Tuesday, July 9, 2013

एमाओवादी नेता बरबरीयाको छोरा र जुवाँई पक्राउ


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    धनुषा प्रहरीले धम्की दिई चन्दा मांग्ने ३ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्वजनिक गरिएको हो । जनकपुर नगरपालिका वडा नम्बर १ स्थित मदर टेरेसा पब्लिक हाई स्कुलका प्रिन्सपल गोबिन्द चन्द्रालाई धम्कि दिई चन्दा मांगेको आरोपमा उनिहरुलाई  पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा  धनुषा जिल्लाको सबैला गाविस ९ निवासी ३२ वर्षिय जिवछ यादव , चोराकोयलपुर २ निवासी १९ वर्षिय बिजय कुमार यादव तथा चक्कर गाविस २ निवासी २७ वर्षिय ईसरायल मन्सूर छन ।
    प्रहरीले उनिहरुको साथबाट  एक थान कटुवा पेस्तल, १ थान सकेट बम, ४ थान सिम सहितको मोबाईल, बा.५१ प.५२२९ नम्बरको मोटरसाईकल एक थान ,सिम १ थान र सिद्धार्थ बैंकको भीसा कार्ड सहितका अन्य कागजातहरु बरामद समेत गरेको छ । गत असार ८ गतेदेखि नै प्रिन्सपल चन्द्रालाई भारतीय नम्बरको विभिन्न सिमबाट पटक पटक चन्दा माग्दै धम्कि दिने गरिए पछि चन्द्राले प्रहरीमा उजुरी गरेपछि प्रहरीले सुराकी गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी धनुषाका प्रहरी उपरीक्षक बसन्त पन्तले बताउनु भयो ।
उहाँले दिएको जानकारी अनुसार धम्कि दिनेहरुले गत ११ गते बिद्यालयकै एक विद्यार्थीको हातमा एउटा सकेट बम र थ्रेट लेटर दिई प्रिन्सपल कहाँ पठाएको समेत थियो । सादा पोशाकमा खटेको प्रहरीले अनुसन्धान गर्दै जाँदा असार २० गते अर्थात बिहिबार मात्रै पक्राउ गर्न सफल भएको हो । सम्मेलनमा गराईएको जानकारी अनुसार विजय कुमार यादव र जिवछ यादवलाई जनकपुरको मुजेलियाबाट र ईसरायललाई उनको निवास चक्करबाट पक्राउ गरिएको हो । विजय यादव एकिकृत नेकपा माओवादीका नेता श्रवण भन्ने योग कुमार बरबरीयाका छोरा हुन भने जिवछ यादव उनका जुवाँई हुन । पक्राउ परेकाहरुमाथि हातहतियार तथा खरखजाना अन्र्तगत मुद्दा चलाईने बताईएको छ ।
    घटनाको अनुसन्धान जारी रहेको जिप्रकाका सूचना अधिकारी गोविन्द पुरीले बताएका छन । त्यसै गरि २०६६साउन ३ गते धनुषा जिल्ला रघुनाथपुर २ बस्ने नागेन्द्र यादवलाई गोली हानी हत्या गरेको आरोपमा प्रमोद कापरी लाई पक्राउ गरेको छ ।
    अपहरणको आरोपमा कापरीले भारतमा ३ बर्ष अघि जेल सजाय पाइसकेका छन । कापरी माथि उल्लेखित घटनामा पनि संलग्न रहेको प्रहरीको दावी छ ।

२०७०-३-२३

No comments:

Post a Comment