Wednesday, May 1, 2013

सामाजिक सुरक्षा भत्ता पनि छाडेनन् भ्रष्टाचारीले


अनिल मिश्र .........
आर्थिक अनियमितताका कारण पटक–पटक चर्चामा आउने गरेको जनकपुर नगरपालिकाले समाजिक सुरक्षा भत्ता खाएर फेरि विवादित भएको छ । महिनौ देखि  समाजिक सुरक्षा भता नपाएका जेष्ठ नागरिकहरु नगरपालिकाको मुख्य द्वारमा ताल्चा लगाई धर्नामा बस्न समेत बाध्य भए । 
वृद्धवृद्धा, अपाङ्ग र असहायका लागि आएको समाजिक सुरक्षा भत्ता पनि छोडेनन् भ्रष्टाचारीले ।
जनकपुर नगरपालिकाले जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग र असहायलाई दिइने समाजिक सुरक्षा भत्ता नै खाएको छ । सरकारी भत्ता नै नगरपालिकाले खाएपछि जेष्ठ नागरिकले धर्नामा बसेका हुन् । जेष्ठ नागरिक, असहाय र अशक्तको जीवनयापनमा सघाउ पु¥याउने उद्देश्यले सरकारले भत्ता उपलब्ध गराउदै आएको छ । नगरपालिकाका कर्मचारीहरुले सो रकम वितरण नै नगरी अनियमितता गरेपछि जेष्ठ नागरिकहरु भता पाउन सकेका छैनन् । नगरपालिका र वडा कार्यालयहरुमा सामाजिक सुरक्षा भता मांग्न जादा कर्मचारीले अभद्र व्यबहार र गाली गलौज गरि र्फकाईदिने गरेको जेष्ठ नागरिकहरुको आरोप छ ।
जनकपुरकी जेष्ठ नागरिक किरण देवी झा भन्छिन् – ९ महिना देखि नगर पालिका धाएकी छु । तर सधै भोली आउनुस् पर्सी आउनुस् भनेर हाकिमहरु आलटाल गर्ने गरेको छ ।
भत्ता नपाएपछि जेष्ठ नागरिकहरुले स्थानिय प्रशासनलाई पटक पटक लिखित र मौखिक जानकारि गराए तर कुनै सुनबाई भएन । आफ्नो कुरा नसुनिएपछि यिनीहरु जनकपुर नगरपालिकामा धर्ना दिइरहेका छन् । जेष्ठ नागरिकहरुले समयमै समाजिक सुरक्षा भता उपल्बध गराउनु पर्ने, भत्ताको रकम हिनामिना गर्ने
कर्मचारीलाई कारबाहि गर्नुपर्ने मांग अघि सारेका छन् ।
जनकपुरकै जेष्ठ नागरिक घुरन साह त नगर पालिकाका निमित्त कार्यकारी अधिकृत राज किशोर साहलाई हदै भन्दा बढी सम्मको कारवाहीको माँग गरेका छन् । जनकपुर नगरपालिकाका कर्मचारीले संक्रमणकालको मौका छोपि राजनीतिकदलका प्रतिनिधीको मिलेमतोमा विकास निर्माण, नगरको सरसफाई, गाडी मर्मत र ईन्धन खरिदको नाउमा चार बर्ष भित्र कारोडौ रुपैया हजम गरिसकेका छन् । जेष्ठ नागरिक, असहाय र अशक्तको जीवनयापनमा सघाउ पु¥याउने उद्देश्यले सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको छ । जिल्ला विकास समित धनुषाले मंसिर महिना सम्मको सामाजिक सुरक्षा भत्ताको रकम लगभग ३५ लाख रुपैयाँ नगरपालिकालाई पठाइसकेको छ । सो रकम सुरक्षा भत्ता पाउने वितरण गरिनुपथ्र्यो । तर त्यसो गरिएन । नगरपालिकाका निमित कार्यकारी अधिकृत राजकिशोर साहको निर्देशनमा सो रकम कर्मचारीको तलब भत्ता र विकास निर्माणको नाउूमा खर्च गरियो । जसलेगर्दा सुरक्षा भत्ता पाउने १२ सय जनाले ९ महिनादेखि समाजिक सुरक्षा भत्ता पाउन सकेका  छैनन् । रकम ढिलो निकासा भएको कारण वितरण हुन नसकेको र केही साता भित्र ५ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिने जनकपुर नगर पालिकाका लेखा अधिकृत जयचन्द्र मिश्रले बताएका छन् । सामाजिक सुरक्षा वितरणको लागि लगेको रकम वडा सचिवहरुले वितरण गर्नुको साटो आफ्नो घरायसी प्रयोजनमा खर्ची फर्छौट नगरेकाले यस्ता समस्याहरु पटक–पटक उत्पन्न हुने गरेको एक कर्मचारीले बताएका छन् । कतिपय वडामा ९ महिना मात्र होइन १३ महिना सम्मका भत्ता जेष्ठ नागरिकले पाउन सकेका छैनन् । वडा सचिवहरुले वर्षो देखीको पेश्कि फर्छौट नगरेका कारण पनि नगर पालिकाले जि.वि.स. धनुषालाई सो रकम फर्छौट गर्न नसके पछि यस्ता समस्याहरुले निरन्तरता पाएको हो ।
नगरपालिकाले २०६४ सालदेखिको समाजिक सुरक्षा भत्ताको झण्डै दुई करोड रुपैयाू पेश्की फछ्र्यौट गर्न बाकी रहेको बताइन्छ । नगरपालिकाले समाजिक सुरक्षा भत्ताको रकममा अनियमितता गरेको र पेश्की फछ्र्याैट नगरे पछि जिल्ला विकास समिति धनुषाले पटक पटक निकासा बन्द गर्दै आएको छ । धनुषाका गाविस सचिवले समाजिक सुरक्षा भत्ताको नाउूमा लगेको आठ करोड भन्दा बढी रकम वर्षाैूदेखि फछ्र्याैट हुन सकेको छैन ।
जनकपुर नगरपालिका भ्रष्टाचारीको अखाडा नै बनेको छ । राजनीतिकदलका स्थानीय प्रतिनिधी र नगरपालिकाका कर्मचारी मिलेर बजेट बांंडफांड गर्छन् विकास निर्माणका काम कागजी मात्र हुन्छ । नगरको सरसफाई, गाडी मर्मत र ईन्धन खरिदको नाउमा चार बर्ष भित्र लाखौं रुपैया हजम गरिसकेको जनकपुर नगरपालिकाका कर्मचारीले बिधवा, अपाङ्ग र असहायहरुको नाउमा आएको समाजिक सुरक्षा भत्ता खाएर आफ्नो कार्यशैलीको थप परिचय दिएका छन् ।
आफ्नो भत्ता पाउन धर्नामा बसेका जेष्ठ नागरिकको आवाज सुन्नै पर्छ राज्यले । भत्तामा भागबण्डा लगाइ अनियमितता गर्ने कर्मचारीमाथि कारवाही हुनैपर्छ ।


मिति ः २०६८–०२–०८   

No comments:

Post a Comment