Tuesday, February 23, 2016

भारतलाई रिझाउँदै मधेसीलाई ठग्दै ‘ओली सरकार’

अजय अनुरागी
जनकपुरधाम............
मधेसको समस्या समाधान नहुँदै दिल्ली र काठमाण्डौ बीच चिसिएको सम्बन्धलाई सुधार्न ७ फागुन २०७२ का दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो प्रतिनिधि मण्डलसहित दिल्ली भ्रमणमा छन् । मधेसको समस्या यथावतै रहेको बेला भारतले ओली सरकारलाई राजकीय सम्मान दिएका छन् । दिल्लीको विमान स्थलमा विदेश मन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई स्वागत गरेकी थिईन ।
३ असोज २०७२ का दिन जारी गरिएको नेपालको संविधानमा देशको आधा जनसंख्या ओगट्ने मधेसी समुदायसँगै दलित, आदिवासी जनजाती तथा पिछ्डिएका वर्गहरुसँग भेदभाव भएकाले भारतले उक्त संविधान सबैले अपनत्व गर्न सकोस भन्ने सल्लाह दिँदै काठमाण्डौसँगको सम्बन्धलाई दाउमा राखेको थियो । तर, मधेसी लगायत देशका उत्पीडित तथा शोषित बर्गहरुको हक अधिकार नयाँ संविधानमा सम्बोधन नहुँदै नेपालका प्रधानमन्त्री ओलीलाई बोलाएर दिल्लीले स्वागत गरेपछि मधेसी समुदाय भारतसँग फेरी झस्किएको छ ।
ओलीको सम्मानमा राष्टूपति भवनमा सलामी, मोदीले गरे स्वागत
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्टूपति भवनमा औपचारिक स्वागत गरेका छन् । शनिबार बिहानै महात्मा गान्धीको समाधिस्थलबाट फर्केका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्टूपति भवनमा औपचारिक स्वागत गरेका हुन् । ओलीको स्वागतमा सलामी अर्पण गरिएको छ । मोदीको औपचारिक स्वागतपछि राष्टूपति भवनमै विदेशमन्त्री सुस्मा स्वराजसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् ।
राजघाटमा गान्धीलाई श्रद्धाञ्जली
भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी ओलीले शनिबार बिहानै राजघाटस्थित गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा चढाएका थिए । त्यहाँबाट फर्केपछि भारतीय प्रधानमन्त्री मोदीले ओलीसँग भेट गरेका हुन् । गान्धी समाधिस्थलमा नेपाली टोलीका साथमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज समेत उपस्थित थिइन् ।
 मधेसीलाई के लागेको थियो भने पहिलो पटक भारतले मधेसीको अधिकारका सवालमा प्रष्ट रुपले एउटा अडान लिएको छ । उसले अन्तर्राष्टिूय स्तरमा पनि खास गरेर संयुक्त राष्टू संघ जस्तो अन्तर्राष्टिूय मञ्चहरुमा समेत नेपालमा जारी गरिएको संविधानमा मधेसी समुदायसँग भेदभाव गरिएको र जारी शान्तिपुर्ण आन्दोलनमा व्यापक दमन भएको कुरालाई जोड सोडले अन्तर्राष्टिूयकरण गरेको थियो । संविधान जारी भएपछि अन्तर्राष्टिूय निकायहरुले स्वागत गरेपनि भारतले औपचारिक रुपमा स्वागत गरेको थिएन । नेपालमा संविधान जारी भएको भन्ने कुरा नोट गरिएको औपचारिक रुपमै भारतको परराष्टू मन्त्रालयले प्रतिक्रिया दिएको थियो ।
 संविधान जारी हुनु भन्दा अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतका रुपमा परराष्टू सचिव एस जयशंकर आउँदा के प्रतिक्रिया दिएका थिए भने नेपालमा जारी हुने संविधानलाई विश्वले समर्थन गरेपनि भारतले समर्थन नगर्दा के अर्थ हुन्छ ? तर, पनि भारतको सुझावलाई अटेर गर्दै नेपालमा संविधान जारी गरियो । २५ जेष्ठ २०७२ मा ४ राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिक बीच १६ बुँदे सहमति जारी गरी एउटा राजनीतिक कोर्षको निर्धारण गरिएको थियो । भारत त्यहीँ चुकेको थियो । हुन त उक्त सहमतिमा ६ प्रदेश हुने भनेर तय गरिएपनि सुर्खेतमा भएको आन्दोलन पछि तत्कालै उक्त सहमतिलाई उल्टाई ४ राजनीतिक दलले ७ प्रदेश बनाउने सहमति गरी ३ जेष्ठ २०७२ मा संविधान जारी गरियो ।
संविधान सभालाई ३१ साउन देखि औपचारिक रुपमै बहिष्कार गरी आन्दोलनमा ओर्लिएका संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक दलहरुसँगको विरोधका बावजुद गणितिय दम्भमा राजनीतिक दलहरुले दुई तिहाई बहुमतका आधारमा एकतर्फी ढंगले फास्ट टूयाकको नाउँमा ३१ भदौमा  संविधान पारित गरियो । महत्वपुर्ण कुरा के रह्यो भने १६ बुँदे सहमतिका एउटा हस्ताक्षरकर्ता फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले पनि संविधानमा हस्ताक्षर गरेनन् । तर, यो अर्को कुरा हो कि संविधान जारी भईसकेपछि बनेको केपी ओली नेतृत्वको सरकारमा उनी र उनका पार्टी सहभागी भई संविधानलाई कार्यान्वयन गराउन पुगे ।
३ असोजमा संविधान जारी भएपछि भारत झनै चिढियो र ४ असोजमा भारतले नेपालको सबै नाकाहरुमा नाकाबन्दी गर्यो । त्यसपछि भारतको रणनीतिलाई सहयोग गर्न तथा नेपालमा काठमाण्डौ केन्द्रित मिडियाहरुले भारतद्वारा अघोषित नाकाबन्दी लगाइएको आरोप लगाउन थालिएपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरु ६ असोज देखि सबै नाकाहरुमा गएर नाकाबन्दी गरेका थिए । तै पनि नेपालका काठमाण्डौ केन्द्रित मिडियाहरुले भारतले लगाएको नाकाबन्दी भन्दै गए र मोर्चाले त्यसको खण्डन गर्दै आफुहरु नाकामा पुगेर अवरोध सिर्जना गरेको बताउँदै गए । सुशिल कोइरालाको नेतृत्वमा रहेको सरकारले नाकाबन्दी विषयमा प्रष्ट रुपले कुरा बाहिर नल्याएपनि नाकाबन्दीको विरोधमा एकीकृत नेकपा माओवादी र नेकपा एमाले सहित बामपन्थी दलहरुले भारतको खुलेर विरोध गर्न लागे । राष्टिूय स्वाभिमानको नारा घन्काइयो । कुनै हालतमा नझुक्ने बरु साइकल नै चढ्ने सम्म नेताहरुले अभिव्यक्ति दिन थाले ।
नेपालमा संविधान जारी हुनु भन्दा अघि पहिलो पटक नेपाल भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डौ आउँदा काठमाण्डौका नागरिकहरुले पनि भारतको र मोदीको जयजयकार गरेका थिए । नेपालको व्यवस्थापिका संसदमा मोदीले सम्बोधन गर्दा नेपालका क्रान्तिकारी र स्वाभिमानी भनाउने नेताहरुले मोदीको भाषणमा मन्त्रमुग्ध भई थप्पडी बजाईरहेका थिए । अर्थात काठमाण्डौ भारतको जय जयकार गरिरहेका थिए । व्यवस्थापिका संसदमा सम्बोधन गर्दा पनि मोदीले नेपालका नेताहरुलाई ऋषि मनले संविधान बनाउन सुझाव दिएका थिए । सबै बर्ग, जाती र समुदायले संविधानलाई अपनाउन सक्नेगरी संविधान बनाए मात्र त्यस्तो संविधान दिर्घकालिन र देशको समृद्धिका लागि हुन सक्ने बताएका थिए । भारले नेपालका कतिपय नेताहरुलाई दिल्लीमा बोलाएर पनि सहमतिको आधारमा संविधान जारी गर्न सुझाव दिईरहेको थियो । तर, भारतको त्यस्ता सुझावहरुलाई नजरअन्दाज गर्दै नेपालका प्रमुख राजनीतिक दलहरुले आफु अनुकुलको संविधान जारी गरेपछि भारतको समेत चित्त दुख्यो । चित्त दुख्नुको कारण के पनि थियो भने विगतमा भएको दुई पटकको मधेस जनआन्दोलनलाई सम्झौतामा अवतरण गराउनमा भारतको प्रत्यक्ष संलग्नता थियो ।
भारतकै ग्यारेन्टीमा मोर्चासँग २०६४ साल फागुन १६ गते ८ बुँदे सम्झौता भएको थियो । नेपालको राजनीतिमा हुने हरेक परिवर्तनमा भारतको प्रत्यक्ष संलग्नता रहँदै आएको इतिहास छ । २००७ साल फागुन ७ गते नेपालमा आएको प्रजातन्त्रमा पनि भारतको दिल्ली सम्झौता नै महत्वपुर्ण सम्झौता मानिन्छ । १०४ बर्षसम्म नेपालमा निरंकुश जहानियाँ राणा शासनको अन्तको लागि पनि दिल्लीको प्रत्यक्ष हस्तक्षेप थियो । दिल्लीमा राजा, राणा र कांग्रेस बीच भएको त्रिपक्षिय सम्झौताले नै नेपालमा प्रजातन्त्रको बहाली भयो । फेरी राजा महेन्द्रले दलहरु माथि प्रतिवन्ध लगाई पञ्चायती व्यवस्था लादेपछि भारतकै प्रत्यक्ष संलग्नतामा २०४६ सालमा कांग्रेस र बाममोर्चा लगायतको आन्दोलनका कारण नेपालमा एकदलिय व्यवस्थाको अन्त भई बहुदलिय व्यवस्था र संवैधानिक राजतन्त्र सहितको २०४६ सालमा संविधान जारी गरियो । उक्त संविधानबाट असंतुष्ट भई बन्दुक उठाएर जनयूद्ध थालेको माओवादीलाई पनि मुलधारमा ल्याउन नेपालका ७ दल र विद्रोही माओवादी बीच दिल्लीमा भारतकै संलग्नतामा १२ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौताको जगमा २०६२÷०६३ मा भएको जनआन्दोलनको बलमा २ सय ५० बर्ष देखि नेपालमा रहेको राजसंस्थाको अन्तय गरी नेपालमा गणतन्त्रको स्थापना भयो ।
