Tuesday, August 6, 2013

अन्यौलका वावजुद चुनावको माहौल बनाउँदै दलहरु
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले आगामी मंसिर ४ मा संविधानसभाको दोस्रो चुनाव गराउने तयारीमा जुटिरहेको बेला राजनीतिक दलहरुबीच सहमति नजुटिरहँदा निर्धारित मितिमै चुनाव हुने वा नहुने अन्यौल कायमै छ । यद्यपि एकातर्फ सत्तापक्षका तीन प्रमुख राजनीतिक दल एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयूक्त मधेसी मोर्चाका घटकदलहरु मंसिर ४ मै निर्वाचन सरकारले हरहालतमा गराउनु पर्छ भनिरहेका छन भने अर्को तर्फ निर्वाचनको विरोधमा रहेका मोहन वैद्य नेतृत्वको नेकपा(माओवादी, उपेन्द्र यादव नेतृत्वको फोरम, अशोक राई नेतृत्वको संघीय समाजवादी लगायतको ३३ वटा राजनीतिक दलहरुको मोर्चाले यथास्थितिमा मंसिर ४ मा कुनै हालतमा निर्वाचन नहुने अडान दोहो¥याएका मात्र छैनन, सरकारले बलजफ्ती चुनाव गराउन खोजे बहिष्कार मात्र हैन विथोल्ने चेतावनी समेत दिँदै आएका छन । आन्दोलनमा रहेका मोहन वैद्य नेतृत्वको माओवादीले मत पेटिकामा हम्मरले फुटाएर प्रतिकात्मक रुपले चुनाव विथोल्ने संकेत पनि दिईसकेका छन । यद्यपि सरकारले विरोधमा रहेका राजनीतिक दलहरुलाई बार्तामा आउन औपचारिक रुपमै पटक पटक पत्राचार गरेपनि पुर्णतः सरकारले सफलता पाउन सकेको छैन ।
अन्योलमा निर्वाचन
मिति नजिकिंदै जाँदा निर्वाचन अझ् अनिश्चित बन्दैछ । निर्वाचन अनिश्चित हुनुको कारणमा दुवै माओवादीहरू देखिन्छन । जनसंख्याको आधारमा क्षेत्र निर्धारण नगरे निर्वाचनमा नजाने मधेशका केही दलको अडान छ भने माओवादी लगायत ३३ दल विवादित ११ तथा २५ बुँदे सहमतिको खारेज गर्नुपर्छ भन्दैछन् । चार दलीय संयन्त्र तथा सरकारले असन्तुष्ट दलहरूसँग वार्ता जारी राखेको बताए पनि माओवादीले मतपेटिका माथि घनले हिर्काउँदै आफ्नो केन्द्रीय समितिको निर्णयको सांकेतिक प्रयोग गरिसकेको छ ।
१८ श्रावणमा जनकपुरमा पत्रकार सम्मेलन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावको वातावरण बनाउने तर्फ ४ राजनीतिक दल इमान्दार नरहेको तथा अन्तरिम चुनाव मन्त्रीपरिषदको भुमिका समेत इमान्दार नरहेको भन्दै वैद्य पक्ष चुनावमा सहभागी नहोस भन्ने एमाओवादीको चाहना,  अशोक राई नेतृत्वको संघीय समाजवादी चुनावमा सहभागी नहोस भन्ने एमालेको चाहना र उपेन्द्र यादवको फोरम चुनावमा सहभागी नहोस भन्ने विजय गच्छदारको चाहना रहेको आरोप लगाउँदै वार्ताको नाटक मात्र भैरहेको आरोप लगाउनु भयो ।
 ऐकिकृत नेकपा माओबादीले पहिचान सहितको संघियता र संघियता सहितको संबिधान निर्माण गर्ने उदेश्यका साथ दोस्रो संबिधानसभाको चुनाबी अभियान सुरु गरेको छ ।क्रान्तिकारी पत्रकार संघले  जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एनेकपा माओबादीका नेता गिरीराज मणी पोखरेलले तोकिएको समयमै निर्बाचन सम्पन्न गराउनका लागि चुनाबी बाताबरण बनाउन आफुहरु गाँउ गाँउ जान लागेको बताउनु भयो । पोखरेलले दलहरुलाई असफल गराएर मुलुकलाई द्वन्दमा फसाउने खेल भईरहेका कारण निर्धारित समयमै निर्बाचन सम्पन्न गरि संक्रमणकालको अन्तय गर्नु पर्ने धारणा राख्नु भयो । नेकपा(माओबादी र राजाबादीहरुबिच भईरहेको एकिकरणको चर्चाको बिषयमा सञ्चारकर्मीले सोधेको  प्रश्नको जवाफ दिदै पोखरेलले पुर्ब राजा ज्ञानेन्द्रलाई  ब्युताउने खेल भएमा परिर्बतनको लागि काम गर्ने शक्तिहरु चुपलागेर नबस्ने चेताबनी दिनु भयो ।