Tuesday, July 9, 2013

प्रेम भनेको सेक्स सेटिसफैक्सन भएको छ अहिले – राजेन्द्र किशोर (आर.के. सर)


राराब क्याम्पस जनकपुरबाट अवकाश प्राप्त सह–प्राध्यापक राजेन्द्र किशोर (आर.के.सर) भन्छन–अहिलेका विद्यार्थीहरुले प्रेमलाई बुझेकै छैनन  । हुन त म पनि विहे भन्दा अगाडी धेरै बुझदैनथे । अहिले के छ भने प्रेम प्रतिको आकर्षण घट्दै गइरहेको छ र प्रेम–सेमको कुरा आम विद्यार्थी बुझ्दैनन मात्र सेक्सको कुरा बुझ्छन । प्रेम भनेको सेक्स सेटिसफैक्सन भएको छ अहिले । आर.के. सर सँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ।

प्राध्यापन पेशावाट अवकास पाएपछि तपाईको अहिलेको दिनचर्चा कसरी वितिरहेको छ ?
अवकास प्राप्त पछि मुलतः धर्मग्रन्थहरु पढनमा वित्छ । धर्मग्रन्थको वारेमा थाहा थियो तर पुरा कहिल्यै पढको थिएन ।  जस्तो गीता भयो । समस्त ज्ञानको भण्डार छ श्रीमदभागवत गीतामा । यस्तै कितावहरु पढनमा समय विताइरहेको छु । अहिले आफ्नो साहित्यीक रुचीको कितावहरु कमै पढिरहेको छु । कसैले दि–दियो भने, जस्तै हालसालै एउटा किताव पढेको थिएँ, झुमक धिमिरेको जीवन काँडा कि फुल वडा प्रेरणादायी लाग्यो मलाई त्यो किताव ।
तपाई सन्चै हुनु हुन्छ नि ?
अरु किसिमबाट त सन्चै छु तर पहिले जसरी जोशले बोल्ने वानी थियो, त्यो जोशले बोल्न सक्दिनै म । जोश जाँगर अहिले कम भएको छ । वोल्दा भ्वाइस पनि विस्तारै कम हुँदै गएको छ तर शारीरिक कुनै अपाङ्गता छैन ।
सार्वजनिक कार्यक्रमहरुमा तपाईको उपस्थिति अत्यन्तै न्यून देखिन्छ, किन होला ?
त्यसको कारण छ, विभिन्न कार्यक्रमहरु जान्थे तर मैले के देखे टाइमको कुनै ठेगाना रहदैन । वोलाउँछ १० बजे, सुरु गर्छ १ बजे, दिक्क लाग्यो मलाई । म फेरी पन्क्चुअल मान्छे हुँ । जनकपुरले मलाई आदर त दिएको छ बरु म जतिको लायक थिए त्यो भन्दा पनि वढीको नै आदर दिएको छ ।
राराब क्याम्पस तपाईले ज्वाइन गर्दाको अवस्था कस्तो थियो ?
