Tuesday, June 24, 2014

विकासवादी संंघियता–आजको अपरिहार्यता - मुरली मनोहर मिश्र

 मुरली मनोहर मिश्र
हुन त कुनै पनि नीति तथा कार्यक्रमको मुल्यांकन गर्नूभन्दा पहिले एउटा मुल्यांकनकर्तामा हुनुपर्ने योग्यता आवश्यक प्रशिक्षण, अनुभव तथा विषय वस्तु सम्बन्धि वास्तविक ज्ञानलाई नै प्रमुख आधार मानिन्छ । किनभने उपरोक्त उल्लेखित योग्यता एवं क्षमताको अभावमा सटिक एवं वस्तुनिष्ठ विश्लेषण, विवेचना तथा मुल्यांकन कार्य कठिन हुँदो रहेछ भन्ने यस पंक्तिकारको बुझाई छ । तथापि आजसम्म विभिन्न विषयमा आयोजित भएको कार्यक्रम विचार गोष्ठि, अन्तरक्रिया तथा विचार विमर्श कार्यक्रमहरुमा भएका सहभागीताबाट उपलब्ध व्यवहारिक एवं प्राविधिक चेतनालाई आधार बनाई आफ्नो नीजि बुझाई एवं अनुभवहरुलाई क्रमशः राख्ने प्रयासरत छु ।
केवल ८८५ कि.मी. लम्बाई र १९३ कि.मी. को मात्र औषत चौडाई क्षेत्रफल रहेको हाम्रो नेपालको पुर्व पश्चिम राजमार्ग तराई मधेस भन्दा २०(३० कि.मि. उत्तरमा पर्दछ र यस  राजमार्गले तराई मधेसको नगरपालिकाहरुलाई छुदैन, जस्तै हाम्रो जनकपुर नगरपालिका, राजविराज, विरगन्ज, मलंगवा र विराटनगर । तर नारायणघाट, हेटौडा, इटहरी, दमक र विर्तामोडलाई हे¥यौ भने त्यहाँको शहरी विकास, सफाई एवं सौदर्यता गुणात्मक बृद्धि छ । हामी जनकपुर नगरपालिकाबासी जो त्यत्तिकै अधिकारी छौं राजश्व संकलनको सन्दर्भभार केन्द्रिय बजेटको मामिलामा फेरी किन हाम्रो धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मिथिलाको पवित्र आँगनरुपी जनकपुर नगरपालिका आफ्नै बिरता तथा सौन्दर्यताको इतिहासमा किन आँसु बगाई रहेका छौं त ? यदि जनकपुरबाट जानकी मन्दिरलाई क्षणभरको लागि स्मरणबाट हटाई दियौं भने जनकपुर नगरपालिकाको शहरी विकास माथि कति गर्व गर्न सकिन्छ त ? आजको यक्ष प्रश्न बनेको छ ।
हामीसबैलाई गम्भीरतापुर्वक एउटा तथ्य के बुझ्न अनिवार्य छ भने आजको युग आर्थिक क्रान्तिको युग हो, जहाँ उद्योग घन्दा, व्यापार विकास तथा भौतिक समृद्धिको जनाकांक्षा एवं जनचाहना छ । किनभने आजको विश्व राजनीति , कुटनीति तथा राजनीतिक सिद्धान्तहरुको साथै आर्थिक एवं सामाजिक सम्बन्धहरु यसै आर्थिक युगको आस(पास घुमिराखेको हुँदा संसारभरीकै मुख्य मुख्य राजनीतिक बादहरु आ(आफ्नो नागरिकको उन्नती, प्रगति तथा समृद्धि कसरी गर्ने भन्ने विषयमै केन्द्रित भएको छ । हुन त भौतिक उपलब्धिको प्रधानतामात्र स्वीकार गर्नेहरु यो मान्यता सहि छ कि गलत यस विषयमा तर्क शास्त्र प्रयोग गर्न सकिन्छ त्यस्तै ‘पदार्थ एवं चेतना’ को विषयमा अन्तहिन बहस पनि गर्न सकिन्छ । तर मात्र कोश शास्त्रीय तर्क सुन्नलाई फुर्सद आजको युवा पुस्तामा नगन्य प्रायः छ ।
मधेस र मधेसीको राजनीति गर्ने मधेसी राजनीतिक दलहरु सदैव होशियारी पुर्वक विचार गर्नुपर्ने के छ भने जसरी फोटो खिच्ने क्यामेरामा राखिने रिललाई आजको म्ष्नष्तब ित्भअजलययिनथ अर्थात प्रविधिको कारण ‘चिप्स’ को प्रयोगद्वारा रिललाई विस्थापित गरिएको छ । त्यस्तै हुलाक टिकटलाई इमेलद्वारा लक्षण गरिदै छ । त्यस्तै तार जडित टेलिफोनलाई मोवाईलद्वारा थिचिएको छ । यसै अर्थमा केवल राजनीतिको लागि राजनीति गर्नेहरुलाई समाजमा गुणात्मक कपले बृद्धि भैइरहेको रोजगारी पुर्वाधारको विकास शिक्षा, स्वास्थ्य सुरक्षा लगायत खाद्यन्नको आपुर्ति जस्तै संवेदनशिलतायुक्त जनाकांक्षा,  जनचाहना एवं जनभावनालाई सहजतापुर्वक, सरलतापुर्वक तथा सुविधापुर्ण तरिकाले उचित सम्बोधन नगरिएको खण्डमा ती दल नेताहरु विस्थापित गरिने प्रबल सम्भावना बढ्दै छ । समग्र मानवजातिको जीवनलाई आवश्यकता एवं आकांक्षा दुवै दिनानुदिन गुणात्मक बृद्धि हुँदै गरेका यस्ता जनाकांक्षालाई पुरा गर्न अनिवार्य रुपमा आवश्यक रहेका उत्पादन बृद्धि गर्नेतर्फ हाम्रो मधेसी दल सिर्जनात्मक रचनात्मक र सकारात्मक भएर गम्भीरतापुर्वक सोच्नु अनिवार्य भएको छ । समाजमा ‘चेतना र उत्तेजना’ बढाउनमा सबै पक्षहरुको जोड रहन्छ , तर उत्पादन गर्ने प्रश्नमा प्रायः नेतृत्ववर्ग मौनब्रत किन ? साधन श्रोत, उत्पादन उपभोक्ता र वितरण यी आजको आर्थिक युगका ४ बेद मानिएको हुँदा यस उपरको पकड जति धेरै जसको रहन्छ, ऊ त्यतिकै अग्रगमनकारी मानिन्छ ।
बास्तवमा भन्नुपर्दा हाम्रो नेपालमा विकासवादी संघियता को आवश्यकता छ, जहाँ राष्टिूय अखण्डताको मजबुती सामाजिक सद्भावको अन्तरसम्बन्धमा वृद्धि प्राकृतिक श्रोत एवं साधनको समान वितरण, विकासको समान अवसर, संस्कृति एवं भाषाको विकास, मानविय सभ्यताको विकास, प्रतिस्पर्धा दक्ष युवा जनशक्तिको निर्माण, पिछिडिएका वर्ग एवं क्षेत्रको विशेष सम्बोधन आजको अपरिहार्यता भएको छ । किनभने हाम्रो नेपाल जस्तो बहुभाषिक, बहुधार्मिक बहुजातिय तथा भौगोलिक विविधतायुक्त राष्टूको सम्बोधन केवल विकासवादी संघियताबाहेक केही पनि हुन सक्दैन भन्ने यस पंक्तिकारको अनुभव छ ।
