Tuesday, August 6, 2013

वैद्यजी वार्तामा गए पनि हाम्रो आन्दोलन जारी रहन्छ – मात्रिका यादव



प्रचण्डको कस्तो स्कुल हो भने जनताको अगाडीमा त्यागी देखिने, कार्यकर्ताको अगाडीमा क्रान्तिकारी देखिने र दुश्मनको अगाडी लम्पसार पर्ने अनि अनेक थरिको कुरा गर्ने । त्यो प्रवृति थोर(वहुत वैद्यजीहरुमा पनि छ । पोखराको वैठकमा आम केन्द्रिय सदस्यहरुका अगाडी संघर्ष हो भन्ने, र काठमाडौमा आइसके पछि एक्लौटी रुपमा आश्चर्यचकित ढङ्गले पार्टनर्सहरुलाई पनि नसोधी कुनै सल्लाहै नगरी वार्ता टोली गठन गर्नु भयो । जसरी जनयूद्धवाट आउछ नी पार्टीहरु धुम धडाका गर्ने स्टाइलमा वहाँहरु जानुभयो । वहाँ त पहिले पनि कांग्रेस र एमाले सँग मोर्चा बनाएर जान खोज्नु भएकै हो नि त । तर हामीले दिएनौं नि । रोक्र्यौ नि । नेकपा माओवादीका अध्यक्ष मात्रिका यादवसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ।


तपाई लगायत ३३ दलहरुको मोर्चाले मंसिर ४ गते हुने भनिएको संविधानसभाको निर्वाचनको विरोध किन गरिरहनु भएको छ ?
खास गरी यो चुनाव जुन हुन गइरहेको छ, जनयुद्ध, आन्दोलन,  मधेस आन्दोलन, थारु आन्दोलन, जनजाती आन्दोलनको उपलब्धि भनेको अन्तरिम संविधान हो र अन्तरिम संविधानलाई ध्वस्थ गरेर अहिले असंवैधानिक, अलोकतान्त्रिक र निरकुंश गतिविधि गरेर जुन सरकार गठन भयो, ती दलका नेताहरु मनोमानी ढङ्गले दलाली तन्त्र र लुटतन्त्र जसरी कायम गरेको छ, त्यो तन्त्रबाट जुन चुनाव गराउने भनिएको छ, त्यसबाट जनताको मुक्तिको जुन चाहना छ त्यो पुरा हुँदैन ।
त्यै त देशमा लुटतन्त्र, अराजकतन्त्र लगायत सबै खाले अन्यायबाट मुक्ति पाउन देशका जनता लगायत अन्तराष्ट्रिय समुदायले नेपालमा संविधान खोजेको हो । त्यसैका लागि निश्पक्ष चुनाव गराउन न यो सरकार गठन गरिएको हो ?
त्यो न नेपाली जनतालाई विश्वास , न अन्तराष्ट्रिय समुदायलाई विश्वास छ । अन्तराष्ट्रिय रुपमा जो प्रतिक्रियावादी छ, जसले आफ्नो देशमा जनतालाई दवाईराखेको छ, त्यस्ता तत्वले मात्र समर्थन गरेको छ यो सरकारलाई । तर ती देशका जनताहरु आश्चर्यचकित भएको छ नेपालको यो प्रक्रिया देखेर । ज्ञानेन्द्रको ८ गतेको घोषणालाई पनि अन्तराष्ट्रिय समुदायले समर्थन गरेको नि त । त्यसैले विदेशीले के भन्यो भन्दा पनि नेपाली जनताले के भन्यो त्यो कुरा ठुलो हो ।
नेपाली जनता र  नेपालका राजनीतिक दलहरुले संविधानसभाबाट नया संविधान खोजेको हो न कि गोलमेच सम्मेलनबाट संविधान ?
