालिका र गाउँपालिकाहरुमा जसरी जसरी नयाँ नयाँ गाउँहरु समायोजन गरिएको थियो त्यस अनुसार गाउँको समिकरणमा पनि परिवर्तन भयो । वडाहरुमा पनि समस्या आयो । त्यसकारण हाम्रै कतिपय साथीहरु असंतुष्ट हुनुभयो । कतिपय बागी भए । कतिपय अन्य पार्टीमै गए । कतिपयले पार्टीमा रहँदा रहँदै पनि अन्तरघात गर्यो । त्यसकारण हामी राजपाकै कारण हारेका छौं, कतिपय स्थानमा । जे भएपनि हामीलाई एउटा प्रष्ट सन्देश दिएको छ यो निर्वाचनले कि ठोक्कर खाएर पनि सम्हलिनुपर्दछ ।
तेस्रो चरणको निर्वाचनमा मिलेर जाऔं, गठबन्धन बनाएर जाऔं भनेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तपाईहरुलाई पटक पटक आग्रह गरेका थिए । तर, तपाईहरु त उपेन्द्र यादवलाई गद्दारको संज्ञा दिँदै एक्लै चुनावमा जाने अहंकार र दम्भ देखाउनु भयो । फोरमलाई निषेधनै गर्न खोज्नु भयो । आखिर परिणाम त तपाईहरु भन्दा राम्रो फोरमकै आयो । मधेसको ठुलो शक्ति त फोरम नै बनेर आएको छ । यस विषयमा तपाईको के टिप्पणी छ ?
हामीले कसैलाई निषेध गर्ने वा दम्भ देखाउने कुनै कुरा छैन । संघीय समाजवादी फोरम त पहिलो चरणको चुनाव देखि नै परिचालित थियो । दोस्रो चरणमा पनि सहभागी भयो । र, तेस्रो चरणको चुनावको तयारीका लागि उसँग पर्याप्त समय थियो । हामीले सरकारसँग शर्त राखेका थियौं कि संविधान संशोधन प्रस्तावको टुङ्गो नलागुन्जेल चुनावमा सहभागी हुन सक्दैनौं । हामीसँग बाध्यता थियो । हामीलाई चुनावमा जाने बाटोनै बन्द गरिएको थियो । उता तर्फ फोरम चुनावमा गईसकेको थियो । अन्ततः राजपाको गठन भएपछि राजपाको केन्द्रिय समिति र पदाधिकारीको बैठकहरुबाट संशोधन प्रस्तावलाई अगाडी वढाउने निचोडमा पुग्यौं । र, हामी चुनावमा आयौं । विगतमा हामीले फोरमसँग तालमेल गर्न सकेनौं । जनताले पनि हामीलाई जवाफ दिईसकेको छ । त्यसकारण उपेन्द्रजीसँग सहकार्य गर्न अब हामी खुल्ला छौं । यति मात्र होईन मधेसका एजेण्डा मिल्ने सबै दलहरुसँग सहकार्य, गठबन्धन गरेर आगामी विधानसभा र संघीय संसदको निर्वाचनमा जान तयार छौं । हामीले विना शर्त कुनै रिजर्भेसन नराखि सहकार्य गर्न तयार छौं ।
तैपनि फोरम नै किन मधेसको ठुलो शक्तिको रुपमा फेरी उदाउन सफल भयो ?
फोरम र राजपाको ट्याक्टली मुभमेन्ट नै फरक थियो । हामी एक हिसावले प्रतिबद्धता साथ निर्वाचनमा जान सकेनौं । फोरम पुरा तयारीका साथ चुनावमा आएको थियो । त्यसकारण उ ठुलो पार्टीको रुपमा स्थापित भएको छ ।
कांग्रेस ठुलो पार्टी बन्नुको मुख्यकारण के हो ?
