Tuesday, January 21, 2014

ठेकेदार र कार्यालय प्रमुखको मिलेमतोमा भ्रष्टाचार


एक्सक्लुसिभ सम्बाददाता
जनकपुरधाम...........

मुलुकमा जारी संक्रमणकालको मौका छोपी मधेशका जिल्लामा आउने स्थानीय निकायका प्रमुखहरु तथा सडक भवन सहितका प्रमुखहरु सम्बन्धित मंत्रालयमा मोटो रकम बुझाएर आउने गरेकै कारण मंत्रालयले पनि ती प्रमुखहरुलाई भ्रष्टाचार गर्न क्लिन चिट दिएका कारण मधेशमा विकास हुन सकेको छैन् ।
आर्थिक बर्षको अन्ततिर सम्बन्धित विभाग देखि स्थानीय प्रशासनिक निकाय समेतमा मोटो रकम बुझाउनु परेको कारणले गर्र्दा पनि भ्रष्टाचारले प्रोत्साहन पाएको छ । संक्रमणको भजन गाउँदै अनैतिकताको क्रम निरन्तर बढ्दै गए पनि तिनीहरुलाई कानुनी कठघरामा ल्याउन कसैले आँट गरेका छैनन् । धनुषाको जिल्ला विकास समिति, जनकपुर नगरपालिका, बृहत्तर जनकपुर विकास क्षेत्र परिषद, सडक डिभिजन कार्यालय मुजेलिया, डिभिजन भवन कार्यालय सहितका कार्यालयहरुले टेण्डर आह्वान नगरी कोटेशन र उपभोक्ता समितिबाट काम गराएर भ्रष्टाचार गर्ने गरेका छन् । टेण्डर आह्वान गरे पनि ठेकेदारहरु ७० देखि ८० प्रतिशत सम्म बिलो (तल) गएर ठेक्का लिने गरेका छन्, जसबाट पनि के पुष्टि हुन्छ भने ठेकेदारलाई पनि कामै नगरे भुक्तानी पाउन एक किसिमले सरकारी कार्यालयहरुले अनुमति नै दिएका हुन्छन् ।
जिविस धनुषाले ६ जेष्ठ २०६८ मा १ करोड २४ लाखका १२ योजनाहरुको टेण्डर आह्वान गर्दा ठेकेदारले ७० प्रतिशत भन्दा पनि बढी बिलो गएर ठेक्का लिएका छन् । ठेकेदारले १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट), १ दशमलव ५ प्रतिशत आयकर, ५ प्रतिशत कन्टिजेन्सी सहित करिब ९० प्रतिशत रकम त्यसै खर्च गरिसकेपछि बाँकी बसेको मात्र १० प्रतिशत रकमले लाखौं रुपियाँको कुनै पनि ठेकेदारले काम गर्नै नसकिने गणितिय हिसाबले पनि ठोकुवा गर्न सकिन्छ ।
निर्माण व्यवसायी जगदिश महासेठ भन्छन, “विकास निर्माण सम्बन्धि कार्यालयहरुले एक त दर रेट बढी राख्ने गर्छन, फेरी आफू निकटका दलाल ठेकेदारहरु मात्र प्रतिस्पर्धामा लगेर ७० के ८० प्रतिशत सम्म मुनि पनि गएर ठेक्का स्विकृत गरिन्छ, त्यो भनेको कामै नगरी भुक्तानी पाउन क्लिन चिट दिनु हो तसर्थ कार्यालयहरुले पनि त्यस्ता निर्माण व्यवसायहिरुको सुचिकृत गरी कालो सुची जारी गर्नु पर्दछ ।” निर्माण व्यवसाय धुनषाका महासचिव विवेक मिश्र भन्छन् – भ्रष्टाचार गर्नमा कार्यालय र ठेकेदारहरुकै पनि मिलेमतो हुन्छ । त्यसैले त्यस्ता कार्यलाई निरुत्साहित गर्न सवै पक्ष अगाडी आउनु पर्दछ ।
सडक बोर्डको हरेक कार्यहरु टेण्डर मार्फत नै गर्नु पर्ने  कानुनी प्रावधान भए पनि कार्यालय प्रमुखले उपभोक्ता समिति मार्फत काम गर्न लगाएर भ्रष्टाचारको पराकष्ठा नै नाघेको हुन्छ । जनकपुर नगरपालिकाका निमित्त प्रमुख इन्जिनियर विरेन्द्र यादवले राममन्दिर पछाडी सौतिनिया इनार देखि महावीर चौक सम्म सडक कालोपत्रे गर्नका निम्ति सडक वोर्डको रुपियााँ उपभोक्तामा दिए पछि सडक नबन्दै कालोपत्रे उक्लिन थालेको छ । मिल्स एरिया देखि जानकी मन्दिर सम्म, परिक्रमा सडक पिडारी चौक देखि भानुचौक सम्म, वडा नम्बर १ देखि पुलचौक र मुसहरी सम्ममा अलि–अलि काम गरेको देखाए पनि धेरै रकमको बिल बनेको श्रोतको दावी छ । स्थानीयवासीहरुका अनुसार जेष्ठ २९ गते दिनको ११ बजे देखि ग्रेभलिङको काम शुरु भई ५ बजे सम्पन्न भएको थियो । ६ घण्टा ग्रेभेलिङको काम भए पनि तिन हजार रुपियाँ प्रति घण्टाका दरले १८ हजार रुपियाँ मात्र हुनु पर्ने ठाउँमा मोटो रकमको बिल बनाइएको श्रोतको दाबी छ । एक साता अघि मिल्स एरियामा केयर मेडिकल अगाडी तीन ट्रीपर बराबर ३० घन मिटर ग्रेभल खस्यो तर काम भन्दा कैयौं गुणा बढी रकमको बिल बनेको श्रोतको दावी छ । सौतिनिया इनार देखि महाविर चौक स्थित पूर्व मेयर वजरंग प्रसाद साहको घर सम्म गुणस्तरहीन पिचिङ हुँदा महावीर यूवा क्लवले विरोध गरे पनि कार्य नरोकी निरन्तरता दिए पछि पिच अहिले नै उक्लेको महावीर युवा क्लवका पूर्व अध्यक्ष हिराकुमार साहको भनाई छ । २८ लाख रुपियाँको उक्त योजना सडक वोर्डको रहे पनि इन्जिनियर विरेन्द्र यादवले टेण्डरबाट काम नगराई उपभोक्ता मार्फत गराएकै कारण काम गुणस्त्तरहीन भएको साहको भनाई छ ।

मिति ः २०६८ अषाढ ५ गते

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete