Wednesday, December 16, 2015

अराजकताको डरलाग्दो अवस्था

अजय अनुरागी
जनकपुरधाम............

मधेस आन्दोलन सुरु भएपछि मधेसका कतिपय जिल्लाहरुका सुरक्षा पोष्ट र प्रहरी चौकीहरु विस्थापित भएका छन् । आन्दोलनका दौरान आन्दोलनकारीहरुले खास गरेर सिमावर्ती क्षेत्रका प्रहरी चौकीहरु माथि आक्रमण गरेर जलाईसमेत दिएका छन् । परिणाम स्वरुप ती चौकीहरु ठुलो यूनिटमा मर्ज हुन पुगेको छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले दिएको प्रतिवेदन अनुसार कार्तिक १८ गतेसम्ममा धनुषामा १७ वटा, महोत्तरीमा ८ वटा र सर्लाहीमा ५ वटा  गरि तीन जिल्लाहरुमा कुल ३० वटा प्रहरी इकाईहरु विस्थापित भएर नजिकको इलाका प्रहरी कार्यालयहरुमा गाभिएको छ । जसमध्ये महोत्तरीमा विस्थापित भएको ८ वटा प्रहरी पोष्ट मध्ये ५ वटा र धनुषामा १७ वटा मध्ये एउटा प्रहरी यूनिट पुर्णस्थापित भएको छ । त्यसैगरी धनुषामा १७ वटा प्रहरी भवनमा आगजनी, ११ वटामा तोडफोड र ६ वटा प्रहरीको सरकारी सवारी साधनमा पुर्ण रुपले क्षतिग्रस्त बनाइएको छ । त्यसैगरी प्रहरीले प्रयोग गर्ने निजी सवारी साधन २३ वटा र प्रहरीले प्रयोग गर्न निजी क्षेत्रबाट भाडामा ल्याइएको २१ वटा सवारी साधनलाई आन्दोलनकारीहरुले आन्दोलनका क्रममा तोडफोड गरेका छन् ।
अञ्चल प्रहरी कार्यालयका प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार आन्दोलनका दौरान सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि भनेर प्रहरी हेडक्वार्टर, क्षेत्रिय कार्यालय हेटौडा र अन्य विभिन्न इकाईहरुबाट थप प्रहरी जनशक्तिको मद्दत आएको छ । अहिले आन्दोलनका दौरान धनुषामा ९ सय ३ जना, महोत्तरीमा ७ सय ९२ जना र सर्लाहीमा ७ सय ९८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरी निरीक्षक भट्टका अनुसार यो थप जनशक्ति गत साउन ४÷५ गते संविधानको मस्यौदा लिएर राय सुझाव संकलन गर्न सभाषदहरुको टोली आफ्नो आफ्नो क्षेत्रमा आउँदा देखि नै परिचालन गरिएको छ । प्रत्येक जिल्लाहरुमा डेढ सय देखि दुई सय सम्म प्रहरी जनशक्तिहरु थपिएका छन् । यसरी हेर्ने हो भने धनुषा, महोत्तरी र सर्लाहीमा प्रायः जसो गाउँहरु राज्य विहिन भएका छन्  । गाउँका चौकीहरु उठिसकेपछि त्यहाँ आपराधिक गतिविधि बढेको छ । खासगरी पेटूोलियम पदार्थ देखि खाद्यान्न पदार्थहरुको तस्करी संगठित रुपमै बढेको छ । सदरमुकामका सरकारी कार्यालयहरु लामो समय देखि बन्द छन् । यो तीन जिल्लाको कुरा मात्र होइन प्रायः जसो तराई मधेसका हरेक जिल्लाहरु र गाउँहरुको अवस्था यस्तै छ ।
जब समाज राज्य विहिनको अवस्थामा हुन्छ, राज्यको उपस्थिति अत्यन्तै कमजोर अवस्थामा पुग्दछ तब समाजमा अराजकता उत्पन्न हुन्छ । जब आन्दोलन चलिरहेको हुन्छ र उक्त आन्दोलन राजनीतिक नेतृत्वको कमाण्ड भित्र रहँदैन तब आन्दोलन अराजक हुन्छ । अहिले मधेस आन्दोलन १ सय ५ दिन वितिसक्दाको अवस्था हेर्ने हो भने आन्दोलन अराजकता तिर गईरहेको महसुस हुन्छ । धनुषाका प्रहरी उपरीक्षक राम दत्त जोशी भन्छन,“विस्थापित भएका प्रहरी चौकीहरुलाई विस्तारै पुनसर््थापित गर्न हामीले योजना बनाईरहेका छौं । थुपै्र गाउँहरुबाट पब्लिकले नै हामीहरुलाई चौकी चाहियो भनेर भनिरहेका छन् । भौतिक पुर्वाधारहरु ध्वस्त पारिएकाले रिलोकेशन र रिमोविलाईजेशनका लागि अलि केही समय लाग्न सक्छ, तर हामी त्यसको योजना बनाईसकेका छौं ।”
तराईका १८ जिल्लामा विशेष सुरक्षा योजना
 गृह मन्त्रालयले तीन सुरक्षा संगठनलाई परिचालन गर्दै तराईका १८ जिल्लामा विशेष एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । राजमार्गको अवरोध हटाउन, नाका खुलाउन, घरेलु हतियार नियन्त्रण गर्न र आन्दोलनलाई साम्प्रदायिक बन्न नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिूय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गरी योजना कार्यान्वयनमा ल्याइएको हो ।
गृहले तराईको शान्ति सुरक्षाको अवस्था र आपूर्ति सहज गर्ने रणनीति बनाउन राष्टिूय अनुसन्धान विभागका एआइजी देवराज भट्टको संयोजकत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रतिनिधिसहितको समिति बनाएको थियो । सोही समितिले दिएको प्रतिवेदनलाई आधार बनाएर विशेष सुरक्षा योजना बनेको हो । विशेष सुरक्षा योजना तीनवटै सुरक्षा संगठनमा पठाएर सोहीअनुसार कार्यान्वयन गर्न गृहबाट निर्देशन आएपछि प्रहरी, सशस्त्र र विभागले जिल्ला तहसम्म सुरक्षा प्रबन्ध गर्न परिपत्र गरिसकेको छ ।
गृहले तराईबाट काठमाडौंसम्म जोडिने राजमार्गलाई चौबीसै घन्टा अवरोधविहीन बनाउन मुख्य तथा राजमार्ग जोडिएका, आन्दोलन भइरहेका र नाका अवरोध भइरहेका र त्यसको अवस्थाका आधारमा जिल्लालाई तीन तहमा वर्गीकरण गरी संवेदनशील स्थानमा प्रहरी र सशस्त्रलाई संयुक्त रूपमा परिचालन गरेको छ ।
सुरक्षा तयारी र सुरक्षा योजना निर्माणमा आवश्यक पर्ने सूचना संकलनमा राष्टिूय अनुसन्धान विभागका अधिकारीसहित तीनवटै सुरक्षा संगठनको संयुक्त टोली बनाइएको छ । ‘शान्ति सुरक्षाको अवस्थाका आधारमा १८ जिल्लालाई अति संवेदनशील, बढी संवेदनशील र संवेदनशील गरी तीन तहमा विभाजन गरी त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरेका छौं,’ गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, ‘राजमार्ग पूर्ववत सञ्चालन गर्न, नाकाको अवरोध हटाउन र शान्ति सुरक्षा बलियो बनाउन नयाँ योजना कार्यान्वयनमा आइसक्यो ।’
विशेष सुरक्षा योजनामा नाकामा निरन्तर अवरोध र आन्दोलन भइरहेका नौ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सुनसरीलाई अति संवेदनशील जिल्लामा राखिएको छ । कैलाली, रुपन्देही, बाँके, चितवन लगायतका पाँच जिल्लालाई बढी संवेदनशील र अन्य चार जिल्लालाई संवेदनशील सूचीमा राखिएको छ ।
मधेसमा आन्दोलन सुरु भएदेखि प्रहरी र सशस्त्र परिचालित भए पनि छुट्टाछुट्टै खटिँदै आएका थिए । एकीकृत सुरक्षा योजना कार्यान्वयनपछि अति संवेदनशील देखिएको स्थानमा प्रहरी र सशस्त्रको संयुक्त बेस बनाएर परिचालन गरिएको छ । विशेष सुरक्षा योजना लागू भएका जिल्लामा घरेलु हतियार बोकेर हिँड्न प्रतिबन्ध लगाइएको छ । राजमार्ग र सहायक मार्गमा कसैले अवरोध गरे कडा सुरक्षा कारबाही गर्न क्षेत्रीय कार्यालयमा निर्देशन गइसकेको स्रोतले जानकारी दियो ।
दुवै प्रहरी संगठनमा अश्रुग्याससहितका भिड नियन्त्रणमा प्रयोग हुने सुरक्षासामग्री पर्याप्त नदेखिएपछि २ महिना अगाडि नै सरकारले ती सामग्री किन्न एक अर्ब रुपैयाँ निकासा गरिसकेको थियो, तर खरिद प्रक्रिया अगाडि बढेको छैन । गृहले भिड नियन्त्रणमा प्रयोग हुने साधन, अश्रुग्यास, गोली लगायतका सुरक्षा सामग्रीको खरिद प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएपछि दुवै प्रहरी संगठनले टेन्डर आह्वानको तयारी गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्रबीच समन्वय अभाव रहेको जनाउँदै त्यसले सुरक्षा प्रबन्धमा नकारात्मक प्रभाव परेको प्रतिवेदनले नै औंल्याएपछि गृहले सुरक्षा योजना कार्यान्वयन भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला सुरक्षा समिति बैठक राखेर आवश्यकताअनुसार बल प्रयोगको निर्णय गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो । गृहले प्रमुख जिल्ला अधिकारीसँगै दुवै प्रहरी संगठनका स्थानीय प्रमुखको कार्यशैलीसमेत अनुगमन गरी सहयोगी नदेखिए तत्काल सरुवा गर्ने नीति लिएको स्रोतले जानकारी दियो ।
नेतामाथि सुरक्षा निगरानी
आन्दोलनमा सशस्त्र समूहको संलग्नता बढेको र हिंसात्मक र साम्प्रदायिक घटना बढाउने योजना बनिरहेको सुरक्षा प्रतिवेदनका आधारमा गृहले आन्दोलनरत दलका नेताको गतिविधि, आन्दोलनको नेतृत्व गरिरहेका जिल्ला तहका नेताको सम्पर्क जालो, आन्दोलनमा सहभागीको आर्थिक व्यवस्थापनमा सघाउने स्रोतव्यक्ति र समूहबारे गोप्य सूचना संकलनका लागि राष्टिूय अनुसन्धान विभागको नेतृत्वमा अन्य २ सुरक्षा संगठनको प्रतिनिधि रहेको टोली गठन गरी परिचालन गरेको छ ।
राजनीतिक तहबाट संशोधन हुन सक्ने संघीय खाका सार्वजनिक भएसँगै नेपालगन्ज र चितवनमा सुरु भएको प्रदर्शनलाई गृहले गम्भीर रूपमा लिएको एक अधिकारीले जानकारी दिए । बारा टुक््रयाउने तयारी भन्दै नेपालगन्जमा सुरु भएको विरोध प्रदर्शन र मधेसी मोर्चाको आन्दोलनको विरोधमा चुरे भावर राष्टिूय एकता पार्टीको आन्दोलन साम्प्रदायिक बन्न सक्ने भन्दै यस्ता गतिविधिमा संलग्नको गतिविधी निगरानीमा राखी शंकास्पद देखिए कारबाही गर्न निर्देशन आएको एक क्षेत्रीय सुरक्षा प्रमुखले जानकारी दिए ।
ढल्केवरमा डिआइजी परिचालित
विशेष सुरक्षा योजना लागु भएसँगै मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाका डिआईजी देबेन्द्र राज सुवेदी अहिले धनुषाको ढल्केवरमा केन्द्रित भएका छन् । डिआईजी सुवेदी ९ मंसिरमै ढल्केवरमा बसेका छन् । ढल्केवर देखि हेटौडा सम्मको राजमार्ग खुलाउन उनी खटिएका छन् । डिआईजी आएपछि अब दिनमा पनि ३ पटक स्कर्टिङ गरी राजमार्गमा यात्रु बाहक तथा मालबाहक सवारी साधनहरुलाई गन्त्वय सम्म सुरक्षित पुर्याउने कामका लागि राजमार्गमा सुरक्षाकर्मी परिचालित भएको अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक दयाकृष्ण भट्ट बताउँछन् । यसअघि सम्म रात्री समयमा मात्र सवारी साधनहरुलाई स्कर्टिङ गरिएको थियो ।
ढल्केवर राजमार्गमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले दिन र रातको समयमा राजमार्गमा धर्ना दिएर अवरुद्ध गर्न थालेपछि डिआईजी आफै परिचालित भएका हुन । अहिलेसम्म त्यहाँ प्रहरी र प्रदर्शनकारीहरु बीच रातिको समयमा पटक पटक झड्पहरु भईसकेका छन् । त्यसैगरी प्रदर्शनकारीहरुले केही सवारी साधनहरुमा आगजनी गर्नूका साथै थुप्रै सवारी साधनहरुमा ढुङ्गामुढा गर्ने गरेका छन् ।
आपराधिक समुह सल्बलाउने खतरा
५ मंसिर २०७२ मा जनकपुरमा बस विस्फोटन भएर सिरहाको गौरिपुर ९ का श्रवण यादव घाइते भएर अहिले प्रहरी नियन्त्रणमा उनको धरानमा उपचार भईरहेको छ । जनकपुर उपमहानगरपालिका ४ क्याम्पस चौक नजिक राम नरेश यादवको घरमा भाडामा बस्दै आएका यादव जनकपुरमा एचए अध्ययन गरिरहेका थिए । उनको घरमा राखिएको एउटा टिफिनको बट्टामा राखिएको बम विस्फोटन भई उनी घाइते भएका थिए । धनुषा प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानबाट उनी उक्त बम आपराधिक गतिविधिलाई अन्जाम दिन आफैले पनि बम बनाएको हुन सक्ने अनुमान गरिएको छ । उनको कोठाबाट अलग मधेस देश माग गर्दै आएको सिके राउतको पुस्तक पनि बरामद गरिएको छ । उक्त घटनाबाट प्रहरीले अहिलेको अवस्थामा विभिन्न यूवाहरु आपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने वा हुन खोज्ने मनोविज्ञान बढ्दै गएको आँकलन गरेको छ । अहिले सम्मको अनुसन्धानबाट यो कुरा खुल्न सकेको छैन कि उक्त बम उनलाई अरु कसैले दिएको हो वा आपैmले कतै विस्फोट गराउन खोजेको हो । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतका अनुसार अहिलेसम्मको अनुसन्धान अनुसार उनी उक्त बम आफै बनाई आफुसँग बम छ, बम बनाउन जान्दछु भन्दै आपराधिक गिरोहहरुको संगठनमा ठुलो बारगेनिङ सहित स्पेस लिन खोजेको देखिन्छ । उनी उपचारमै रहेका कारण अनुसन्धान पुरा हुन नसकेको भएपनि उनी मधेसका कुनै सशस्त्र समुहसँग समेत आवद्ध हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त प्रहरी अधिकृतका अनुसार उक्त घटनाको कुनै न कुनै सशस्त्र समुहले जिम्मेवारी लिने भन्ने कुरा हामीहरुको इन्टेलिजेन्सबाट सूचना प्राप्त भएपनि जिम्मेवारी नआउनुले अनुसन्धान झन् पेचिलो बनेको छ ।
मधेसका सशस्त्र समुहहरु मध्ये धेरै सशस्त्र समुहहरु राज्यसँग विभिन्न चरणको बार्ता गरी राजनीतिक मुलधारमा आईसकेका छन् । त्यसैगरी जयकृष्ण गोइत, ज्वाला सिंह लगायतका भुमिगत समुहहरुका संस्थापक नेताहरु अझै पनि भुमिगत नै छन् । उनीहरुको गतिविधि पछिल्लो केही बर्ष देखि निष्कृय देखिएपनि अहिलेको राजनीतिक उथलपुथल र आन्दोलनका दौरान शक्तिशाली भएर सक्रिय हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।
धनुषाका प्रहरी उपरीक्षक राम दत्त जोशी भन्छन,“ अहिले विभिन्न इन्टूेस्ट भएका समुहहरु अगाडी आउन सक्ने सम्भावना त रहन्छ नै, खास गरेर धमिलो पानीमा माछा मार्ने उद्देश्यले केही समुहहरु सक्रिय हुन खोजेको पनि हुन सक्छ । तर, हामीले ती समुहहरु माथि निगरानी बढाएका छौं । सादा पोशाकमा, देखिने गरी पोशाकमा र प्रहरीको मोवाईल टोली समेत खटाएका छौं । खास गरेर जनताले पनि निगरानी वढाएकोले हामी सचेत छौं ।”
आन्दोलन भईरहेको ठाउँमा नेताहरुको उपस्थिति अत्यन्तै न्यून छ । उदाहरणको रुपमा सप्तरीको भारदहमा राज्यका सुरक्षाकर्मीहरुले मोर्चाको घोषित रणनीति तहत राजमार्ग अवरोध गरिरहेका ४ जना आन्दोलनकारीहरुलाई बल प्रयोग गरी गोली प्रहार गरी हत्या गरेका छन् । यत्रो ठुलो घटना भईसक्दा पनि आन्दोलनको नेतृत्व गरिरहेका शिर्ष नेताहरु भारदह पुग्न सकेनन् । काठमाण्डौ मै बसिरहे । विज्ञप्ती निकालेर भत्र्सना गरे । टेलिभिजनहरुमा अन्तरवार्ता दिए । आन्दोलनका दौरान भारदहमा यो तेस्रो हत्या काण्ड हो । पहिलो पल्ट भदौ १ गते राजिव राउत राज्यद्वारा मारिए । तेस्रो मधेस आन्दोलनको उनी पहिलो सहिद हुन । जसरी पहिलो मधेस आन्दोलनमा सिरहाका रमेश महत्तो प्रथम सहिद भएका थिए । त्यसपछि रामकृष्ण राउतको हत्या भयो । तेस्रो पटक हत्या त भएन तर अनन्त चतुर्दशीका दिन केही कवाडी समुदायका मानिसहरुमाथि ठुलो आक्रमण गरियो । धेरै मानिसहरु घाइते भयो । र, चौथो पटक यो घटना भएको छ ।
 अर्थात यी सबै घटनाक्रमहरुमा के देखिन्छ भने स्थानीय तहबाट मानिसहरु आन्दोलित छन् । मर्न पनि तयार छन् । तर नेताहरु संघर्षको मैदानमा देखिँदैनन । राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“ नेतृत्वहरु लडाईको मैदानमा कमाण्ड लिनबाट डराईरहेका छन् । या उनीहरु लडाई गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा लडाई लडिरहेका जनताहरुमा ठुलो आक्रोश पैदा हुन्छ । फेरी समाजमा सबै एकै खालका व्यक्तिहरु हुँदैनन । आन्दोलनमा पनि विभिन्न व्यक्तिहरुको घुसपैठ हुन सक्ने प्रवल सम्भावना हुन्छ ।” समाजमा अपराधिहरु पनि हुन्छन् । तिनीहरु पनि धमिलो पानीमा माछा मार्न सक्छन् । जस्तै आन्दोलनको रणनीति एम्बुलेन्स जलाउने त होइन तर पनि एम्बुलेन्स जलाइएको छ । त्यो काम त पक्कै घुसपैठियाहरुले गर्छन् ।
