Tuesday, January 14, 2014

क्रिकेटर दिपक कसरी बन्यो सार्प सुटर अजय मुक्ति ?



अजय अनुरागी
जनकपुरधाम............


महोत्तरी वथनाहा(४ का रामसेवक सिंहका नाति जइवेन्द्र सिंहका २९ वर्षिय छोरा हुन दिपक कुमार सिंह । नेपाली कांग्रेस महोत्तरी जिल्ला कमिटीको सदस्यको रुपमा रहेका जइवेन्द्रको छोरा दिपक क्रिकेट खेलाडी थिए ।
    १९ वर्षको उमेर छँदा दिपक जनकपुरको तर्फबाट युएईमा क्रिकेट खेल्ने तयारीमा थिए । क्रिकेटको तयारीकै क्रममा दाहिने खुट्टा फ्याक्चर भएपछि क्रिकेटको जीवन नै सकिएको अनुभुति गरिरहेका दिपक जनकपुरको मोडेल क्याम्पसको कक्षा १२ को जाँच पनि दिसकेका थिए । तर परीक्षामा अनुत्तीर्ण भएपछि दिपक झनै निराश भए । त्यसपछि भारत विहारको सुरसण्ड स्थित एक कलेजबाट प्रविणता प्रमाण पत्र तह (इन्टरमेडियेट) उत्तीर्ण गरी घर आएका थिए । सोही क्रममा गाउँकै २८ वर्षिय दिपेश भन्ने सौरभ मिश्राले अविनाश मुक्ति भन्ने मान्छेसँग भेटघाट गर्ने प्रस्ताव राख्यो । अविनाश मुक्तिसँग भेटघाट भएपछि अविनाशले दिपकलाई भारतको सुरसण्डको एउटा सिनेमा हल अगाडी राजन मुक्ति भन्ने रंंजित झासँग चिनजान गरायो ।
दिपक सिंह उर्फ अजय मुक्ति
     तराईको मुक्तिको लागि आफु भुमिगत राजनीतिमा लागेको भन्ने राजनले दिपकलाई विश्वास दिलाए पछि दिपक पनि राजन मुक्तिको पार्टीमा काम गर्ने सहमत भए र उनीहरुको पार्टीमा आवद्ध भए । र, दिपकको नयाँ नाम ‘अजय मुक्ति’ पार्टीले नामाकरण गरेको थियो । उक्त पार्टीले महोत्तरी र धनुषा जिल्ला हेर्ने एसटीएफ कमाण्डर, शुटरको रुपमा काम गर्ने जिम्मेवारी उनलाई पार्टीले प्रदान ग¥यो । राजन मुक्तिको पार्टीमा आवद्ध भएका दिपक उर्फ अजय मुक्ति अहिले प्रहरी हिरासतमा छन् । संविधानसभा चुनाव विथोल्नका लागि हतियार सहित परिचालित भएको बेला धनुषाको तुल्सीयाही(७ स्थित खोला नजिकबाट दिपकको साथबाट ढ mm को पेस्तोल(१, गोली(२, म्यागजीन(१ र लागु औषध साथ पक्राउ गरिएको धनुषा प्रहरीको दावी छ । प्रहरी समक्ष गरिएको वयानमा राजन मुक्तिको निर्देशनमा भारत सितामढी सुरसण्डका २९ वर्षिय नितिन तिवारी र सितामढीकै अशोकजी भन्ने अशोक यादवले कुनै पनि घटनालाई अन्जाम दिनका लागि हतियार र सवारीसाधन उपलब्ध गराउने गरेको दिपकले बताएका छन । घटना गराउनु अगाडी लागु औषध सेवन गर्ने, एकहोरो भए पश्चात घटना गराउँदा मोटरसाइकलमा दुई जना आई गोली हानी फरार हुने गर्दथे र घटना पश्चात बोर्डरमा गई राजन मुक्तिलाई घटनालाई अन्जाम दिइएको भन्ने खवर गर्थे । र, राजन मुक्लिेले मिडियामा फोन गरी घटनाको जिम्मेवारी लिने गर्थे । अजय मुक्तिले समेत मोर्चामा रहेका कार्यकर्ताहरुको बारेमा प्रहरी समक्ष बयान दिएका छन । उनका अनुसार राजन मुक्ति सुप्रिमो रहेको उक्त पार्टीमा ३०÷३१ वर्ष मोटो छोटो राजन सँगै वस्नेगरेका संतोष भन्ने व्यक्तिलाई राजनले चिनाएको हो । यसका अतिरिक्त भारतमा रहेका व्यक्तिहरुमा राजन मुक्तिको हातहतियार व्यवस्था गर्ने, चन्दा एवम आर्थिक हेर्ने अशोकजी र नितिन तिवारी रहेको दिपकले प्रहरी समक्ष  बयान दिएका छन । उनी आफै, महोत्तरी