 मधेस आन्दोलनका कारण नेपालमा संघीयता, समावेशी समानुपातिक लोकतन्त्र जस्ता मुद्दाहरु अन्तरिम संविधानमा उल्लेख गरियो । यसरी हेर्ने हो भने भारतले नेपालको हरेक राजनीतिक परिवर्तनमा प्रत्यक्ष रुपमा भुमिका निर्वाह गर्दै आएको छ । त्यसकारण नेपालमा जारी भएको अहिलेको संविधानमा पनि भारतले भुमिका खोज्नु स्वाभाविक थियो । तर, नेपालका प्रमुख राजनीतिक दलहरुले भारतलाई माइनस गरेर संविधान जारी गरेपछि भारतले हस्तक्षेप गर्दा काठमाण्डौमा भारत विरोधी भावनालाई जोडसोडले भड्काईयो । राष्टिूय स्वाभिमानको नारा उचालियो । जसले परम्परागत रुपमा राम्रो सम्बन्ध रहेको काठमाण्डौ र दिल्लीको सम्बन्ध चिसियो ।
अब प्रधानमन्त्री ओलीको उक्त भ्रमणले ति बिग्रेको सम्बन्धलाई सुधार्ने र एक अर्कोको भरोसा तथा विश्वास हासिल गर्ने उद्देश्यले भ्रमण भईरहेको बताइएको छ । मुख्य कुरा के हो भने अहिलेको अवस्थाम जसरी भारत, मधेस र काठमाण्डौले आ आफ्नो अडान लिएको थियो त्यसमा मधेसले नै धेरै थोक गुमाउनु परेको छ । किनभने भारत भ्रमणमा जानु अघि नेपालका प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी के भनेका छन् भने आफ्नो भारत भ्रमण हुनु भनेकै भारतले नेपालको संविधानलाई स्वागत गरेको हो । अर्थात ओलीको बुझाईमा पछिल्लो समयमा नेपालमा भएको संविधान संशोधनले भारतको मन जित्न सफल भएको छ । संविधान संशोधन भएपछि भारतले सकारात्मक भन्दै बाँकी असहमति पनि सम्बोधन हुनेमा विश्वास व्यक्त गरेका थिए । अर्को तर्फ जबसम्म नेपालमा नाकाबन्दी अन्त्य हुँदैन तबसम्म आफु भारतको भ्रमण नगर्ने अडानमा रहेका ओलीको जित भएको देखिन्छ । २६ माघ २०७२ मा नाटकिय ढंगले मोर्चाले विना कुनै सहमति आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिएपछि ओलीको दिल्ली भ्रमण सम्भव हुन पुगेको हो ।
मधेसीलाई ठग्न तथा भारतलाई रिझाउन ‘संविधान संशोधन’
मधेसको समस्या मुख्यतः ४÷५ वटा विषयहरुमा भएपनि संशोधन दुईवटा विषयमा मात्र भयो । त्यो पनि ओली सरकारले चाहे जस्तै भयो । मधेसी मोर्चाको चाहना अनुसार हुन सकेन । समस्या के थियो भने नेपालमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा मधेसीहरुको खासै पहुँच हुन सकिरहेको थिएन । व्यवस्थापिकामा केही हदसम्म पहुँच भएपनि राज्यको अन्य निकायहरुमा अत्यन्तै कम प्रतिनिधित्व छ । नेपालमा करिब ६ लाख जना कर्मचारीहरु रहेकोमा एक लाख जति मधेसी परिवारको घरमा तलब आउँछन् भने ५ लाख खस आर्यकै घरमा तलब जाने गरेकोले पछाडी पारिएका मधेसी, आदिवासी जनजाती, दलित, महिला आदिलाई समानुपातिक समावेशीकरणको सिद्धान्तअनुसार आरक्षण सुनिश्चित गरी प्रतिशत छुट्याउनुपर्ने थियो । अन्तरिम संविधानमा छुट्याइएकै थियो । तर अहिलेको संशोधनमा पनि ८० प्रतिशत भन्दा बढी पहुँच र प्रतिनिधित्व पाएको खस आर्यलाई नै समावेशी सिद्धान्तमा राख्नु भनेको समानुपातिक समावेशीकरणको बरखिलाफमा जानु हो भन्दै मधेस मामिलाका जानकार समेत रहेका राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“ एक त समावेशीको नाउँमा खस वर्गलाई समावेश गराईएको छ अर्को तर्फ अनावश्यक कलस्टरहरु पनि बढाइएको छ । जुन नहुनुपर्ने थियो ।”
संशोधनको अर्को विषय भनेको निर्वाचन प्रणाली हो । २०६४ साल अघिसम्मको चुनावको अवस्था हेर्ने हो भने प्रत्यक्ष तर्फ विरलै कुनै दलित, कुनै महिला वा पछाडी परेका समुदायले चुनाव जित्न पाउँथे । मधेसी समुदायले जित्दा पनि बर्चश्व रहेको ठाउँमा मात्र जित्न पाउँथे । तर, खस आर्य समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिले कहिँबाट पनि चुनाव जित्न सफल हुन्थे । परिणाम स्वरुप व्यवस्थापिका संसदमा ८० प्रतिशत पहाडी समुदाय र २० प्रतिशत मात्र मधेसी थारु समुदायबाट प्रतिनिधित्व गर्न सक्थे । त्यसैले मधेस आन्दोलनबाट अन्तरिम संविधानमा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष निर्वाचन तर्फ व्यवस्था गरिएको थियो । समानुपातिक तर्फ प्रतिशत बढाउनुको कारण के थियो भने प्रत्यक्ष चुनाव जित्न नसक्ने वर्ग तप्का तथा समुदायका व्यक्तिहरुलाई पुर्याउन सकियोस् । अर्को तर्फ प्रत्यक्ष तर्फ पनि जनसंख्याको आधारमा सिट छुट्याइएको थियो । तर, अहिले के भएको छ भने अन्तरिम संविधानको ठीक उल्टा प्रत्यक्ष तर्फ ६० प्रतिशत र समानुपातिक तर्फ ४० प्रतिशत गरि मधेसी समुदायलाई ठग्ने काम गरिएको छ भन्दै राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“ प्रत्यक्ष तर्फ जनसंख्याको आधारमा सिट पाउनुपर्ने ग्यारेन्टी गरिनुपर्ने थियो तर अहिलेको संशोधनले पनि कुल १ सय ६५ निर्वाचन क्षेत्र मध्ये ८० को हाराहारीमा तराई मधेसमा सिट रहनेछ । फेरी सिटको पुनरनिर्धारण १०÷१० बर्षमै गरिनुपर्नेमा २०÷२० बर्षमा गरिने व्यवस्था पनि धोकाधरी हो ।” त्यसैगरी राज्यसभाका विषयमा कुनै संशोधन नै हुन सकेको छैन ।
नयाँ सविधान नस्वीकार्ने मधेशवादी दलको चर्को विरोध हुन थालेपछि सरकारको नेतृत्व लिएको काँग्रेसले सविधान संशोधन गर्ने ‘स्कीम’ ल्यायो । जब कि त्यसमा एमालेको समर्थन थिएन । मन्त्रीपरिषद्बाट नै संशोधन प्रस्ताव निर्णय गराउँदा एमालेले त्यसको विरोध गरेका थियो । काम चलाउ सरकारले सविधान संशोधनको प्रस्ताव ल्याउन सक्दैन भनि एमालेले त्यसको विरोध गरेका थियो । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने लाइनमा थिए । आफू प्रधानमन्त्री बन्न लागेको अवस्थामा काँग्रेसले मधेशमा ‘पपुलर’ बन्न यो प्रस्ताव ल्याएको भन्दै विरोध गरेका थिए तर काँग्रेसले त्यसलाई जवर्जस्ती अगाडि बढायो ।
असोज २४ गते ओली प्रधानमन्त्री भएपछि भारतले पनि सविधान संशोधन गरेर भएपनि मधेशवादी दलको माग पूरा गराउन दवाव दिँदै आइरहेका थिए । परराष्टूमन्त्री कमल थापा भारत गएको बेला भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सविधान संशोधन गरेर मधेशी मोर्चाले उठाउँदै आएको माग संवोधन गर्न दवाव दिएकी थिइन् । त्यसपछि मात्र प्रधानमन्त्री ओली काँग्रेसले ल्याएको संशोधन प्रस्तावलाई अगाडि बढाउन राजी भएका थिए । संशोधन प्रस्तावमा मधेशी मोर्चालाई सहमतिमा ल्याउनका लागि काँग्रेसले पटक(पटक वार्ता गरे तर मधेशी मोर्चाको एउटै अडान थियो । यो एउटा संशोधन प्रस्तावले आफूहरुको माग पूरा हुँदैन भन्दै प्याकेजमै सहमति गर्ने अडान लियो । अन्ततः मोर्चाले विरोध गरिरहेकै बीचमा संसदमा सो प्रस्ताव प्रस्तुत भयो । दुई चार दिन मधेशी मोर्चा चिच्याए पनि, तर केही लागेन । संसदमा पेस भएपनि त्यसलाई मधेशी मोर्चाकै सहमतिमा पास गर्ने भन्दै काँग्रेसले पटक पटक वार्ता गरेको थियो ।
संशोधन प्रस्तावमा के कस्तो भाषा मिलाउनुपर्छ, मधेश आन्दोलनको भावना अनुसार के(के गर्न सकिन्छ ती सबै राखौ नेपाली काँग्रेसले भनेपनि मधेशी मोर्चाले पुरानै अडान दोहोर्याए । सो संशोधन प्रस्तावलाई अलिअलि संशोधन गरेर अन्ततः तीन दलले बहुमतको आधारमा त्यसलाई पास गराए । सविधान संशोधनलाई पनि मधेशी मोर्चाले विरोध गर्दै त्यसको प्रतिलिपि ठाउँ ठाउँमा जलाउनमै  सीमित भयो ।
सरकारको तीन बुँदे प्रस्ताव
सविधान संशोधन भएपछि मधेशी मोर्चाले तीन दलको साझा प्रस्ताव माग गर्न थाल्यो । आफूहरुको माग बारे तीन दलको साझा धारणा के हो भनि माग गर्न थाल्यो । भारतले मधेशी मोर्चाको धारणा बुझेर चारबुँदे प्रस्ताव नेपाल सरकारलाई पठायो । त्यसैकै आधारमा तीन दलले सीमांकनको विवाद तीन महिनाभित्र टुगों लगाउने, राज्यका हरेक निकायमा समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रत्येक जिल्लामा एक क्षेत्र कायम रहने गरि जनसँख्याको आधारमा निर्वाचन क्षेत्र गठन गर्ने भनि आफ्नो साझा धारणा सार्वजिनक गरे । त्यसलाई पनि मधेशी मोर्चाले स्वीकार नगर्ने भन्दै त्यसको आधिकारिकता खोज्न थाले । यो कुरा दिल्लीसम्म पुग्यो । दिल्लीले आधिकारिकता प्रदान गर्न नेपाल सरकारलाई सुझाव दिए र त्यसैका आधारमा ती मौखिक प्रस्तावलाई प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्बाट पास गराए ।
तीन बुँदे प्रस्ताव मन्त्रीपरिषद्बाट पास गराए पनि त्यसलाई मधेशी मोर्चाले स्वीकार गरेन । आफूहरुले प्रस्तुत गरेको ११ बुँदे मागलाई यी तीन बुँदे प्रस्तावले सम्बोधन नगरेको भन्दै मधेशी मोर्चाले त्यसको चर्को विरोध गर्न थाले । त्यसको चर्को विरोध भएपछि भारतीय दूतावासले मधेशी मोर्चाका नेतालाई पुस ६ गते बोलाएर त्यसमा ती प्रस्तावमा सहमति जनाउन दवाव दिएको थियो । दूतावासबाट बाहिरिएपछि केही दिन त्यो विरोधलाई निरन्तरता दिएका थिए । पछि, प्रधानमन्त्री ओलीले ११ बुँदामा छलफल गर्न तयार भएको र त्यसका लागि कार्यदल गठन गर्ने प्रस्ताव पनि गरे । तर, मोर्चाले त्यो प्रस्तावलाई पनि विरोध गर्यो ।
