Sunday, May 26, 2013

क्याम्पस प्रशासकको अक्षमताका कारण राराबमा स्वबियु निर्वाचन नहुने संकेत



अजय अनुरागी

संविधानसभाको निर्वाचन हुने हो वा होइन, भएपनि कहिले हुने हो तिथी मिति नतोकिदा सम्म अन्यौल नै रहेको अवस्था भएपनि विद्यार्थीहरु राजनीतिक सँगै चुनावी माहौलमा व्यस्थ देखिएका छन । अषाढमा संविधानसभाको दोस्रो निर्वाचन गर्नका लागि प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा गठित चुनावी मन्त्रीपरिषदको सरकारले आगामी मंसिरमा पनि चुनाव गराउलान भन्नेमा जनता विस्वस्त नरहेपनि त्रिभुवन विश्वविद्यालय अन्तरगतका सम्पुर्ण क्याम्पसहरुमा २३ जेष्ठमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावले क्याम्पसहरुको माहौल तातिएको छ । अहिलेसम्मको परिदृष्यलाई देख्दा आ(आफ्नो पक्षका विद्यार्थीहरुलाई भर्ना गराई आ(आफ्नो मतदाता बढाउनका निम्ति अग्रसर मात्र भएका छैनन रात रात भर जागेर भएपनि, नामाङकन शुल्क आ(आफ्नै खल्तीबाट तिरेर भएपनि मतदाता बढाउने होड्मा सबै विद्यार्थी संगठनहरु लागिपरेका छन । कतिपय क्याम्पसहरुमा विद्यार्थी नामाङकन अहिले विवादको मुख्य कारण नै सावित भएको छ । कतिपय क्याम्पसमा त नक्कली तथा फर्जी विद्यार्थी नामाङकन गराइएको भन्दै विभिन्न पक्षहरु बीच झडपसमेतको अवस्था देखिएको छ । उक्त विवादवाट जनकपुरको रामस्वरुप रामसागर वहुमुखी क्याम्पस(राराब) पनि अछुत छैन । १४६ जना विद्यार्थीले प्रवेश शुल्क, आवेदन फारम समेत भरिसकेको अवस्थामा नामाङकनबाट क्याम्पस प्रशासनले बञ्चित गराएको भन्दै आन्दोलित भएका छन । कर्मचारीहरुले सुरक्षा माँग गर्दै सम्पुर्ण शाखाहरुमा तालाबन्दी गरेका छन । राराब क्याम्पसमा विवाद साम्य नहुँदा तत्काल स्वबियुको निर्वाचन स्थगित हुने कगारमा पुगेको छ । त्यसै पनि निर्धारित समय भन्दा तीन वर्ष थप म्याद पाएको बर्तमान स्वबियु निर्वाचन नहुँदा विद्यार्थीहरु थप मर्कामा पर्ने छन । क्याम्पस प्रमुख विष्णु देव यादवको अक्षमताका कारण स्वबियु निर्वाचन समयमै हुन नसक्नु दुर्भाग्य पुर्ण अवस्था हो ।  जेष्ठ ९ गते चुनावका लागि दल दर्ता गर्ने समय भएपनि उक्त समयमा त्यस्तो कुनै कार्य हुन सकेको छैन । क्याम्पस प्रमुख यादव भन्छन,“दल दर्ताका लागि अनौपचारिक प्रयास जारी राखेको छु, केही प्रकृयाहरुलाई छोट्याएर पनि निर्वाचन गराउने आफ्नो उद्देश्य रहेपनि निर्वाचनका लागि मतदाता भर्ना प्रक्रियाको विवादमा  विद्यार्थीहरु बीच सहमति नभएका कारण अन्यौल कायमै छ । ”प्रति विद्यार्थी छात्र शुल्क वापत रु.१०, स्वबियु शुल्क प्रति विद्यार्थी रु.१०, शैक्षिक उनयन कोष प्रति विद्यार्थी रु. १७५ गरी कुल रु. १९५ प्रति विद्यार्थी प्रत्येक वर्ष स्ववियुका लागि विद्यार्थीहरुले तिरेका हुन्छन । विद्यार्थीहरुको समस्या समाधान, हक अधिकार, शैक्षिक वातावरण लगायत सम्पुर्ण समस्या समाधानका लागि तिरिने उक्त रकमबाट स्ववियु पदाधिकारीहरु रजाई गर्दै आएका छन ।
सिद्धान्त र आचरण छोडदै छन विद्यार्थी नेतृत्व
एक समय थियो राराब क्याम्पसको जहाँ पनि शैक्षिक वातावरणलाई लिएर देशै भरी चर्चा हुन्थ्यो । उक्त क्याम्पसका प्रोडक्ट हरेक पेसामा स्थापित हुने गरेका थिए ।  क्याम्पस प्रशासक पनि क्याम्पसमा राम्रो पठनपाठनका लागि अग्रसर रहन्थे । यति मात्र होइन गुरुहरु समेत विद्यार्थीका भविष्यका लागि चिन्तित रहन्थे । स्ववियुका पुर्व सभापति लालकिशोर साह भन्छन,“ राराबमा मैथिली विषयको केन्द्रिय विभाग स्थापनामा डा. धिरेन्द्रको योगदानलाई हामीले कहिल्यै विर्सन सक्दैनौ । यति मात्र होइन विएसि, एमएका विभिन्न विषयहरु खास गरी सोसियोलोजिका लागि हामीले ठुलै संघर्ष ग¥यौ । ” राराबलाई विश्व विद्यालय बनाउने, क्षेत्रिय पुस्तकालय बनाउने जस्ता हाम्रो अजेन्डा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका कारण पुरा हुन सकेन भन्दै साह थप्छन,“जस नपाउने भएपछि विमलेन्द्रले आफ्नो बुवा महेन्द्र नारायण निधिको पावरलाई प्रयोग गर्दै विश्व विद्यालय बन्न दिएनन, क्षेत्रिय पुस्तकालय पनि बन्न दिएनन । ” कुनै बेला त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गीक क्याम्पसहरु मध्ये जनकपुरको राराब क्याम्पस अत्यन्त उच्च प्राथमिकतामा रहने रहन्थ्यो ।  यस क्याम्पसबाट उत्तिर्णहुने जनशक्ति देशकै लागि गौरवशाली हुन्थे, विद्यार्थी राजनीति गरि स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्नेहरु देशलाई नै हाक्ने क्षमता राख्दथे, र हाकेका पनि छन । तर पछिल्ला केही वर्षहरुमा एकातिर उक्त क्याम्पसको छवि धमिलिएको मात्र छैन परीक्षामा चीट चोरी गरेर उत्तिर्ण भएपनि आफुलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सकेको छैन भने अर्को तिर विद्यार्थी राजनीति गर्नेहरुको  नैतिकतामा दिन प्रतिदिन ह्रास आउदै गएको छ । सिद्धान्त र आदर्शका लागि राजनीति गर्ने तत्कालिन विद्यार्थी नेताहरु पढाई र लडाईलाई अगाडि बढाएका थिए । स्ववियुका पुर्व सभापति लाल किशोर साह भन्छन,“हाम्रो पालामा सिद्धान्त, मुल्य, मान्यता र राष्टूका लागि सहादत दिन पनि पछि पर्दैन्थ्यौ, विद्यार्थी नेताहरु कामेश्वर, कुशेश्वर, केशव कोइराला लगायतकाले