Tuesday, July 9, 2013

तराईमा सर्पदंशको भयावह समस्या


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालमा जेठ २०७० मा सर्प दंशबाट घाइते भएको भन्दै ६१ जना उपचारको लागि भर्ना भएको थियो । सर्पले टोकेको आशंकामा ६१ जना भर्ना भएपनि ४ जनालाई मात्र एन्टी  स्नेक भ्याक्सिन इन्जेक्सन लगाइयो । भर्ना भएकाहरु मध्ये एक जनाको उपचारकै क्रममा मृत्यू भयो । अस्पतालको इमरजेन्सी फाँटका इन्चार्ज समेत रहेका डा.अवधेष कान्त झा का अनुसार उक्त विरामीलाई अस्पताल पु¥याउँदा सम्म विष शरीरको धेरै भागसम्म पुगीसकेको थियो र केश अत्यन्तै जटिल अवस्थामा रहेकाले जोगाउन सकिएन । माथि उल्लेख गरिएका कुरालाई नियालेर विश्लेषण गर्ने हो भने, सर्पले टोकेकै अवस्थामा मानिसलाई विष लागिहाल्छ भन्ने हुँदैन, यदि त्यसो हुँदो हो भने भर्ना भएका ६१ जनालाई नै इन्जेक्सन लगाउनु पथर््यो । अर्थात गैर विषालु सर्पले टोक्दैमा मान्छे मर्दैन । सर्पले टोकेको आशंकामा भर्ना भएपनि सर्पले नटोकेको पनि हुन सक्छ । अर्काे कुरा विषाक्त सर्पले टोक्यो भने पनि समयमै अस्पतालमा पु¥याउन सकियो भने मान्छेको ज्यान जोगिन्छ तर ढिलो भयो भने ज्यान पनि जान सक्छ भन्ने कुरा पुष्टि हुन्छ । फागुन देखि मंसिर महिना सम्म त्यसमा पनि बैशाख देखि भर्दौ महिना सम्म प्रत्येक दिन सर्पले टोकेको विरामी भर्ना हुने जनकपुर अञ्चल अस्पतालमा एक वर्षमा करिव १ हजार २ सय सम्म विरामी भर्ना हुने गर्छन ।
जोखिम सर्पदंशको
गर्मी र वर्षायामसँगै तराई र भित्री मधेसका भागहरुमा सर्पहरु देखिन थाल्छन् र त्यससँगै सर्पको टोकाइबाट पिडित विरामीहरुको पनि अस्पतालमा भिड लाग्ने गर्छ । गर्मीका बेला हरेक दिन सर्प (विषालु र अविषालु दुवै)ले टोकेका विरामीहरुको अस्पतालमा लाम हुने गर्छ । आज यहि सर्पको टोकाइ, विषालु सर्प र त्यसको टोकाइ कसरी चिन्ने, त्यसको घरेलु उपचार र अस्पतालको उपचारका बारेमा चर्चा गरिएको छ ।  नेपालको तराईका भेगहरुबाट पहाडको ४८०० मीटरको उचाईसम्ममा करिब ७७ प्रजातिका सर्पहरु पाइन्छन्, जसमध्ये २१ थरिका विषालु सर्पहरु हुन् । नेपाल र यस वरपरका देशहरुमा प्रायः गरेर पाइने विषालु सर्प दुई समुहका हुन्छन् । इलापीडेरभ्बिउष्मबभ परिवार र भाइपरिडेरख्ष्उभचष्मबभ परिवार । इलापीडे परिवारमा किङ कोब्रारप्ष्लन अयदचब, कोब्रा र गोमन, करेतरपचबष्त पर्छन भने भाइपरिडे परिवारमा भाइपररबाधे, पीट भाइपररएष्त खष्उभच पर्छन् ।
