Tuesday, July 9, 2013

नगरपालिकाको डान्समा ट्राफिकको म्युजिक


 धर्मेन्द्र कुमार झा
ऐतिहासिक तथा प्राचिनतम महत्व बोकेको जनकपुरको धार्मिक पक्ष जति विश्लेषण गरे पनि कम हुन्छ । किनभने जनकपुरकै भुमिमा राजर्षी जनक र सिता जस्ता अलौकिक व्यक्तित्वहरुको जन्म भएको मानिन्छ । जनकपुरलाई पवित्र धार्मिक स्थान तथा शैक्षिक महौलका लागि जानिन्थ्यो । तर, जनकपुर नगरपालिकालाई आफ्नो दशको पार गरे पनि विकासको क्षेत्रमा जन्म पनि लिएको छैन । दशकै पहिले बनेको सडक नाला तथा धरोहर इकाई पनि व्यवस्थापन गर्न सकेको छैन । यसरी जनकपुर नगरपालिकाको नालायकीलाई जति कुचर्चा गरे वढी हुँदैन । त्यसमा विभिन्न निकायगत संस्थागत र व्यक्तिगत एक्टरहरु समय समयमा जलमल गरेको पाइन्छ ।
     जनकपुर नगरपालिकाको इतिहास रुपी लाइब्रेरीमा समस्या र कुकर्मको फाइलहरुले भरेको छ । ती सबका चर्चा गर्न महाकाव्य लेख्नुपर्छ । त्यसैले म यहाँ सडक व्यवस्थापनमा नगरपालिका र जनकपुर टूाफिक प्रहरीको कर्तव्य र क्रियाकलापको मात्र चर्चा र परिदृष्य प्रस्तुत गर्न चाहन्छु ।
नेपाल सरकारको स्तर मुल्याङ्कनमा जनकपुर नगरपालिका सबभन्दा अन्तिममा रहेको छ । जसले जनपाको अवस्थालाई प्रस्ट गर्छ । जनकपुर क्षेत्र भित्र हाइवे (ज्ष्नजधबथ० वाहेक कहि एक किलोमिटर पनि बाटो शहर जस्तो छैन । अलिकति पानि परे भने हिल्लामयी र जलमग्न बाटो तथा अलि गर्मी भयो भने धुलोमयी र खाल्डो खाल्डो बाटो हुन्छ जनकपुर । त्यसमा थप कुदृष्य दिइरहेको हुन्छ विना योजना बनेका घर र टहराहरु । बरु त जनकपुरमा ठुल ठुला नवनेको होइनन मात्रै ती घरका अगाडी बाटो र नाला हुँदैन । मान्छेका घरमा मार्बल त लागेका हुन्छन तर बाटामा हिंडदा घुँडा भन्दा माथि लुगा तानेर हिंडनु पर्ने हुन्छ । वाह जनकपुर र जनकपुरवासी । घरको भुई तल हुँदैछ र सडकको सतह दिन दिनै माथि उठ्दै छ । भोली गएर सडकको सतह घरको छतसम्म पुग्ने हो कि ? साँचै ती सडकहरुमा रमाई रहेका हुन्छन गाई बस्तु तथा सँुगुरहरु । खै यि दोषहरु कसलाई लगाऊ । जसलाई लगाए पनि वस छन निर्लज्ज र गैर जिम्मेवार । यस्तै समस्याहरुको जंगलमा हराईरहेका बेला केही थप कमेडी हेर्न पाइन्छ जनकपुर टूाफिक प्रहरीको नगरपालिकाले त दशको देखि डान्स देखाउँदै आइरहेको छ त्यसमा म्युजिक दिन आए नयाँ पात्रको रुपमा टूाफिक प्रहरी जनकपुरवासी त अन्धो र वहिरो जएर डान्स र म्युजिक हेर्दै र सुन्दै आएका छन । र निरन्तरता दिई नै राख्छ होला । सन्दर्भ हो, जनकपुर नगरपालिका भित्रका सडक तथा धार्मिक सम्पदाको व्यवस्थापनमा टूाफिक प्रहरी र नगरपालिकाको भुमिका र दायित्वको जनकपुरभित्रको सडकको त कुरै छोडौ मूख्य सडकमा गाई, ब्राखा र सुँगुरहरुको बयान हेर्न पाइन्छ । त्यसमा सवभन्दा महत्वपुर्ण कुरा जनकपुर स्थित विभिन्न धार्मिक सम्पदाहरु भित्र गाई ब्राखा हुनु त त्यति आश्चर्यको कुरा होइन सँुगुरका झुण्डहरु परेड खेलेको हेर्न पाइन्छ । जानकी मन्दिर जस्तो गरिमामय धार्मिक स्थलमा मान्छेको झुण्ड सँगै सुँगुरको झुण्ड पनि प्रायः मन्दिरको शोभा वढाइरहेको हुन्छ । र त्यहाँ उपस्थित प्रहरीहरु रमिता हेरेर बसिरहेका हुन्छन । तिनीहरुका कन्सर्न हुन्छ वाइक र गाडी वालाहरुको कमजोरी खोज्नमा जसबाट केही आम्दानी होस । तर विचारा सँुगुर र गाईहरुले त गल्ति गरेवापत फाइन तिर्दैन क्यार । हाइवे जस्तो सडकमा प्रहरीहरु झुण्डमा उभिरहेको हुन्छ तर तिनीहरुको वरिपरि बयानै बनाएर बसेका गाई वस्तुलाई हटाउँदैन । उनीहरु व्यस्त हुन्छ सवारी चालकको कमजोरी खोज्नमा कमजोरी खोज्नु कानुनी कार्वाइ गर्नु राम्रो कुरा हो  तर कानुनी भन्दा वढी व्यक्तिगत कार्बाइ गरेको देखिन्छ । जसले समाजलाई कुनै खास फाइदा गरेको छैन । सडकबाट रुख, बोर्ड, टहरा हटाइएको छ तर त्यसको सदुपयोग भइरहेको छैन । सडकमा विना हेलमेटको गाडी तीन चार जना चढेको वाइक, कानुनी विपरित विना कागजातको सवारीहरु गुडेको देखिन्छ । मान्छे पिच्छे फरक व्यवहार पाइन्छ । त्यसले कस्तो समाज बनाउँला ।
    विना लाइसेन्सको गाडी चलायो भने सानो क्षति हुन सक्छ तर सडकमा गाई वस्तुको भिड रहिरह्यो भने ठुलो क्षति हुन सक्छ । त्यसको नियन्त्रण कसले गर्ने त ? हुन त समय समयमा सडक तथा धार्मिक स्थल व्यवस्थापन र गाई वस्तु नियन्त्रणका लागि विभिन्न योजना बनेकै हो तर प्रभाव  कार्यन्वयन कहिल्यै भएन । भयो मात्र सडकबाट पसल वोर्ड टहरा आदि हटाउने राख्ने । कहिल्यै हटाएको कुरालाई व्यवस्थित गर्ने योजना भएन । भन्नुको तात्पर्य दिर्घकालिन व्यवस्थापनको अभाव देखिन्छ । जनपाको अवस्था हेरी योजना बनाउनु पर्ने आवश्यकता देखिन्छ । शहरी योजनाको तहत घर र सडक नाला निर्माण गर्नु पर्ने देखिन्छ । छाडा गाई वस्तुहरुलाई कडाईका साथ नियन्त्रण गर्नु पर्ने हुन्छ । अन्यथा गाई वस्तु नियन्त्रण हुँदैन । मन्दिर मस्जिदको अस्तित्व गुम्छ र धार्मिक आस्था राख्नेहरु माथि कुठाराघात हुन सक्छ । परिणाम स्वरुप धार्मिक सहिष्णुता र पर्यटनमा नराम्रो असर पर्छ । जनकपुरलाई सुन्दर र सफा नगरी बनाउनु सम्बन्धित निकाय र जनसमुदाय मिलेर इमान्दारीपुर्वक आ(आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने खाँचो छ ।



२०७०÷३÷२३

No comments:

Post a Comment