Tuesday, July 9, 2013

अपरिपक्कव राजनीतिको नमुना


जिवेश झा
संबिधानसभाको चुनाव नजिकिँदै जाँदा राजनीतिक तालमेलको लागि, मोर्चाबन्दीको लागि र दल एकिरकरणको प्रयाश बिभिन्न वृतबाट थालिएको छ. मंसिर ४ को चुनावलाई सफल बनाउन एकातर्फ चुनावी पक्षधरहरु आफ्ना क्षेत्रमा गएर कार्यकर्ता प्रशिक्षणलगायतका राजनीतिक गतिविधीलाई तिब्र पारेका छन भने अर्कोतर्फ मोहन बैद्य नेतृत्वको ३३ दल चुनावी प्रक्रिया भाँडनका लागि पोखरामा केन्द्रीय समितिको बैठक डाकेको स्थिती छ.
    राजनीतिक बिषलेश्कहरुका अनुशार बैद्यले चुनावी प्रक्रिया भाँड्ने उदघोष गर्नु र आफ्नो दम्भ प्रदर्शन गर्नु ‘बचपना’ हो. सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मंगलवार एक प्रेस कन्फ्रेन्समा खोकेका थिए कि बैद्यका राजनीतिक मांगहरु बेतुक हुन्. उनका अनुशार बैद्य अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकार ढाल्न मात्र उद्धत रहेको छ. अर्कोतर्फ एमाले नेता शंकर पोखरेल भन्छन,“बैद्यको अनुप स्थितीले चुनावमा खासै फरक पार्दैन ।” पोखरेलका अनुशार बैद्य अप्रजातान्त्रिक नेता हुन जो लोकतन्त्रका मुल्य(मान्यतालाई तुहाउनका लागि मात्र प्रयत्नशिल छ . कांग्रेस नेता मिनेन्द्र रिजालका अनुशार बैद्य चुनाव नआए पनि चुनाव हुन्छ.
    अर्को तर्फ दलहरुमा नेताहरुको प्रवेश, पार्टी एकिकरणलगायतका चुनावी तालमेल अभियान पनि वाकलिएको छ. संजय गुप्ता नेतृत्वको संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा र सदभावना पार्टीवीच एकिरण भएको छ. महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपाल, राष्टिूय सदभावना र सरिता गिरीको नेपाल सदभावनावीच पनि पार्टी एकिकरणको प्रयास थालिएको पार्टी निकट  स्रोतहरुले जनाएका छन्. सरिता गिरीका अनुशार एक हप्ता भित्र यी तिनै दल एकिकृत हुने छन. उनि भन्छिन, “हामी मधेश मुद्धालाई संस्थागत गर्न र मधेशका एजेन्डालाई संविधानसभामा महत्वताका साथ अघि सार्नका लागि तिनै दल बिच एकिकरणका लागि प्रयास थालेका छौं ”  . तमलोपा नेपालका एक नेता दान बहादुर चौधरी भन्छन, “ हामी विच पदको बिबाद छैन, हामी एक हप्ता भित्रै एकिकृत भएको घोषणा गर्ने छौं ”  .
    राजनीतिक दलका नेताहरुमा एकिकरणको प्रयास वाक्लिंदै जाँदै एक दल छोडेर अर्को दलमा जाने क्रम पनि बढेको छ. तमलोपा नेपालका पाँच केन्द्रीय सदस्य बिजय गच्छदारको फोरम(लोकतान्त्रिक) मा प्रवेश गरेर तमलोपा(नेपालको राजनीतिक हैशियत नै खलबल्याईदियो. आजको दिनमा महेन्द्र राय यादव तमलोपा(नेपाललाई आफ्नै ‘बलबुता’ मा अगाडी बढाउन असमर्थ भएकै कारणले होला उनि सरिता गिरीको सदभावनामा ‘मर्ज’ (बिलय) हुन थालेका छन्. अर्कोतर्फ अनिल झा नेतृत्वको संघिय सदभावना सत्ता प्राप्तिको उद्देश्यले मात्र गठन गरिएकोले होला उलाई आफ्नो राजनीतिक अस्तित्व सङकटमा परेको भान भएकै कारण महन्थ ठाकुर नेतृत्वको तमलोपामा बिलय हुन घनिभुत छलफल अगाडी बढाएको छ. । 
भनिन्छ नेपाली राजनीतिमा जे हुन्छ, त्यो भारतको प्रतयक्ष ईशारामा हुन्छ रे  ?  ?  अहिले यो ‘हाईपोथेसिस’ (पुर्वअनुमान) पुर्ण रुपमा सत्य सावित भएको छ.नाम नखुलाउने सर्तमा एक मधेशवादी नेता भन्छन, “हामी (मधेशवादी दल) लाई एक हुनका लागि भारतिय दुतावासले साम, दाम, दन्ड र भेद गरी सवै हतकन्डा अपनाईरहेको छ. उसले हामीलाई नेपाली राजनीतिमा संस्थापन पक्षको वलवान प्रति स्पर्धीको रुपमा देख्न चाहेको छ” . मधेशी दललाई वलवान बनाउनुलाई त्यति बेठिक नभनिए पनि वलवान बनाउने खोल ओढेर निहित  स्वार्थ पुरा गर्न पैसाको खोलो बगाउनु र नेपालको स्थायीत्वमाथि सँधै प्रतिकुल प्रभाव पार्ने खाले ‘नाटक’ गर्नु कुनै पनि आधारमा  स्वस्थकर होईन् ।