नेपालमा हरेक वर्ष करिब २०,००० सर्पदंशका घटना हुने र त्यसमा करिब २०० जनाले ज्यान गुमाउने अनुमान गरिएको छ । पूर्वका १० जिल्लाका अस्पतालहरुमा गरिएको एक अध्ययनले वर्षमा ४०७८ जनालाई सर्पले टोकेको, जसमा ३७९ लाई विषालु सर्पले टोकेको पाइएको थियो, जुन करिब ९५ जति हुन आउँछ । त्यस्तै विषालु सर्पको टोकाइपछिको मृत्युदर करिब २१.३५ देखिएको थियो । मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाइ देखिएको थियो । तराई क्षेत्रमा मानिस मात्र होइन, घरपालुवा जनावर पनि सर्पबाट पीडित छन् । नेपालमा ७९ प्रजातिका सर्प पाइन्छन्, तीमध्ये २१ प्रजातिका मात्र बिषालु हुन्छन् । तीमध्ये पनि तीन प्रजातिका सर्पको प्रभाव बढी देखिएको छ( करेत, गोमन र भाइपर । नेपालका २६ जिल्ला विशेषगरी सर्प प्रभावित छन् । प्रभावित जिल्लाका करिब एक हजार मानिस बिषालु सर्पको टोकाइबाट बर्सेनि पीडित हुन्छन् । तीमध्ये ८ प्रतिशतको मृत्यु हुने गरेको अनुमान छ । जिल्ला तथा अञ्चल अस्पतालले सर्पले टोकेको उपचार नि ःशुल्क गर्छन् ।
सर्पले टोकेपछि
 टोक्नासाथ बिरामीलाई जिल्ला तथा अञ्चल अस्पताल वा एन्टी स्नेक भेनमसहित चिकित्सक उपलब्ध भएको प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याइहाल्नुपर्छ ।
गोमन र करेतको टोकाइबाट हुने विषको प्रभाव चाँडो बढ्ने भएकाले प्रेसर बेन्डेज वा कपडाको प्रयोग गर्नु पर्दछ ।
बेन्डेज वा कपडालले ट्याप्प हुने गरी बाँध्नुपर्छ तर धेरै कस्नुचाहिँ हुँदैन ।
बेन्डेज हातखुट्टा मर्केको बेलामा जस्तै गरी लगाउनुपर्छ । तर, रक्तसञ्चारप्रणालीका रक्तधमनीहरूलाई असर पर्ने गरी वा नाडी महसुस नहुने गरी बाँध्नु हँुदैन । बेन्डेजको पत्रहरूका बीचमा कान्छी औँला छिराउन सक्ने गरी खुकुलो हुनुपर्छ ।
सर्पलाई मार्ने प्रयास गर्नु हुँदैन । मारिसकिएको छ भने पहिचानका लागि अस्पतालमा सुरक्षासाथ लैजानुपर्दछ । सर्पले टोकेको घाउ अनावश्यक रूपमा चलाउनु हुँदैन । पोल्ने, चिरफार गर्ने, घाउबाट विष चुस्ने, विद्युतीय झड्का दिने, मनलागी जडीबुटीको प्रयोग गर्ने गर्नु हुँदैन । यसो गर्दा घाउको संक्रमण बढ्छ । घाउमा विषको फैलिने गति बढ्छ र अत्यधिक रक्तस्राव हुन सक्छ । यस्ता कुरामा अल्झिनु समयको नोक्सानी मात्र साबित हुन सक्छ ।
विषालु सर्पका विष सामान्यतया दुई प्रकारका हुन्छन । न्युरोटक्सिकरल्भगचयतयहष्अ र हेमाटोटक्सिकरज्झबतयतयहष्अ
गोमन र करेत दुवै न्युरोटक्सिक समुहमा पर्छन् भने भाइपर हेमाटोटक्सिकमा पर्छ ।
विषालु सर्प र त्यसको टोकाइ कसरी चिन्न सकिन्छ ?
सबै विषालु सर्प चिन्ने ठ्याक्कै तरिका यहि हो भनेर भन्न सकिदैंन । तर केही बढि पाइने प्रजातिहरुलाई तिनीहरुको विशेष गुणका आधारमा चिन्न सकिन्छ । जस्तै गोमन रिसाएको बेलामा आफ्नो टाउको उठाएर फिजाउने गर्छ । करेतमा प्राय ः गरेर कालो सेतो दागहरु हुन्छन् । त्यस्तै भाइपरमा पनि सेतो कालो छिर्केमिर्के धब्बाहरु हुन्छन् ।
सर्पको टोकाइबाट कसरी बच्न सकिन्छ ?
