Tuesday, January 14, 2014

राजन मुक्तिले ग¥यो थुप्रै खुलासा

अजय अनुरागी
जनकपुरधाम............
धनुषा लक्ष्मीपुर वगेवा–७, कुम्हरौरा गाउँ बस्ने महेन्द्र झाको नाति डा.विद्यानन्द झाको कान्छो छोरा हुन रंजित झा उर्फ राजन मुक्ति । २०४३ सालमा जन्मिएका रंजित २०५६ सालमा सरस्वती मा.बि. जनकपुरबाट एसएलसी उत्तीर्ण गरी अनुग्रह नारायण कलेज विहारबाट प्रविणता प्रमाण पत्र र स्नातक तह (राजनीति शास्त्र) विषय लिई उत्तीर्ण गरेका हुन । २०६२÷०६३ को आन्दोलन पछि सिरहा घर भएको नागेन्द्र पासवानको ज्वाला समुहमा लागि करिव १ वर्ष जति पोलिट व्यूरो सदस्यको रुपमा उनी कार्यरत थिए । उक्त संगठनमा धनुषा ढल्केवर वडा नंं. ८ वस्ने रामपृत महत्तोको छोरा वर्ष ४० को सुर्यदेव सिंह भन्ने श्रीचन महत्तो, धनुषा महेन्द्रनगर नजिक पर्ने हरिहरपुर(३ बस्ने किशुन महत्तोको छोरा वर्ष ३२ को टाइगर सिंह भन्ने सुरेश महत्तो, सोही गाउँका भागवत महत्तोको छोरा कमलदेव महत्तो, महोत्तरी किशानपुर(४ का प्रेम टोल बस्ने रामअवतार महत्तोको छोरा वर्ष ३५को आहुत सिंह भन्ने मकेश्वर महत्तो समेतको व्यक्तिहरुको समुह थियो । उनीहरुलाई उक्त समुहका सदस्यहरुलाई ज्वाला सिहको संगठनको विस्तारको क्रममा राजनले महोत्तरीमा तुल्सीदास भन्ने सखीचन महत्तो, सिरहाका तुफान सिंह विद्रोही भन्ने विनोद सदा समेतलाई ज्वाला समुहमा आवद्ध गराएका थिए । उक्त समयमा ज्वाला सिंहको पार्टीमा सप्तरीका रणवीर सिंह भन्ने रामनारायण यादव, विवश विद्रोही, प्रताप भन्ने झवर साह, क्रान्ति भन्ने विरेन्द्र साह संलग्न थिए । बाँके वर्दीया को जिम्मेवारीमा भारतीय नागरिक भगत सिंह भन्ने अजुर्न सिंह, जनकपुर(१४ का विजुली सिंह भन्ने राकेश मिश्रा ज्वाला सिंह समुहमा आवद्ध थिए । श्रीचन महत्तोको टिममा जनकपुर(७ का वर्ष २५ को बलराम पठान भन्ने अनिल सदा, जनकपुर(८ शान्तिपुर बस्ने अजय भन्ने भरत यादव (नरेश) समेतका व्यक्तिहरु थिए । सोही क्रममा ज्वाला सिंह सँगै चन्दा लिने पार्टीको काम कारवाही सम्बन्धमा कुरा नमिलेपछि पार्टीबाट विद्रोह गरी ७ फागुन २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुह नामक छुट्टै समुह गठन गरी राजन मुक्तिले संयोजकको रुपमा पहिलो प्रेस विज्ञप्ती जारी गरेका थिए । अलग पार्टी स्थापना गरे पश्चात राजनले धनुषा हरिहरपुर(३ का वर्ष ३२को सुरेश महत्तो, धनुषा लक्ष्मीपुर बगेवा(३ वस्ने अविनाश मुक्ति भन्ने गणेशमान साह, महोत्तरी किशानपुर(४ वर्ष ३५ को आहुत सिंह भन्ने मकेश्वर महत्तो, सप्तरी तिलाठी वस्ने वर्ष २७ को उत्कर्ष मुक्ति भन्ने राजीव झा, सिरहा घर भएका पारस मुक्ति भन्ने राम सोभित यादव (हाल सिरहा कारागारमा रहेको) , महोत्तरीको तुफान सिंह मुक्ति भन्ने मुस्लिम केटा र सलाम भन्ने फिरोज लगायतका टिम सक्रिय थियो ।  उक्त समयमा राजीव झालाई सप्तरी जिल्ला हेर्ने, राम सोभित यादवलाई सिरहा, अविनाश मुक्ति भन्ने गणेशमान साहलाई धनुषा, मकेश्वर महत्तोलाई महोत्तरी, र लालरतन मुक्ति भन्ने निर्दली चौधरीलाई सर्लाही जिल्लाको जिम्मेवारी राजनले सुम्पेका थिए । त्यसताका भारत विहारको सितामढीको अतिथि होटेलमा पार्टीको मिटिङ गर्ने गरिन्थ्यो ।
