Tuesday, January 14, 2014

सहिद पत्रकार उमाको स्मृति दिवस मनाइयो


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रथम महिला सहिद पत्रकार उमा सिंहको पाँचौ स्मृति दिवस शनिबार विविध कार्यक्रम गरी मनाइएको छ । जनकपुरका पत्रकारहरुले प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरमा विविध कार्यक्रम सहित पत्रकार सिंहको स्मृति दिवस मनाएको हो । स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संघ धनुषा शाखाले श्रद्धाञ्जली सभाका साथै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पत्रकार सिंहको अन्तिम समयमा रगत अभावकै कारणले मृत्यु भएकोले उनकोे स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष दिपेन्द्र प्रसाद सिंहले बताए । जनकपुर अंचल अस्पतालको प्रांगनमा रहेको रेडक्रसको कार्यालयमा विहान १० बजे कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष रामअशिष यादव, निवर्तमान उपाध्यक्ष अनिल मिश्र , क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य शैलेन्द्र महत्तो, गोविन्द महत्तो, राजकमल सिंह, वृषेश यादव, मनिका झा, मनिका खतिवडा, कासिन्द्र शर्मा लगायतका पत्रकारहरु र सुरक्षाकर्मीहरु गरी कुल २८ जनाले रक्तदान गरेका थिए ।  त्यसैगरी नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष रामअशिष यादवको अध्यक्षतामा शहिद पत्रकार उमा सिंहको स्मृति दिवमा श्रद्धाञ्जली सभा आयोजन गरिएको थियो । जनकपुरस्थित रेडियो टुडेमा कार्यरत महिला पत्रकार सिंहलाई विक्रम सम्बत २०६५ साल पुस २७ गते जनकपुरको रजौल स्थित डेरामा बसेको बेला अज्ञात समूहले धारिलो हतियार प्रहार गरि विभत्स तरिकाले हत्या गरेका थिए । उनको हत्यामा संलग्न मुख्य योजनाकार स्वामी भनिने उमेश यादव पक्राउ परी जेल चलान भइसकेको छ । उमाको हत्या भएको करिव ४ वर्ष ८ महिना पछि मुख्य अभियुक्त यादवलाई गत भदौ ३१ गते सुदुरपश्चिमको कैलाली जिल्लाको धनगढीबाट पक्राउ गरिएको थियो । त्यस्तै हत्याको कारक मानिएकी उनकी भाउजु ललिता सिंह र नेमलाल पासवान जम्म कैदको सजाय भोगिरहेका छन, भने माओवादी सम्बद्ध श्रवण यादवले जेलबाट मुक्ति पाइसकेका छन् । उनकी दाजु र बुबालाई माओवादीले अपहरण गरी हत्या गरेका थिए । उनी स्वयम पनि छोटो समय अपहरणमा परी मुक्त भएकी थिइन । उमाका हत्याका मुख्य अभियुक्त उमेश यादव पक्राउ परेपनि उमाको हत्या किन गरिएको हो त्यसको रहस्य हालसम्म यथावत छ । त्यसैगरी उमाको हत्यामा संलग्न भएका दर्जनौं व्यक्तिहरु अझैपनि कानुनको कठघरामा आउन सकेका छैनन ।

मिति ः २०७०/०९/२८

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete