Tuesday, August 6, 2013

अपराधको राजधानी बन्दैछ महोत्तरी


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अपहरित सहनीको हत्या
 महोत्तरीको सरपल्लो –७ का माछा व्यापारी २४ वर्षिय विक्रम सहनीको अपहरण पश्चात हत्या गरिएको छ । सहनीको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले जनाएकाछन ।
पोखरभिण्डा बजारबाट माछा बिक्री गरेर घर फर्कने क्रममा शनिबार राती १० बजे सहनीलाई सहसौला (६ वाट अज्ञात समूहले अपहरण गरेका थिए । प्ररहरी उपरीक्षक श्रेष्ठका अनुसार सहसौला (५ स्थित रामानन्दन यादवको खेतमा आँखामा कालोपट्टि र हात बाँधिएको अवस्थामा शव फेला परेको हो । शरिर भरी गम्भीर चोट लागेको निल डाम देखिएको छ । अपहरणकारीहरुको चरम यातना सहन नसक्दा सहनीको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सहनीको मृत्यु भए पश्चात अपहरणकारीहरुले शव फालेर भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
    प्रहरीका अनुसार सहिनले चलाएको ना २३ प ८१२० नम्वरको मोटरसाईकल सोनौल गाविस नजिक चौरीमा  आईतबार बिहान फेला परेको थियो ।
    अपहरणकारीले आईतबार विहान ४ वजे मृतकका पिता रामलखन सहनीलाई फोनगरि दश लाख रुपंैया फिरौती मागेका थिए । फिरौती नदिए छोराको हत्या गरिदिने धम्की दिएको पिडितका वुवा रामलखन सहनीले बताए ।
माछा व्यवसाय गर्दै आएका सहनी परिवारले माग अनुसारको फिरौती रकम तिर्न नसक्दा नै बिक्रमको हत्या गरिएको जनाइएकोछ । मृतकका पिता रामलखनका अनुसार गएराती ८ बजे सम्म बिक्रम सम्पर्कमा रहेका थिए । ‘अपहरणकारीहरुले फिरौती माग्ने क्रममा राती ८ बजे छोरासित सम्पर्क गराएका थिए’रामलखनले बसृुन्धारा आँशु बगाए(त्यसपछि स्वर सुन्न सकिएन । सहनी केहि महिना पूर्ब मात्र विदेशबाट काम गरेर फर्केका थिए अपहरणकारीहरुले मृतकका पितासित माग गरिएको रकम पाउने संभावना क्षिण भएको अनुमानगरि चरम यातना दिएको र त्यसै कारण उनको मृत्यु भएको आशंकापनि  गरिदैछ । शवलाइ पोष्टमार्टमपछि परिजनलाई बुझाइएको जिप्रका महोत्तरीले जनाएकोछ ।
प्रहरीले अपहरणकारीहरुलाई खोजी भइरहेको जनाउँदै दोषी पक्रन ब्यापक प्रहरी परिचालन गरिएको जनाएकोछ ।
सात दिन भित्रै महोत्तरीमा भएको मधेशी जनअधिकार फोरम नेपालको पार्टी कार्यालय सचिवमाथिको गोली प्रहार र सहनीको अपहरणपछि हत्याको घटनाले जिल्लाबासी त्रसित भएकाछन ।
नेता माथि पनि गोली प्रहार
मधेशी जनअधिकार फोरम नेपाल महोत्तरीका कार्यालय सचिव समेत रहेका जिल्ला सदस्यमाथि गत बिहिबार मध्यान्ह गोली प्रहार गरिएकोछ ।
पार्टी कार्यालयमा बसिरहेको बखत सदस्य प्रगाश साहमाथि गोली प्रहार गरिएको फोरम महोत्तरीले जनाएकोछ ।सदरमुकाम जलेश्वरको खैरा चोकमा रहेको पार्टी कार्यालयमा साहमाथि गोली प्रहारगर्दा उनको बा ? या पाखुरामा गोली लागेकोछ । जलेश्वर(६ घर भएका साह फोरम नेपालको खैरा चौक स्थित पार्टी कार्यालयमा वसेको बखत करिब १२ः४० वजे दुई जनाको संख्यामा रहेका हतियारधारीहरुले उनी माथि एक राउड गोली प्रहार गरेको थियो ।
    उनको उपचार जलेश्वर अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  
    बी आर ८२६३ नम्वरको रातो रंगको टिभीएस मोटर साईकलचढि आएका ती हतियारधारीहरुले पार्टी कार्यालय अगाडी मोटरसाइकल रोकेर गोली प्रहार गरेको घाइते साहले जनाए ।
गोली प्रहार गरे लगतै उनीहरु त्यही मोटरसाईकलमा चढि स्थानियहरु माथि पेस्तोल ते¥सयाउँदै भारतीय नाका भिट्टामोड तर्फ गएको प्रत्यक्षदर्शीहरुले जनाएकाछन ।