निरंकुश पञ्चायती व्यवस्था विरुद्ध सहादत नै दिए । तर अहिले राराबको स्ववियु सभापति बन्नेहरु आफुलाई डन, उपसभापति र सचिवले आफुलाई सहायक डनको रुपमा बुझ्नेगरेका छन । ” अहिले विद्यार्थी संगठनहरु कमजोर भएका छन, विद्यार्थीमा राजनीतिक चेतनाको कमि आएको छ, नक्कली हिरोइज्म जसबाट समाजमा कुनै आउटपुट हुँदैन त्यस्ता प्रवृति हावि हुँदै गएको भन्दै पुर्व सभापति दिगम्बर राइ भन्छन,“हाम्रो पालामा विद्यार्थी नेतृत्वहरु सफाई अभियान, बृक्षा रोपन लगायत सामाजिक क्रियाकलापमा समेत सहभागि हुने गथर््यो तर अहिले न त राजनीतिक रुपले नै विद्यार्थी नेतृत्वहरु अगाडि आएका छन न त शैक्षिक माहौल सुधार्ने तर्फ अग्रसर भएका छन ।” राजनीतिक दर्शन, चिन्तन, विद्यार्थीको हक हितका लागि तथा शैक्षिक समस्या समाधान तथा बाताबरण निर्माण वा रचनात्मक क्रियाकलापको विकास गर्ने तिर पहिलेका विद्यार्थीहरु अग्रसर हुन्थे, सिद्धान्त र आदर्शका लागि विद्यार्थीहरु राजनीतिमा होमिन्थे भन्दै स्ववियुका पुर्व उपसभापति प्रफुल्ल राज शर्मा भन्छन,“ अहिले उक्त सम्पुर्ण कुराहरु बाट बिमु्ख भएका राराबका विद्यार्थी नेतृत्वहरु जातिगत हिसावले कसरी स्थापित हुने, अवैध तरिकाले कसरी रुपैया आर्जन गर्ने बाटोतिर अग्रसर भएका छन जुन कि धेरै डर लाग्दो अवस्था हो ।” त्यतिबेला राराब क्याम्पसमा मधेसी मुलका छात्राहरु प्रायः नगन्य मात्रामा रहन्थे तर पहाडी मुलका केही छात्राहरुको उपस्थिति भने रहन्थ्यो भन्दै पुर्व सभापति लाल किशोर साह भन्छन,“ सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लाहरुबाट आउने महिला विद्यार्थीहरुको अभिभावकले ति विद्यार्थीहरुको पठनपाठन, आवाश लगायतका सम्पुर्ण कुराहरुको लागि नेतृत्व समक्ष जिम्मा लगाउथे । तर अहिले आफै लागु औषध शेवन गरी गुन्डा गर्दी गर्ने विद्यार्थी नेताहरुले हाम्रो इज्जत पनि मिट्टीमा मिलाई दियो ।” क्याम्पसमा नयाँ भर्ना लिन आउने विद्यार्थीहरुलाई नामाङकन, कुन फ्याकेल्टी वा कुन विषय पढदा सहज हुने देखि कुनै पनि विद्यार्थीको जुन कुनै समस्याका लागि हरदम तयार रहने विद्यार्थी नेतृत्वहरु माथि समाज, अभिभावक र विद्यार्थी पनि भरोसा गर्दथे । तर अहिलेका विद्यार्थी नेतृत्वहरु उक्त सम्पुर्ण क्रियाकलापलाई तिलाञ्जली दिएर होटल रेष्टुरेन्टहरुमा व्यस्त देखिन्छन । राराब क्याम्पसको यस्तो दुरावस्था हुनुमा विद्यार्थी मात्र जिम्मेवार छैनन, विद्यार्थी नेतालाई परिचालित गर्ने क्याम्पस प्रशासन र त्यहाँ कार्यरत कर्मचारी, प्राध्यापक वर्ग पनि उति नै जिम्मेबार देखिन्छन । क्याम्पसको व्यवस्थापन तथा प्रशासनका लागि नियुक्त गरिने क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखहरुको नियुक्ती नै जातिगत भावना र राजनीतिक उदेश्यले हुने गरेको पाइन्छ । क्याम्पसमा दोहन गरी कसरी मालामाल हुने, त्यस क्रियाकलापमा विद्यार्थी नेतालाई पनि कसरी सामिल गराउने काममा सक्रिय हुने क्याम्पस प्रशासन राराब क्याम्पस दिन प्रति दिन धराशायी हुँदै जानुमा दोषी हुन भन्दै पुर्व उपसभापति शर्मा भन्छन,“ राराब क्याम्पस कार्यरत अध्यापकहरुको जनकपुरमै निजी क्याम्पसहरु सञ्चालित छन, आफ्नो फेवरको विद्यार्थी नेतृत्व युनियनमा नआए भोलीको दिनमा आफ्नो निजी क्याम्पसका लागि खतरा हुन सक्ने कारण स्वबियु निर्वाचनमा संगठनात्मक नेतृत्व भन्दा जातिगत र आफ्नो पोकेटको मान्छेलाई चुनाव जिताउनु आर्थिक, प्रशासनिक लगायत आफ्नै क्याम्पसका विद्यार्थीलाई मतदाता बनाउन भर्ना समेत गराउँनु अन्यन्त दुखद हो । ” २०३६ साल देखि जनकपुरको राराब क्याम्पसमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) को प्रारम्भ भएको बर्चश्व २०५१ सालमा समाप्त भयो । २०३६ सालमा नेतृत्व गरेको युवराज खातीको कार्यकाल देखि २०५० साल सम्म बजरंग नेपालीको नेतृत्व सम्म नेविसंघको एक छत्र राज थियो । तर त्यसपछाडि संगठनहरु कमजोर हुँदै गयो र विद्यार्थी नेताहरु राजनीतिक दलको छाता भन्दा स्वतन्त्र रुपमै निर्वाचित भईरहेका छन । स्ववियुका पुर्व सभापति समेत रहेका धनुषा कांग्रेसका सभापति रामसरोज यादव भन्छन,“ ४६ साल पछिको राजनीतिक परिवर्तनमा नेविसंघको भुमिका महत्वपुर्ण थियो तर नेताहरुले नेविसंघलाई अलपत्र छोडयो, राम्ररी व्यवस्थापन गर्न नसकेकै कारण बागी उम्मेदवारहरु खडा हुने संस्कार विकसित हुँदै गएपछि नेविसंघ युनियनको नेतृत्व गर्नबाट बञ्चित हुँदै गयो ।” राराब क्याम्पसमा जातियताको प्रभाव बढदै जानुमा क्याम्पसका प्रशासन देखि तमाम बौद्धिक वर्ग उतिनै दोषी रहेको औल्याउँदै यादव भन्छन,“ विद्यार्थी राजनीति अराजक र अभद्र हुनुमा माओवादीको जनयुद्ध र मधेस आन्दोलन प्रमुख कारक तत्व हो । राजनीति संस्कारको अभाव, विद्यार्थीहरुमा राजनीतिक दलले सिद्धान्तको बारे प्रशिक्षण नदिनु जस्ता कुराहरु सहायक सिद्ध भए । ” तर पुर्व सभापति लालकिशोर साहको बुझाईमा विद्यार्थी नेताहरुलाई गुन्डा बनाउने काम नेपाली कांग्रेसले गर्यो । ४६ सालको परिवर्तन पछि नेपाली कांग्रेस र एमाले सत्ताको हानथापमै लाग्दा एक अर्कोको विरुद्ध विद्यार्थी संगठनलाई उपयोग मात्र गरेनन विद्यार्थीलाई कुलतमा फसाएर गुन्डा नै बनाई दियो ।