हामी धेरै दुखि छौं । चिन्तित पनि छौं । अलिकति संतुष्टि पनि छ । तर, अहिलेको निर्वाचन प्रणाली र प्रद्धतिको विषयमा भने धेरै प्रश्नहरु उठेका छन् । जनताको सेन्टिमेन्ट हामीसँग कायमै छ । तर, जसरी निर्वाचनमा गैरराजनीतिक चलखेल भएको छ, ठुलो पार्टीहरुले सत्ता र शक्तिको दुरुपयोग गरेर मधेसको भोट बैंकलाई दुरुपयोग गरेका छन्, सम्पति र धनको दुरुपयोग गरेर जाती र सम्प्रदायलाई हतियार बनाएर चुनावमा मनि र मसलको प्रयोग गरेका छन् त्यसले लोकतन्त्रलाई नै धज्जी उडाएको छ । त्यसकारण तिनीहरु ठुलो पार्टी बनेका छन् । तर, अहिले पनि जनताको सेन्टिमेन्ट भनेको राजपासँग छ ।
अध्यक्ष मण्डलका सदस्यहरुको स्थानीय तहमा त राजपा हारेको छ । तपाईकै संसदीय निर्वाचन क्षेत्र तथा पैत्रिक गाउँ महोत्तरीको औरही र बर्दिवासमा राजपा हारेको छ । सर्लाहीमा अत्यन्तै खराव परिणाम आएको छ । सिरहामा त झनै खराब । सेन्टिमेन्ट यदि तपाईहरुसँग रहेको भए अध्यक्ष मण्डलका गृह जिल्लाका गाउँपालिका तथा नगरपालिकामा राजपाले जित्नुपथर््यो । तर, त्यसो किन भएन ?
मेरो पैत्रिक गाउँ औरही नगरपालिकामा हामीले मेयर हारेपनि उपमेयर जितेका छौं । औरहीमा के भएको थियो भने व्यालेट पेपरमा साईकलको तल रिक्सा राखिएको थियो । हामीले मेयरमा बल्वा सरपल्लो नगरपालिकामा ५२ भोटले हार्यौं तर त्यहाँ रिक्सालाई ३ सय मत गएको थियो । त्यसैगरी औरहीमा साढे ३ सय मत रिक्सामा गएको थियो । त्यसैले कतिपय ठाउँहरुमा हामी प्राविधिक रुपले हारेका छौं । पार्टी अध्यक्षको गाउँमा पनि हाम्रैमा ठुलो अन्तरघात भएका छन् । पार्टी भित्र र पार्टी बाहिरका ले पनि अध्यक्ष भएको ठाउँमा अन्तरघात गर्नु स्वाभाविक हो ।
जहाँसम्म महोत्तरीको बर्दिवासको कुरा हो हामी त्यहाँ प्रत्यक्ष लड्यौं, त्यो पनि ठुलो कुरा हो । राजपाले १८ सय मत प्राप्त गरेका छन् । अब त्यो हाम्रो बेस बनेको छ । त्यहाँबाट हामीले आफ्नो संगठन विस्तार गर्ने हो । बर्दिवासमा त सरकारका मन्त्रीहरुले राता रात बोरा खोलेर नै पैसा बाँटे । त्यसकारण सत्ताको धेरै दुरुपयोग भएको छ । अब त राजनीति सेवाको लागि हो वा लिलामीका लागि भन्ने हिसावले अगाडी वढेको छ । तै पनि महोत्तरीमा कतिपय स्थानमा हामी आआफना कमि कमजोरीका कारण पनि चुनाव हारेका छौं । तर, महोत्तरीका जनताले प्रष्ट रुपमा के सन्देश दिएको छ भने जनताको सेन्टिमेन्ट राजपासँग छ ।महोत्तरीमा राजपालाई नै ठुलो पार्टीको रुपमा स्थापित गरेको छ । र, सबैभन्दा ठुलो कुरा महोत्तरीका जनताले एमालेलाई पता साफ गरेर दण्डित गरेका छन् ।