    प्रधानमन्त्री ओलीले त्यसै अनुरुप मधेशवादी दलसँग वार्ता प्रकृया पनि शुरु गरेका थिए । फागुन ५ र ६ गते दुई दिन वार्ता पनि भयो तर मधेशी मोर्चासँग कुरा मिल्न सकेन । यता, भारतको पनि चाहना पूरा गर्नुपर्ने भएकाले मधेशी मोर्चाका नेतासँग सहमति नै नगरिकन प्रधानमन्त्री ओलीले फागुन ६ गते साँझ मन्त्रीपरिषद्बाट परराष्टूमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक समिति गठन भएको घोषणा गरेर दिल्ली उडे । तर त्यो विरोध एक दिन पनि टिकेन । प्रधानमन्त्री ओलीले गरेको कार्यदलले पुस २१ गते पूर्णता पाएपछि सोही कार्यदलको पुस २६ गते बसेको बैठकमा मधेशी मोर्चाले सरकारले ल्याएको तीन बुँदे प्रस्ताव स्वीकार गर्यो । तीन महिनाका लागि राजनीतिक संयन्त्र बनाउनमा सहमति जनाए । संयन्त्र सञ्चालनका लागि कार्य्विधि बनाउनमा छलफल शुरु भयो तर कार्य्विधिमा तीन दल र मधेशी मोर्चाबीच कुरा मिलेन ।
एकतर्फी राजनीतिक संयन्त्र गठन
आन्दोलनरत मधेसी मोर्चाको सहमतिबिनै सरकारले प्रदेशको सीमा विवाद सुल्झाउन भन्दै गरेको छ । आफू विवाद सुल्झाउन तत्पर रहेको सन्देश दिनका लागि सरकारले प्रधानमन्त्री भारत भ्रमणमा जाने अघिल्लो दिन यस्तो संयन्त्र बनाएको हो । मन्त्रिपरिषद्को बिहीबार राति बसेको बैठकले उपप्रधान तथा परराष्टूमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय संयन्त्र गठन गरेको हो । संयन्त्रका सदस्य र कार्य्विधि मधेसीलगायत असन्तुष्ट दलहरूसँगको सहमतिमा तय गरिने सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनाए । उनका अनुसार संयन्त्रले तीन महिनाभित्र सीमांकन विवाद समाधान गर्न सुझावसहितको प्रतिवेदन तयार पार्नेछ ।
सत्तारूढ र विपक्षी कांग्रेससमेत सम्मिलित कार्यदलले मधेसी मोर्चाको कार्यदलसँग संयन्त्र गठनबारे यसअघि पटक(पटक छलफल गरेको थियो । संयन्त्र बनाउन मधेसी दलहरू पनि सैद्धान्तिक रूपमा सहमत थिए । तर कार्य्विधिमा कुरा नमिल्दा वार्ताहरू असफल भएका थिए । बिहीबार पनि संयन्त्र गठन गर्ने विषयमा प्रमुख तीन दल र मधेसी मोर्चाका नेता सम्मिलित कार्यदलबीच छलफल भएको थियो । उक्त छलफल पनि सहमतिमा नपुगेपछि बालुवाटारमा साँझ सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । सत्तारूढ दलहरूले एकतर्फी रूपमा भए पनि संयन्त्र बनाउनुपर्ने निष्कर्ष निकालेपछि राति करिब ९ बजे मन्त्रिपरिषद् बैठकले थापाको संयोजकत्वमा संयन्त्र बनाउने निर्णय गरेको हो ।
मधेसी मोर्चाको झन्डै ६ महिना चलेको आन्दोलनको मुख्य माग प्रदेशको सीमांकनसम्बन्धी थियो । संविधान जारी गर्नु अघिदेखि नै मधेसी दलहरूले उक्त माग गरिरहेका थिए । संविधानसभाको दुईतिहाइ मतले संविधान जारी भएपछि उनीहरू झन् आन्दोलित भए । उनीहरूका माग सम्बोधन गर्न संविधानको पहिलो संशोधन गरियो । त्यसबाट पनि मधेसी दलहरू सन्तुष्ट भएनन् । सीमांकन टुंगो लगाउन संयन्त्र बनाउने विषयमा पनि मधेसी दलहरूसँग कुरा नमिलेपछि सरकारले बिहीबार एकतर्फी रूपमा बनाएको हो । मधेसी मोर्चाका नेताहरूले भने संंयन्त्रप्रति असन्तुष्टि जनाएका छन् । आफूहरूसँग छलफल नगरी एकतर्फी रूपमा बलजफ्ती संयन्त्र बनाएको उनीहरूको भनाइ छ । राजनीतिक संयन्त्र गठन गर्नेलगायत प्रयोजनका लागि बनेको कार्यदलका सदस्य तथा सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले राजनीतिक संयन्त्र आफूहरूसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा बलजफ्ती गठन गरिएकाले मोर्चाले सिधै इन्कार गरेको बताए । ‘कस्तो संयन्त्र बनाउने भन्ने बारेमा उहाँहरूले हामीसँग कुनै सल्लाह गर्नुभएन,’ नेता कर्णले भने, ‘उहाँहरूको नियत सुरुदेखि नै एकतर्फी रूपमा पेल्ने देखिन्छ । त्यसैले हामी यसमा सहभागी हुन सक्दैनौं भनेर दिउँसै वार्तामा भनिसकेका थियौं ।’
सिमांकन पुनरावलोकनका लागि राजनीतिक संयन्त्र मधेसी मोर्चाले पनि स्वीकार गरीसकेकै अवस्था हो  । मात्र विवाद थियो, संयन्त्रको क्षेत्राधिकार, संयन्त्रलाई अनुसुचीमा राख्ने कि संसदबाट अनुमोदन गर्ने, दुई प्रदेश लेख्ने कि राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन वा पहिलो संविधान सभा अन्तर्गतका राज्य शक्ति बाँडफाँड समितिको प्रतिवेदन र राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनलाई टेक्ने, त्यस्तै संविधानको धारा ५६(३) को अनुसुची ४ मा रहेको जिल्लाहरुलाई चलाउने, लगभग यी विषयहरुमा पनि विवाद सहमति नजिक पुगेको थियो, कानुन व्यवसायी तथा मधेस मामिलाका जानकार दिपेन्द्र झा भन्छन,“हँुदै नभएको विवाद हिमाल, पहाड, तराई भन्ने शब्दावली बीचमा घुसाएर वार्ता र संवादको वातावरण भत्काउने र अन्ततः एकतर्फी रुपमा संयन्त्र बनाउने कार्यले फेरि एकचोटी सरकार मधेश सम्बोधनमा चुक्यो । अहिले राजनीतिक संयन्त्र बरु नबनेको भए वार्ता र संवादबाट दुई तर्फी रुपमा बनाउने सम्भावना रहन्थयो जुन टर्याे  ।” त्यसमा पनि उपप्रधानमन्त्री कमल थापा राजनीतिक संयन्त्रको संयोजक हुुनु भएको छ  । यसको अर्थ के हो भने अब सो राजनीतिक संयन्त्रमा अन्य दलका दोश्रो तहका नेताहरु मात्रै बस्नु हुन्छ  । सिंमाकन जस्तो महत्वपुर्ण विषयमा दोश्रो तहका नेताहरुले निर्णय गर्न सक्दैन  । संयन्त्रमा प्रचण्ड जी लगायतका शिर्ष नेताहरु बस्ने मौका हामीले गुमायौं  ।
कानुन व्यवसायी तथा मधेस मामिलाका जानकार दिपेन्द्र झा भन्छन,“ के उपप्रधानमन्त्री कमल थापा ज्युको नेतृत्वमा सबै दलका शीर्ष नेताहरु बस्नु हुन्छ त ? आफ्नो क्षेत्राधिकार आफैले बनाउने संयन्त्र पनि हुन्छ र ? अर्काे प्रश्न, पछि बन्ने कुन कानुनी हैसियतमा टेकेर बनाउने त ? कि अर्काे मन्त्रिपरिषद बैठकबाट पास गर्ने हो ? अर्काे मन्त्रिपरिषद बैठकबाट पास गर्ने हो भने अहिले हतार गर्नुको अर्थ के हो त ? अन्त्यमा गणतन्त्र, धर्मनिरपेक्षता, संघियता यी नयाँ संविधानका विषयहरु एकअर्कासँग जोडिएका हुन  । संवैधानिका यी बिषयहरुमा उपप्रधानमन्त्री कमल थापाको पार्टीले भोट मागेको पनि होइन  । उहाँको पार्टीको एजेण्टा पनि होइन  ।”
किन गरियो एकतर्फी घोषणा ?
मधेसी दलहरू असहमत हुँदाहुँदै बिहीबार संयन्त्र घोषणा गर्नुको पछाडि भारतलाई स्पष्ट सन्देश दिने प्रधानमन्त्री केपी ओलीको उद्देश्य छ । भ्रमणका क्रममा भारतीय पक्षबाट चासो दिइएका सबै विषय पूरा भएको कूटनीतिक सन्देश दिने ओलीको इच्छा थियो । त्यसका लागि पछिल्ला केही दिनयता ओलीले मधेसी मोर्चाका नेताहरूलाई औपचारिक र अनौपचारिक दुवै तरिकाले विश्वासमा लिने प्रयास गरे । दुई दिन अघिको मन्त्रिपरिषद् बैठकबाटै संयन्त्र बनाउन तयार रहेको र भ्रमणअगावै बनाउने प्रतिबद्धता पनि जनाए । मोर्चाका नेताहरू तयार नभए पनि आफू सीमांकन पुनरावलोकन गर्न प्रतिबद्ध छु भन्ने सन्देश दिन ओली एकतर्फी रूपमै भए पनि संयन्त्र बनाइछाड्ने निष्कर्षमा पुगे । त्यसका लागि सत्तारूढ दलहरूको समर्थन जुटाए ।
    संविधान जारी गरेको असन्तुष्टिमा नाकाबन्दीमा उत्रेको भारतले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशी र सीमांकनसम्बन्धी विषयलाई प्रमुख चासोको रूपमा लिएको थियो । त्यही चासोका कारण मधेसी मोर्चाको आन्दोलनलाई समर्थनसमेत गरेको थियो । संविधानको पहिलो संशोधनमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशी सम्बन्धी विषय सम्बोधन भएपछि भारतले केही सकारात्मक टिप्पणी गरेको थियो ।
उसले बाँकी विषयहरू पनि सम्बोधन हुँदै जानुपर्ने खालको मनसाय आफ्नो वक्तव्यमा राखेको थियो । अन्य विषयहरू पनि सम्बोधन गर्नुपर्ने उसको मनसाय सीमांकनसम्बन्धी विवादसँग जोडिएको थियो । उपप्रधान तथा परराष्टूमन्त्री थापाको दोस्रो भारत भ्रमणको क्रममा सीमांकन विवाद सुल्झाउन संयन्त्र बनाउन सकिने विषयमा भारतीय नेताहरूले कुरा गरेका थिए । त्यसैले भारतीय चासोका सबै मुद्दा सम्बोधन भएको सन्देश दिन शुक्रबार दिउँसो भारत उड्न लागेका प्रधानमन्त्रीले बिहीबार राति संयन्त्र गठनको निर्णय गराएका हुन् ।