राराब क्याम्पस प्रारम्भिक कालमा इन्टरकलेज जनकपुर भनेर सरस्वती स्कुलमा चलिरहेको थियो । पछि भवनहरु बनेपछि अहिलेको ठाउँमा आयो । १० वर्ष अगाडी सम्म मलाई लाग्छ पढाई–लेखाईको स्थिति, स्ट्याण्डर्ड राम्रै थियो । शिक्षकहरुमा सेन्स अफ रिस्पोन्सिवलिटी राम्र्रै थियो । यहाँ सम्मकी मेरो एउटा विद्यार्थी नै नाउ न मनुँ त्यहाँ टिचर हुनुहुन्थ्यो, क्याम्पस चिफ पनि हुनुभयो, उनले के भन्ने गथर््यो, सर तपाईको क्लासको छेउमा मेरो क्लास हुन्छ, मलाई क्लास लिन वडा डर लाग्छ । तपाई ठीक टाइममा क्लासमा जानु हुन्छ र घण्टी नलागेसम्म तपाई निस्कनु पनि हुन्न । अव त वानी के छ, १०–१५ मिनेट ढिलै जाने र घण्टी लाग्नुभन्दा पहिले नै फर्कने । सुरुमा त गाउँ–घरका मान्छेहरु पनि मेरो क्लास वाहिरबाट उभिएर सुन्ने गर्थे । मेरै क्लासमा होइन, मेरा समकालिन थुप्रै सरहरुको क्लास विद्यार्थी वाहेक पनि सुन्ने र हेर्ने गर्थे । दूर्भाग्य अव मेरा थुप्रै साथीहरु रहनु भएन । यस्तै हो जिन्दगी ।
अहिले त के हल्ला छ भने नि उच्च शिक्षा सम्बन्धी कलेजको कुनै पनि तहको प्रमाणपत्र लिनु छ भने विहार जानु पर्दैन, जनकपुरको राराव क्याम्पसवाट जाँच दिए पुग्छ । के टिप्पणी गर्नु हुन्छ ?
सुरुमा भारतको विहारमा सर्टिफिकेट खरिद विक्री हुन्थ्यो, सजिलो थियो त्यहाँ पाउन । यहाँ राराब कलेजमा मलाई याद छ म एक पटक क्याम्पस चिफ भएको थिएँ, जाँच भइरहेको थियो, एक–एक विद्यार्थीलाई गेटमै पुरै शरीरको खानतलासी गरी जुत्ता सम्म खुलाएर हेर्थे, विद्यार्थीले पनि कुनै अप्ठयारो मान्दैन्थ्यो । शान्त भएर परीक्षा दिन्थ्यो । तर अहिले विस्तारै–विस्तारै त्यो सवै कुरा हटदै गएको छ । १० वर्ष अघि सम्म सबै कुरा ठीक ठाक थियो । मलाई परीक्षामा एक पटक पाल्पा पठाइयो । त्यहाँको स्तर देखें, पलिटिकल पार्टीहरु टेवलमै डाइगर राखेर लेख्थयो भन्ने सुन्थे जनकपुरमा तर त्यहाँ हेरे ३ घण्टा सम्म विद्यार्थी वाहिर पनि जाँदैनथ्यो, खुरुखुरु लेख्थ्यो । अव साँच्चै सर्टिफिकेट किन्न विहार जानु पर्दैन । त्यहाँ राम्रो हुँदै गयो र त्यो विरामी जनकपुरमा स¥यो ।
जनकपुरको परीक्षा यति सम्म विग्रनुमा कुन पक्षलाई जिम्मेवार ठान्नु हुन्छ ?
यस्तो हुनुमा मैले ४ वटा तत्वलाई वढी जिम्मेवार ठानेको छु । मुलतः शिक्षक नै वढी जिम्मेवार देखिन्छन । म आफै शिक्षक भएर शिक्षकको निन्दा गरिरहेको छु । दोस्रो, अभिभावकहरु । अभिभावकहरु पनि के सोच्छन भने आफ्नो केटाकेटी सुम्पिदिर्यो शिक्षकलाई अव हाम्रो के जिम्मेवारी ? कलेजबाट फर्के पछि घरमा के–के गर्छन त्यसको निगरानी त  राख्नु प¥यो नि ! तेस्रो विद्यार्थी पनि हो तर त्यहाँको त्यति वढी दोष म देख्दिन । क्लास मेक्स स्टुडेन्ट्स इन्टरेस्टिङ । यदि शिक्षकको क्लास रोचक भयो भने विद्यार्थी पढ्छ नै । तर अहिले क्लासमा पढाई होइन, गफ–गाफ वढी नै हुन्छ । चौथो समाज र सिस्टम ।
हाम्रो वर्तमान समाज र सरकारीतन्त्र जुन छ त्यो पनि जिम्मेवार छन । भाषण सबै गर्छन तर काम कसैले गरिराखेको छैन ।
    अर्को लेभेलको विद्यार्थी हो, अर्थात जुन स्तरको विद्यार्थी हो, प्राइमरी, सेकेन्ड्री वा कलेज, त्यो अनुकुल सिलेवस हुनु पर्छ । तर यहाँ महात्वाकांक्षी सिलेवस बनाइन्छ । करिकुलम बनाउनेहरुले के ध्यान दिइरहेको छैन भने उनीहरुले कत्तिको काम सहन सक्छन त्यो अनुसार नाती÷नातिनीालाई हेर्छु दुई, तिन कक्षामा पढ्छ यत्रो व्याग बोकेर जान्छन, स्कुल । यत्रो लोड किन ? मतलव करिकुलम विद्यार्थीको स्टयाण्र्डड अनुकुल छैन ।
तपाईकै समकालिन शिक्षकका कृतिहरु करिकुलममा परेका छन तर तपाईको किन पर्न सकेन ?