एमाओबादीले चुनाबी बाताबरण बनाउनको लागि प्रत्येक निर्बाचन क्षेत्रमा केन्द्रिय सदस्यको संयोजक्तबमा टोलि गठन गरेको छ । टोलिले सबै पक्षको राय संकलन गरि भदौ ११ गते बस्ने केन्द्रिय कमिटिको बैठकमा राखिने बताईएको छ ।
बढ्दो जनसंख्या,घटदो मतदाता
वि.सं. २०५८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो । र, २०६८ सालको जनगणनामा बढेर २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुग्यो । त्यस्तै, वि.सं. २०६५ सालमा भएको संविधानसभा निर्वाचनमा कुल मतदाता संख्या एक करोड ७६ लाखा ११ हजार ८ सय ३२ थियो । २०७० को निर्वाचन प्रयोजनका निम्ति संकलित नामावलीअनुसार कुल मतदाता संख्या घटेर एक करोड २१ लाख ३२ हजार एक सय ६० मा झरेको छ । नेपालमा नौलो अतथ्यांक देखिएको छ । जनसंख्या वृद्धि भएको छ । तर, मतदाता घटेका छन । २०६५ सालको मधेशका कुन जिल्लामा कति घट्यो ? मतदाता भन्दा २०७० सालको मतदाता संख्या ५५ लाख ७१ जना घटेका छन । अहिले ल्याइएका फोटोसहितको मतदाता नामावलीमा उनीहरुको नाम समावेश भएको छैन । उनीहरु गएको संविधानसभामा त मतदान गर्न पाएका थिए । तर, आगामी संविधानसभाको निर्वाचनमा मत हाल्नबाट बञ्चित हुने छन । गत संविधानसभा निर्वाचन मधेशका २० जिल्लाका ८३ लाख ९८ हजार १ सय १९ जनाको नाम मतदाता नामावलीमा समावेश थियो । तर, २०७० मा हुने भनिएको निर्वाचनका लागि संकलित फोटोसहितको मतदाता नामावलीमा ६० लाख १९ हजार ९ सय २५ जनाको मात्र नाम छ । अर्थात, मधेशका २० जिल्लामा २३ लाख ७८ हजार १ सय ९४ जनाको नाम छुटेको छ । र, मतदान गर्न पाउने उमेर समुहका यूवाको संख्या पनि बढेको छ । यस तथ्यांकलाई आधार मान्ने हो भने अझ धेरै व्यक्ति मतदानको अधिकारबाट बञ्चित हुने भएका छन ।
धनुषामा मतदाताको अवस्था
विगत संविधानसभाको चुनाव हुँदा धनुषामा ४ लाख ६२ हजार ६ सय मतदाता रहेको थियो भने यस पटक फोटो सहितको मतदाता नामावलीको संख्या ३ लाख ४३ हजार रहेको छ । विगतको भन्दा यस पटक धनुषामा मात्रै १ लाख १९ हजार ६ सय मतदाता घटेको छ  । जव कि २०६७ भाद्र देखि ३१ अषाढ २०७० राती ९ बजेसम्म मतदाता परिचयपत्र बनाउने समय सिमा हुँदा हुँदै पनि किन संख्या घट्यो भने सवालमा निर्वाचन आयोग धनुषाका मुख्य कम्प्युटर अपरेटर संतोष कुमार राउत भन्छन,“वैदेशिक रोजगारीमा धनुषाबाट मात्रै ७५ हजार यूवा पलायन भएका छन भने विगतमा नागरिकता अनिवार्य नहुँदा दोहोरो तेहोरो समेत परेको थियो, कतिपय मतदाताको मृत्यु पनि भएको छ भने कतिपय छोरीहरु विहेगरेर वाहिर समेत गएका छन । यस अतिरिक्त गाउँमा भन्दा शहरका नागरिकहरुले मतदाता परिचयपत्र लिन चासो नदेखाउनु पनि प्रमुख कारण हो ।” जवकी यस पटक जिल्लाको प्रत्येक गाविसमा नागरिकता टोली वितरण