हामी पनि संविधानसभाकै पक्षमा छौं तर संविधानसभाबाट त लेखिएन नि त । २ वर्षको संविधानसभाबाट ४ वर्षसम्म देशलाई लुटीराख्यो, संविधानसभाले विदेशीको दलाली गरिराख्यो, संविधान बनाउने भन्दा पनि प्रधानमन्त्रीको कुर्सी कसले हासिल गर्ने र विदेशीको दलाली गर्ने अनि देश लुटने कुराको इतिहास त साक्षी छदैछ नि त । त्यो व्यक्तिले फेरी संविधानसभाबाट जनताको पक्षमा नयाँ संविधान लेख्छ भन्ने कुराको के ग्यारेन्टी छ ?
 तपाई पनि त सभासद भएकै व्यक्ति हो, पछि तपाईलाई पार्टीबाट हटाइयो विगतका ती गल्तीहरुमा कहि न कहिँ तपाईको एमाओवादी, माओवादी, डयास माओवादी सबैको दोष हो नि हैन ?
हेर्नुस सबैको दोष छ । डयास माओवादीले पनि विगतमा गल्ती गरेकै हो । अहिले पनि हाम्रो पार्टीको मोहन वैद्य जी सँग सबै कुरामा सहमति छैन ।  कतिपय सवालमा हाम्रा गम्भिर मतभेदहरु छन ।
ती कुन–कुन विषयमा तपाईको र वैद्यजी पार्टी बीच मतभेद छन ?
हामी पछि आएर ती विषयहरुमा छलफल गर्दै आएका छौं । छलफलबाट निराकरण भएन भने हामी तपाईहरु मार्फत जानकारी गराउँछौं । मुख्य कुरा संविधानसभाको निर्वाचन विषयमा हामीले मोर्चाबन्दी गरेका छौंं र आन्दोलन गरिराखेका छौं ।
त्यै त वार्ताका लागि सरकारले पटक पटक आह्वान गरेकै हो नि त ?
वार्ताका लागि हामीलाई सरकारले वोलाएकै छैन । वैद्यजीलाई वार्ताको किन प्यास लागेको हो, मलाई थाहा भएन । ३३ दललाई वोलाइएको छैन । मधेसमा एउटा भनाई छ, एक वापत के दल सब गोटे चल भन्ने वार्तामा हामी जाने वाला छैनौ ।
त्यसो हो भने सरकारले वैद्यजीसँग मात्र वार्ता गरेर समाधान हुदैन तपाईहरु सबै सँग छुटटै वार्ता गर्नु पर्यो ?
 हामीसँग वार्ता नै गर्नु पर्दैन । पहिले गरिएका गल्तीहरु सच्याउनु पर्यो । अनि पो वार्ताको अर्थ हुन्छ ।
वैद्यजी वार्तामा जानु भयो र चुनावमा सहभागी हुनु भयो भने तपाईहरुले के गर्नु हुन्छ ?
हैन वैद्यजी उता तिर मिल्नु भयो भने पनि हाम्रो आन्दोलन जारी रहन्छ ।
तपाईहरुकै मोर्चामा रहेका उपेन्द्रजीहरु निर्वाचन आयोजनमा दल पनि दर्ता गरिसक्नु भएको छ । चुनावमा सहभागी हुने तयारी पनि गर्दैछन ।
हाम्रो मोर्चामा फोरमहरु थिएन । केही कार्यक्रममा मात्र सँगै गएका छौं । वार्तामा उपेन्द्रजीहरु गईपनि रहनु भएको छ । विगतका वार्ताहरुबाट वहाँहरुले के के उपलब्धि पाउनु भयो , थाहा भएकै कुरा हो । साँच्चै मधेसी, दलित, शोषित, उत्पीडितहरुको अधिकारको पक्षपाती वहाँहरु हो भने आन्दोलनका लागि सशक्त मोर्चाको विकल्प छैन ।
द एक्सक्लुसिभ पत्रिका मार्फत तपाईले के भन्नुभएको थियो भने वैद्यजी एमाओवादी छोडेर आउनु हुन्छ भने मेरो पार्टीले वहाँलाई नेता मान्न तयार हुन्छ । आज वहाँहरु अलग्गै हुनु भएको छ र पनि तपाईले वहाँलाई नेता किन मानिरहनु भएको छैन, वा तपाईको पार्टी र वैद्यजीको पार्टी बीच एकीकरण किन भएको छैन ?