हेर्नुस मैले जुन रचनाहरु गरेको थिएँ, त्यसमा मेरो एउटा रचना मैथिलीमा थियो, त्यो रचना यहाँ सिलेवसमै राखिएको थियो एक जमानामा तर म अंग्रेजीको शिक्षक, अंग्रेजी कितावहरुमा नपर्नुमा, यहाँ वडा वडा विद्धानहरु छन, उनीहरुको कितावहरु पनि समावेश भैरहेको छैन, राम्रो सँग । अव कम्पाइल गरिदिने एडिट गरिदिने, इन्डिपेन्डेन्ट आर्टिकल्सहरु त्यति धेरै समावेश गर्दैनन ।
किन होला ?
यिनीहरुले के ठान्छन भने नेपालका विद्धानहरु त्यति उपयोगी छैनन, स्ट्याण्र्डड नै छैन भन्ने शिक्षाको टप लेभेलमा रहेका व्यक्तिहरुको सोचाई छ । यहाँ पनि धेरै कितावहरु अंग्रेजीमै लेखिएको छ, जस्तो श्रीधर लोहनी ।
अंग्रेजी भाषा साहित्य लगायत अन्य भाषा साहित्य पढने विद्यार्थीहरुको संख्या निकै नै घटेको छ । विज्ञान, व्यवस्थापन, प्राविधिक शिक्षा तर्फ वढी नै जोड देखिन्छ । मानविकी संकाय खाली हुँदैछ, किन ? समाजमा यसले कस्तो असर पार्ला ?
विज्ञान, बाणिज्यको शिक्षा मात्र दिएर शिक्षाको जुन मूल उद्देश्य छ, चरित्रलाई उत्कर्षमा पु¥याउने त्यो पुरा हुँदैन । तर अहिले जव अरियन्टेड, म्याटोरियालिस्टीक एप्रोच भएको छ । शिक्षाको उद्देश्य अहिले कसरी पैसा कमाउने मात्र छ जो कि पहिले यति धेरै थिएन । पैसा नै कमाउने उद्देश्य पहिला हुँदैन्थ्यो ।
होइन, साहित्य तर्फ पनि एउटा पुस्तक लेखेर लाखौं रुपैयाँ कमाउन थालेका छन, प्रकाशकले टन्नै पैसा दि नै राखेको छ नि ?
यसको मूल कारण के छ भने यहाँको लेखकका वारेमा राम्रो मूल्याङकन नै गरिदैन । जस्तै मैले हालसालै पढे जीवन काँडा की फुल, मलाई त के लाग्छ भने दिस सुड वी मेड कप्पलसरी फोर द भेरी विगनिङ अफ द एजुकेशन । यति राम्रो मलाई लाग्यो, प्रेरणादायी किताव हो । संघर्षबाट पन्छिनु हुँदैन, संघर्ष छ भने त्यसको सामना गर्नु पर्छ भन्ने जुन मुख्य पात्र हिरोइन छ त्यसले दिएको छ । मलाई के लाग्छ ‘द सेन्स अफ जेलसी’ ईष्र्या, द्ववेषको भाव पनि छन यहाँ ।
यहिले त झन शिक्षकहरु आफुलाई पेशेवर भन्छन, हेलमेट शिक्षकहरु घडी हेरी पढाउँछन, तपाईहरुले पठाउँदा र अहिलेका शिक्षकले पढाउँदा के भिन्नता पाउनु हुन्छ ?
