Saturday, May 11, 2013

ग्रामिण रिपोटिङर्ग , महिला र सञ्जय उवाच पत्रकारिता

जिवेश झा

देशमा लोकतन्त्र आए पछि सबैभन्दा ठुलो फड्को मारेको क्षेत्र पत्रकारिता जगत नै हो । मिडिया डाईरेक्टूी द्दण्टढ को अनुशार ६२२१ वटा पत्रिका दर्ता भएका छन् । नेपाली पत्रकारिताको बिकास हुादा पनि ग्रामिणबासीहरु आफूलाई पत्रकारिताले नछोएको गुनासो गर्छन् । गाउा र ग्रामिण परिवेशलाई लक्षित गरि नेपालमा कुनै पनि पत्रिका सञ्चालनमा छैनन् । शहरमुखी पत्रकारिताले बहुसङख्यक जनसङख्यालाई ‘ईगनोर’ गरेको मिडिया अनुशन्धानकर्ताहरुको गुनासो छ ।
मुलधारका पत्रिकाहरु काठमाडौं केन्द्रीत हुनु र समुदाय बिशेषको समाचार मात्र पस्किनुले उनिहरुलाई मधेश बिरोधी सञ्चार माध्यमको रुपमा लिने गरिएको छ । मधेशको गरिवी, भ्रस्टाचार, अपसंस्कृति र नाकारात्मक पक्षलाई मात्र देख्ने मुलधारका पत्रिकाले मधेशको राम्रो पक्षको उठान गर्न नसकेको अवस्था छ । अनुसन्धानकर्ता रुही तिवारी  ? स्टडिज ईन नेपाली हिस्टूी एन्ड सोसाईटी ?  मा लेख्छिन,  ? मुलधारका पत्रिका खास गरि अंग्रेजी दैनिकहरु अझै ग्रामिण भुभेगका समाचारलाई स्थान दिन नसक्नु, काठमाडौं केन्द्रीत हुनु, र काठमाडौंको लेन्सले ग्रामिण परिवेशलाई हेर्नु दु:खद नै हो ? । तिवारीका अनुशार मुलधारका पत्रिकाहरु शहरिया परिवेश र समाचारलाई मात्र स्थान दिने गरेका छन ।  अर्कोतर्फ मोफशलका पत्रिकाहरु पनि ग्रामिण क्षेत्रका मुद्धाहरु पस्किन असमर्थ भएका छन् । यी पङतिकारले गरेको एक अध्ययन अनुशार जनकपुरबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले ग्रामिण समाचारलाई नगन्य स्थान दिनेगरेको पाईयो । दैनिक पत्रिकाहरुको संपदाकसाग यसबारे गुनासो राख्दा उनिहरु आर्थिक सङकटलाई प्रमुख कारक तत्वको रुपमा लिन्छन् । कारण (ऋबगकभ) र अशर (भााभअत) जे ( जस्ता भए पनि अन्तत: मारमा पर्ने त आखिर ग्रामबासी नै हुन । नेपालजस्तो गरिब देशमा जहाा बहुसंख्यक जनता ग्रामिण क्षेत्रमा बस्छन, त्यहााको समाचारलाई समाचारको रुप दिन नसक्नु दुर्भाग्यकै कुरो हो । महिलाहरुको कुरा गर्दा उनिहरुलाई त सञ्चार क्षेत्रले पुर्ण रुपमा अल्ग्याएको यी पङतिकारको एक अध्ययनले बतााउछ । बर्ष २०१२ को अप्रिलदेखि डिसेम्बरसम्मको जनकपुर टुडे, जनकपुर एक्सप्रेस, मिथिला डट कम, कान्तिपुर, द हिमालयन टाईम्स, र द काठमान्डु पोष्टको समाचार कभरेजलाई अध्ययन गरिएको थियो । यी पत्रिकाहरुले मिथिला राज्य र एक मधेश