प्राय ःजसो सर्पहरु रिसाहा हुदैंनन् र मानिसलाई त्यसै टोक्दैनन । केहि गरेर मानिसको सम्पर्कमा आएमा वा जानी नजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि यसले टोक्ने गर्छ । यसको टोकाइको शिकार विषेश गरी खेतीकिसानी गर्ने व्यक्तिहरु हुने गर्छन् ।
यसको टोकाइबाट बच्ने केहि साधारण उपायहरु ः
१. आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरुको बारेमा जानकारी राख्ने । ती कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढि सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ ।
२. वर्षाको समयपछि, खेत रोपाइका बेलामा सर्पको बारेमा विशेष ध्यान पुर्याउनुपर्छ । किनभने यस्तो बेला सर्पहरु बाहिर निस्कने सम्भावना बढि हुन्छ ।
३. रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती, टर्चलाइट, लालटिन लिएर मात्रै निस्कने गर्नुपर्छ । एक अध्ययन अनुसार करिब ७५५ विषालु सर्पको डसाईका घटनाहरु रातको समयमा भएको पाइन्छ ।
४. सर्प पाइनसक्ने ठाउँमा जानुपर्दा घुँडासम्म आउने छालाको जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ ।
५. जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हुदैंन । सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने हुदैंन, त्यसैले सकेसम्म खाली हातले छुने वा समाउने कोशिश गर्नु हुदैन ।
६. सम्भव भएसम्म भुईंमा नसुत्ने । सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ ।
७. रुख, जमिनमा भएका प्वालहरुमा जथाभावी हात छिराउनु हुदैंन ।
८. जुत्ता लगाउँदा जुत्ता भित्र राम्रोसँग हेरेर मात्रै लगाउनुपर्छ ।
९. भ्यागुता, मुसा, चरा, छेपारो आदी सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुदैंन ।
१०. सम्भव भए घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ ।
११. सर्पको डसाईमा गरिने प्राथमिक उपचार र प्रतिविषरब्लतष्कलबपभ खभलयm पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालका बारेमा जानकारी राख्नुपर्छ ।
सर्प डसाईका चिन्ह र लक्षणहरु के के हुन् ?
सर्प भन्ने वित्तिकै विषालु हुन्छ भन्ने विश्वास व्याप्त भएकोले जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केहि लक्षणहरु देखिन सक्छन् । जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुदैं जाने, रक्तचाप घट्ने, बेहोस हुने आदी । अचम्म लाग्न सक्छ, तर यी सबै लक्षणहरु विष नभएको सर्पले टोक्दा पनि धेरै डराएमा देखिनसक्छ । तर पनि सर्पले टोकेका हरेक विरामीलाई सकेसम्म चाँडो नजिकको अस्पताल पुर्याउनुपर्छ । त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केहि माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजो आज पनि गर्ने गरिन्छ) त्यस्ले रक्तसंचारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मर्ने पनि हुनसक्छ ।
यी त भए विष बाहेक अन्य कुराका असरहरु । अब सर्पको विषका कारणले देखिने लक्षणहरुको कुरा गरौं ।


डसेको भाग र त्यस वरपरमा देखिने लक्षणहरु ः
डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, तर सधैं यो देखिन्छ भन्ने छैन । डसेको भाग दुख्ने, सुन्निने घाउ हुने, रगत बग्ने फोका उठ्ने, नीलडाम बस्ने नजिकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने पछि गएर डसेको ठाउँमा संक्रमण हुने, पाक्ने र अंग नै कुहिने पनि हुन्छ । यस्तो विशेषगरी भाइपर र गोमनको डसाइमा हुने गर्छ ।
सम्पूर्ण शरीरमा देखिने लक्षणहरु ः
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने
हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने ।
डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठुलाठुला राता दागहरु देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने, मष्तिस्कमा रगत बग्ने आदि । यी रगत बग्ने लक्षणहरु मुख्यतया भाइपर जातका सर्पहरुको डसाइमा देखिने गर्छ, किनकी यिनीहरुका विष हेमाटोटक्सिक अर्थात् रगतको जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन । त्यस्तै गोमन, करेत (जसको विष न्युरोटक्सिक अर्थात् स्नायुहरुमा असर गर्ने र प्यारालाइसिस गराउने खालका हुन्छन्)हरुको डसाइमा हातखुट्टा झमझमाउने, स्वाद लिने र सुघ्रने शक्तिमा ह्रास आउँदै जाने, आखाँको ढकनी भारी हुने, स्वर परिवर्तन हुूदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रों हुने, मुखबाट र्याल बगिरहने, स्वास फेर्न गाह्रों हुने र नसकिने, हातखुट्टा लुलो हुने र पूरै शरीरको प्यारालाइसिस हुने जस्ता लक्षणहरु देखिन्छन् । सर्पको डसाईको असर लामो समयपछि पनि डसेको ठाउँको मांसपेशी मरेर जाने, अंगहरु काम नलाग्ने हुने, स्नायुमा असर गरेर वा मष्तिस्कका रगतका नली फुटेर रगत बगी हातखुट्टा नचल्ने, मृगौलाले काम नगर्ने रुपमा देखिनसक्छ ।
सर्पको डसाईको उपचार के हो ?