 प्रमुख कारण जव ओरियेण्टेड एजुकेशन । शिक्षा पाएर कसरी वढी भन्दा वढी रुपैयाँ कमाउने उद्देश्य छ अहिले । क्लासमा गएर अव इन्टोस्टीङ बनाउने भन्ने कुराहरु अहिले छैन । सिलेवसको ठेक्का पट्टा हुन्छ ।
अवकास पाई सके पनि जीन्दगी रहुन्जेल सम्म कम्तिमा एउटा घण्टी लिनै पर्ने तपाईको इच्छा छ कि छैन ?
हेर्नुस मलाई घण्टी लिन अहिले पनि धेरै क्याम्पसले भनिरहेका छन । तर म लिन्न । किन भने अहिलेको विद्यार्थीमा सिक्ने इच्छा नै छैन । सिक्ने जिज्ञासा नै छैन ।
तपाईले प्रेमलाई सकारात्मक लिनु भएको छ । आफै प्रेम विवाह पनि गर्नु भयो । अहिले पनि प्रेम गरी प्रेम विवाह भैरहेको छ तर टिक्न सकिरहेको छैन । किन होला ?
प्रेमलाई बुझेकै छैनन यिनीहरुले त । हुन त म पनि विहे भन्दा अगाडी धेरै बुझदैनथे । अहिले के छ भने प्रेम प्रतिको आकर्षण घट्दै गइरहेको छ र प्रेम–सेमको कुरा आम विद्यार्थी बुझ्दैनन मात्र सेक्सको कुरा बुझ्छन । प्रेम भनेको सेक्स सेटिसफैक्सन भएको छ अहिले । मलाई याद छ एउटा कुरा (हाँस्दै) म एउटा छात्रा सँग वडा क्लोज थिएँ । उसके साथीले मलाई काठमाण्डौमा सोधे कि तपाईलाई उसँग कहिल्यै सेक्सको इच्छा भएको छ कि छैन । अनि मैले भने, कस्तो कुरा गर्न हुन्छ अ‍ै ? उलाई म चाहन्छु तर सेक्सको इच्छा कहिल्यै उत्पन्नै भएन । हाम्रो जमानामा प्रेम पनि एउटा आदर्श थियो सेक्स प्राथमिकता थिएन । अहिले सेक्सको वारेमा भन्नु पर्दा विद्यार्थीलाई केही थाहा छैन तर गन्तव्य सेक्स नै छ । मेरो विचारमा सेक्स एउटा आवश्यकता हो, त्यो राम्रो सँग पुरा भयो भने चरित्रको उत्कर्षलाई वढाउँछ ।
साहित्यका शिक्षकहरुले प्रेमका विषयमा राम्ररी पढाउन नसकेकै कारण त्यसो भएको हो ?
छन नि त, छन । मकहाँ आएर नै धेरैले गुनासो गर्छन । फलानो सरको क्लासै इन्टरेस्टिङ भएन । वोरिङ लाग्छ भनेर भन्ने गर्छन । अव जसको वारेमा भन्छन ती सबै मेरा विद्यार्थी नै हुन । म के देख्छु भने क्लासलाई कसरी इन्टरेस्टिङ बनाउने शिक्षकको उद्देश्य नै छैन ।
त्यसो भए, कहाँ जाला यो समाज ?
एजुकेशन त सिभिल सोसाइटीको लागि फाउन्डेशन नै हो । यस्तै रह्यो भने समाजको भविष्य धेरै अन्धकारमय देख्दैछु ।
परीक्षामा पनि त सप्र्राइज आउन छोडयो नि, ट्विस्ट नै हुँदैन । के सहमत हुनु हुन्छ ?
