Sunday, February 2, 2014

पृथ्वीनारायण शाह कसरी राष्ट्रिय एकताका प्रतिक ?- अरविन्द कुमार यादव


अरविन्द कुमार यादव
    गत पुस २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन उसको योगदानको चर्चा परिचर्चासँगै एउटा वहस शुरु भएको छ कि(पृथ्वीनारायण शाहलाई राष्टिूय एकताको प्रतिक मान्ने कि नमान्ने ? किन मान्ने ? कसरी मान्ने ? जस्ता वहसको बीच मलाई पनि केही लेख्न मन लाग्यो ।     पृथ्वीनारायण शाहलाई राष्टिूय एकताको प्रतिक मान्नै पर्ने जोड दिने विद्वान मित्रहरुको कुराले मलाई पनि आश्चर्यचकित पारेको छ । भूगोलको सीमाभित्रको माटो, ढुङ्गा, पहाड, हिमाल, झरना, लाली गुराँस, चराचरुङ्गी, जनावर, प्राकृतिक दृष्य आदिलाई मात्र राष्टिूयता मान्ने व्यक्तिलाई राष्टूवादी होइन कि प्रकृतिप्रेमी मान्छेको रुपमा मात्र लिन सकिन्छ । वास्तवमा पृथ्वीनारायण शाह राष्टिूय एकताको प्रतिक हुँदै होइन, फगत केही राजावादीहरुको स्तुतिगानले मात्र उनलाई राष्टिूय एकताको प्रतिक मान्न सकिन्न । जसले नेपाल एकीकरण पश्चात देशमा एक भाषा एक भेषको नीतिलाई लादे, तिरहुत फौज (मधेशी सेना) लाई विघटन गरे र मधेशका आधा जनसंख्यालाई माइनस गरेर राज्य संचालनको नीति बनाउने व्यक्तिलाई कसरी राष्टिूय एकताको प्रतिक मानन सकिन्छ त ?
    वाइसी चौवीसी राज्यलाई गाँभेर नेपाल एकीकरण गरेका कारण पृथ्वीनारायण शाहलाई भने एउटा असल व्यक्तित्वको संज्ञा भने अवश्य दिन सकिन्छ । अंग्रेजको कब्जामा देश पर्न नदिएको, दूरदर्शी राजा भएको, मौलिक दिव्योपदेश लागू गरेको, अति उदार तथा बीर राजाको रुपमा गुणगान गर्नेलाई केवल व्यक्ति स्तुतिगायक मात्र भन्न सकिन्छ । साँचो र यथार्थ कुरा के हो भने अंग्रेजले नेपाल कब्जा गर्नै चाहेको भए पृथ्वीनारायण शाहले रोक्न सक्ने थिएनन् होला । नालापानीका किल्लामा अंग्रेज सेना प्रमुख जेनरल जिलेस्पीको मृत्युलाई अंग्रेजहरुले अपशगुन ठानेर छाडि दिएको मात्रै हो । र, चतुर चलाख अंग्रेजहरुले क्षति व्यहोरेर ढुंगा पहाड मात्र भएको देश कब्जा गर्न नचाहेरै नेपाल एउटा सुरक्षित राष्टू रहन गएको हो ।     केही विद्वान मित्रहरुले राष्टिूय एकता जस्तो महान् भावनालाई व्यक्ति चर्चामा सीमित गरेकोले मलाई दुःख लागेको छ । यथार्थ कुरा के हो भने राज्यका सम्पूर्ण जनतको भावनालाई कदर गर्ने व्यक्ति राष्टिूय एकताको प्रतिक मात्र हुन सक्छन् । चार वर्ण र छतिस जातको फूलवारी नेपाललाई पृथ्वीनारायण शाहले भने पनि उसको गोर्खाली सेनामा एउटा पनि मधेशी मूलका व्यक्ति नपर्नाले नै बुझ्न सकिन्छ कि पृथ्वीनारायणको भनाई र गराईमा ठूलो अन्तर रहेछ । यसरी भनाई र गराईमा यति ठूलो अन्तर राख्ने व्यक्तिलाई राष्टिूय एकताको प्रतिक मान्ने व्यक्तिहरु बुझ पचाएकै रहेछ भन्ने कुरा पनि छर्लङ्गै छ । यस्ता व्यक्ति स्तुति गायक विद्वान मण्डलीबाट देश झन खाल्डोमा पर्न सक्ने खतरा रहन्छ ।