 २०७२ फाल्गुन ०९ गते आईतबार

नेपालका सबै वर्गलाई समग्रमा लिएर संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गर्नुस् ः नरेन्द्र मोदी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई दशकौंको संघर्षपछि प्राप्त ‘एक महत्वपूर्ण उपलब्धि’ बताएका छन् । तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए । नेपालमा नयाँ संविधान जारी भएपछि यसलाई स्वागत भारतले गरेको थिएन मात्र नोट गरेको थियो ।  तर, शनिबार नेपालका प्रधानमन्त्री केपी ओलीसँग हैदारावाद हाउस भएको भेटवार्तामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने(‘दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो ।’ यसको निर्माणमा सरकार र राजनीतिक नेतृत्वले गरेको योगदानलाई अभिनन्दन गर्ने उनले बताए ।
तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए । उनले भने, यसै सिद्धान्तका आधारमा राजनीतिक वार्तालापको माध्यमबाट नेपालका सबै वर्गलाई समग्रमा लिएर तपाई नेपालको संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजानु हुनेछ । ‘ मोदीले नेपाली राजनीतिक नेतृत्वले संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गर्ने अपेक्षा गर्नुले मधेसको मामिलामा भारत अझै पनि पुरानै अडानमा रहेको देखिएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, स्थिरता र आर्थिक विकासका बारेमा आफू र नेपालका प्रधानमन्त्री ओलीवीच कुराकानी भएको मोदीले संयुक्त पत्रकार सम्मेलनमा बताए ।
मधेसको मुद्दा सम्बोधन नगरेसम्म भारतले औपचारिक रुपमा  यो संविधानलाई स्वागत नगर्ने पनि प्रष्ट बुझिएको छ । संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गरेका थिए । नेपालका प्रधानमन्त्री ओलीले अंग्रेजीमा लिखित भाषण पढेका थिए ।
ओली(मोदी वार्ता  ः नेपाल(भारतबीचको सम्बन्ध विस्तारमा केन्द्रित
 भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच आज हैदरावाद हाउसमा भेटवार्ता भएको छ । करीब ४० मिनेट लामो सो भेटवार्ता नेपाल भारतबीचको सम्बन्ध विस्तारमा केन्द्रित भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताएका छन् । भारतको चाहनाविपरित संविधानसभाबाट नेपालको संविधान जारी भएसँगै नेपाल(भारत सम्बन्धमा उतारचढाव आएको थियो । मधेस आन्दोलनलाई देखाएर भारतले नेपालमा नाकाबन्दी लगाएपछि नेपाल(भारतबीचको सम्बन्धमा दरार आएको  थियो । भारतले नाकाबन्दी खुलाइदिएसँगै भारत भ्रमणमा निस्किएका ओली र मोदीबीच  भएको भेटवार्तामा विग्रिएको सम्बन्धलाई सुधार गर्ने विषयमा केन्द्रित भएको हो ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भनेका छन, मुलत दुबै देशका सरकार प्रमुखबीच सम्बन्ध विस्तारका विषयमा छलफल केन्द्रित भएको छ ।’
नेपाल र भारतबीच नौ सम्झौता
 प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको उपस्थितमा नौ सम्झौता भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता पत्र आदान भएको छ । भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ । यो भूकम्पपछि भारतले दिने घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन सकेन । सम्झौताको अर्को बुँदा मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो १०१६ अक्टोबरसम्ममा २०० र डिसेम्बर १०१७ सम्ममा ६०० मेगावाट र्पुयाइने छ । दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि भारतले नेपालालाई बांगलाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न दिने भएको छ । विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न रोहनपुर(सिंहवाद रेल्वे रुटको प्रयोग गरिने सम्झौता भएको जानकारी गराइएको छ । यस्तै भूकम्पपछिको पुनर्निर्माणको कार्यनीति सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै हुलाकु मार्ग निर्माण र संगीत नाट्या एकेडेमीको बारे पनि सम्झौता भएको छ । यस्तै दुई देशका प्रधानमन्त्री ढल्केबर(मुजफ्फरपुर अन्तर(देशीय विद्युती प्रसारण लाईनको पनि औपचारचिक उद्धघाटन गरेका छन् । सम्झौतामा २५० मिलियन अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ ।
प्रधानमन्त्री ओली र मोदीले हैदराबादमा स्वीच थिचे, ८० मेगावाट बिजुली नेपाल आयो
नेपालले भारतसँग खरिद गरेको थप ८० मेगावाट बिजुलीको औपचारिक आयात सुरु भएको छ । ढल्केबर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रिर्माटमार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् । दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा भएको एक समारोहमा बिजुलीको स्वीच अन गरेर उद्घाटन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी (एनभीभीएन)बीच बिजुली खरिद बिक्री सम्झौता भइसकेको छ ।
सम्झौताअनुसार नेपालले आगामी असारसम्म ढल्केबर(मुजफ्फरपुर प्रशारण लाइनबाट ८० मेगावाट बिजुली ल्याउने छ । आयात हुने बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्नेछ । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट भारु ३.४ अर्थात ५ रुपैयाँ ५० पैसामा बिजुली बेचेको हो । त्यसमा आयात लागत जोड्दा ७ रुपैयाँ माथि पुगेको छ । प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन निर्माण दुई कम्पनीलाई प्रतियुनिट १ रुपैयाँ ५३ पैसा प्रसारण शुल्क तिर्नुेपर्ने भएकाले थप महंगो भएको हो ।
 सम्झौताअनुसार गत बुधबारदेखि भारतदेखि ३० मेगावाट बिजुली परीक्षणका रुपमा ल्याउन सुरु भईसकेको थियो । आजदेखि सम्झौता अनुरुप पुरै ८० मोगावाट बिजुली आउन सुरु भएको छ ।
भारतबाट थप विद्युत् आएपनि कति सयमको लोडसेडिङ कम हुन्छ भन्ने बारे प्राधिकरणले केही बताएको छैन् । तर, प्राविधिकहरुले २ घण्टासम्म लोडसेडिङ कम हुनसक्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणले ढल्केवर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै आजबाट औपचारिक रुपमा ८० मेगावाट बिजुली आयात थालेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा आली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा त्यसका शुभारम्भ गरेका छन् । दिल्लीस्थित हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोटबाट स्विच अन गरेपछि विजुलीको व्यवसायीक आयात प्रारम्भ भएको प्राधिरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए ।
निर्माणाधीन ढल्केवर(मुजफ्फरपुर प्रसारण लाईनबाट विजुली आयतको औपचारिक सुभारम्भका लागि हैदरावाद हाउस, मुजफ्फरपुर ढल्केवरमा एकैसाथ कार्यक्रम राखिएको थियो । काफ्लेले भारतबाट २३० मेगावाट आयत भइरहेकोमा ८० मेगावाट थपिएको बताए । ‘अहिले हामीले भोगिरहेको उर्जा संकटमा यसले केही सुधार ल्याउँछ,’ काफ्लेले भने ‘एक साताको परीक्षणपछि मात्र लोडसेडिङमा कति कटौति हुने बारे भन्नसकिन्छ ।’ अहिले दैनिकको सरदर १३ घण्टा लोडसेडिङमा थपिएको विजलीले २ घण्टा घट्न सक्ने अनुमान गरिएको छ ।
सन २०१३ को डिसेम्वरमा निर्माण सुरु भएको अन्तरदेशीय प्रसारण लाइनको अझै पूर्ण रुपमा निर्माण सम्पन्न भएको छैन । निर्माण सम्पन्नपछि उक्त लाइनबाट १२ सय मेगावाट बिजुली आयातरनिर्यात गर्न सकिन्छ । भारतबाट आयात गरिएको विजुली प्रति युनिट ५ रुपैयाँ ५० पैसा र हुलिङ चार्ज(प्रसारण लाइन प्रयोग वापत) प्रति युनिट १ रुपैयाँ ५३ पैसा प्राधिरणले तिर्ने गरी  सम्झौता भएको छ ।

