Monday, November 3, 2014

छठ पूजा र वैश्विकरण- जिवेश झा



जिवेश झा
दिवालीको ठ्याक्कै छ दिन पछि मनाईने महापर्व छठको हिंदू धर्ममा विशेष महत्व छ । कार्तिक महिनाको शुक्ल पक्षको पञ्चमी तिथि (खरना) को  दिन,  दिन भरी व्रत रहि राती छठी माताको अराधना गरि  शंकल्प लिईन्छ र भोली पल्ट षस्टीका दिन पुनः ब्रत बसी छठी मातालाई बेलुकीको अध्र्य दिइन्छ । (
अथर्ववेदमा पनि  यो पर्वको उल्लेख गरिएको छ । यो पर्व वैज्ञानिक दृष्टिकोणबाट पनि  लाभकारी मानिएको छ । साँचो र सफा मनले माँगिने तमाम मनोकामनाहरु छठी माताले पुर्ती गर्छन भन्ने विश्वास धर्माबल्मबीहरुमा हुन्छ । ब्रत बस्ने महिलाहरु धन(धान्य, पति(पुत्र तथा सुख(समृद्धिबाट परिपूर्णता पाँउछन् भन्ने विश्वास गरिन्छ । छठ पूजाको इतिहासलाई केलाउने हो भने यसको प्रारंभ महाभारत कालमा कुँती द्वारा सूर्यको आराधना पुत्र कर्ण जन्मेको बेला गरिएको थियो । छठ देवी सूर्य देवको बहीनी हुन भन्ने मत हिन्दु दर्शनहरुमा भेटिन्छ । छठी देवीलाई प्रशन्न गर्न जलाशयको छेउमा गई सुर्यदेवलाई पुजा(आजा गरिन्छ । प्राचीन कालमा यो पर्ब नेपालको मधेश, बिहार, र  उत्तर प्रदेशमा मात्रै मनाईन्थ्यो । तर आजको दिनमा राजधानी काठमाडौंमा मात्रै सीमित नभएर बेलायतमा बस्ने मधेशी समुदाय लगायत उत्तर भारतियहरुले पनि छठ पर्व मनाउने गरेका छन् । छठ पर्वले वैश्विक मान्यता प्राप्त गरि सकेको छ र यसमा वैश्वीकरणको पनि राम्रै प्रभाव परेको छ । अतिताका दिनमा छठको शुभकामना आदान( प्रदान चिठी द्वारा गरिन्थ्यो भने आज मोबाईलबाट एस.एम.एस. गरेर शुभकामना व्यक्त गरिन्छ । छठको भुमन्डलिकरण यतिमा मात्रै सीमित छैन, फेशबुक लगायत बिभिन्न सामाजिक सञ्जालमार्फत पनि शुभकामना आदान(प्रदान गरिन्छ । छठका भिडियोहरु हामीले युट्युब नामक सामाजिक सञ्जालमा सजिलै हेर्न पाँउछौं । यस्ता प्रयासले छठलाइ ‘इन्टरनेट फ्रेन्डली’ बनाई दिएको छ । आजको यस ‘डिजिटल एज’
मा छठ ‘डिजिटलाईज’ हुनु हिन्दुहरुको लागि गर्वकै बिषय हो । यी पंक्तिकारले छठमा भुमन्डलिकरणको प्रभाव भन्ने शिर्षकमा एक वैयक्तिक अध्ययन नै गरेका थिए र उक्त शोधपत्र काठमाडौं विश्वविद्यालय, मिडिया अध्ययन भन्ने शंकायको ‘ग्लोबल मिडिया’ भन्ने बिषयको लागि तयार पारिएको थियो, जसमा प्राध्यापक
हेमराज काफ्लेको निरन्तर सहयोग यीनले पाएका थिए ।  श्रद्धा र भक्तिले मनाईने छठको महत्वबारे तमाम हिन्दु समाज परिचित छ भन्ने अबस्था आई सके ।
यो अबस्था अनायाशै आएको होइन, वैश्वीकरणको ज्वरो मुख्य कारक हुन । छठको व्रत बडो नियम ( निष्ठाले बसिन्छ । यो पर्वमा तीन दिनको कठोर उपवास (ब्रत) को विधान छ । पञ्चमीका दिन नुन रहित भोजन एक छाक ग्रहण गरि ब्रत
बसिन्छ, भने  षष्ठीको दिन निर्जल (पानी पनि नखाई) उपबासमा बस्छन । षष्ठीका दिन  अस्ताँउदो  सूर्यलाई  विधिपूर्वक पूजा गरि अघ्र्य दिने चलन छ। सप्तमीका  दिन प्रातस्काल नदी वा जलशयमा गई स्नान गरिन्छ र  उदाउँदो सुर्यलाई अघ्र्य दिएर जल ग्रहण गरेर व्रत तोड्ने चलन छ । अध्र्य छठी मातालाई चढाईने फल, र प्रसाद द्वारा नै दिईन्छ । भगवान सूर्यको यस पावन व्रतमा शक्ति र ब्रह्म दुबैको उपासना गरिने भएकोले  फल एकै साथ प्राप्त हुन्छ भन्ने बिश्वास गरिन्छ । त्यसैले यो पर्व
‘सूर्यषष्ठी’ को नामले  विख्यात छ । ब्रतालुले भुईमै सुत्ने गर्छन । 
पर्वको पहिलो दिन  ‘नहाय(खाय’ को दिन  पूजामा चढाईने तमाम सामान तयार गरिन्छ । दोस्रो दिन खरणा, जसमा दिन भरी उपवाशमा बस्छन ब्रतालुले, र राती भगवानलाई भेली, दुध र चामलबाट तयार पारिएको खिर प्रसाद स्वरु ग्रहण गरिन्छ। तेस्रो दिन ठकुवा, भुसवा पकाइन्छ र बेलुकी अस्ताउँदो सुर्यलाई
अध्र्य दिईन्छ जसलाई सौझका अध्र्य भनिन्छ । चौथो दिन उदाउँदो सुर्यलाई अध्र्य दिईन्छ र अध्र्य दिई सके पछि प्रसाद ग्रहण गरि खाना खाईन्छ जुन प्रक्रियालाई पारण भनिन्छ । भगवानलाई  मौसमी फल, केराको घरी, उँखु, , यो पर्वमा खास रुपले पकाईने  पकवान ठेकुआ, नारियल, मूला, सुथनी, अखरोट,
बदाम, नरिवल, रातो(पहेलो कपडा, , कलश जसको वरिपरी उखु उभ्याईएको हुन्छ, आदि गरि ६० जति प्रकारका बस्तुहरुको प्रयोग छठमा हुन्छ ।
बाँसको टोकरीमा तमाम पकवान जलाशयको किनारामा राखिन्छ । पुरूष, महिला, बच्चाहरुको टोलीले  यस प्रकारको सोहर गाँउछन ः 
काँचही बांस के बहिंगीया, बहाँगी  लचकत जाय
बाटही पुछ ए बटोहिया, ई भार किनकर जाय
अमरुख छ हि रे बटोहिया ई भार छठी माई के जाय
छठी मातालाई कोशी नदी बहुतै प्यारो छ, जसको बर्णन यो मुक्तकमा पाईन्छः
 रात छठि मईया गवनै अईली
 आज छठिया मईया कहवा बिलम्बली
 बिलम्बली ( बिलम्बली कवन राम के अंगना
 जोड़ा कोशियवा भरत रहे जहवां जोड़ा नारियल धईल रहे जहंवा  उंखिया के खम्बवा गड़ल रहे तहवां
छठ माताको एक लोकप्रिय गीत ः
केरा जे फरे घौद से ओई पर सुगा मँडराय
मारबौ रे सुगवा धनुष से, सुगा खसे मुरझाय
 उ जे खबरी जनइबो अदिक से सुगा देले जुठियाए
 उ जे मरबो रे सुगवा धनुक से सुगा गिरे मुरझाय
 उ जे सुगनी जे रोवे ले वियोग से आदित होइ ना सहाय
परनाको व्रतीले  व्रत तोड्छन, आसेपासे तथा कुटुम्ब, परिवारमा प्रसाद बावड्छन ।  वैज्ञानिक दृष्टिले पनि  सूर्यको पूजा गरिनु वा उनलाई  जल चढाउनु लाभदायक मानिन्छ । मिथिलामा हुन त प्रत्येक दिन सुर्यलाइ जल चढाईन्छ तर यस दिन खास रुपले सुर्यको पुजा गरिन्छ । छठ कहिले आँउछ त्यो बुझ्न यो शुक्ति हेरौंस जीतिया दसे दशमी, दशमी पाँचे कोजाग्रत, कोजाग्रत
पन्ूहे शुकराती (दिवाली), शुकराती छवे छैठ। यसै गरि अर्काे शुक्तिबाट पनि शाक्षात्कार होऔंस सुख शुकराती दियाबाती तकरे छवे छैठ ।

२०७१ कार्तिक १६ गते आईतबार

No comments:

Post a Comment