पाउल कोलियर नामक एक जना अर्थशास्त्रीले आफ्नो पुस्तकमा द्वन्द्वका बारेमा लेखेका छन् । सशस्त्र द्वन्द्वका लागि उनले के भनेका छन् भने जब समाजमा अराजकता फैल्दै जान्छ तब सशस्त्र द्वन्द्वको प्रवल सम्भावना हुन्छ । सशस्त्र द्वन्द्वको लागि राजनीतिक मुद्दा हुनुपर्दछ, आर्थिक स्रोत हुनुपर्दछ र हतियार लुकाउन तथा आफु लुक्न सेल्टर चाहिन्छ । अर्थात यी तिनवटा अवस्थाहरु जहाँ पुरा हुन्छन त्यहाँ सशस्त्र द्वन्द्व विकसित हुन्छ । माओवादीको सशस्त्र द्वन्द्वलाई पनि हेर्ने हो भने यी तीनवटा शर्तहरु पुरा भएको देखिन्छ । माओवादीसँग गणतन्त्र प्रमुख राजनीतिक एजेण्डा थियो, आय स्रोतका लागि हतियार प्रयोग गरेर बैंक लुट्ने, चन्दा माग्ने जस्ता कुराहरु थिए भने लुक्नका लागि शुरुमा दुर्गम पहाडी भु भाग र जंगल थिए भने पछि भारतको ठाउँ । ठीक त्यसै गरी मधेसमा पनि २०६२÷०६३ साल तिर सशस्त्र समुहहरुको विगविगी बढेको थियो । त्यसबेला जन्मिएका सशस्त्र समुहहरुले पनि मधेस मुक्तिको नारा दिएका थिए । त्यो राजनीतिक एजेण्डा थियो । उसले पनि साना हतियारको बलमा चन्दा आतंक मचाएको थियो । अपहरण गरी फिरौती लिने गथर््यो । र, उ पनि लुक्नको लागि सिमापारी सेल्टर लिने गथर््यो । यसरी अहिलेको अवस्था हेर्ने हो भने मधेसमा फेरी पनि सशस्त्र द्वन्द्व हुन सक्ने सम्भावना देखिन्छ । किनभने राजनीतिक एजेण्डा त छदैछ । त्यही नाममा आपराधिक समुहहरु सक्रिय हुन सक्नेछन् । त्यो अहिले देखिएको पनि छ ।
 विश्लेषक तुलानारायण साह भन्छन,“ सिमा नाकामा आन्दोलनकारीहरुले धर्ना दिईरहेको भएपनि तस्करहरु हावी भएका छन् । हुन सक्छ जसरी अहिले तस्करी गरेर मोटो रकम आर्जन गरिरहेका छन् उनीहरु त्यसैलाई निरन्तरता दिनका लागि तस्कर माफियाहरुको संजाल सशस्त्र समुहहरुको आवरण समेत दिन सक्छन् । सुन्सरीको भण्टाबारीमा सिमापारीका सुरक्षाबलले मधेसका केही तस्करहरुलाई गोली प्रहार गरी घाइते बनाएको जुन भनिएको छ त्यस्तो अवस्थामा प्रतिसोध लिन ती तस्करहरु हतियार उठाएर सशस्त्र संघर्षको नाम पनि दिन सक्छन् ।”
हतियार उठाउनु आत्मघाती कदम
शान्तिपुर्ण आन्दोलनबाट मधेसको माग पुरा नभइरहेको अवस्थामा हतियार उठाएर सशस्त्र विद्रोह गर्नुपर्ने कुराहरु पनि उठन थालेका छन् । खास गरेर माओवादीका मधेसी नेताहरु उक्त कुराहरु सार्बजनिक रुपमै अभिव्यक्ति दिने गरेका छन् । र धेरै यूवाहरुमा त्यस्तो मनोविज्ञान बढ्दै गएको पाइन्छ । मधेसमा यदि हतियार उठ्यो भने त्यो मधेसकै लागि प्रत्युत्पादक हुन सक्छ । कानुन व्यवसायी तथा अधिकारकर्मी समेत रहेका दिपेन्द्र झा भन्छन्,“विगतमा पनि सशस्त्र समुहहरुले धेरै लामो समय सम्म संघर्ष गरे । उक्त संघर्षका दौरान ४ सय मधेसी यूवाहरुको राज्यले इन्काउन्टर गरेर सिद्धयायो । दिनहुँ जसो एउटा दुइटा इन्काउन्टर हुने गथर््यो । उक्त इन्काउन्टरमा समाजले पनि राज्यलाई सहयोग गर्ने गथर््यो । किनभने समाज ती समुहका चन्दा आतंकबाट आक्रान्त थिए । मधेस आन्दोलनको त्यो डर लाग्दो कालो पक्ष थियो । त्यसैले विगतको अनुभवलाई हेर्ने हो भने राज्यको बन्दुकको जवाफमा नागरिकले बन्दुक उठायो भने सकिन्छ । राज्यले त खोजेकै हो कि नागरिकले बन्दुक उठाओस र फेरी पनि बोलाएर इन्काउन्टर गरी सिद्धयाउन सकियोस् ।”
आजको २१ औं सताव्दीमा राज्यले बोकेको बन्दुकको विकल्पमा उठाइएका हरेक बन्दुकको आन्दोलन प्रायः सकिएको छ । ती सबै असफल भएका छन् । धेरै टाढा जानु पर्दैन । दक्षिण एसियाकै श्रीलंकामा जल, थल र बायू सेना समेत रहेको र केही भाग कब्जामा समेत लिईसकेको एलटिटिइलाई राज्यले क्रस गरेर सिद्धयाईसक्यो । एक महिनामै लाखौं मान्छे मारिए । अब त्यहाँ केही नामो निसान छैन । क्यानेडा, अमेरिका लगायतको अन्तर्राष्टिूय सहयोग समेत प्राप्त रहेको श्रीलंकाको सशस्त्र विद्रोह असफल भयो । हाम्रै देशमा माओवादीले पनि बन्दुक लिएर सशस्त्र विद्रोह गर्यो । तर, अन्तमा शान्ति प्रक्रियामै आउनु पर्यो । अर्को कुरा के हो भने हतियारको आन्दोलनलाई अन्तर्राष्टिूय समुदायले मद्दत गर्दैन । अहिंसक मार्ग नै मधेस आन्दोलनको समाधान हो । शान्तिपुर्ण आन्दोलनले नै मधेसको मुक्ति सम्भव छ ।
अन्तर्राष्टिूय फौजदारी अदालतमा जान असम्भव
शान्तिपुर्ण आन्दोलनमा राज्यले जवरजस्ती बल प्रयोग  गरेर निर्दोष नागरिकको टाउकोमा, छातीमा ताकी ताकी गोली प्रहार गरी हत्या गरिरहेको अवस्थामा मानव अधिकारको गम्भीर उल्लंधन गरिरहँदा मधेसी समुदाय अन्तराष्टिूय फौजदारी अदालत तिर जानुपर्ने यूवाहरुको माग बढि रहेको छ । हुन त सप्तरीको राजविराजमा समेत मोर्चाको बैठकबाट आन्दोलनका दौरान जति पनि हत्या हिंसा भएका छन् त्यसको छानविन गरी अन्तराष्टिूय फौजदारी अदालतमा मुद्दा गरिने निर्णय गरेको छ । तर, के उक्त अदालतमा जान सम्भव छ त ?
कानुन व्यवसायी दिपेन्द्र झाका अनुसार अन्तर्राष्टिूय फौजदारी अदालतमा मुद्दा गर्न त्यति सहज छैन । त्यसका लागि केही निश्चित मापदण्डहरु छन् । अन्तर्राष्टिूय फौजदारी अदालतले तीन किसिमको मुद्दा लिने गरेको छ । एउटा हो जिनोसाइट । रंगको आधारमा, नस्लको आधारमा, समुदायको आधारमा एउटा धर्म वा जाती वा समुदायका मानिसले अर्को समुदायलाई हत्या गर्छ र त्यसमा पनि हत्या हुनेको संख्या वृहत हुनु पर्दछ । जस्तै रुवाण्डामा एक लाख हुटुटुसी समुदायका मानिसहरुलाई हत्या गरेको थियो । त्यहाँ रंगभेद गरिएको थियो । जस्तै सुडानमा भएको थियो । अहिले सुडानका सेना प्रमुख बेलायतमा पक्राउ परेका छन् । दोस्रो हो, मानवता विरुद्धको अपराध हुनुपर्दछ । त्यसमा हत्या, बलात्कार, लुटपाट आदि जस्ता जघन्य अपराध वृहत मात्रामा हुनुपर्दछ । तेस्रो हो यूद्ध अपराध । राज्यले औपचारिक रुपमै यूद्ध घोषणा गरेको हुनुपर्दछ । अहिले नेपालमा मधेसी समुदाय विरुद्ध राज्यले औपचारिक रुपमा युद्ध घोषणा गरेको छैन । यूद्ध जस्तो लागेपनि यूद्ध घोषणा गरेको छैन ।
त्यसैगरी अन्तर्राष्टिूय फौजदारी अदालतमा जाने पनि तीनवटा बाटोहरु छन् । पहिलो कुरा अन्तर्राष्टिूय फौजदारी अदालतको सदस्य राष्टू हुनु पर्दछ । यदि छैन भने त्यहाँसम्म पुग्नै सकिन्न । र, नेपाल अन्तर्राष्टिूय फौजदारी अदालतको सदस्य बन्न सकेको छैन । प्रचण्ड नेतृत्वको सरकारमा उपेन्द्र यादव परराष्टूमन्त्री रहेको बेला अन्तर्राष्टिूय फौजदारी अदालतको सदस्य बन्न फाइल अगाडी बढाउन लाग्दा तत्कालिन प्रधानमन्त्री प्रचण्डले रोकेका थिए । उक्त फाइल अहिले सम्म अगाडी वढ्न सकेको छैन ।
दोस्रो बाटो के हो भने संयुक्त राष्टू संघको सुरक्षा परिषदले मुद्दा दर्ता गर्न सिफारिस गर्नुपर्दछ । सुरक्षा परिषदले भन्न सक्नुपर्छ कि त्यहाँ धेरै हत्या हिंसा भईसकेको छ, मुद्दा दर्ता गर । तर, सुरक्षा परिषदको स्थायी सदस्य रहेको चीनले कहिल्यै पनि नेपालका सुरक्षाकर्मी वा प्रमुख राजनीतिककर्मीका विरुद्ध अन्तर्राष्टिूय फौजदारी अदालतमा मुद्दा जाओस भन्ने चाहना राख्न सक्दैन । त्यो सम्भावना पनि छैन ।
तेस्रो बाटो के हो भने तपाईको आफ्नो मुलुकको अदालत असक्षम भयो वा मुद्दा दर्ता गर्न अनिच्छा देखायो भने मात्र अन्तर्राष्टिूय फौजदारी अदालतमा मुद्दा दर्ता हुन सक्छ । अहिले सम्म नेपालको अदालतले अनिच्छा त देखाएको छैन वा अक्षम त सावित भएको छैन । अक्षम छ भने तपाईले प्रमाणित गर्न सक्नुपर्दछ । जति पनि मधेसमा हत्या हिंसा अहिले भएको छ त्यसको सर्बोच्च अदालतमा मुद्दा दर्ता भएको छ । उक्त हत्या काण्डमा संलग्न हुनेहरु विरुद्ध मुद्दा अभियोजन गर्न माग समेत गरिएको छ । कारवाही गर्न माग गरिएको छ । परमादेश मागिएको छ । अन्तरिम आदेश गरिसकेको छ ।

२०७२ मंसिर १३ गते आईतबार

जनकपुरमा विद्यार्थीको ¥याली

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याप्सन तथा एनप्यासनको आह्वानमा शनिवार जनकपुरमा विद्यार्थीहर्रु यालीमा सहभागी भएका छन् । ‘सहिदहरुको श्रद्धाञ्जली तथा प्रार्थर्ना याली’ नाम दिइएको प्रदर्शनमा जनकपुरका १ सय २५ विद्यालयका विद्यार्थीहरु सहभागी थिए । ऐतिहासिक बारहवीघा रंगभूमि मैदानबाट सुरु भएको प्रदर्शन बारहबीघामा समापन भएको थियो । जनकपुरका विभिन्न विद्यालयहरुबाट विद्यार्थीहरु ¥यालीमा सहभागी हुन बारहविघा मैदानमा जम्मा भएका थिए । ¥यालीका क्रममा ती विद्यार्थीहरुका शिक्षक तथा प्रिन्सिपलहरु पनि सहभागी भएका थिए ।


२०७२ मंसिर १३ गते आईतबार

आन्दोलनले किन उचाई प्राप्त गर्न सकेको छैन ?

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाका नेताहरु ढल्केवरमा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राजनीतिक विश्लेषक सिके लालका अनुसार कुनै पनि आन्दोलन उचाईमा पुगेको छ वा छैन भन्ने कुरा नाप्नको लागि तीन वटा कुराहरुको मापदण्ड हुन्छ । पहिलो आन्दोलनरत राजनीतिक दलहरुको बीचमा समन्वय तथा प्रष्ट एजेण्डा । दशमा सात अंक मधेसको आन्दोलनलाई उनी दिन्छन् । त्यसैगरी सरकारलाई बाध्य पार्न सक्नु दोस्रो मापदण्ड हो । अहिलेसम्मको आन्दोलनमा सरकारलाई बाध्य पार्न सकेकै छैन आन्दोलनले । त्यसमा दशमा पाँच अंक मात्र दिन्छन लाल । त्यसैगरी तेस्रो महत्वपुर्ण कुरा अन्तर्राष्टिूय दवाव हो । लालका विचारमा अहिलेसम्म मधेस आन्दोलनमा मधेसको आन्दोलनको अन्तर्राष्टिूयकरण हुनु भन्दा राज्यको प्रपोगण्डा मेसिनरीको नै विजय भएको छ । त्यसकारण अहिलेको आन्दोलनलाई झन् सशक्त बनाउँदै अगाडी वढेपछि मात्र आन्दोलन उत्कर्षमा पुगेको मान्न सकिन्छ । उनका विचारमा त अहिले जन आन्दोलन अथवा जनविद्रोह मधेसमा हुनै सकेको छैन । अहिले त मोर्चाले आह्वान गरेको जसमा स्वस्फुर्त रुपमा मधेसी नागरिक आन्दोलनमा सहभागी हुन सकेको छैन । उनका विचारमा मधेसमा अहिले विद्रोह हैन आन्दोलन मात्र छ । र, यो आन्दोलनलाई जनविद्रोहमा परिणत गर्न मोर्चा अहिले सम्म असफल सावित भएको छ ।
कुनै पनि आन्दोलनलाई सफलतामा पुर्याउनका लागि आन्दोलनको एजेण्डा प्रस्ट हुनुपर्दछ । आन्दोलन हाँक्ने वा नेतृत्व गर्ने दल वा मोर्चाको संगठन बलियो हुनुपर्दछ । र, नेतृत्व भरोसायूक्त हुुुनुपर्दछ । जसमाथि भरोसा गरेर मानिसहरु जुट्न सकोस । तर, अहिले आन्दोलनको नेतृत्व संयुक्त रुपले घोषणा गरिएको छ । तर, नेता तोकिएको छैन । २०४६ सालको आन्दोलनमा धेरै दलहरु सहभागी थिए । कांग्रेस र बाममोर्चामा सहभागी दलहरु आन्दोलनमा थिए । तर उक्त आन्दोलनको सर्बोच्च कमाण्डर गणेशमान सिंह थिए । २०६२÷०६३ को जनआन्दोलनमा ८ राजनीतिक दल र माओवादी सहभागी थिए । उक्त आन्दोलनमा पनि गिरिजा प्रसाद कोइरालालाई सर्बोच्च कमाण्डर बनाइएको थियो । तर, अहिलेको मधेस आन्दोलनमा अहिलेसम्म घोषित सर्बोच्च कमाण्डर छैन । जनकपुरका मानिसहरुमा र काठमाण्डौका बुद्धिजिवीहरुमा महन्थ ठाकुर मोर्चाका कमाण्डर हुन भनेर बुझिरहेका छन् । तर, मोर्चा भित्र यो कुराको निर्णय भएको छैन । त्यसैले यो आन्दोलनको नेता को हो भन्ने कुरा नै प्रष्ट हुन सकेको छैन ।
दोस्रो कुरा आन्दोलनको एजेण्डामा पनि व्यापक कन्फयूजन पाइन्छ । मधेसी जनताले आन्दोलनको एजेण्डा सिमाङ्कन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्व र नागरिकता गरि चार प्रमुख एजेण्डा रहेको बुझेपनि यसमा धेरै प्रश्नहरु उठाउन सकिने पर्याप्त ठाउँ छ । राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“उपेन्द्र यादवले साँच्चै सिमाङ्कनमा हेरफेर खोजेका छन् भने उनकै पार्टीका अशोक राईले पनि हेरफेर खोजेको हो त ? झापा, मोरंग र सुन्सरीलाई दुई नम्बर प्रदेशमै मिलाउनु पर्छ भन्ने माग हो उपेन्द्र यादव वा उनले नेतृत्व गरेको पार्टीको माग हो भने उनकै पार्टीका नेता अशोक राईहरु त अखण्ड लिम्बुवान खोजेको पाइन्छ । किनभने अशोक राई जस्ता नेताहरुको विचारमा ती तीनवटा जिल्लाहरु लिम्बुवानमा पर्दछन् । यदि उक्त पार्टीले साँच्चै मधेस प्रदेश खोजेको हो भने फोरमको प्रभाव क्षेत्र भनेको मोरंग र सुन्सरीमा किन आन्दोलन उठ्न सकेको छैन ? त्यसैले राजनीतिक दलहरुका बीचमै पनि एजेण्डामा साँच्चिकै प्रष्टता छ भन्ने कुरा यकिन गर्न सकिन्न ।” त्यसैले आन्दोलनरत दलहरुका बीचमा जुन समन्वय हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।
सरकारमाथि किन दवाव परिरहेको छैन ?
कुनै पनि आन्दोलन राज्यका विरुद्ध राज्यलाई दवाव दिनका लागि गरिन्छ । अहिले जारी मधेस आन्दोलन राज्यलाई दवाव दिनु भन्दा पनि प्रमुख तीन राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीलाई दवाव दिनका लागि गरिएको हो । किनभने यो आन्दोलन संविधान जारी हुने मिति असोज ३ भन्दा अघि नै साउन ३१ गते देखि आह्वान गरिएको हो । आन्दोलन प्रारम्भ गर्नुको उद्देश्य नै के थियो भने जारी संविधान निर्माण प्रक्रियालाई कि त स्थगित गरियोस वा मधेसका मागहरु संविधानमा सम्बोधन गरियोस । तर, मधेस आन्दोलन भईरहँदा पनि संविधान जारी भयो । अर्थात ती तिन दलहरुमाथि कुनै पनि प्रभाव परेन । मधेसी मोर्चाको पहिलो औपचारिक हार असोज ३ गते नै भईसकेको थियो । तर, आन्दोलन लम्बिदै गयो । राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“ मोर्चाले पनि आफ्नो आम हडताल जारी राख्दै काठमाण्डौलाई दवाव दिनका लागि नाकाबन्दी गर्न थाल्यो । सिमाबर्ती क्षेत्रको दशगजामा बसेर आन्दोलन चलाउन थाल्यो । तर, भयो के भने काठमाण्डौलाई नाकाबन्दी गर्न सकिएन । काठमाण्डौलाई प्रभावित गर्न सकिएन । नाकाबन्दीमा मधेस नै परे । त्यसको प्रभाव उल्टै मधेसी जनतामा परे । त्यसैले यो कुराको मोर्चाले लेखाजोखा गर्नै सकेन ।”
संविधान घोषणा हुने मिति असोज ३ अगावै मोर्चाले संविधान सभाबाट सामुहिक राजिनामा दिएर बाहिरिएको भए काठमाण्डौलाई दवाव पर्न पनि सक्थ्यो । त्यसको अन्तर्राष्टिूय रुपमा एउटा म्यासेज पनि जाने थियो र दवाव पनि पर्न सक्थ्यो होला । तर, त्यो विकल्प तिर मोर्चा जान इच्छुक देखिएन । झन् भईदियो के भने मोर्चा संविधान जारी भएपछि प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भईदियो । मधेसमा त्यसको चर्को आलोचना भएपछि अब सदनमा नजाने भनेर मोर्चाले तर्क राखे । फेरी के भयो भने अहिले मोर्चा सदनमा प्रवेश गरेर रोष्टूम घेर्दैछ । र, के भनिरहेको छ भने आफुहरुको संघर्ष सदन र सडक दुवै ठाउँबाट भईरहेको छ । यदि सदन नै घेर्नु थियो भने प्रधानमन्त्री, सभामुख, राष्टूपति, उपराष्टूपति जस्ता संवैधानिक पदहरुको निर्वाचन भईरहेको बेला रोष्टूम घेर्न गएको भए केही दवाव पर्न पनि सक्थ्यो होला । तर, मोर्चाले त्यसो गरेन । काठमाण्डौमा परेको थोर बहुत प्रभाव झन् प्रभावहिन भयो । राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“ अब त के लाग्छ भने जसरी विजय गच्छदार सरकारमा सहभागी भएर आफ्नो संघर्ष सरकारमै रहेर जारी रहेको भनेर भनिरहेका छन् ठीक त्यसैगरी मधेसी मोर्चा पनि सरकारमा सहभागी भई आफ्नो संघर्ष सदन, सडक र सरकार तीन वटै मोर्चाबाट जारी रहेको भन्न पनि बेर लाग्दैन ।”
मोर्चाले के घोषणा गर्यो भने बिराटनगर, विरगञ्ज, भैरहवा र काँकडभिठ्ठा गरी ४ प्रमुख नाकाहरुमा नाकाबन्दी गर्ने । तर, अहिले भएको के छ भने विरगञ्ज नाका मात्र ठप्प छ । अरु सबै नाकाहरु खुलेका छन् । त्यसैले आन्दोलनले काठमाण्डौलाई हैन मधेसी समाजलाई नै बढी प्रभाव पर्नुमा मोर्चाको रणनीति तय गर्ने कार्यक्रम नै गलत रहेको हो । मोर्चाले आन्दोलनका सवालमा सहि रणनीति नै बनाउन सकेन ।
मधेस मुद्दाको अन्तर्राष्टिूयकरण
इतिहासको पाना पल्टाएर हेर्ने हो भने पहिलो पल्ट भारतले औपचारिक रुपमै मधेसमा मधेसी जनतासँग नेपालमा विभेद भएको र मधेसीको भावनालाई संविधानमा समेटिनुपर्ने बताईरहेको छ । त्यसैले मधेस आन्दोलनका दौरान नाकाबन्दीको कार्यक्रममा भारतले साँच्चै प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग र समर्थन गरिरहेको छ । कानुन व्यवसायी दिपेन्द्र झा भन्छन,“संयुक्त राष्टू संघको सभामै भारतले मधेसीसँग विभेद भईरहेको छ, ४५ जना नागरिकहरुको राज्यले बल प्रयोग गरी हत्या गरिएको छ, संवैधानिक हक सुरक्षित गरिएको छैन जस्ता कुराहरु प्रष्ट रुपमा राखेको थियो । बेलायत, अमेरिका, स्वीटजरलैन्ड, चेकरिपव्लिकन जस्ता राष्टूहरुले पनि उक्त कुरा राख्यो । यो ठुलो उपलब्धि हो । अन्तर्राष्टिूय मञ्चमा पहिलो पटक मधेसले प्रवेश पाएको छ ।”
मधेस आन्दोलनलाई बरगलाउन राज्यका संयन्त्रहरुले प्रोपागान्डा गरेका छन् । तर, त्यसको पनि मधेसी समुदायलाई नै फाइदा परिरहेको छ । जस्तै लन्डनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जाँदा त्यहाँ मोदीलाई विरोध गरियो । तर, परिणाम के आयो भने बेलायतका प्रधानमन्त्री डेविड क्यामरुण र भारतका प्रधानमन्त्री मोदीद्वारा संयुक्त रुपमा जारी गरिएको डकुमेन्टमा मधेसले प्रवेश पायो । जब कि त्यो भ्रमण द्विपक्षिय थियो तर नेपाल प्रवेश गर्यो र मधेसले स्थान पायो । नेपालमा सबैलाई समेट्न सकिने संविधान बनाउ अर्थात संविधान समावेशी छैन भन्ने कुराको अन्तर्राष्टिूय समुदायमा संदेश पुग्यो । अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्टू संघको कार्यालय अगाडी नेपाली समुदायका मानिसहरुले भारतको नाकाबन्दीको विरोध प्रदर्शन गर्न थाल्दा त्यहाँ रहेका मधेसी समुदायले पनि विभेदकारी संविधान र प्रहरीको बल प्रयोग तथा मान्छे मारिनु कार्यको विरोध गर्यो । कानुन व्यवसायी दिपेन्द्र झा भन्छन,“नेपाल सरकारलाई दवाव नपरेको होइन । दवाव त यतिसम्म परिसकेको छ कि अगुवा र पछुवा प्रहरीको स्कर्टिङ लिएर हिड्ने नेपाल सरकारका मन्त्रीहरु साइकल चढ्नुपर्ने अवस्था सम्म आईपुगेको छ । कुटनीतिक हिसावले नेपाल सरकार सबै देशहरु सामु असफल भईसकेको छ । त्यसका बाबजुद पनि राज्यले मधेस आन्दोलनका मागलाई सम्बोधन नगर्नुको विकल्प छैन । कि त माग सम्बोधन गरेर जान्छ वा त सबै मधेसी समुदाय लामो समयसम्मका लागि राज्यको विरुद्ध विद्रोही भएर जान सक्छ । सवाल के हो भने उनीहरुले पनि अस्तित्वकै लडाई ठानेका छन् । र मधेसी त लागेकै छन् । केही न केही नतिजा त निस्कन्छ नै ।”



२०७२ मंसिर १३ गते आईतबार

सरकार र राष्ट्रिय सञ्चारमाध्यम ‘साम्प्रदायिक’ :शैलेन्द्र महतो ‘क्रान्ति’

शैलेन्द्र महतो ‘क्रान्ति’ 
सरकार र राष्टिूय सञ्चार माध्यमहरु सम्प्रदायिक हुन् । यो कुरा विगत तीन महिनाभन्दा बढीसमयदेखि तराईमधेशमा भईरहेको आन्दोलनका क्रममा सरकारले देखाएको रबैया र काठमाण्डौका राष्टिूय भनिने समाचार माध्यमहरुमा मधेस आन्दोलनले नपाएको स्पेसले पनि पुष्टि भईसकको छ । सानतिनो घट्नालाई उछालेर निर्दोष मधेशीहरुको हत्या गराउने तिनै राष्टिूय सञ्चार माध्यमहरु छन् भने आफ्नै देशका निर्दोष जनतालाई आतंककारी जस्तो मार्ने तिनै राज्य हुन् ।
मधेशी जनताको अस्तित्व स्वीकार्न कदाचित पनि तयार छैनन् । ज्यादतीको पनि सिमा हुन्छ । तर सरकार र राष्टिूय सञ्चार माध्यमले ज्यादतीको पराकाष्ठा नै पार गरिसकेका छन् । केहि प्रहरीको हत्या हुँदा , एम्बुलेन्समा तोडफोड हुँदा कडा रुपमा दश दिनसम्म समाचारलाई विस्तार गर्ने मिडियाले खेलिरहेका निर्दोष बच्चा , घरको छतमा सुतेका निर्दोष नागरिक , मन्दिर गएका निर्दोष महिला , पढ्न गएका निर्दोष बालक , बजार गएका निर्दोष वृद्धको प्रहरीले बरबरर्तापूर्वक टाउको , छातीमा गोली प्रहार गरेर हत्या गर्दा किन त्यहाँ राष्टिूय सञ्चार माध्यमहरुको आंखा पुगेन ? र बोका बाख्रा मरेजस्तो दुई लाईनको समाचार बनाएर झडपमा मृत्यु भनेर लेख्यो । के मिडिया को यहि धर्म हो ? यहि हो सत्य तथ्य रिपोर्टिंग ? यहि हो आचारसंहिता ? यहि हो मर्यादा ? यहि हो स्वच्छता एवं निष्पक्षता ? कहाँ छन् अनुगमन गर्ने निकाय ?
प्रहरीको हत्याको घट्ना , एम्बुलेन्समा तोडफोड भएको घट्नाको लम्बा बखान गर्न मेडियाले ती निर्दोषहरुको हत्या हुँदा किन गम्भीरतासाथ लिएन ? गलत कार्य कुनै पनि किन नहोस् यस्तो घटनामा संलग्नहरुलाई कानुनी काठघरामा उभ्याएर दण्डित गर्नु पर्छ । चाहे त्यो प्रहरीको हत्या होस् वा एम्बुलेन्स तोडफोड अथवा कुनै । तर निर्दोष जनताको हत्या हुँदा राष्टिूय मिडिया किन मौन ?
आखिर काठमाण्डौमा आन्दोलन हुँदा त्यहाँ पानीको फोहरा दिने सकारले तराईमा आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मेधेशीहरुलाई किन आतंककारी जस्तै कायरतापूर्ण तरिकाले हत्या गरिरहेका छन् ? र विभिन्न बहाना लगाउँछन् । के आन्दोलनकारीहरु हतियार बोकेर आन्दोलनमा आएका थिए , विखण्डनकारी हुन् ? आतंक कारी हुन् ? हो यो आन्दोन हो । कतै काँही गलत पनि भएको होला । तर यसको जिम्मेबार को ? हो आन्दोलनकारीमाथि गोली प्रहार भयो ।  तर घरको छतमा सुतेका व्यक्ति , स्कुल पढ्न गएका विद्यार्थी , बजार गएका वृद्ध , मन्दिर गएकी महिला , खेलि रहेका बालकको के दोष थियो ? कि उनीहरुमाथि गोली प्रहार गरेर हत्या गरियो ? छ प्रशनको जवाफ सरकार वा राष्टिूय मिडियासंग ?
गलत तथा अनुचित क्रियाकलापको समाधान गर्नु सरकारको दायित्व हो । र, यसलाई समाधान गर्न आम सबै सचेत नागरिकहरुले सघाउनु पर्छ । तर जहाँ नागरिक नै आन्दोलित छन् । त्यहाँ गोली प्रहार गरेर , दमन गरेर समस्या समाधान हुन्छ की वार्ता र सम्बादको मार्फतले हुन्छ । यसलाई निकस दिने कसले ? यो लामो आन्दोलन जन आन्दोलनमा परिणत भईसकेको छ । शुरु शुरुमा राज्य पक्षको वेवास्ता र केहि नेताहरुको मनसनकीको कारणले यति लामो आन्दोलन भयो ।
यो आन्दोलनले स्वाभाविक रुपमा उठान गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले हो तर अव यो आन्दोलन जन आन्दोलनमा परिणत भईसकेको छ । यो नत आन्दोलनरत्त पक्षको नियन्त्रणमा छ नत राज्यको । विभिन्न ठाउँमा आन्दोलनकारी भनेर आन्दोलनलाई मत्थर र बद्नाम गराउन विभिन्न षड्यन्त्र र गलत अनुचित क्रियाकलाप भईरहेको छ । यसको जिम्मेवार को त ? आजसम्म यो सस्याको समाधानको साटो केहि नेताहरुले विष ओकलि रहेका छन् । झनै मधेशलाई उस्काउने कुचेष्टा गरिरहेका छन् । लामो आन्दोलनले निकास नपाउँदा दिनप्रतिदिन समस्या जटिल बन्दै छ । विभिन्न समस्याहरुले जनता झनै आक्रोसित बन्दै छन् । आफ्नै देशका नागरिकलाई अनुहार हेरेर विदेशी जस्तो पनि नभएर आतंककारी जस्तो शैलीमा प्रस्तुत भएर दिनप्रतिदिन हत्या हुँदा जहाँ पनि ठुलो समस्या उत्पन्न हुनु स्वभाविक हो ।  
अहिलेसम्म आन्दोलन साम्प्रदायिक थिएन । हतियार उठेको थिएन । तर सरकार मधेश आन्दोलनलाई कम्जोर पार्न जनतालाई हतियार उठाएर आन्दोलन हिंस्रक बनाउन लागि परेका छन् । पहाडी र मधेशी जनताबीच आफसी सद्भाव विगार्न उस्काई रहेका छन् । तर वास्तविक नेपाली जानताले यो कुरा कदाचित पनि स्वीकार्दैन । यो २०६२ ÷०६३ को मधेश आन्दोलन होईन । त्यो बेला २७ दिने आन्दोलनमा पहाडी र मधेशी समुदायबीच थुप्रै ठाउँमा अप्रिय घटना भएको थियो । तर आज आन्दोलन एक सय ४ दिन हुँदा पनि पहाडी र मधेशी समुदायबीच अगाढ प्रगाढ आपसी सम्बन्ध बरकरार छ । किन भने सबैलाई थहा छ यो आन्दोलन मधेशी र पहाडी समुदाय बीचको हैन । यो राज्य पक्ष र तराई मधेशको जनता बीचको हो । तराईमा मधेशमा बसोबास गर्ने कुनैपनि समुदायका व्यक्तिहरु सबै मधेशी हुन् । यहाँको विकास हुँदा लाभ यहाँ बसोबास गर्ने सबैलाई हुने हो । तर सकरकार र राष्टिूय मिडियाहरुले आन्दोलनलाई हिंस्रक बनाउन र मधेशी एवं पहाडी समुदाय बीचको सद्भाव विगारेर अन्तरष्टिूय स्तरमा बद्नाम गराउन विभिन्न षड्यन्त्र गरिरहेका छन् । उनीहरु समाधानको साटो मधेशी जनतामाथि झनै दमन गरेर बन्दुक र मेडियाको बलमा मधेशी जनतालाई दवाएर सरनार्थी एवं गुलामी एवं शासित जिवन जिउन बाध्य बनाउने कुचेष्टा गरिरहेका छन् । तर यो याद गर्दा हुन्छ की जति नै दमन हुँदा पनि मधेशी जनता हाँसी हाँसी ज्यानको बली दिन तयार छ , आत्म हत्या गर्न तयार छ तर कुनै पनि हालतमा आत्म समर्पन गर्दैन ।
केहिले भनि रहेका छन् । यो आन्दोलन केहि उरण्ठाउने र केही दुई चार सय आगन्तुक नेपालीहरुले गरिरहेका छन् । यो सोँच्नेलाई मेरो चुनौती छ कि आएर प्रतिकार जुलुस गरोस् । एक दुई दिनको आन्दोलनमा जनताले प्रतिकार गर्ने थुप्रै उदाहरुणहरु छन् । तर जारी मधेश आन्दोलनको  आज एक सय चार दिन हुँदा पनि किन कसैले प्रतिकार गरेन । यसले प्रष्ट हुन्छ यो आन्दोलनमा आम तराईबासीको समर्थन छ ।
राष्टिूय सञ्चार माध्यमहरुको भूमिक हेर्दा यस्तो लागि रहेको छ की । ती मिडियाहरु कुनै एक पक्षको वकालत गर्ने कुनै पार्टीको अघोषित मुख पत्र हुन् । त्यस्तै सरकार पनि उस्तै । अफ्नै मधेशी जनतालई जनता मान्न कदाचित तयार छैनन् । उनीहरुको जायज माग सम्बोधन गर्न कुनै पनि हालतमा स्वीका नगर्ने मनस्थितिमा छन् । सरकार र राष्टिूय सञ्चार माध्यमको गैर जिम्मेवारीको परिणमा हो यति लामो आन्दोलन । यति ठुलो क्षति , भोकमरी , हाहाकार , दुःख पिडा आदि । 
नेपालका वुद्धिजिवी वर्ग खगेन्द्र संग्रौला , किसोर नेपाल, बाबुबार भट्टराई जस्ता औंलामा मात्र गनिन सकिने बाबुद्धिजिवीहरुले तरई मधेशमा भईरहेको आन्दोलनको माग जायज हो । सरकारले बार्ता र संवादको मार्फतबाट समस्यालाई चाँडै समाधान गर्नु पर्छ भन्दा पनि । समाधानको साटो आन्दोलनाई सकरात्मक दृष्टिबाट हेरेर उसको पक्षममा बोल्नेहरुलाई विखण्डकारी , अराष्ट्रवादीको संज्ञा दिने गरिएको छ । उनीहरुले भविष्यवाणी पनि गरिसकेका छन् । यो समस्यालाई जति चाँडो समाधान गरे त्यति राम्रो । हैन भने  भोली आन्दोलनको माग फेरिन सक्छ । आज थोरै छलफल र सहकार्यबाट समाधान हुने समस्या भोली गएर झनै जटिल हुने छ । देशले ठुलै क्षति वेहोर्ने छ । यसको जिम्मेवार सरकार हुन्छ । त्यसैले अहिले पनि राजनेताहरुको चेत खुलोस् आफ्नो नागरिकलाई दमन र हत्या गरि समस्या समाधान हुदैन । वार्ता र संवादबाट हुन्छ । त्यसले राष्ट्रिय सञ्चारमाध्यम र सरकार आफ्नो मर्यादा भित्र रहोस् । जिम्मेवार बनोस् । देश र जनताको क्षतिले कसैको हित हुदैन ।


