Tuesday, January 14, 2014

मापदण्ड विपरित दर्जनौं डेन्टल क्लिनिक सञ्चालित, सम्बन्धित निकाय मौन


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर अञ्चल अस्पतालकै छेउमा रहेका धनुषा डेन्टल केयरका सञ्चालक डाक्टर उमेश यादव विगत दुई वर्ष देखि उच्च शिक्षा अध्ययनका लागि भारतमा बसोवास गर्दै आएका छन् । तर उनका डेन्टल सेन्टर बन्द भएको छैन न त कुनै डाक्टर नै सेन्टर चलाउँछन् । त्यस्तै, डा. यादवकै डेन्टल सेन्टर भन्दा केहि पर रहेको राजदेवी डेन्टल  क्लिनिकका सञ्चालक डा. राजिव शर्मा उच्च शिक्षा अध्ययनकै लागि दुई वर्ष भन्दा बढी समय देखि चिनमा रहेका छन् । तर उनका पनि क्लिनिक न बन्द भएको छ न त कुनै डाक्टरले सञ्चालन गरेका छन् ।माथिका दुई क्लिनिक प्रतिनिधिको रुपमा मात्र यहाँ उल्लेख गरिएको छ । जनकपुर सहित धनुषाका अधिकांश डेन्टल होस्पिटल तथा क्लिनिकहरु डाक्टर बिना नै वर्षौं देखि सञ्चालनमा रहेको पाइएको छ । सम्बन्धित निकायकै मिलोमतोमा  ति क्लिनिक तथा अस्पतालहरु वर्षौ देखि सञ्चालन हुदै आएको बताइन्छ । जनकपुरका माँ भगवति डेन्टल हस्पिटल, जन सेवा डेन्टल, युनिक डेन्टल,ऊँ डेन्टल क्लिनिक त्यस्तै, कोरियन डेन्टल, तारापट्टी सिरसियाका सोनाक्षि डेन्टल लगायतका डेन्टल सेन्टरहरु पनि बिना चिकित्सक नै वर्षो देखि सञ्चालन हुदै आएको श्रोतको भनाई छ । त्यस्तै, नेपाल डेन्टल एशोसिएसनका धनुषा शाखाका पुर्व उपाध्यक्ष विजय प्रसाद साहले सञ्चालन गरेको नेपाल डेन्टल हाउस पनि बिना चिकित्सक सञ्चालन हँुदै आएको बताइन्छ । सम्बन्धित निकायको फितलो अनुगमन तथा मिलोमतोमा ति डेन्टल सेन्टरहरु सञ्चालनमा रहेका श्रोतको भनाई छ ।
    नेपाल डेन्टल एशोसिएशन धनुषाका अध्यक्ष डा.रवि पाण्डे भन्छन,“हाम्रो जानकारीमा आए अनुसार माँ भगवति डेन्टल हस्पिटलमा एक जना चिकित्सक डा.सन्तोष पजियार मात्र कार्यरत छन । अस्पताल हुनका लागि कम्तिमा सात देखि आठ वटा चेयर र पाँच देखि सात वटा डाक्टरहरु कार्यरत हुनुपर्दछ । बजरंग डेन्टलमा सतेन्द्र मिश्र नामको व्यक्ति जो डाक्टर नै होइन, क्लिनिक चलाईरहेका छन ।”
    जनकपुरमा थुप्रै डेन्टल अस्पतालहरु मापदण्ड नै पुरा नगरी पनि सञ्चालनमा रहेको, क्लिनिकहरुमा क्वेकहरुद्वारा विरामीको उपचार हुनेगरेको डा.पाण्डेको स्वीकारोक्तीले पनि जनकपुरका डेन्टल अस्पताल र क्लिनिकहरुको वेथितिलाई पुष्टि गर्छ । अध्ययनको क्रममा यदि चिकित्सक वाहिर गएको छ र पनि उसैको बोर्ड र लेटर प्याडमा उपचार जारी नै रहन्छ भने त्यो गलत कुरा हो र त्यसलाई नियन्त्रण गर्ने काम जिल्ला जनस्वास्थ्य कार्यालयको रहेको उनको भनाई छ ।
    डा.पाण्डे भन्छन,“ नेपाल डेन्टल एशोसिएशन धनुषा डेन्टल क्षेत्रमा क्वेकरी र जेनरल प्रेक्टिसलाई कुनैपनि हालतमा बढावा दिन चाहँदैन । निकट भविष्यमै जिल्ला जनस्वास्थ्य, डेन्टल एशोसिएशन र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले समग्र डेन्टल सेन्टरको अनुगमन गरी मापदण्ड विपरित सञ्चालनमा रहेका क्लिनिकहरुलाई बन्द गराईने छ ।”
यस सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उपेन्द्र प्रसाद भगतले पनि चिकित्सक बिना नै डेन्टल क्लिनिक सञ्चालन गर्नु गैर कानुनी रहेको बताए । जनशतिmको अभावमा जनस्वास्थ्य कार्यालयले वर्षमा मात्र दुई पटक अनुगमन गर्दै आएको उनको भनाई छ ।    
    डेन्टल क्लिनिक अनुगमनमा खटेका कर्मचारीले अहिले सम्म रिर्पोट नबुझाएको उल्लेख गर्दै उनले भने,‘त्यस्ता क्लिनिकलाई कारवाही गर्ने काम जनस्वास्थ्यलाई मात्र छैन, अरु निकायलाई पनि छ, ति निकायहरुले पनि कदम चाल्नुपर्छ ।’ त्यस्ता क्लिनिकहरुलाई किन कारवाही हुदैन भन्ने सबालमा उनले भने,‘ जनशतिmको अभाव छ, अनुगमन गर्ने हामीसँग त्यति समय पनि हँुदैन,अन्य धेरै कामहरु हुन्छ, यो हाम्रो जिम्मेवारीको विषय मात्र होइन, यसमा जिल्ला प्रशासन कार्यालयलाई पनि अगाडी आउनुपर्छ ।’ एक त जिल्ला जनस्वास्थ्य कार्यालयले डेन्टल क्लिनिकहरुलाई नाम मात्रको अनुगमन गरि अनुगमनका नाममा आउने लाखौं रकम प्रमुख लगायतले हजम गर्ने गरेका छन् भने अर्को तिर कहिले काहीं अनुगमन गरिएपनि त्यस्ता  क्लिनिकहरुबाट अनुगमन गर्ने कर्मचारीहरुले नै अवैध रकम लिई छाडने गरेको श्रोतको भनाई छ । नत्र तिनीहरुले अनुगमनको रिपोर्ट किन सार्वजनिक गर्दैनन ? एक  डेन्टल सञ्चालकले भने,‘जनस्वास्थ्यले अनुगमनको नाममा रकम मात्र असुली गर्छन, उनीहरुलाई क्लिनिकमा डाक्टर छ÷छैन ? मापदण्ड पुरा गरेको हो कि होइन ? कुनै मतलव हुदैन,मात्र रकम कसरी असुल गर्ने भन्ने सोच हुन्छ ।’


मिति ः २०७०/०९/२८

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete