Tuesday, February 17, 2015

जलेश्वर कारागारबाट पृथ्वी भनिने श्याम यादव लेख्छन– विश्व समाजवादी आन्दोलन अहिले रक्षात्मक अवस्थाबाट गज्रिरहेछ अहिले संसारभरी नै कम्युनिष्टहरु रक्षात्मक अवस्थामा छन् ।

श्याम यादव
‘पृथ्वी’


पदार्थबाट नै ब्रम्हाण्डको उत्पतिको आरम्भ भएको र यसकै विकसित रुप जीव हो । पदार्थलाई चित्रण गर्दा बाद प्रतिवाद र संवादको सुृत्रमा विकसित भएको देखिन्छ । यसलाई हामी अझ प्रष्ट रुपमा बुझ्दा यस ब्रम्हाण्डको कुनै पनि वस्तु वा जीव जस्तै तोरीको वीउ, जो छर्ने बेलामा वादको रुपमा हुन्छ भन्ने वीउ माटोमा परि टुर्सा उभ्रिएको अवस्थामा प्रतिक्रिया भएर प्रतिवादको रुपमा हुन्छ भन्ने बाली लाग्नु र त्यसमा फेरी वीउ उम्रनु संवादको रुपमा चित्रीत भै उत्पति क्रम विकसित मै लाखौं करोडौं वर्षपछि मानिसको रुपमा आएको छन भन्ने डर्विनको सर्वमान्य सिद्धान्तलाई अहिले सम्म कसैले चुनौती दिएको छैन । यसै सिद्धान्तलाई कार्ल माक्र्सले अझ परिमार्जीत गर्दा पदार्थको सवभन्दा सुक्ष्म इकाई अणु र परमाणु द्वन्द्वकाल रहेछन् र पदार्थ भौतिकताका आधारमा विकसित भएको ठान्छन् ।
यसरी अणु र परमाणुको विकसित रुपमा जीव जो मानिसको स्वरुपमा हजारौं वर्ष पछि समाजको रुप ग्रहण गरेको छन् । यसलाई माक्र्सवादको प्रवक्ता कार्लमाक्र्सले चार अवस्थामा वर्णन गरेको रहेछन् । १) आदीम समाजवादी युग २) दास तथा सामन्ती यूग ३) पुँजीवादको युग ४) अन्तमा सर्वहारा वर्गको अधिनायतत्वमा विकसित समाजवादको परिकल्पना गरेको छन् ।
आदीम समाजमा मानिसहरुको जीवनशैली बरावरीको सिद्धान्तका आधारमा थियो । कविलामा रहेका व्यक्तिहरुले आफ्नो आहार खोजेर ल्याउँदा बराबरको आधारमा बाँडेर खाने गर्दथे । जवकि त्यसबेलाको मानिसहरुमा चेतना तथा भाषाको विकास पनि राम्ररी भएको थिएन । समाज द्वन्द्व विहिन थियो । अहिले हामीले खोजेका बरावरीको सिद्धान्त त्यसबेलाका  कविलाहरुमा झतकेको देखिन्छ । त्यसपछिका समयमा मानिसहरुमा जसरी चेतनाको विकास हुँदै गयो र खेतीपाती हुन थाल्यो, त्यसबेला देखि मानिसहरुले अन्नको भण्डारण व्यक्तिगत वा परिवारगत रुपमा गर्न थाल्यो । खेतीको लागि जमिन हडपन्ने क्रम बदन थाल्यो । मानिसहरुमा लोभ, मोह तथा तेरो मेरोको भावना जाग्न थाल्यो । मानिसहरुले मसल्स (बल) को प्रयोग गर्न थाल्यो । बलिया मानिसले कमजोरलाई दवाई उपभोगका समानहरु व्यक्तिगत रुपमा संचय गर्न थाल्यो । यही समय पछि समाजमा राज्यको अवधारणा आयो जहाँ समाजको लागि कोही कानुनहरु अगाडी ल्याइयो । ति कानुनले बलियालाई मालिक र कमजोरलाई दासको रुपमा चित्रण ग¥यो । यसरी सामन्ती तथा दास युगमा मानिसले मानिसलाई गाई गोरु झै व्यवहार गर्न थाल्यो । जानवरलाई पैसा (दाम) मा बेच्न थाल्यो । जमिनदार सामन्तीहरु समाजमा कायम भयो जसले मानिसहरुलाई सेवक बनाएर समाजलाई दास तथा अफ्रिकी मुलुकमा अझ बढी थियो । यी दास कमैया हलिया प्रथाको विरुद्धमा अब्राहम लिंकन र पछि नेलसन मंडेलाको धेरै ठुलो योग दान रहेछन । मानवबाट मानव हेपिने, बेच विकन गर्ने दास बनाएर राख्ने आदी मानव मुक्तिका संघर्षमा बहाँहरुको धेरै ठुलो योगदान छन् । त्यसपछि कलकारखाना उद्योग धन्दाको विकास हुँदै गयो । मानिसहरुले आफ्नो जमीन तथा सम्पतिलाई नगद पँुजीमा रुपान्तरण गर्दै मिल मालिक उद्योग पति तथा पँुजीपतिमा परिणत हुँदै गयो । जसले कानुनको आड लिई श्रम शोषण गरेर एकातर्फ पूँजीपतिहरुको संख्या वढ्दै गयो भन्ने अर्को तर्फ श्रमिक मजदुर सर्वहाराहरुको जिन्दगी वेहाल हुँदै गयो । मील मालिकहरुले अतिरिक्त मुल्य मार्फत दिन दुगुना रात चौगुणा नाफा गर्न थाल्यो । अतिरिक्त मुल्य भन्नाले कलकारखानाबाट उत्पादीत भएको समान जो उपभोक्ता सम्म पुग्दा समान उत्पादनमा लागेको खर्च र उपभोक्ताले तिर्ने मुल्य विचको बाँकी अंश भन्ने बुझिन्छ । यी  अतिरिक्त मुल्यमा श्रमिकको अधिकार हुँदैन । पुर्ण अधिकार मिल मालिकले राखेको हुन्छ । यसरी मिल मालिकहरु केही दिनमै अरबपति भइन्छ । जहाँ श्रमिकको श्रम शोषणमा परेको देखिन्छ । समाजवादमा ति मिल कल कारखानाहरु राष्टिूयकरण नहुन्जेलसम्म अतिरिक्त मुल्यको वाँडफाँड मालिक र श्रमिक बीच मिलेर गर्नुपर्दछ । यसको लागि मजदुरहरुमा एकता हुनु जरुरी हुन्छ । आज पुँजीपतिहरुको दौरमा विल गेड्स, अनिल अम्वानी, मुकेश अम्वानी, टाटा, बिरला जस्ता हजारौं व्यक्ति छन् । जसको दावा छन् एक सलाईको वट्टामा चावल एक रुपैयाँको  एक वट्टा किन्नु प¥यो भन्ने पनि म दुनियालाई वर्षौं सम्म पालन सक्धु तर व्यवहारिक रुपमा श्रमिकहरुको रगत चुस्न यिनीहरुले कुनै कसर छोडदैन । यी पुँजीवादी युगका विशेषता तथा कहानी हुन ।
तर यो प्रकृति यहाँका हावा पानी धरती आकाश चन्द्र, सुर्य, घाम छायाँ कुनै व्यक्तिलाई न अधिक हुन्छ न कम नै हुन्छ । यस ब्रम्हाण्डमा प्रत्येक व्यक्तिको अधिकार समान हुन्छ । प्रकृतिले पनि समान रुपमै सबैलाई माया गरि रहेको हुन्छन् । कार्ल माक्र्सले कल्पना गरेको यही चौथो यूग हुन । जहाँ पूँजीपतिहरुको अन्त भै सर्वहाराहरुको अधिनायुकत्वमा राष्टिूयकरण भई विकसित समाजवाद स्थापना हुनेछन् । अहिले मानव मानव बीच गैर बरावरीको यस्तो परर्वाल कोरिएको छ जो मानव सभ्यताकै लागि घातक स्थिति श्रृजना भएको छन् । विकसित समाजवादमा यस्तो स्थिति श्रृजना हुँदैन । गरिब निमुदा किसान, मजदुर तथा श्रमजिवीहरुको श्रम शोषण हुँदैन । यी नै गैर बरावरी तोड्नको लागि एउटा क्रान्तिकारी संगठनको आवश्यकता छन् जहाँ सम्पुर्ण जनताले संगठित हुन पाउने मौका पायोस । आजको आवश्यकता भनेको सर्वहारा वर्ग र उसको अधिनायकत्वमा विकसित समाजवादको परिकल्पना गर्नूको तर हालसम्म नेपालमा नै तिकवान र नियत स्पष्ट भएको कुनै व्यक्ति जन्मन सकेन जसले समाजवादका खाका कोर्न सकुन । सर्वहाराको अधिनायकत्वमा त्यस्तो नेतृत्वको विकास हुन सकेन ।
नेपालमा सर्वहारा तथा समाजवादको नाउमा धेरै आन्दोलन र संगठनहरु खोलेका छन् । वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टीको जन्म दिएर २००७ सालको प्रजातान्त्रिक आन्दोलन २०१५ सालको प्रथम आय निर्वाचन, २०१७ साल पौष १ मा महेन्द्रद्वारा संसदीय सरकार विघटन पछिको आन्दोलन २०२८ सालको झापा विद्रोह, २०३६ सालको छात्र आन्दोलनले जनमत संग्रहको घोषणा, २०४७ सालको जनआन्दोलन, २०५१ साल देखि माओवादीले शुरु गरेको जनयूद्ध, २०६२÷०६३ को १९ दिने जन विद्रोह तथा २०६२÷०६३ कै मधेसको २३ दिने महान मधेस आन्दोलनमा जनताहरुले खुलेर रगत पसिना बगाएका थिए तर नेता र नेतृत्वमको इच्छा शान्तिको अभावका कारण कुनै पनि क्रान्ति सफल र सार्थक निष्कर्षमा पुग्न सकेन । कुनै पनि कम्युनिष्ट पार्टी र तिनका नेतृत्व वर्गले कार्ल माक्र्स, एगोत्स चेगोभारा, किम इल सुङ्गको प्रतिविम्ब बन्न सकेन । सबै केशर जंग रायमाझी र गोर्भाचोक जस्ता संसोधन तथा प्रतिक्रियावादी बन्न पुगेन । जो अन्ततः राजसंस्था र सि.आई.ए. का एजेन्टको रुपमा देखा प¥यो । त्यसैले पारस कङ्गमाङ्ग राईले नागरिक दैनिक मार्फत नेपालमा हालसम्म कोही कम्यूनिष्ट बन्न सकेन भनी उल्लेख गरेका छन् । कम्युनिष्टहरुका मुख्य सर्वहाराहरु नै हुन । तर नेपालमा मध्यम वर्गीयहरु कम्युनिष्ट पार्टीका नेतृत्व सम्हाली रहेका छन्, जो मुलतः पार्टीका लागि सहायक समिति हुन । कम्युनिष्ट शव्दलाई प्रयोग गरेर सत्ता तथा कुर्सी पाउने लक्ष्य मात्रै रहेका हुन । समाजलाई रुपान्तरण र समाजवाद स्थापना गराउने नारा मात्रै दिईरहेका छन् । अतः नेपालमा हालसम्म क्रान्ति असफल हुनका प्रमुख कारणहरु मध्ये सर्वहारा, श्रमजिवि, मजदुर किसानको हाथमा नेतृत्व नभएर त्यही हुने खाने मध्यम वर्ग वा कोही पढेलेखेका शहरिया वर्गको हाथमा नेतृत्व गएका हुन जो मुलतः धनी व्यक्तिहरु छन् । त्यसैले वास्तविक क्रान्ति सफल हुन सकेन ।  