Sunday, May 19, 2013

द एक्सक्लुसिभ सम्वाददाता

    जनकपुर स्थित रामस्वरुप  रामसागर बहुमुखी क्याम्पसमा १४६ जना विद्यार्थीहरु नामाङकनबाट बञ्चित भएका छन । जेष्ठ २३ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई दृष्टिगत गर्दै देशैभरी जेष्ठ तीन गते सम्मका लागि नामाङकन खुल्ला गरिएको थियो । विद्यार्थी भर्ना गराउन लाइन लागेका विद्यार्थीहरुलाई कुटपिट तथा दुरव्यवहार गर्नुका साथै आवेदन फारमको कागजातहरु तितरवितर गराइए पछि नामाङकनबाट बञ्चित भएको शनिबार क्याम्पस परिसरमै विद्यार्थीहरुले पत्रकार सम्मेलन मार्फत गुनासो व्यक्त गरेका छन । पत्रकार सम्मेलनमा विद्यार्थी नेता ज्ञानेन्द्र झा (ज्ञानु) ले केही विद्यार्थीहरु श्रीराम यादव, सुमन्त यादव, वलराम यादव, हरिनारायण यादव लगायतले विद्यार्थीहरुको कागजात तितर वितर पारी नामाङकनबाट वञ्चित गराउने कोशिस गर्नुका साथै सहायक क्याम्पस प्रमुख जुगेश्वर साह र रामचन्द्र रायलाई समेत दुरव्यवहार गरेको बताएका थिए । विए प्रथम वर्षमा नामाङकनका लागि १४६ जना विद्यार्थीले आवेदन फारममा प्रशासनको तोक आदेश बमोजिम दर्ता गराई प्रवेश शुल्कबापत २५० रुपैयाा समेत राजश्व बुझाइसकेको अवस्थामा विद्यार्थीलाई पढनबाट बञ्चित गराउन खोज्ने कथित विद्यार्थी नेताहरु लाई कारवाहीको माग गर्दै ज्ञानेन्द्र झाले विद्यार्थीहरुलाई भर्ना नगराए आफुहरु बाध्य भई अदालतको ढोका घचघच्याउने बताएका थिए । ज्ञानेन्द्र झाको समुहले शनिबार राती नै क्याम्पस प्रशासन तथा आर्थिक प्रशासनको फााटमा तालाबन्दी गरी आन्दोलित भएका छन । राराब क्याम्पसमा पढन चाहने विद्यार्थीहरुलाई नामाङकन गर्न नदिनु विद्यार्थीको मौलिक हकको विरुद्ध भएको हुनाले आफुहरु न्यायका लागि आन्दोलित भएको पत्रकार सम्मेलनमा पिडित विद्यार्थीहरुले बताएका थिए । यता क्याम्पस प्रमुख विष्णुदेव यादवलाई सोध्दा आइतवार दुवैपक्षलाई बार्तामा ल्याएर छलफल गरी छिनोफानो गर्ने बताएका छन । विपक्षी विद्यार्थीका समुहले किन नामाङकन प्रक्रियामा अवरोध पुर्‍याएको हो भन्ने कुरा आफुलाई थाहा नभएको कारण आइतबार बैठकबाट कानुन सम्मत भर्ना प्रक्रियामा पुगेका विद्यार्थीलाई भर्ना गराउन आफु प्रयासरत रहने क्याम्पस प्रमुख यादवले बताएका छन ।


No comments:

Post a Comment