२०७२ मंसिर १३ गते आईतबार

राजमार्गमा थप हिंसा बढ्ने खतरा

राजमार्ग केन्द्रित आन्दोलनमा एक्येवद्धता जनाउँदै 
जनकपुरका वकिलहरु ढल्केवरको सडकमा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा(राजमार्ग सुचारु गर्नका लागि सरकारले विशेष सुरक्षा योजना लागु गरेपछि तराई(मधेशमा थप हिंसा बढने खतरा बढेको छ । सरकारी योजना आएपछि आन्दोलनरत मधेशवादी दलका नेताहरु पनि योजना बनाउने तयारीमा जुटेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका संगठनहरु हाल आमहड्ताल र प्रदर्शन भन्दा पनि राजमार्ग ठप्प गर्नेमा नै केन्द्रित बनेका छन् । तर, राज्यको तर्फबाट राजमार्गमा ठुलो सख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।
‘राज्यले सशस्त्र तथा जनपद प्रहरी यति धेरै ओरालेको छ कि आन्दोलनकारीले ज्यान जोगाएर भाग्नु परेको स्थिति छ । अब यसरी ज्यान जोगाएर कति दिन भाग्ने त्यसको तयारीमा जुटेका छौ, एक दुई दिनमा त्यसको परिणाम देख्न सक्नु हुन्छ’ जनकपुरको रमानन्द चौकमा भेटिएका संघीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवले भने, ‘हामी निहत्था छौँ, प्रहरी पुरै हातहतियारका साथ राजमार्गमा उत्रेका छन् । त्यो पनि दुई चारजना होइन टूकका टूक । त्यसको जवाफ दिन पनि हामी तयारी गरिरहेका छौँ ।’ सद्भावना पार्टीका धनुषा जिल्ला अध्यक्ष संजय सिहले पनि आन्दोलनमा अव नयाँ विकल्प खोजी शुरु भएको बताए । ‘राजमार्गमा हामी खाली हात प्रहरीसँग कसरी लड्न सक्छौँ ? हामी आफ्नो जायज मागका साथ शान्तिपूर्ण आन्दोलनमा छौँ तर, राज्य दमनमा उत्रेको छ । यस अवस्थामा हामीले पनि विकल्प सोच्न बाध्य भएका छौ ।’ उनले भने ।
धनुषाको ढल्केबरमा रातोपाटीको टीमले मंसिर १० गते रातभरि सडकमै बितायो । तर, त्यहाँ राती एकजना आन्दोलनकारी पनि सडकमा देखिएका थिएनन् । सुरक्षाकर्मीको मात्र बाक्लो उपस्थिति थियो । भोलीपल्ट (मंसिर ११ गते) जनकपुर पुग्दा त्यहाँ पनि बजारहरु खुलेका थिए । सरकारी कार्यालय सञ्चालनमा थिए । यही जिज्ञासा अध्यक्ष सिहसँग राख्दा उनले भने, ‘यो सन्नाटा हो । सन्नटापछिको अवस्था कस्तो हुन्छ, त्यो एक दुई दिनमै हेर्न पाउनु हुनेछ ।’
जनकपुरका मधेशी मोर्चाले अहिले गाउँ गाउँमा विभिन्न समिति बनाउन थालेका छन् । राजमार्ग केन्द्रीत आन्दोलनमा आमजनताको उपस्थिति हुन छाडेपछि नेताहरु गाउँ गाउँमा गएर प्रशिक्षण दिँदै विभिन्न आन्दोलन परिचालन समिति गठन गर्न थालेका छन् । सबैतिर समिति निर्माण भइसकेपछि एकैचोटी राजमार्ग ठप्प पार्ने योजना मोर्चाको रहेको छ ।
जकपुरमै भेटिएका फोरम नेपालका केन्द्रीय सदस्य राजकिशोर यादवले राजमार्ग ठप्प गर्नका लागि आफूहरुले जुनसुकै कदम उठाउन तयार रहेको बताए । उनले माओवादीकै जस्तै छापामार शैलीबाट राजमार्ग कब्जा गर्ने बताउँदै त्यसका लागि टीम तयार भइरहेको बताए । उनले भने, ‘राजमार्ग ठप्प गर्न जे आवश्यक पर्छ ती सबै हामीले प्रयोग गर्छौँ ।’
स्थानीय प्रशासनले पनि जिल्ला आफ्नो नियन्त्रमा नरहेको आन्दोलनकारी नेताहरुलाई बताउन थालेको मोर्चाका नेताको दावी छ । ‘यहाँका सिडियोले नै हामीलाई भन्नुभएको छ, नेताज्जू अब यो जिल्ला हाम्रो हातमा छैन । राजमार्गमा जाँदा होस पुर्याएर जानु होला । डिआईजी साप आफै राजमार्गको नेतृत्व लिएर बस्नु भएको छ’ सद्भावनाका अध्यक्ष सिहले भने ‘डिआइजीस्तरका व्यक्तिलाई राजमार्गमा पठाएर गोली चलाउन निर्देशन दिने सरकारले मधेशको समस्या समाधान किन नगरेको ?’ आन्दोलनको क्रममा राज्यले आफूहरुसँग विभेद गरेको भन्दै मधेशी मोर्चाका नेताहरुले रातोपाटीको टीमसँग आक्रोश पोखे । अध्यक्ष सिहले भने, ‘के नेपाल भनेको काठमाडौ मात्र हो ? स्कटिूङं गरेर सबै समान काठमाडौ मात्र लगेका छन् । मधेशी जनताको मुख थुनिएको छ । के मधेशका जनतालाई खद्यान्न चाहिदैन ?’
तुल्नात्मक रुपमा शान्त देखिएका सिरहाका मधेशवादी दलले पनि राजमार्ग केन्द्रित रणनीति बनाउन थालेका छन् । सिरहाका केही नागरिक अगुवाको अगुवाईमा सबै दललाई मिलाएर संयुक्त मधेशी मोर्चा गठन गरेका छन् । सिरहाको चोहर्वामा भेटिएका नागरिक अगुवा काशेन्द्र यादवले मोर्चा गठन भएको विज्ञप्ति देखाउँदै भने, ‘विभिन्न कारणले सिरहामा आन्दोलन कमजोर देखिएको थियो । अब त्यस्तो हुँदैन । अब सिरहाको आन्दोलन केन्द्रीकृत भएर राजमार्ग ठप्प हुन्छ । यसका लागि गाउँ गाउँमा पनि समिति बनाइन्छन् ।’
काठमाडौको दुख यहाँ पनि
‘यो नाकाबन्दी र आन्दोलनका कारण काठमाडौलाई जसरी दुखेको छ । त्यसको पिडा हामीलाई पनि महशुस भएको छ’ तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डलले भने, ‘हामीले काठमाडौवासीलाई पीडा होस्, दुख होस् भनेर आन्दोलन र नाकाबन्दी गरेका होइनौँ । काठमाडौमा रहेका शासकका विरुद्ध आन्दोलन गरेका हौं, काठमाडौका जनता विरुद्ध होइन ।’ ‘काठमाडौका जनताले मधेशी जनतालाई साथ दिनुपर्छ’ उनले भने, ‘काठमाडौका जनताले एक दिन पनि सरकार विरुद्ध मधेशको पक्षमा अवाज उठाई दियो भने यो समस्या समाधान हुन्छ । तर त्यस्तो गरेका छैनन, उल्टै हाम्रो विरोध गरिरहेका छन् । काठमाडौका मिडियाले पनि हामीमाथि विभेद गरेको छ ।’ तराई मधेश लोकतान्त्रिक पार्टी धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले काठमाडौका एउटा पनि मिडिया जनमुखी नरहेको आरोप लगाए । उनले सबै मिडिया सरकारी ‘एजेण्ट’ रहेको आरोप पनि लगाए । ‘काठमाडौका जनता अहिले निकै छट्पटाहटमा छन्, त्यसमा हामीलाई दुख लागेको छ । हामीले उहाँहरुलाई दुख दिनका लागि त्यस्तो गरेकै होइन’ उनले भने, ‘तर यो नश्लवादी सरकारका कारणले त्यहाँका जनताले दुख पाएका छन् ।’ सिरहाको नयाँ चोहर्वामा भेटिएका फोरम नेपालका कोषाध्यक्ष विजय यादवले व्यवस्था परिवर्तनको आन्दोलन भएकाले माग पुरा भएपछि मात्र रोकिने बताए । ‘जबसम्म मधेशीमाथि भइरहने व्यवस्था परिवर्तन हुँदैन तबसम्म आन्दोलन रोकिदैन’ उनले भने ।