भ्रुण हत्या गरी डा.निलम चौधरी फरार


अजय अनुरागी


चार छोरीकी आमा महोत्तरी सहोडवा (४ बस्ने चन्दा देवि झा गर्भमा रहेको बच्चा छोरा हो की छोरी भनेर छुट्याउन स्थानिय जनकपुर प्रसुती नर्सिंंङ् होममा आएकी थिइन । सासु चन्द्रकाला देवि झासँग उनि जेष्ठ १६ गते नै उनि अस्पतालमा आएकी थिइन । ५ महिना कि गर्भवती समेत रहेकी चन्द्राको पेटमा छोरा हो की छोरी छुट्याउने उदेश्यले उनिहरु क्लिनिकमा आएका थिए । त्यसको लागि क्लिनिककी प्रमुख डा. निलम चौधरीले चन्द्रालाई दुई पटक अल्टूासाउण्ड पनि ग¥यो । डा.चौधरीले चन्द्राको पेटमा छोरी हो भनेर रिपोर्ट दियो । तर पिडित परिवारजनलाई विश्वास लागेन र फेरी अल्टूासाउण्ड  गराउने इच्छा जाहेर गरे । डा. चौधरीले अर्को चोटी पनि अल्टूासाउण्ड गरे र छोरी नै हो भन्ने ठहर गर्दै परिवाजनलाई जानकारी गराए । यता, आफ्ना पेटमा रहेको वच्चा  छोरा नै हुने भन्ने विश्वास लिएकी चन्दा सहित परिवारजनले डा.चौधरीको भनाई पछि निरास हुँदै घर फर्कने तयारीमा थिए । तर अस्पतालकै एक जना दलालले चन्दा र उनका परिवारजनलाई गर्भपतन गराउन सुझाव दिए । चन्दाकी सासु चन्द्रकालाले भनिन्,‘ त्यो दिन हामी घर फर्केने तयारी गरि सकेका थियांै, तर नाम थाहा नभएका एक जनाले वुहारीको गर्भपतन गराई दिनुस्, कति छोरी लिने, ४ जना नातिनी छँदै छ , फेरी उनिहरुलाई अहिलेको  अवस्थामा विहे गर्न गाह्रो हुन्छ भनेर फकाउन थाले ।’ हामीलाई थाहा थिएन, पाँच महिनाको बच्चालाई गर्भपतन मार्फत भ्रुणको हत्या गर्नु कानुनी अपराध हो उनले भनिन्,‘ तर दलालले मलाई लिएर डाक्टरसाहव कहाँ गयो, डा. साहवले खर्च साढे पाँच हजार लाग्छ भन्ने वाहेक केहि जानकारी गराएन ।’ ग्रामिण क्षेत्रमा वसोवास गर्ने उनीहरु गर्भपतन सम्वन्धी कानुनको अज्ञानताका कारण डा. चौधरीको कुरामा सर्मथन जनाए । दुवै पक्ष विच गर्भपतन गर्ने सहमति भईसकेपछि अस्पतालमै रहेकी चन्दालाई डा चौधरीले गर्भ तुहिने औषधी सेवन गर्न लगाए । चन्दाले नियमित  औषधी सेवन गरिरहेपनि गर्भ तुहिएन । त्यसपछि बुधवार राति १ बजे डा चौधरीले गर्भपतन गर्न चन्दालाई शल्यक्रिया कोठामा बोलाए । गर्भपतन गर्ने बेलामा चन्दा सहित सासु चन्द्रकाला पनि उतm कोठा उपस्थित थिए । गर्भपन गरेर बच्चा वाहिर निकालेपछि चन्दाको कोखमा छोरी नभई छोरा रहेको थियो । निकालेको बच्चा छोरा रहेको देख्ने बितिकै सासु चन्द्रकाला कराउन थाले, अस्पतालमा आएका अन्य विरामीको कुरुवालाई समेत देखाउदै डा. चौधरीलाई गाली गर्न थाले । ‘तिमीलाई भलो हँुदैन, तिमीले मेरो नातीको हत्या ग¥यौ, तिमीलाई म छोड्िदन, लगायत गाली गर्दै वाहिर के निस्केका थिए, अस्पतालकै एक नर्सले उतm बच्चाको लिङ्ग  काटी दियो । बच्चा छोरा नभई छोरी नै रहेको चन्द्रकालालाई देखाए । आफनै आँखाले बच्चा छोरा रहेको देखेकी चन्द्रकाला नर्सको कुरामा विश्वास नगरि बच्चालाई आफ्नो काखमा लिई हेर्न थाले र बच्चाको लिङ्ग भएको ठाँउबाट रगत बगेको देखेपछि उनि झन तर्सिए, आक्रोशित हुदै डा.चौधरी लगायत नर्सहरुलाई गालि गर्न वाहेक उनि सँग कुनै विकल्प थिएन ।उनले भनिन्,‘ रातिको समय थियो, मोवाईल पनि थिएन, मसँग चिचियाउनु, कराउनु वाहेक कुनै विकल्प नै थिएन । वुहारी चन्दा पनि वेहोस अवस्थामा थिइन, वाहिरबाट कसैलाई बोलाउन पनि सकेनौ ।’ बुधवार विहान मात्र घटनावारे आफन्तलाई जानकारी गराउन सक्यौं चन्द्रकलाले भनिन् । चन्दाकी श्रीमान अनिलले भने,‘जुन डाक्टर एक चोटी नभई दुई चोटी अल्टूासाउण्ड गर्छन्, त्यो कसरी छोरा हो की छोरी छुट्याउन सक्दैन, अर्को कुरा जब बच्चा छोरा नै थियो भने उसको लिङ्ग किन काटियो ? । डाक्टर चौधरीले आफ्नो गल्तीलाई ढाकछोप गर्नलाई यस्तो गरेको अस्पतालकै एक कर्मचारीले बताए । नेपालको कानुनमा तिन महिना भन्दा बढीको बच्चालाई गर्भपतन गर्ने गराउने कार्यलाई अवैध मानिएको छ । जनकपुर प्रसुति क्लिनिककी प्रमुख डा. निलम चौधरी एम.बि.बि.एस., डि.जि.ओ. सम्मको अध्ययन गरेको क्लिनिकको बोर्डमा लेखिएको छ ।
बुधवार विहान पिडितका परिवाजनले अस्पतालमा तोडफोड गरेपछि उतm घटना सार्वजनिक भएको थियो । तोडफोड भएपछि अस्पताल केहि घण्टा तनावग्रस्त नै बनेको थियो ।  श्रोतका अनुसार घटनालाई अगाडी नबढाउन पिडित परिवारलाई डा.चौधरीले एक लाख रुपैयाँ क्षतिपुर्ति दिएकी छिन । साथै घटनालाई नउचाल्न, नउचाले थप ५० हजार रुपैयाँ दिने दुवै पक्ष बिच सहमति समेत भएको श्रोतको दावी छ । यस सम्वन्धमा डा .चौधरीले चन्दाको गर्भपतन गरेको स्वीकार गरेपनि अल्टूासाउण्ड नगरेको बताए । चन्दाको गर्भपतन गरिदिन उनका परिवारजन आएकोले आफु गर्भपतन गरेको डा.चौधरीको भनाई थियो ।

कारवाहीका लागि महिला अधिकारकर्मीहरुको चासो

घटना सार्वजनिक भएपछि जनकपुरमा रहेका आधा दर्जन गैरसरकारी संस्थामा कार्यरत महिला अधिकारकर्मीहरुले घटनामा चासो लिदै सम्बन्धीत पक्षहरुसँग भेट गरी अवैध तरिकाले लिङ्ग पहिचान गर्ने, गर्भपतन गर्ने÷गराउने व्यक्तिलाई कानुनी कारवाहीको माँग गरेका छन । प्रहरीले आफ्नै प्रतिवेदन बनाई प्रतिवेदनको आधारमा कारवाही अगाडी नवढाएपछि महिला अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दरखास्त दिने तयारी गरेका छन ।
जिल्ला महिला अधिकार सरोकार धनुषाका तर्फबाट संयोगिता साह, महिला पुनसर््थापना केन्द्र धनुषाका तर्फबाट हेमलता सिग्देल, ल्याक धनुषाका तर्फबाट अधिबक्ता किरण कुमारी साह, परिवार नियोजन संघका वरिष्ठ अधिकृत रामबहादुर कार्की, धनुषा उत्थानका नथुनी लालदास, सामुदायिक परिवार कल्याण संघ धनुषाका राजनन्दन यादव, जिल्ला महिला अधिकार मञ्चकी मालती ठाकुर, महिला तथा बालबालिका सेवा केन्द्रकी मिना केसी, जनकपुर नागरिक समाजका मुरली मनोहर मिश्र, आरडिएफ धनुषाकी रेखा दत्तले संयुक्त रुपमा जाहेरी दिने भएको छ । उक्त जाहेरीमा लिङ्ग पहिचान गर्नु, लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्नु÷गराउनु अपराध रहेको भन्दै जनकपुर प्रसुति क्लिनिकको संचालिका डा. निलम चौधरी÷उक्त क्लिनिकमा कार्यरत नर्स रम्भा, महोत्तरी सोहरवा(४ का अनिल झा र अनिल झा की श्रीमति चन्दा झा विरुद्ध मुद्दा दर्ता गरिने तयारी पुरा भएको र आइतबार मुद्दा दर्ता हुने अधिबक्ता रेखा झाले बताइन ।
लिङ्ग पहिचान गर्ने÷गराउने साथै लिङ्ग पहिचानको आधारमा भ्रुण हत्या गर्ने÷गराउने गैरकानुनी भएको साथै जिउदै बच्चाको लिङ्ग र अण्डकोष झिक्नु जघन्य अपराध गरेको हुनाले अविलम्ब पक्राउ गरी ज्यान महलमा व्यवस्था भए बमोजिम मानब शरिरको अङ्ग प्रत्यारोपन (नियमित तथा निषेध ऐन २०५५) बमोजिम हदै सम्मको सजाय माँग दावी गरी जाहेरी तयारी गरिएको अधिबक्ता रेखा झाले बताइन ।  अधिबक्ता झा का अनुसार डा. चौधरीको कसुर ठहर भए लिङ्ग पहिचान गरेको अभियोगमा ६ महिना देखि २ वर्षसम्म कैद र लिङ्ग काटेको अभियोगमा थप दुई वर्ष कैद र रु. १ लाख जरिवाना हुने तथा डा. चौधरीको मेडिकल लाइसेन्स सिज हुने छ । घटना भएपश्चात डा. चौधरी सम्पर्क भन्दा बाहिर छन । प्रहरी उपरीक्षक बसन्त कुमार पन्त भन्छन,“ उक्त घटनाबारे मौखिक गुनासो आएका कारण चन्दाका श्रीमान अनिल झालाई झिकाई सोधपुछ गरी कागज गरी रिहा गरिएको छ । डा. निलम चौधरी बाहिर गएको कारण उनीसँग सोधपुछ गर्न बाँकी छ ।”

Sunday, May 19, 2013

भुतही पटेरवामा निशुल्क दन्त शिविर

द एक्सक्लुसिभ सम्वाददाता
   
जनकपुरमा उपचारका लागि जथाभावि रकम असुल गर्ने डाक्टरहरुको कमि छैन । पैसा कमाउनकै लागि मेडिकल एथिक्स विपरीत गैरकानुनी रुपमा जनकपुर प्रसुती क्लिनिकका डा.निलम चौधरीले केही दिन अघि मात्र छोरी भन्दै छोराको गर्भपतन गरी अपराध गरेका थिए ।
    उक्त घटनाका विरुद्ध जनकपुरका महिला अधिकारकर्मीहरुले स्थानीय प्रशासनलाई भेटेर अवैध कार्य गर्ने डा. चौधरीलाई कारवाही गर्न मााग समेत गरेका छन । एका तर्फ हाम्रो समाजमा पैसाका लागि मान्छे मार्ने ज्यानमारा चिकित्सकहरुको कमि छैन भने अर्को तर्फ केही राम्रा चिकित्सकहरु पनि छन । आफ्नै निजी पैसा खर्च गरेर गाउामा गएर निशुल्क शिविर संचालन गरी गाउाका सेवाग्राहीलाई सेवा गरेका उदाहरणहरु पनि नभएको होइन । जसको पछिल्लो उदाहरण हो डेन्टल चिकित्सक अजय कुमार साहको सराहनीय योगदान ।
    धनुषाको भुतही पटेरवामा निशुल्क दन्त शिविर आयोजन गरिएको छ । अप्पन डेन्टल च्याम्वरस क्लिनिकका संचालक डा. अजय कुमार साहले आफ्नो स्व. हजुरबुवा असर्फी साह र हजुरआमा रामरती देवीको स्मृति दिवसमा जेष्ठ १ र २ गते गरी आयोजित दुई दिने सिविरमा ६ सय ५५ जनाले निशुल्क दन्त उपचार गराएका छन । नेपालमा पहिलो पटक निजी स्तरबाट आयोजित निशुल्क कृत्रिम दन्त सिविरमा ३ सय २० जनाले दाात उखेलेका थिए । भने १ सय जनाले दाात भरेका थिए । त्यसैगरी ५० जनाको दाात सफा गरेका थिए भने ९५ जनाले आंशिक दाात लगाएका थिए । त्यसैगरी तलमाथि दुवै गिजामा पााच जनाले २८ वटै दाात लगाएका थिए ।यसका साथै निशुल्क औषधि वितरण गरेका डा.साहले यसअघि तीन महिनाभित्र धनुषाको ढल्केवर, नक्टाझिज, शान्तिपुर, तारापट्टी, मिथिलेश्वर मौवाही, भुतही, जनकपुर र महोत्तरीको रामनगर, लोहारपट्टी, बल्वासरपल्लो गरी ९ ठाउामा निशुल्क दन्त सिविर आयोजन गरेका छन । डा.साहका अनुसार भुतहीमा गरिएको सेवा निजी खर्चमा लिने हो भने कुल ५ देखि ६ लाख रुपैयाासम्म खर्च हुन सक्थ्यो । उक्त सिविर आयोजना गर्न आफुले रु.१ लाखको नगद तिरेर औषधि किनेर वितरण गरेको बताएका थिए ।  सेवा लिनेहरु मध्ये अघिकांश वृद्धवृद्धा थिए भने वढी महिलाहरुमा दाात किराले खाएको समस्या देखिएको थियो ।
द एक्सक्लुसिभ सम्वाददाता

    जनकपुर स्थित रामस्वरुप  रामसागर बहुमुखी क्याम्पसमा १४६ जना विद्यार्थीहरु नामाङकनबाट बञ्चित भएका छन । जेष्ठ २३ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई दृष्टिगत गर्दै देशैभरी जेष्ठ तीन गते सम्मका लागि नामाङकन खुल्ला गरिएको थियो । विद्यार्थी भर्ना गराउन लाइन लागेका विद्यार्थीहरुलाई कुटपिट तथा दुरव्यवहार गर्नुका साथै आवेदन फारमको कागजातहरु तितरवितर गराइए पछि नामाङकनबाट बञ्चित भएको शनिबार क्याम्पस परिसरमै विद्यार्थीहरुले पत्रकार सम्मेलन मार्फत गुनासो व्यक्त गरेका छन । पत्रकार सम्मेलनमा विद्यार्थी नेता ज्ञानेन्द्र झा (ज्ञानु) ले केही विद्यार्थीहरु श्रीराम यादव, सुमन्त यादव, वलराम यादव, हरिनारायण यादव लगायतले विद्यार्थीहरुको कागजात तितर वितर पारी नामाङकनबाट वञ्चित गराउने कोशिस गर्नुका साथै सहायक क्याम्पस प्रमुख जुगेश्वर साह र रामचन्द्र रायलाई समेत दुरव्यवहार गरेको बताएका थिए । विए प्रथम वर्षमा नामाङकनका लागि १४६ जना विद्यार्थीले आवेदन फारममा प्रशासनको तोक आदेश बमोजिम दर्ता गराई प्रवेश शुल्कबापत २५० रुपैयाा समेत राजश्व बुझाइसकेको अवस्थामा विद्यार्थीलाई पढनबाट बञ्चित गराउन खोज्ने कथित विद्यार्थी नेताहरु लाई कारवाहीको माग गर्दै ज्ञानेन्द्र झाले विद्यार्थीहरुलाई भर्ना नगराए आफुहरु बाध्य भई अदालतको ढोका घचघच्याउने बताएका थिए । ज्ञानेन्द्र झाको समुहले शनिबार राती नै क्याम्पस प्रशासन तथा आर्थिक प्रशासनको फााटमा तालाबन्दी गरी आन्दोलित भएका छन । राराब क्याम्पसमा पढन चाहने विद्यार्थीहरुलाई नामाङकन गर्न नदिनु विद्यार्थीको मौलिक हकको विरुद्ध भएको हुनाले आफुहरु न्यायका लागि आन्दोलित भएको पत्रकार सम्मेलनमा पिडित विद्यार्थीहरुले बताएका थिए । यता क्याम्पस प्रमुख विष्णुदेव यादवलाई सोध्दा आइतवार दुवैपक्षलाई बार्तामा ल्याएर छलफल गरी छिनोफानो गर्ने बताएका छन । विपक्षी विद्यार्थीका समुहले किन नामाङकन प्रक्रियामा अवरोध पुर्‍याएको हो भन्ने कुरा आफुलाई थाहा नभएको कारण आइतबार बैठकबाट कानुन सम्मत भर्ना प्रक्रियामा पुगेका विद्यार्थीलाई भर्ना गराउन आफु प्रयासरत रहने क्याम्पस प्रमुख यादवले बताएका छन ।


सद्भावनाका नेताहरु आमरण अनशनमा

द एक्सक्लुसिभ सम्वाददाता


सद्भावना पार्टीको केन्द्रीय निर्देशन अनुसार सामेबारदेखि जनकपुरसहित मधेशभर पार्टीका नेताहरुले विभिन्न माग राखि आमरण अनसन सुरु गरेका छन् । यसै क्रममा जिल्ला कार्यसमिति धनुषाले पनि विभिन्न माग राख्दै जनकपुरको जनक चौकमा आमरण अनशन सुरु गरेका हुन् ।
     सुनसरीमा भ्रष्टाचारको विरोधमा तथा अन्य राष्टिूय मुद्दाहरुको साथमा स्थानीय मागहरु समेत राख्दै आमरण अनसन सुरु गरिएको छ । सोमबार बिहान आठ बजेदेखि सुरु भएको आमरण अनसनमा केन्द्रीय सदस्यहरु लालकिशोर साह, राजिव झा, निभा साह, क्षेत्रीय अध्यक्ष लक्ष्मण महतो तथा दलित उत्थान मञ्चका केन्द्रीय महासचिव सरगुन पासवानले आमरण अनसन सुरु गरेका छन् । सद्भावना पार्टी जिल्ला कार्य समिति धनुषाले स्थानीय स्तरमा पााच वटा माग राख्दै आमरण अनसन सुरु गरेका हुन् । उक्त मागहरुमध्ये ज.चु.का.लि.को जेनरेटर तथा नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रको जेनरेटर लोडसेडिङको समयमा संचालन गरी धनुषालाई लोडसेडिङ मुक्त घोषणा गर्नुपर्ने, ज.चु.का.लि.का  सम्पुर्ण कार्यरत कर्मचारी र अवकाशप्राप्त कर्मचारीको बााकी रहेको तलब अविलम्ब चुक्ता गरी कारखानालाई  संचालनमा ल्याउनु पर्ने, शिक्षित बेरोजगार युवालाई रोजगारी अथवा बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने, धनुषा जिल्ला अन्तरगतको हुलाकी सडक कालोपत्रेका लागि अगामी बजेटमा व्यवस्था हुनुपर्ने तथा अन्तरगृह परिक्रमा सडकमा कालोपत्रे गर्नु पर्ने लगायतका रहेका छन् । यो मागहरुको सुनुवाई नभए सम्म अनसन जारी रहने पार्टीका जिल्ला अध्यक्ष संजय कुमार सिंहले जानकारी दिएका छन् ।
    आमरण अनशनकारी लाल किशोर साह भन्छन,“ अनशनमा बसेको ६ दिन वितिसक्दा पनि स्थानीय प्रशासनले कुनै खोजखबर लिएको छैन । स्थानीय मााग सहित राष्टिूय माागका खातिर आमरण अनशनमा बस्दा पनि राज्यले वास्ता नगर्नु राज्य विहिन्ताको अवस्थामा छौ ।” अर्को अनशनकारी केन्द्रिय नेता राजीव झा भन्छन,“ जनकपुरका स्थानीय जायज मुद्दालाई राज्यले अविलम्ब सम्बोधन गर्नु पर्दछ । सम्बोधन नभएसम्म आमरण अनशन जारी रहने छ ।” यता अनशनकारीहरुको स्वास्थ्य स्थिति विग्रदै गएपनि कुनै चाासो लिइएको छैन ।
उता, महोत्तरीको जलेश्वरनाथ महादेवको मन्दिरमा सद्भावना पार्टी जिल्ला कार्य समितिले आमरन अनसन थालेका छन् । उक्त अनसनमा पार्टीका केन्द्रीय सदस्य रमण पाण्डे, राष्टिूय सल्लाहकार समितिका सदस्य अरुण सिंह थारु, जिल्ला सदस्य कृष्णदेव प्रसाद शर्मा तथा सकृय सदस्य रामबाबु प्रसाद साह रहेको पार्टीका जिल्ला सदस्य धर्मेन्द्र रायले जानकारी दिएका छन् । निर्वाचनको तिथि घोषणा लगायत १० बुादे माग राख्दै सद्भावना पार्टीद्धारा सुरु गरिएको आमरण अनसन सोमबार देखि मधेशको २२ जिल्लामा शुरु गरिएको छ ।

Saturday, May 18, 2013

अवैध निकासि कर उठाउनेलाई जिविस र प्रशासनको संरक्षण

एस. कुशवाहा

महोत्तरीको जिम्मेबार निकायको संरक्षण पाएर राजमार्गमा अवैध रुपमा जिल्ला निकासी कर संकलन भइरहेको रहस्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ल विकास समति र जिल्ला प्रहरी कार्यालयको संरक्षण पाएर पुर्व(पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको टुटेश्वर मिमन जेनरल सप्लायर्सले दोहरो र ठेक्का नै नलगेको खाद्यान्न कर संकलन गरिरहेको छ । कर संकलन रोकेर संकलन गरिएको रकम फिर्ता गर्न पत्र पाए पछि कर्मचारीको इसारामा थप कडाइ गरेर टुटेश्वरमा कर उठाउन अपराधि परिचालन गरिएको छ । चौतर्फि दवाव पछि पनि दोहरो र खद्यान्न कार बन्द नहुनुले ठेकेदारलाई प्रशासनको संरक्षण रहेको पुष्टि भएको छ ।
अवैध कर संकलन गरेको बापत इलाका प्रहरी कार्यालय बर्दिबासलाई मासिक २० हजार, जिल्ला प्रशासनलाई मासिक ५० हजार, जिल्ला प्रहरीलाई मासिक ५० हजार र जिल्ला विकास समितिका ४/५ जना कर्मचारीलाई छुट्टा छुट्टै हजारौ रकम सप्लायर्सले बुझाउदै आएको प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रशासन र जिल्ला विकासमा कर रोक्न उजुरी परे पछि विभागबाट इलाका प्रहरी बर्दिबासमा पत्र आउदा तत्कालिन प्रहरी निरीक्षक बाबुराज खडकाले २० हजार मासिक रकम अतिरिक्त सदा पोसाकमा असइ भिम सुवेदिलाई पठाएर ६५ हजार रुपैया सप्लायर्सबाट ल्याएका थिए । पैसा लिएर खद्यान्नको कर संकलन बन्द गरिएको उनले जिल्ला र विभागमा जानकारी गराएका थिए । सप्लायर्सबाट रकम लिने जिल्ला प्रशासन र जिविसमा आन्तरिक गिरोह रहेको महोत्तरीमा लामो समय देखि कार्यरत एक अधिकृको बताए । महोत्तरीमा आउने कार्यालय प्रमुखलाई कुनै जानकारी हुदैन, अधिकृतले भने ‘स्थानिय र पुराना कर्मचारीले नै प्रखुलाई याहा कमाउने टूयाक सिकाउछन् । टुटेश्वरमा संकलन गरिने जिल्ला निकासी कर र ढुङ्गा(गिटि भारत निकासी  विषयमा जिल्ला विकास र जिविसमा व्यापक आर्थिक चलखेल हुने गरेको छ । पटक पटक उजुरी परेको र कर संकलन सम्बन्धमा पटक पटक  समाचर आए पनि समस्या ज्युका त्यु रहनुमा कर्मचारीको संलग्नता प्रष्ट भएको नेपाली कांग्रेसका नेता बजरंग नेपाललीले बताए । राजमार्गमा संकलन गरिने कर सम्बन्धमा पिडित पक्ष विरोध गर्न नसक्दा समस्या जटिल बन्दै गएको छ, नेपालीले भने,‘स्थानिय प्रहरी र जिल्लाका कार्यालय प्रमुखको संलग्नता बिना अबैध काम बैध हुन सक्दैन ।ु जिविस मार्फत गरिने अनुगमनको क्रममा इलाका प्रहरी र छिन्नमस्त सशस्त्र प्रहरी बल लगायत जिवसको कर्मचारी बिचको सहमतिमा मोटर साइकलमा अपराधि खटाएर कर संलन गर्ने गरेको पाइएको नेता नेपालीले बताए । जिल्लामा अबैध आम्दनिका लागि सक्रिय नेटवर्कले अबैध कर संकलन गर्नेलाई संरक्षण गरेको सामुदायिक विकास तथा पैरवि मञ्च बर्दिबासका नागदेव यादवले बताए । मिमन जेनरल सप्लायर्सले आ.व २०६९/७० का लागि जडिबुटी र माल समान जिल्ला निकासी २१ लखमा ठेक्का लिएको स्थानिय विकास अधिकारी तिर्थराज भट्टराईले बताए । ठेक्काको पैसाबाट कर्मचारीको तलव आउने भएकोले जिविसले जिल्ला निकासी कर संकलन गर्न बाध्य छ, उनले भने ‘खद्यान्नमा कर छुट गरिएको छ । टुटेश्वरमा जवर्जस्ती र दोहरो कर संकलन भएको कुनै उजुरी आएको छैन ।ु प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जिल्लामा नयाा रहेको बन्दै आफुलाई कुनै जानकारी नरहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु थापाले दुई महिना देखि खद्यान्न र दोहरो कर रोकिएको बताए । नरोकिएको भए उजुरी आउथे, उनले भने ।  यता प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले जिल्ला प्रहरी र ठेक्केदार संग कुनै आर्थिक कारोबार नभएको बताउदै स्थानिय विकास अधिकारी र जिविस नै अवैध कर असुलि विषयमा मौन रहेको बताए । अनुगमन र कारवाहि गर्ने अधिकार जिविसलाई रहेको उनले भने । प्रहरीले सुरक्षाका लागि जिविस संग सहकार्य गर्न सकिन्छ, उनले भने(‘जिविसको नामबाट रसिद काटेको हुनाले जिविस नै अगाडि बढनु पर्छ । मंगलबार बिहान ढल्केबर बाट खरबुजा लिएर लालबन्दी आउदै गरेको ज १ च ८९७ नम्बरको टूकलाई कर काटन खटेका युवाहरुले पुन: पुर्व नै फर्काका छन् । कर दिन नमाने पछि टूक फर्काइएको जानकारी पाए पछि बर्दिबासबाट प्रहरी खटाएको प्रहरी उपरीक्षक खरेलले बताए । फर्केको टूक इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी गरेको छ । वर्षको २१ लाखमा ठेक्का लिएको सप्लायर्सले दैनिक ४५ हजार देखि ७० हजार सम्म रकम संकलन गरेर मासिक १५ लाख भन्दा बढी कर संकलन गर्ने गरेको जनाइएको छ ।  संकलन गरीएको १५ लाख कर मध्य करिब पााच लाख रुपैया कर्मचारी र प्रहरीलाई बााडने गरेको श्रोतले जनाएको छ । तरकारी, कुखुरा, चामल, धान, इटा, बालुवा र अन्य समान ढुवानि गर्दा पनि यहाा कर तिर्नै पर्ने बाध्यता रहेको छ । अपराधि शैलिमा युवा परिचालन गरेको हुनाले कर बुझाउन महोत्तरीमा सर्वसधारण बाध्य भएका छन् । सप्लायर्सले महोत्तरीमा जडि बुटी तथा माल समान जिल्ला निकासी कर संकलनको मात्र ठेक्का लिएको जिविसले जनाएको छ । महोत्तरीमा खाद्यान्न निकासी ठेक्का नलागेको जिविसले जनाइएको छ । तर टटेुश्वर चौकमा सप्लायर्सले अपराधि शैलिमा सिरहाबाट ल्याउने खाद्यान्नमा दोहरो तथा महोत्तरीमा खरिद गरिएको खाद्यान्नमा गैरकानुनि रुपमा प्रति टूक एक हजार चार सय सम्म कर संकलन गरेको भुदेव खाद्य उद्योग प्राली लालबन्दी सर्लाहीले जनाएको छ ।
गैर कानुनि कर संकलन गरेको भन्दै भुवदेवले जिविस महोत्तरी र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पटक पटक उजुरी दिए पनि बन्द नभएको भुवदेवका प्रमुख मोतिलाल ताातीले बताए । उजुरी पछि जिविसले सप्लायर्सबाट संकलन गरेको रकम फिर्ता गरि खाद्यान्नबाट कर संकलन नगर्न गत माघ २१ गते र जिल्ला प्रशासन कार्यालयले माघ २८ गते पत्रचार गरेको थियो । तर सप्लायर्सले पत्रलाई अटेर गरि धम्किपुर्ण शैलिमा कर संकलन जारी राखेको ताातीले बताए । भुवदेव बाट माघ ९ गते देखि फागुन ६ गते सम्म धान ढुवानि गर्ने १ सय ८८ सवारीबाट गैर कानुनि रुपमा १ लाख ७६ हजार ८ सय रुपैया गैरकानुनि रुपमा सप्लार्यसले लिएको जनाइएको छ । उद्योगले पहिलो पटक गत माघ १२ गते जिविस र जिल्ला प्रशसनमा एकै पटक उजुरी दिएका दिए । तर सप्लायर्सले थप धांधलि पुर्ण शैलिमा प्रस्तुत भए पछि क्रमश: माघ १९ गते, २६ गते र फागुन ६ गते जिविस र जिल्ला प्रशासनलाई पत्र लेखेको छ । तर हाल सम्म गैर कानुनि कर संकलन नरोकिएको ताातीले भने । उद्योग संग संकलन गरिएको रकम फिर्ता गर्न माघ २१ ग्ते पत्रचार गरे पनि चैत १ गते सिरहाबाट धान ल्याउदै गरेको २०७६ नम्बरको टूकबाट दोहरोकर बापत एक हजार दुइ सय लिएको छ ।

