Wednesday, September 4, 2013

राजश्व असुली केन्द्र बन्दै ‘ट्राफिक प्रहरी कार्यालय’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन को कार्यलाई प्रभावकारी बनाउने प्रयत्नहरु गरेको भएपनि राजश्व संकलन गर्ने कार्यमा बढी नै केन्द्रित भएको देखिन्छ । केही वर्ष अगाडी सम्म एक वर्षमा पनि असुल नहुने राजश्व केही महिनामै संकलन गरी राजश्व असुलीमा किर्तिमान स्थापित गर्न खोजेको देखिन्छ । २०७० साल बैशाख १ गते देखि अषाढ मसान्तसम्म, ३ महिनामा मात्रै सबारी गल्ती गरेको भनी कारवाही स्वरुप १५ लाख ४१ हजार रुपैयाँ असुल गरेका छन । ओभरलोड, छतमा मानिस चढाएको, छतमा लगेज राखेको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, विना हेलमेट सवारी मोटरसाईकल चलाएको, मोटरसाईकलमा तीनजना चढेको, सबारी चालक अनुमति पत्र नलिई सबारी चलाएको र काजगपत्र सम्बन्धि गरिएको कारवाहीमा असुल गरिएको उक्त रकम मध्ये सबारी चालक अुनमति पत्र नलिई सवारी चलाएको वापत रु. ४ लाख ९४ हजार ४ सय र कागजपत्र सम्बन्धि गरिएको कारवाही वापत ३ महिनामा मात्र रु. ५ लाख ७६ हजार राजश्व असुल गरिएको छ ।
आर्थिक वर्ष २०६६÷०६७ मा ११ हजार ३ सय ५९ सवारी संख्यालाई कारवाही गरी रु.१० लाख ७७ हजार ३ सय २५ राजश्व, आर्थिक वर्ष २०६७÷०६८ मा १४ हजार ४३ सबारी संख्यालाई कारवाही गरी रु. १४ लाख ८१ हजार ५ सय ३०, आर्थिक वर्ष २०६८÷०६९मा २४ हजार ८ सय २२ सवारी संख्यालाई कारवाही गरी रु. ३७ लाख ५३ हजार ८ सय ९५ र आर्थिक वर्ष २०६९÷०७० मा २६ हजार १ सय ९७ सवारीलाई कारवाही गरी ६४ लाख २२ हजार राजश्व असुली गरेको तथ्याङक छ । यी तथ्यालाई हेर्न हो भने पनि पछिल्लो ४ वर्षमा राजश्व वृद्धिको दर अत्यधिक पाईन्छ ।
ट्राफिक व्यवस्थापनका अन्य कार्यहरु भन्दा पनि पछिल्लो राजश्वको किर्तिमानलाई तोडेर नयाँ कृतिमान कसरी स्थापित गर्ने र विभागको नजरमा आफुले राम्रो काम गरेको भनेर प्रमाणित गर्न खोज्ने धनुषाका टूाफिक प्रहरी प्रमुखहरुको प्रवृति रहने गरेको पुष्टि हुन्छ । धनुषाका टूाफिक प्रहरी निरीक्षक राजन भेटवाल भन्छन,“ टूाफिक प्रहरीको काम राजश्व असुली गर्ने होइन, राजश्व असुली गर्ने काम त भन्सार कार्यालय, मालपोत कार्यालय, आन्तरिक कार्यालयहरुको हो । तर टूाफिक नियम उल्लंघन गर्नेलाई ऐन अनुसार नै आर्थिक कारवाही गरेपछि राजश्व वढेको हो । आर्थिक कारवाही गरेपछि अर्को पटक गल्ती नगर्लान की भन्ने अपेक्षा राखेका हुन्छौ ।”
एकातर्फ टूाफिक प्रहरीले टूाफिक नियम उल्लंघन गर्नेलाई आर्थिक कारवाही गर्ने गरेको भएपनि अर्को तर्फ टूाफिक नियम उल्लंघन गर्नेहरुको संख्या न्युन हुनुपर्नेमा त्यो नभएर दिन प्रति दिन झन झन वढदै गएको छ ।
बढदो सबारी चाप र दुर्घटना
चालकको लापरवाही, ओभरटेक, तिब्रगतिमा सवारी चलाउनु, यान्त्रीक गडवडी, ओभरलोड, चौपाया, खराब मौसम, साँगुरो सडक, अतिक्रमित सडक, जनचेतनाको अभाव, अव्यवस्थीत बे्रकर तथा मादक पदार्थ सेवन गरी सबारी साधन चलाउँदा सडक दुर्घटना हुने गरेको भएपनि अदक्ष चालकलाई दिइएको लाइसेन्स पनि सडक दुर्घटनाको महत्वपुर्ण कारण हो ।
पछिल्लो ४ वर्षमा धनुषामै भएको ३ सय ४८ सडक दुर्घटनामा १ सय ३६ जनाको मृत्यु नै भएको छ भने ३ सय ४९ जना सख्त घाइते भई अपाङ्ताको जीवन यापन व्यतित गर्न वाध्य छन । त्यसैगरी ४ सय १३ जना सामान्य घाइते भई उपचार गराई निको भएको जिल्ला टूाफिक प्रहरी कार्यालयको तथ्याङकले नै देखाउँदछ । जनकपुर अञ्चल यातायात कार्यालयबाट हालसम्म दर्ता भएको मोटरसाइकलको लट ज ५ प मा करिब ५६ हजार संख्या, ट्याक्टरको लट ज १ त मा करिब ५५ सय, जिपकारको लट ज १ च र ख मा १३ सय, बसको लट ज १ ख र च मा ३ सय ५० र टूकको लट ज १ ख मा ३ सय संख्या पुगेको छ । १० वर्ष अघि मोटरसाइकलको एक लट सकिन दुई देखि तीन वर्ष सम्म लाग्द थियो तर अहिले मोटरसाइकलको एक लट पुग्न ९ महिना मात्र लाग्ने गरेको यातायातका प्रमुख सुनिल झाले बताए । केही बर्ष अघिसम्म हुने खाने परिवारका सदस्यले मात्र मोटरसाईकल उपभोग गर्दै आएको अवस्था अहिले फेरिएको छ । आज विहेमा दुलहा पक्षले दाईजोमा नगद सहित मोटरसाईकल अनिवार्य गरेका छन ।
यसका अतिरिक्त वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका यूवाहरु मोटरसाईकल किन्ने गरेका छन । जानकी अटो सेन्टर यामाहा सोरुमका सेल्स एजेन्ट सुजित धामिका अनुसार उक्त सोरुमबाट एक वर्षमा ५ सय सम्म मोटरसाईकल विक्री हुने गरेको छ । जनकपुरमा यामाहा जस्तै हिरो होन्डा, होन्डा, बजाज, महेन्द्रा, टिभिएस लगायतका प्रत्येक कम्पनीको सोरुमबाट वर्षमा ५ सय जति मोटरसाईकल विक्री हुने गरेको छ । हिजो सम्म विलासिताको वस्तुको रुपमा उपभोग गरिने मोटरसाईकल आज साइकल जस्तै न्यूनतम आवश्यकताको वस्तु बन्नाले पनि जनकपुरमा मोटरसाईकलको चाप बढनुको साथै दुर्घटना पनि वढदै गएको छ । विगत केही वर्ष देखि नेपालमा सबारी साधनको संख्यामा उल्लेखिय वृद्धि भई विषेश गरी शहरी क्षेत्रमा आवागमनका लागि निजी सबारी साधन प्रयोग गर्नेहरुको संख्या पनि महत्व रुपमा बढेको छ । नेपाली समाजमा देखा परेको आर्थिक सामाजिक गतिशिलतासँगै मानिसको आवागमन र मालबस्तुको औसारपौसारमा सार्वजनिक सबारी साधनको संख्या पनि निरन्तर वढी रहेको छ । यसरी एकातिर सबारी साधनको संख्या वढीरहेको छ भने अर्को तिर सबारी दुर्घटनाको कारण धनजनको क्षति हुने प्रवृतिमा देखिएको वढोत्तरीले सबारी सुरक्षा सार्वजनिक गतिविधिको मुख्य विषय बस्तु भएको छ ।
ट्राफिक प्रहरीका केही राम्रा कार्यहरु
सडक तथा फुटपाथ अतिक्रमण हटाउने सन्दर्भमा  दुधमति देखि मुजेलिया सडकको केन्द्र विन्दुबाट २५÷२५ मिटर दुवैतर्फ अस्थाई रुपमा बनाईएका अं. ३०० को संख्यामा घर टहरा, निर्माण सामग्री, घुम्ती ठेला आदि हटाईएको र निरन्तर रुपमा अनुगमन गरिदै आउनु, नगर एरियाको बढी मात्रामा सडक तथा फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गरिएको क्षेत्र महावीरचौक, पेठियाबजार, जानकी मन्दिरको उत्तर तर्फको दूरसंचार जाने सडकमा लगाईएको तरकारी बजारलाई व्यवस्थित गरिनु, राम मन्दिरको अगाडीपट्टिको सडक पेटिमा अतिक्रमण गरी टिका, सिन्दुर आदि पूजा सामग्री विक्री गर्नेलाई मन्दिर परिसर भित्र महन्तसँग समन्वय गरी स्थान उपलब्ध गराई व्यवस्थित गरिनु टूाफिक प्रहरीको राम्रो कार्य हो ।
छाडा गाई वस्तु, सुँगुरलाई व्यवस्थित गर्न माईकिङ्ग, पर्चा(पम्पलेटिङ्ग गरी सम्बन्धित पक्षलाई अग्रिम जानकारी गराउनु र सोही अनुसार प्रथम चरणमा १३५, दोस्रो चरणमा ३५, तेसा्रे चरणमा १५ गाई बाछाहरु समातिएको र त्यसरी नियन्त्रणमा लिएका गाई बस्तुबाट ७७ हजार रुपैयाँ जरिवाना नगरपालिकाले असुल गरेको तथा केही गाईबस्तु गौशालाको रहेको हुँदा गौशालाको प्रबन्धकलाई छाडा नछाडने छाडेमा तोकिएको जरिवानाको दोब्बर रकम तिर्ने शर्तमा कागज गराई जिम्मा दिएको र थप गाई बस्तु नियन्त्रणमा लिने कार्यक्रमलाई निरन्तरता दिदै जाने टूाफिक प्रहरीको प्रतिवद्धतालाई सकारात्मक रुपमा लिन सकिन्छ । छाडा सुंगुर हकमा भदौ १ गतेबाट नियन्त्रणमा लिने भनिएकोमा हालसम्म उक्त कार्य हुन सकेको छैन उक्त कार्यलाई यथासिघ्र अगाडी वढाउनु पर्ने नगरवासीहरुले माग गर्दै आएका छन ।
जानकी मन्दिर अगाडी हंसराज मिठाई पसलबाट जनकचौक सम्म जाने सडक साँगुरो र मानिसको आवत(जावत बढी संख्यामा हुने भएको हुँदा उक्त मार्गमा सवारी पार्क गर्न निषेध गरिनु, जनकपुर आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधाको लागि जिरोमाईल देखि पिडारीचौक सम्म सडक÷मार्ग पहिचान बोर्ड लगाउनु, सामान्य किसिमका बढी दूर्घटना हुने स्थान रामानन्दचौकलाई व्यवस्थित गरिदै लगिनु, रामानन्दचौकको उत्तर तर्फको बस बिसौनीलाई व्यवस्थित गर्न सार्न मिल्ने ःयखभबदभि बस पकेट व्यवस्थित गरिनु जस्तो राम्रो कार्यहरु पनि नभएको होइन । जनचेतनामुलक कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउन ग्रामीण ईलाका तथा हाईवेका बढी दूर्घटना हुने स्थानका वासिन्दाहरुलाई लक्षित गरी चेतनामुलक, अन्तरक्रिया कार्यक्रम अनुरुप हाईवे र नगर क्षेत्रमा एक चरणको कार्यक्रम गरिएको बर्षा याम पछि ग्रामिण क्षेत्रमा कार्यक्रम लिएर जाने र हाल टूाफिक प्रहरीको स्कुल तथा क्लेज सचेतना कार्यक्रम अन्तर्गत बिभिन्न कलेज तथा स्कुलहरुमा दैनिक एक टूाफिक शिक्षा सम्बन्धि कक्षाहरु संचालन गरिदै आउनु प्रसंसनिय कार्य हो ।
यातायात व्यवसायी संघसँग समन्वय गरी सार्वजनिक भाडाका सवारी साधनहरुमा महिला तथा वृद्धहरुको लागि निश्चित सिट छुट्याई व्यवस्थित एवं कार्यान्वयन गरिने कार्य योजना अनूरुप अशक्त र महिला लेखिएको स्टीकर ९ सय प्रति तयार गरिएको र छिटै बिशेष कार्यक्रमको साथ स्टीकर टासी कार्यन्वयन गरिने भनेर जनाइएको टूाफिक प्रहरीको प्रतिवद्धतालाई राम्रो कार्यको रुपमा लिन सकिन्छ ।



मिति ः २०७०/०५/१६

No comments:

Post a Comment