विरगञ्ज महानगरपालिकामा तपाईकै कारण विमल श्रीवास्तवलाई टिकट दिइएन । तपाई आफ्नो मान्छे राजेशमान सिंहलाई टिकट जसरी पनि दिलाउनु भयो । आखिर विरगञ्ज पनि राजपाले हारिरहेकै छ । त्यसको जिम्मेवारी तपाईले लिने कि नलिने ?
विरगञ्जमा हारको जिम्मेवारी यदि मैले लिनुपर्छ भने जनकपुरको जितको श्रेय मलाई दिने कि नदिने । प्रश्न त्यो होईन ।मधेस आन्दोलनको रणभुमि रहेको, आन्दोलनको केन्द्र रहेको विरगञ्जमा आन्दोलनमा कहिल्यै पनि नदेखिएका तर अत्यन्त धनाड्य व्यापारीलाई आन्दोलनकारी पार्टीबाटै टिकट दिईन्छ भने त्यहाँ परिस्थिति फरक हुन्छ नै । राजपा त्यहाँ पनि सम्मानजनक स्थितिले लडेकै हो । अब त चुनावमा धेरै ठुलो विकृति आईसकेको छ । यसरी नै मनि र मसलको हत्कण्डालाई दुरुपयोग गरी चुनाव लड्ने हो भने अधिकार र पहिचानको लडाई संकटमा पर्छ ।
अबको आगामी चुनावहरुमा राजपाले फोरमसँग सहकार्य गर्न सम्वाद अगाडी वढाईसकेको छ त ?
राजपाको राजनीतिक समितिको बैठक प्रारम्भ भएको छ । त्यो विषयले प्रवेश पाएको छ । जो जोसँग एजेण्डा मिलिरहेका छन् ती सबै शक्तिसँग आगामी निर्वाचनका लागि सहकार्य गर्ने कुरा उठेको छ । स्थानीय तहमा गठबन्धन भयो वा भएन त्यसले त्यति अर्थ राख्दैन । तर, अब संघीय संसदको चुनाव र विधानसभाको चुनाव भनेको अधुरो रहेको संविधानलाई पुर्णता दिनका लागि संविधान संशोधनको पक्षमा संख्या जुटाउन पनि आवश्यक छ । आपसमा मत विभाजन हुनु गलत कुरा हो । त्यसैले हामी फोरमसँग मात्र होइन संविधान संशोधन पक्षधर सबैशक्तिहरुसँग सहकार्य गरी दुई तिहाई बहुमत जुटाउन ओपन छौं । त्यसका लागि अब सम्वादका क्रमहरु विभिन्न राजनीतिक दलहरुसँग अगाडी वढ्ने छ ।
राजपा एउटा पार्टी भएर अगाडी जान्छ वा टुक्रा टुक्रा भएर विभाजन हुन्छ ?
यो स्थानीय तहको निर्वाचनबाट बल्ल राजपा एउटा पार्टीको रुपमा स्थापित भएको छ । हिजोसम्म हामी आन्दोलनमै थियौं । सडकमै थियौं । केही संख्यामा सदनमा पनि थियौं । तर, ग्रासरुटमा भने हामी थिएनौं । बल्ल एउटा राजनीतिक शक्तिको रुपमा मधेसका गाउँ गाउँ टोल टोलमा स्थापित भएका छौं । राजपा विभाजन हुने कुनै सम्भावना छैन । हिजो ६ जना व्यक्तिको ६ वटा अलग अलग पार्टी थियो । तर, अब हामी साँच्चिकै अर्थमा राजनीतिक पार्टीका रुपमा रुपान्तरित भएका छौं । अब पार्टी महत्वपुर्णभएको छ, व्यक्ति होईन । त्यसैले अब पार्टी टुक्रा हुने होईन कि एक्ताबद्ध भएर अगाडी वढ्ने छ ।