तथा सखुवा महेन्द्रनगर, फुलगामा, रघुनाथपुर, दुहवी र विसरभोरा गरी ५ ठाउँमा एकिकृत घुम्ती शिविर पनि आयोजन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत श्रवण कुमार साह भन्छन,“ बैशाख २१ देखि जेष्ठको मसान्त सम्म गरिएको एकिकृत शिविरमा १९ हजार र कार्यालयबाट ६ हजार गरी २५ हजार नागरिकले नागरिकता पाएको हो । त्यसताका एक दिनमा १ सय २५ देखि १ सय ५० वटा नागरिकताको प्रमाणपत्र कार्यालयबाट वितरण हुन्थ्यो भने अहिले ५० वटा मात्र वितरण हुने गरेको छ ।
    तराई मधेश लोकतान्त्रिक पार्टीका  अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्षद्वय हृदयेश त्रिपाठी, वृषेश चन्द्र लाल, जितेन्द्र सोनल, वृजेश गुप्ता, विजय कुमार सिंह लगायतका नेतृत्वहरुको उपस्थितिमा १९ श्रावणमा जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मतदाता नामावलीमा लाखौ नागरिक छुटेका कारण पुनः म्याद बढाउन सरकार तथा निर्वाचन आयोगसँग आग्रह गरेका थिए । निर्वाचन आयोगले मतदाता संकलनका लागि खटाएको निर्वाचन टोली गाउँ गाउँमा नपुगेका कारण, घुम्ती सिविरमा दशवटा गाविसहरुको काम एक दिनमै गर्दा लाखौ मतदाता मतदान गर्ने अधिकारबाट बञ्चित हुन जाने भएकाले म्याद बढाउन गत अषाढ २३ गते मन्त्रीपरिषदका अध्यक्षलाई लिखितरुपमै आफ्नो पार्टीले ज्ञापन पत्र बुझाएको भएपनि कुनै सुनुवाई नगरिएको तमलोपाका अध्यक्ष ठाकुरले गुनासो व्यक्त गरेका थिए । जनसंख्याको आधारमा पछिल्लो संविधानसभाको चुनावमा निर्वाचन क्षेत्र बढाइएको थियो र फेरी पनि मधेसमा जनसंख्या वढेका कारण अन्तरिम संविधानलाई संशोधन गरेर भएपनि निर्वाचन क्षेत्र वढाइनु पर्ने माग गर्दै यदि नवढाईए त्यसको विरोध गरि नै रहने ठाकुरले चेतावनी दिएका थिए । नागरिकताको सवालमा मधेसमा विदेशी नागरिकहरुले नागरिकता लिने गरेको भनेर निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै ठाकुरले आफ्नो देशको नागरिकलाई विदेशी भन्ने शासक प्रशासक वर्गलाई अलिकति पनि लाज विचार नरहेको टिप्पणी गर्दै यदि कसैले अवैध नागरिकता लिएको छ भने त्यसलाई कानुन अनुसार कारवाई गर्न कसैले नरोकेको जिकिर गरेका थिए ।
समानुपातिक तर्फ सिट संख्या बढाउन मोर्चाको माग
मधेसी मोर्चाले संविधानसभामा समानुपातिक तर्फको सिट संख्या बढाउन माग गरेको छ । यसअघि मोर्चा समेतको प्रमुख राजनीतिक दलहरुले निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष तर्फ बराबर सिट संख्या राख्ने सहमति गरेको थियो ।
बुधबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ ५८ र प्रत्यक्ष तर्फ ४२ प्रतिशत सिट संख्या कायम गर्न माग गरेको तपलोपका नेता हृदयश त्रिपाठीले जानकारी दिए ।
    त्यस्तै बैठकले निर्वाचन क्षेत्र निर्धारण जनसंख्याको आधारमा गर्नुपर्ने आफ्नो पुरानो अडानलाई दोहोर्याएको छ । मधेसको जनसंख्या चाप बढी भएकोले त्यसको सही मुल्याङकन हुनुपर्ने त्रिपाठीले बताए ।
