Wednesday, May 1, 2013

नगर स“गै गाउ“को सुरक्षा पनि मजबुत

अनिल मिश्र र अजय अनुरागी
ऐतिहासिक एवम धार्मिक नगरि जनकपुरधाममा नागरिक समाज र उद्योगी व्यबसायीहरुले लाखौ रुपैयाको आफ्नो निजी लगानीमा सिसिटीभी क्यामरा जडान गरेका छन् । तराईका मुख्य शहरहरु मध्येका एक जनकपुरमा हत्या, हिंसा, चन्दाआंतक, अपहरण, बमबिस्फोट लगायतका अपराधिक गतिबिधी बढदै गएपछि भयत्रास पुर्ण बाताबरणमा दिन काटन बाध्य जनकपुरबासी अपराध मुक्त समाज निर्माणका लागि प्रहरीसंग हातेमालो गरेका छन् । बिरगंज, चितवन र काठमाडौंमा जडान गरिएको सिसिटीभी क्यामरा भन्दा अत्याधीक बिज्ञान प्रबिधि सहितको क्षमतावान क्यामरा जडान गरिएको प्रहरीको दाबी छ ।
ऐतिहासिक नगरि जनकपुरधामलाई अपराध मुक्त शहर बनाउन नागरिक समाज आफै अग्रसर भएका छन । सरकारसंग एक रुपैया पनि सहयोग नलिईकन आफै लाखौ रुपैया संकलन गरेर सिसिटीभी क्यामरा जडान गरे जनकपुरबासीले ।  नगरको बिकास निर्माण र सरसफाई, मठ मन्दिर तथा पोखरी सरोवरहरुको संरक्षणको लागि अग्रसर हुनु पनि उतिकै जरुरी छ । मठ मन्दिर, पोखरी तथा सरोवरहरुको शहर भनेर चिनिने प्राचिन मिथिलाको राजधानी जनकपुरधामको गरिमा जोगाई राख्न यहाका युवा, बिभिन्न संघ सस्था, उद्योगी व्यबसायी, नागरिकसमाज एक ढिका भएर अगाडि बढनु पनि अपरिहार्य रहेको छ ।
मधेश आन्दोलन पछि तराईका जिल्लाहरुमा च्याउसरि उम्रेका छन  सशस्त्र र अपराधिक समुह । अनि ती समुृहले मच्चाएको हत्या, हिंसा, चन्दाआंतक, अपहरण, बमबिस्फोट, भयत्रास लगायतका अपराधिक क्रियाकलापबाट गुज्री रहेका
जनकपुरबासीले आफ्नो जिउ धनको सुरक्षाका लागि आफै अग्रसर हुनु वाध्यता
जस्तै भएको छ । अहिले त्यो वाध्यताले सुरक्षित पनि बनाएको छ ।
केहि महिना अघि भएका श्रृखलाबद्ध गोलि प्रहारका घटनाले ऐतिहासिक एवम
धार्मिक नगरि जनकपुरधाम अपराधिक केन्द्रको  रुपमा परिणत हुन थालेपछि नगरको सुरक्षा अवश्थाको वारेमा गम्भीर बनायो जनतालाइ  ।  यसको लागी अत्याधुनिक प्रबिधिको आवश्यकतालाइ महशुश गर्दै नागरिक समाज र उद्योगी व्यबसायीहरुको र प्रहरीको सहयोगमा जनकपु्रवासीले नगरका बिभिन्न ठाुउमा सिसिटीभी जडान गरेर मुलुककै उदाहरणिय काम गरेका छन । अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक नवरज सिलवाल भन्छन्, ‘‘नेपालकै सर्वाधिक शक्तिशाली क्यामरा जनकपुरमा जडान भए पछि जनता पनि अब हाम्रो प्रहरी हो भनेर विश्वास गरेरै सरकारसँग एक रुपैयाँ पनि नलिई लाखौं रुपैयाँको क्यामरा जडानमा सहयोग गर्नुले नागरिक पनि अब बिना बर्दिको प्रहरी रहेको दायित्व निर्वाह गरिरहेको पुष्टि हुन्छ ।”
आफनो जिउधनको सुरक्षाका लागि प्रहरीको पहलमा नागरिक समाजले करिब ४० लाख रुपैया चन्दा संकलन गरि सिसिटीभी क्यारा जडान गरेका हुन । करिब ५ महिना अघि देखि नै क्यामरा जडानको कार्य प्रारम्भ भएपनि नेपाल प्रहरीका महानिरिक्षक रमेश चन्द ठकुरीले समुदघाटन गरेपछि २०६८ बैशाख २६ गतेबाट बिधीबत रुपमा यस कार्यको थालनि भएको  हो  । राति पनि सजिलै संग हेर्न सकिने नाईट भिजन सिसिटीभी क्यामरा जडानको कार्य थालनि भएपछि नगरमा कुनै प्रकारको हत्या हिसांको घटना भएको छैन । सिसिटीभी क्यामरा जडान भएपछि मनोबैज्ञानिक दवाव र क्यामराकै डरले अपराधिहरु नगरमा अपराध गर्न डराउन थालेर अब ग्रामिण ईलाका तिर बिस्थापित भएको विस्वास गरीएको छ । प्रहरी महानिरीक्षक ठकुरीका अनुसार क्यामराले समाजलाई अपराध रहित भने नबनाए पनि अपराधलाई न्यून गर्न अवश्य नै मद्दत गर्नेछ । हुनतः इंग्लैण्डको लण्डन र चिनको एक शहरमा मात्र ३० हजार भन्दा बढी क्यामरा जडान भएका हुन् र पनि त्यहाँ अपराध भने नहुँदो होइन ।