२०७४ आसिन १५ गते आईतबार

क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेस

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम.................
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसका योगेन्द्र पजियार मेयर पदमा निर्वाचित भएका छन् । पजियारले ५ हजार ८ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सुखदेव यादवले ३ हजार ३ सय ५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका हरिनारायण यादवले २ हजार ५ सय ९२, राजपा नेपालका जयकुमार राउतले १ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै रचना श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ५ हजार ७ सय १ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी यशोधा कुमारीले ३ हजार ३ सय ४५, राजपा नेपालकी ममता कुमारी चौधरीले २ हजार ४ सय ४ र नेकपा माओवादी केन्द्रकी रामकुमारी महतोले ५ सय ६९ मत प्राप्त गरेका छन् ।
क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका लालबाबु यादवले ७ सय ५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दिनेश कुमार यादवले ३ सय ५७ र नेकपा एमालेका रामप्रयाग यादवले २ सय ६२ मत प्राप्त गरेका थिए । वडा नं. २ मा नेकपा एमालेका श्याम किशोर यादवले ३ सय ५० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका देवु यादवले ३ सय ३६ र नेपाली कांग्रेसका अख्तर अन्सारीले २ सय १ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा नेपाली कांग्रेसका अमर किशोर सिंहले ५ सय २६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेचन साह कलवारले २ सय ६१ र नेकपा माओवादी केन्द्रका मोहम्मद अयुव अजमेरी राईनले ८४ मत प्राप्त गरेका थिए । वडा नं. ४ मा नेपाली कांग्रेसका जगदीश यादवले ५ सय २२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकिशोर महराले २ सय ९७ र राजपा नेपालका जितेन्द्र राय दनुवारले २ सय ५० मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा नेपाली कांग्रेसका जिवछ मण्डलले ५ सय ९८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमल किशोर चौधरीले ३ सय ६२ र स्वतन्त्रका राजनारायण प्रसाद साहले ३ सय ४३ मत प्राप्त गरेका थिए ।  वडा नं. ६ मा नेपाली कांग्रेसका मान बहादुर श्रेष्ठले ४ सय ९० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका विनोद प्रसाद गुप्ताले ४ सय ७६ र नेकपा एमालेका फिरन सिंह दनुवारले २ सय २० मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ७ मा नेकपा एमालेका रामकृष्ण यादवले ५ सय ८२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुवारक कवारीले ५ सय १५ र राजपा नेपालका रामदेव महतोले ७८ मत प्राप्त गरेका थिए । वडा नं. ८ मा नेपाली कांग्रेसका अशेश्वर महतोले ८ सय ८५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका सुर्यदेव महतोले ७ सय २५ र नेकपा एमालेका रामलखन महतोले २ सय ३७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ९ मा नेपाली कांग्रेसका अशोक कुमार चौधरीले ३ सय ९७ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका राम एकवाल चौधरीले ४ सय ४६ र नेकपा एमालेका अबध किशोर यादवले ३ सय ९७ मत प्राप्त गरेका थिए । वडा नं. १० मा स्वतन्त्रबाट रामपदारथ यादवले ६ सय २५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विल्टु साह सुडीले ४ सय ३४ र नेपाली कांग्रेसका रामजिवन यादवले १ सय ३२ मत प्राप्त गरेका थिए ।



