Sunday, February 2, 2014

राज्यद्वारा शहीदहरुको मानमर्दन


अजय अनुरागी
जनकपुरधाम............

जव जव नेपाली जनताको सार्वभौम सत्ता निरंकुश शासकहरुले हरण गर्ने प्रयास गरेको छ , तव तव जनकपुरले त्यसको कडा प्रतिवाद गरेको छ । शिर ठाडो पारी कडा प्रतिवाद मात्र गरेको छैन, जनताको मुक्तिका लागि आफ्नो ज्यानको बलिदानी दिनसमेत हिच्चकिचाएको छैन् । एक होइन दुई होइन, जनकपुरका सैकडौ धरतीपुत्रहरुले खुशी खुशी आफ्नो सहादत दिएर जनतालाई लोकतन्त्र र गणतन्त्र दिलाएका छन् ।
 १ सय ४ वर्ष सम्मको निरंकुश जहानियाँ राणा शासनको विरुद्धमा नेपाली जनताद्वारा गरिएको २००७ सालको क्रान्ति, २०१७ सालमा राजा महेन्द्रको दुस्साहासपूर्ण सैनिक ‘कू’ का विरुद्ध गरिएको आन्दोलन, राजा महेन्द्रद्वारा लादिएको पञ्चायति व्यवस्था विरुद्धको २०४६ सालको महान जनआन्दोलन, १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रद्वारा गरिएको सैनिक ‘कू’ का विरुद्ध चालिएको २०६२÷०६३ सालको दोस्रो जनआन्दोलन, अधिकार, पहिचान,समावेशी र संघीयताका लागि भएको दुई पटकको मधेस जनविद्रोहमा समेत जनकपुरका बीर सपुतहरुले बलिदानी दिन चुकेका छैनन् ।
 राजतन्त्रका विरुद्धमा माओवादीद्वारा थालिएको जनयूद्धमा होस वा मधेसको मुक्तिको लागि बन्दुक उठाएर हाल सम्म जारिराखेको शसस्त्र विद्रोहमा समेत जनकपुरका नागरिकले बलिदानी दिइनैरहेका छन् । जनकपुरले झुक्न जानेन बरु उ टुट्यो तर, जनताको स्वतन्त्रताका लागि आफ्नो प्राणको आहुति दिन समेत तयार भयो जनकपुरका बीर सपुतहरु । गणतन्त्रका लागि जनकपुरका दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम प्रहार गरी मृत्युबरण रोजे । डा.लक्ष्मीनारायण झा राजतन्त्रका विरुद्धको लडाईमा झुक्न तयार भएनन् । यसैगरी जनकपुरमा सहादत दिनेहरुको लामो फेहरिस्त नै छ ।
नेपाली कांग्रेस धनुषाले दुर्गानन्द झा, शिवचन्द्र मिश्र, मथुरा प्रसाद उपाध्याय, मिथिलेश दुवे, सत्यनारायण पाठक, कामेश्वर यादव, कुशेश्वर मण्डल, केशव कोइराला, उदय शंकर मण्डल, सोनावत्ती देवी, मुनेश्वरी देवी, जानकी देवी, रामनारायण यादव, रामविलास ठाकुर, डा.लक्ष्मीनारायण झा, इश्वर लामा, पदम लामा लगायतका दर्जनौ सपुतहरुलाई शहीदको रुपमा सम्मान दिने गरेका छन् ।  तर राज्यले यी वास्तविक शहीदहरुलाई औपचारिक रुपमा शहीदको मान्यता दिएका छैनन् । जिल्ला प्रशासन कार्यालय धनुषामा समेत राज्यद्वारा मान्यता दिइएको धनुषाका शहीदहरुको नामावली छैन । धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली भन्छन,“हाम्रो कार्यालयमा धनुषाका शहीदहरु को को हुन भन्ने कुनै अभिलेख छैन् ।” राज्यको निकायको रुपमा रहेको उक्त कार्यालय मा समेत शहीदहरुको अभिलेख नहुनुले पनि शहीद प्रति राज्य कतिसम्मको उदाशिन छ भन्ने पुष्टि हुन्छ । यति मात्र होइन यस वर्ष १६ माघमा राज्यका तर्फबाट धनुषामा शहीद दिवस नै मनाइएन । प्रत्येक वर्ष जिल्ला विकास समितिमा स्थानिय विकास अधिकारीको संयोजकत्वमा शहीद दिवस मनाइन्थ्यो ।