शिक्षक सेवा आयोगका प्रतिस्पर्धीमा भएका मनोवैज्ञानिक त्राश र त्यसबाट उत्पन्न प्रभावको व्यवस्थापन

उमेशलाल कण

वर्तमान तीब्र रुपले परिवर्तित युगमा कुनै राष्टूमा भएका विकासका कार्यक्रमहरुको सञ्चालनमा शिक्षाले कुन स्थान पाएको छ ? परिवर्तित संसारिक आवश्यकतामा त्यााहाका शिक्षा प्रणालीले कतिसम्म योगदान गर्न सफल भएको छ ? शिक्षाकर्मीहरुमा कतिसम्म पेशागत गुणहरुको विकास भएको छ ? विद्यालय शिक्षाको व्यापकता, गुणवत्ता, व्यवहारिकता, सान्दर्भिकता, जीवनोपयोगीताको अवस्था कस्तो रहेको छ ? यी र यस्ता अन्य सन्दर्भहरुको प्रयोग गरी राष्टूको विकासात्मक अवस्थालाई आाकलन गर्ने परम्परा रहेको छ । नेपालको शिक्षा प्रणालीको प्रभावको लेखाजोखा गर्दा शिक्षाका विविध पक्षहरु मध्ये शिक्षक र पाठ्यक्रमको स्थान महत्वपूर्ण हुन्छ । पाठ्यक्रमलाई योग्यताको आधारमा बुझी सम्झी कक्षाकोठामा आधुनिक प्रविधिहरुको प्रयोग गरेर शिक्षाका वास्तविक कार्यक्षेत्रमा गई प्रत्यक्ष सरोकारवालाहरुको आवश्यकतालाई ख्याल गरी आफ्नो जिम्मामा रहेका कार्यहरु सम्पादन गर्न शिक्षकको व्यवस्था गरिएको छ । शिक्षकलाई निष्पक्ष छनौट नगरी प्रभावकारी शिक्षा प्रणालीको विकास सम्भव हुन सक्दैन । नेपालमा शिक्षक छनौट प्रक्रिया दशकौं देखि लम्बित भएको अवस्थाले शिक्षाका कार्यहरुमा प्रभावकारिता आउन नसकेको वास्तविकता हाम्रा सामु छन् । विद्यालय प्रति विद्यार्थी आकर्षित भएका छैनन् । अभिभावक पनि विद्यालयमा भएका कार्यकलापहरुमा स्वस्फूर्त किशिमले सहभागी भई रहेका छैनन् । यस्ता नकारात्मक अवस्थालाई बुझ्दा कर्मठ, योग्य, दक्ष, सक्षम शिक्षकको आवश्यकतालाई मनन् गरी राष्टूले महत्वपूर्ण कार्यलाई अगाडी सारेको छ ।
शिक्षक छनौट प्रक्रियामा शुद्धता, निष्पक्षता ल्याउन संसारमा भएका असल अभ्यासहरुको अनुकरण भएको छ, जस अन्तर्गत दाहोरो छनौटका प्रक्रियालाई अगाडी ल्याई पहिलो छनौटमा अध्यापन अनुमति पत्रको परीक्षा र दोस्रो चरणको छनौटमा मुख्य प्रतिस्पर्धा गराईन्छ । दोस्रो चरणको प्रतिस्पर्धात्मक छनौट कार्यमा लिखित, अन्तर्वार्ता एवम् प्रयोगात्मक ( आवश्यक भए ) परीक्षाको प्रावधान रहेको छ । उक्त शिक्षक छनौटका लागि निर्धारण भएका परीक्षा प्रणालीमा सबै भन्दा वढी भार ओगटेका लिखित परीक्षा आगामी ९, १० र ११ जेठमा परीक्षाको कार्यक्रम शिक्षक सेवा आयोगले निर्धारण गरी सूचना सार्वजनिक गरि सकेको छ । यस प्रकारको कार्य प्रणालीको सुनिश्चितता हुनु आफैमा एउटा विश्वसनिय आधार तयार गरेको छ । यसमा अधिकांश नवयुवा पुस्ताहरु होमिएका छन् । यस प्रकारका तयारीे अभ्यासमा रहेका प्रतिस्पर्धीहरमा विभिन्न भ्रमात्मक विचारहरु ( अविश्वसनिय तथ्यहरु ) आई सकेर प्रतिस्पर्धीहरुको मनोवललाई उचाल्नुको सट्टा उनीहरुमा अधिकाधिक मनोवैज्ञानिक त्राशहरु वढाएको छ । यसलाई बढी भन्दा बढी समाधान गर्न प्रतिस्पर्धी आफै संलग्न हुनु पर्ने आवश्यकता रहेको छ । परीक्षार्थीको रुपमा आफुमा रहेका अनुभव ज्ञान तथा व्यवहारहरुलाई उच्चतम प्रदर्शन गर्नका लागि आवश्यक सघन अध्ययनको आवश्यकता सबै प्रतिस्पर्धीले बुझ्नु अनिवार्य रहेको छ । लिखित परीक्षामा क्रमैसित वस्तुगत बहुबैकल्पिक प्रश्न, छोटो उत्तरात्मक प्रश्नहरु, लामो उत्तरात्मक प्रश्न तथा समस्या समाधानमूलक प्रश्नहरुको तयारीलाई निम्न ढााचामा राखेर अध्ययन भण्डारण गर्न सक्ने प्रतिस्पर्धी आफुलाई सफलताको सूचीमा राख्न सफल हुन सक्दछन् । लिखित परीक्षामा रहेका प्रश्नहरुको आफ्नै विशेषताहरु रहेका छन्, जस्तै: बहुबैकल्पिक प्रश्नको भार सबै भन्दा कम भएर पनि यसले विस्तृत विषयवस्तुका क्षेत्रलाई ओग्टेको हुन्छ । यसमा भएका विश्वसनीयता रहेको आधारमा सघन गहिराई क्षेत्रका विषयवस्तुहरुको अध्ययन अनिवार्य रहेको छ । यसलाई कुशल समाधान गर्न प्रतिस्पर्धीहरुले हालसम्म अध्ययन अभ्यास गरेका महत्वपूर्ण तथ्यहरुलाई पटक पटक स्मरण गरी एउटा संगठित संरचनामा राख्नु अनिवार्य भएको छ, यस्ता प्रश्न विगार्दा मूल्याङ्कनकर्ताको दृष्टिकोण नकारात्मक हुने प्रबल सम्भावन रहन्छ । बस्तुगत बहुबैकल्पिक प्रश्नलाई ठीक हिसाबमा मिलाउन निम्न आधारलाई एउटा प्रतिस्पर्धीले बुझ्नु आवश्यक छ ।