२०७४  आसिन ०८ गते  आईतवार

कमला नगरपालिकामा कांग्रेस

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम...............
धनुषाको कमला नगरपालिकामा नेपाली कांग्रेसका रामउदगार गोईतले ४ हजार २० मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन् । गोइतका निकटतम प्रतिद्वन्द्वी सघीय समाजवादी फोरम नेपालका पशुपति यादवले २ हजार ६ सय ९७, नेकपा एमालेका दिपेन्द्र कुमार यादवले २ हजार ६ सय ४४, नेकपा माओवादी केन्द्रका देवचन्द्र यादवले २ हजार ३ सय ३१ मत प्राप्त गरेका थिए । त्यसैगरी मेयर पदका लागि संघीय समाजवादी फोरम नेपालका मनिक लाल मण्डलले १ हजार ६ सय १२, राजपा नेपालका रामदयाल साह तेलीले ३ सय ५६ र राप्रपाका सुरेश मण्डलले १ सय १० मत प्राप्त गरेका थिए ।
त्यसैगरी कमला नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका शिला देवी मण्डलले ४ हजार १ सय ६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रितासिंह मण्डलले २ हजार ६ सय ७, नेकपा एमालेका गायत्री देवीले २ हजार ५ सय ८८, नेकपा माओवादी केन्द्रका सरस्वती देवी यादवले २ हजार ५ सय ७६, नेपाल लोकतान्त्रिक फोरमका विन्दा देवी मुखियाले १ हजार ३ सय २१ र राजपा नेपालका शिव कुमारी देवीले ३ सय ८७ मत प्राप्त गरेका थिए ।
वडा नं. १ मा संघीय समाजवादी फोरम नेपालका राजकुमार यादवले ४ सय ८२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सरद देव यादवले ४ सय २६ र नेपाल लोकतान्त्रिक फोरमका सुखिलाल मण्डल धानुकले १ सय ८७ मत प्राप्त गरेका थिए । वडा नं. २ मा संघीय समाजवादी फोरम नेपालका धनेश्वर यादवले ५ सय ९३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ठक्कु यादवले ५ सय ६७ र नेपाल लोकतान्त्रिक फोरमका श्यामकुमार मण्डल धानुकले २ सय ८४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा संघीय समाजवादी फोरम नेपालका विशेश्वर यादवले ४ सय ४८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुल्सी राउत यादवले ३ सय ३३ र नेकपा माओवादी केन्द्रका जगत नारायण यादवले २ सय ३५ मत प्राप्त गरेका थिए । वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका पल्टु कवाडीले ८ सय १५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम नगिना प्रसाद साहु तेलीले ५ सय १४ र नेपाल लोकतान्त्रिक फोरमका उपेन्द्र चौरवार यादवले ५३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा नेकपा एमालेका शिवा पासमानले ७ सय ९३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्देश्वर यादवले ५ सय ८५ र नेकपा माओवादी केन्द्रका राम खेलावन यादवले ५ सय ८५ मत प्राप्त गरेका थिए । वडा नं. ६ मा नेपाली कांग्रेसका सम्सुल मिया मोमिनले ९ सय मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नागेश्वर महतोले ४ सय ८१ र नेपाल लोकतान्त्रिक फोरमका महेश्वर यादवले १ सय ८४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ७ मा नेपाली कांग्रेसका तपेश्वर यादवले ३ सय ५३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका चौठु मण्डलले ३ सय ३९ र नेकपा माओवादी केन्द्रका हरिसुन्दर महतोले २ सय ७८ मत प्राप्त गरेका थिए । वडा नं. ८ मा संघीय समाजवादी फोरम नेपालका राजेश्वर मरिक यादवले ६ सय २८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिरपित भुदेर यादवले ४ सय ८९ र नेकपा माओवादी केन्द्रका राकेश कुमार रोहिताले ४ सय १४ मत प्राप्त गरेका थिए । वडा नं. ९ मा नेपाली कांग्रेसका धर्मनाथ मण्डलले २ सय ६४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका विष्णुदेव यादवले १ सय ९९ र नेपाल लोकतान्त्रिक फोरमका विरेन्द्र कुमार मण्डले १ सय ९६ मत प्राप्त गरेका थिए ।


