Tuesday, August 6, 2013

समृद्ध राष्ट्र निर्माणमा यूवा विद्यार्थीको भूमिका - रुपेश झा


रुपेश झा
शक्षाक्षेत्र राजनीतिको फोहरी खेलले ग्रसित र दुर्गन्धित भएकाले आजका यूवा विद्यार्थीहरु राजनीतिक दलको झण्डा र डण्डा बोकेर नारा लाउँदै देश नै ठप्प पार्न तम्सिन्छ । यसरी “भत्केको घरको विग्रेको चाला” भनेझै आजका यूवा विद्यार्थीहरु यसरी नै विग्रिदै र बरालिदै जाने हो भने समृद्ध राष्टू नेपालको निर्माण गर्ने सबैको चाहना केवल चाहनामै सिमित हुन जान्छ ।



समृद्ध राष्टू नेपालको निर्माणमा यूवा विद्यार्थीको भूमिका नेपाल भौतिक अवस्थालाई विपन्नताबाट सम्पन्नतातर्फ अनि अथास्थितिबाट उन्नतीतर्फ लानका निम्ति सबैले चाहेको संघीय लोकतान्त्रिक संविधानको निर्माण गरी हामी सबैको साझा प्रयास,हातमालो र भावनात्मक एकताबाट हामी आफैले बनाउने एक शान्त, सुन्दर, विकसित, समुन्नत, सम्पन्न विशाल र शक्तिशाली मुलुकलाई नै समृद्ध राष्टू भनेर भन्न सक्छौ । त्यस्तै पाखुरीमा बल, मनमा आँट र उत्साह र शरीरमा जोश जाँगर अनी उमंग बोकी विद्याधनम् सर्वधनम प्रधानम् भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै उ.मा.वि. तथा विश्वविद्यालय स्तरको ज्ञान हासिल गरिरहेका देशको गतिला खम्बा मानिने यूवा शक्तिलाई नै यूवा विद्यार्थी भन्न सकिन्छ । त्यसैले एक समृद्ध राष्टू नेपालको निर्माण गर्ने महायज्ञमा यूवा विद्यार्थीको भूमिका गहनतम हुन्छ भन्ने कुरा जगजाहेर नै छ ।
आजका यूवा विद्यार्थीहरु भोलीका कर्णधार हुन, देशविकासका उर्जा हुन, देश र जनताको आशा भरोशा हुन । त्यसैले खेर गइरहेको यूवा शक्तिलाई देश विकासको महान अभियानमा  लगाउने सकिएको खण्डमा भोली पक्कै नेपालको मुहारमा विकासको मुस्कान देख्न सकिन्छ । राज्यले यूवा विद्यार्थीको खातिर उपयुक्त वातावरण श्रृजना गर्ने हो भने युरोपेली मुलुकमा नेपाल पनि विकासको हरियाली देखापर्ने छन । सम्पन्नताका भकारीहरु भरिनेछ । भोली उत्पादन हुने असल शिक्षक, प्राध्यापक राजनेता, राष्टू सेवक कर्मचारी, वकिल डाक्टर, खेलाडी, कलाकार पत्रकार, कृषक आदि ।
    हामीले इतिहासलाई पर्केर हेर्नै हो भने पृथ्वीनारायण शाहले २० वर्ष कलिलो उमेरमै नेपाल एकिकरणको सुन्दर सपनालाई विपनामा अनुवाद गर्न तम्सिए र अनन्त सफल भए । त्यस्तै वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना गर्न वि.सं. २०३६ सालको जनमत संग्रहलाई सफल पार्न २०४६ सालमा प्रजातन्त्रको पुनः स्थापना गर्न अनि वि.सं. २०६३ सालमा राजतन्त्रको अन्त्य गर्नका लागि यूवा विद्यार्थीवर्गको आन्दोलनले महत्वपुर्ण एवं अहम भूमिका खेलेको कुरा आज पनि ताजै छ । हामीले सोचेजस्तो समृद्ध राष्टू बनाउने चाहना पुरा गर्न त्यति सजिलो छैन । राष्टिूय विकासको रथ तान्ने आधारभुत शक्ति मानिने कर्मठ यूवा विद्यार्थीहरु नै रोजगारी र पढाईको नाममा काम र मामको लागि विदेश पलायन हुन बाध्य छन ।
    अर्कोतर्फ परिवार र  समाजबाट हेपिएका र चेपिएका अनि वढि माया र स्नेहले पुल्पुलिएका यूवा विद्यार्थीहरु आज कुलत र र्दुव्यशनको शिकार बनिरहेका छन । त्यस्तै राजनीतिक फोहरी खेलले ग्रसित र दुर्गन्धित भएकाले आजका यूवा विद्यार्थीहरु र राजनैतिक दलको झण्डा र डण्डा बोकेर नारा लाउदै देशनै ठप्प पार्न तम्सिन्छ । यसरी भत्केको घरको विग्रेको चाला भनेझै आजका युवा विद्यार्थीहरु यसरी नै विग्रिदै र बरालिदै जाने हो भने समृद्ध राष्टू नेपालको निर्माण गर्ने सबैको चाहना केवल चाहनामै सिमित हुन जान्छ ।
    अन्ततोगत्वा ः हामी नेपालीहरुको गौरवमय अतित छ, विष्मयकारी वर्तमान छ । अब चमत्कारी र समृद्ध राष्टू नेपालको भविष्य निर्माण गर्नूपर्छ । विगतलाई साँची राखेर वर्तमानलाई सिरानी राखेर चमत्कारी र समृद्ध राष्टू नेपालको निर्माण गर्नका खातिर ठुलो त्याग चाहिन्छ । आजका यूवा विद्यार्थीहरु जस्तासुकै स्वार्थ, त्याग, बलिदान र संघर्ष गर्न पनि तयार छन । तसर्थ यसका लागि सबै राजनीतिक दल, बृद्धिजीवी नागरिक समाज, संचारकर्मी, देश विकासका उर्जा मानिने यूवा विद्यार्थीहरुको हातेमालो सहकार्य र एकता हुनुपर्छ, । हामी यूवा विद्यार्थीहरुले देशको वारेमा सोच्नुपर्छ । साथै प्राकृतिक सम्पदाले भरिपुर्ण मुलुकमा आर्थिक क्रान्ति गर्नूपर्छ, औधोगिक क्रान्ति गर्नुपर्छ । हामी सबै नेपालीको चाहना नै समृद्ध राष्टू राष्टू नेपालको निर्माण गर्ने भएकाले उक्त जिम्मेवारीलाई पुरा गर्नुपर्छ । यो नै युगको माग हो, आजको टंककारो आवश्यकता हो भन्न सकिन्छ ।
        शिक्षाक्षेत्र राजनीतिको फोहरी खेलले ग्रसित र दुर्गन्धित भएकाले आजका यूवा विद्यार्थीहरु राजनीतिक दलको झण्डा र डण्डा बोकेर नारा लाउँदै देश नै ठप्प पार्न तम्सिन्छ । यसरी “भत्केको घरको विग्रेको चाला” भनेझै आजका यूवा विद्यार्थीहरु यसरी नै विग्रिदै र बरालिदै जाने हो भने समृद्ध राष्टू नेपालको निर्माण गर्ने सबैको चाहना केवल चाहनामै सिमित हुन जान्छ ।


 मिति ः २०७०÷४÷२०

No comments:

Post a Comment