    राजनीतिक बिश्लेषक सि.के. लाल भन्छन, “एक दल छोडेर आफ्नो राजनीतिक  स्थायित्वको उद्देश्यले अर्को दलमा प्रवेश गर्नु त्यति अस्वस्थ नभए पनि यो अपरिपक्क राजनीतिको नमुना हो भन्न सकिन्छ ।” हो, राजनीतिक खिलाडीमा चेतनाको अभाव, आत्मबलको अभाव र आफु खतरामा परेको भान भए एक दल छोडेर अर्को दलमा जानु वा एकिकरण तर्फ उन्मुख हुनु  स्वभाविकै हो. तर  स्मरणिय रहोस, पछिल्लो संबिधानसभामा समानुपातिकमा संविधानसभा सदस्य बनेकाहरु आफुलाई अलि बढी नै खतरामा पाएको हुने भएकाले उनिहरु दल परिवर्तन प्रकृयामा जोडसोडले लागेका छन् ।
    राजनीति कता जाँदैछ ? मधेशका मुद्धाहरु त थप कमजोर हुने होईनन ? मधेशलाई यस्ता सस्तो गतिविधीले कालान्तरमा प्रतिकुल प्रभाव पार्ला कि नपार्ला ? जस्ता प्रश्न मधेशका बौद्धिक वृतको दिमागमा गडेको छ । उत्तर त्यसति सहज छैनन् । मधेशवादी दल त्यागेर राष्टिूय दल भनाउने नेपाली कांग्रेस, एमाले र माओवादीमा प्रवेश गर्नु त्यति नराम्रो नभए पनि उनिहरु आफ्नो उपस्थिती पछि पनि मधेशका एजेन्डालाई पार्टी भित्र बहशको बिषय नबनाए अवश्य नै मधेशको लागि घाटा हुन्छ. हिजोका दिनमा यी ठुला दलमा मधेशी नेताहरुको प्रतिनिधित्व भए पनि मधेशका मुद्धा खासै  संबोधन हुन सकेन्न । मधेशवादी दल यदि मधेश केन्द्रित राजनीति गर्या हो भने उनिहरुवीच एकिकरण र मोर्चा बन्नु सुखद नै हो । तर मोर्चा वा एकिकरण सत्ता प्राप्ति र चुनावी उद्देश्यमा मात्र सीमित नहोस । मधेशी नेताहरु आफ्नो ‘साईड स्वीच’ गर्नुले मधेश मुद्धा कमजोर हुने बिश्लेषणहरु पनि भईराखेका छन् । बिश्लेषकहरुका अनुशार मधेशवादी दलहरु आफ्ना मुद्धा धेरै पहिला नै त्यागिसकेका छन् । अब उनिहरु सत्ता प्राप्ति र चुनावी जितका लागि मात्रै बिभिन्न हतकन्डा अपनाईरहेका छन् । ७ टुक्रामा बिभाजित फोरमलगायत ३४ वटा मधेशवादी दलह? दर्ता भएका छन् । २२ जिल्लाको मधेशलाई ३४ दल चाहिन्छ त ?
    आशन्न संविधानसभा चुनावमा मधेशका मुद्धाहरु  स्थापित गराउनका लागि के(के गर्न सकिन्छ त भन्ने प्रशनको जवाफ खोज्न यी पङतिकारले राजनीतिक वृतका बिभिन्न ‘योद्धा’ हरुलाई संम्पर्क गरे । सरत सिंह भण्डारीको राष्टिूय मधेश समाजवादी पार्टीका प्रवक्ता ईजहरुलाई हक मिकरानीका अनुशार मधेशमा बढीमा दुई दल चुनावी प्रक्रियामा जानुपर्छ । ‘मधेशवादी दलमा मोर्चावन्दी वा एकिकरण हुनुपर्छ, यदि मधेशका मुद्धालाई बुलन्द पार्ने हो भने, ?  मिकरानीले भने ‘मधेशका मुद्धालाई संबोधन गराउनकै लागि हामी पार्टी एकिकरण र मोर्चाबन्दीका लागि पहल थालिसकेका छौं, ?  भन्ने कुरा सदभावना पार्टीका महासचिव मनिष कुमार सुमनले बताए ।
    तमलोपा उपाध्यक्ष बृषेश चन्द्र लालका अनुशार चुनावमा मधेशवादी दलहरु एकै ढिकामा आफ्नो उपस्थिती जनाउने छन् ।
    मधेश आन्दोलनको जगमा बनेका मधेशवादी दलहरु प्रति मधेशी जनतामा आक्रोश बढिरहेको बेला चुनावी तालमेलका लागि एकिकरण वा मोर्चामा जानु र मधेशका मुद्धालाई मुलधारमा स्थापित गराउन सक्नु नै हितकर होला ।

२०७०-३-२३

No comments:

Post a Comment