२०७४  आसिन ०८ गते  आईतवार

मिथिला नगरपालिकामा एमाले

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम................
धनुषाको मिथिला नगरपालिकाको मेयर पदमा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । महतोले ६ हजार ७ सय ४० मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजकुमार महतोले ५ हजार १ सय ७८, स्वतन्त्र उम्मेदवार राजाराम महतोले ३ हजार ५ सय ३, संघीय समाजवादी फोरम नेपालका भोला महतो कोइरीले ४ सय १५ र राजपा नेपालका रामकुमार महतोले १ सय ४३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी मिथिला नगरपालिकाको उपमेयरमा पनि नेकपा एमालेका ताराकुमारी बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ६ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मिन बहादुर जर्घा मगरले ६ हजार ३ सय ३८, संघीय समाजवादी फोरम नेपालका मनु माया मोक्तानले ६ सय ४४ र राजपा नेपालका सिता देवी महतोले ३ सय ८० मत प्राप्त गरेका थिए ।
मिथिला नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका लक्ष्मी महतोले ४ सय २३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगी महतोले २ सय ४८ र राजपा नेपालका विजय कुमार महतोले १ सय ६२ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. २ मा नेकपा एमालेका विहारी महतो कोइरीले १ हजार १ सय ४५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहृदय महतोले ९ सय २५ र संघीय समाजवादी फोरम नेपालका रामनाथ महतोले ९९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका  राम एकवाल महतोले १ हजार ६४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामउदगार महतो कोइरीले ६ सय ७९ र संघीय समाजवादी फोरम नेपालका राजेश्वर महतो कोइरीले १ सय २० मत प्राप्त गरेका थिए । वडा नं. ४ मा नेकपा एमालेका विष्णु हरि खाड्लले ६ सय १३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकेन्द्र बहादुर क्यापछाकीले ४ सय ५६ र संघीय समाजवादी फोरम नेपालका रामकुमार महतोले २४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा नेपाली कांग्रेसका श्यामबाबु यादवले ३ सय ८९ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राजेश्वर महतो ३ सय ६९ र नेकपा एमालेका रामचन्द्र महतोले ३ सय ५७ मत प्राप्त गरेका थिए । वडा नं. ६ मा नेकपा एमालेका भक्त बहादुर बलम्पाकीले ५ सय ६० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रबाट रामविरोध महतोले ४ सय ८१ र नेपाली कांग्रेसका शिवशंकर महतोले २ सय २९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ७ मा नेकपा माओवादी केन्द्रका यूवराज उप्रेतीले ४ सय ७६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका होम प्रसाद शर्माले ४ सय ३९ र स्वतन्त्रबाट श्याम कुमार चौहानले ९७ मत प्राप्त गरेका थिए । वडा नं. ८ मा नेकपा माओवादी केन्द्र देवनारायण महतो कोइरीले ८ सय ४८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गुमान सिंह थिङ्ग तामाङ्गले ५ सय ४५ र संघीय समाजवादी फोरम नेपालका सुनिल कुमार सिंहले १ सय ५४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ९ मा नेकपा एमालेका दिपक जंग थापाले ८ सय १ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामहरि बस्नेतले ६ सय २८ मत प्राप्त गरेका थिए । वडा नं. १० मा नेकपा एमालेका सविन विक्रम थापाले ८ सय ९९ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इश्वर कुमार श्रेष्ठले ४ सय ६१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ११ मा नेकपा एमालेका बेद बहादुर कार्कीले ९ सय ३८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बासुदेव पौडेलले ८ सय ९७ मत प्राप्त गरेका थिए ।


