नवजात शिशुका साथ दृष्टिविहिन आमा । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरधाम............
पूर्ण रुपमा दृष्टि बिहीन दम्पतिलाई पत्रीलाभ भएको छ । दुई वर्ष अघि अन्तरजातिय प्रेम विवाह गरेका दम्पतिलाई पुत्री लाभ भएको हो । काभ्रेप्लानचौक जिल्ला खरिनाथोक गाविसका ३२ वर्षका श्याम तामाङ र जनकपुर उपमहानगरपालिका १५ कुवाकी २३ वर्षीया सीता पाशमान तामाङलाई पुत्री लाभ भएको हो । जनकपुर अञ्चल अस्पतालमा सोमबार राति शल्यक्रिया गरेर पुत्री लाभ भएको शल्यक्रिया गर्ने स्त्री रोग विशेषज्ञ डा.रामजी यादवले जानकारी दिनुभयो ।
सीतलाई व्यथा लागेपछि सोमबार विहान जनकपुर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना पछि समान्यरुपमा बच्चा पाउन समस्या भएपछि शल्यक्रिया गर्नु परेको डा.यादवको भनाई छ । अहिले अमा र बच्चा अवस्था समान्य रहेको र बच्चाको तौलन ३.४ किलोग्राम रहेको डा.यादवले जानकारी दिनुभयो ।
गरिबीले अत्यन्त दयनीय अवस्था एवं बेसहारा दम्पतिले सन्तान पाएपछि खुसीको सीमा छैन ।
पूर्ण रुपमा दृष्टिबिहीन श्याम र सीताको दुई वर्ष अघि साथीहरुको आग्रहमा घरपरिवारलाई थाहै नदिई प्रेम विवाह भएको थियो । उनीहरु काठमाण्डौको कृतिपुरमा डेरा गरी बसेर घुमफिर गरेर धुप बेच्ने गर्दछन् । धुप बेच्दा एक जना दृष्टि भएको व्यक्तिको सहारा लिनु परेको सीताको भनाई छ । धुप बेच्दा दिनको एक सयदेखि पाँच सय रुपैयाँ कमाएर श्रीमान श्रीमती जिवीको चलाउने गरेको सीतले बताउनुभयो । छोरी पाएपछि सीताले खुसी व्यक्त गर्दै भन्नु भयो ‘ आफु दृष्टिविहीनको सहारा कोहि थिएनन् । गरिब छु । अहिलेसम्म अर्काको सहाराले जसोतसो जिवन चलाउँदै थियौं । छोरी पाएकोले हामी अत्यन्तै खुसी छौं । अव जीवनमा केहि उज्यालो भएको अनुभूति भईरहेको छ । हाम्रो आँखा छोरी नै हो । भग्वानले उनको जिवन दिउन् एउटै पार्थना छ । ’

श्याम र सीता जन्मैदेखि दृष्टि बिहीन छैनन् । सातवर्षको मेरमा आफुलाई टाईफाईड हुँदा आँखा दुख्यो र त्यपछि एकाएक कहिल्यै नदेखिने गरी दुवै आखाँ गुमेको सीतले अझै विर्सिनु भएको छैन । अत्यन्त विपन्न घरपरिवारमा जन्मिएकी सीताको त्यतिखेर उपचारको लागि चाहिएजति रुपैया पैसा नपुग्दा सदाको लागि दृष्टिबिहीन हुन पुगेको सीताकी आमा वेच्नीदेवी अझै त्यो दिन विर्सिनु भएको छैन । यस्तै श्रीमान श्यामले पनि तीन वर्षको उमेरमा दुवै आँखाको दृष्टि गुमेको पिडा व्यक्त गर्नु भयो ।
दुवै जना दृष्टि बिहीन भएपनि सरकारबाट दृष्टिबिहीनले पाउनु पर्ने भत्ताबाट बञ्चित छन् । आफ्नी छोरीले तीन वर्षदेखि दृष्टि बिहीन भत्ता नपाएकी सीताकी आमा बेच्नीको गुनासो छ ।
सीताकी आमा बेच्नीले भन्नुभयो ‘ भन्छ सरकारले गरीब,असहायलाई सहयोग गर्छन् । तर खै हामीले केहि पाएको । हामी सुकुम्बासी छौ, अर्काको घरमा डेरा भारा गरी बसेका छौ । छोरीले तीन वर्षदेखि दृष्टिविहीन भत्ता पाएकी छैन । श्रीमान पनि दायाँ हात्तको आपांग हुनु हुन्छ उहाँलेपनि भत्ता पाउनु भएको छैन । ’ भन्दै आफुहरुलाई सरकारले सेवासुविधा दिनुपर्ने माग गर्नुभयो ।
२०७२ जेष्ठ ३१ गते आईतबार
२०७२ जेष्ठ ३१ गते आईतबार
No comments:
Post a Comment