Sunday, February 2, 2014

जटहीमा बनेन प्रसुति गृह

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राजा महेन्द्र चढेको गाडीमाथी बम प्रहार गरेको आरोपमा दुर्गानन्द झालाई तत्कालिन पञ्चायती शासकले फाँसी दिएका थिए । तर उनको बलिदानको उचित सम्मान भने अहिलेसम्म हुन नसकेको अनुभव गरिएको छ । सरकारले चार बर्ष अघि दुर्गानन्द झाको पैतृक गाँउ धनुषाको जटहीमा प्रसुतिगृह निर्माणको घोषणा गरेको थियो । तर सो घोषणाको अहिले सम्म कार्यान्वयन भएको छैन् । उपचार अभाबमा कुनै पनि आमाले ज्यान गुमाउनु नपरुन भन्ने उदेश्यका साथ ग्रामिण क्षेत्रमा पनि प्रसुति सेबा बिस्तार गर्दै जाने लक्ष्य अनुरुप सो घोषणा गरिएको थियो । पाँच बर्ष अघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पञ्चायती शासकको बिरुद्धमा प्रजातन्त्रीक संघर्षमा लागेका दुर्गानन्द झाको स्मृतिमा धनुषाको जटहीमा प्रसुति गृह निर्माण गर्ने घोषणा गरेको थियो । दुर्गानन्दको स्मृतिमा उनकै पैतृक गाँउ जटहीमा १५ शंैयाको प्रसुति गृह निर्माण हुने सरकारले घोषणा गरेपछि महोत्तरी बजराहीका कृष्णकान्त पाठकले करोडौ मुल्य पर्ने ९ कट्ठाजग्गा उपल्बध गराइएका थिए । प्रसुति गृह निर्माण नभएपछि यो जग्गा अहिले गौ चरणमा परिणत भएको छ । जग्गा दता कृष्णकान्त पाठक भन्छन,“शहीदको नाउँमा प्रसुति गृह बन्छ भनेर आफुले खुशी खुशी ९ कठ्ठा जग्गा उपलब्ध गराएँ, तर, त्यहाँ प्रसुति गृह नबनेको देख्दा अत्यन्त दुःख लागेको छ । सम्बन्धित निकायले प्रसुति गृह वा अस्पताल निर्माण गरिदिए यस क्षेत्रका जनतालाई पनि फाइदा पुग्ने थियो र सहिद दुर्गानन्द झाको नाउँ पनि रहने थियो ।” प्रसुति गृह निर्माणका लागि सम्बन्धित निकायले प्रारम्भिक कार्यहरुपनि प्रारम्भ गरेको थियो तर विचमै काम कहाँ अडकियो भन्ने कुराबाट स्थानियवासी समेत अन्यौलमा छन् ।
शहीद दुर्गानन्द झाको नाउँमा प्रसुतिगृह निर्माणका
जटहीमा लागि दाताले उपलब्ध गराएको जग्गा ।
दुर्गानन्द झाका वालशखा समेत रहेका जटहीका स्थानियवासी कामेश्वर चौधरी भन्छन,“शहीद दुर्गानन्द झाको नाउँमा प्रसुति गृह निर्माण हुने कुराले हामीलाई अत्यन्तै खुशी तुल्याएको थियो । तर, किन निर्माण भइरहेको छैन, हामीलाई समेत थाहा छैन् ।”
शहरी विकास तथा भबन निर्माण डिभिजन कार्यालय धनुषाले सदरमुकाम जनकपुर देखि १६ किलो मिटर दक्षिणमा रहेको प्रसुति गृह निर्माण स्थलको जग्गाको स्थलगत सर्बेक्षण र माटो परिक्षण गरि स्वास्थय मन्त्रालयमा फाईल पठाईसकेको जनाएको छ । सबै प्रकृया पुरा गरि दुई बर्ष अघि फाईल पठाईए पनि कार्यान्वयन भएको छैन । शहरी विकास तथा भबन निर्माण डिभिजन कार्यालय धनुषाका कार्यालय प्रमुख सम्पत घिमिरे भन्छन,“ हामीले गर्नुपर्ने काम गरिसकेका छौं । अबको काम स्वास्थ्य मन्त्रालयले गर्ने हो । फाइल किन अडकिएको छ भन्ने कुरा मलाई पनि थाहा भएन ।”
    लामो समय बितिसक्दा पनि प्रसुति गृह निर्माणको कुनै छाटकाट नदेखेपछि अहिले निराश भएका हुन । दूर्गानन्द झाको नाममा केहि व्यक्ती बिशेषले टूस्ट खडा गरि लाखौ  रुपैया अनियमितता गरेकै कारण निर्माण कार्य अगाडि बढन नसकेको स्वास्थय मन्त्रालयका अधिकारीहरुको आरोप छ । शहीद दुर्गानन्द झाको सालाप्रजातन्त्र स्थापनाको लागि राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गरेको आरोपमा फांसीको सजाय पाएका दुर्गानन्दको  नाममा रकम अनियमित्ता गर्ने हरुलाई कानुको दायरामा ल्याई निर्माण कार्य अगाडि बढाउनु जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।


मिति ः २०७०  माघ १९ गते 

No comments:

Post a Comment