    नेपालमा अहिलेसम्म राष्टिूय एकताको प्रतिक मान्ने व्यक्तित्व जन्मनै नसकेको कुरा मलाई साँचो लाग्छ । एउटा जातको, एउटा वर्गको, एउटा धर्मको, एउटा भेषको तथा एउटा भाषाको मात्र प्रतिनिधित्व गर्ने व्यक्ति कसरी राष्टिूय एकताको प्रतिक हुन सक्छ त ? त्यसै व्यक्तिहरु मध्ये एउटा पृथ्वीनारायण शाह पनि पर्दछ । मुलुकको ढुंगा माटोमा राष्टिूयता देख्ने व्यक्तिलाई अहिलेको २१ औं शताब्दीमा पटमुर्ख सिवाय केही भन्न सकिदैन । राष्टिूयता मुुलुकको ढुंगा माटोमा नभई व्यक्तिको हृदयभित्र हुने गर्छ । नेपाली भाषा बोलिदैमा र दाउरा सुरुवाल टोपी लगाउँदैमा ऊ भित्र राष्टिूयता भएको कुरा मान्न सकिन्न । कति खसवादी शासकहरुले दाउरा सुरुवाल र टोली लगाएरै राष्टिूय अहितका सन्धि समझौताहरुमा हस्ताक्षर गरेको इतिहास साक्षी छ । नेपाली भाषा बोलेर र दाउरा सुरुवाल टोपी लगाएर राष्टूवादी भइन्छ भन्ने गलत सन्देश पृथ्वीनारायण शाहले दिएका रहेछन् । जसले गर्दा पृथ्वीनारायण शाह राष्टिूय एकताका प्रतिक बन्नमा उसकै सन्देशहरु बाधक भएका छन् । जनताको हृदयभित्रको भावना बुझ्ने व्यक्ति मात्रै राष्टिूय एकताको प्रतिक हुन सक्छन् ।
    अहिले हामी प्रजातन्त्रकै जगमा उभिएर आफ्नो हृदयभित्रका आवाजहरु उठाउन सकिरहेका छौं । आजको २१ औं शताब्दीमा संघीयता राष्टिूय एकताको प्रतिक हुन सक्छ । जसमा मुलुकभित्रका सम्पूर्ण वर्ग, समुदाय, जातजाति, धर्म, लिंग, वर्णका व्यक्तिहरुले आफ्ना हक अधिकारका खातिर आवाज बुलन्द गर्न सक्छन् । आजको नेपालको वर्तमान परिवेशमा आफ्नै मुलुकभित्र आन्तरिक उपनिवेशमा परेका र राज्यको नागरिक भएको अनुभव गर्न नसकेका पीडित समुदायको हृदयभित्रको दुःख पीडालाई बुुझ्न सक्ने व्यक्ति मात्रै राष्टिूय एकताको प्रतिक हुन सक्छन् । पृथ्वीनारायण शाहलाई राष्टिूय एकताको प्रतिक मान्ने तथा उनकै दिव्योपदेशलाई आधार मानेर राज्य संचालन गर्नुपर्ने मनसाय बोकेका व्यक्तिहरु परिवर्तनको विरोधी भएको र त्यस्ता यथास्थितिवादीहरुसँग बेलैमा सचेत हुनु जरुरी छ । पृथ्वीनारायण शाहकै राज्य संचालन नीतकिा कारण देश अढाई सय वर्षसम्म अन्धकारमा बाँच्न बाध्य भएकोले उसका नीतिहरु अबको २१ औं शताब्दीमा अटाउन सकिदैन । २०४६ सालको राजनैतिक परिवर्तन पश्चात पनि नेपाली काँग्रेस र एमालेले राजसंस्थालाई राष्टिूय एकताको प्रतिक मानेका कारण पूर्ण परिवर्तनकारी शक्ति बन्न सकेन । फलस्वरुप २०६२।०६३ को जनआन्दोलन भए, मधेश आन्दोलन भए । राजा वीरेन्द्रकालीन राजदरबारमा यतिका सेना, प्रहरी, कर्मचारी कार्यरत रहेका मध्ये त्यति ठूलो राजदरबारमा एउटा पनि मधेशी झाडु लगाउने काममा नभेटिनुलाई काँग्रेस एमालेले कसरी राजसंस्थालाई राष्टिूय एकताको प्रतिक मान्थ्यो कुरा म अहिले पनि सोची रहेको छु ।
    यसरी नेपालका शाहवंशीय राजाहरु कहिल्यै पनि देशको साझा राजाको रुपमा रहन सकेन । तर, राजा सबका साझा भन्ने कुरा पाठ्यपुस्तकमा राखेर पढाइयो । समग्र रुपमा पृथ्वीनारायण शाहलाई एउटा राज्य विस्तारको आकांक्षीको रुपमा, ठूलो देशको राजा बन्ने सपना बोकेको राजाको रुपमा तथा साम्राज्यवादी शासकको रुपमा मात्र लिन सकिन्छ ।
(लेखक मधेशी शिक्षक फोरम नेपालका केन्द्रिय सचिव हुन ।)


मिति ः २०७०  माघ १९ गते 

No comments:

Post a Comment