Tuesday, February 23, 2016

नेपालका सबै वर्गलाई समग्रमा लिएर संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गर्नुस् ः नरेन्द्र मोदी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई दशकौंको संघर्षपछि प्राप्त ‘एक महत्वपूर्ण उपलब्धि’ बताएका छन् । तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए । नेपालमा नयाँ संविधान जारी भएपछि यसलाई स्वागत भारतले गरेको थिएन मात्र नोट गरेको थियो ।  तर, शनिबार नेपालका प्रधानमन्त्री केपी ओलीसँग हैदारावाद हाउस भएको भेटवार्तामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने(‘दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो ।’ यसको निर्माणमा सरकार र राजनीतिक नेतृत्वले गरेको योगदानलाई अभिनन्दन गर्ने उनले बताए ।
तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए । उनले भने, यसै सिद्धान्तका आधारमा राजनीतिक वार्तालापको माध्यमबाट नेपालका सबै वर्गलाई समग्रमा लिएर तपाई नेपालको संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजानु हुनेछ । ‘ मोदीले नेपाली राजनीतिक नेतृत्वले संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गर्ने अपेक्षा गर्नुले मधेसको मामिलामा भारत अझै पनि पुरानै अडानमा रहेको देखिएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, स्थिरता र आर्थिक विकासका बारेमा आफू र नेपालका प्रधानमन्त्री ओलीवीच कुराकानी भएको मोदीले संयुक्त पत्रकार सम्मेलनमा बताए ।
मधेसको मुद्दा सम्बोधन नगरेसम्म भारतले औपचारिक रुपमा  यो संविधानलाई स्वागत नगर्ने पनि प्रष्ट बुझिएको छ । संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गरेका थिए । नेपालका प्रधानमन्त्री ओलीले अंग्रेजीमा लिखित भाषण पढेका थिए ।
ओली(मोदी वार्ता  ः नेपाल(भारतबीचको सम्बन्ध विस्तारमा केन्द्रित
 भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच आज हैदरावाद हाउसमा भेटवार्ता भएको छ । करीब ४० मिनेट लामो सो भेटवार्ता नेपाल भारतबीचको सम्बन्ध विस्तारमा केन्द्रित भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताएका छन् । भारतको चाहनाविपरित संविधानसभाबाट नेपालको संविधान जारी भएसँगै नेपाल(भारत सम्बन्धमा उतारचढाव आएको थियो । मधेस आन्दोलनलाई देखाएर भारतले नेपालमा नाकाबन्दी लगाएपछि नेपाल(भारतबीचको सम्बन्धमा दरार आएको  थियो । भारतले नाकाबन्दी खुलाइदिएसँगै भारत भ्रमणमा निस्किएका ओली र मोदीबीच  भएको भेटवार्तामा विग्रिएको सम्बन्धलाई सुधार गर्ने विषयमा केन्द्रित भएको हो ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भनेका छन, मुलत दुबै देशका सरकार प्रमुखबीच सम्बन्ध विस्तारका विषयमा छलफल केन्द्रित भएको छ ।’
नेपाल र भारतबीच नौ सम्झौता
 प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको उपस्थितमा नौ सम्झौता भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता पत्र आदान भएको छ । भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ । यो भूकम्पपछि भारतले दिने घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन सकेन । सम्झौताको अर्को बुँदा मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो १०१६ अक्टोबरसम्ममा २०० र डिसेम्बर १०१७ सम्ममा ६०० मेगावाट र्पुयाइने छ । दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि भारतले नेपालालाई बांगलाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न दिने भएको छ । विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न रोहनपुर(सिंहवाद रेल्वे रुटको प्रयोग गरिने सम्झौता भएको जानकारी गराइएको छ । यस्तै भूकम्पपछिको पुनर्निर्माणको कार्यनीति सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै हुलाकु मार्ग निर्माण र संगीत नाट्या एकेडेमीको बारे पनि सम्झौता भएको छ । यस्तै दुई देशका प्रधानमन्त्री ढल्केबर(मुजफ्फरपुर अन्तर(देशीय विद्युती प्रसारण लाईनको पनि औपचारचिक उद्धघाटन गरेका छन् । सम्झौतामा २५० मिलियन अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ ।