सवभन्दा पहिले वैद्यजीहरु मधेस वारे स्पष्ट हुनु हुन्न । अर्को कुरो वहाँहरु जुन जनयुद्धको जग भन्नु हुन्छ, त्यसको जग नै छैन । गोलमेच सभा भन्नु हुन्छ, प्रतिक्रियावादीहरुसँग गोलमेच सभा गरेर समस्या समाधान हुँदैन । यी विषयहरुमा हाम्रो मतभेद छ । हामीलाई त के लागेको थियो भने वहाँहरु प्रतिक्रान्तिकारी को धार छोडेर क्रान्तिकारी धारमा लाग्नु हुनेछ भन्ने लागेको थियो तर वहाँहरु अझै पनि अलमलमा हुनु हुन्छ ।
राष्ट्रियताको सवालमा वहाँहरु पुर्व राजा ज्ञानेन्द्र सँग पनि सहकार्य गर्न तयार हुनु हुन्छ नि ?
यदि पुर्व राजा ज्ञानेन्द्रलार्य वहाँहरु देशभकत ठान्नु हुन्छ भने वहाँको वैचारिक समस्या हो । मुक्तिकामी जनताको मनोविज्ञान पनि वहाँहरुले नबुझेको हुन सक्छ । जनताको चाहना विपरित जाने कोशिश गर्नु भयो भने हामी वहाँहरुसँग छलफल गर्नै पर्छ ।
चीनबाट वैद्यजी फर्केपछि एमाओवादीसँग सहकार्य वा एकता गरी चुनावमा सहभागी हुन त सुझाव दियो नि । वहाँहरु कुनै वेला केही पनि गर्न सक्नु हुन्छ तपाईले के गर्ने ?
 चीनसँग वहाँले के कुरा गर्नु भयो त्यो कुरा हामीलाई थाहा छैन । हामी सँग वहाँले प्रचण्ड सँग कुनै सहकार्य हुँदैन भन्नु भएको छ । कुनै एकता हुँदैन भन्नु भएको छ । त्यसैमा हामीले विश्वास गरिराखेका छांै ।
प्रचण्डजी चीन र भारत, वैद्यजी चीन भ्रमण गरेर आउनु भयो । तपाईलाई कुनै पनि देशले बोलाएको छैन ?
मुख्य कुरो के हो भने जोबाट अलिकता केही दलाली हुन सक्छ त्यसैलाई बोलाउने हो । हामीलाई कसैले बोलाएको छैन । कसैले बोलाउदैमा हामी जाने पक्षमा पनि छैनौं ।
एउटा माओवादीको नेतृत्व तपाईले पनि गरिहुन भएको अवस्थामा तपाईलाई पनि त खोज्नु पर्ने हो नि अन्तराष्ट्रिय समुदायले ?
अन्तराष्ट्रिय समुदायले के बुझिराखेको छ भने हाम्रो पार्टी नेकपा(माओवादी सानो भए पनि कसैको दलाली गर्ने वा कसैको इसारामा नाच्ने पार्टी होइन । तिनीहरुले यो कुरा बुझेर नै नबोलाएको हो ।
अन्य राजनीतिक दलहरुले त सरकारलाई पेलेरै भए पनि मंसिर ४ मा चुनाव गराउनु पर्छ भनेर उक्साई राखेका छन नि । त्यसो पेलेर जान खोज्यो भने तपाईहरुले के गर्नु हुन्छ ?
