Tuesday, June 24, 2014

विवाहको १८ वर्ष पछि सम्बन्ध विच्छेद


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा सम्बन्ध विच्छेदको घटनामा दिनप्रतिदिन बृद्धि हुन थालेको छ । पश्चिमी सम्भताको विसकासंगै परिवारमा सामान्य झै झगडाको विषयलाई लिएर पनि अहिले सम्बन्ध विच्छेदको संघारसम्म पुग्न थालेको घटनाहरु समाजमा देखिन थालेको छ । वर्षौदेखिको श्रीमान् श्रीमतीको सम्बन्धलाई सानोतिनो निहुमा सधैभरिका लागि छोराछोरीको भविष्यमाथि हेलचक्रयाई गरि छुटटै बस्नेसम्मको निर्णय लिन महिलाहरु नै अग्रसर हुन थालेको छ । जसको उदाहरण पात्रको रुपमा धनुषा जिल्ला अदालतमा ढल्केवर वाडा नं.३ घर भई हाल धनुषाधाम बस्दै आएका  करिब ३८ वर्षीय परमेश्वर महतोको श्रीमती मंजु देवी महतोलाई लिन सकिन्छ । ढल्केवर निवासी परमेश्वर महतो र धनुषाधाम माइती भएकी मंजु महतोको १८ वर्ष पहिले हिन्दु धर्मअनुसार मागी विवाह भएको थियो । महतो दम्पतीको हाल २ छोरा र १ छोरी क्रमशः १४ वर्षको श्यामसुन्दर महतो , १२ वर्षको रामसुन्दर महतो र १० वर्षकी पुजा कुमारी रहेको छ । महतो चालक हुन् भने महतोकी श्रीमती श्रीमानकै सल्लाहअनुसार विगत ६ वर्षदेखि महिलाहरुको हकहितका लागि धनुषामा सक्रिय ओरेक नेपालको धनुषाधाम उपशाखामा मनोविमर्शको काम गर्दै आइ रहेकी छिन । उनीहरुविच , विगत १ वर्षदेखि कामकै सिलसिलामा एक अर्कासंग भएको विवाद र दोसारोपणका कारण आइतवार जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुददा दायर भएको छ । ओरेक नेपालमा मनोविमर्शकर्ताको काम गर्दै पिडित महिलाहरुलाई न्याय दिलाउन पहल गर्ने मंजु महतोले घरमा श्रीमान घरमा नभएको मौका छोपी  ढल्केवरमा भएको १ कठठा घडेरी जग्गा रजिष्टेशन पास गरि साहु संग ऋणमा लिएकोे १ लाख रुपैया धनुषाधामकै एक जना पुरुषसंगको मिलोमतोमा ऋणमा चुत्ता गरी आफनो नाममा रजिस्टेशन पास गराएकी पिडित श्रीमान परमेश्वर महतोले बताए ।  साहुसंग लिएको ऋण चुक्ता गरि आफनो नाममा रजिस्टेशन गराएकी मंजु महतोले धनुषाधाममा समेत हालसालै किनेको १० धुर जग्गा समेत आफनै नाममा रजिस्टेशन पास गर्न लगाएकी पिडित परमेश्वर महतोले जानकारी दिए । पिडित श्रीमान महतोले आफुले विश्वासका साथ ओरेक नेपालमा काम गर्न स्वतन्त्रता दिएको , महिलाको समान अधिकार भने झै आफुले उनकै नाममा जग्गा पास गरिनुको साथै मोटरसाइकल तथा अन्य जिप समेत उनकै नाममा दर्ता गराएको भए पनि उनले विश्वास घात गरेको बताए । महतोका अनुसार केही समयदेखि कामको सिलसिलामा आफुहरु धनुषाधाममै बस्दै आएको भए तापनि मंजुले योजनाबद्ध रुपमा केही मान्छेको उकसाहटमा परेर  आफुलाई बर्बाद गर्न खोजेको आरोप लगाए । विगत एक वर्षदेखि आफुहरुविचको सम्बन्ध चिसिएको बताउँदै महतोले आफुले उनलाई पटक पटक सुध्रिने मौका दिए पनि उनले आफनो व्यवहारमा पनि नगरेको बताए ।

२०७१ अषाढ ०८ गते आईतबार

No comments:

Post a Comment