 २०७२ फाल्गुन ०९ गते आईतबार

दिल्लीमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने मधेसी विद्यार्थीहरु गिरफ्तार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका मधेसी विद्यार्थीहरुलाई दिल्ली पुलिसले नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ ७ बजे नियन्त्रणमा लिइएका ती विद्यार्थीहरुलाई शनिबार विहानसम्म पनि छोडिएको छैन ।
    केपी ओली भारतको छ दिने औपचारिक भ्रमणमा आउने थाहा पाएपछि दिल्लीस्थित विभिन्न विश्वविद्यालय र संस्थामा अध्ययनरत मधेसी विद्यार्थीहरु उनलाई कालो झण्डा देखाउन सबभन्दा पहिले विमानस्थल पुगेका थिए । उनीहरु विमानस्थलको कडा सुरक्षा घेरालाई चिर्दै ओलीलाई कालो झण्डा देखाउन सफल भएका थिए । कालो झण्डा देखाउने क्रममा उनीहरुले प्रधानमन्त्री ओलीको विरुद्धमा नाराबाजी समेत गरेका थिए ।
    आफू विरुद्ध प्रदर्शन गरिएको कालो झण्डालाई हेर्दै ओली मुसुमुसु हाँसिरहेको देखिन्थे । विमानस्थलमा कालो झण्डा देखाउन सफल भएका मधेसी विद्यार्थीहरुले साँझ प्रजातन्त्र दिवसको साथै ओलीको सम्मानमा राजदूतावासले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको थाहा पाए । राजदूतावासले दिल्लीमा विभिन्न पेसामा संलग्न आफ्ना नजिकको केही नेपाली आप्रवासी र विद्यार्थीलाई मात्र निम्त्यएको र मधेसी विद्यार्थी एक जनालाई नबोलाइएको थाहा पाए पछि उनीहरु झन आक्रोशित बनेका थिए । त्यसपछि उनीहरुले मधेसीहरुसँग राजदूतावासले समेत विभेद गरेको भन्दै राजदूतावासमा गएर ओलीका साथ(साथै राजदूतलाई समेत कालो झण्डा देखाएका थिए। राजदूतावास परिसरमा कालो झण्डासहित नाराबाजी गरेकाले दिल्ली पुलिसले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
दिल्ली विश्वविद्यालयमा अध्ययनरत एक मधेसी प्रदर्शनकारीले भने, ‘नेपाल सरकारले देशमा त भेदभाव गरे गरे विदेशमा पनि राजदूतावासले मधेसीसँग भेदभाव गर्न छोडेन । यो सरासर मधेसी विद्यार्थीमाथिको अन्याय हो । जवाहरलाल नेहरु विश्वविद्यालयस्थित तराई(मधेश अध्ययन समूहका सोहन साहले दिल्ली पुलिसले नियन्त्रणमा लिइएका मधेसी विद्यार्थीबारे राजदूतावासबाट कुनै पनि पहल नभएकोमा रोष प्रकट गर्दै भने, ‘विदेशमा पनि मधेसीहरुलाई पुलिसद्वारा समात्न लगाई नेपाली शासकहरु सुरा(सुन्दरीमा रमाए, प्रजातन्त्रमा यो भन्दा ठूलो अन्याय के हुनसक्छ ?’ पक्राउ पर्नेमा जेएनयुका विकास, सिए अध्ययनरत संजय यादव, प्रविन, अभिषेक मिश्र, विकास मिश्र, उज्ज्वल झा, दिल्ली विश्वविद्यालयका सूर्य किरण यादवसहित लगभग २५ जना विद्यार्थीहरु थिए ।
सदभावना अध्यक्ष अनिल झाका छोरा पनि पक्राउ
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झा तथा सांसद डिम्पल झाका छोरा उज्जवल झा पनि पक्राउ परेका छन् । सदभावना पार्टीका महासचिव राजीव झाले दिएको जानकारी अनुसार दिल्लीमा मधेसी विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा उज्जवल पनि कालो झण्डा देखाईरहेका थिए, सोही क्रममा भारतको पुलिसले ती विद्यार्थीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेको सम्पुर्ण विद्यार्थीहरुलाई शिघ्र रिहाई गर्न उक्त पार्टीले माग समेत गरेको छ ।

२०७२ फाल्गुन ०९ गते आईतबार

Wednesday, February 10, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


कामै नपाएर कस्तो मोटाएँ, कुर्सीमा बस्नै पो गाह्रो भो । कहिँ कुर्सी ढल्न त लाग्या होइन ?

२०७२ माघ २४ गते आईतबार

निशानामा कांग्रेसका ‘नेता तथा कार्यकर्ता’