घटनाको जिम्मेबारी जनतान्त्रिक तराइ मुक्ती मोर्चाका अध्यक्ष राजन मुक्तीले लिएकाछन । घटना भए लगतै सञ्चारकर्मीहरुलाई टेलिफोनगर्दै पूर्ब चेतावनीलाइ अस्विकार गरेको कारण पार्टी कार्यालयमा गोली प्रहार गरिएको दाबी गरे ।
उनले खिलराज रेग्मीको सरकारलाई चुनाव गराउने हैसियत नभएको भन्दै तराई केन्द्रित दलहरुलाई चुनाव बहिष्कार गर्न र तराईमा रहेको पार्टी कार्यालयहरु बन्द गर्न केहि दिन पूर्ब धम्की दिएका थिए ।
    मुक्तीले दलहरुले अटेर गरे कार्वाही जारी राख्ने उल्लेखगर्दै घोषित चुनावलाई सशक्त रुपमा बिथोल्ने दाबी गरेकाछन । घटनाको फोरम नेपाल घनुषाका अध्यक्ष शेषनारायण यादवले भत्सर्नागर्दै दोषीहरुलाई पक्राउगरि कार्वाहीको माग गरेकाछन । बिहिबार जारी गरेको विज्ञप्तिमा दिनदहाडै गोली प्रहारगर्नेलाई पक्राउ गर्न नसक्ने गृहमन्त्रालयले चुनावको सुरक्षा दिने हास्याष्पद दाबी गरेको उनले आरोप लगाएकाछन ।
    यसैगरि निर्माण व्यवसायी संघ महोत्तरीका अध्यक्ष मुनेश्वर चौधरीले पनि घटनाको भत्सर्ना गरेकाछन । यता, मधेशी युवा फोरम, नेपाल धनुषाले घटनको भत्रसना गरेको छ । जिल्ला अध्यक्ष मुकेश यादवले बिहीबार एक विज्ञप्ति जारी गरी दिनदहाडै गरिएको गोली प्रहारले प्रहरी प्रशासनको कामकाजप्रति प्रश्नचिन्ह खडा गरेको बताएका छन् । साहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न मांग समेत गरेको छ । 
दिन प्रति दिन जनता असुरक्षित   
दिन प्रति दिन आपराधिक गतिविध बढ्दै गएपछि महोत्तरीका सर्वसाधारण जनता भयत्रासको जीवन बिताउन बाध्य भएका छन् । सरकारले सुरक्षा व्यवस्था चुस्त दुरस्त रहेको दावी गरे पनि महोत्तरीमा हत्या, अपहरण र लुटपाट लगायतका घटनाहरुमा कमी आउन सकेको छैन् । विगत पाँच वर्षमा अपराधिक घटनामा कमी आउनुको सट्टा वृद्धि नै भएको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०६५÷०६६ सालमा हत्या १७ वटा, अपहरण ७ वटा, हाथहथियारका मुद्दा १६ वटा, लुटपाटका घटना ९ वटा, लागु औषध ६ वटा गरी जम्मा २ सय ९ वटा घटना भएको छ । २०६६÷०६७ मा हत्या १७ वटा, अपहरण ५ वटा, हाथ हथियारका मुद्दा ८ वटा, लुटपाटका घटना ४ वटा, लागु औषधका २ वटा मुद्दा गरी जम्मा २ सय २९ वटा घटना भएको थियो ।
त्यस्तै २०६७÷०६८ हत्या १४, अपहरण ४, हाथहथियारका मुद्दा १२, लुटपाटका घटना ९, लागु औषधका १० वटा मुद्दा लगायत २ सय ३२ वटा घटना भएको छ । २०६८÷०६९मा हत्या २२, अपहरण ४, हाथहथियारका मुद्दा १०, लुटपाट ६ र लागु औषधका १७ वटा मुद्दा गरी जम्मा २ सय १७ वटा घटना घटेको छ ।
२०६९÷७०मा हत्या १८, अपहरण ६, हाथहथियार ६ लुटपाट ९ र लागु औषधका १८ वटा घटना लगायत २ सय ३५ वटा घटना महोत्तरीमा घटेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
महिना पिच्छै एक दुई हत्याका घटना घटि नै रहेको तथ्यांकले देखाएको छ । महोत्तरीमा पैसाकै कारण बढि हत्या र अपहरण हुने गरेको अनुसन्धानमा देखिएको महोत्तरीका प्रहरी को भनाई छ । प्रहरी अधिकृतहरुका अनुसार पैसाकै कारण महोत्तरीमा आपराधिक गतिविधि बढि रहेको छ । अपराध नियन्त्रणको लागी प्रहरी परिचालन भएपनि खुल्ला सीमानाका कारण अपराधीहरु उम्किने गरेको भन्दै महोत्तरी प्रहरी आफ्नो लाचारी देखाउँदै आएका छन ।
जिल्ला प्रहरी कार्यालयका  असई विजय भण्डारीका अनुसार अपराध गर्ने शैलीनै बढ्दै गएका कारण महोत्तरीमा अपाराध बढेको हो ।