एक प्रदेशको माागलाई कसरी उठान गरे र यी दुई मुद्धाबारे कसरी रिपोटिङर्ग गरियो भन्ने कुराको अध्ययन गर्नु अनुसन्धानको मुल उद्देश्य थियो । काठमाडौंबाट प्रकाशित हुने दैनिकहरु पुर्ण रुपमा एक मधेशको बिपक्षमा देखिए भने जनकपुरका पत्रिकाहरु भुमध्यरेखामा बस्न रमाए । जनकपुरका पत्रिकाहरुको समाचारमा समाचार स्रोतको अभाव देखिन्थ्यो जसले उनिहरुको व्यवसायिक्तामाथि प्रश्न चिन्ह लगाउन सहज बनाईदियो । अर्कोतर्फ कोहीले
प्रथम पृष्ठमै मिथिला भक्ती कबिताहरु प्रकाशित गरे र मिथिलाको मात्र वकालत गर्ने खाले संपादकिय लेखेर आफूलाई पुर्ण रुपमा मिथिलावादी सावित गरे भने कोहिले संपादकियमा आदेशात्मक शैली (कमान्डिग ल्यान्ग्वेज) को प्रयोग गरेस मानौं कि उनि देशको अधिनायक हुन नकि पत्रकार । समाचार स्रेतको अभाव भएको देख्दा लाग्थ्यो कि उनिहरु कतै  ? सञ्जय उवाच पत्रकारिता ?  त गरेका होईनन ? सञ्जय महाभारतका एक पात्र हुन जसले कुरुक्षेत्रमा भएको महाभारत युद्धको  ? लाईभ रिपोटिङर्ग ?  आफ्नो दिव्य दृष्टी गरेका थिए । दिव्य दृष्टीबाट उनले राजदरवारमै बसी राजा धृतराष्टूलाई युद्धको तमाम सुचना पस्कीदा उनले स्रोतलाई उदृत गर्न पर्दैन्थ्यो । तर उनि भने दुबै तर्फ (पाण्डव र कौरव) का सुचनालाई सन्तुलित रुपले संप्रेशण गर्दथे । राजदरवारकै एक कोठामा बसी त्यो पत्रकारिता सञ्चालित थियो । त्याहा सुचनाभन्दा पनि माध्यम बढि शक्तिशाली थियो । मार्शल म्याक्लुहानले भनेका छन,  ? माध्यम नै संदेश नै हो ?  । उनको यो शुक्ति पुर्ण रुपमा सञ्जय उवाच पत्रकारितामा लागु हुन्थ्यो । जनकपुरका यी दैनिक पत्रिकाहरुले पनि धेरै हदसम्म यस्तै पत्रकारिता गरेको अनुसन्धानले बताएको छ । समाचारमा स्रोतहरुको अभावले उनिहरु कोठे पत्रकारिता त गरेका होईनन् भन्ने शंका पनि उब्जिन थालेको छ ।
बहुसङख्यक समाचारमा संवाददाता आफै समाचार स्रोत बनेको छ, उ आफै सुचनालाई आफ्नो भाषामा भन्छ स्रोतलाई उदृत नगरी  र आफूलाई बढि शक्तिशाली अथोरीटीको रुपमा प्रस्तुत गर्छ । यस्तो किसिमको पत्रकारिता सञ्जयले गरेको लाईभ रिपोर्टिङगभन्दा  पृथक छैन् । सञ्जलाई दिव्य दृष्टी प्राप्त थियो भने जनकपुरिया पत्रकारलाई कोठे दृष्टी प्राप्त थियो । सञ्जय भने संतुलित (ब्यालेन्सड) थिए भने जनकपुरिया पत्रिकाहरु एक पक्षको पृष्टपोष्ण गर्नमै व्यस्त थिए । अर्को तर्फ कसै(कसैले त  ? जर्नालिज्म ?  भन्दा पनि  ? एक्टिभिज्म ?  गरेको अध्ययनले देखाएको छ । कुनै खास मुद्धालाई आवश्यक्ताभन्दा बढिको कभरेज दिनु र आफूलाई पुर्ण रुपमा मिथिलाबादी भनाउनु ‘एक्टिभिज्म’ नै हो । अर्को तर्फ एक मधेशवालाहरुको स्वार्थ पुर्ती गर्नु पनि ‘एक्टिभिज्म’ हो ।
यी पत्रिकाहरुमा कुनै पनि समाचारमा महिलालाई समाचार स्रोतको रुपमा रुपमा प्रयोग गरिएको थिएन । महिलाले लेखेको समाचार फेला परेन् । मिडिया अनुसंधानमा लागेकी संगिता लामा समावेशी मिडिया भन्ने पुस्तकमा लेख्छिन  ? नेपाली मिडिया पुरुष प्रधान छ । त्यो पुरुषको, पुरुषबाट र पुरुषकै लागि नै सञ्चालित छ ?  । लामाको भनाईलाई पुर्ण रुपमा जनकपुरका पत्रिकाहरुले चरितार्थ गरेका छन ।  अब फेरी लागौं ग्रामिण परिवेश तिर । नेपालका यस्ता पत्रिकाहरु  ग्रामिण क्षेत्रका बासिन्दालाई समाचारको बिषयवस्तु नबनाउादा सरकारसमक्ष उनिहरुका समस्या, पिडा, गुनासो र सफलताका सुचनाहरु नपुग्दा सरकारको नीति(निर्माणमा उनिहरुको मुद्धाले ठाउा पाउदैनन् । भनिन्छ मिडिया आवाज बिहिनको आवाज रे !  खै मलाई त्यसो लागेन् । हो, नेपाली मिडिया शहरियाहरुको आवाज भने बन्न सकेको छ । देशको आधा आकाश ग्रामिण भुभागलाई यसरी ‘नेगलेक्ट’ गर्नुले पत्रकारिता जगतको व्यवसायिक्तामाथि प्रश्न चिन्ह लगाउनु स्वभाविकै हो । अर्को तर्फ ग्रामीण भुभागमा हुने बलात्कार, बोक्सीको आरोपमा हुने झैझमेला, हत्या(हिंसालगायतका नकारात्मक पक्षलाई मात्र देख्ने नेपाली मिडियाले उनिहरुको समस्या र सफलताबारे पनि रिपोर्टिङग गरिदिंदा कस्तो रमाईलो हुादो हो । ग्रामिण क्षेत्रका किसानहरु समयमा खाद्य, , बिउबिज, मल, लगायतका कृषीजन्य सामाग्री नपाएर आफ्नो उब्जाउ भुमिलाई उर्वर बनाउन सकिरहेका हुादैनन् । खै उनिहरुको गुनासो किन समाचार बन्न नसकेको होला ? यी पङतिकारले मिडियाको यहाा आलोचना गर्न खोजेका भन्दा पनि ऊपर्युक्त
कुरामाथि ध्यान  दिए व्यवसायिक पत्रकारिता थप मर्यादित हुादो हो भन्ने भावलाई लक्षित गरि कलम तेस्र्याएका हुन । जनमानसमा पत्रकारितामाथिको विश्वास घटिरहेको वेला सञ्जय उवाच पत्रकारिता गर्नु, एक पक्षिय दृष्टिकोण मात्र पस्किनु, संपादकियमा आदेशात्मक शैलीको प्रयोग गर्नु, पत्रकारिताको आधारभुत मुल्य(मान्यतालाई अंगिकार नगर्नु  र पत्रकारिताको सामान्य नीतिहरुबाट बेखवर भए पनि आफ्नो पत्रिकालाई  उतकृष्ट दर्जाको  पत्रिकाको रुपमा प्रचारवाजी गर्नुले जनकपुरिया पत्रकारिताको व्यवशायिक्तामाथि प्रश्न उठाउनु अतिशयोक्ती नहोला ।

No comments:

Post a Comment