अजय अनुरागी
जनकपुरधाम............
नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशन तथा नगर अधिवेशन देशैभरी भईरहेको बेला धनुषामा कांग्रेसका कार्यकर्ताहरुलाई आक्रमण गर्ने क्रम बढेको छ । सोही क्रममा धनुषामा एक जना कांग्रेसका स्थानीय नेताको गोली प्रहार गरी हत्या गरिएको छ भने अर्को नेता कार्यकर्तालाई गोली प्रहार गरी हत्या गर्ने प्रयास गरिएको छ ।नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली प्रहारबाट हत्या भएको छ । धनुषाको बालाबाखर(४ वैरिया टोल घर भएका यादवलाई २२ माघ शुक्रबार राति करिब साढे ९ बजे तिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । करिब ४५ वर्षीय यादवको पेट, छाती र घाँटीमा गोली लागेको घटनास्थलमै रहेकी नेपाली काँग्रेसकी सांसद मोक्ताकुमारी यादवले बताइन् । मृतक यादब सांसद यादवका मामाससुरा हुन् ।
सांसद यादवको परिवारमा भतिजीको बिहेमा सहभागी हुन आएका थिए । त्यही बेला अज्ञात व्यक्तिले फोन गरी विवाह घरभन्दा बाहिर बोलाएको र बाहिर निस्केपछि गोली हानेर हत्या गरिएको सांसद यादवले बताइन् । उनको हत्या कसले र किन गरेको भन्ने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ । मृतक यादव नेपाली कांग्रेस एकता हुनुपुर्व कांग्रेस (प्रजातान्त्रिक) का गाउँ इकाइ कमिटिका सभापति समेत भईसकेका थिए । जारी कांग्रेस अधिवेशनमा उनी सक्रिय थिए  । वर्तमान पार्टीको क्षेत्रीय प्रतिनिधि रहेका उनको दुई छोरा छन् ।
शनिबार बिहान मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने घटनाको अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी रामदत्त जोशीले जानकारी दिए । धनुषामा मधेसी मोर्चाका कार्यकर्ताले कांग्रेस नेतालाई निसाना बनाउँदै आएका छन् । यसअघि कांग्रेस महामन्त्री विमलेन्द्र निधि, केन्द्रीय नेताहरु आनन्द ढुंगाना लगायतका घरमा मोर्चा कार्यकर्ताले आक्रमण गरेका थिए । यादव हत्या किन र कसले गर्याे भनेर यकिन भइसकेको छैन ।
धनुषामा २३ माघ शनिबार बिहान थप एक जनालाई अज्ञात समूहले गोली हानेको छ । धनुषाको गणेशमानचारनाथ नगरपालिका (२ निवासी अन्दाजी ४० वर्षीय नसिमुल्लाह राईनलाई गोली हानिएको छ । गणेशमानचारनाथ नगरपालिकाको वीरेन्द्रबजार चोकमा औषधि लिन पुगेका राईनलाई रातो रंगको पल्सर मोटरसाइकल चढेर आएको दुई जनाको समूहले गोली हानेको प्रहरीले जनाएको छ । राईनको पिठ्यूमा एक गोली लागेको छ  । शनिबार बिहान करिब साढे आठ बजे घटना भएको थियो ।
घाइते राईनलाई तत्काल जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । तर, अवस्था गम्भिर रहेकोले थप उपचारकोलागि हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । घाइते राईन नेपाली काँग्रेसका क्रियाशिल सदस्य हुन् । करिब ४० बर्षिय राईन धनुषाको छघरिया वडा नम्बर ९ का निवासी हुन । उनी आफ्नो गाउँ अधिवेशनबाट निर्वाचित भई नगर तथा क्षेत्रिय अधिवेशनका लागि बुथ प्रतिनिधिमा निर्वाचित भईसकेका छन् । राईनलाई गोली हान्ने समूह पूर्व(पश्चिम राजमार्ग हुँदै सिरहातर्फ भागेको थियो । उसलाई स्थानीय केही यूवाहरुको समुहले केहीवेरसम्म लखेटेका थिए । पछाडिबाट लखेट्ने मोटरसाइकल चालकलाई लक्षित गरेर पनि एक गोली हानेपछि त्यसलाई छल्ने प्रयास गर्दा पछाडिको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
गोली प्रहार गरी फरार हुने क्रममा ती अपराधी समूहले धनुषा(सिरहा सीमामा पर्ने कमला पुलमाथि एउटा म्याजिक भ्यानलाई लक्षित गरेर पनि गोली चलाएको थियो । भ्यानको ट्याङ्कीमा गोली लागेपनि मानवीय क्षतिबाट जोगिएको स्थानीयले जनाएको छ । अपराधी समूह सिरहा तर्फ भागेको प्रत्यक्षदर्शीले जनाएको छ ।
त्यसैगरी धनुषा र सिराहाको सिमा अन्तरगत पूर्वपश्चिम राजमार्गको कमलापुल नजिक मोटरसाइलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को मोटरसाइलमा सवार एक जनालाई अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सिराहा बन्दीपुर(३ का रामसुहाग महतो घाइते भएका छन् । महतोको पेटमा दुई गोली र हातमा एक गोली लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
बन्दीपुर प्रहरीका अनुसार महतोमाथि गोली प्रहार गर्ने व्यक्तिले नै शनिबार विहान धनुषाको गोदारमा पनि एकजनालाई गोली प्रहार गरेको बताइएको छ । तर गोली प्रहार गर्ने तीनै व्यक्ति भए नभएको विषयमा भने यकिन हुन बाँकी रहेको छ । गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले पूर्वपश्चिम राजमार्गमा चेकपोष्ट स्थापना गरी सुरक्षा व्यवस्था कडा पारिएको लाहानका प्रहरी निरीक्षक कविन्द्र कार्कीले जानकारी दिए । घटनापछि राजमार्ग क्षेत्रमा त्रासको कारण सवारी आवागमनमा पनि कमी आएको छ ।
यी घटनाहरुलाई लिएर कांग्रेसका सांसदहरुले दुख व्यक्त गर्दै कांग्रेसलाई कमजोर गर्न तथा अधिवेशन हुन नदिन ठुलो षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले उक्त आक्रमण कांग्रेस माथि मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण गरिएको तथा उक्त आक्रमण सुनियोजित षड्यन्त्र तहत हुनसक्ने बताएका छन् । जनकपुर अञ्चल अस्पताल पुगेका ढुङ्गानाले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कांग्रेसलाई हत्तोत्साहित गर्न उक्त घटना भएको भएपनि मृतक यादवले गणतन्त्रको लागि नै सहिद हुन परेको बताए । त्यसैगरी क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका सांसद दिनेश परसैला यादवले कांग्रेसको अधिवेशन विथोलियोस र कांग्रेस मधेसमा कमजोर होस भन्ने राजनीतिक उद्देश्यले आपराधिक समुहहरुले उक्त घटना गराएको हुन सक्ने आफुहरुको प्रारम्भिक अनुमान रहेको बताएका छन् । २४ घण्टा भित्र ती अपराधीहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनलाई आग्रह गर्दछु नत्र भने परिस्थिति भयावह हुन सक्ने भन्दै मृतक यादवको शव पोष्टमार्टम गराउन जनकपुर अञ्चल अस्पताल पुगेका सांसद यादवले चेतावनी समेत दिएका छन् । उक्त घटना कांग्रेस भित्रको आन्तरिक कलह वा द्वन्द्वका कारण हुन नसक्नेमा दुवै जना सांसदहरु एक मत थिए ।
घटनाको जिम्मेवारी लियो सशस्त्र समुहले
कांग्रेस धनुषाका ती नेता तथा कार्यकर्ताहरु माथि गरिएको आक्रमणको जिम्मा एउटा सशस्त्र समुहले लिएको छ । जनकपुरका केही संचारकर्मीहरुलाई टेलिफोन गरी आफुलाई जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको सेना प्रमुख बताउँदै पृथ्वी सिंहले उक्त घटनाको जिम्मेवारी लिएको हो । आफुले तराईमा कांग्रेसहरुलाई कुनै पनि कार्यक्रम नगर्न सचेत गराएपनि तराई मधेसका जिल्लाहरुमा अधिवेशन गरी अवज्ञा गरेको हुनाले भौतिक कारवाही गरिएको भन्दै पृथ्वी सिंहले केही संचारकर्मीहरुलाई टेलिफोन गरी घटनाको जिम्मा लिएको बताइएको छ ।
अपराधिको खोजी कार्य जारी
यसरी धनुषामा हत्या हिंसा बढ्न थालेपछि उक्त कार्यमा संलग्न हुन सक्ने आशंकामा धनुषा र सिरहाको प्रहरीको संयुक्त टोलीले फरार अपराधिलाई खोजी गर्ने कार्य तिब्र बनाएको छ । दिन दहाडै राजमार्गमा गोली चलाई फरार हुनेहरुको खोजी कार्यका लागि सिरहाको एउटा संदिग्ध गाउँमा सर्च अप्रेशन जारी छ भन्दै धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले अपराधि पक्राउ पर्ने दावी गरे । एसपी जोशीका अनुसार अहिले गाउँहरुमा सर्च अप्रेशन जारी छ, टेक्निकली र फिजिकली रुपले खोजी जारी छ, छिट्टै अपराधि पक्राउ परी कानुनको दायरामा ल्याइनेछ ।
निशानामा कांग्रेस
१७ माघमा नेपाली कांग्रेसका सांसदहरु लिला कोइराला र प्राध्यापक डा.चन्द्रमोहन यादव गृह जिल्ला धनुषा आएका थिए । कोइराला जनकपुरको ब्रम्हपुरी स्थित नीजि निवासमा आएका थिए भने यादव धनुषाको सपही स्थित पैतृक गाउँमा आएका थिए । सोही दिन अर्का सांसदहरु रामकृष्ण यादव, मुक्ता यादव र दिनेश परसैला यादव पनि आएका थिए । ती सांसदहरु नेपाली कांग्रेसको गाउँ, क्षेत्र तथा नगर हुँदै जिल्ला अधिवेशनको तयारीका लागि आएका थिए ।
गत साउन ३१ गते देखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय मधेसी समावेशी गठबन्धन तथा विभिन्न संघर्ष समितिहरुले मधेस विरोधी संविधान जारी गर्ने सांसदहरुलाई मधेस प्रवेशमा घोषित रुपमै विज्ञप्ती जारी गरी रोक लगाएको थियो । ती सांसदहरु आएकै दिन देखि लिला कोइराला, चन्द्रमोहन यादव र रामकृष्ण यादवको घरमा पुगी आन्दोलनकारीहरुले विरोध प्रदर्शन गरेका थिए ।
तर, १८ माघका दिन अर्को सांसद आनन्द प्रसाद ढुङ्गाना पनि जनकपुरको भानु चौक स्थित नीजि निवासमा आएका थिए । सोही दिन फेरी मोर्चाका कार्यकर्ताहरुले कोइराला, ढुङ्गानाको घर घेराउ गरी ढुङ्गामुढा गर्दै विरोध प्रदर्शन गरेका थिए । उक्त दिन नेपाली कांग्रेसका अर्को सांसद विमलेन्द्र निधि जनकपुर आएका थिएनन् । तर, जनकपुरको मिल्स एरिया स्थित उनको निवासमा आन्दोलनकारीहरुले ढुङ्गामुढा गर्नुका साथै पेटूोल बम प्रहार गर्नुका साथै आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले आगजनी गर्ने प्रयास गरेका थिए । उनको निवासमा बस्दै आएका उनका दाजु नवेन्द्र निधिले राराब क्याम्पसको चढ्ने मोटरसाइकल जलेर नष्ट भएको थियो । उनी क्याम्पस प्रमुख हुन । नबेन्द्र निधिका अनुसार आफु उक्त दिन क्याम्पसमा रहेको बेला आन्दोलनकारीहरुले गरेको आगजनीबाट क्याम्पसको मोटरसाइकल जलेको थियो भने आगो निभाउने प्रयासमा उनकी श्रीमतिलाई चोट समेत लागेको थियो । आन्दोलनकारीहरुले गरेको ढुङ्गामुढाबाट उनलाई चोट लागेको निधिले बताएका थिए । ढुङ्गामुढा गर्ने क्रममा प्रहरीले भारत विहारको पुपरीका गौतम साह र जनकपुरका उमेश साहलाई पक्राउ गरेको थियो ।
१८ गते मोर्चा तथा गठबन्धन सहित विभिन्न संघर्ष समितिहरुको संयुक्त बैठकबाट जारी गरिएको विज्ञप्तीमा मधेस विरोधी सांसदहरुलाई जिल्ला छाड्न तथा जिल्लाको बातावरण सहज बनाईदिन ध्यानाकर्षण गराउँदै जिल्ला नछाडेसम्म विरोधका कार्यक्रमहरु जारी रह्ने बताइएको थियो । त्यस लगत्तै विमलेन्द्र निधिको घरमा आक्रमण तथा नेपाली कांग्रेसका सांसदहरु माथि घर घेराउ तथा आक्रमण भईरहेको भन्दै नेपाली कांग्रेस धनुषाका सभापति राम सरोज यादवले १९ माघमा विहान पत्रकार सम्मेलन मार्फत मोर्चाको उक्त कार्य तालिवानी शैलीको रहेको तथा अराजक भईरहेको भन्दै आफुहरुको अधिवेशन कुनै पनि हालतमा हुने बताएका थिए । २० गते बिमलेन्द्र निधि जनकपुर कुनै पनि हालतमा आउने र त्यसका लागि आफ्नो कार्यकर्ताहरुनै काफी रहेको राम सरोज यादवले मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई जवाफ दिएका थिए । यादवको उक्त अभिव्यक्ति पछि १९ गते मोर्चाले फेरी प्रेस विज्ञप्ती जारी गरी जनताको मुक्तिको आन्दोलनका आन्दोलनकारीले जनताको मुक्तिका बाधकहरुलाई मधेस प्रवेशमा रोक लगाइएको छ । र, मधेसी जनताको मुक्ति नभएसम्म मधेस विरोधीको विरुद्ध आन्दोलन जारी रहनेछ, चाहे जस्तो सुकै मुल्य चुकाउन तयार छौं भन्दै चेतावनी दिएका थिए । यसका अतिरिक्त विज्ञप्ती मार्फत मधेस विरोधी सांसद विमलेन्द्र निधि लगायत अन्य सांसदहरुलाई धनुषा प्रवेश नगर्न सचेत गराउँदै प्रवेश गरेको खण्डमा उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम सम्बन्धित सांसद नै हुने जनाइएको थियो ।
यता २० माघमा निधि जनकपुर आउने कार्यक्रम तय थियो । कांग्रेसका नेता तथा कार्यकर्ताहरु निधिलाई स्वागत गर्न तयारी गर्दै थिए भने अर्को तर्फ विरोधका लागि मोर्चाका कार्यकर्ताहरु जनक चौकमाा जम्मा भएका थिए । रामानन्द चौकबाट कांग्रेसका कार्यकर्ताहरु तथा गाउँबाट आएका नेता तथा कार्यकर्ताहरु समेत विमान स्थल पुगेका थिए । अर्को तर्फ विरोध गर्ने मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई नाकाबन्दी गर्दै स्थानीय प्रहरीले भैरव चौकमै रोकेका थिए । करिब १ हजारको संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निधिलाई स्वागत गर्दैै उनको पैतृक गाउँ नगराईन लगेका थिए । यता निधिलाई नेपाल सदभावना पार्टीकाा धनुषा अध्यक्ष रमन सिंह लगायत केही यूवाहरुले कालो झण्डा देखाई श्याम चौकमा विरोध प्रदर्शन गरेका थिए ।
अर्को तर्फ मोर्चा कांग्रेसका नेता तथा कार्यकर्ता र प्रहरी प्रशासनको बाक्लो उपस्थितिका सामु निरिह भएपछि २० माघमा प्रेस विज्ञप्ती जारी गर्दै निधि लगायतका सांसदहरु प्रहरी प्रशासनको चरम दुरुपयोग गरी जनकपुर आउने कायरतापुर्ण व्यवहार प्रकट भएको मोर्चाले ठहर गरेको थियो । प्रहरीको सुरक्षा चाहिँदैन, हाम्रो कार्यकर्ता नै हाम्रो सुरक्षाका लागि पर्याप्त छन् भने उद्घोष गरेका कांग्रेसका सांसदहरु प्रहरीको घेरामा आउनु भन्दा लज्जास्पद के हुन सक्छ भन्दै विज्ञप्ती मार्फत प्रश्न गरेका थिए । त्यसैगरी स्थानीय प्रहरी प्रशासन कांग्रेसको पृष्ठ पोषक भई मधेसी जनताको शान्तिपुर्ण आन्दोलनमा दमन गरी घाइते बनाएको प्रति दुख व्यक्त गर्दै घाइते प्रदिप कुमार चौधरी, रामकृष्ण भण्डारी, हरेराम चौधरी र बौवेलाल यादवको स्वास्थ्य लाभको कामना गरेका थिए । त्यसैगरी पक्राउ परेका आन्दोलनकारी सुशिल कर्णको रिहाई तथा विमलेन्द्र निधि लगायत सांसदहरुले जिल्ला नछाडेसम्म २१ गते देखि अनिश्चितकालिन आम हडताल घोषणा गरेको थियो ।
मोर्चाले आम हडताल घोषणा गरेपनि प्रभाव देखिएन । शिक्षण संस्थाहरु बाहेक केही पनि बन्द हुन सकेन । त्यसपछि २२ माघमा मोर्चाले आम हडताल फिर्ता लिएर कांग्रेसको क्षेत्रिय अधिवेशन तथा नगर अधिवेशन विथोल्ने उद्देश्यले मोर्चाका पदाधिकारीहरुलाई समेत क्षेत्रहरुमा परिचालन गर्ने निर्णय गरेको थियो । साथै कांग्रेसका सांसदहरुलाई मधेसको जिल्ला छोड्न समेत चेतावनी दिइएको थियो ।
    तर, मोर्चाको उक्त चेतावनीका बावजुद धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रिय अधिवेशन गरिएको छ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा नगराईनमा उक्त अधिवेशन गरिएको नेपाली कांग्रेसका जनकपुर उपमहानगरपालिकाका सभापति धिरेन्द्र मोहन झाले बताएका छन् ।



