Sunday, May 19, 2013

सद्भावनाका नेताहरु आमरण अनशनमा

द एक्सक्लुसिभ सम्वाददाता


सद्भावना पार्टीको केन्द्रीय निर्देशन अनुसार सामेबारदेखि जनकपुरसहित मधेशभर पार्टीका नेताहरुले विभिन्न माग राखि आमरण अनसन सुरु गरेका छन् । यसै क्रममा जिल्ला कार्यसमिति धनुषाले पनि विभिन्न माग राख्दै जनकपुरको जनक चौकमा आमरण अनशन सुरु गरेका हुन् ।
     सुनसरीमा भ्रष्टाचारको विरोधमा तथा अन्य राष्टिूय मुद्दाहरुको साथमा स्थानीय मागहरु समेत राख्दै आमरण अनसन सुरु गरिएको छ । सोमबार बिहान आठ बजेदेखि सुरु भएको आमरण अनसनमा केन्द्रीय सदस्यहरु लालकिशोर साह, राजिव झा, निभा साह, क्षेत्रीय अध्यक्ष लक्ष्मण महतो तथा दलित उत्थान मञ्चका केन्द्रीय महासचिव सरगुन पासवानले आमरण अनसन सुरु गरेका छन् । सद्भावना पार्टी जिल्ला कार्य समिति धनुषाले स्थानीय स्तरमा पााच वटा माग राख्दै आमरण अनसन सुरु गरेका हुन् । उक्त मागहरुमध्ये ज.चु.का.लि.को जेनरेटर तथा नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रको जेनरेटर लोडसेडिङको समयमा संचालन गरी धनुषालाई लोडसेडिङ मुक्त घोषणा गर्नुपर्ने, ज.चु.का.लि.का  सम्पुर्ण कार्यरत कर्मचारी र अवकाशप्राप्त कर्मचारीको बााकी रहेको तलब अविलम्ब चुक्ता गरी कारखानालाई  संचालनमा ल्याउनु पर्ने, शिक्षित बेरोजगार युवालाई रोजगारी अथवा बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने, धनुषा जिल्ला अन्तरगतको हुलाकी सडक कालोपत्रेका लागि अगामी बजेटमा व्यवस्था हुनुपर्ने तथा अन्तरगृह परिक्रमा सडकमा कालोपत्रे गर्नु पर्ने लगायतका रहेका छन् । यो मागहरुको सुनुवाई नभए सम्म अनसन जारी रहने पार्टीका जिल्ला अध्यक्ष संजय कुमार सिंहले जानकारी दिएका छन् ।
    आमरण अनशनकारी लाल किशोर साह भन्छन,“ अनशनमा बसेको ६ दिन वितिसक्दा पनि स्थानीय प्रशासनले कुनै खोजखबर लिएको छैन । स्थानीय मााग सहित राष्टिूय माागका खातिर आमरण अनशनमा बस्दा पनि राज्यले वास्ता नगर्नु राज्य विहिन्ताको अवस्थामा छौ ।” अर्को अनशनकारी केन्द्रिय नेता राजीव झा भन्छन,“ जनकपुरका स्थानीय जायज मुद्दालाई राज्यले अविलम्ब सम्बोधन गर्नु पर्दछ । सम्बोधन नभएसम्म आमरण अनशन जारी रहने छ ।” यता अनशनकारीहरुको स्वास्थ्य स्थिति विग्रदै गएपनि कुनै चाासो लिइएको छैन ।
उता, महोत्तरीको जलेश्वरनाथ महादेवको मन्दिरमा सद्भावना पार्टी जिल्ला कार्य समितिले आमरन अनसन थालेका छन् । उक्त अनसनमा पार्टीका केन्द्रीय सदस्य रमण पाण्डे, राष्टिूय सल्लाहकार समितिका सदस्य अरुण सिंह थारु, जिल्ला सदस्य कृष्णदेव प्रसाद शर्मा तथा सकृय सदस्य रामबाबु प्रसाद साह रहेको पार्टीका जिल्ला सदस्य धर्मेन्द्र रायले जानकारी दिएका छन् । निर्वाचनको तिथि घोषणा लगायत १० बुादे माग राख्दै सद्भावना पार्टीद्धारा सुरु गरिएको आमरण अनसन सोमबार देखि मधेशको २२ जिल्लामा शुरु गरिएको छ ।

No comments:

Post a Comment