निर्मित प्रश्न, सोधी सकेका प्रश्नहरु पढनु भन्दा सम्बन्धित विषयवस्तुका विश्वसनीय प्रकाशनबाट  प्रकाशित पुस्तक ( मूल पुस्तक ) मा भएका विषयवस्तुहरुको शुद्धता परीक्षण गरेको आधारमा अध्ययन भण्डारण गर्न सक्ने सक्षमता भएका प्रतिस्पर्धीको रुपमा आफुलाई स्थापित गर्न सक्नु पर्दछ । प्रश्न  पढनु भन्दा विषयवस्तुको गहनतम अध्ययन गरेको आधारमा आफै प्रश्न वनाएर त्यसको अधिकतम अभ्यास गरेको आधारमा विषयवस्तुमा आफ्नो दक्षता अभिवृद्धि गर्नु पर्ने अनिवार्य भएको छ । वस्तुगत प्रश्नको समाधान गर्न सक्नुको अर्थ विषयवस्तुको बहुआयामिक पक्षहरुको वारेमा स्पष्ट हुनु बुझाउाछ । विषयगत छोटो र लामो प्रश्नहरुको उत्तरमा आवश्यक पक्षहरुलाई समावेश गरी समुचित उत्तर लेख्ने अभ्यास भएमा यसलाई उच्चाङ्कका लागि उपयुक्त बनाउन सकिन्छ । विषयगत प्रश्नको उत्तरमा प्रश्नले मागेका सन्दर्भलाई नछुटाइकन लेख्ने अभ्यास गर्नु पर्ने अनिवार्य अवस्था रहेको छ । विषयगत प्रश्नको उत्तर लेख्दा सर्बप्रथम प्रश्नले उजागर गरेको पक्षलाई परिचयात्मक खण्डमा लेखेर उत्तर लेख्न प्रारम्भ गर्नु पर्ने हुन्छ । कुनै प्रश्नमा भएका पक्षहरुको उत्तरको वारेमा केही थाहा नभएको अवस्थामा त्यस्ता प्रश्न लेख्नु भन्दा नलेखनु नै ठीक हुृन्छ । अनावश्यक लम्बेतान गर्नु भन्दा थाहा भएका प्रश्नहरुको उत्तर लेख्ने तिर ध्यानलाई केन्द्रित गर्नु प्रभावकारी हुन सक्छ । विषयगत प्रश्नको उत्तरलाई प्रश्नमा भएका अंक विभाजनलाई पनि ख्याल गर्नु अत्यन्तै बुद्धिमानी भएको देखिन्छ । विषयगत प्रश्नलाई कम महत्व दिई सन्दर्भ भन्दा बाहिर गई लेख्दा पनि ठीक हुन्छ भन्ने धारणा भएका प्रतिस्पर्धीहरुको मूल्याङ्कन कम हुने सम्भावना उच्च हुन्छ । आजको सन्दर्भमा विभिन्न व्यावसायीक प्रबन्धको आधारमा सस्तो सहयोगी केन्द्रको रुपमा स्थापित भएका ( कोचिङ्ग कक्षा ) केन्द्रहरुमा प्रश्न एवम् त्यसको संवेदनशीलतालाई पटक्कै ख्याल नगरी पाठ्यांश भन्दा बाहिरका सन्दर्भमा गएर जथाभावी प्रश्नको निर्माण गरेर अभ्यास गराउने चलनले गर्दा पनि प्रतिस्पर्धीहरुको धारणात्मक विचलन भई उनीहरुलाई सही मार्गमा डोऱ्याउने अवस्था निश्चित भएको छैन जस्तो अनुभुती हुन्छ । अन्तत: शिक्षक सेवा आयोगको दोस्रो छनौट प्रक्रियामा आफूलाई अब्बल सावित गर्न यसमा संलग्न विभिन्न आधारहरुको वारेमा सुस्पष्ट भई प्रत्येक आधारहरुको वारेमा सघन छलफल एवम् अन्तरक्रियाको आधारमा छानिएका ज्ञान सीपलाई स्पष्ट खाकामा राखी प्रस्तुत गर्ने शैलीको विकास हुनु अनिवार्य भएको छ । प्रतिस्पर्धीहरुमा संकुचित भावले गर्दा पनि एकले अर्कोलाई कुनै विषयवस्तु आदान प्रदान गर्न चााहदैनन् । यस्ता नकारात्मक अभ्यासहरुवाट टाढा राखी आफुमा भएका कमीकमजोरीलाई समयमै सच्चयाउन सकियो भने आफ्नो स्थान सुनिश्चित गर्न सफलता प्राप्त गर्न सकिन्छ ।
प्रतिस्पर्धामा सफलताका बाधकहरु निम्न हुन सक्छन्, जसलाई समयमा नै व्यवस्थापन गर्न सकियो भने सही मार्गमा आफूलाई डोऱ्याउन सफल हुन सहयोगी सद्धि हुन सक्छ । केही सम्भावित बाधक पक्षहरु निम्न हुन सक्छन्, जस्तै: कमजोर स्तरका प्रश्न जसमा मुद्दाहरु उल्लेख भएको हुन्छ जसको उत्तर कुनै एउटा उत्तरलाई संकेत गर्न नसक्ने खालका हुन्छन्, तयारीका लागि कम महत्वका शीर्षकमा वढी समय खपत गर्नु र महत्व भएका सन्दर्भमा पटक्कै अभ्यास नगर्नु, प्रमाणिक पुस्तक लेख तथा रचना भन्दा टाढा गई अनुपयोगी अभ्यासमा आफूलाई केन्द्रित गर्नु, प्रश्न घोक्नु तथा विषयवस्तु बिर्सनु, कम समयमा धेरै सिकाइको अपेक्षा गर्नु, अनावश्यक छलफलमा बढी उर्जा खपत गर्नु र समूहमा आफूलाई बढी जान्ने देखाउन अवावश्यक ढिप्पी कस्नु जस्ता अनावश्यक प्रयाशले सफलता भन्दा पनि अन्य मार्गमा धकेल्ने कार्य निश्चित हुन्छ भन्ने तथ्य बुझ्न आवश्यक छ । यस प्रकार यस्ता बाधक पक्षहरुलाई आफ्नो अनुकुलता प्रतिकुलतालाई निर्धारण गरी समयमा नै सचेत भई तयारीमा पूर्णता ल्याउनु पर्ने आवश्यक भएको छ ।