    साता व्यापी मनाइने शहीद दिवसको अवसरमा खास गरी १४,१५ र १६ गते विभिन्न कार्यक्रमहरु आयोजन गरी धनुषामा शहीद दिवस मनाइन्थ्यो । तर, यसपटक शहीद दिवस मनाउन कुनै चासो नै लिइएन । धनुषाका स्थानिय विकास अधिकारी गुरुप्रसाद सुवेदी भन्छन,“  प्रत्येक वर्ष शहीद दिवस मनाइन्थ्यो तर, यस पटक किन मनाइएन त्यसको खोजी नीति म पनि गरिरहेको छु । सधै सरकारले शहीद दिवस मनाउन परिपत्र जारी गर्दथ्यो तर यस पटक त्यस्तो कुनै आदेश नै आएन ।” गैर दलिय सरकारद्वारा गरिएको शहीदहरुको अपमान, मानमर्दन र उपहासले जिल्लावासी दुःखी भएका छन् । यद्यपि विभिन्न राजनीतिक दलहरुले आ(आफ्नो पार्टी कार्यालयमा भने शहीद दिवस मनाएका छन् ।
    जनकपुरका वरिष्ठ साहित्यकार राजेन्द्र विमल भन्छन,“ राज्यले जनकपुरका जनताहरुसँग सदियौं देखि विभेद गर्दै आएको छ । तर, मृत्क शहीदहरुसँग पनि राज्यले विभेद गर्नु राष्टूकै लागि दुःखद र दुर्भाग्यपूर्ण अवस्था हो ।”
नागरिकप्रति राज्यको असन्तुलित व्यवहारलाई मात्रै देखाउँदैनन्, पहुँच र बाहुबल हुनेहरू राज्यबाट सम्मानित हुने र पहँुच नहुनेहरू अपमानित हुनुपर्ने विडम्बनापूर्ण पििरस्थतिको तस्बिर पनि प्रस्तुत गर्छन । पछिल्ला वर्षमा त जस्तासुकै घटनामा मारएि पनि सहिद घोषणा गर्नुपर्ने माग राख्दै बन्द, हडताल र आन्दोलन गर्ने प्रवृत्ति बढ्दो छ । गृह मन्त्रालयको आँकडा अनुसार घोषित सहिदहरूको संख्या १० हजार नाघिसकेको छ । जनआन्दोलन(२ पछि सरकार फेरएिपिच्छे आफ्ना पार्टीका मान्छेलाई सहिद घोषणा गर्ने परिपाटीले सहिदको संख्या बढेको हो । प्रधानमन्त्री पदबाट राजीनामा दिनु दुई दिनअघि मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ जनयुद्ध्ुमा ज्यान गुमाएका ८ हजार ५ सय जनालाई सहिद घोषणा गरेर तिनका परविारलाई जनही एक(एक लाख रुपियाँका दरले रकम वितरण गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । तीमध्ये करबि दुई हजारको नामथर र ठेगाना स्पष्ट नभएको भन्दै पछि ६ हजारलाई मात्रै सहिद घोषणा गरएिको थियो ।
एमाले नेता माधवकुमार नेपालले आफ्नो प्रधानमन्त्रीकालमा शान्ति मन्त्रालयको सिफारिसमा १ हजार ६ सय ५२ जनालाई सहिद घोषणा गर्दै जनही एक लाख रुपियाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्बाट गराए । यता कांग्रेससँग भने १ हजार ४९ जना नेता(कार्यकर्ता सहिद बनेको सूची छ । संविधानसभा निर्वाचनअघिको मधेस आन्दोलनमा चार दर्जनभन्दा बढीको मृत्यु भयो । मधेसवादी दलले त्यसबेला मारिएका ५२ जनालाई सहिद घोषणा गर्न माग गरे । त्यसमध्ये सरकारले ४८ जनालाई सहिदको मान्यता दियो । यसरी सहिद घोषणा हुनेका परिवारले १० लाख रुपियाँ पनि पाए । राज्यले सहिद घोषणा गरेकामध्ये कसैको परविारलाई तीन लाख रुपियाँ मात्रै दिइएको छ भने कसैलाई १० लाख रुपियाँसम्म दिइएको छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला माओवादी सहिद परिवारलाई एक लाखका दरले दिने निर्णय गरेका थिए । त्यसपछि बाबुराम भट्टराई प्रधानमन्त्रि भएको बेला त्यस रकममा दुई लाख थप गरी तीन लाख रुपियाँ र्पुयाए । त्यसका अतिरिक्त श्रीमती र छोराछोरी हुनेले थप २५ हजार पाएका छन् ।
