Wednesday, September 4, 2013

युवती जलाउने महतो पक्राउ



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
युवतीलाई जलाएर हत्या गर्ने प्रयास गरेका एक भारतिय युवक सन्तोष महतोलाई विशेष प्रहरी टोली र स्थानीय जनताको सहयोगमा दरभंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
भारत विहार मधुवनी जिल्लाका पिगौना बस्ने महतोले धनुषा मुखियापट्टीकी एक युवतीलाई जलाएर हत्या गर्ने प्रयास गरेका थिए । मुसरनियाँकी १८ वर्षीया छात्रालाई जिउँदै जलाउने दुषप्रयास गरेका महतोलाई प्रहरीले भारत विहारका दरभंगाबाट सिमावत्र्ती प्रहरीको सहयोगमा धनुषा प्रहरीले मंगलवार राती पक्राउ गरेका हुन् । प्रेम प्रस्ताव अस्वीकार गर्दा कोचिंग पढेर फर्किरहेकी उक्त छात्रालाई‘मसँग प्रेम गरेनौ भने बाँच्न पनि दिन्न ’ भन्दै जिउँदै जलाउने प्रयास गरेको सन्तोष महतोले मंगलबार बिहान ११ बजे बाटोमा एक्लो पाएको अवस्थामा जीउमा पेटूोल खन्याएर आगो बालिदिएको थियो । प्रायः सुनसान देखिने बाटो भएकोले बचाउन कुनै  व्यक्तिलाई नदेखेपछि ती छात्रा एक्लैले धानको खेतमा आफैलाई लछारपछार गरी आगो निभाएकी थिइन् । जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ मालतीको स्वास्थ्यमा खासै सुधार नदेखिएपछि चिकित्सकले थप उपचारको लागि पिडितलाई धरान रेफर गरिएको छ । अनुहार, टाउको र हात लगायत शरिरको अन्य भागमा छाला डढेको आइएस्सी पढ्ने ती छात्रा अहिले धरान स्थित विपि कोईराला अस्पतालको ओछयानमा जीवन र मृत्युसँग जुधिरहेकी छिन ।
शरिरमा पेटूोल छर्की ज्यान मार्ने उद्देश्यले आगो लगाएका महतो माथि ज्यान मार्ने उधोग सम्बन्धि मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन । महतो घटना गराउनु पुर्व धनुषा तुल्सियाही (७ स्थित मामा घरमा बस्दै आएका थिए ।




मिति ः २०७०÷०५÷१६

No comments:

Post a Comment