सरकारी वकिल कार्यालयका प्रमुख गोविन्द्र गौलीका अनुसार कडा कानुनी कारवाहीको दायरामा अपराधि नआएपछि अपराधिक  गतिविधि बढदै गएको बताउनु भयो । मुद्दा लम्बिने गरिको र दोषी लाई समयमा कारवाही न भएकाले अपाराधीहरुको मनोबल बढदै गएको उहाँले भन्नु भयो । सरकारी वकिल कार्यालयका तथ्यांक अनुसार २०६८÷ ०६९ मा १ सय ९७ र २०६९÷०७०मा २ सय १८ वटा फैसलाको लागी मुद्दा दर्ता भएको छ । अधिकांश फौजदारी मुद्दा देखिएको छ । महोत्तरीमा २०६८÷०६९ मा बढी हत्या भएको तथ्यांक देखाएको छ । तात्कालिन प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे र सुरज केसीको समयमा बढी हत्या भएको छ भने २०६५÷०६६मा तात्कालिन प्रहरी उपरीक्षक कृष्ण प्रसाद गौतम, २०६६÷०६७ संजय राज शर्मा प्रहरी उपरीक्षक रहेको थियो । वर्तमानमा प्रहरी उपरीक्षक पवन प्रसाद खरेलको ९ महिनाको अवधीमा हत्या न भएपनि ४ वटा गोली काण्ड, २ अपहरण र ४ वटा लुटपाटका घटना भएको छ । उहाँ भन्दा पहिला २०६९÷७०मा नै १८ वटा हत्या भइ सकेको थियो ।
    महोत्तरी प्रहरीका अनुसार वन्चौरीमा भएको लुटपाटका घटनामा प्रहरीले १ लाख ४९ हजार रुपैया सहित ६ जनालाई पक्राउ गरेको छ । सहयोगी विकास वैंकको रकम लुटने ४ जना लुटेरा सहित २ लाख ६२ हजार रुपैया बरामद गरेको छ । जेठ १० गते सुनौल वाट पोखरभिण्डा वस्ने उमेश यादव अपहण काण्डमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । अपहरणकारीहरुले ५ लाख फिरौती तिरेर मुक्त गरेका थिए । त्यस्तै वैशाख ७ गते सोनमा तरहारीका भोला यादव अपहरण काण्डमा प्रहरीले भूमिगत समूहका हनुमान त्यागी भनिने श्याम सुन्दर यादवलाई फिरौती रकम ३ लाख २० हजार रुपैया सहित पक्राउ गरेको थियो । सुन्दरपुर मगरथानाका पंकज यादवको बखरी पुल नजिक हत्या गरिएको लाश बरामद भएपछि थालिएको अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले काठमाडौंको सुन्धरावाट महोत्तरीका कृष्ण पूर्वेलाई पक्राउ गरिएको थियो । साथै सोहि घटनामा फिरौती दिएका मध्ये प्रहरी ४ लाख ४० हजार रुपैया सिरहा वाट बरामद गर्न सफल भएको थियो ।
महोत्तरी प्रहरीले अपहरण लगायतका घटनामा उपलब्धी हासिल गरेपनि हथियारधारीको विगविग कायमै रहेको छ ।
दिन दहाडै महोत्तरीका विभिन्न स्थानमा गोली काण्ड भएपनि प्रहरीले एक जनालाई पनि समात्न सकेको छैन ।
महोत्तरी प्रहरीको तथ्यांक अनुसार २०६५÷०६६मा १ सय ५५, ०६६÷०६७मा १सय४०, ०६७÷०६८मा १ सय ३१, ०६८÷०६९मा १सय ४५ र ०६९÷७०मा १ सय ६२ जना पक्राउ पडेको छ । 
    अपाराध गर्ने व्यक्तिको तुलनमा पक्राउ पडेका तथ्यांक कम देखिएको छ ।
महोत्तरीका इन्सेक प्रतिनिधि ईश्वरी कफ्लेका अनुसार अपराध बढ्ने क्रम न रोकिए पछि प्रहरी प्रशासन माथी जनताले विश्वास गर्न छाडेका छन् । उहाँले भन्नुभयो सुरक्षाको प्रत्याभूति नभएपछि जिउ जान जोगाउन सर्वसाधारण गाउ छाडेर जलेश्वर र जनकपुर वस्न वाध्य भएका छन् । जनतालाई भयत्रास वाट मुक्त गर्नको लागी कडा सुरक्षा व्यवस्था गर्नुपर्ने मांग उहाँले गर्नुभयो ।     महोत्तरी जिल्लाको दक्षिणवर्ति क्षेत्रमा शान्ति सुरक्षा कायम रहेपनि उत्तरवर्ति क्षेत्रका जनता भयत्रासको जीवन विताउन वाध्य छन ।
सोनमा वस्ने महेश राय यादवले गाउमा वस्ने वातावरण न रहेको उल्लेख गर्नु भयो । घरवाट छोरा छोरीको निस्किने अवस्था रहेको छैन । घरवाट बाहिर निस्केपछि फर्किने हो की होएन त्यो आश भने नरहेको उहाँले बताउनु भयो । यो अवस्था रहि रहने हो भने गाउनै सुनसान हुने उहाँको तर्क थियो ।              



 मिति ः २०७०÷४÷२०

No comments:

Post a Comment