शहीद गार्डन बनाउन आवश्यक
जनकपुरलाई प्रायः जसो मानिसहरुले धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थलको रुपमा मात्र चिन्ने गरेका छन् । राजर्षि जनक, जगतजननी सीता, पोखरीहरुको सहर, मन्दिर धर्मशालाहरुको सहरको रुपमा जनकपुरलाई चिन्ने गरिएको छ । यसका अतिरिक्त प्राचिन मैथिल सभ्यता र मिथिला संस्कृतिको रुपमा देश विदेशमा सुप्रसिद्ध छ जनकपुर । तर, जनकपुर क्रान्तिकारीहरुको समेत स्थल हो भन्ने कुरा इतिहासमा उल्लेख भएपनि देशका लागि आफ्नो ज्यानको न्यौछावर गर्ने बीर शहीदहरुको बारेमा प्रचार प्रसार हुन सकेको छैन् । जनकपुरका ती महान अमर शहीदहरुको एकै ठाउँमा साझा स्मारक बनाई जनकपुरलाई शहीदहरुको सहरको रुपमा विकास गर्न जरुरी छ । त्यसका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीले आ(आफ्नो ठाउँबाट प्रयास गर्ने हो भने धेरै ठुलो कुरा पनि होइन । जनकपुरमा देश, समाज र जनताका लागि आफ्नो ज्यानको आहुति दिने शहीदहरुको ‘गार्डन’ फुलवारी बनाउन अत्यन्त आवश्यक देखिन्छ । सबै शहीदहरुलाई साझा शहीदको रुपमा आत्मसाथ गरी तिनीहरुको सालिक निर्माण गरी शहीदहरुको सहरको रुपमा समेत विकास गर्न सकिन्छ । साहित्यकार डा.विमल भन्छन,“जनकपुरमा शहीद गार्डन बनाउन सकियो भने यसले नेपालको इतिहासलाई समेत प्रभाव पार्ने छ । हालसम्म शहीदहरुको गौरवलाई समेत काठमाण्डौ उपत्यकामा मात्र केन्द्रित गरिनु शहीदहरुको अपमान हो ।” शहीद गार्डनका लागि धनुषाका सम्पुर्ण राजनीतिक दलहरु सम्मिलित सर्वपक्षिय वैठक गरी संविधानसभामा समेत प्रस्ताव लैजान सकिने एमाले नेता तथा पुर्व मन्त्री यदुवंश झा बताउँछन् । शहीदहरुको फुलवारी निर्माण भए देश विदेशबाट आउने पर्यटकहरुले समेत जनकपुरको गौरवबारे थाहा पाउन सक्छ । जनकपुरका एक जना पत्रकार संत व्यथित भन्छन,“ शहीद गार्डन बनाउन सबैले ध्यान दिनु आवश्यक छ । आफ्नो ठाउँको पुर्खाहरुले गरेको बलिदानीलाई आउने सन्ततीलाई समेत बुझाउनका लागि र प्रेरणा जगाउनका लागि समेत उपयोगी हुन सक्छ ।” नाटककार अवधेश पोखरेल भन्छन,“ जनकपुरमा शहीदहरुको लामो फेहरिस्त छ । ती सबै शहीदहरुको स्मारक एकै ठाउँमा बनाउन सकिए शहीदहरु प्रति सम्मान हुनेछ ।” नेपाली कांग्रेसका पुर्व सांसद महेन्द्र कुमार मिश्र भन्छन,“ जनकपुरका शहीदहरुको एकै ठाउँमा स्मारक बनाउनु धेरै राम्रो कुरा हो । जग्गाको पनि अभाव हुने थिएन । तर, त्यसका लागि सबैले आ(आफ्नो ठाउँबाट प्रयास गर्न जरुरी छ ।”

मिति ः २०७०  माघ १९ गते 

No comments:

Post a Comment