एकदम सहमत छु । परीक्षामा प्रश्न त यस्तो हुनु प¥यो कि विद्यार्थीको वास्तविक स्थिति थाहा पाउन सकियोस । स्टुडेन्टले आफ्नो मनले केही लेखुँ भन्ने प्रश्न हुँदैन । प्रश्न टेक्सट वाटै रहोस तर टेक्सटको लाइनकै प्रश्नका साथै क्रिएटिभिटी पनि जाँच्ने खालको हुनु प¥यो । सव सेट क्वेश्चन छ । ग्रेस पेपर पढेर हुन्छ भन्ने भएको छ । अझ यहाँ डिफोक्टिभ परीक्षामा कितावै लिएर नक्कल गर्छन ।
अंग्रेजी भाषालाई सजिलै सिक्न विद्यार्थीले के गर्नु पर्यो ?
अंग्रेजी भाषा धेरै गाह्रो छैन । हुन त सबै भाषा गाह्रो छ । नेपालमा शिक्षक नै वढी जिममेवार हुनु पर्छ । अंग्रेजी पढाउने शिक्षकले के कोशिस गर्नु पर्छ भने अंग्रेजी भाषा पनि उतिकै सजिलो छ जति नेपाली भाषा । जस्तै विद्यार्थीले नै भन्छन की मेरो सिम्पल भाषा हुन्छ । सिम्पल सिक्दै कम्प्लिकेटेड तिर जाने हो । तर शिक्षकहरु भोमिटिङ मात्र गर्ने गर्छन । सकभर विद्यार्थी र शिक्षकले अंग्रेजीमै बोल्ने कोशिस गर्नु पर्छ । सुरु देखि नै अंग्रेजी पढने माहौल नै भएन । अहिले म पनि क्लासमा गएँ भने नेपालीमै बोल्नु पर्ने अवस्था छ । भन्नुको अर्थ विद्यार्थीको स्ट्याण्डर्ड नै भएन । किन विग्रयो भने नि नयाँ पुस्ताका शिक्षकहरुले बम्प्लिकेटेड भाषा प्रयोग गरी आफु वढी जान्ने भनेको देखाउन खोज्नुले पनि कुरा विग्रिएको हो ।
अंग्रेजीमा कुनै रचना वा पुस्तक लेख्न सक्नु भएन किन ?
अंग्रेजी भाषामा गर्न नसक्ने कुरा पनि होइन, सक्छु । तर मैले देखेको छु, एउटा ओरिजनल किताव लेख्नु भएको थियो एक जना मेरा मित्रले तर त्यो चलेन । त्यसमा निवन्ध गल्ती थियो भनेर म भन्दिनँ तर चलेन । त्यै एउटा ल्याक अफ इन्टरोच इन इन्ङगलिस छ ।
 लेखौं भनेर इच्छा जागेको छ ?
इच्छा नजागेको पनि । मलाई धेरै मान्छेले भन्छन, सर, तपाई केही ने केही लेखेर त जानुस । इच्छा हुन्छ । साथीहरुले भने तपाई खाली बोल्नुस , हामी लेखिदिँदौ । तर सकेको छैन ।
जीवनमा के कुरा गर्न सकिएन, जस्तो लाग्छ ?
पढन त धेरै कुरा सकिएन । पढन कहाँ भ्याइन्छ सब चिज अव विस्तारै पढिरहेको छु । केही गर्न नसकेर एकदम खुसी छु त्यो पनि होइन । केही लेखेर जाउँ भन्ने इच्छा छ, हेर्नुस, आइ होप केही लेखेर जान्छु । उनी र इच्छा दुवै छ प्रकाशकको पनि कमि छैन । एजुकेशन सिस्टमकै वारेमा केही लेख्न चाहन्छु ।



२०७०÷३÷२३

No comments:

Post a Comment