चन्दा आतंक र गोली प्रहारबाट त्रस्त भएका जनकपुरका व्यापारी नागरिक समाज आफ्नो सुरक्षाका लागि आफै प्रहरीसँग हाते मालो गर्दा व्यापारीहरु ढुक्क भएको र भोलीका दिनमा अमन चयन तथा शान्ति कायम हुने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्याम साहको भनाई छ ।
जनकपुरको जानकी मन्दिर, जनकचोक, शिबचोक, बिद्यापतिचोक, भानुचोक, शुभचोक, व्यापारिक प्रतिष्ठान लगायतका ३६ स्थानमा नाईट भिजन सहित अत्याधुनिक प्रबिधिको सिसिटीभी क्यामरा जडान गरिएको छ । खास गरि क्यामराको दुष्यलाइ सम्मानित अदालतले पनि प्रमाणको रुपमा बैद्यता प्रदान गरेपछि अनुसन्ंधानको क्रममा यसलाई अब प्रहरीले अकाटय प्रमाणको रुपमा प्रस्तुत गर्न सकिने भएको छ । अपराध भनेको अपराधिक मनसाय हो । अपराधिले कुनै प्रबाह नगरि घटना घटाएपनि अब उम्मकन नपाउने र कानुनको दायरामा ल्याउन यस क्यामराले महत्वपुर्ण भुमिका खेलिने प्रहरी उपरीक्षक दिनेश अमात्यको बिश्वास छ ।
बिभिन्न सार्बजनिक स्थलमा जडान भएको क्यामराले गर्दा प्रहरी संगठन भित्र या डयुटीमा रहेका प्रहरीहरु अनैतिक क्रियाकलापमा संलगन रहेको आउने खबरमा पनि
कटौती हुने निश्चीत छ । क्यामरामा कैद दृष्यले प्रहरी कन्टूोलरुमा सबै छर्लङ्ग देखिने भएकाले प्रहरीलाई सजक र सचेत भई आफ्नो जिम्मेबारि निर्बाह गर्न मनोबैज्ञानिक दवाव बढेको छ । क्यामराका कारण प्रहरी संगठनलाई धेरै अबसर प्राप्त भएपनि अपराध रहित समाज निर्माणका लागि प्रहरीलाई भने अबको दिनमा चुनौती पनि थपिएको र अबको दिनमा उक्त चुनौतीलाई प्रहरीले कसरि सामना गर्ने त्यो भने नगरबासिले हेर्न बाकी नै छ ।
बिरगंज, चितवन र काठमाडौंमा जडान भएका सिसिटीभी क्यामरा भन्दा बढि क्षमता भएको क्यामरा युहा जडान भएकोले जनकपुरबासीले शान्ति सुरक्षाको सवालमा अन्य स्थानको तुलनामा बढि नै अपेक्षा राखिएको छ ।
गाउँको सुरक्षा अवस्था पनि कडा
जनकपुर शहर भित्र करिब ३६ वटा सी.सी.टीभि क्यामेरा जडान भए पछि अपराधिहरु गाउँ तिर पलायन हुन थालेका छन् । अपराध हुने ठाउँ प्रायः अत्यधिक भीड–भाड भएको घना वस्ती,उद्योगी–व्यवसायी, कर्मचारीहरु, राजनीतिक व्यक्तित्वहरु शहरमै बस्ने हुनाले अपराधीहरु अपराधको स्थल शहर बनाए पछि प्रहरीले शहरको सुरक्षालाई पहिलो प्राथमिकतामा राखे पनि गाउँको सुरक्षा अवस्था पनि उत्तिकै प्राथमिकतामा राख्नु पर्दछ । ग्रामिण क्षेत्रमा प्रायः आवेशमा आएर मानिसहरु झै–झगडा गर्ने, कुटपिट गर्ने, चोरी तथा लुटपाट र अपहरण जस्ता अपराध हुने गरेकोले गाउँको सुरक्षा अवस्थालाई पनि सम्वेदनशीलताका साथ लिएको प्रहरी निरीक्षक हरि खतिवडा बताउँछन् – प्रहरीको स्थानिय युनिट पनि विगत भन्दा अहिले बढी चुस्त दुरुस्त भएको छ ।