    त्यस्तै बैठकले मतदाता नामावली संकलनको कार्य अझै एक महिना हुनुपर्ने माग गरेको छ । अधिकांश मतदाता नामावली दर्ता गर्नबाट बञ्चित भएकोले नामावली संकलनको कार्यलाई निरन्तरता दिन माग गरिएको मोर्चाले जनाएको छ । नामावली संकलन गत असार मसान्तमा सकिएको थियो ।
धनुषामा पछिल्लो चुनावको फ्ल्यासब्याक
२०६४ साल चैत्र २८ गते सम्पन्न ऐतिहासिक संविधानसभाको निर्वाचनमा धनुषा यस कारण पनि चर्चामा रहयो कि क्षेत्र नं. ५ वाट निर्वाचित डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्टूपति चुनिनु भयो । नेपाली कांग्रेसका तत्कालिन महामन्त्र यादवले १० हजार ३ सय ९२ मत ल्याई आफ्ना निकटतम प्रतिद्धन्दी तमलोपाका प्रत्यासी श्रीकृष्ण यादवलाई ४ सय ८८ मतको अन्तरले पराजित गर्नु भएको थियो । निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका तर्फबाट रामचन्द्र झाले १२ हजार १ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको थियो भने उनका निकटतम प्रतिद्धन्दी माओवादीका प्रत्यासी जोगकुमार बरबरिया यादवले ९ हजार ६ सय ८ मत प्राप्त गरेका थिए । क्षेत्र नं. २ मा नेपाली कांग्रेसका प्रत्यासी रामकृष्ण यादवले ९ हजार ८ सय २५ मत प्राप्त गरी निर्वाचित भएका थिए भने माओवादीका प्रत्यासी रामचन्द्र मण्डलले ८ हजार २ सय १९ मत ल्याएर पराजय हुनु परेको थियो । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका अर्को दिग्गज नेता विमलेन्द्र निधिले जिल्लामै सबै भन्दा वढी मत १५ हजार ५ सय ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा(एमालेका प्रत्यासी हरिदेव मण्डलले ९ हजार ९ सय ३६ मत मात्र हासिल गर्न सकेका थिए । क्षेत्र नं. ४ मा मधेसी जनअधिकार फोरम नेपालका प्रत्यासी संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए भने नेकपा एमालेका प्रत्यासी रघुविर महासेठ ९ हजार २ सय ८२ मत ल्याएर हारको मुख हेर्नु परेको थियो । क्षेत्र नं. ६ मा माओवादी की प्रत्यासी रामकुमारी देवी यादवले ११ हजार ५ सय ७० मत ल्याएर विजयी भएकी थिईन भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रत्यासी प्रेम किशोर प्रसाद साहले ८ हजार ९ सय १३ मत प्राप्त गरेका थिए । क्षेत्र नं. ७ मा  एमालेका शत्रुघन महत्तोले ११ हजार ६ सय २० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रत्यासी आनन्द प्रसाद ढुङगाना ७ हजार ४ सय ६९ मत ल्याएका थिए । क्षेत्र नं. ५ भएको संविधानसभाको उपचुनावमा नेकपा एमालेका रघुविर महासेठले १३ हजार २ सय २२ मत ल्याएर विजय भएका थिए भने तमलोपाका श्रीकृष्ण यादवले ११ हजार ९ सय ८१ मत ल्याएका थिए ।
समानुपातिक मतको अवस्था
पछिल्लो चुनावमा धनुषा जिल्लाको ७ वटै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ भएको मतदानको मतगणना अनुसार नेपाली कांग्रेसले ५८ हजार ५ सय ४१ मत ल्याई पहिलो स्थान हासिल गरेको थियो भने नेकपा एमाले ले ५७ हजार ८ सय ४१ मत हासिल गरि दोस्रो भएको थियो । ३८ हजार ५ सय ३६ मत ल्याई फोरम तेस्रो, ३७ हजार ८ सय १ मत ल्याएर माओवादी चौथो, २९ हजार ८ सय ६१ मत ल्याई तमलोपा पाँचौ र ७ हजार ७ सय २ मत ल्याई सद्भावना छैठौ स्थान हासिल गरेको थियो ।
अवको चुनावमा के हुने ?