    संविधान सभाको चुनाव पछि प्रचण्ड सरकारसँग वार्ता गर्न राजीव झाको नेतृत्वमा मनोज मुक्ति, राम सोभित यादव संम्मिलित ३ सदस्यीय टोली वार्तामा आएका थिए । वार्ताको क्रममा अविनाश मुक्तिको हत्या भएपछि वार्ता भंग गरेपनि राजिव झा अलग्गिए । राजनका अनुसार त्यसबेला तुफान सिंह समेतका कार्यकर्ताहरुले पार्टी छोडिसकेको थियो । उक्त समयमा प्रत्येक जिल्ला प्रमुखहरुसँग ३ देखि ४ वटा सम्म पेस्तोलहरु रहने गथ्र्यो र पार्टीबाट तिनीहरु अलग्गिदा हतियार पनि सँगै लिएर गएको राजन मुक्तिको भनाई छ ।
     राजन मुक्तिका अनुसार उनले सञ्चालन गरेको पार्टीको केन्द्रिय समितिमा धनुषा लक्कड(८ बस्ने मटन यादवको नाति, श्यामदेव यादवको छोरा वर्ष २६ का जय मुक्ति भन्ने बुलन यादव, महोत्तरी साढा(२ वस्ने कुमकुम सिंह भन्ने कौशल किशोर सिंहको छोरा वर्ष २८ को भास्कर मुक्ति भन्ने दिपक सिंह, महोत्तरी वथनाहा(४ अजय मुक्ति भन्ने दिपक कुमार सिंह एसटीएफ कमाण्डर, वथनाहा(४ का विभिशन ठाकुरको छोरा वर्ष २७ को सुरज मुक्ति भन्ने दिपेन्द्र ठाकुर एसटीएफ कमाण्डर र वथनाहा(१ का सत्यनारायण झाको छोरा वर्ष २८ को संजीव झा एसटीएफ कमाण्डर तथा सुचना संकलकको रुपमा काम गरिरहेका छन ।  भाष्कर मुक्तिको मातहतमा जनकपुरका शिवदास भन्ने व्यक्ति रहेको राजनले प्रहरी समक्ष वयान दिएका छन । त्यसैगरी भारतको सितामढी जिल्लाका सितामढी टाउन वस्ने वर्ष ३८ को तोफेल खान, अशोकजी भन्ने अशोक यादव र सुरसण्डका नितिन तिवारी समेत आफ्नो पार्टीमा आवद्ध भई हातहतियार तथा सवारी साधनको वन्दोवस्ती गर्ने तथा खरिद विक्रीमा सहयोग गरिरहेको राजनले प्रहरी समक्ष बयान दिएका हुन ।
पारिवारिक सदस्य र सम्पत्तीबारे खुलासा
परिवारमा आमा गिता देवी झा, बाबु डा.विद्यानन्द झा, दाई मनोज झा (मनोज मुक्ति), भाउजु नगिना देवी झा, ६÷७ महिनाको भतिजी योगन्या झा रहेको राजन मुक्तिले प्रहरी समक्ष परिवारिक परिचय दिएका छन् । आर्थिक अवस्था ठिकै रहेको, लक्ष्मीपुर वगेवा(७ मा ४ कठ्ठामा २ तले घर वाहेक अन्य जमिन नभएको, अन्य जग्गा जमिन भए एकिन थाहा नभएको राजनले बताएका छन् । सवारी साधनमा द्यच् घण्म्द्दण्घघ नम्बरको मोटरसाइकल रहेको छ । घर परिवार सदस्यहरु भारत विहारको मधुवनी जिल्लामा प्राइभेट क्लिनिक सञ्चालन गरी वसेको, दाई मनोज दिल्लीमा एमडीको अध्ययन गरिरहेको राजनले प्रहरी समक्ष बताएका छन् । भारतको सितामढी पञ्चायत चकमैना वडा नं. ११ वस्ने रामनन्दन झाको छोरा मनोज झा भनी पञ्चायतबाट कार्ड बनाई सोही कार्डको आधारमा आइसीआइसी बंैकमा सेभिङ एकाउण्ट खोलेको राजनले बताएका छन । तर, उक्त एकाउन्टमा बैंक व्यालेन्स के कति रकम छ यकिन थाहा नभएको उनले बताएका छन ।
    पक्राउ पर्नु अघिसम्म भारत पटना मिखना पहाडी स्थितमा दिपु भन्ने व्यक्तिको घरमा डेरा लिई वस्दै आएको उनले बताएका छन । राजन मुक्तिले ७ अषाढ २०६३ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट बंशजको आधारमा नागरिकता प्रमाण पत्र समेत प्राप्त गरेका छन । प्रशासकिय अधिकृत उमेश कुमार पोखरेलले जारी गरेको उक्त नागरिकताको प्रमाणपत्रमा राजन मुक्तिको जन्म १७ असोज २०४३ मा भएको उल्लेख छ । राजनले १२ अषाढ २०६३ मा राहदानी समेत लिइसकेको उल्लेख छ ।