२०७२ माघ २४ गते आईतबार

मधेसमा फेरी सल्बलाउँदै ‘सशस्त्र समुह’

अधिकार प्राप्तिका लागि शान्तिपुर्ण आन्दोलन जारी रहेको बेलामा केही नयाँ सशस्त्र समुहहरु सल्बलाएका छन् । यस अघिसम्म अस्तित्व मै नरहेको समुहहरु जन्मिएका छन् भने हत्या हिंसाका घटनाहरुलाई जिम्मेवारी लिने क्रम फेरी पनि तराई मधेसमा बढ्दै गएको छ । विगतका समयमा रहेका थुप्रै सशस्त्र समुहहरु बार्ता तथा सम्वाद मार्फत बन्दुक विसाएर शान्ति प्रक्रियामा आई मुलधारको राजनीतिमा आईसकेको भएपनि केही सशस्त्र समुहहरु फेरी पनि राज्यका लागि चुनौति बन्दै आएको छ ।
नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशन तथा नगर अधिवेशन देशैभरी भईरहेको बेला धनुषामा कांग्रेसका कार्यकर्ताहरुलाई आक्रमण गर्ने क्रम बढेको छ । सोही क्रममा धनुषामा एक जना कांग्रेसका स्थानीय नेताको गोली प्रहार गरी हत्या गरिएको छ भने अर्को नेता कार्यकर्तालाई गोली प्रहार गरी हत्या गर्ने प्रयास गरिएको छ ।
नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली प्रहारबाट हत्या भएको छ । धनुषाको बालाबाखर(४ वैरिया टोल घर भएका यादवलाई २२ माघ शुक्रबार राति करिब साढे ९ बजे तिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
धनुषामा २३ माघ शनिबार बिहान थप एक जनालाई अज्ञात समूहले गोली हानेको छ । धनुषाको गणेशमानचारनाथ नगरपालिका (२ निवासी अन्दाजी ४० वर्षीय नसिमुल्लाह राईनलाई गोली हानिएको छ । गणेशमानचारनाथ नगरपालिकाको वीरेन्द्रबजार चोकमा औषधि लिन पुगेका राईनलाई रातो रंगको पल्सर मोटरसाइकल चढेर आएको दुई जनाको समूहले गोली हानेको प्रहरीले जनाएको छ ।
कांग्रेस धनुषाका ती नेता तथा कार्यकर्ताहरु माथि गरिएको आक्रमणको जिम्मा एउटा सशस्त्र समुहले लिएको छ । जनकपुरका केही संचारकर्मीहरुलाई टेलिफोन गरी आफुलाई जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको सेना प्रमुख बताउँदै पृथ्वी सिंहले उक्त घटनाको जिम्मेवारी लिएको हो । आफुले तराईमा कांग्रेसहरुलाई कुनै पनि कार्यक्रम नगर्न सचेत गराएपनि तराई मधेसका जिल्लाहरुमा अधिवेशन गरी अवज्ञा गरेको हुनाले भौतिक कारवाही गरिएको भन्दै पृथ्वी सिंहले केही संचारकर्मीहरुलाई टेलिफोन गरी घटनाको जिम्मा लिएको बताइएको छ ।
यस अघि २९ पुस २०७२ मा सिरहाको एक पेटूोल पम्पमा बम विस्फोटन गराइँदा भुमिगत समुह  जनतान्त्रिक तराई जनशक्ति पार्टीले जिम्मा लिएको थियो । उक्त समुहले सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेटूोल पम्पमा बम बिस्फोट गराएको दाबी गरेको थियो । ५ महिनादेखि तराई मधेसमा आन्दोलन जारी रहेपनि गोपाल पेटूोल पम्पले इन्धन कालोबजारी गरिरहेकोले चेतावनीस्वरुप बम बिस्फोट गराइएको जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहले केही स्थानीय संचारकर्मीहरुलाई  बताएका थिए ।
जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंहको नेतृत्वमा पार्टीका जिल्ला इन्चार्ज अबिनास सिंहसहितका कार्यकर्ताहरुको समूहले बम बिस्फोट   गराएको बताइएको थियो ।
सप्तरीको झुटकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई रमेश सुब्बामाथि २० पुष २०७२, सोमबार साँझ ६ बजेतिर गोली प्रहार गरी हत्या गरिएको थियो । छाती तथा तिघ्रामा एक र एक गोली गोली लागेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो ।
गस्तीमा निस्केको बखत प्रहरी चौकी नजिकै दुई वटा भारतीय नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिएका थिए । उक्त घटनाको जिम्मेवारी मधेसका संस्थापक सशस्त्र समुहका नेता जयकृष्ण गोइतले लिएका थिए ।