यदि मंसिर ४ गते नै संविधानसभाको दोस्रो चुनाव हुने हो भने विगतको राजनीतिक दलको अवस्थामा परिवर्तन आउने निश्चित छ । विभिन्न नेताहरुले विभिन्न पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेका कारण  चुनावी नतिजाको अंक गणितमा हेरफेर हुने निश्चित देखिन्छ । क्षेत्र नं. १ बाट विगतको चुनावमा निर्वाचित रामचन्द्र झा एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गरेका कारण एमालेको जनआधार खस्किने निश्चित भएपनि रत्नेश्वर लाल गोइतले त्यसको भरपाई गर्ने हरसम्भव प्रयत्न गर्ने देखिन्छ भने एमाओवादी मै झा र जोगकुमार बरबरिया यादव बीचको अन्तर संघर्षले कसले टिकट हात पार्ने तथा कोे समानुपातिकमा जाने तय भएपछि मात्र तस्वीर प्रष्ट हुने छ । क्षेत्र नं.२ मा  स्थिति यथावत रहेपनि नेकपा एमालेमा पुनः प्रवेश गरेका यदुवंश झा वा योगनारायण यादवले चुनाव लडे स्थिति केही परिवर्तन हुने सम्भावना रहँदै सदभावनाका राजीव झा ले समेत गृहकार्य थालेकोले स्थिति अन्यौल देखिन्छ । क्षेत्र नं. ३ मा एमालेका हरिदेव मण्डल एमाओवादीमा जानु, तमलोपाका अमरेश नारायण झा फोरममा जानुले अंक गणित हेरफेर हुने सम्भावना देखिन्छ । क्षेत्र नंं. ४ का निर्वाचित नेता फोरमका प्रत्यासी संजय कुमार साह सदभावनामा जानु, नेपाली कांग्रेसका रामसरोज यादवले समेत चुनावको तयारी गर्नु तथा एमालेका रघुविर महासेठ क्षेत्र नं. ३, ४ र ५ मध्ये कुन क्षेत्रबाट उठने निश्चित नहुँदा कडा प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नं.५ मा महासेठ, तमलोपाका स्व.श्रीकृष्ण यादवकी श्रीमतिलाई सहानुभुति मत जाने सम्भावना भएपनि नेपाली कांग्रेसका चन्द्रमोहन यादव र महेन्द्र यादव बीचको अन्तर संघर्षले अहिले नै केही भन्ने अवस्था देखिन्न । क्षेत्र नं. ६ मा स्व.रामकुमारी देवीको ठाउँमा एमाओवादी अध्यक्ष प्रचण्डले लडन सक्ने अवस्थामा अन्य नेताले कुन रणनीति अपनाउने हो प्रष्ट भएको छैन ।

 मिति ः २०७०÷४÷२०

No comments:

Post a Comment