हामी त भनिसक्र्यौ, एक त चुनावै गर्दैनन यिनीहरु । मुखमा मात्रै चुनाव छ । सबै पार्टी भित्र पदको मारामार छन । सबै पार्टीले भनि राखेका छन, हाम्रो पार्टीको वहुमत आएन भने संविधान वन्दैन । यसको अर्थ अरुको पक्षमा जनताले मत हाल्यो भने यिनीहरुले मान्दै मान्दैनन । त्यसैले त्यो चुनावमा जानुको कुनै अर्थ छ र ? त्यसैले यिनीहरु चुनाव चुनाव भनेर जनतामा चुनावी आतङक सृजना गरिरहेको छ ।
    अहिले दुनियाँमा दुइटा आतङक छ एउटा विकासको आङ्क र विकासको आतङकको नाउँमा मुठ्ठीभर मान्छेले अकुल सम्पत्ती जोडने र बाँकी जनता झन(झन गरिव हुँदै जाने । अर्को कुरा चुनावको आतङक फैलाई सत्तामा पुग्ने, सम्पत्ती लुटने तर जनताको समस्यालाई सडकमै छोडिदिने प्रपञ्च मात्र हो । हामी त्यो आतङ्कको विरुद्धमा छौं । क्रान्तिकारी घारको रक्षा गर्ने पक्षमा छौं, चाहे हाम्रो संगठनको आकार सानै किन न होस ।
नेकपा–माओवादीको पोखरा वैठकबाट चुनाव वहिष्कार गर्ने निर्णय लियो र फेरी वैद्यकै अध्यक्षतामा उच्च स्तरीय वार्ता कमिटी पनि बनायो । यो सबै हेर्दा तपाईहरुलाई भ्रममा राखेको छ जस्तो लाग्दैन ?
ठुल–ठुला पार्टी र नेताहरुको तीनटा प्रकृति छ । त्यो प्रचण्डकै प्रवृति पनि छ किन भने हामी पनि प्रचण्डकै स्कुलिङमा धेरै दिन सम्म बस्र्यौ । प्रचण्डको कस्तो स्कुल हो भने जनताको अगाडीमा त्यागी देखिने, कार्यकर्ताको अगाडीमा क्रान्तिकारी देखिने र दुश्मनको अगाडी लम्पसार पर्ने अनि अनेक थरिको कुरा गर्ने । त्यो प्रवृति थोर(वहुत वैद्यजीहरुमा पनि छ । पोखराको वैठकमा आम केन्द्रिय सदस्यहरुका अगाडी संघर्ष हो भन्ने, र काठमाडौमा आइसके पछि एक्लौटी रुपमा आश्चर्यचकित ढङ्गले पार्टनर्सहरुलाई पनि नसोधी कुनै सल्लाहै नगरी वार्ता टोली गठन गर्नु भयो । जसरी जनयूद्धवाट आउछ नी पार्टीहरु धुम धडाका गर्ने स्टाइलमा वहाँहरु जानुभयो ।
    वहाँ त पहिले पनि कांग्रेस र एमाले सँग मोर्चा बनाएर जान खोज्नु भएकै हो नि त । तर हामीले दिएनौं नि । रोक्र्यौ नि । त्यसै गरी हामी कोशिस गर्छौ, एउटा क्रान्तिकारी धारको निर्माण होस । र वहाँले नै क्रान्तिकारी धारको नेतृत्व गरुन । वहाँमा त्यो सामथर््य पनि छ ।
के देख्यिो भने सडक संघर्षको आवश्यकता पर्दा मात्र याद गर्नुहुन्छ तपाईहरुलाई ?
त्यो होा भने नराम्रो कुरा हो । हामी वहाँहरुलाई विग्रन दिन्र्नौै । हामी रोक्छौं । हामीलाई प्रयोग मात्र गर्ने वहाँको यदि रणनीति हो भने त्यसमा सफलता हुन दिन्र्नौ । वरु छलफल गरेर हाम्रै मार्गमा अगाडी वढन मोटिभेट गर्छौ ।


 मिति ः २०७०÷४÷२०

No comments:

Post a Comment