यसै विकासको सन्दर्भ चर्चा गर्नुपर्दा बहुप्रतिक्षित एवं बहुचर्चित एसियाली विकास बंैक एडीवि को आर्थिक सहयोगमा १ अर्ब ३० करोड अर्थात ज्ञढ।ण् mष्ििष्यल म्यििबच बराबरमा जनकपुर नगरपालिकाको २६ कि.मि. सडक एवं व्यवस्थित नाला लगायत फोहोर व्यवस्थापनको कार्यमा विभिन्न बहाना बनाई सो कार्यलाई प्रभावित पार्ने दुरुप्रयासको हामी घोर विरोध र भत्र्सना गर्दछौं । एडिवि को आर्थिक ऋण सहयोगमा संचालित एकिकृत शहरी विकास आयोजनालाई प्रभावकारी कार्यान्वयनमा विभिन्न मधेसवादी दलहरु बीच देखिएको प्रतिवद्धता एवं एकरुपता सराहनीय, प्रशंसनीय, उदाहरणीय तथा अनुकरणीय छ । मधेस र मधेसी जनताउपर सदैव दबाब, अभाव र प्रभावको गैरराजनीतिक व्यक्ति एव्ां दलहरु अहिलेको सामुहिक सहकार्य सहयोग, सहभागिता एवं सह अस्तित्वको संस्कार एवं संस्कृतिबार आजित र भयभित भएका छन् । “ एडिबी बचाऊ जनकपुर बनाऊ” जस्ता विभिन्न नारा एव्ां रलोगन सहित एडिबीको एकिकृत शहरी विकास आयोजनाको प्रभावकारी कार्यान्वयनमा सामुहिक प्रतिवद्धता सहित अग्रगामी कदमबाट यस मिथिलाको पवित्र आँगनरुपी जनकपुरधामको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक नगरीको सौंन्र्यकरणमा र विकासमा एडिवीको ऐकिकृत शहरी विकास आयोजना कोशेदुंगा सावित हुनेछ भने यस पंक्तिकारको दृढ विश्वास छ ।
एडिबी को एकिकृत शहरी विकास आयोजनाको नाउँमा भएको वा हुनसक्ने प्राविधिक भ्रष्टाचार सम्वन्धि यसै सप्ताहिकमा प्रकाशन भइसकेको परिप्रेक्ष्यमा सम्पुर्ण विकासप्रेमी जनसमुदाय, संघ संस्था, व्यापारीक प्रतिष्ठान, संचारजगत तथा हामी जनकपुर नागरिक समाज उक्त प्राविधिक भ्रष्टाचारको लेखाजोखा प्रति सजगता अपनाउँदै विगतमा समेत मनिपाल अस्पताल जस्तो संवेदनशिल एवं महत्वपुर्ण स्वास्थय संस्थालाई कसरी विकास विरोधी तत्वहरुद्वारा विस्थापित गराइयो, त्यस्तै जनकपुर नगरपालिका कार्यालयको आर्थिक लगानीमा व्यवस्थित ‘पशु वद्यशाला’ निर्माण कार्यलाई समेत अवरोध गरियो भन्ने विगत कालखण्डबाट शिक्षा अनुभुति प्राप्त गर्दै एडिबी को एकिकृत शहरी विकास आयोजना कार्यक्रमलाई सर्वपक्षिय सहयोग, सहभागिता एवं सह कार्यको संस्कार एवं संस्कृतिलाई आत्मसात गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सकारात्मक, रचनात्मक एवं प्रभावकारी भुमिका निर्वाह गर्दै जनकपुरको सार्वङ्गण विकासको लागि भइरहेको विभिन्न सिर्जनात्मक गतिविधिहरु जस्तै गंगासागर अतिक्रमणमुक्त, सफाई, अभियान, जनक चौक एवं जानकी मन्दिर लगायत विभिन्न धार्मिक एवं सांस्कृतिक स्थानहरुको संरक्षण सम्बद्र्धन तथा थ्रबद्र्धनात्मक कार्यहरुमा आ(आफ्नो स्थानबाट यथासम्भव सहयोग सहभागिता, सल्लाह, सुझाव एवं सह कार्यको लागि सम्बन्धित सबैमा यस पंक्तिकारको विनम्र अनुरोध छ । अस्तु ।।

२०७१ अषाढ ०८ गते आईतबार

No comments:

Post a Comment