Saturday, May 11, 2013

राष्ट्रपतिले जे आदर पाउनु भएको थियो, विस्तारै गुमेर गइरहेको छ ।

हेर्नुस अजय जी तपाईले यस्तो महत्वपुर्ण प्रश्न उठाउनु भयो, मलाई धेरै खुसी लागिरहेको छ । नेपालका विरलै पत्रकारले यस्तो प्रश्न उठाइरहेको छ । त्यसले मलाई विश्वास जागेको छ, कि राष्ट्रिय समस्या पनि उठाउने ठाउा जनकपुर भएको छ । तपाईले सुरक्षा र प्रचण्डको अभिव्यक्ति वारे जुन कुरा उठाउनु भयो नि भन्ने भनाई म तपाईकै पत्रिका मार्फत अनुरोध गर्न चाहन्छु यो विषय नेपालका राष्ट्रिय मिडियाहरुले उठाउनु पर्‍यो । मानवअधिकारवादी सुशिल प्याकुरेल र द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीसागको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ।


तिन प्रमुख दल र मधेसी मोर्चाको निर्णयले देशमा दोस्रो संविधान सभाको चुनाव गराउनका निम्ति वहालवाला प्रधानन्यायाधिश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी मन्त्रिपरिषद गठन भयो । अधिकारकर्मी, वार एसोसिएसन लगायतले विरोध गरे । वारले त कालो दिन नै भने । र, पनि रेग्मीले सरकारको गाडी दौडाइरहनु भएको छ । नेपालका अधिकारकर्मीहरु, नागरिक समाज किन यति लाचार भएका हुन ?

अव हेर्नुस लाचार भएको त म मान्दिन । किन भने हामीले आवाज उठाइरहेका छौ । वार एशोसिएशनको संघर्षमा हामी साथै छौ , अझ भन्ने हो भने त्यो भन्दा पनि अगाडी छौ हामी । आफ्नो बुतावाट जति सकेका छौ, धेरै गरेका छौ । तर समस्या के छ भने दलीय व्यवस्थामा जव सबै दलहरु, उनीहरुको यति ठुलो प्रभाव छ । एक मत हुन्छन, तिनीहरु साग जुध्नु सानो कुरो होइन । राजा साग लड्न हामी किन सफल भर्यौ भने राजा एका तिर थियो र अरु तमाम दलहरु अर्को तिर आए जसले गर्दा हाम्रो लडाईलाई सुगम बताए । अहिले के छ भने सारा दलहरु एका तिर छन हामी जो स्वतन्त्र नागरिक छौ, त्यो त थोरै छौ, अनि कार्यकर्ता छैन, स्रोत साधन छैन, हामीले लागेका कुरा त भन्ने हो । अनि सारा विग मिडिया हाउसहरु दलवाट कन्टूोल छ । एका तिर हामी हाम्रो देशमा मिडिया एक दमै फ्री छ भन्छौ तर यहाा राजनीतिक पार्टीहरुले एफएम, टिभीहरु चलाएका छन । अहिले अन्नपुर्ण पोष्टले लोकमान कार्कीलाई खुलेर समर्थन गरेका छन । यसरी विपरित शक्तिका सामु जुध्दा कमजोर हुनु स्वभाविक हो । स्वरहरु अहिले कमजोर भइरहेका छन । हिजो संविधान सभा विघटन गर्दा हामीहरु चुप लागेर बस्र्यौ, किन भने मान्छेले के सोच्यो भने यो संविधानसभाले संविधान वनाउादैन्थ्यो, त्यसैले संविधानसभा विघटन भयो ठीकै भयो चित्त नबुझे पनि चुप लागेर बसे । तर जव खिलराज रेग्मीको कुरो आयो मान्छे अलि विरोध गर्न थाले । जव अहिले लोकमानको कुरा आयो केही नभए पनि पत्रकार महासंघ, वार एशोसिएशन, पेशागत संघ संगठन (पापड) यसको विरुद्धमा छ , हामी विरोधमा छौ । अचानक हाम्रो दायरा फराकिलो हुादै गएको छ । यसले के देखाउाछ भने हिजो जसरी दलहरु कुनै उपाय नभएर वाहय भएर त्याएको भन्थे नि आज दलहरुमा हिम्मत भइरहेको छैन कि लोकमानलाई अतिभारमा ल्याएर ठीक गरो भनेर भन्ने । आज दलका नेताहरु गलेका छन, कमजोर भएका छन । त्यसैले गलत कुरोलाई फेस गर्ने उनीहरु अव हिम्मत छैन ।

लोकमान सिंह कार्की प्रकरण अन्तिम होला, कि यो क्रमहरु वढदै जालान ?

कार्की प्रकरण अन्त्य हुादै होइन । हामी फेरी पनि अलिकति मत्थर भयो भने हुादैन । हामीले हाम्रो आवाज अलिकति बुलन्द भएर बढनु पर्छ ।  हाम्रो प्रहार पनि दलका नेताहरुले गरेको वदमासि विरुद्ध हुनु पर्छ, दलहरुको विरुद्ध होइन । दल भनेको भिन्नै कुरा हो । अहिले जनकपुरका दलका कार्यकर्ताहरु पनि आफ्नै दलले गरेको कुरालाई समर्थन गरिरहेका छैनन । उनीहरुको आवाज पनि मलिन छ । उनीहरुलाई पनि आवाज दिनु हाम्रो काम हो । नागरिक समाज खिलराजको बेलामा विभाजित थियो तर अहिले आएर एकतावद्ध भएको छ ।
खिलराज नियुक्ती बेला नागरिक समाज किन विभाजित भयो ?

किन भने निश्पक्ष चुनाव भए भइ हाल्यो नि भने भ्रम थियो तर अव पो देखिन थाल्यो, यो त चुनाव भन्दा पनि शक्तिको लागि रहछ । नभए निर्वाचन आयोग मात्र बनाउने कुरोमा अहिले सबै आयोग बनाउने जुन संंसदको एउटा सार्वभौम अधिकार हो त्यसलाई खोस्ने, ६ वर्षको लागि नियुक्ती गर्ने देख्दिा भ्रम टुटिदैछ । मेरो धेरै असल साथीहरुले मलाई भन्नु भएको छ , किन विरोध गर्नु हुन्छ खिलराजको, प्रधानन्यायाधिश हो गलत काम हुादैन, निश्पक्ष निर्वाचन हुन्छ, दलहरु भए के गथ्र्यो । के  गथ्र्यो । तर अव स्थिति के आयो भने निर्वाचन नै नहुने भन्ने कुराको विश्वास लाग्यो मान्छेलाई ।

रेग्मी नेतृत्वको सरकारले चुनाव गराए । नगराए पन िखतरा छ भनेर मान्छेले भन्न थालेका छन, किन होला ? चुनाव गराउनु त राम्रै कुरा हो, म्यान्डेट त्यै हो, यो सरकारको ।

चुनाव नगराए देश चुनावविहिनताको अवस्थामा अझै अराजकता वढदै जान्छ, देशमा कानुनको शासन हुादैन, एका तिर त्यो छ । अर्को तिर जुन स्थितिमा चुनाव हुादैछ त्यसले द्धन्द निम्त्याउाछ किन भने नेकपा(माओवादी लगायत ३३ दलले त्यसको विरोध गरेको छ । उनीहरुको विरोध हुादा हुादै चुनाव गराइन्छ भने त्यसले संविधान कसरी बनाउाछ । र जुन, दिन यी दलहरुलाई लाग्छ कि हामीलाई वाइपास गर्न खोज्यो, त्यसले द्धन्द निम्त्याउाछ । समाज अझै विभाजित हुन्छ । त्यसपछि उग्र नाराहरु आउन थाल्छन । हेर्नुस देशमा अराजता बढेको बेला उग्रता आउाछ । तपाईलाई थाहा होला, माओवादी हिजो हतियार उठाउादा कति उग्र थियो , हैन । लोकमान सिह कार्कीको वाउ भोपाल मान सिंहको शालिक ढालेका थिए । लोकमान सिंहको त दुश्मनकै नाउामा लिस्ट बनाएर कारवाही गर्ने भनेका थिए । तर तिनीहरुलाई त्यै लोकमान सिंह चाहियो । भन्युको अर्थ उग्रता वढेर आउाछ । भोली त्यो उग्रता नेकपा (माओवादी उपेन्द्र यादवको फोरममा आउन सक्छ । यति मात्र होइन मधेशमा अलि शान्त रहेका हतियारधारी समुहहरुले स्पेश पाउन सक्छन । अहिले हतियारधारीहरु मध्ये धेरै जसो शान्ति प्रक्रियामा आउन थालेका छन । तर भोली उनीहरुको स्पेश वढन जान्छ र लोकतान्त्रिक शक्तिको स्पेश घटदै जान्छ । त्यसैले अहिलेको अवस्थामा चुनाव भए/ नभए दुवै समस्या नै हो ।
विरोधमा लोलिएका दलहरुले प्रधान न्यायाधिश पदवाट रेग्मीले राजीनमा दिए चुनावमा जाने भने पनि रेग्मी किन टस से मस नभएका होलान ? एक व्यक्ति दुई संस्थाको प्रमुख हुादा कुन संस्था विवादित भएका छन ?
हेर्नुस दुवै संस्था विवादित भइसकेका छन । कार्यपालिकाले जसो तसो क्याविनेट बनायो तर न्ययपालिका तर धरायसी भइसकेको छ । न्यायपालिका प्रतिको जनविश्वास गुमेर गइरहेको छ । पब्लिक इन्टिगलेशन (विआइएल) दर्ता गर्न पनि नियन्त्रण भइरहेको छ किन भने दुवै पदमा एउटै मान्छे छ ।

सर्वौच्च अदालतमा न्यायधिशले भन्न थाले माथिको आदेश छ भनेर न्यायधिश पनि कसैको अधिन हुन्छ र ?

एउटा न्यायधिशले मुद्दा राम्रो साग नसुनेको अवस्थामा फैसला टुङगो लगाउन महिनौ लगाउन सक्छ, विशेषधिकार हो । तर, उसले अझै टुङयाउनु पर्छ भनेर सुनियो नि । रेग्मी छ नि माथि । त्यसैले अदालतलाई प्रदुषित गरिए त्यसको दुरगामी असर पर्छ । दुवै पदवार रेग्मी हटनु पर्ने हो , नभए न्युनतम प्रधानन्यायधिश वाट हटदै पर्छ । प्रधानन्यायधिशबाट हटेको दिन छ संग यति शक्ति ने हुने छैन । त्यसपछि अदालत बलियो हुन्छ । कार्यपालिकाको धेरै कुरामा सर्वौच्चले अडान लिन सक्छ । हिजो बाबुरामलाई ब्लौक गरेकै हो तर आज रेग्मीलाई किन सजिलो भैरहेको छ भने उ दुवै ठाउामा छ ।

नैतिकता भन्ने नामको चिज त होला नि, प्रधानन्यायधिश समेत रहेको पदका व्यक्तिमा ?

त्यति भएको भए त उहिल्यै स्विकारै गर्दैनथ्यो नि । एउटा प्रधानन्यायधिश भएको मान्छे प्रधानमन्त्री हुन जान्छ  ?

निकास दिनको लागि गएको भनेर भन्छन ?

त्यै त कस्तो निकास दिइरहेको हामीले त देखिरहेका छौ, के हो निकास ? मनोमानी ढङगले काम गर्नु भनेको निकास होइन । लोकतान्त्रिक निकासको खोज हो, हामीले । तानाशाही निकास खोजको होइन ।
यो सबै प्रकरण हेर्दा के पुनर्मुसिको भव: तिर गइरहेको हो मुलुक ?
४६ साल तिरको कि १७ साल वा कहाा नेर पुग्ने हो थाहै छैन । जंगवहादुर तिरको हो कि अव त्यस्तो ठाउामा पुर्‍याई दिएको छ । ४६ साल तिर पुनर्मुसिको भव: हुन पाए कम से कम प्रजातन्त्र त थियो नि, त्यहाा नेर ।
४६ सालमा त संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्र थियो र त्यहा  जाादा कसरी राम्रो ?
हैन मान्छेले त्यो बेला पनि भन्न सक्यो, हामीले चुप लागेर बस्यो भने त्यो सबै हुन सक्छन, तर त्यसो हुन दिन्नौा ।

नेताहरुले भन्न थालेका छन, बाह्य दवावका कारण केही चल्नेन, अब त यहाा सम्म की राष्टूपति पनि वाह्य दवावमाा पनि थाल्नु भयो नि ?

हेर्नुस संसारमा जहाा पनि सिमान मुलुकमा आफ्नो प्रभुत्व र प्रभाव रहोस भन्ने चाहन्छ, त्यसमा पनि नेपाल दुई विशाल र भिन्ना भिन्नै आइडियोलोजी भएको देशको बीचामा बसेको छ । र, दुवैको  सेन्सेटिभ ठाउामा वसेको छ । तिब्बेत चाइनाको लागि सेन्सेसिटभ हो, नर्थ इस्ट, सिक्किम भारतको लागि सेन्सेटिभ ठाउा हो र हाम्रो सिमाना त्यहीबाट सुरु हुन्छ । विचार गर्नुस । अनि हाम्रा सिमानाहरु तिनटै देश मिल्ने ठाउामा बसेका छौ त्यसले दुइटै देशले आ(आफ्नो चासो राख्नु स्वभाविक हुन आउाछ चुरे समाप्त भयो भने मधेश मात्र सिहिदैन, भारतको विहार र युपी पनि सिद्धिन्छ । त्यसैले तिनीहरुले प्रभाव खोजाउनु ठुलो कुरो होइन तर विडम्वना के छ भने हाम्रो नेताहरु जसले देशको सार्वैभौमिकता जोगाउनु पर्ने हो, दवाव भन्छन । दवाव भनेको के हो, भोट दिएर उनीहरुलाई शक्तिशाली बनाउने हामी तर अर्डर मान्ने बेलामा हाम्रो अर्डर नमानेर वाहिरको अर्डर मान्ने हो फेरी दवाव छ भने उनीहरुले जनता साग किन भन्न सक्दैन ?

भन्यो त बाबुरामले प्रधानमन्त्री भएकै बेलामा, सााचो अन्तै छ, गयी छोडे माघ १९ हुन्छ, मर्ज(सवमर्ज हुन्छ भनेर ?

हैन सााचो अन्तै कतै छ भनेर भन्यो तर कहाा छ भनेन । अर्को कुरा अन्तै सााचो छ पनि भन्ने र प्रधानमन्त्री पनि भइरहने ? त्यसैले मैले भन्ने गरेको छु, दवाव छ भने पद छोफनुस । मैले पनि सुनै कि राष्टूपतिलाई वाह्य दवाव आयो रे ? अचम्म लाग्यो राष्टूपति भनेको देशको सर्वशक्तिमान मान्छे हो, वहााले नमनिकन देशमा केही पनि हुन सक्दैन, जतिबेला देशमा संसद छैन, कसरी भयो त ? त्यसमा पनि हामीलाई केही पनि भनेका छैनन । हेर्नुस हाम्रा दल र नेताहरुले केही पनि होइन, हामीलाई ठगीरहेका छन । दवाव त थोर बहुत हुन्छ तर नेता भएपछि दवाव सहनु पर्दैन । चाहे तिब्बतबाट आएका मान्छेले नेपालमा आफैले आफुलाई सल्काए । त्यो त हुन्छ । आफ्नो अक्षमतालाई ढाकछोप गर्न बाह्य दवाव भन्दै उम्कन खोज्छन । उनीहरु आफै दलबाट प्रधानमन्त्री बनाउाछौ भनेको भए के भारतले रेग्मीलाई नै वनाउ भनेर कसरी भन्न सक्थे ? हेर्नुस देशमा क्षति अस्थिरता भयो त्यति नै वाह्य दवाव वढदै जान्छ । किनभने भारतलाई मात्रै थ्रेट छैन, चीनलाई पनि थ्रेट छ नि ।

भारत भ्रमणमा जानु अघि पुष्पकमल दाहालले त नत्र भने भारतको सुरक्षा ग्यारेण्टी गर्न सकिन्न भनेर कुटनीतिक रुपमा थर्काएकै हो नि, हैन र ?

सुरक्षाको अनुभुति गराउन सक्दैनौ भन्नुको मतलब के ? त्यसो भनेर सुख पाइन्छ । त्यसो भए त उहााले ठुलो दलको नेता भनेर पनि भन्न मिलेन । छोडदिनु पर्यो, राजनीति,  हिन्नु पर्यो । तपाई पद ओगटिरहनु हुन्छ, प्रधानमन्त्री बनाउनु हुन्छ, सारा ४ दलिय संयन्त्रको अध्यक्ष भएर वासी राख्नु भएको छ, अनि सृुरक्षा दिन सक्दैनौ भनेर सुख पाइन्छ । त्यसैले गर्दा हामी ज्यादै खतम भएका छौ र वाह्य खतरा झनै वढछ ।

कस्तो खतरा वढने हो ?

अव प्रचण्डले भारतलाई हामी तिम्रो मुलुकको सुरक्ष गर्न सक्दैनौ भन्नुको मतलब तिमी आउ, नेपालको भुमिलाई सुरक्षा गर्न सकेनौ, यहाा अवञ्छित गतिविधि हुन सक्छ भनेर भारतलाई नेपालमा आएर तिमी आफ्नो सुरक्षा आफै गर भन्न खोजेको होइन । जस्तै हामीले कही मोटरसाइकल राख्न गर्यो भने हेलमेटको सुरक्षा आफै गर्नु होला भनेर लेखेका हुन्छन, त्यस्तै होइन ? अव भारतीय पनि आऊ, चाइनीज पनि आउ नेपालमा युद्ध गर भन्नु होइन । हेर्नुस अजय जी तपाईले यस्तो महत्वपुर्ण प्रश्न उठाउनु भयो, मलाई धेरै खुसी लागिरहेको छ । नेपालका विरलै पत्रकारले यस्तो प्रश्न उठाइरहेको छ । त्यसले मलाई विश्वास जागेको छ, कि राष्टिूय समस्या पनि उठाउने ठाउा जनकपुर भएको छ । तपाईले सुरक्षा र प्रचण्डको अभिव्यक्ति वारे जुन कुरा उठाउनु भयो नि भन्ने भनाई म तपाईकै पत्रिका मार्फत अनुरोध गर्न चाहन्छु यो विषय नेपालका राष्टिूय मिडियाहरुले उठाउनु पर्‍यो ।

देशको लोकतन्त्र धरायसी हुादै जाादा राष्ट्रपतिको कस्तो भुमिका हुनु पर्छ ?

हामीले छानेको गणतन्त्रात्मक मुलुकको राष्टूपति संविधानको संरक्षक भएको बेला संविधान विपरित दलहरु चलखेल गर्दा वहाा दरिलो भएर त्यसको विपक्षण उभिनु पथ्र्यो । वहााले दलहरुलाई भन्न सक्नु पथ्र्यो । म मान्दिैन तपाईहरु सचिएर आउनुस । वहााले आाट गर्नुपर्ने थियो । वहाालाई कसले हटाउाथ्यो ? वहाालाई हटाए पनि केही हुादैन्थ्यो किन भने वहााले इतिहास कत वनाइसक्नु भएको छ । वहाालाई हटाउने कसैको हिम्मत छैन । नेपालै भरी वहााले आदर पाउनु भएको थियो तर दु:खद कुरो के भने वहााले जे आदर पाउनु भएको  थियो त्यो आदर विस्तारै गुमेर गइरहेको छ ।

सबै कुरामा टूयाकमा नआउने हो भने के चााही हुन सक्छ, जुन डर देखाइन्छ, त्यति सान्हो त हुने वाला छैन नि ?

होइन होइन, टूयाकमा नआउन सक्ने कुरै होइन । हिजो सम्म काठमाडौको शासकहरुको माइण्ड सेट के छ भने तराईका मान्छेले नेपाललाई माया गर्दैनन तर सीमाना बस्ने मान्छेलाई न थाहा हुन्छ सीमाको सुरक्षा कसरी गर्ने, काठमाडौ बस्नेलाई के थाहा ? नेपाललाई माया सीमाना बस्ने नेपालीले पो गरेको छ । त्यसैले मैले हेरेको के भने रेग्मीले राजीनामा दिएर दलहरु बीच सहमति कायम भई लोकतान्त्रिक तरिकाले लोकतान्त्रिक सरकार गठन गरी नयाा संविधान सभाले चुनाव गरी संविधान सभाबाट नयाा संविधान जारी गरेर सबै समस्या समाधान हुने नै छ । दलहरु आफैले नगरे नागरिक आन्दोलनले त्यो कुरो गर्ने छ ।

No comments:

Post a Comment