Sunday, May 19, 2013

भुतही पटेरवामा निशुल्क दन्त शिविर

द एक्सक्लुसिभ सम्वाददाता
   
जनकपुरमा उपचारका लागि जथाभावि रकम असुल गर्ने डाक्टरहरुको कमि छैन । पैसा कमाउनकै लागि मेडिकल एथिक्स विपरीत गैरकानुनी रुपमा जनकपुर प्रसुती क्लिनिकका डा.निलम चौधरीले केही दिन अघि मात्र छोरी भन्दै छोराको गर्भपतन गरी अपराध गरेका थिए ।
    उक्त घटनाका विरुद्ध जनकपुरका महिला अधिकारकर्मीहरुले स्थानीय प्रशासनलाई भेटेर अवैध कार्य गर्ने डा. चौधरीलाई कारवाही गर्न मााग समेत गरेका छन । एका तर्फ हाम्रो समाजमा पैसाका लागि मान्छे मार्ने ज्यानमारा चिकित्सकहरुको कमि छैन भने अर्को तर्फ केही राम्रा चिकित्सकहरु पनि छन । आफ्नै निजी पैसा खर्च गरेर गाउामा गएर निशुल्क शिविर संचालन गरी गाउाका सेवाग्राहीलाई सेवा गरेका उदाहरणहरु पनि नभएको होइन । जसको पछिल्लो उदाहरण हो डेन्टल चिकित्सक अजय कुमार साहको सराहनीय योगदान ।
    धनुषाको भुतही पटेरवामा निशुल्क दन्त शिविर आयोजन गरिएको छ । अप्पन डेन्टल च्याम्वरस क्लिनिकका संचालक डा. अजय कुमार साहले आफ्नो स्व. हजुरबुवा असर्फी साह र हजुरआमा रामरती देवीको स्मृति दिवसमा जेष्ठ १ र २ गते गरी आयोजित दुई दिने सिविरमा ६ सय ५५ जनाले निशुल्क दन्त उपचार गराएका छन । नेपालमा पहिलो पटक निजी स्तरबाट आयोजित निशुल्क कृत्रिम दन्त सिविरमा ३ सय २० जनाले दाात उखेलेका थिए । भने १ सय जनाले दाात भरेका थिए । त्यसैगरी ५० जनाको दाात सफा गरेका थिए भने ९५ जनाले आंशिक दाात लगाएका थिए । त्यसैगरी तलमाथि दुवै गिजामा पााच जनाले २८ वटै दाात लगाएका थिए ।यसका साथै निशुल्क औषधि वितरण गरेका डा.साहले यसअघि तीन महिनाभित्र धनुषाको ढल्केवर, नक्टाझिज, शान्तिपुर, तारापट्टी, मिथिलेश्वर मौवाही, भुतही, जनकपुर र महोत्तरीको रामनगर, लोहारपट्टी, बल्वासरपल्लो गरी ९ ठाउामा निशुल्क दन्त सिविर आयोजन गरेका छन । डा.साहका अनुसार भुतहीमा गरिएको सेवा निजी खर्चमा लिने हो भने कुल ५ देखि ६ लाख रुपैयाासम्म खर्च हुन सक्थ्यो । उक्त सिविर आयोजना गर्न आफुले रु.१ लाखको नगद तिरेर औषधि किनेर वितरण गरेको बताएका थिए ।  सेवा लिनेहरु मध्ये अघिकांश वृद्धवृद्धा थिए भने वढी महिलाहरुमा दाात किराले खाएको समस्या देखिएको थियो ।

No comments:

Post a Comment