सर्वहाराहरुको अधिनायकत्व स्थापित हुन सकेन । अहिलेसम्ममा नेतृत्वमा पुगेका व्यक्तिहरु क्रान्ति प्रति पुर्ण समर्पित हुन सकेन । संसदीय व्यवस्थालाई अंगाल्दा राज्यको राजकोष गोजीमा पर्ने वित्तिकै सिद्धान्तलाई पाखाँ लगाउँदै गए । फलस्वरुप तिनीहरुमध्ये वर्गबाट पँुजीपति वर्गमा परिवर्तित हुँदै गयो । समाजवादलाई छोडी सकेपछि तिनीहरु समाजवादी रहेन । यस मानेमा नेपालमा अहिलेसम्ममा कोही पनि कम्युनिष्ट हुन सकेन । न त कम्युनिष्ट पार्टी नै गठन हुन सक्यो । जव कि नेपालमा अहिले सम्म ५६ वटा कम्युनिष्ट नाम धारी पार्टीहरु छन् । अहिले सम्मका समाजवादी आन्दोलन ती धनाडय व्यक्तिहरुको हाथमा गयो चाहे ती पुष्पलाल श्रेष्ठ हुन या मनमोहन अधिकारी, केशरजंग रायमाझी, तुल्सीलाल अमात्य, मदन भण्डारी, सि.पी. मैनाली, झलनाथ खनाल, माधव नेपाल, केपि ओली, बामदेव गौतम, इश्वर पोखरेल, प्रदिप नेपाल, रोहित मानन्धर विजुक्झे, चित्र बहादुर केसि, मोहन विक्रम सिंह, मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई, नारायण काजी श्रेष्ठ या पुष्प कमल दहाल नै किन नहुन । यिनीहरु कोही पनि वास्तविक कम्युनिष्ट हुन सकेन । यिनीहरुको चिन्तन तथा सोंच नै गैर बराबरी जस्तो देखियोे  । कम्युनिष्ट शव्दलाई हतियार बनाएर रहरले राज मिति गर्ने इच्छा मात्रै देखाएका हुन । जो मुलतः पुँजीवादीहरुको लागि कुर्सीको लडाई हो । क.प्रचण्डद्वारा आदम्य साहस देखाएर क्रान्तिलाई उचाईसम्म पु¥याएर पनि आफ्ना ति अद्धितिय आदर्श पुरुषहरुको प्रतिविम्व बन्न सकेन । कुर्सिको लोभमा फँसेर प्रवर्तकको अस्तित्वलाई नै खतरामा पारी सकेका रहेछन् । वहाँले आफ्नो विचारधारा (पथ) लाई मात्रै हेर्न वादको रुपमा विकसित भैरहेको अस्तित्वलाई समाप्त पारि पुष्पकमल दहाल बन्नमा रुचायो । सदाका लागि व्यागिएको जनेउ फेरी काँधमा राखेर खंकाउन थाल्यो । समाजको एउटा प्रवर्तक नभई एउटा ब्राम्हन बन्नमा नै रुचि देखायो । यो वहाँको यस जन्मको लागि वढो दुखद र दुर्भाग्यको कुरो रहेछन् । हामी यस मानेमा यो उक्ती उल्लेख गरेकाले कि यस भुमिकामा हजारौं वर्गको इतिहासमा क्रान्ति यति उचाई सम्म पुग्न सकेका थिएन । जसको नेतृत्व वहाँले सम्हाली राख्नु भएको थियो । वहाँको अस्तित्वको अगाडी प्रधानमन्त्री÷राष्टूपतिको पद तुक्झ थियो ।
पोर्लियामेन्टलाई परिवर्तन गर्न गएकोमा पार्लियामेन्टलाई होइन वरु पार्लियामेन्टले नै हामीलाई परिवर्तन गरिदिएको भन्दै फर्केर लेनिनले फेरी अर्को बाटो रोज्यो । तर हाम्रा लेनिन भनाउने नेताहरुमा ति अडान रहेन । शिर्ष नेताहरुको आचरण तथा जीवन शैली शुखभाजी देखेर आम जनता तथा कार्यकर्ताहरु विद्रोह गर्नबाट डराई रहेका छन् । क्रान्ति तथा नेतृत्व पंक्ति प्रति घृणा र तिसकार भै रहेको छन् ।
नेपालको एक लाख सैतालिस हजार एक सय एकासी वर्ग कि..मि. (१४७१८१) मा अन्तराष्टिूय स्तरको एक मात्रै समाजवादी नेता जन्मेका थिए ती हुन क.रामवृक्ष यादव । जो धनुषा बरमझियाका थिए । तर प्रकृतिले पनि वहाँलाई साथ थिएन । दुश्मनद्वारा निर्भय हत्या भई वहाँ सहादत दिनुभयो । त्यस पछिका युवा इमान्दार नेतामा मधेसी मुलका क मात्रिका प्रसाद यादव हुनु हुन्छ भन्ने नेपाली मुलका क.नेत्रविक्रम चन्द्र (विल्लब) हुनु हुन्छ । तर दुर्भाग्य यी दुई नेताहरु नेतृत्व पंक्तिमा आउन नसकि व्यक्ति कै रुपमा स्थापित भएका छन्. । वहाँहरु पार्टी पंंक्तिबाट अलग भएका छन् तर अहिले गाउँ घरको झोपडीबाट टायरको चप्पल लगाएर विद्रोह शुरु गरेका हरेक माओवादी नेता तथा कार्यकर्ताहरुको शहरमा दुई तिन तल्ले घर भईसकेका छन भन्ने के तिनीहरु सर्वहाराको लागि वर्गिय लडाई लडलान । ?
वर्गिय समाजमा संचारकर्मीहरु पनि वर्गमा विभक्त भएका छन् अध्यात्मिक संचार जसले रामा रामा कृष्णा कृष्णाको रटान लगाई ठुला देखि बच्चाहरुको मनस्थितिलाई विगाडी भगवान रहेछ भन्ने मनोबैज्ञानिक असर परिरहेको हुन्छ । जो समाजको लागि सबभन्दा घातक हो । उदाहरणको लागि निर्मल बाबा, आशाबापु, नारायण साँई, संस्कार चैनल जस्तालाई लिन सक्छ त्यस्तै पुँजीवादी संचार तथा पुँजीवादी मनस्थितिका संचारकर्मी साथीहरुले हमेशा आम्दानीको आड लिई रहेको हुन्छन । नाङ्गो हिरो हिरोइनको प्रचारमा व्यस्त रहन्छन् । समाजका राम कृष्ण विपी महत्मा गान्धी जस्ता व्यक्तिको गुण गाण गाई रहेको हुन्छन् । जो मुल तह पुँजीपति वर्गका पृष्टिपोसक हुन जसकहाँ समाज वदल्ने कुनै तथ्य परक तर्क तथा प्रमाण छैन । आज पन्ध्र जना धनि क्रिकेटरको अरबौं खरब डलरमा संचार कभरेज गरेर प्रचार बाँजी गरिरहेको छन् । सवा करोड जनसंख्या भएको भारत र लगायत वरपरको देशहरुमा क्रिकेटको दैनिक प्रसारणले बच्चा तथा बुजुर्गहरु काम धन्दा खान पिन छोडेर घन्टोसम्म देखि रहेको छन् । जसले श्रम तथा बच्चाको भविष्य विगाडनुको सिवा अरु केही छैन । दश पन्ध्र जना क्रिकेटर धनि भएर मानव समाजलाई हानि र्पुयाईरहेको पनि पुँजीवादी संचारले स्थान दिईरहेका छन् । अन्तमा अग्रगामी संचार तथा संचारकर्मी रहेछन् । जो हमेशा विचारबाट लैस हुन्छन् । वहाँहरु हमेशा अग्रता मुलुक संचार तथा विचारलाई कैभरेज गर्छन । भगत सिंह, सुभाष चन्द्र बोसको अहिले सम्म इतिहास राम्ररी बन्न पाए छैन । इतिहास विद संचारकर्मीहरुले कन्जुसाई गरेर वहाँहरुको इतिहास तथा गाथालाई कम मुल्याङ्कन गरेका छन् भन्ने महात्मा गान्धी जवाहरलाल नेहरु जस्तालाई भगवान बनाई दिएका छन् । ठिक त्यस्तै नेपालमा पनि संचारकर्मीहरुले वि.पी.लाई सफल समाजवादीको रुपमा प्रचारवाजी गरिरहेछन् । विपी कोइरालाको भनाई अनुसार कार्ल माक्र्स र अरु धेरै समाजवादीको ध्यान गरिबीको कारण र त्यसबाट मुक्तिको उपाय खोज्न भन्दा धनी हुनको कारण र तिनको धन खोस्ने उपायमा वढी केन्द्रित हुन्छन् । तर मेरो ध्यान भने गरिबलाई सम्मानपुर्ण जीवन यापन गर्न सक्षम बनाउनेमा केन्द्रित छन् । गरिबले कसरी खान लाउन पाउने बस्न घर, केटा केटीलाई पढन तथा पौष्टिक खाना खान दुध भात र औरवती मुलो गर्न सकिनछ भन्नेमा मेरो विचार केन्द्रित छन् । अब यहाँ प्रश्न उठछ गरिबले दिनभरी श्रम गरेर पनि कम ज्यालामा कसरी सम्मान पुर्वक जीवन यापन गर्न सक्छन ? कसरी ती सम्पुर्ण ६८ गरिब समुदायले आफ्नो बच्चालाई इन्जिनियर, डाक्टर, प्रोफेसर, वकिल वा ठुलो हाकिम बनाउन सक्क्षम हुन सक्छ ? जवकि वि.पी.का समाजवादले श्रमिकको एक दिनको ज्यालाले एक दिनलाई नै खान लाउन पुग्छ । अनि लाखौंको खर्च गरेर कसरी आफ्नो बच्चालाई उच्च शिक्षा हासिल गराउन सक्छन ? सुकुमवासीहरुले कसरी गाई गोरु किनी आफ्नो बच्चालाई दुध भात खुवाउन सक्छन ? जबकि बस्नलाई तिनीहरुको घरबार छैन । आज हरेक व्यापार प्रोफेसनल भै सकेछन । यस्तो स्थितिमा गरिबले कसरी उपचार तथा औषधि मुलो गर्न सक्छन् । एउटा नर्सिंङ्गहोम र डाक्टर कहाँ उपचार गराउने खर्चमा बर्षौंसम्म आफ्नो बालबच्चालाई पालन सक्छ । ती मुहको आहार छिनेर कसरी उपचार गराउन सक्छन ? गरिबले वि.पी.को समाजवाद अनुसार मर्नु बाहेक अरु केही उपाय नै छैन । विपीले कहिल्यै सोचेका छन् धनि हुनेलाई कसरी धन भएका छन् ? टायरको चप्पल लाउनेले कसरी राता रात धनी हुन जान्छन । गरिबीबाट मुक्तिका अरु के के उपायहरु खोजेका छन् वहाँले । आज देशको ६८ प्रतिशत भन्दा वढी व्यक्ति गरिबी रेखा मुनिछन् । जसले कठिन परिश्रम गरेर पनि विहान बेलुका खान पाउँदैन । शिक्षा स्वास्थ्य, विजुली, पानी, चर्पी संचार आदी भौतिक सुविधाबाट गरिबहरु बञ्चित छन् । यावत समस्याहरुको लागि के उपाय छन् विपी जीको समाजवादमा ? वहाँको समाजवादी फर्मुलाले नेपालका कति जना बालबच्चाहरु दुधभात खान पाएका छन् ? कति जनाको छोराछोरी पढनलाई ऋण लिनु परे छैन ? औषधिमुलो गर्नलाई कतिले ऋण उठाउनु परे छैन । राजनीति भाषामा वहाँको शव्द र फर्मुलालाई समाजवाद भन्ने हो भनी मानव समाजको लागि यस भन्दा वढी दुर्भाग्य अरु केही हुँदैन । वहाँको चिन्तन आम विरोधी, नैतिक हिम रहेको प्रष्ट देखिन्छ । जो कोही सिमित पुँजीपति वर्गलाई फायदा मात्रै पु¥याउन सक्छन् । आम जनताको लागि विचार नै हुन सक्दैन । यसलाई सुधारवादी आदर्शवादी वा दक्षिण पन्थी धार भन्न सक्छौं । यसमानेमा वहाँ समाजवादी नै छैन । समाजमा यी बनिएका वर्गलाई न्यूनिकरण वा उत्मुलन गर्न द्वन्द्व विहिन समाजो कल्पना गर्नु पर्ने हुन्छ । वर्गको मुक्ति विना समाजवाद कहिल्यै आउन सक्दैन । यो बैज्ञानिक आकाटय सिद्धान्त हो । अग्रगामी संचार माध्यम तथा कर्मीहरुले यस्तै अग्रगामी विचारलाई स्थान दिने गर्दछन । यसरी बराबरी र द्वन्द्व विहिन समाजमा सम्पुर्ण मानव जातिको कल्याण हुनेमा अग्रगामी संचारकर्मीहरु पुर्ण विश्वस्त छन् ।
हाम्रो समाजवाद र लोकतन्त्र विश्वमै नमुनाको रुपमा छन् भन्ने विपीले भन्ने झै जनताले उपचार खर्च वेहोन नसकि, खर्चको अभावमा स्वर्गलोक जानु बाहेक अर्को विकल्प छैन । तर तिनै लोकतन्त्रका आधार स्तम्भ भएका जनताले चुनाव गरेर पढाएका सांसद मन्त्री प्रधानमन्त्री तथा राष्टूपतिको उपचार खर्च करोडौंमा हुन्छ । जो जनताको राजकोष (ढुकुटी) बाट बेहोर्नु पर्ने हुन्छ । रुघाखोकी तथा पेट दुख्ने वित्तिकै यिनीहरु विदेशमा गएर उपचार गराउछन भन्ने जनताले एउटा जीवनजलको पाकेट नपाई मर्न बाध्य हुन्छन् । यो कस्तो हाम्रो लोकतन्त्र हो ? यस्तै लोकतन्त्र भएको संविधान हामीले निर्माण गर्ने त ? हाम्रै ढुकुटी सित्याउने नेता तथा सभासदको हामीले घाँटी सम्म पनि समाउन सक्दैनौं । यस्तै खेल र रबैया आज २५ वर्ष देखि २० वटा सरकारमा हामीले देखि सक्यौं । राष्टूको ढुकुटी ब्रम्हलुट गरे झै लुटिरहेछन् । जनता त्राहिमानमा छन् । जनताले अहिले सम्म कुनै विकल्प पाईरहेछैन । जबकी सन् १९५९ मा आजाद भएको क्यूवामा अहिले सम्म भौतिक सुख सुविधाका साधनहरुमा एक रुपता छन् । भरखरै कार किन्ने इजाजत पाएका छन् त्यहाँका नागरिकहरुले । इकवेडरमा  प्रकृति तथा बोट विरुवा बनसपति संरक्षणको लागि पनि कठोर कानुन बनाएछ । एउटा पनि रुख काट्न पाउँदैन । भरखरै चीनको रेल मन्त्रीलाई भ्रष्टाचारको अभियोगमा फाँसि दिइयो । समाजवादी देशहरुमा अहिले पनि यति सजग छन्  त्यहाँका जनप्रतिनिधिहरु । हाम्रो समाज र हामीले अपनाई रहेको संस्कृतिमा नियत र नैतिकताको यति भिखारी छौं जसको वर्णन गर्न धेरै कठिनाई छन् । साक्षेप धर्म तथा इश्वर माथि विश्वास गरिरहेका छौं । अध्यात्मतिर गईरहेछौं । कर्मलाई छोडेर पूजा पाठमै वढी विश्वास गर्दछौं । तर पश्चिमी देशहरुले भौतिकबाद माथि पाइला टेकेर क्रमवद्ध विकासले विकसित देशमा नामांकित भएका छन् । त्यसैले त्यहाँ जन्मेका बच्चाहरु चाटर्स डारविन, जेम्सवाद ग्यालिलियो, न्युटन, निकोलस कोपर, बेन्जामिन फ्रान्कलिन, रोबर्ट इपेरी माथिउ हनसन, लियोटेस्टाइन, अलवर्ट आन्सटाइन जस्ता दुनियालाई वदवने भौतिकवादी बच्चा पैदा हुन्छन । समाज द्वन्द्वमय भएको प्रमाणित गर्ने भौतिकवादी बच्चा कार्लमाक्र्स, एगोल्स लेनिन, स्टालिन माओ जस्ता पैदा हुन्छ भन्ने हाम्रो समाज संस्कृति रितिरिवाजले राम कृष्ण, महादेव, वुद्ध, पैगम्बर, शंकराचार्य, आसाराम बापु, नारायण साई, गोविन्दाचार्य, विवेकानन्द, कृपालु महराज, निर्मलबाब जस्ता अध्यात्मवादमा विश्वास राख्ने बच्चा पैदा हुन्छन् । जसले समाजलाई अन्धविश्वासी, भगवानको मुर्तरुप, दैविशक्ति माथि विश्वास गर्ने जनधारणा जगाई रहेका छन् । विज्ञान अध्ययन गर्नु भन्दा रामायण गिता, कुरान, हनुमान चलिसा, गायत्री चलिसाहरु पढेर संसारीक प्राणी सुखमय हुनेमा विश्वास गर्दछन । यी सापेक्ष संस्कारले हामी धेरै पछाडी परिसकेका छौं । भारतवर्षको ३८,८७,५९० वर्ग कि.मि. र सवा अरब जनसंख्यामा समाजलाई रुपान्तरण गर्ने विकसित  भारतको कल्पना गर्ने एउटै भौतिकवादी व्यक्ति जन्मेका थिए । जो नक्सलवादीका महामानव ‘चारुमजुमदार’ थिए । तर वहाँ आफ्नो प्रतिभा नदेखाउँदै राज्य पक्षबाट हत्या गरियो । माओको क्रान्तिले आज चिनको ढेड अरब जनसंख्या सुखको जिन्दगी विताइरहेछन् भन्ने भारतमा सवा अरब जनसंख्या मध्ये ८० प्रतिशत जनता भोका नाङ्गा, अशिक्षित, गरिबीको चपेटमा छन् । त्यहाँ पनि चारुमजुमदार पछिका क्रान्तिको नाउँमा सुरजीत सिंह वरनाला, सिताराम येचुरी, ब्रिन्दा करात, प्रकाश करात, ज्योति बसु, नम्बोद्रीपाद, हर्षवर्धन, सोमनाथ चटर्जी, विनोद झा, दिपांकर भट्टाचार्य र अजय घोस जस्ता ७ कोसला तथा आलु कम्युनिष्ट जन्मे । जो संसोधनवादी तथा दक्षिणपन्थी धारमा परिणत हुँदै गए । समाज रुपान्तरण गर्ने क्रममा कमोवेश भारतीय माओवादीहरुले अग्रता लिई रहेका छन् ।
कम्युनिष्ट आन्दोलन श्रमिक जनताको मुक्तिको अभियान हो । पुँजीवादीले जतिसुकै विकास गरे पनि त्यहाँ मालिक र मजदुरको सम्बन्ध जीवित रहन्छ । तर कम्युनिष्ट आन्दोलनले विकास गर्दै जादा त्यहाँ मालिक लोप भएर जान्छ र श्रमिकको पुर्ण स्वामित्व तथा मुक्ति हुन्छ । जहाँ मानिसले आफ्नै जाति एक मानिसबाट अर्को मानिस हेपिने शोषित हुने, दमन गरिने अवस्थाबाट पुर्ण तह मुक्ति पाउने बाटो हो । यही बिचारका प्रवर्तक विश्व समाजवादी आन्दोलनका महापुरुष सहस्राब्दीका महामानव कार्ल माक्र्स र वहाँका नङ्गा मासु जस्तै राजनीति सहयोगी एंगोल्सउको अथक प्रयासबाट सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र व्याइयो । जसमा मुलतः बैज्ञानिक समाजवादका लागि चार पक्ष अघि सारेका छन् ।
(१) राजनीतिमा सर्वहाराहरुको शासनको अनिवार्यता ।
(२) समाजमा वर्ग संघर्षको सिद्धान्त ।
(३) राजनीतिक अर्थशास्त्रको क्षेत्रमा बैज्ञानिक समाजवाद (आर्थिक समानता) तथा
(४) दर्शनको क्षेत्रमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादको प्रतिपादन गरेका हुन । जसले गर्दा बहाँकै नामबाट युगान्तकारी युग माक्र्सवादको युगमा नामांकित भएका छन् ।
यसरी विश्वमा समाजवादीहरुको लहरका आधार स्तम्भ सन् १८४८ को कम्युनिष्ट घोषणा पत्र आए देखि भएको देखिन्छ । मालिक र मजदुर बीचको भिन्नता एक मानवबाट अर्को मानव शोषित हुने, हेपिने, दमन गरिने अवस्थाबाट मुक्ति पाउने उपायको रुपमा अक्षारान्स प्रोटोकल आई सके पछि सैदान्तीक वस गर्न धेरै सहज भैसकेको छन् । यसै विचारलाई आधार स्तम्भ मानेर समयका साथ अझ श्रृजणशिल र परिमार्जीत गर्दै लेनिन, माओ, किम इल सुङ्ग, हो चो मिन्ह किडेल क्याटूो, चेगोआराले आ आफ्नो कर्म क्षेत्रमा समाजवादको झण्डा लहराउन सफल भएका हुन । पृथ्वीको कुल क्षेत्रफल १४,९०,००००० वर्ग कि.मि.मा अटारटिका महादेश (बरफै बरफले ढाकेको भु भाग) बाहेक झण्डै आधा भु भाग र आधी अवादीमा समाजवादीहरुले आफ्नो झण्डा लहराउन सफल भएका रहेछन् ।
विश्व परिवेशमा उपनिवेशवादी तथा सम्राज्यवादीहरुको होड मचि रहदा विभिन्न समयमा ६ करोड भन्दा वढी समाजवादी अग्रदास्ताहरुले आफ्नो ज्यान गुमाउनु परेको रहेछन् । आफ्नो दादागिरी कायम राख्न उपनिवेशवादीहरु तथा सम्राज्यवादीहरुले सन् १९१४ मा प्रथम विश्व युद्ध गरायो । जसको प्रत्यक्ष प्रभाव रुसर्मा  पनि त्यहाँका सर्वहारा मजदुरहरुले सन् १९१७ अक्टुवर ४ का दिन क्रान्तिका  नायक भ्लादिभीर इलिच लेनिनको नेतृत्वमा समाजवादी व्यवस्था लागु गर्नमा सफल रहयो । केही दिन पछि पुँजीवादीहरुले जाल विछाई सन् १९१८ मा तब्बु तप्सा भने एक महिला द्वारा लेनिनलाई सदनमै गोली हान्न लगायो । उपचार पछि मृत्युको मुखबाट बाँच्न सफल भयो । तर लामो समय सम्म बाँच्न सकेन । सन् १९२४ जनवरी २१ का दिन सदाका लागि वहाँ शहादत हुनु भयो । आज सम्म वहाँको पारथिक शरीरलाई केमिकलमा संजोगेर राखिएका छन् । जसले गर्दा अहिले पनि नयाँ पीडिलाई जोश जागर रहेछन् । आज पनि वहाँ संसारको शोषित पिडीत सर्वहारा वर्गको लागि मसिहाको रुपमा प्रतिविम्बीत छन् । सन् ९० को दशकमा प्रतिक्रियावादी ऋक्ष्ब् का एजेन्ट मिखाइल गोर्भाचोभ द्वारा सन् १९९०÷०९१ मा सोभियत संघलाई विखण्डन गरी १७ वटा राज्यमा विभक्त गराईदियो । हाल त्यहाँ संसोधनवादी कम्युनिष्ट व्यवस्था छन् । तर रुसका वर्तमान राष्टूपति भ्लादिमीर पुटिनको बाजे लेनिनको भान्सेको जिम्मेवारी सम्हालेर समाजवादी विचारबाट ओतपोत भएकोले वर्तमान राष्टूपति पुटिन पनि पछुतो गरेर पुनः समाजवादी व्यवस्था पुर्णरुपले लागु गराउनमा अभ्यासरत छन् । त्यस्तै सन् १९४९ मा माओत्सेतुङ्गको नेतृत्वमा चीनमा समाजवादी व्यवस्था त्याई जनवादी चीनको स्थापना भयो । त्यस्तै सन् १९०५ देखि जपानको अधिनमा रहेका कोरियाले जपानी सेना सन् १९३९ देखि १९४५ सम्ममा भएको भिषण दोश्रो विश्व यूद्धमा सन् १९४५ अगस्त ७ मा हिरोसिमामा र अगस्त ९ मा नागासाकिमा अमेरिकाले परमाणु बम खसाले पछि जपानले पराजित कोरियाबाट आफ्नो सेना फिर्ता गर्यो । दुवै ठाउँगरी बमको प्रभावले चार लाख भन्दा वढी मानिसको ज्यान गएको थियो । त्यसपछि सन् १९४५ अगस्त १५ का दिन कोरिया स्वतन्त्र घोषित भएका थिए । तर कोरियाको उत्तर तर्फ सोभियत संघका सेना र दक्षिण तर्फ अमेरिकी सेना उपस्थित भए पछि एकिकृत कोरिया उत्तर र दक्षिण कोरियामा विभाजान हुनु पुग्यो । सोभियत संघको उपस्थिति रहेका उत्तर कोरिया समाजवादी व्यवस्थामा रुपान्तरित हुँदै गयो । यही द्वन्द्वमा सन् १९५० देखि ५३ सम्म अमेरिकी सेना सँग युद्ध लडदा लडदै सहादत दिनु भयो । उत्तर कोरिया भौतिक रुपले पुर्ण ध्वस्त भैसकेका थिए । यता अमेरिकी सेना पनि घुटना टेकन बाध्य भयो । त्यस पछि उत्तर कोरियामा किम इल सुङ्ग द्वारा नेतृत्व लिई आफु द्वारा प्रतिपादित ‘जुचे’ सिद्धान्तलाई लागु गरेका छन् । हाल त्यहाँका प्रमुख मुद्दा भनेको सन् १९५४ देखि विभाजित कोरियालाई एकिकरण गर्नु नै हो । त्यस्तै अमेरिकाको नाकै मुनि रहेर आफ्नो सर्वभौमताको रक्षा गर्दै सन् १९५९ फ्रेबरी १६ का दिन अमेरिकी सेनालाई परास्त गर्दै आफ्नो मातृभुमि क्युवामा समाजवादी व्यवस्था लागु गरेका छन् । लाखौं जनताको प्यारा नेता फिडेल क्याटूो यसै सुनौलो दिनमा प्रधानमन्त्री भई पछि राष्टूपति भएर चार दशक सम्म लामो शासनको बागडोर सम्हालेका थिए । केही वर्ष यता विरामी भै क्रान्तिका सहयोद्धा आफ्नै सहोदर भाई राउल कयाटूोलाई अहिले सत्ता सुम्पेका छन् । अहिले राउल क्याटूो क्युवाका राष्टूपति हुनु हुन्छ । त्यस्तै ३ सेप्टेम्बर १९४५ मा भियतनामका लागि स्वमीण दिन थियो । यसै दिनमा भियतनाम स्वतन्त्रको घोषणा पत्र क्रान्तिका महानायक हो..यो मिन्हद्वारा पढेर सुनाइयो । आफ्ना प्यारा नेताको घोषणापत्र सुन्न र विजय जुलुसमा सहभागी हुन लाखौंको जनसागर ओर्लेको थियो । घोषणा पत्र सुनाई रहदा वहाँ टायरको चप्पल र फाँटेको जिन्स पेन्ट लगएको थियो । तिक्षण संसारकै समाजवादीहरुको लागि यादास्त तथा गौरबको समय थियो । समाजवादी व्यवस्थाको राष्टू प्रमुख भएर अनेकौ चोरी अमेरिकी संग लड्नु परेको थियो । ३ सेप्टेम्बर १९६९ मा वहाँको देहवसान भयो । तर पनि भियतनाम पुर्ण रुपमा अमेरिकी चंगुरबाट सन् १९७६ जुलाई २ मा छुटकारा पायो । यसरी टुक्रिएको भियतनाम एकिकरण भई अहिले समाजवादी गणतन्त्र भियतनामको रुपमा विश्वमान चित्रमा अवस्थित छन् । सन् १९१७ को अक्टुवर क्रान्ति पछि रुसमा भएको व्यवस्था परिवर्तन देखि लिएर अहिले सम्म संसार भरमा समाजवादमा समय समयमा परिणत भएका देशहरुको क्षेत्रफल तथा लगभग जनसंख्या यस प्रकार छन् ।
माथि उल्लेखित देशहरुको अर्थव्यवस्था तथा प्रति व्यक्ति बार्षिक आम्दानी दर पुँजीवादी देशहरु भन्दा धेरै वढी छन् । यी देशहरुमा अहिले पनि श्रम शान्ति तागत छन् । विश्वको एक चौथाई जनसंख्यालाई अहिले पनि चीनको समाजवादी व्यवस्थाले खुसशाल जीन्दगी दिएछन् भन्ने भारतमा अहिले पनि ८० प्रतिशत जनता गरिबी रेखामुनि दुखतालको जीवन जीउन बाध्य छन् । भरखरै सार्वजनिक भएको प्रतिवेदन अनुसार सार्क देशहरुमा प्रति व्यक्ति प्रति वर्ष १९ हजार भन्दा तल आम्दानी हुनेलाई गरिब मापन गरेछन् । जस अनुसार सार्कका आठ देशहरुको औषत गरिबी दर ४४ प्रतिशत बताइएको छन् तर गरिबी मापन गर्ने यो फरमुला पुँजीवादीहरुको रहेछन् । वास्तविक गरिव भन्नेको गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्यका साथै अचेल भौतिक सुविधाहरु मध्ये चर्पी, विजुली, टेलिफोन र एउटा सधारण करेशावारी नभएको व्यक्ति पनि गरिबी रेखामुनि पर्दछ । अझ नैतिकताको पराकाष्टता पार गरेर वर्तमान भारतका राष्टूपति प्रणम मुखर्जी तत्कालिन अर्थमन्त्री हुँदा खेरी गाउँमा २६ रुपैयाँ र शहरमा ३२ रुपैयाँ प्रतिदिन कमाउने व्यक्तिलाई धनि भन्नेर मापन गरेको थियो । यो कस्तो विडम्बना र निरलजताको स्थिति रहेछन् । पुँजीवादीहरुले गरिबलाई यसरी खिल्ली उडाउदै रहेछन् । अतः यस अर्थमा महात्मा गान्धी, जवाहरलाल नेहरु, राम मनोहर लोहियाको समाजवादी प्रणालीलाई अंगाली यिनीहरुलाई भगवान मान्नु भन्दा हजारौं गुणा ठुला मानव किर्ती गरेका माओलाई यो संसारकै भगवान भन्नु उचित हुन्छ ।
यस्तै नेपाल र भारतको पश्चिम बंगाल तथा केरलमा लामै समय सम्म समाजवादीहरुको नाउमा कार्यकारणी प्रमुख भएर सत्ता संचालन गरेका रहेछन् । जसको जनसंख्या करिवन १७ करोड सम्म रहेछ । यसरी माथिको तथ्याङ्क हेर्दा खेरी संसारको आधी भु भाग र लगभग आधी जनसंख्याको बीचमा समाजवादीहरुले विभिन्न समयमा आफ्नो झण्डा लहराई रहेका इतिहास हाम्रो सामुने प्रष्ट छन् । तर एकाइसौं सताव्दीको शुरुवातमा युद्ध तथा द्वन्द्वको तिन अवस्था (१) रक्षात्मक (२)संतुलन (३) आक्रमण मध्ये अहिले समाजवादी योद्धाहरु विश्वभनी नै रक्षात्मक अवस्थाबाट गुज्रिरहेको छन् । पुँजीवादीहरुले चारैतर्फबाट यस्तो सिकंजा कसेको छन् । जो प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नव तथा अर्ध उपनिवेश लाधेर विश्वमै राज्य गर्न खोजी रहेछन् ।
समाजवादीहरु रक्षात्मक अवस्थामा पुग्नुको प्रधान कारणहरु ः
माओको युद्ध तथा समाज रुपान्तरण सम्बन्धी तीन जादुगरी हतियार (क) विचार (ख) संगठन (ग) निति प्रष्ट हुँदा हुँदै पनि नेतृत्व कर्ताको नियतमा खोट भए पछि सफलता पाउन सक्दैन । क्रान्ति प्रति पुर्ण समर्पित नभए पछि कमजोर भइन्छ । अहिले नेताहरु वर्नस्टिन र काटूस्कि प्रवृतिको संसोधनवादी तथा दक्षिण पन्थी धारमा परिणत भई संदनलाई छनौट गरेका रहेछन् । भ्रष्टाचार गरेर राष्टूको ढुकुटी रित्याउनमा पल्केकोले यिनीहरु व्यवस्था परिवर्तन गर्न नै चाहँदैन । त्यसैले इमान्दार नेतृत्व अगाडी नआएसम्म क्रान्ति दिशा विहिन हुनजान्छ ।
उपाय (१) ः वास्तविक क्रान्ति गर्नका लागि साझा उत्पादन तथा साझा वितरण प्रणाली अनिवार्य रुपमा अपनाउनु पर्छ । संगठन निर्माणकै क्रम देखि जीवनशैलीलाई साझा गर्नु पर्छ । अनि मात्रै ती गरिब निमुखा निरही जनताले पत्याउने छन् ।
(२) देशको राजश्वलाई साझा वितरण तथा सामुहिक विकासको अवधारणा अन्तरगत त्याउनुपर्छ । सत्तामा आउने वित्तिकै सवभन्दा पहिलो निर्णयले देशको राजश्वलाई साझा गर्नुपर्छ ।
आफ्नो इमानदारी नैतिक बल र अस्तित्वको मर्म सम्झेर लेनिन, माओ, हो चो मिन्ह, फिडेल क्याटूो किमइल सुङ्ग, चेगोभाराले आफ्नो अथक संघर्ष पछि आ आप्mनो कर्मक्षेत्रमा समाजवादी व्यवस्था लागु गर्नमा सफल भएका छन् । तर संसोधनवादी कितामा गएका नेतृत्वले सत्ताको सुख त पायो तर आफ्नो अस्तित्वलाई जोगाउन सकेन । न त जनतालाई नै सुख दिन सक्यो । सताव्दीका महापुरुष कार्ल माक्र्सको भविष्यवाणी अनुसार आउने दुई सय वर्ष पछि सम्पुर्ण संसार नै कम्युनिष्टमय हुने छन् । यस भनाईलाई आधार भन्दा अब आउने सन् २०५० को दशक धेरै दिन छैन । संसारभरी नै पुँजीवादीहरुको राक्षस प्रवृतिले गर्दा जनता तंग भै सकेछन् । तसर्थ आउने समय समाजवादीहरुको लागि आशाको किरण झै हामीले देखि रहेछौं । यसको सुरुवात आउने ५ देखि १० वर्षमा नेपालबाटै शुरु हुने छन् । जसको नेतृत्व हामीहरुले गर्ने सुनौलो मौका पाएका छौं । अखिल तराई मुक्ति मोर्चाको नेतृत्वमा मधेस मात्रै हैन नेपाल नै कम्युनिष्टमय हुनेछन् । अतः हामी सबैले साझा जीवन शैली साझा उत्पादन र साझा वितरणलाई मुलमन्त्र ठानेर आ आफ्नो ठाउँबाट सार्थक भुमिका खेल्ने बेला आएको छ । धन्यवाद ।

२०७१ फाल्गुन ०३ गते आईतबार

Monday, February 9, 2015

मनोज मुक्ति समुहसंग कति र कुन–कुन हतियार छन् ?

फाइल फोटो
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मधेस मुक्तिको लागि भनेर बन्दुक उठाई विद्रोह गर्ने मधेसका सशस्त्र समुहहरुले वार्तामा आईसकेपछि नेपाल सरकारलाई हतियार बुझाउने क्रम जारी नै रहेको बेला प्रथम चरणको वार्ता गरिसकेको जनतान्त्रिक तराई मुक्ती मोर्चाले दावि गरेको हतियारको सूचि आश्चर्यजनक देखिन्छ । प्रायः जसो भुमिगत समुहहरुले केही नलकटुवा पेस्तोल र गोलीहरु नेपाल सरकारलाई मात्र बुझाउन सकेको भएपनि मनोज मुक्ति भनिने मनोज कुमार झाले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई बुझाएको हतियारहरुको सूचिमा ए.के ४७ राइफल देखि लाइट मेसिनगन्ज, थ्री नट थ्री राइफल, एसएलआर राइफल, इन्सास राइफल सहितको ठूलो परिमाणमा अत्याधुनिक हातहतियारहरु रहेको दावी गरिएकोछ । 
प्रारम्भिक वार्ता उपसमितिका संयोजक आनन्द प्रसाद ढुङ्गानालाई २२ माघ २०७१ का दिन जनकपुरमा उक्त मोर्चाका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष तथा वार्ता समितिका संयोजक मनोज झाले अत्यधिक मात्रामा गोली, खरखजाना तथा विस्फोटक पदार्थहरु रहेको सूचि बुझाएको छ ।
मनोज मुक्तीले जारी गरेको हतियारको सूची अनुसार एके(४७ थान ५, लाइट मेशिनगन थान २, एसएलजी, थान ५, थ्रीनटथ्री राइफल थान ५०, एसएलआर राइफल थान १०, इनसास राइफल थान ५, रिभलवर थान २००, पिस्टल थान २००, नलकटुवा पेस्तोल थान २ हजार, स्वचालित पेस्तोल थान १ सय, मसकेट बन्दुक थान २०० रहेको छ । एके(४७ मा प्रयोग हुने म्यागजिन थान २५ र गोली १० हजार रहेको सूचीमा उल्लेख गरिएको छ ।
यसैगरी, लाइटमेशिनमा प्रयोग हुने म्यागजिन थान सात र गोली १ हजार ५ रहेको दावी गरेका छन् । एसएसजीमा प्रयोग हुने म्यागजिन थान ३० र गोली १० हजार रहेको छ । थ्री नट थ्रीमा प्रयोग हुने गोली १० हजार रहेको सूचीमा उल्लेख गरिएको छ । विभिन्न हातहतियारको गोलीहरु ५० हजार थान भन्दा वढी रहेको र ती सम्पुर्ण हातहतियार तथा गोली गठ्ठाहरु मधेसकै भु भागमा राखिएको बताउँदै मनोज मुक्ति भन्छन,“ मधेसको मुक्तिका लागि मधेसका जनताले दिएको आर्थिक सहयोगबाट प्राप्त रकमले ती हतियारहरु किनिएको हो । तर, कहाँबाट किनेको भन्ने कुरा  अहिले भन्न सकिन्न ।” मनोज मुक्तिले जारी गरेको सूचीमा करिब पौने चार सय किलोग्राम विष्फोटक पदार्थ र  ठूलो परिमाणमा बमहरु रहेको उल्लेख छ । साँच्चै के तपाईहरुसँग यति भारी परिमाणमा हतियार छ त भन्ने सबालमा मनोज मुक्ति भन्छन,“नेपाल सरकारलाई बुझाइएको हतियारहरुको सूचि ख्याल ख्यालको कुरा हुँदैन । जुन बेला हामीले नेपाल सरकारलाई हतियार बुझाउने हो त्यो बेला नेपाल सरकारले सूचि अनुसार एक एक हतियार लिने छन् ।”
बारुद २ सय किलोग्राम, सल्फेरिम एसिड २० किलोग्राम, जिलेटिन ५० किलोग्राम , एमोनियम नाइटेूट २० किलोग्राम, नाइटिूक एसिड १० किलोग्राम, पोटासियम कार्वाेनेट १० किलोग्राम र सलफर ५० किलोग्राम रहेको बताइएको छ । हैण्डग्रिनेट ५० थान, सकेट बम २०० थान, पाइप बमल थान एक सय रहेको दावी उनले गरेको छ ।  तर, अहिले आफुहरुले हतियारको सूचि मात्र बुझाएको हो, हतियार सेना सित मात्र रहने गरेको विश्व व्यापी मान्यतालाई हामी विद्रोही र राज्य पक्ष गरी दुवै पक्षले आत्मसाथ गर्दै मोर्चाका नेता तथा कार्यकर्ताहरुको ससम्मान रिहाई एवम मुद्दा खारेज भए पश्चात मात्र हतियार तथा सेना व्यवस्थापन सम्बन्धि प्रक्रिया अगाडी वढाइने मनोज मुक्तिले बताएका छन् ।
हातहतियार तथा विष्फोटक पदार्थ बाहेक १० करोड बढीको सवारीसाधन रहेको सूची सार्वजनिक गरेको छ । उनले आपूmसित विभिन्न मोडेलका चार पांग्रे सवारी ३० थान र तीन सय मोटरसाइकल रहेको बताएको छ ।
जसमा स्कार्पियो थान ५, टाटा सुमो थान ५, टाटासुमो गोल्ड थान ५, बोलेरो थान ५, पिकअप थान ५ र मारुती कार पनि ५ थान रहेको छ ।
बन्दी नेता तथा कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताको माग
 विभिन्न मितिमा पक्राउ परी देशको विभिन्न कारागारहरुमा बन्दी रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको नामावली समेत मोर्चाले सार्वजनिक गरेको छ ।
मोर्चाका तत्कालीन अध्यक्ष धनुषा लक्ष्मीपुर बगेबा(७ का राजनमुक्ती भनिने  रंजित कुमार झा, दिपेन्द्र सिंह, नविन झा, पारस मुक्ति भनिने रामसोभित यादव लगातय ७९ जना(जो कारागारमा प्रायः कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना, अपहरण, बम विस्फोटन, जवर्जस्ती चन्दा लगायत संगठित अपराध समेतको मुद्दामा थुनामा छन्) तिनीहरुको नाम समेत सार्वजनिक गरेको छ । पक्राउ परेका राजन मुक्तिमाथि झण्डै आधा दर्जन मुद्धा चलाइएको छ । उनी बाहेक मोर्चाका अन्य नेता तथा कार्यकर्ताहरुमाथि कर्तव्य ज्यान, सांगठनिक अपराध,  डकैती,  हातहतियार तथा खरखजाना, अपहरण लगायत गंभिर प्रकृतिका मुद्धा चलाइएको छ ।
त्यसैगरी कारागारमा नरहेपनि भुमिगत अवस्थामा रहेको र मुद्दा चलाइएको भूमिगत नेता तथा कार्यकर्ताहरु ८८ जना रहेको मोर्चाले सूचि बुझाएको छ । वर्तमान अध्यक्ष मनोज मुक्तिले आफुसहित ८८ जना नेता तथा कार्यकर्ताहरुको नाम सार्वजनिक गरेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति प्रारम्भिक वार्ता उपसमितिका संयोजक आनन्द प्रसाद ढुंगाना र मनोज मुक्ति सहितको मोर्चाको टोलीसित गत असोज ९ गते जनकपुरमा पहिलो चरणको वार्ता सम्पन्न भएको थियो ।
वार्ता भएको झण्डै साढे चार महिनापछि मोर्चाले पक्राउ परेका तथा भूमिगत नेता तथा कार्यकर्ताको नामावली सार्वजनिक गरेको हो । मोर्चाका नेता तथा कार्यकर्ताहरु वार्तामा आउनुअघि भूमिगत थिए ।
यूद्ध कालिन मुद्दा फिर्ता नहुने
युद्धकालीन भए पनि युद्धअपराध एवं राज्यविरुद्ध अपराधसहित विभिन्न २७ किसिमका सरकारवादी फौजदारी मुद्दा अब कुनै पनि अवस्थामा फिर्ता नहुने भएका छन् । राजनीतिक निर्णयका आधारमा यस्ता मुद्दा फिर्ता लिइने, तर कानुनी कारबाहीबाट उन्मुक्ति पाएका तिनै व्यक्ति फेरि गम्भीर प्रकृतिका अपराधमा पक्राउ पर्ने क्रम बढेपछि सरकारले कार्यविधि नै बनाएर मुद्दा फिर्तासम्बन्धी प्रक्रिया व्यवस्थित गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार मन्त्रालयले बनाएको नेपाल सरकारवादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी कार्यविधि(२०७१ मन्त्रिपरिषदले हालै पारित गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
कार्यविधिमा हत्या, अपहरण, युद्धअपराध, राज्यविरुद्ध अपराधलगायत गम्भीर प्रकृतिका २७ किसिमका मुद्दा फिर्ता लिन नसकिने दफामा सूचीकृत गरिएको छ । यो कार्यविधि कार्यान्वयनसँगै राजनीतिक मोलमोलाइका आधारमा गम्भीर प्रकृतिका अपराधबाट उन्मुक्ति दिइने बाटो बन्द भएको छ । यसले अदालतमा मुद्दा विचाराधीन रहेका दस वर्षे सशस्त्र द्वन्द्वको घटक माओवादी र तराई तथा पूर्वी पहाडमा सशस्त्र गतिविधिमा संलग्न समूहका नेता तथा कार्यकर्ता सबैभन्दा धेरै प्रभावित हुनेछन् ।
तत्कालीन विद्रोही माओवादीसँग विस्तृत शान्ति सम्झौता भएयता माओवादी र मधेस आन्दोलनलाई जोडेर गम्भीर प्रकृतिका आपराधिक अभियोगमा अदालतमा चलिरहेका मुद्दा फिर्ता लिने क्रम सुरु भएको थियो । सम्झौतामा सशस्त्र द्वन्द्वताका लागेका मुद्दा फिर्ता हुने बुँदा राखिएकाले २०६५ बाट त्यही आधारमा मुद्दा फिर्ता लिने क्रम सुरु भएको थियो ।
गृहस्रोतका अनुसार तत्कालीन मन्त्रिपरिषदले २०६५ साउन १२ र कात्तिक ११, २०६८ फागुन १५ र २०६९ असोज १८ मा ५ सयभन्दा बढीमाथि लागेका हत्या, अपहरण, अवैध हतियारलगायत गम्भीर अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेका थिए । मुद्दा फिर्ता लिनेमा बाबुराम भट्टराई नेतृत्वको सरकार अग्रणी छ । उनले आफ्नो प्रधानमन्त्रीत्व कालमा आफू र पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित ३ सय ४५ भन्दा बढीविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गराएका थिए ।
इन्जिनियर नवराज विष्टको हत्या र सर्लाहीको लगनीगोठ प्रहरीचौकी आक्रमण गरी हतियार लुटेको मुद्दा खेपिरहेका सुजन यादव (श्रीचन राय यादव) विरुद्धको मुद्दा पनि सोही समय फिर्ता लिइएको थियो । मुद्दा फिर्तापछि कानुनी कारबाहीबाट उन्मुक्ति पाएका यादव पुस ९ मा पाकिस्तानी नागरिकसँग मिलेर बैंककमा तीन नेपाली युवा अपहरण गराएको अभियोगमा पक्राउ परिसकेका छन् ।
एकीकृत माओवादी नेता अग्नि सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोग सर्वाेच्च अदालतमा विचाराधीन छ । भट्टराईको पालामा माओवादी नेता बालकृष्ण ढुंगेलविरुद्ध सर्वाेच्चले उज्जवन श्रेष्ठको हत्यामा दोषी ठहर्याउँदै आजन्म कैद फैसला सुनाएको मुद्दा फिर्ता लिने असफल प्रयास भएको थियो । यो फैसला अझै कार्यान्वयन भएको छैन । ढुंगेल प्रहरी नजरमा फरार छन् ।
अर्का माओवादी नेता कालीबहादुर खाम रामहरि श्रेष्ठको हत्या, ठमेलमा चिनियाँ नागरिक लुटपाट, अवैध हतियार र जडीबुटी कारोबार अभियोगमा फरार छन् । कार्यविधिले यी सबै मुद्दा फिर्ता लिन दिनेछैन ।
आफ्नो समूहका नेता(कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिनुपर्ने सर्तमा तराईमा सशस्त्र गतिविधि चलाइरहेका विभिन्न समूह सरकारसँग वार्तामा आएका थिए । संसदको संवैधानिक(राजनीतक संवाद तथा सहमति समितिले विभिन्न क्षेत्रमा भूमिगत रूपमा सक्रिय ती समूहसँग वार्ता गरी सम्झौता गर्न सभासद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा संसदीय वार्ता समिति बनाएको थियो ।
ढुंगाना समितिले किराँत जनवादी वर्कस पार्टी, संयुक्त जातीय मुक्तिमोर्चा, संघीय लिम्बुवान राज्यपरिषद, संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चा लगायत विभिन्न भूमिगत समूहसँग वार्ता गरेको थियो ।
वार्तामा आएका समूहका नेतामाथि हत्या, अपहरण, अवैध हतियारलगायत दर्जनौं मुद्दा अदालतमा रहे पनि समितिले हतियार बिसाएको सर्तमा अवैध हतियार, अपहरण, हत्यालगायत सरकारवादी मुद्दा फिर्ता लिने सहमति गरेको थियो । कार्यविधिले यस्ता सम्झौता कार्यान्वयन पनि रोक्नेछ ।
कुन–कुन मुद्दा फिर्ता हुँदैनन ?
यसअघि राजनीतिक दलका सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट उठ्ने प्रस्ताव जिल्ला न्यायधिवक्ताको कार्यालय, न्यायधिवक्ताको कार्यालय हुँदै मन्त्रिपरिषद निर्णयबाट जुनसुकै प्रकृतिका मुद्दा पनि राजनीतिक कारणसँग जोडेर फिर्ता हुँदै आएका थिए । कार्यविधिअनुसार अब हत्या, अपहरण, अवैध हतियार, राज्यविरुद्धको अपराधलगायत २७ शीर्षकका मुद्दा राजनीतिक आवरणमा फिर्ता लिन सकिँदैन ।
कानुनी शासनको मर्म र भावनाअनुरुप निश्चित मापदण्डका आधारमा मात्र सरकारवादी फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी प्रक्रिया सरल, स्पष्ट, व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन गृह मन्त्रालयले कार्यविधि ल्याएको हो ।
कार्यविधिले राजनीतिक उद्देश्य प्राप्तिका क्रममा लागेका मुद्दा फिर्ता हुने बाटो भने बन्द गरेको छैन । दफा २ मा प्रचलित कानुनबमोजिम कसुर मानिने कार्य राजनीतिक उद्देश्य प्राप्तिका लागि गरेको पुष्टि हुने पर्याप्त आधार देखिए कानुनबमोजिम सरकारवादी फौजदारी मुद्दा फिर्ता हुने व्यवस्था छ । कार्यविधिको दफा ३ मा दफा २ मा जुनसुकै कुरा लेखिएको भए पनि २७ शीर्षकका कसुरसँग सम्बन्धित मुद्दा भने फिर्ता लिनै नसकिने भनी सूचीकृत गरिएको छ ।
संवैधानिक(राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको वार्ता उपसमितिले गरेको बैठकमा त्यसबारेमा छलफल भई उक्त सहमति भएको हो । बैठकमा उपस्थित सुरक्षा निकायका प्रमुखले सशस्त्र समूहमाथिका राजनीतिक मुद्दा फिर्ता लिन देखिएका कानुनी अड्चनका बारेमा धारणा राख्दै जघन्य प्रकृतिका अपराधका मुद्दा भने फिर्ता लिन नहुने बताएका थिए । 
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त, राष्टिूय अनुसन्धानका प्रमुख जितबहादुर केसीलगायत उपस्थित बैठकमा राजनीतिक आडमा गरिएका अपराधका मुद्दा फिर्ता नहुने बारेमा छलफल भएको उपसमिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताउनुभयो । 
बैठकमा हालसम्म इलाम, जनकपुर, भैरहवा, नेपालगन्ज र काठमाडौँमा २१ सशस्त्र समूहसँग वार्ता गरिसकेको र त्यसमध्ये १० समूहले हतियार बुझाइसकेको तथा बाँकी रहेका समूह पनि चाँडै हतियार बुझाउने प्रक्रियामा रहेको बारेमा जानकारी गराइएको थियो । वार्तामार्फत मुुलुकको अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्दै शान्तिपूर्ण राजनीतिमा आउने प्रतिवद्धता गरिसकेका समूहमाथि मुलुकका विभिन्न अदालतमा चलिरहेका मुद्दाको व्यवस्थापनका लागि बैठकले एक समिति बनाउने निर्णय पनि गरेको छ । 
गृह, कानुन र शान्ति मन्त्रालय, महान्यायाधीवक्ताको कार्यालय तथा सुरक्षा निकायका प्रतिनिधि रहने उक्त समितिलाई ४५ दिनभित्र कति, कस्ता प्रकृतिका मुद्दा कुन कुन अदालतमा छन् भनी अध्ययन गरी मुद्दाको व्यवस्थापनका लागि सुझावसहितको प्रतिवेदन बुझाउने कार्यदेश दिइएको संयोजक ढुङ्गानाले बताउनुभयो ।

२०७१ माघ १८ गते आईतबार

जानकी म्डिकल कलेजमा ओपी पाण्डेको एकल स्वामित्व २६ माघ देखि कक्षा संचालन गर्ने प्रतिबद्धता

२१ माघ २०७१ मा कलेजले निकालेको सूचना ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले तत्काल पठनपाठन र शिक्षण अस्पताल सुचारु नगरे सम्बन्धन खारेजीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएपछि जानकी मेडिकल कलेजले एक साताभित्र पठनपाठन सुचारु गर्ने प्रतिबद्धता जनाएको छ ।
शिक्षा मन्त्रालयमा भएको छलफलमा मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेले एकहप्ताभित्र पठनपाठन एवं शिक्षण अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । शिक्षा सचिव विश्वप्रकाश पण्डितको कार्यकक्षमा त्रिवि आइओएमका डिन, त्रिवि योजना महाशाखा प्रमुख, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, शिक्षा मन्त्रालयका पदाधिकारी र कलेजका सञ्चालक एवम् व्यवस्थापकबीच भएको छलफलमा कलेजले सो प्रतिबद्धता व्यक्त गरेको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी अब उप्रान्त कलेजलाई व्यवस्थित रुपमा सञ्चालन गर्न व्यवस्थापनले विद्यार्थीको पढाई र कलेजको समग्र व्यवस्थापनका सम्बन्धमा बिजनेस प्लान तयार गरी त्यसमा आइओएम र मेडिकल काउन्सिलबाट सहमति प्राप्त गरी शिक्षा मन्त्रालयमा पेश गर्ने सहमति भएको पनि जनाएको छ ।
यसैबीच, जानकी मेडिकल कलेजले विज्ञप्ति जारी गरी आगामी माघ २६ गते सोमबारदेखि नयाँ व्यवस्थापनबाट शैक्षिक पठनपाठन र शिक्षण अस्पताल सेवा एवम् प्रशासन सुचारु हुने जनाएको छ ।
कलेजले माघ २१ गते बसेको सञ्चालक समितिको विशेष बैठकले जानकी मेडिकल कलेज (रामजानकी हेल्थ फाउण्डेशन प्रालि) को सम्पूर्ण शेयर स्वामित्व सञ्चालक अध्यक्ष ओमप्रसाद पाण्डेको एकल  स्वामित्वमा रहने गरी खरिद बिक्रीको सम्झौता गरेको पनि जनाएको छ ।
जानकी मेडिकल कलेजका मुख्य सञ्चालक ओपी पाण्डेले कलेजको सम्पूर्ण शेयर आफूले लिन गरेको चलखेलका कारण विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । पाण्डेले लामो समयदेखि आर्थिक रुपमा संकटग्रस्त कलेजको अवस्था सुधार गर्न ध्यान नदिने, कलेजको शेयर बिक्री हुन नदिने तथा विद्यार्थीबाट उठेको रकमसमेत अन्यत्रै लगाउने गरेका कारण कलेज धराशायी बन्दै गएको छ ।
कलेजले एकवर्षभन्दा लामो समयदेखि तलब नदिएपछि शिक्षकहरुले पढाउनसमेत छाडेका छन् । कलेजको अस्पताल पनि बन्द छ । कलेजमा लामो समयदेखि पढाई अवरुद्ध भएर बिचल्लीमा परेपछि विद्यार्थी तथा उनीहरुका अभिभावकले शिक्षा मन्त्रालय गुहारेका छन् । कलेजमा गत पुसमा एक साता पढाई भएपछि पुनः अवरुद्ध भएको छ । एक सेमेष्टरमा एक साता पनि पढाई नभएको विद्यार्थीको गुनासो छ ।
पूर्वाधार नभएको जनाउँदैं मेडिकल काउन्सिलले यस शैक्षिक सत्रमा कलेजलाई शुन्य कोटा दिएको थियो । कलेजनिकट एक स्रोतका अनुसार कलेजलाई यस अवस्थामा पु¥याउन र विद्यार्थीको भविष्य अन्यौल बनाउनमा मुख्य सञ्चालक पाण्डे नै जिम्मेवार  छन् ।
‘पाण्डेले जानीजानी कलेजलाई यस्तो अवस्थामा पु¥याउँनु भएको हो’ जानकीका एक सञ्चालकले भने, ‘सम्पूर्ण सेयर आफूले लिने खेलमा विद्यार्थीको भविष्य पनि अन्धकार बनाउनु भयो ।’
आर्थिक संकटमा परेपछि गत वर्ष कलेज सञ्चालक समितिले भैरहवाको युनिभर्सल मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याल समूहलाई लगानी गरी व्यवस्थापन हेरिदिन आग्रह गरेको थियो ।  त्यसैअनुसार अर्याल समूहले २ करोड ७५ लाख लगानी पनि गरेको थियो । ‘पाण्डेले जानीजानी कलेजलाई यस्तो अवस्थामा पु¥याउँनु भएको हो’ जानकीका एक सञ्चालकले भने, ‘सम्पूर्ण सेयर आफूले लिने खेलमा विद्यार्थीको भविष्य पनि अन्धकार बनाउनु भयो ।’
तर पाण्डेले बिभिन्न बहाना बनाई सो समूहलाई फिर्ता पठाएका थिए । अर्याल समूहले लगानीका लागि बैना दिएको २ करोड २५ लाख फिर्तासमेत पाएको छैन । गत माघमा पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाले जानकी मेडिकल कलेजको शतप्रतिशत सेयर खरिद गरेका थिए । बैनास्वरुप  सिन्हाले पाण्डेलाई एक करोड एक हजार एकसय एक रुपियाँको चेक बुझको थिए । सिन्हाले ९७ करोड ५० लाखमा कलेज खरिद गर्ने कागज गरेपनि थप रकम भुक्तानी गर्न नसकेका कारण सिन्हाले पाण्डेलाई मिलेर सञ्चालन गर्न प्रस्ताव गरेका थिए ।  पाण्डेले अस्वीकार गरेपछि सिन्हा बैना फिर्ता लिएर कलेज छाड्ने मनस्थितिमा पुगेका छन् । सिन्हाले पाण्डेलाई दुई जना मिलेर कलेज सञ्चालन गर्न आग्रह गरेपनि पाण्डेले चलाए एकलौटी चलाउने, नत्र नचलाउने भन्ने जवाफ दिएको स्रोत बताउँछ । आइओएमले कलेजको सम्बन्धन रद्ध गर्ने वा मर्ज गरी अन्यत्र लाने मनस्थितिमा पुगेको स्रोत बताउँछ ।
तत्काल कक्षा सुचारु नगरे जानकीको सम्बन्धन खारेज गर्ने आइओएमको चेतावनी
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले व्यवस्थापन तत्काल सुधार गरी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सुचारु नगरे जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । लामो समयदेखि कलेजको पढाई अवरुद्ध भएका कारण विद्यार्थीको विचल्लीमा परेको समाचार प्रकाशित भएपछि आइओएमले एक सूचना जारी गर्दै जानकीलाई उक्त चेतावनी दिएको हो ।
सूचनामा भनिएको छ, ‘यथाशिघ्र व्यवस्थापनमा सुधार गरी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सुचारु रुपले सञ्चालन गर्न यसै सूचनामार्फत् निर्देशन दिइन्छ, अन्यथा त्यस कलेजको सम्बन्धन स्थगन तथा खारेज गर्ने प्रक्रिया अगाडि बढाइने व्यहोरासमेत सूचित गरिन्छ ।’
आइओएमले सैद्धान्तिक कक्षा सञ्चालन नभएको र कलेजको शिक्षण अस्पतालसमेत बन्द रही विद्यार्थीहरुको प्रयोगात्मक कक्षा अवरुद्ध भैरहेको पाइएको परिप्रेक्ष्यमा पटक(पटक लिखित जानकारी गराई सचेत गराउँदासमेत स्थितिमा सुधार भएको नपाइएकाले  आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लामोसमयदेखि पढाई अवरुद्ध भएपछि बिचल्लीमा परेका विद्यार्थी र उनीहरुका अभिभावकहरुले सोमबार शिक्षा मन्त्रालय गई तत्काल समस्या समाधानका लागि आग्रह गरेका थिए । ३६ लाखसम्म डोनेसन दिएर एमबीबीएसमा भर्ना भएका विद्यार्थीको दसैं तिहारपछि पढाइ अवरुद्ध छ । एमबीबीएस अन्तिम वर्षका छात्र मुकेश मिश्रले माघ २६ देखि परीक्षा हुने भए पनि अहिलेसम्म ३० प्रतिशत पनि पढाइ हुन नसकेको बताए । ‘पढाइ नै नभएपछि परीक्षामा के लेख्ने ?’ उनले भने । बिचल्ली हुनुपरेकाले कलेज व्यवस्थापन, शिक्षा मन्त्रालय र मेडिकल काउन्सिलप्रति आक्रोशित हुन पुगेका विद्यार्थीले नियमित कक्षा तथा ओपीडी (अस्पताल) सञ्चालनका लागि व्यवस्थापनका साथै स्थानीय प्रशासनसमक्ष गुहार मागे पनि कतैबाट सुनुवाइ नभएको दुःखेसो पोखे । परीक्षामा चोरी भयो भनेर मेडिकलका विद्यार्थीको कपी खोस्ने तथा कारबाही गर्ने जिल्ला प्रशासनले आफूहरूको पीरमर्का सम्बोधन नगरेको गुनासो एक विद्यार्थीको थियो ।
एमबीबीएस चौथो वर्षका विद्यार्थीलाई हेल्थ डिलेभरी सिस्टम अन्तर्गत अनिवार्य रूपमा ६३ दिने फिल्ड भिजिटमा लानुपर्ने प्रावधान भए पनि लगिएको छैन । जानकी मेडिकल कलेज कर्मचारी युनियनका अध्यक्ष मकेश्वर यादवका अनुसार व्यवस्थापनले कर्मचारीलाई ११ महिनादेखि र प्राध्यापकलाई १३ महिनादेखि तलबभत्ता दिएको छैन । कलेजका पूर्वसञ्चालकहरू अध्यक्ष ओपी पाण्डे, प्रबन्ध निर्देशक समीर ढुंगेल तथा निर्देशकहरू बलरामप्रसाद गुप्ता, कामेश्वर साह, सरिता साह, श्रीचन साह तथा टीका पौडेललगायतले गत पुसमा कलेजको स्वामित्व बेचेका थिए । रौतहटका डा. लोकमणि सिंहा तथा रामस्वरूप सिंहालगायतले उक्त कलेजको स्वामित्व किनेका छन् । लेखा शाखाबाट प्राप्त जानकारीअनुसार नयाँ व्यवस्थापनले तलबभत्ताबापत पुसमा करिब ७० लाख रुपैयाँ प्रभु बैंकमा जम्मा गराए पनि उक्त रकम ब्याज शीर्षकमा राखिएकाले कर्मचारीले पाउन सकेका छैनन् । स्रोतका अनुसार कलेजले प्रभु बैंक तथा कृषि विकास बैंकको गरी लगभग ४० करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने देखिएको छ भने प्राध्यापक तथा कर्मचारीका लागि तलबभत्ता मात्रै लगभग १२ करोड दिनुपर्ने भइसकेको छ । कलेजमा प्रथम वर्षदेखि इन्टर्निसपसम्म गरी ४ सय ६० विद्यार्थी छन् । एक विद्यार्र्थीले सुरुमा १६ लाख डोनेसन तिर्नुपथ्र्याे भने अचेल ३६ लाखसम्म र्पुयाइएको छ । सुरुमा १०० कोटा रहेकोमा तीन वर्षअघि घटाएर ८० मा झारिएको थियो । तर भौतिक तथा व्यवस्थापकीय कमजोरीलाई आधार बनाई मेडिकल काउन्सिलले यो वर्ष एउटै कोटा दिएको छैन ।
जानकी मेडिकल कलेजको नक्कली धन्दा
धनुषाको जनकपुरमा रहेको जानकी मेडिकल कलेजले बिना अनुमति एमबीबीएस, बीएन तथा बीएस्सी नर्सिङको भर्ना खोलेको छ । एक जना विद्यार्थी पनि भर्ना गर्ने अनुमति नपाएको जानकी मेडिकल कलेजले भर्ना खोलेर ठगी धन्दा गर्न खोजेको हो ।
कलेजले ५–६ पुसमा कान्तिपुर दैनिकमा सूचना निकालेर शैक्षिक सत्र २०७१ र ०७२ का लागि भर्ना आव्हान गरेको हो । सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७१ र ०७२ को एमबीबीएस कार्यक्रम अन्तर्गत विदेशी तथा नेपाली र बीएन तथा बीएस्सी नर्सिङ कार्यक्रम अन्तर्गत नेपाली नगारिकहरुलाई मात्र त्रिविवि, चिशाअसंद्वारा लिएको प्रवेश परीक्षामा उत्तिर्ण भएका सम्बन्धित इच्छुक योग्य उम्मेद्वारहरुलाई भर्ना आवेदनका लागि सूचित गरिन्छ ।’ तर, जानकी मेडिकल कलेजको विज्ञापन नक्कली भएको खुलासा भएको छ । नेपाल मेडिकल काउन्सिलले उक्त मेडिकल कलेजलाई एमबीबीएस पढाउने अनुमति नभएको जनाएको छ । काउन्सिलले ७ पुसमा कान्तिपुर दैनिकमा सूचना निकालेर जानकी मेडिकल कलेजलाई एमबीबीएसका लागि विद्यार्थी भर्ना गर्ने अनुमति नै नभएको स्पष्ट पारेको छ । ‘जानकी मेडिकल कलेजको नामबाट एबीबीएस प्रथम वर्षमा भर्ना हुनको लागि भनि प्रकाशित सूचनाको आधारमा विद्यार्थी भर्ना हुन नसक्ने र यदि भएमा त्यसको जवाफदेही काउन्सिल नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
काउन्सिलको २७ भदौ २०७१ मा बसेको बैठकले जानकी मेडिकल कलेजले यस शैक्षिक वर्षमा एमबीबीएसमा भर्ना लिन नपाउने निर्णय गरेको थियो । यस्तै, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको २४ भदौ २०७१ मा बसेको बैठकले पनि जानकी मेडिकल कलेजका लागि यो शैक्षिक वर्षमा एमबीबीएस अध्ययनका लागि शून्य सिट कायम गर्ने निर्णय गरेको थियो ।
कलेजलाई ८० सिटको कोटा दिन चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले यसवर्ष पनि मेडिकल काउन्सिललाई सिफारिस गरेको थियो । तर, काउन्सिलले शुन्य कोटा दिएको छ । नाम मेडिकल कलेज । तर, न मेडिकल रेकर्ड सेक्सन छ, न आवश्यक बेडसंख्या नै । कलेजको भौतिक पूर्वाधार हेर्ने हो भने प्राथमिक स्वास्थ्य केन्द्रको भन्दा दयनीय छ । यो हो जनकपुरस्थित जानकी मेडिकल कलेज । यो कलेज ११ वर्षदेखि सन्चालनमा छ । तर, अनुगमनमा पुगेको मेडिकल काउन्सिलको टोली कलेजको दयनीय अवस्थादेखेपछि तीन छक्क प¥यो ।
कलेजलाई ८० सिटको कोटा दिन चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले यसवर्ष पनि मेडिकल काउन्सिललाई सिफारिस गरेको थियो । तर, काउन्सिलले शुन्य कोटा दिएको छ ।
विज्ञ अनुगमन समितिको सिफारिसमा काउन्सिलले शुन्य कोटा दिने निर्णय गरेको काउन्सिलका एक सदस्यले बताए । अनुगमन समितिले मेडिकल कलेजमा २५४ बेडमात्र रहेको पाएको थियो । जबकि ३०० बेड नपुगेको मेडिकल कलेजले सञ्चालन स्वीकृति नै नपाउने प्रावधान छ । अनुगमन समितिका एक सदस्यले ११ वर्ष पूरानो मेडिकल कलेज शिक्षण अस्पतालको अवस्था दयनीय देख्दा आश्चर्यमा परेको बताए ।
सञ्चालकको द्वन्द्वका कारण कलेजको अवस्था खस्किँदै गएपछि केही महिना अघि कलेज दुई महिना पूर्णरुपमा बन्द भएको थियो । विद्यार्थीहरुले समस्या समाधानको पहल गरिदिन आइओएम, मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, नर्सिङ काउन्सिल र शिक्षा मन्त्रालयका अधिकारीसँग लिखित आग्रह गरेका थिए । प्रथम र दोस्रो बर्षमा अध्ययनरत करीब ४० जना विद्यार्थी सरोकारवाला निकाय गुहार्दै राजधानीसम्म आएपछि त्रिभुवन विश्वविद्यालयको नेतृत्वमा १० सदस्यीय अनुगमन टोली जनकपुर गएको थियो ।

२०७१ माघ १८ गते आईतबार

Monday, February 2, 2015

अजब–गजब छ बा ! - सुदर्शन सिंह



सरस्वती पुजा जस्तै बत्ती पूजा गरे मात्र बत्ती आउँछ, कति हल्लेको एक छिन राम्ररी बस न बुढा ! हे लोडसेडिङ्ग देवता तपाईको जय हो !


२०७१ माघ १८ गते आईतबार

अमर शहीद दुर्गानन्द झा ‘चम्किलो तारा’

२०१८ साल माघ ९ गते स्वर्गीय राजा महेन्द्र जनकपुर सवारी हुँदा सहीद दुर्गानन्द झाले बम प्रहार गरेको
 महेन्द्र चढेको ल्याण्ड रोभर जिप अहिले पनि 
काठमाण्डौको संग्रहालयमा सुरक्षित राखिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२ सय ४० वर्षसम्म नेपालमा शासन गरेको शाह वंशिय राजतन्त्रको उन्मुलन गर्ने सपना बोकेको दुर्गानन्द झाको बलिदानीको ४४ वर्ष पछि आखिरकार सत्य सावित भई छाड्यो । शहीद झाको सपना अन्ततोगत्वा साकार भयो । झाको बलिदानीकै कारण आज नेपालमा जनता राष्टूपति हुन पाएका छन् । झाकै सहादतका कारण जनता आफै शासक बनेका छन् । १५ माघ २०७० मा जनकपुरमा झाको ५१ औं बलिदानी दिवस मनाइएको हो । तत्कालिन शासकले उनलाई फाँसीमा झुन्डयाएपनि उनी नेपाली जनता माझ अजर अमर बनेका छन् । चम्किलो तारा झैं चम्किरहेका छन् ।
    सन् १९६२ मा चीन र भारत बीच यूद्ध हँुदा भारतलाई असफलता हात परेको थियो । त्यै बेला राजा महेन्द्रले नेपालमा लोकतन्त्रको हत्या गरी ३ सय वर्ग किलोमिटर हिमालय चीनलाई प्रदान गरेका थिए । त्यही बेला भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले यति सम्म भनेका थिए “नेपालमे नवोदित प्रजातन्त्रकी हत्या दुई है इसिलिए किसि भी भारतीयको चुप नही रहना चाहिए । ” तर भारतको पलटवारमा चीनले पनि “नेपालको आन्तरिक मामिलामा कसैले दख्खल गर्यो भने चीन पनि पछाडि नरहने” भने पछि युद्धबाट थकित भारत ब्याक भएका थिए । राजा महेन्द्र माथि बम प्रहार गरी पक्राऊ परेका दुर्गानन्दलाई मृत्यु दण्ड दिए पछि नेहरुले भनेका थिए,‘नेपालमे फिर से एक भगत सिंहका शहादत दिया गया ।’
सफाईको मौका समेत नदिएर शाही शासकले २०१९ साल भदौ १९ मा दुर्गानन्द झालाई मृत्युदण्डको निर्णय सुनायो । त्यसबेलासम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइँदैन थियो । त्यसैले मुलुकी ऐन २०२० भदौं १ मा संशोधन गरियो । विशेष अदालतको अनुमोदनअनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो । 
शहीद दुर्गानन्द झाको तस्वीरका साथ उनकी धर्मपत्नी काशीदेवी झा ।
१९९९ साल वैशाख १४ (बैशाख शुक्ल एकादशी तिथि) मा अमर शहीद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रुपमा भएको थियो । पं. भोलानाथ झाका तीन भाई छोराहरुमध्ये एक मात्र उत्तराधिकारी दुर्गानन्द झाको बाल्यकालमै पिताजीको मृत्यु भएको थियो । आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँव स्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो । घरको एक्लो सन्तान भएकाले मेटिूकमा पढ्दापढदै २०१७ साल विवाह पञ्चमीको दिन काशीदेवी झा सित उहाँको विवाह भएको थियो । जनकपुर अञ्चलको जटही ग्राम निवासी दुर्गानन्दको विवाह सत्र वर्षको उमेरमा कुम्हरौराकी चौध वर्षीया काशीदेवीसित भएको थियो ।  एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा लाग्नुभएकोले घरमा एक्लै श्रीमती र बुद्धा आमा हुँदा आवश्यक हेरचाह नभएर बच्चा मृत जन्मेको थियो । शहीद दुर्गानन्दको परिवारमा २०६० साल भाद्रमा बृद्धा आमाको निधनपछि अब एक्लै उनकी अर्धाङ्गनी काशीदेवी झा मात्र बाँचेकी छिन् । सरकार र देशले दुर्गानन्द झाको लागि खास केही नगरे पनि युवा जमातले उनको निःस्वार्थ त्याग र बलिदानालाई बिर्सने छैनन् ।  ‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ जेलजीवन यात्राका क्रममा फाँसीको फन्दामा चढ्नुअघि शहीद दुर्गानन्द झाले आफ्नी प्रिय पत्नी काशीदेवीको यादमा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गर्थे । जटहीभन्दा करिब ३ किमि टाढा रहेको भारतको उभगाँव हाइस्कूलमा म्याटिूकमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबासमा बसेर र राजनीतिमा वित्ने हुनाले काशीदेवीसित उनको भेट महिनामा एकाधचोटिभन्दा बढी हुन सकेन् । दाम्पत्य जीवन सुरु भएको दस महिना नबित्दै दुर्गानन्दसित काशीलाई सधैंका निम्ति टाढिनुप¥यो । पचास वर्षअघिको हाम्रो समाजमा बाल अवस्था देखि नै विधवा र सन्तानहीन भएर बाँच्नुको पीडा कतिको विडम्बनापूर्ण हुन सक्छ, यसको तीतो अनुभव काशीदेवी जस्ता त्यागी नारीले गरेको हुनुपर्छ । दुर्गानन्दसित अन्तिम पटक भेट्न केन्द्रीय कारागार काठमाडौं बोलाइएकी काशीदेवीलाई निरंकुश पञ्चायत शासकले दुर्गानन्दलाई फाँसीको सजाय दिन्छन् र यहीं उनीसितको अन्तिम भेट हो भन्ने कुराको जानकारी समेत थिएन् ।
 गणतन्त्रको स्थापनापछि माओवादी नेतृत्वको सरकारले दुर्गानन्दको नाममा अस्पताल खोल्न केही रकमसमेत छुट्याएको चर्चा निकै चलेको थियो । तर त्यसले किन अझै बास्तविक आकार लिन सकेन ? गणतन्त्रका यी सेनानीका नाममा अझै कुनै स्मारक, पार्क, विद्यालय, पुस्तकालय आदिको स्थापना हुन नसक्नु दुर्भाग्यपूर्ण कुरो हो ।
सहिद दुर्गानन्द झा ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा नेपाली कांग्रेसले मुलुकभर क्रान्ति थालेको थियो । भारतीय स्वतन्त्रता संग्रामका वीर सेनानी भतगसिंह र चन्द्रशेखर आजादको जीवनी पढिसकेकाले दुर्गानन्द प्रजातन्त्रको हत्यारालाई नछाड्ने मनःस्थितीमा पुगे । मानिसले संकल्प गरिसकेपछि जे पनि गर्न सक्छ । आफ्ना आमाबाबुका एक मात्र सन्तान र नवविवाहित युवक भएर पनि दुर्गानन्द आफ्नो लक्ष्यमा अडिग थिए । उभगाँवमा पढिरहेकै ठाउँभन्दा केही पर रहेको नेपाली कांग्रेसका निर्वासित नेताहरुका सम्पर्कमा उनी आए । यसै क्रममा कांग्रेसका प्रतिबन्धित स्थानीय नेताहरु ठाउँठाउँमा राजाको ‘कु’ को विरुद्धमा उत्रेका थिए । २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर सवारी हँुदा उनी चढेको गाडीमाथि
बम प्रहार गर्ने योजना बनाइएको थियो । जसको अगुवाई दुर्गानन्द झाले गरेका थिए । नेपालमा राजा भनेको भगवान विष्णुको अवतार हो भनेर जन जनमा पढाइएको थियो । राजाको विरोध गर्ने त कसैले आँट जुटाउन सक्दैनथियो भने राजामाथि बम प्रहार गर्न अदम्य साहासको आवश्यकता पथर््यो ।
 हजारौं सुरक्षाकर्मी तैनाथ रहँदा रहँदै क्रान्तिकारी युवक पक्राउ नपर्दा पनि त्यो राति दुर्गानन्द जनकपुर धामको एउटा कुटी मन्दिरमा डेरा गरी बसेका आफन्तहरु हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसे । भोलिपल्ट त्यहाँबाट उभगाँव लागेका थिए । यता नेपालमा बम काण्डको अनुशन्धानको नाममा ५६ जनालाई पक्राउ गरी दिनहँु कुटपिट गरी बम प्रहार गरेको सकार गराउन दुष्प्रयास भइरहेको थियो । पक्राउ परेकाहरुलाई निर्मम यातना दिन थालियो । बम प्रहार गरी सीमापारी नेपाली कांग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाइरहेको सुनेर एक दिन अनायास जयनगरबाट जनकपुर रेल्वेद्वारा नेपाल फर्केर उनले गिरफ्तारी दिए । आफ्नो कारण निर्दोष नागरिकहरुले यातना पाउनु हुँदैन भन्ने सोचका साथ उनले गिरफ्तारी दिए । राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेशनसम्ममा कसैले केही गरेन । यसैबीच एस.पी. मानबहादुर राई दर्जनौं प्रहरीको साथ परवाहा रेल्वे स्टेसनमा पुगे । त्यहाँ रेल गाडिबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा ल्याइयो । गिरफतारी दिएलगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो र पञ्चायत सरकारले उनलाई मृत्यूदण्डको सजाय तोकी वि.सं. २०२० माघ १५ गते उनलाई फाँसीको तख्तामा झुन्ड्याएको थियो । फाँसीमा झुन्ड्याउनु भन्दा एक दिन अगाडी मात्र २०२० साल माघ १४ गते उनको आमा र श्रीमतीलाई कारागारमा बोलाई भेट गर्न दिईयो । केही बेरको भेटमा उनले आमालाई भने , नरुनुहोस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । श्रीमतीलाई पनि त्यसैगरी सान्तवना दिँदै आमाको हेरचाह गर्न भनेका थिए । भोलिपल्ट माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्डयाउँदै उतार्दै गरिन्छ । त्यसबखत पनि दुर्गानन्दलाई माफि मागि बिन्तीपत्र लेख भनिएको थियो ।
शहीद दुर्गानन्द झाको गाउँ जटहीमा बनेको शहीद दुर्गानन्द झा स्मारकद्वार ।
सरकारले एक विशेष अदालत गठन ग¥यो । सफाईको मौका समेत नदिएर २०१९ साल भदौ १९ मा मृत्युदण्डको निर्णय सुनायो । त्यसबेलासम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइँदैन थियो । त्यसैले मुलुकी ऐन २०२० भदौं १ मा संशोधन गरियो । विशेष अदालतको अनुमोदनअनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो । २०२० माघ १५ महान् क्रान्तिकारी दुर्गानन्द झालाई सुन्धारा जेलमा मध्यरातिमा मृत्युदण्ड दिन ढोका खोल्दा त्यो निर्भीक क्रान्तिकारी मृत्युका लागि तयार बसेको देखेर हत्याराहरु पनि छक्क परेका थिए । नेपालको इतिहासमा फाँसीको सजाय पाउने एक मात्र ब्राहमण दुर्गानन्द झा नै हुन् । यसअघि र पछि कुनै ब्राहमणलाई मृत्युदण्डको सजाय दिइएको देखिन्न । वि स. १९१९ मा जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐनमा फाँसीको सजायको उल्लेख भए पनि व्यवहारमा यसको नगण्य प्रयोग भएको देखिन्छ । मुनस्मृतिमा उल्लेख भए अनुसार धार्मिक दृष्टिले ब्राहमण, जोगी, सन्यासी, महिलालाई मृत्यूदण्ड को सजाय दिनु महापाप हो । यस मान्यतालाई स्थापित गर्ने १९१० को मुलुकी ऐनले यी वर्गलाई मृत्युदण्ड बर्जित भन्ने प्रावधानको समेत उल्लेख गरेको पाईन्छ । टंकप्रसाद आचार्य र रामहरि शर्मा यी दुई ब्राहमणलाई मृत्युदण्डको सट्टा वि.सं. १९९७ मा आजीवन कारावासको फैसला सुनाएर राणाशासकहरुले मुलुकी ऐनमा उल्लेखित उक्त प्रावधानको व्यवहारमा समेत पालना गरेको देखिन्छ । तर पञ्चायतकालमा दुर्गानन्दको सवालमा यस प्रावधानको पालना गरिएको देखिन्न । प्राणदण्डको लागि लग्दा अन्तिम इच्छा त्यो महान् लोकतान्त्रिक क्रान्तिकारीले यसरी व्यक्त गरेका थिए । म दीर्घ यात्रामा गए पनि लोकतन्त्रलाई कसैले रोक्न सक्दैन । त्यो निष्तब्ध रातिमा दुर्गानन्दलाई मृत्युदण्ड दिनु अगाडि नै राजा महेन्द्र दरबार छाडेर उपत्यका बाहिर पहाड भ्रमणमा गएका थिए भने तत्कालिन मन्त्रिपरिषद्को अध्यक्ष डा. तुलसी गिरी पुस ९ गते राजीनामा गरी अलग्गिएका थिए । सवा दुई महिनापछि डा. गिरी फेरि अध्यक्ष भएका थिए ।
‘कैद माँगी थी रिहाई तो नहीं माँगी थी तेरी जुल्फों से जुदाई तो नहीं माँगी थी’,यस गीतको पहिलो पंक्तिमा उनी कारावासमा बस्न तयार रहेको बुझिन्छ भने दोश्रो पंक्तिमा प्रिय पत्नी काशीदेवीसित सदाका लागि अलग हुन नचाहेको उनको मनोभाव प्रकट हुन्छ । पञ्चायतकालीन प्रधानन्यायाधिश भगवती प्रसादसिंहको इजलासबाट भएको यो फैसलाले सप्तरी निवासी सिंहलाई जीवनपर्यन्त पिरोलिरह्यो । त्यसैले होला पदनिवृत भएपछि उनी अक्सर हजुरबासित भन्ने गर्थे , ‘मेरो कार्यकालमा एउटा ठूलो अन्याय र ब्रहमहत्याको महापाप भएको छ । यसबाट प्रायश्चितको बाटो पहिल्याई दिनुहोस् ।’

अमर शहीद दुर्गानन्द झा ५२ औं बलिदान दिवस .
जेलमा राखिएको १८ महिनापछि झालाई मात्र फाँसी दिइएको थियो । दुर्गानन्दलाई सेन्टूल जेल परिसरकै रुखमा राति १२ बजे भुण्डयाउँदा उनी निकैबेर छट्पटाएपछि रुखमा बाँधेर गोली पनि हानिएको थियो । फाँसी दिइनुअघि भेट्न आएकी आफ्नी आमालाई उनले भनेका थिए “मलाई हाँसेर बिदा दिनुस् । यो मुलुकमा एक दिन अवश्य प्रजातन्त्र आउँछ, चिन्ता नगर्नुस् । ” ज्यानको आहुति दिएर स्वतन्त्रता र प्रजातन्त्रका लागि पर्ने दुर्गानन्दको योगदानको कदर आज काङग्रेसभित्रै पनि हुन सकेको छैन । पञ्चायतकालमा दुर्गानन्दमाथि जुन अन्याय भएको थियो, त्यसको न्यायको खोजी कसले गर्ने ? पचास वर्षअघि गणतन्त्रका लागि पतिले दिएको बलिदानको कदर राज्यले अझैसम्म गर्न नसकेकाले काशीदेवीलाई निकै दुःखी तुल्याएको छ । काशीदेवीकोे अन्तिम इच्छा नै दुर्गानन्दलाई राज्यले राष्टिूय सहिद को दर्जामा राखोस् भन्ने रहेको छ । २०४६ सालको लोकतन्त्र स्थापना पछि दुर्गानन्दको जन्मथलो जटही पुगेर उनीप्रति सम्मान प्रकट गर्ने नेपाली कांग्रेसका गणमान्य नेताहरुको ओइरो नै लागेको थियो । जिउँदो सहीद गणेशमानसिंहले त जटहीको धुलोलाई पवित्र चन्दन भनेर सिरमा टीकासमेत दलेका थिए । तर विगतमा सबभन्दा बढी सत्ता सञ्चालनको अवसर पाएको नेपाली कांग्रेसले समेत दुर्गानन्दलाई न्याय दिलाउने आँट देखाउन सकेन । जनकपुर पुग्ने ठूलादेखि सानादलका लोकतन्त्रवादी एवं गणतन्त्रवादी नेताहरुले भाषणका क्रममा दुर्गानन्दको नाम प्रयोग गर्न कहिले छुटाउँदैनन् । तर राजधानी पुग्नेवितिकै दुर्गानन्दको नाम ओझेलमा पर्छ ।
दुर्गानन्दकै गाउँबासी समेत रहेका नेपाली कांग्रेस धनुषाका तत्कालिन सभापति स्मृति नारायण चौधरीले जटही गाउँमा उनको सालिक सहितको प्रवेशद्वारको १५ माघ २०५३ मा सिलान्यास गरेका थिए भने ३ अषाढ २०५५ मा तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले उदघाटन गरेका थिए । गणतन्त्रको स्थापनापछि माओवादी नेतृत्वको सरकारले दुर्गानन्दको नाममा अस्पताल खोल्न केही रकमसमेत छुट्याएको चर्चा निकै चलेको थियो । तर त्यसले किन अझै बास्तविक आकार लिन सकेन ? गणतन्त्रका यी सेनानीका नाममा अझै कुनै स्मारक, पार्क, विद्यालय, पुस्तकालय आदिको स्थापना हुन नसक्नु दुर्भाग्यपूर्ण कुरो हो । अजर, अमर आत्मा दुर्गानन्द झालाई राज्यले शहीद घोषणा नगरेपनि उनको अजेन्डा गणतन्त्र नेपालमा स्थापित भईसकेको छ । उनको जीत भइसकेको छ । उनी सिंगो देशकै लागि चम्किलो ताराको रुपमा सधै चम्किरहने छन् ।
 

जटहीमा बनेन प्रसुति गृह
शहीद दुर्गानन्द झाको नाउँमा प्रसुतिगृह निर्माणका
जटहीमा लागि दाताले उपलब्ध गराएको जग्गा ।
राजा महेन्द्र चढेको गाडीमाथी बम प्रहार गरेको आरोपमा दुर्गानन्द झालाई तत्कालिन पञ्चायती शासकले फाँसी दिएका थिए । तर उनको बलिदानको उचित सम्मान भने अहिलेसम्म हुन नसकेको अनुभव गरिएको छ । सरकारले चार बर्ष अघि दुर्गानन्द झाको पैतृक गाँउ धनुषाको जटहीमा प्रसुतिगृह निर्माणको घोषणा गरेको थियो । तर सो घोषणाको अहिले सम्म कार्यान्वयन भएको छैन् । उपचार अभाबमा कुनै पनि आमाले ज्यान गुमाउनु नपरुन भन्ने उदेश्यका साथ ग्रामिण क्षेत्रमा पनि प्रसुति सेबा बिस्तार गर्दै जाने लक्ष्य अनुरुप सो घोषणा गरिएको थियो । पाँच बर्ष अघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पञ्चायती शासकको बिरुद्धमा प्रजातन्त्रीक संघर्षमा लागेका दुर्गानन्द झाको स्मृतिमा धनुषाको जटहीमा प्रसुति गृह निर्माण गर्ने घोषणा गरेको थियो । दुर्गानन्दको स्मृतिमा उनकै पैतृक गाँउ जटहीमा १५ शंैयाको प्रसुति गृह निर्माण हुने सरकारले घोषणा गरेपछि महोत्तरी बजराहीका कृष्णकान्त पाठकले करोडौ मुल्य पर्ने ९ कट्ठाजग्गा उपल्बध गराइएका थिए । प्रसुति गृह निर्माण नभएपछि यो जग्गा अहिले गौ चरणमा परिणत भएको छ । जग्गा दता कृष्णकान्त पाठक भन्छन,“शहीदको नाउँमा प्रसुति गृह बन्छ भनेर आफुले खुशी खुशी ९ कठ्ठा जग्गा उपलब्ध गराएँ, तर, त्यहाँ प्रसुति गृह नबनेको देख्दा अत्यन्त दुःख लागेको छ । सम्बन्धित निकायले प्रसुति गृह वा अस्पताल निर्माण गरिदिए यस क्षेत्रका जनतालाई पनि फाइदा पुग्ने थियो र सहिद दुर्गानन्द झाको नाउँ पनि रहने थियो ।” प्रसुति गृह निर्माणका लागि सम्बन्धित निकायले प्रारम्भिक कार्यहरुपनि प्रारम्भ गरेको थियो तर विचमै काम कहाँ अडकियो भन्ने कुराबाट स्थानियवासी समेत अन्यौलमा छन् ।
दुर्गानन्द झाका वालशखा समेत रहेका जटहीका स्थानियवासी कामेश्वर चौधरी भन्छन,“शहीद दुर्गानन्द झाको नाउँमा प्रसुति गृह निर्माण हुने कुराले हामीलाई अत्यन्तै खुशी तुल्याएको थियो । तर, किन निर्माण भइरहेको छैन, हामीलाई समेत थाहा छैन् ।”
शहरी विकास तथा भबन निर्माण डिभिजन कार्यालय धनुषाले सदरमुकाम जनकपुर देखि १६ किलो मिटर दक्षिणमा रहेको प्रसुति गृह निर्माण स्थलको जग्गाको स्थलगत सर्बेक्षण र माटो परिक्षण गरि स्वास्थय मन्त्रालयमा फाईल पठाईसकेको जनाएको छ । सबै प्रकृया पुरा गरि दुई बर्ष अघि फाईल पठाईए पनि कार्यान्वयन भएको छैन । शहरी विकास तथा भबन निर्माण डिभिजन कार्यालय धनुषाका कार्यालय प्रमुख सम्पत घिमिरे भन्छन,“ हामीले गर्नुपर्ने काम गरिसकेका छौं । अबको काम स्वास्थ्य मन्त्रालयले गर्ने हो । फाइल किन अडकिएको छ भन्ने कुरा मलाई पनि थाहा भएन ।”
    लामो समय बितिसक्दा पनि प्रसुति गृह निर्माणको कुनै छाटकाट नदेखेपछि अहिले निराश भएका हुन । दूर्गानन्द झाको नाममा केहि व्यक्ती बिशेषले टूस्ट खडा गरि लाखौ  रुपैया अनियमितता गरेकै कारण निर्माण कार्य अगाडि बढन नसकेको स्वास्थय मन्त्रालयका अधिकारीहरुको आरोप छ । शहीद दुर्गानन्द झाको सालाप्रजातन्त्र स्थापनाको लागि राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गरेको आरोपमा फांसीको सजाय पाएका दुर्गानन्दको  नाममा रकम अनियमित्ता गर्ने हरुलाई कानुको दायरामा ल्याई निर्माण कार्य अगाडि बढाउनु जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।


२०७१ माघ १८ गते आईतबार

दृष्टि बिहीन मुसहरुको करामत

दृष्टि विहीन मुसहरु महत्तो पगार काट्दै ।
शैलेन्द्र महत्तो
जनकपुरधाम............
दृष्टिविहीन मानिसले आफ्नो दैनिक जीवन चलाउन निकै नै संघर्ष गर्नु पर्छ । तर धनुषाको लक्ष्मनिविासका एक दृष्टिविहीनले भने सरल र सहज रुपमा नै आफ्नो काम गर्दै आएका छन् । लक्ष्मीनिबास(३ का ७० वर्षका मुसहरु महतो दृष्टिविहीन हुनुहुन्छ । तर उहाँले आफ्नो व्यक्तिगत मात्रै नभएर घरका सबै काम सजिलैसँग गर्नुहुन्छ । महतोले इनारबाट पानी तान्ने, खेती किसानी, हाटबजार, गाई भैंसी चराउने लगायका सबै कामहरु गर्नु हुन्छ ।
सानै उमेरदेखिको अनुभवको अधारमा छामछुम गरेर कार्यहरु गर्ने गरेको महतो बताउनु हुन्छ । महतोले  गर्ने कार्यहरुमा दृष्टिबिहीनको लागि ईनारबाट पानी तान्ने र गाँईबस्तुको लागि पगार एवं परालको गर्सामा कुट्टी काटने संवेदनशील र खतरनाक कार्यहरु हो । अलि कता दाँयाबाँया भए दुर्घटना हुन सक्छ । हात खुट्टा काटिन सक्छ वा त ज्यानै जान सक्छ । तर पनि उहाँ त्यो कार्यहरु नियमित रुपमा गर्ने गरेको नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष समेत रहनु भएका छिमेक अशोककुमार महतोको भनाई छ ।
दृष्टिबिहीन मुसहरुले  भन्नु भयो “बाल्यकाल अवस्थामा आँखा गुम्दा धेरै समस्या भयो । तर गर्दा गर्दै बानी परिसकेको छ । कहिलेकाँही कामको शिलशिलामा समान्य त्रुटि हुन्छ तर गर्न त सबै कार्यहरु गरिनै रहेको छु ।” कार्यहरु गर्नु मेरो रहर त हैन ।  तर मेरो यो अँध्यारो जिवनले आफ्नो जिवन र परिवारलाई सुखी राख्न सबै कार्यहरु गर्छु ।”   

दृष्टि विहीन मुसहरु महत्तो इनारबाट पानी तान्दै ।
मुसहरु महतोलाई सात वर्षकै उमेरमा दुवै आँखामा एकाएक मार जस्तो तरल पदार्थ आयो । आँखा टासियो र सदाको लागि दुवै आँखा गुम्यो । दृष्टि गुम्यो । उज्यालो संसार पुनरागमन  नहुने गरि सदाको लागि अन्धकारमा परिणत भयो ।  त्यसै बेलादेखि गाउँ समाजका व्यक्तिहरुले सुरदास भनेर आफुलाई नमाकरण गरिदिएको उहाँ बताउनु भयो ।
आँखामा जतिखेर समस्या भयो त्यतिखेर गाउँघरमा त्यति डाक्टरहरु थिएनन् । गरिब घरपरिवारमा जन्मेकोले त्यतिखेर उहाँको बुबा ठकाई महतो आफु सकेसम्म डाक्टरहरु कहाँ गएर औषधि उपचार पनि गराउनु भयो । तर आँखाको ज्योती फर्किन सकेन । अन्ततः सदैवको लागि आफु दृष्टि बिहीन भएको महतोले बताउनु भयो । उहाँले भन्नुभयो “म जस्तालाई त कालले पनि लगेन । त्यहि अध्यारो जीवन अहिले सम्म बाँच्दै छु । अव त दृष्टिबिहीन भएको ६३ वर्ष पुग्यो । जीवनको उतरार्ध अवस्थामा आईपुगने छु ।” भन्दै उहाँले भन्नु भयो “ जिवनसंग हार मान्नु हुन्न । जीवन संघर्षहो । बाँचेर समाजलाई देखाई दिनु पर्छ ”
दृष्टि विहीन मुसहरु महत्तो
पूर्णरुपमा दृष्टिबिहीन हुँदापनि  केहि वर्ष यता सरकारबाट प्रदान गरिने अपांग भत्ताबाट आफु बञ्चित भएको दुखेसो उहाँले पोख्नु भयो । अपंगाको नाममा सरकारबाट आएको विभिन्न प्रकारको सेवा सुविधा गैर अपंगहरुले  फर्जी कागज बनाएर पाएपनि आफु पूर्ण अपांग हुँदा पनि केहि वर्षदेखि अपंगाको दोश्रो दर्जाको काड बनाएर सेवासुविधा रोकिएको उहाँले गुनासो गर्नु भयो । घर व्यवहारको सबैकामहरु गर्छु त्यसैले केहि छिमेकहरुले षड्यन्त्र गरेर चार वर्षदेखि गाविसबाट प्राप्त हुने अपांगता भत्ता पनि रोकाई दिएको उहाँको भनाई छ ।
महिला तथा बालबालिका कार्यालय धनुषाले पूर्ण रुपमा दृष्टिबिही उहाँलाई दोश्रो दर्जाको अपांगताको प्रमाणपत्र दिएर अपांगाहरुले पाउने सेवासुविधाबाट मुसहरुलाई बञ्चित गरेको छिमेक आशोक महतोले बताउनु भयो । छिमेक असोक महतोले अफुहरुको गाविसमा केहि गैर अपांगहरुले भत्ता खाईरहेका छन् तर मुसहरु महतोलाई भत्ताबाट बञ्चित गरिएकोमा दुख लागेको बताउनु भयो । मुसहरु महतोको अपांगता भत्ताको लागि पहल गरि दिन सबै पक्षलाई आग्रह गर्नुभयो ।   


२०७१ माघ १८ गते आईतबार

Monday, January 26, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


हतेरिका व्यर्थमा किन आतिएको ३० अर्ब मात्र खर्च पुग्याछ के ! जनतालाई ठगेकै छौं, विस्तारै संविधान बनाउँला नि ! संविधान जस्ता कुरामा आत्तिनु हुँदैन, चिल नेता ज्यूहरु !
 

२०७१  माघ ११ गते  आईतवार