प्रधानमन्त्री ओली र मोदीले हैदराबादमा स्वीच थिचे, ८० मेगावाट बिजुली नेपाल आयो
नेपालले भारतसँग खरिद गरेको थप ८० मेगावाट बिजुलीको औपचारिक आयात सुरु भएको छ । ढल्केबर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रिर्माटमार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् । दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा भएको एक समारोहमा बिजुलीको स्वीच अन गरेर उद्घाटन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी (एनभीभीएन)बीच बिजुली खरिद बिक्री सम्झौता भइसकेको छ ।
सम्झौताअनुसार नेपालले आगामी असारसम्म ढल्केबर(मुजफ्फरपुर प्रशारण लाइनबाट ८० मेगावाट बिजुली ल्याउने छ । आयात हुने बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्नेछ । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट भारु ३.४ अर्थात ५ रुपैयाँ ५० पैसामा बिजुली बेचेको हो । त्यसमा आयात लागत जोड्दा ७ रुपैयाँ माथि पुगेको छ । प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन निर्माण दुई कम्पनीलाई प्रतियुनिट १ रुपैयाँ ५३ पैसा प्रसारण शुल्क तिर्नुेपर्ने भएकाले थप महंगो भएको हो ।
 सम्झौताअनुसार गत बुधबारदेखि भारतदेखि ३० मेगावाट बिजुली परीक्षणका रुपमा ल्याउन सुरु भईसकेको थियो । आजदेखि सम्झौता अनुरुप पुरै ८० मोगावाट बिजुली आउन सुरु भएको छ ।
भारतबाट थप विद्युत् आएपनि कति सयमको लोडसेडिङ कम हुन्छ भन्ने बारे प्राधिकरणले केही बताएको छैन् । तर, प्राविधिकहरुले २ घण्टासम्म लोडसेडिङ कम हुनसक्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणले ढल्केवर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै आजबाट औपचारिक रुपमा ८० मेगावाट बिजुली आयात थालेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा आली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा त्यसका शुभारम्भ गरेका छन् । दिल्लीस्थित हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोटबाट स्विच अन गरेपछि विजुलीको व्यवसायीक आयात प्रारम्भ भएको प्राधिरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए ।
निर्माणाधीन ढल्केवर(मुजफ्फरपुर प्रसारण लाईनबाट विजुली आयतको औपचारिक सुभारम्भका लागि हैदरावाद हाउस, मुजफ्फरपुर ढल्केवरमा एकैसाथ कार्यक्रम राखिएको थियो । काफ्लेले भारतबाट २३० मेगावाट आयत भइरहेकोमा ८० मेगावाट थपिएको बताए । ‘अहिले हामीले भोगिरहेको उर्जा संकटमा यसले केही सुधार ल्याउँछ,’ काफ्लेले भने ‘एक साताको परीक्षणपछि मात्र लोडसेडिङमा कति कटौति हुने बारे भन्नसकिन्छ ।’ अहिले दैनिकको सरदर १३ घण्टा लोडसेडिङमा थपिएको विजलीले २ घण्टा घट्न सक्ने अनुमान गरिएको छ ।
सन २०१३ को डिसेम्वरमा निर्माण सुरु भएको अन्तरदेशीय प्रसारण लाइनको अझै पूर्ण रुपमा निर्माण सम्पन्न भएको छैन । निर्माण सम्पन्नपछि उक्त लाइनबाट १२ सय मेगावाट बिजुली आयातरनिर्यात गर्न सकिन्छ । भारतबाट आयात गरिएको विजुली प्रति युनिट ५ रुपैयाँ ५० पैसा र हुलिङ चार्ज(प्रसारण लाइन प्रयोग वापत) प्रति युनिट १ रुपैयाँ ५३ पैसा प्राधिरणले तिर्ने गरी  सम्झौता भएको छ ।

 २०७२ फाल्गुन ०९ गते आईतबार

No comments:

Post a Comment