प्राथमिक उपचार ः
सर्पले डसेको व्यक्ति प्राय ः अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ ।
टोकेको भागलाई धेरै चलाउनाले विष छिटो र बढि मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने । हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ ।
गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट माथि हल्का प्रेशर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ, यसलाई प्रेशर इमोबिलाइजेसन विधिर एचभककगचभ ष्mmयदष्ष्शिबतष्यल mभतजयम भनिन्छ । पहिलेपहिले गरिने जस्तो एकै ठाउँमा एकदमै कस्सेर बाँध्नु हुदैंन । कस्सेर बाँध्नाले त्यसभन्दा मुनिको भागमा रक्तसंचार पूरै बन्द भई उक्त भाग मरेको कैंयौ घटनाहरु भएका छन् ।
    विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको प्रयोग शुरु नभएसम्म त्यो प्रेशर ब्यान्डेज खोल्नुहुदैंन ।
    सकेसम्म चाँडो विरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ । यसोगर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने ।
प्रतिविषरब्लतष् क्लबपभ ख्भलयm (ब्क्ख्)को प्रयोग
विषालु सर्पको डसाईको अन्तिम र एकमात्र उपचार भनेको प्रतिविषको प्रयोग हो । र कुन विरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण र गाह्रों निर्णय हो ।
नेपालमा प्रयोग गरिने प्रतिविषरएयथिखबभिलत ब्क्ख् ले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, रसेल्स भाइपर र सस्केल्ड भाइपर) को टोकाइमा काम गर्छ । यसको पनि आफ्नै खराब असरहरु छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिदैंन ।
यो सर्पदंश उपचार केन्द्रहरुमा नि ःशुल्क पाइन्छ ।
यसका खराब असरहरु धेरै हुने भएकोले, बढि महंगो हुने भएकोले र सीमित मात्रामा मात्र उपलब्द हुने भएकोले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षणहरु नदेखिइकन प्रयोग गर्नुहुदैंन ।
यसले कसैकसैमा डरलाग्दो रियाक्सनरज्थउभचकभलकष्तष्खष्तथ चभबअतष्यल गर्नसक्ने भएकोले यो दिनुअघि एड्रेनालिनरब्मचभलबष्लिभ औषधि तयार राख्नुपर्छ ।
बच्चालाई र वयस्कलाई प्रयोग गरिने प्रतिविषको मात्रा एउटै हुन्छ ।
यसको अनावश्यक व्यक्तिलाई र आवश्यकभन्दा बढि प्रयोग गर्ने क्रियाकलापलाई कम गर्न पहिलेका अनुसन्धानहरुका आधारमा ३० भाइल प्रतिविषको प्रयोग सम्बन्धि अनुसन्धान भरतपुर अस्पतालमा हाल भइरहेको छ ।
सर्पको डसाईपछि के नगर्ने ?
टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने, त्यसो गर्दा विषभन्दा रगत बढि गई विरामीको मृत्यु हुनसक्छ ।
चलचित्रहरुमा देखाएको जस्तो मुखले चुसेर विष निकालेर फाल्न सकिदैंन । बरु मुखमा घाउहरु छ भने त्यस्तो गर्नेलाई नै विष लाग्नसक्छ, त्यसैले त्यस्तो प्रयास नगर्ने ।
धामीझांक्रीको उपचार, विष सोस्ने कालो ढुंगार क्लबपभ कतयलभ को उपचार तर्फ लागेर महत्वपूर्ण समय नगुमाउने । विश्वासका आधारमा यी उपचारले मानसिकरुपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछ भने उपयुक्त उपचारको ढिलाइमा विरामीको ज्यान जानसक्छ । घाउलाई टोकेको अंगलाई अनावश्यकरुपमा नचलाउने ।
    चिकित्सकले नभनेसम्म केहि नखाने, नपिउने । विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कस्सेर बाँध्ने गर्नुहुदैंन । यसले फाइदाभन्दा बेफाइदा बढि गर्छ ।


२०७०-३-२३

No comments:

Post a Comment