उनले आन्दोलन बदनाम बनाउन काठमाडौं लागेको पनि आरोप लगाए । ‘काठमाडौमा पहाडी समुदायले मात्र दुख पाएका छैनन, त्यहाँ लाखौ मधेशीले पनि दुख पाएका छन् । तर, त्यहाँका पहाडी समुदायले मधेश आन्दोलनप्रति जुन व्यवहार देखाएको छ, त्यसले मधेशी जनताको चित्त दुखाएको छ’ उनले भने, ‘यो आन्दोलन कुनै समुदाय विशेषको होइन । आदिवासी, जनजाति, महिला, दलित, पिछडिएकामाथि राज्यले जुन विभेद गरिरहेको छ, त्यो हटाउनका लागि गरिएको आन्दोलन हो । तर, काठमाडौवासीले त्यसलाई अर्कै ढंगले प्रस्तुत गरि आन्दोलनलाई बदनाम गराउने प्रयास गरिरहेको छ । त्यसले हामीलाई दुखित बनाएको छ ।’
निकास के त ?
उनीहरु निकास संवादमै रहेको सुनाउँछन् । उनीहरुले एकै स्वरमा भने, ‘यसको एउटै विकल्प वार्ता हो । जति सक्दो वार्ताको माध्यमबाट यसलाई निकास दिनुपर्छ ।’ ‘यसलाई धेरै दिनसम्म अल्झाएर राख्यो भने राज्यलाई पश्चाताप भन्दा अरु केही हातमा बाँकी रहने छैन’ फोरम नेपालका धनुषा जिल्ला सदस्य विष्णुदेव साहले भने, ‘विगतमा जुन अवस्था राजा, महाराजा, राणाहरुको भएको थियो, त्यही अवस्था अब यी खस शासकको हुनेछ ।’ फोरम नेपालकै जिल्ला सहसचिव विजय मण्डलले आन्दोलन लामो भए देशमा थप समस्या आउने बताए । ‘पटक पटक वार्ता हुन्छन् तर असफल भइरहेका छन् यसबाट के प्रष्ट हुन्छ कि अब वार्ताका लागि मध्यस्तकर्ताको आवश्यकता छ । अब यो आन्दोलनलाई धेरै लम्बाइयो भने देशमा नराम्रो अवस्था सृजना हुन्छ’ उनले भने । सप्तरीको नेताको चौकमा भेटिएका संयुक्त मधेशी राष्टिूय आन्दोलन समितिका प्रवक्ता बलराम यादवले राज्यले सीमांकनको कुरा नटुग्यांएसम्म आन्दोलन जारी नै रहने बताए । ‘अहिलेको मुख्य लडाई सिमांकन नै हो’ उनले भने, ‘राज्यले बुद्धिमतापूर्वक सिमांकनको कुरा मिलाएपछि आन्दोलन आफै रोकिन्छ ।’
मधेसका सरकारी कार्यालय ः कतै कालो झन्डा, बन्दुक दर्ताको सूचना
जिल्ला विकास समिति कार्यालय सप्तरीको मूल गेटमा कालो झन्डा गाडिएको छ । भर्खरै सरुवा भएर आएका एलडिओ शिशिर पौडेल हाजिर हुन सकेका छैनन् । योजना अधिकृत लगायत अन्य कर्मचारी तीन महिनादेखि हाजिर गर्न समेत गएका छैनन् । कार्यालय सहयोगी जयनारायण यादव भन्दै थिए, ‘खोल्छु, सफा गर्छु, यतै बस्छु ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गर्नुअघि सेवाग्राहीले खचाखच हुने जिविस कार्यालयमा आजकाल न सेवाग्राही जान्छन, न त कर्मचारी । धन्न कार्यालय सहयोगी जयनारायणले गेटसम्म खोलेर इज्जत धानिदिएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा युद्धकालीन युनिफाइड कमान्डको ब्यारेकजस्तै थियो । सिडिओ कार्यालयको गेटदेखि कार्यकक्षसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू तैनाथ थिए । प्रजिअ कालिप्रसाद पराजुलीको कार्यकक्षमा नेपाली सेनाका मेजर भेटिए । करिब आधा दर्जन सर्वसाधारण राहदानीको सिफारिस लिँदै थिए । राहदानी बनाउन गएकाहरूको ध्यान एउटा सूचनाले तान्यो, ‘आन्दोलनको बेला बन्दुक दर्ताको सूचना !’ सिडिओ कार्यालयमा बन्दुक दर्ताको सूचना देखेपछि हामीले एक प्रशासकीय अधिकृतलाई सोध्यौं, ‘सर, बन्दुक नवीकरण गर्ने मात्रै हो कि, नयाँ दर्ता गर्न पनि मिल्छ ?’ उनले भने, ‘दुवै हुन्छ, १३ नम्बर कोठामा गएर डिटेल बुझ्नुस ।’
तराईका जिल्लामा सिडिओ कार्यालय र जिल्ला प्रहरी कार्यालयबाहेक अन्य कार्यालयहरू ठप्पजस्तै छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी पराजुलीले सबै सरकारी कर्मचारीलाई अनिवार्य रुपमा हाजिर गर्ने उर्दी जारी गरेपछि कर्मचारीहरू लुकिछिपी हाजिर गर्न थालेका छन् । हाजिर गर्नका लागि जिल्ला कृषि विकास कार्यालय पुगेका कर्मचारीहरू एउटै कोठामा भेला भएर मधेस आन्दोलनबारे गफ गरिरहेका थिए ।
निमित्त कार्यालय प्रमुख राम शुभक महतो भन्दै थिए, ‘बन्दले गहुँको बिउ ल्याउन सकिएको छैन, सेवाग्राही पनि आउँदैनन, के काम गर्ने ?’ राम शुभक र कृषि विकास कार्यालयका कर्मचारी नेपाल सरकारका कर्मचारी हुन् । तर, उनीहरू कार्यरत कार्यालयको बोर्डमा नेपाल सरकार मेटेर ‘मधेस सरकार’ लेखिएको थियो । बन्दकर्ताले लिखित आग्रह गरेर बन्द गर्न नभने पनि सिरहाका अधिकांश सरकारी कार्यालय बन्द छन् । नगन्य संख्याका कर्मचारी हाजिर गर्छन, फर्कन्छन् । अधिकांश कार्यालयका गेट बन्द छन् । जनताको स्वास्थ्यसँग जोडिएकाले सिरहाको जिल्ला स्वास्थ्य कार्यालय खुलेको थियो । तर, औषधि अभावमा स्वास्थ्य कार्यालयले सोचेजति काम गर्न सकेको छैन । जिल्ला अस्पतालका डाक्टर दयाशंकरलाल कर्ण भन्दै थिए, ‘अत्यावश्यक औषधिको अभावमा उपचार गर्न निकै कठिन हुँदै गएको छ ।’ सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको भए पनि सिरहा स्वास्थ्य कार्यालमा मुस्किलले तीन प्रकारका औषधि उपलब्ध भएको कर्णले बताए । सीमांकन लगायत माग राखेर तराई ठप्प पारेको मधेसी मोर्चाको बन्दका कारण सिंगो तराईमा राज्य विहीनताको अवस्था देखापरेको छ । प्रत्यक्ष जनतासँग जोडिएका कार्यालयका कर्मचारी लुसुक्क हाजिर गरेर टाप कस्न थालेको तीन महिना भइसकेको छ । तराईमा सक्रिय राज्यका निकायमध्ये जिल्ला प्रसाशन र प्रहरीको गतिविधिले जनतामा त्रास बढेको छ । प्रहरीको गाडी बेतोडले हुँइकिन थालेपछि सर्वसाधारण त्रासले अब कता गोली चल्छ भन्दै तर्सिन थालेका छन् । सर्वसाधारणका लागि राज्यविहीन जस्तै छ, तराई–मधेस ।