२०७२ माघ २४ गते आईतबार

कांग्रेस नै मधेसीको मित्रशक्ति र सच्चा प्रतिनिधि हो ः बिमलेन्द्र निधि

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अहिले म नेपाली कांग्रेसको १३ औं महाधिवेशनको क्रममा यस जिल्लाको गाउँ, क्षेत्र, नगर तथा जिल्ला तहको अधिवेशन जुन कि नेपाली कांग्रेसको संगठनको आन्तरिक जीवनको काम देशैभरी चलिरहेको छ । सोही क्रममा म आफ्नो निर्वाचन क्षेत्र नम्बर ३ र आफ्नो जिल्ला धनुषामा आएको छु । १५ माघ देखि नै देशैभरी अधिवेशनको प्रक्रिया सुरु भईसकेको छ । फागुन २० देखि २३ गतेसम्म काठमाण्डौमा पार्टीको राष्टिूय महाधिवेशन हुन गईरहेको छ । सोही शिलशिलामा आफ्नो निर्वाचन क्षेत्रको अधिवेशनमा सहभागी हुन आएको छु । मलाई पुरा के विश्वास छ भने हाम्रो अधिवेशन शान्तिपुर्वक निर्वाध ढंगले सम्पन्न हुनेछ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ठाउँ ठाउँमा खासगरी जनकपुरमा मेरो घरमा पनि आक्रमण गर्यो र अरु सांसदहरुको समेत घरमा आक्रमण गरी निषेध गर्नका लागि तथा नेपाली कांग्रेसको अधिवेशन विथोल्नका लागि नीति अपनाएका छन् । तोडफोडको कार्यक्रमहरु समेत भयो । यो अत्यन्त निन्दनिय कार्य हो । नहुनुपर्ने हो । मलाई आश्चर्य लागिरहेको छ कि मधेसी मोर्चाको लागि नेपाली कांग्रेस र हामीहरु त मित्रशक्ति हौं । मोर्चाले हामीलाई मित्रशक्तिको रुपमा लिनु पर्दछ । मोर्चाका शिर्षस्त नेताहरुले आफ्ना जिल्लाका नेताहरुलाई कुन ढंगले प्रशिक्षित गर्नुभएको छ ? यस्तो कार्यले मधेसी जनताको अधिकारको पक्षमा जुन आन्दोलन छ वा अभियान छ त्यो बलियो हुन्छ भन्ने कुरा मैले देखिरहेको छैन ।
अहिले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान जुन जारी भएको छ त्यो ऐतिहासिक संविधान हो । संघीयता त मधेसी जनताकै माग थियो । म तपाईहरुलाई के स्मरण गराउन चाहन्छु भने १६ बुँदे सहमति भएपछि सिमाङ्कन विनाकै संविधान जारी गरिने कुरा थियो । त्यसपछि मधेसी मोर्चा र हामीले पनि के भनेका थियौं भने सिमाङ्कन विनाको संघीयता र संविधान जारी हुनु हुँदैन । तपाईहरु याद गर्नुस कि बाँकी राजनीतिक दलहरु मध्ये म नै पहिलो व्यक्ति हो जसले भनेको थियो कि १६ बुँदे सच्याउनुस । गल्ती भयो । विना सिमाङ्कनको संघीयता हुनु हुँदैन भनेर मैले अभिव्यक्ति दिएपछि मात्र राष्टिूय बहस सुरु भयो र सिमाङ्कनको खाका सहित संविधान जारी गरियो । यो अर्को कुरा हो कि मधेसमा २ प्रदेश वा ३ प्रदेश के हुने भन्ने कुराको टुङ्गो लाग्न बाँकी छ । तर, कम से कम पर्सा देखि सप्तरीसम्मको मधेसमा एउटा प्रदेश आएको छ । नेपाली कांग्रेस र हामीले त भनिरहेकैं छौं कि मधेसमा दुई देखि तीन प्रदेश हुनुपर्दछ । यस सम्बन्धमा मधेसी मोर्चासँग समेत बार्ता र छलफलहरु भईरहेको छ । ३ महिना सम्ममा यसको निकास निकाल्ने कुरामा मोर्चाहरु पनि तयार छन् । मधेसी मोर्चाले सुरुमा त २२ बुँदे र ८ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने माग मात्र राखेको थियो । मधेसी मोर्चाको माग ठोस रुपमा के छ भन्ने कुरा समेत बाहिर नआएको बेलामा मैले के भनेको थियो भने खास गरेर १ सय ६५ वटा निर्वाचन क्षेत्रको निर्धारणको कुरामा त्यो क्षेत्रको निर्धारण जनसंख्याकै आधारमा हुनुपर्छ भनेर मैले भनेको थिएँ । अहिलेको संशोधन जुन पारित भएको छ त्यो दुईटै संशोधन प्रस्ताव मैले नै राखेको थिएँ । र, मोर्चाका शिर्ष नेताकै सल्लाहमा राखेको थिएँ । परिणाम स्वरुप १ सय ६५ वटा निर्वाचन क्षेत्र मध्ये मधेसमा मात्रै ८० वटा निर्वाचन क्षेत्रहरु निर्धारण भएको छ । पहिले त ६५ वटा मात्र थियो । मेरै अडानका कारण ८० वटा भएको हो ।
म के पनि खुलासा गर्न चाहन्छु भने जसरी प्रदेशको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने भन्ने कुरा दोस्रो मोडेल जुन पारित भएको छ, त्यस सम्बन्धमा पनि मधेसी मोर्चाका शिर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, हृदेश त्रिपाठी, सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण जस्ता नेताहरु कै सल्लाह अनुसार भएको हो । उहाँहरु कै के भनाई थियो भने प्रदेशको जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुनुपर्दछ । र, त्यो भयो ।
तर, जनकपुरमा मलाई थाहा छैन मधेसी मोर्चाका नेताहरुले किन विरोध गरिरहनु भएको छ । हो, राजनीतिमा शान्तिपुर्ण आलोचना गर्न तथा विरोध गर्न पाउनु स्वाभाविक हो । मलाई केही भन्नु छैन । तर, राजनीतिक रुपमा भन्ने हो भने मधेसी मोर्चाका नेताहरुसँग म के आग्रह गर्न चाहन्छु भने मधेसी जनताको अधिकार प्राप्तिका लागि तपाईहरु लडिरहनु भएको छ भने तपाई एक्लै लड्न सक्नु हुन्न । तपाईले आफ्नो मित्र शक्तिको पहिचान गर्नसक्नु पर्दछ । र, नेपालमा मोर्चाको मित्र शक्ति भनेको नेपाली कांग्रेस मात्रै हो । नेपाली कांग्रेसमा पनि हामीहरु छौं अनि नेपाली कांग्रेस छ । र, म के पनि भन्न चाहन्छु भने मधेसी जनताको प्रतिनिधि भनेको नेपाली कांग्रेस नै हो । कांग्रेस र मधेसी पर्यायवाची शव्द हुन । नेपाली कांग्रेसलाई मधेसी जनताले हमेशा शक्ति र तागत दिँदै आएको छ । मधेसी जनताको लागि नेपाली कांग्रेस र हामीहरु सधै लडिरहनेछौं । मधेसी जनताको सच्चा प्रतिनिधि भनेकै हामीहरु हो ।मधेसी मोर्चा त आज गठन भएको छ । तिनका नेताहरु आज आएका छन् । तर मधेसको लडाई हामीले धेरै पहिले देखि लडिरहेका छौं ।  अहिले पनि धनुषा जिल्लाका नेताहरुलाई म आग्रह गर्न चाहन्छु कि प्रदेश नम्बर दुईको हरेक जिल्लाको मधेसी मोर्चाका नेताहरुलाई आग्रह गर्न चाहन्छु कि हाम्रो अधिवेशन सम्पन्न भएपछि तपाईहरुकै मित्रशक्ति बढ्ने छन् । आफ्नो मित्रशक्तिलाई यदि कमजोर गर्नुहुन्छ भने तपाईले आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु हुन्छ । त्यसैले हाम्रो कार्यक्रम वा अधिवेशन विथोल्ने कोशिश नगर्नुस भन्ने कुरा विनम्रता पुर्वक भन्न चाहन्छु ।
पत्रकारहरुसँग पनि म के अनुरोध गर्न चाहन्छु भने यस्तो अराजक, उच्श्रृङ्खल रुपमा आन्दोलनको स्वरुप नबनोस त्यसका लागि तपाईहरु पनि मोर्चालाई सचेत गराउनुस ।
मधेसी मोर्चाका नेताहरुले यति दिन देखि निषेधको राजनीति गर्दै आएपनि हामीहरुले धैर्यका साथ, संयमता अपनाएका छौं । हामी धैर्य र संयमताका साथ राजनीति अगाडी बढाउँदै आएका छौं । त्यसैले हामीले कहिल्यै मुठभेड चाहेका छैनौं । म जनकपुरका मोर्चाका नेताहरुलाई पनि के भन्न चाहन्छु भने तपाईहरु पनि मुठभेडको राजनीति नगर्नुस ।
मधेस आन्दोलनका दौरान राज्यले दमन गरेकै हो । त्यतिबेला म मन्त्रि थिएँ । र, क्याविनेटकै वैठकमा मैले के भनेको छु भने मधेस आन्दोलनको विषय राजनीतिक विषय हो र संविधान नै त्यसको मुल कारण हो । संविधानमा त्रुटि भएका कारण नै यो स्थिति उत्पन्न भएको हो । त्यसैले यसको उपचार राजनीति नै हुनुपर्छ, बल प्रयोग होइन भनेर मैले क्याविनेटमा र सार्वजनिक रुपमा पनि भनेको छु । अहिले आन्दोलनको आवश्यकता छ कि छैन भन्नु भन्दा पनि शान्तिपुर्ण तरिकाले आन्दोलन गर्न सकिन्छ तर हिंसा, तोडफोडको आन्दोलन बन्द गर्नुपर्छ । सिमाङ्कन, नागरिकता र राष्टिूय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ, भाषा जस्तो मुद्दाहरु जायज छन् भनेर नेपाली कांग्रेसले भन्दै आएको छ र हामी जस्तो मानिसले कांग्रेस भित्र अभियान चलायौं । त्यसपछि अन्य पार्टीहरुसँग पनि छलफल चलायौं । त्यसैले एउटा जनमत तयार भएको छ । र, हामीहरु ती मुद्दाहरुका पक्षमा जनमत बनाईरहेकै छौं । त्यसैले हामी अहिले कांग्रेसको महाधिवेशनमा लागेका छौं । मलाई पुरा विश्वास के छ भने हाम्रो महाधिवेशन सम्पन्न भए लगत्तै ती कुराहरु बार्ता मार्फत सम्बोधन हुनेछन् । मेरो घरलाई तोडेर नेपाली कांग्रेसको अधिवेशनलाई विथोलेर मधेसीको कुनै माग सम्बोधन हुन सक्दैन । त्यसैले हाम्रो अधिवेशन शान्तिपुर्ण तरिकाले सम्पन्न हुन दिनुपर्दछ ।
    (माघ २० गते जनकपुर आउने क्रममा विमान स्थलमा संचारकर्मीहरु समक्ष बिमलेन्द्र निधिले राखेको धारणा)



२०७२ माघ २४ गते आईतबार