Wednesday, September 4, 2013

संविधान सभा २ का अस्पष्ट कुराहरु



 उमेशलाल कर्र्ण

डाक्टरको भनाई रोग निको हुनुभन्दा झन रोग बल्मmेर रोगीको मृत्यू पनि हुन सक्छ । एउटा औषधिको क्षमतालाई बिरामीको शरीरमा भएका किटाणु भाइरसले रेसिस्ट ( काम गर्न नसक्ने ) गरि दिएमा उपचार सफल हुन नसकि अन्य बिकल्पहरुलाई खोजी गर्नु पर्ने आवश्यक हुन्छ । बिकल्प भएर पनि त्यसलाई पहिचान गर्न नसकेर त्यसको प्रयोगमा पनि असफलता नै हात लाग्छ । अहिले नेपाललाई लागेको रोग भनेको राजनीतिक संक्रमणको रोग हो । 

नेपालको इतिहासको सन्दर्भमा बुभ्mन खोज्दा यस्तो कुनै समय अन्तराललाई जनताको हितकारी कार्यमा शासन व्यवस्था केन्द्रित भएर उदार कल्याणकारी कार्यहरुको उल्लेख भएको छैन । परिबर्तित अवस्थामा पनि कुनै कुनै समयलाई सुदृढ गर्न सक्ने अवस्था थियो, तर त्यस्ता अवस्थालाई पनि हाम्रा शासक वर्गहरुले उचित उपयोग गर्न सक्ने गरी उपलब्धि हात पार्न सफलता प्राप्त भएन । नेपालको सपनाको रुपमा अब एउटा फरक संरचना एवम् विशेषताले भरिपूर्ण राज्यको स्थापना हुने र सर्वसाधारणलाई विभिन्न कल्याणकारी योजनाका प्याकेजहरु दिएर अति बिपन्न राष्ट्रको सूचीबाट नेपाललाई हटाई नेपालीको पौरख र मर्यादालाई अक्षुन्न राख्न राज्यले महत्वपूर्ण भूमिका खेल्न सफलता प्राप्त गर्न सक्नु भन्ने रहेको छ । राजनैतिक क्षेत्रका सरोकारहरु विभिन्न स्वार्थले भरिएका छन् । अहिलेसम्मको अवस्थामा गणतन्त्रलाई संस्थागत गर्न विभिन्न आन्दोलनहरुको सञ्चालन भएर त्यसका उपलब्धिहरुलाई जोगाउन सक्ने आधारहरु पनि गुम्ने अवस्था तिर गई रहेको अनुभव सर्वसाधारणहरुले पनि गर्न थालेका छन्, जुन अत्यन्तै दुःखलागदा छन् । यस प्रकार कुनै समस्यालाई समाधान गर्न कुनै न कुनै बिकल्प भएकै हुन्छ, तर त्यसलाई समयको महत्वको आधारमा विभिन्न  समूहहरु मध्येबाट छनोट गरेर प्रयोग गर्न सके मात्र त्यसले एउटा फलदायी नतिजा प्राप्त हुन सक्छ ।
जनआन्दोलन २ भएर अहिलेसम्मका पृष्ठ केलाउँदा धेरै सफलताहरु पनि प्राप्त भएको छ, तर ती सफलताहरुलाई विश्लेषण गर्दा राष्ट्रले बोक्नै नसक्ने खालका आर्थिक सामाजिक भारहरु बोकाएर मूल क्षेत्र भन्दा बाहेक अन्य क्षेत्रहरुमा यसले कुनै सकारात्मक प्रभाव पार्न सक्ने अवस्थाको निर्माण भएको छैन । संविधान सभाको आकार अत्यन्तै ठूलै बनाएर लगभग सबै दल व्यक्ति समूहहरुका बीच भागबण्डा गरेको आधारमा राज्यकोषबाट खर्च भएको प्रमाणहरु जनता सामु छर्लङ्गै छ । कुनै रोगीलाई उपचार गर्न सर्बप्रथम रोग उपचार विशेषज्ञ डाक्टर भन्दा रोग पहिचान गर्न परीक्षण गर्ने डाक्टरले ठम्याएका रोगको निर्धारण भएर मात्र त्यसको उपचार प्रणाली विशेषज्ञ डाक्टरबाट प्रभावकारी हुन सक्छ । रोग डाइगनोस गर्दा परीक्षण प्रणालीमा भएका त्रुटीको आधारमा रोग पहिचान हुन नसकि निरर्थक उपचार मात्र गर्दा फलदायी नहुने अवस्था प्रष्ट हुन्छ । डाक्टरको भनाई रोग निको हुनुभन्दा झन रोग बल्मmेर रोगीको मृत्यू पनि हुन सक्छ । एउटा औषधिको क्षमतालाई बिरामीको शरीरमा भएका किटाणु भाइरसले रेसिस्ट ( काम गर्न नसक्ने ) गरि दिएमा उपचार सफल हुन नसकि अन्य बिकल्पहरुलाई खोजी गर्नु पर्ने आवश्यक हुन्छ । बिकल्प भएर पनि त्यसलाई पहिचान गर्न नसकेर त्यसको प्रयोगमा पनि असफलता नै हात लाग्छ । अहिले नेपाललाई लागेको रोग भनेको राजनीतिक संक्रमणको रोग हो । आजबाट झण्डै ६ बर्ष अगाडी भएको प्रयाश संविधान सभाको चुनाव भएर पनि दुई वर्षको अभ्यासले कुनै नतिजा दिन सफल नभएर पुनः म्याद थपेर पनि सार्थक अभ्यास हुन सकेन र त्यसैलाई निरन्तरता दिएर पुनः संविधान सभाको अर्को निर्बाचनको तयारी भई रहेको अवस्थामा संविधानको प्राप्तीको ग्यारेन्टी छ कि छैन ? यसमा विश्वस्त हुने आधार सहितको तयारी गरेर निकाशको प्रयाश थाल्नी गर्न उपयुक्त हुन्छ ।
नेपालको शासन पद्धतिमा लागेको संक्रमण ( रोग ) धेरै पुरानो भएर पनि यसलाई अन्त गर्न पहिलेकै बिकल्प प्रभावकारी हुन सक्दैन । बिकल्प प्रभावकारी हुनमा अहिलेका सन्दर्भलाई मूल रुपमा पहिचान गरी कुन बिकल्पलाई प्रयोगमा ल्याउन ठीक हुन्छ भनेर यहाँ भएका राजनैतिक संगठनहरुमा व्यापक समझदारीको विकास गरी प्रयोग गर्न सक्ने बिकल्प भयो भने गणतन्त्रलाई संस्थागत गर्न हामी सफल हुन सक्छौं । देशको विभिन्न पक्षहरुलाई चलायमान बनाउन पनि विभिन्न अवरोधहरु आई रहेकोमा त्यसलाई कुन उपायबाट सच्चयाउन सकिन्छ, त्यसको बारेमा खोजबिन गर्ने कार्यलाई अगाडी बढाउन सकिन्छ । नेपाललाई पुनर्निर्माण गर्न विभिन्न दातृ निकायहरुले आर्थिक सहयोगका हातहरु बढाउँदै छन् । सहयोगी मित्रराष्ट्रहरुबाट प्राप्त भएका सहयोगहरुलाई जनताको सरोकारका क्षेत्रहरु ( शिक्षा, सडक, सञ्चार, विज्ञान तथा प्रबिधि आदि ) मा खर्चको प्रबन्ध भयो भने केही न केही सर्बसाधारण जनताहरु राहतका सास लिन सक्थ्यो कि ? राष्टूको आर्थिक अवस्था अत्यन्तै जर्जर भएको अवस्थामा पटक पटक यस्ता निरर्थक आर्थिकभार दिनु कतिसम्म उपयुक्त हुन्छ, यी लगायत अन्य सान्दर्भिक पक्षहरुलाई मूल प्रस्ताबको रुपमा तयार गरेर बृहत्त राजनैतिक समझदारीका साथ विश्लेषण गर्ने बातावरण तयार गर्नु पर्ने आवश्यक देखिन्छ ।
नेपालको जनगणना २०६८ को तथ्याङ्कको बिबरणलाई आधार मानी प्रत्येक जातजाती बर्ग एवम् समूहहरुको जनसंख्यालाई आधाार मानी संविधान निर्माण गर्न एउटा सबैलाई समानुपातिक प्रतिनिधित्व गर्ने खालको गणितको सूत्र प्रयोग गरेको आधारमा संविधान सभा विना खर्च निर्माण गर्न सकिन्छ र संविधान सभामा भएका कामको विश्लेषणको आधारमा विगठित संविधान सभाले तयार गरेका दस्ताबेजहरुलाई मूल आधार सामग्रीको रुपमा विकास गर्न सकिन्छ ।
पहिलेका दस्ताबेजमा उल्लेखित विवरण पनि महत्वपूर्ण हुन सक्दछ । त्यसबाट निर्माण भएका आधाररेखाहरु ( बेसलाइन ) लाई अनुशरण गरी थोरै समय र थोरै आर्थिकभारमा अहिलेको शुन्य गनतव्यलाई परिबर्तन गर्न सकेर अगाडीका मार्ग खोल्न सकिन्छ ।
आमजनताको संबिधान लेख्न र प्रयोग गर्न सबै शक्तिमानपार्टीहरु ( ठूला पार्टीहरु ) लगायत अन्य शक्तिहरु राजनैतिक स्वार्थको धरातल भन्दा माथि उठ्नु पर्ने आवश्यक भएको छ । अहिलेको अवस्था प्रयोग हुनु भन्दा पूर्व राजनैतिक स्वार्थ भन्दा टाढाकाहरुलाई प्रयोग गरी प्रधानन्याधिशको अध्यक्षतामा गठन भएको सरकारमा कहाँ कति के राजनैतिक भागवण्डालाई मूल सिद्धान्त मानी गठन भएको खबरहरु समाचारको रुपमा सुन्न पाइएको छ । अहिलेको राजनैतिक संक्रमणको  मोडमा समझदारीको आधारमा गणितीय हिसाबको आधारमा संविधान निर्माण गर्न सकिन्छ, तर यसका पछिका सन्दर्भमा जातीय समूहहरुमा भएका विभिन्न जात जातीहरुलाई कुनै पार्टी ( संगठन ) को बिला भिराउनु हुँदैन, यसका लागि कडा भन्दा कडा सबैले स्वीकार गर्न सक्ने आचारसंहिता तयार गर्नु पर्दछ र कार्यान्वयन भए नभएको अनुगमनको कार्यलाई पनि सञ्चालन गर्नु पर्दछ । सर्बप्रथम कति सदस्य भएको संबिधान सभा आवश्यक हुन्छ, त्यसलाई बृहत्त राजनीतिक समझदारीको आधारमा तय गर्न आवश्यक संयोजन गर्नु पर्दछ, जस्तै जम्मा २२५ सदस्य भएको संविधान सभा निमार्ण गर्ने सम्झौता भएको छ भने  २०६८ को कुल जनगणनामा २२५ ले भाग गरेर आउने भागफललाई एउटा सदस्यका लागि मानक जनसंख्या निर्धारण गर्ने र त्यसको आधारमा जातिगत जनसंख्याको समानुपातिक वितरणको आधारमा संबिधान सभामा प्रतिनिधित्व गर्न  निश्चित वर्गका लागि कोटा छुट्याउने र यस कार्यका लागि जातीगत समूहलाई राजनैतिक धरातलबाट अलग्ग राखी उनीहरुको समूहको गृहकार्यमा राज्यले सहजीकरणको वातावरण मात्र तयार गरेर थोरै समयमा संविधान सभा निर्माण भई कार्य सम्पन्न भएर नेपालले अपेक्षा गरेका सबैका लागि जनताको संविधान पाउन सक्दछ । यस प्रकार देशलाई वभिन्न झमेला नभई उपलब्धि हातमा आउन सक्ने सजिलो आधार तयार भएर आउन सक्दछ ।
प्रतिक्रियाका लागि इमेल ठेगाना ः etcumesh@yahoo.com



मिति ः २०७०÷०५÷१६

No comments:

Post a Comment