चन्दा बारे खुलासा
राजन मुक्तिले हातहतियार खरिद गर्नका लागि र सोही हतियार प्रयोग गरी आतंक मचाउनका लागि जनकपुरका विभिन्न व्यापारी, संघ संस्थाका मालिक, कर्मचारीहरुबाट चन्दा लिने गरेको प्रहरी समक्ष वयान दिएका छन ।
     जानकी मेडिकल कलेजका प्रिन्सिपल ओपी पाण्डेसँग प्रत्येक वर्ष रु.४ लाख ५० हजार, एभरेष्ट गु्रपका जिएम बजाजसँग  प्रत्येक वर्ष रु.३ लाख ५० हजार, केडिया गु्रपका राजेश केडिया सँग प्रत्येक वर्ष रु. ३ लाख, निलम स्टोर्सका मदन जैनसँग रु.५० हजार, राजकुमार मेडिकलसँग रु.१ लाख, पप्पु माडवारीसँग रु. १ लाख, हिमालय प्लाईका म्यानेजरसँग रु.७५ हजार, नाम गोप्य राखिएको विभिन्न व्यक्तिहरुसँग रु.५० हजार, रु.२ लाख गरी चन्दा लिएको राजनले प्रहरी समक्ष स्वीकार गरेका छन । टेलिफोन र एसएमएसबाट व्यापारी, उद्योगपति, कर्मचारी, सर्वसाधारण व्यक्तिहरुलाई भय त्रासमा पारी चन्दा लिने गरेको उनले स्वीकारेका हुन । राजनका अनुसार भाष्कर मुक्ति भन्ने दिपक सिंह, जय मुक्ति भन्ने बुलन यादव र अजय मुक्ति भन्ने दिपक कुमार सिंह समेतका कार्यकर्ताले विभिन्न व्यक्ति, संघ संस्था, व्यापारी, कर्मचारीहरुसँग समेत चन्दा लिने गरेका थिए । चन्दाको रकम हातहतियार खरिद गरी अपराधिक कार्यमा प्रयोग गर्न एवम समुहका सदस्यहरुको दैनिक बस्न खान समेतको व्यवस्थाको खर्च हुने गरेको राजनले प्रहरी समक्ष बताएका छन । तर, अदालतमा उनीमाथि लागेको सम्पुर्ण अभियोगहरुमा इनकारी गरेको बताइन्छ ।
जनकपुर बम काण्डका बारेमा
राजन मुक्तिको नेतृत्वमा रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समुह), अर्जुन सिंह र प्रकाश विद्यार्थी भन्ने मुकेश चौधरीको तराई जनतान्त्रिक पार्टी मधेस, र विद्यार्थी लिवरेशन प्रन्ट नागराज भन्ने उमेश तिवारीको पार्टी तराई कोवरा राजन प्रताव भन्ने प्रफुल्ल यादवको मधेस मुक्ति टाइगर्सको संयुक्त वैठक भारतको लखनऊको दयालपुर स्थित मुकेश चौधरीको कोठामा वैठक वसी कार्यगत एकता गर्ने तर एक आपसमा विलय नहुने गरी सहमति भयो । सहमति भई भए गरेका कामहरुको सामुहिक जिम्मेवारी लिने समेत निर्णय गरिएको थियो । सोही क्रममा पार्टीको अस्तित्व देखाउनको लागि धनुषामा बम विस्फोटन गराउने कुरा उठेको थियो । त्यसपछि रामानन्द चौकमा बम विस्फोटन गराउने निर्णय गरेको राजन मुक्तिले प्रहरी समक्ष बयान दिएका छन ।
    उनका अनुसार राजन समेत मुकेश चौधरीले विस्फोटक पदार्थ पठाई कार्यकर्ताहरु परिचालन गरी १८ बैशाख २०६९ मा जनकपुरको रामानन्द चौकमा बम विस्फोटन गराइएको थियो । उक्त विस्फोटनमा परि ५ जना सर्वसाधारणको मृत्यु, ३२ जना घाइते भएको थियो । घटना पश्चात जनकपुरमा आतंक फैलाउन सकिएकोले तत्काल प्रयोग गर्दै आएको मोवाइलबाट जनकपुरका पत्रकारहरुलाई एसएमएस र फोन गरी घटनाको जिम्मेवारी लिएको राजन मुक्तिले प्रहरी समक्ष बयान गरेका छन ।

मिति ः २०७०/०९/२८

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete