Wednesday, May 1, 2013

गुटबन्दी राजनीतिका शिकार रोशन जनकपुरी


एक्सक्लुसिभ सम्वाददाता...
एकीकृत माओवादीका धनुषा इन्चार्ज अरविन्द लाल कर्ण उर्फ रोशन जनकपुरीलाई मिथिला राज्य समितिले कारवाही गदै जिल्ला इन्चार्जबाट निलम्बन गरी अर्का राज्य समिति सदस्य रामचन्द्र मण्डललाई उक्त पदमा नियुक्ति गरे पछि धनुषामा एउटा नयाँ विवाद उत्पन्न भएको छ ।
    मिथिला राज्य समितिका इन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा सह इन्चार्जद्वय श्रवण यादव ‘जीवन’ र राम कुमार यादव, सह–सचिव रामरिझन यादव, सदस्य द्वय दीप बहादुर योञ्जन र राम कुमार शर्मा सहित ६ जनाको उपस्थितिमा बसेको उक्त वैठकले रोशन जनकपुरी पार्टी विधान विपरित कार्य गरेको हुनाले कारवाही स्वरुप इन्चार्ज पदबाट निलम्वन गरेको भोली पल्ट नै राज्य समितिका केन्द्रिय सह–इन्चार्ज महेन्द्र पासवान र सचिव कृष्णदेव सिंह दनुवारले उक्त निर्णय प्रति आपत्ति जनाए पछि पार्टी भित्रको विवाद सतहमा आएको हो ।
    मिथिला राज्य समिति हेडक्वार्टरमा माओवादीका ८ जना केन्द्रिय सदस्यको केन्द्रिय समितिका ६ जनाले कारवाही गर्नु र २ जनाले वैठक बारे अनभिज्ञता प्रकट गर्दै उल्टै केन्द्रिय इन्चार्ज साह माथि कारवाहीकालाई माओवादी नेतृत्व समक्ष सिफारिश गर्ने वताए पछि विवाद छर्लङ्ग भएको हो । १ जेठमा पत्रकार सम्मेल नै गरी जनकपुरी माथि विभिन्न आरोप लगाए पनि

के कस्ता आरोप बारे केही भनिएको थिएन । तर एक्सक्लुसिभ सम्वाददाता समक्ष राज्य समितिका सह–सचिव रामरिझन यादवले जनकपुरी माथिको विभिन्न आरोपहरु सार्वजनिक गरेका   छन् ।
जनकपुरी माथिको आरोप
– एकीकृत माओवादी धनुषा जिल्ला इन्चार्ज अरविन्द लालक कर्ण (रोशन जनकपुरी) ले पार्टी सदस्यता अभिलेख फारम हाल सम्म राज्य समितिलाई नबुझाएको र सदस्यताबाट प्राप्त आम्दानी समेत पार्टीमा नबुझाई अनियमितता गरेको ।
– मिथिला राज्य समितिका इन्चार्ज विश्वनाथ साहलाई माओवादी महोत्तरी इन्चार्ज महादेव यादव (संग्राम) सहितकाले कुटपिट गर्दा संग्रामसँगै धनुषा सह–इन्चार्ज दिपक यादवलाई पनि पार्टीले कारवाही गरेको थियो । तर पर्यटन वोर्डको जनकपुर अञ्चल सदस्यमा दिपक यादव चयन भए पनि जनकपुरीले लिखित रुपमै एक स्थानिय पत्रिकामा शुभकामना छपाएर पार्टी द्धारा कारवाही गरिएका व्यक्तिहरुलाई प्रोत्साति गरेको ।
– जिल्ला विकास समिति धनुषाको वोर्ड सदस्यका रुपमा पार्टी कमिटीको वैठकबाट केन्द्रिय सल्लाहकार एवं जिल्ला सेक्रेटरी असर्फी मिनवारलाई प्रतिनिधि चयन गरेको हो । तर जनकपुरी पार्टी विपरीत जिविस वोर्डको वैठकमा आफै उपस्थिती हुन थाले । स्थानिय विकास अधिकारी सूर्यकान्त झा सति अन्य राजनीतिक दलहरुले एउटा पार्टीबाट दुई जना प्रतिनिधि आउनु हुन्न भनेर आलोचना गर्न थाले पछि जनकपुरी आफै नगई अजय पासवानलाई पार्टी निर्णय विपरीत प्रतिनिधित्व गर्न लगाउनु ।
    ३१ वैशाखमा पार्टी प्रतिनिधित्वको आधिकारिकतालाई लिएर स्थानिय विकास अधिकारी झाले मिनवारलाई अविस्कार गरे पछि आक्रोशित मिनवारले झा माथि चप्पल हानी दुव्र्यवहार गरेका थिए ।
    रामरिझन यादवले लगाएको उक्त आरोपहरु बारे जनकपुरीसँग खोजदा जनकपुरी जनकपुर बाहिर राजधानी रहेको र तिनको मोवाईलमा पनि समपर्क स्थापित हुन नसकेकोले जनकपुरीको प्रतिक्रिया समेटन सकिएन् ।

कारवाही सँगसँगै वचाव पनि
जनकपुरी माथि कारवाही गरे पछि पुन समानान्तर कमिटी गठन हुन सक्ने भएकाले कारवाही गर्ने पक्षले जनकपुरीको वचाव गर्ने प्रयास पनि गरेको छ । ‘‘जनकपुरीले दुई वर्ष पार्टीको नेतृत्व गरे पनि ‘मास लिडर’ बन्न सक्नु भएन, राजीनामा दिनुस भनेर राज्य समितिले पटक–पटक दवाव दिँदा पनि नमाने पछि पार्टीलाई जोगाउनका लागि बाध्य भई कारवाही गर्ने पयौं ।” रामरिझन यादव भन्छन्, ‘‘जनकपुरी केन्द्रिय कार्य समिति सदस्यका लागि प्रस्ताव गरिएको व्यक्ति हो, उनलाई वौद्धिक क्षेत्र, सांस्कृतिक क्षेत्र, राजनीतिक क्षेत्र या प्रशिक्षण क्षेत्रको कार्यभार दिन सकिन्छ ।”
    अर्को तर्फ जनकपुरी पक्षधर नेताहरु भने जनकपुरीलाई राजनीतिबाट पाखा लगाउन नवमा माओवादीहरुले ठूलो षढयन्त्र गरेको बताउँछन् ।
हो । तर जनकपुरी पार्टी विपरीत जिविस वोर्डको वैठकमा आफै उपस्थिती हुन थाले । स्थानिय विकास अधिकारी सूर्यकान्त झा सति अन्य राजनीतिक दलहरुले एउटा पार्टीबाट दुई जना प्रतिनिधि आउनु हुन्न भनेर आलोचना गर्न थाले पछि जनकपुरी आफै नगई अजय पासवानलाई पार्टी निर्णय विपरीत प्रतिनिधित्व गर्न लगाउनु ।
    ३१ वैशाखमा पार्टी प्रतिनिधित्वको आधिकारिकतालाई लिएर स्थानिय विकास अधिकारी झाले मिनवारलाई अविस्कार गरे पछि आक्रोशित मिनवारले झा माथि चप्पल हानी दुव्र्यवहार गरेका थिए । अर्को खेमाका नेताहरु भने भिन्नवार, धनुषा जिल्ला सेक्रेटरी र केन्द्रीय सल्लाहकार समेत भएको हुँदा एक व्यक्ति दुई पदमा हुनु हुन्न भन्ने आवाज उठाई रहेका छन् । दुई पद पनि पाउनु र आर्थिक श्रोत भएको जि.वि.स. को बोर्ड प्रतिनिधित्व समेत गर्नु मिल्दैन भनेर माओवादी भित्रै पटक–पटक आवाज उठेको माओवादी श्रोतको भनाई छ ।
    रामरिझन यादवले लगाएको उक्त आरोपहरु बारे जनकपुरीसँग खोजदा जनकपुरी जनकपुर बाहिर राजधानी रहेको र तिनको मोवाईलमा पनि समपर्क स्थापित हुन नसकेकोले जनकपुरीको प्रतिक्रिया समेटन  सकिएन् ।
कारवाही सँगसँगै वचाव पनि
जनकपुरी माथि कारवाही गरे पछि पुन समानान्तर कमिटी गठन हुन सक्ने भएकाले कारवाही गर्ने पक्षले जनकपुरीको वचाव गर्ने प्रयास पनि गरेको छ । ‘‘जनकपुरीले दुई वर्ष पार्टीको नेतृत्व गरे पनि ‘मास लिडर’ बन्न सक्नु भएन, राजीनामा दिनुस भनेर राज्य समितिले पटक–पटक दवाव दिँदा पनि नमाने पछि पार्टीलाई जोगाउनका लागि बाध्य भई कारवाही गर्ने पयौं ।” रामरिझन यादव भन्छन्, ‘‘जनकपुरी केन्द्रिय कार्य समिति सदस्यका लागि प्रस्ताव गरिएको व्यक्ति हो, उनलाई वौद्धिक क्षेत्र, सांस्कृतिक क्षेत्र, राजनीतिक क्षेत्र या प्रशिक्षण क्षेत्रको कार्यभार दिन सकिन्छ ।”
    अर्को तर्फ जनकपुरी पक्षधर नेताहरु भने जनकपुरीलाई राजनीतिबाट पाखा लगाउन नवमा माओवादीहरुले ठूलो षढयन्त्र गरेको बताउँछन् । माथि देखि तल सम्म नेतृत्वहरु खेमावाजी र गुटवन्दीमा फसेकोले जनकपुरी पनि गुटवन्दी कै शिकार भएको जनकपुरी पक्षधर नेताहरुको ठम्याई छ । 






मिति ः २०६८–०२–०८   

No comments:

Post a Comment