२०७४  आसिन ०८ गते  आईतवार

गणेशमान चारनाथ नगरपालिकामा फोरम

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम................
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा संघीय समाजवादी फोरम नेपालका रामबाबु यादव मेयरमा निर्वाचित भएका छन् । यादवले ३ हजार  १ सय २७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दुर्गाबहादुर मल्ल ठकुरीले २ हजार ५ सय ६१ मत प्राप्त गरेका थिए । त्यसैगरी नेपाली कांग्रेसका संजय कुमार महतोले १ हजार ८ सय १५, राष्ट्रिय जनमुक्तिका पुरुषोत्तम लामाले १ हजार ३ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूरुषोत्तम बहादुर सापकोटाले १ हजार १ सय ३९ र स्वतन्त्र उम्मेदवार रामचलितर यादवले १ हजार १ सय ७२ मत प्राप्त गरेका थिए ।
गणेशमान चारनाथ नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रकी मिना कुमारी यादव २ हजार ६ सय १० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी निशा मोक्तानले २ हजार ४ सय ८६, नेपाली कांग्रेसकी तुल्सा कुमारी पाण्डे १ हजार ९ सय ७६, राष्ट्रिय जनमुक्ति पार्टीकी उर्मिला देवी पासमानले १ हजार ३ सय ९१ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती देवी यादवले १ हजार १८ मत प्राप्त गरेका थिए ।
उक्त नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका रामसुक यादवले ३ सय ९२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र रामदेव यादवले ३ सय ३८ र राष्ट्रिय जनमुक्ति पार्टीका हेमबहादुर थापा मगरले २ सय ४ मत प्राप्त गरेका थिए । वडा नं. २ मा नेकपा माओवादी केन्द्रका रामचलितर महतोले ३ सय ५६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कामेश्वर यादवले ३ सय १५ र नेपाली कांग्रेसका सुरेश लामा मोक्तानले १ सय ९८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा संघीय समाजवादी फोरम नेपालका सोनेलाल यादवले ३ सय १३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र महेश लाल यादवले २ सय ८३ र नेपाली कांग्रेसका बेचन प्रसाद यादवले २ सय ७७ मत प्राप्त गरेका थिए । वडा नं. ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमबहादुर आले मगरले ३ सय ३० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका हल्खोरी धनखोरी यादवले २ सय ७ र नेपाली कांग्रेसका मोहम्मद सज्जाद आलम लहेरीले १ सय ८० मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा राष्ट्रिय जनमुक्ति पार्टीका जयचन्द्र भट्टराईले ३ सय ९४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद कुमार साहले २ सय ८४ र नेपाली कांग्रेसका भोला प्रसाद उपाध्यायले २ सय ६१ मत प्राप्त गरेका थिए । वडा नं. ६ मा नेकपा एमालेका रंजित कुमार साहले २ सय ५३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार साहले १ सय ६४ र नेकपा माओवादी केन्द्रका कृष्ण राउतले १ सय ३१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ७ मा स्वतन्त्रबाट टिकाबहादुर मगरले ३ सय ५३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमुक्ति पार्टीका सिता कुमारी कार्कीले १ सय ९९ र संघीय समाजवादी फोरमका मोती लाल साहले १ सय ६३ मत प्राप्त गरेका थिए । वडा नं. ८ मा राष्ट्रिय जनमुक्ति पार्टीका गणेश कुमार सिंहले ३ सय ८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रबाट भरत बहादुर कार्कीले २ सय ७५ र माओवादी केन्द्रका लक्ष्मण दास तत्माले १ सय २७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ९ मा माओवादी केन्द्रका दयाराम यादवले ५ सय ६५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राम एकवाल यादवले ४ सय ६७ र नेपाली कांग्रेसका श्रीकृष्ण यादवले २ सय ६ मत प्राप्त गरेका थिए । वडा नं. १० मा नेपाली कांग्रेसका राजलाल यादवले ४ सय ४८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जिवछ यादवले ३ सय १५ र संघीय समाजवादी फोरम नेपालका जिवछ यादवले ३ सय १५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ११ मा नेकपा माओवादी केन्द्रका सत्यनारायण कुमार दनुवारले २ सय ६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विन्देश्वर राउत अमातले १ सय २९ र संघीय समाजवादी फोरम नेपालका जयकुमार यादवले ९४ मत प्राप्त गरेका थिए ।


२०७४  आसिन ०८ गते  आईतवार