    स्थानिय युनिटहरुलाई पनि सशक्तिकरण गर्दै तीन आई ९क्ष्० ‘इन्टोलिजेन्स, इन्फोर्मेशन र इन्मेस्टीगेशन’ मा जोड दिँदै प्रशिक्षित गरिएको छ, तिनीहरुलाई आवश्यकता पर्ने कुरालाई जिल्लाले तुरुन्तै ब्याक–अप गरेर सपोर्ट गर्ने गरेको छ । खास गरी राम्रो काम गर्ने युनिट इन्चाजृहरुलाई पुरस्कृत तथा खराब काम गर्नेलाई सचेत र दण्डित गरिएकोले प्रहरी अहिले पूर्णतः विकेन्द्रिकृत भएको प्रहरी निरीक्षक प्रकाश मल्लको भनाई छ । पुराना–पुराना केशहरुको पनि फलो–अप गरिएको छ भने सुरक्षा सम्वन्धि डाटाहरु पनि नियमित अपडेट गराइन्छ, आवश्यक स्रोत–साधन, गाडी, जनशक्ति, घटेको घटना बारेमा जिल्लाबाट सहयोग प्रदान गरिने गरेको भएकाले गाउँका स्थानिय इकाईहरु पनि अपराध नियन्त्रण र अनुसनन गर्न सक्षम भएको छ । ‘सीमा क्षेत्रमा अपराधिहरुले केही मुवमेन्ट गर्ने गरेकोले ती अपराधी नेपाल प्रवेश गर्ने वित्तिकै हाम्रो नियन्त्रण भन्दा बाहिर जान सक्दैनन्’ मलको दावी छ ।
धनुषामा ग्रामिण र शहरी क्षेत्रमा प्रहरी संगठन सरंचना यस प्रकारको छ ।
१.    जिल्ला प्रहरी कार्यालय धनुषा        २.    वडा प्रहरी कार्यालय मुजेलिया         ३.    सिमा प्रहरी चौकी दुहबी
४.    सिमा प्रहरी चौकी लगमा        ५.    ईलाका प्रहरी कार्यालय सबैला        ६.    ईलाका प्रहरी कार्यालय यदुकुहा
७.    ईलाका प्रहरी कार्यालय खजुरी        ८.    ईलाका प्रहरी कार्यालय औरही        ९.    ईलाका प्रहरी कार्यालय महेन्द्रनगर    १०.    ईलाका प्रहरी कार्यालय फुलगामा        ११.    ईलाका प्रहरी कार्यालय ढल्केवर        १२.    ईलाका प्रहरी कार्यालय भरतपुर
१३.    ईलाका प्रहरी कार्यालय धनुषाधाम    १४.    ईलाका प्रहरी कार्यालय सुगानिकास    १५.    प्रहरी चौकी ईनर्वा
१६.    प्रहरी चौकी ठाढीझिझा        १७.    प्रहरी चौकी बहेडाबेला        १८.    प्रहरी चौकी बल्हागोठ
१९.    प्रहरी चौकी तुलसियाही        २०.    प्रहरी चौकी मुखियापट्टी        २१.    प्रहरी चौकी डेवडिहा
२२ं    प्रहरी चौकी धनौजी            २३.    प्रहरी चौकी इटहर्वा            २४.    प्रहरी चौकी बरमझिया
२५.    प्रहरी चौकी पोर्ताहा            २६.    प्रहरी चौकी गिद्धा            २७.    प्रहरी चौकी चिसापानी
२८.    प्रहरी चौकी तारापट्टि            २९.    प्रहरी चौकी चोराकोयलपुर        ३०.    प्रहरी चौकी जनकपुरधाम
३१.    प्रहरी चौकी सिग्याही मडान        ३२.    प्रहरी चौकी कपिलेश्वर        ३३.    प्रहरी चौकी लालगढ
३४.    प्रहरी चौकी ललिया            ३५.    प्रहरी चौकी जिरो माईल, जनकपुर    ३६.    वडा प्रहरी कार्यालय धनुषा
३७.    अस्थायी प्रहरी पोस्ट हनुमान नगर    ३८.    जनकपुर अञ्चल अस्पताल
ईलाका प्रहरी कार्यालय सबैला मातहतका गा.वि.स. हरु ः प्रहरी चौकीहरु – सबैला, मखनाहा, पटेर्वा, ठिल्ला सतोषर, खरीयानी, बरमझिया
ईलाका प्रहरी कार्यालय यदुकुहा मातहतका गा.वि.स. हरु ः प्रहरी चौकीहरु – यदुकुहा, ननुपट्टी, हठीपुर हडवारा, पचहर्वा, धवौली, विषरभोरा
ईलाका प्रहरी कार्यालय खजुरी मातहतका गा.वि.स. हरु ः प्रहरी चौकीहरु – खजुरीचन्हा, प्रकोमहुवा, बल्हागोठ, बल्हाकठाल, माचिझिटकेया, दुवरकोट हथलेटवा
ईलाका प्रहरी कार्यालय ढल्केवर मातहतका गा.वि.स. हरु ः प्रहरी चौकीहरु – ढल्केवर, हरीहरपुर, नकटाझिज, पुष्पवलपुर, भुइचक्रपुर, लक्ष्मी निवास
स्रोत ः जिल्ला प्रहरी कार्यालय धनुषा




मिति ः २०६८–०२–०८   

No comments:

Post a Comment