२०७२ मंसिर १३ गते आईतबार

यसरी नै दमन जारी रहे मधेस कता जाला ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

शनिबार राति सप्तरीको राजमार्गमा स्थानीय प्रहरी प्रशासनको ज्यादतीले स्थितिलाई झनै भयावह र गम्भीर बनाइदिएको छ । त्यस घटनाले सप्तरीकै गाउँगाउँका जनता थप आन्दोलित भएका छन् । फलतः पछिल्लो समय राजमार्गमा केन्द्रितगर्न खोजिएको आन्दोलन सदमुकाम राजविराजदेखि जिल्लाका नगरउन्मुख गाउँ र सानासाना सहर र त्यसका प्रहरी चौकीमा आगजनी गर्ने हदसम्म विस्तार भएको छ । आक्रोशित जनता घरघरबाट लाठी र भाटा लिएर सरकारी कार्यालय र खासगरी प्रहरी चौकीलाई निशाना बनाउन थालेका छन् । सप्तरीको राजमार्गमा स्थानीय प्रशासनको निर्देशनमा सशस्त्र प्रहरीले प्रदर्शन गरेको क्रुरताले अर्को्तिर समग्र मधेशभरिकै आन्दोलनकारीको आक्रोशमा घ्यू थप्ने काम गरेको छ । परिणामस्वरुप अन्य जिल्लामा समेत राजमार्ग अवरुद्ध गर्ने मधेशी मोर्चाको योजनामा अझ बल मिलेको छ ।
भारदहका आन्दोलनकारीहरुले आफूहरुले राजमार्गमै रातिको खाना खाइरहेको बेला घेरा हालेर सशस्त्र प्रहरीले अन्धाधुन्ध गोली बर्साएको आरोप लगाएका छन् । यस्तै, रुपनीका प्रदर्शनकारीले ‘मोदीका सन्तान हो, मधेश प्रदेश चाहियो ?’ भन्दै आफूहरुमाथि गोली बर्साएको दाबी गरेका छन् ।भारदह र रुपनीमाथि बर्सिएको प्रहरीको बर्बरतालगत्तै सिरहा र धनुषाका आन्दोलनकारीले आफ्ना जिल्लाअन्तर्गतका राजमार्ग अवरोधलाई परिणाममुखी बनाउन कस्सिएका छन् । सबभन्दा दुभाग्यपूर्ण के हो भने सुरक्षासंयन्त्रको अस्ति रातिको बर्बरताले देश र परदेश जहाँ पनि बसेका मधेशी समुदायको मनभित्रको अलगाववादलाई बढाउने काम नै गरेको छ ।
सदरमुकाम र जिल्लाका साना सहरहरुमा मात्र आन्दोलनका कार्यक्रम कति आयोजना गर्नु भन्दै मोर्चाका जिल्ला नेता तथा कार्यकर्ताले राजमार्ग अवरुद्ध गर्ने योजना बनाएका थिए । त्यही योजनाअन्तर्गत उनीहरुले कात्तिक ५ गतेदेखि रात्रिको समयमा समेत जिल्लाको भारदह, रुपनी, बिसनपुर र कदमाहा चौकमा भेला भएर राजमार्ग अवरुद्ध गर्ने निर्णय गरेका थिए । त्यसका लागि स्थानीय नेता तथा कार्यकर्ताले १०र१५ दिन अगाबैदेखि गाउँगाउँ गएर जनतालाई राजमार्गमा उत्रिन आग्रह गरेका थिए ।
जुन राति भारदह र रुपनीमा राजमार्ग अवरोधकर्तामाथि त्यस्तो नृशंस घटना घटित भयो, आन्दोलनकारीका लागि राजमार्गमा त्यो पहिलो रात थियो । उनीहरुलाई त्यो एक रात राजमार्ग अवरुद्ध गर्न दिएको भए मुलुकमा ठूलै महाविनाशक घटना घटित हुने थिएन । तीन महिनादेखि तराईमधेशमा सशक्त आन्दोलन चले पनि रातिको समयमा प्रहरी स्कर्टिङमा सवारी साधन चलेकै थियो । कम्तीमा त्यो एक रात स्थानीय प्रहरी र प्रशासनले धैर्य गर्नु पर्दथ्यो । राज्यको स्थानीय सत्ताले त्यो एक रात संयम अपनाएको भए आन्दोलनकारीतर्फ त्यति ठूलो क्षति हुने थिएन ।
त्यो राति मात्रै राजमार्गको अवरोध सफलतापूर्वक सम्पन्न गर्न दिएको भए अर्को दिन आन्दोलनकारीहरुसँग वार्ता गरेर उनीहरुलाई पछाडि फर्काउन सकिन्थ्यो । तर स्थानीय प्रहरी र प्रशासनको हठ, अहंकार र अदूरदर्शिताले मुलुकको समग्र स्थितिलाई झनै बल्झाउने काम गरेको छ । प्रशासनले मधेशी आन्दोलनकारीसँग शत्रु देशको नागरिकजस्तो व्यवहार गरेको छ । गृहमन्त्री शक्ति बस्नेतले वार्ताले समाधान नभए मधेश आन्दोलनलाई कानुनी तरिकाबाट शान्त गरिन्छ भन्ने अभिव्यक्ति जाजरकोटमा दिएको भोलिपल्टै सुरक्षाकर्मीले सप्तरीका आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग गर्नु के संयोग मात्रै हो ?
पछिल्लो मधेश आन्दोलनको क्रममा भैरहवा, वीरगञ्ज, रौतहट, महोत्तरी, जनकपुर र सप्तरीमा सरकारी सुरक्षाफौजले प्रदर्शन गरेको बर्बरता र क्रुरताले राज्य संयन्त्रले मधेशी आन्दोलनकारीमाथि ब्रिटिशराज्यमा भारतमा घटित जालियावालाबाघजस्तो नरसंहार त घटित गर्न खाजेको हो कि जस्तो डरलाग्दो आशंका गर्न बाध्य तुल्याउँछ । भारदहका आन्दोलनकारीहरुले आफूहरुले राजमार्गमै रातिको खाना खाइरहेको बेला घेरा हालेर सशस्त्र प्रहरीले अन्धाधुन्ध गोली बर्साएको आरोप लगाएका छन् । यस्तै, रुपनीका प्रदर्शनकारीले ‘मोदीका सन्तान हो, मधेश प्रदेश चाहियो ?’ भन्दै आफूहरुमाथि गोली बर्साएको दाबी गरेका छन् ।
तराई मधेशमा स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको अधिकांश बोली र व्यवहार नस्लीय चिन्तनबाट निर्दे्शित हुने गरेको तथ्य कसैबाट लुकेको छैन । सरकारी सुरक्षा संयन्त्रमाथि सप्तरीका आन्दोलनकारीले लगाएको आरोप सही हो भने यसले राज्यको केन्द्रीय संयन्त्र मात्र होइन, स्थानीय प्रहरी र प्रशासनले मधेशी आन्दोलनकारीसँग शत्रु देशको नागरिकजस्तो व्यवहार गरेको भन्ने मधेशी मोर्चाका नेताहरुको भनाइलाई पुनर्पुष्टि गर्दछ ।
गृहमन्त्री शक्ति बस्नेतले वार्ताले समाधान नभए मधेश आन्दोलनलाई कानुनी तरिकाबाट शान्त गरिन्छ भन्ने अभिव्यक्ति जाजरकोटमा दिएको भोलिपल्टै सुरक्षाकर्मीले सप्तरीका आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग गर्नु के संयोग मात्रै हो ? कि पहिलेका एमाले गृहमन्त्री वामदेव गौतम र अहिलेका माओवादी गृहमन्त्री शक्ति बस्नेतबीच केही भिन्नता पनि छ ? मधेशका जनताले यसको छिनोफानो गर्न अब ढिला गर्ने छैनन् । यसअतिरिक्त आन्दोलनकारीसँग आगामी दिनमा राज्यसंयन्त्र र सुरक्षा फौजले गर्ने व्यवहारले प्रचण्ड मात्र होइन, समग्र एमाओवादीको बचेखुचेको विश्वनियताको नै मधेशी जनताले अग्नीपरिक्षा लिने छ । यो सरकार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा छ भन्दैमा मधेशी जनताले प्रचण्ड र उसको पार्टीलाई छुट दिने छैनन् ।
पछिल्लो संविधानप्रति मधेशी समुदायको असन्तुष्टि स्वतन्त्रतापछि भारतीय संविधान निर्माणप्रति दक्षिणी भारतीय समुदायले प्रकट गरेको असन्तुष्टिसँग मेल खान्छ । तर नेपाली राज्यको दमन हेर्दा उसले श्रीलंकाको सिंहाली जातीय राज्यले अलगाववादी तमिल लडाकाहरुमाथि गरेको दमनको सम्झना दिलाउँछ । मधेशी युवाहरु समानता र स्वायत्तताका लागि आन्दोलन गर्दैछन् । तर आन्दोलनमा राज्यद्वारा जारी राखिएको व्यापक हिंसा र मृतकको संख्या हेर्दा उसले अघोषित युद्ध लडिरहेको प्रतीत हुन्छ । मधेशीहरुलाई दक्षिण भारतीयलाई जस्तो सम्मान र अधिकार दिएर राष्टिूय एकता सुदृढ गर्ने कि तमिल समुदायलाई जस्तोगरी दमन गरेर अस्थिरता कायम राख्ने भन्ने कार्यभार राज्यसत्ताको लगाम सम्हालेर बसेका प्रमुख तीन पार्टीका स्वजातीय नेताहरुकै काँधमाथि छ ।

२०७२ मंसिर १३ गते आईतबार

अजब–गजब छ बा ! सुदर्शन सिंह


आम्मै कस्तो माया र राष्ट्रियता मुर्ख, मधेस विरोधी प्र.म. भनेर हुन्छ राष्ट्रलाई स्वाभिमानी बनाउने प्र.म. पो जनताले भन्नुपर्छ !