बथनाहाका दिपेश भन्ने सौरभ मिश्रा, बथनाहाका संजीव झा राजन मुक्तिको सुटरको रुपमा काम गर्ने गरेको स्वीकारेका छन । यसका अतिरिक्त पार्टीका अन्य कार्यकर्ताहरुमा महोत्तरी जलेश्वर (१ खैराटोलका विमलेश भन्ने व्यक्ति, यकिन ठेगाना थाहा नभएको विनय पाण्डे, धनुषा विन्धीका मैदुन भन्ने मुस्लमान, महोत्तरी बथनाहाका मनोज झा, महोत्तरीको महोत्तरी गाउँका मदन भन्ने व्यक्तिहरु पार्टीको तराईका जिल्लाहरुमा कार्यसमिति रहेको भनी राजन मुक्तिले आफुलाई जानकारी गराएको दिपकले प्रहरी समक्ष बयान दिएका छन । राजन मुक्तिले ती व्यक्तिहरुसँग एक आपसमा सम्पर्क गर्न नदिने गरेको दिपकले बताएका छन । राजन भारतमा सितामढी र पटनामा होटेलमा फ्लायट लिई बस्ने गरेको तथा आपराधिक कार्यलाई अन्जाम दिन होटेलमै बसेर योजना बनाउने तथा मिटिङ गर्ने गरेको दिपकले बताएका छन् ।
दिपकलाई धनुषाको तुल्सीयाही जव्दी ७ बाट सिमावत्र्ती प्रहरी, विषेश सुचना तथा प्राविधिक सहयोगका आधारमा पक्राउ गरिएको प्रहरीले बताएका छन । प्रहरीका अनुसार सिंहले धनुषा र महोत्तरीमा थुप्रै अपराधिक घटनाहरु गराई फरार रहेको थियो ।
दिपकले ३० मंसिर २०६५ मा जनकपुर ४ का कुमार निरौला, ३ पौष २०६५ मा चितवन जगतपुर ९ वस्ने छिन्नमस्ता सशस्त्र प्रहरीगण वर्दीवास दरवन्दी भई सपही वेश क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवलदार मंगल हरिजनलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले आरोप लगाएको छ । यसैगरी १९ मंसिर २०६५ मा जनकपुर ४ वस्ने कृष्ण कुमार मिश्रलाई, ३ वैशाख २०७० मा जनकपुर ४ स्थित अशोक सिन्हाको घरमा वस्ने महोत्तरी इटहर्वा( ८ का उपेन्द्र ओझालाई गोली प्रहार गरी घाइते वनाएको प्रहरीले दावी गरेको छ । त्यसैगरी ५ अषाद २०७० मा महोत्तरीको मनरा ८ मा स्थानीय अजय कुमार सिंह र उनको श्रीमति सोनम सिंहलाई, १० साउन २०७० मा महोत्तरीको जलेश्वर ५ स्थित खैरा चौकमा रहेको मधेसी जनअधिकार फोरमको कार्यालय भित्र जलेश्वर ६ वस्ने उक्त पार्टीका सचिव प्रगास साहलाई र २ अषाढ २०७० मा मनरा ८ का विकास कुमार सिंह र शैलेन्द्र मण्डललाई दिपकले गोली प्रहार गरी घाइते बनाएको प्रहरीको दावी छ । त्यसैगरी जानकी मेडिकल कलेजका संचालक अशोक सिन्हा संग पटक पटक गरी रु १ लाख ६४ हजार नगद चन्दा लिएको तथा जनकपुर तथा महोत्तरीका विभिन्न पेशामा संलग्न इन्जिनियर, उद्योगी, व्यापारी, संघ संस्था, राष्टू सेवक, शिक्षक, कर्मचारीहरु समेतबाट चन्दा असुलेको प्रहरीले बताएका छन ।
विभिन्न घटनाको क्रममा बरामद गरिएका ९ एमएमको पेस्तोल थान १, सोको गोली २ र म्याग्जीन १ संगै २ थान मोवाईल र लागु औषधिहरु समेत प्रहरीले सार्वजनिक गरेका थिए । २०६३ साल देखि राजन मुक्तिको समुहमा आवद्ध रहेका सिंह विगतमा भारतमा अपहरण तथा शरिर बन्धक मुद्दामा भारतमा पक्राउ भई १३ महिना जेल सजाय काटेको तथा १० माघ २०६७ मा जनकपुर ७ बाट हातहतियार सहित पक्राउ परी जेल पठाईएको र १२ फागुन २०६९ मा धरौटीमा छुटेको बताएका छन ।




मिति ः २०७०/०९/२८

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete