Thursday, December 28, 2017

अन्तरबार्ता ः २ नम्बर प्रदेशको राजधानी जनकपुर तय नेपालमा चीनको हस्तक्षेप बढ्यो, अब भारतले ओलीसँग सम्बन्ध बढाउनुपर्छ ः अशोक मेहता

भारतीय सेनाका अवकाशप्राप्त जनरल अशोक मेहता नेपालको राजनीतिक मामिलामा गहिरो चासो राख्छन् । नेपाली भाषा बोल्नसक्ने मेहता नेपालका विषयमा नियमित कलम चलाउँछन् । भारतको द पायोनियर पत्रिकामा उनका लेखहरू नियमित प्रकाशित हुन्छन् । उनको भनाइ भारतीय संस्थापनको आवाजसँग मिल्दोजुल्दो पाइन्छ । नेपालमा वामपन्थी गठबन्धनले भारी बहुमत पाएको सन्दर्भमा नयाँ बन्ने सरकारसँग भारतले कस्तो व्यवहार गर्ला भनेर द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले सोमवार साँझ  मेहतासँग टेलिफोन अन्तर्वार्ता गरेका थिए । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश ः

नेपालमा भर्खरै सम्पन्न भएको निर्वाचन परिणामलाई तपाईंले कसरी लिनुभएको छ ?
म त त्यो परिणामलाई धेरै राम्रो दृष्टिकोणले हेरिरहेको छु । धेरै लामो समयपछि नेपालमा बहुमतको सरकार बन्नेछ । अब देश राजनीतिक स्थिरतातर्फ अगाडि बढ्नेछ । संविधान निर्माण भइसकेको छ । अब नेपाल आर्थिक उन्नतिको बाटोमा अगाडि बढ्नेछ । जसरी हाम्रो प्रधानमन्त्री मोदीजीले भन्नुहुन्छ नि ‘सबका विकास’, त्यसैगरी नेपाल पनि विकासको बाटोमा अग्रसर हुनेछ । राजनीतिक स्थिरता भएमा मात्र विकास सम्भव हुन्छ । गठबन्धन सरकारको प्रस्ट बहुमत हुन्छ ।
माओवादी र एमालेबीच एकता हुन्छ भने झन् राम्रो हो तर मलाई तिनीहरूबीच अहिले नै पार्टी एकता हुन्छ जस्तो लाग्दैन । तैपनि तिनीहरूबीच गठबन्धन कायमै रहन सक्यो भने त्यो नेपालको लागि पनि धेरै राम्रो कुरा हुनेछ । त्यसले नेपालको उन्नतिका लागि बाटो खोल्नेछ । अर्को कुरा म के भन्न चाहन्छु भने नेपालको संविधानअनुसार पनि सरकारविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव संसदमा लान सकिन्न । त्यसले पनि राजनीतिक स्थिरता कायम रहन मद्दत गर्नेछ अनि देशको आर्थिक उन्नति हुनेछ ।
तपाईंले माओवादी र एमालेबीच तत्कालै पार्टी एकता सम्भव छैन भन्नुभयो । किन एकता सम्भव छैन तत्कालै ?
मलाई के लाग्छ भने ती दुई पार्टीहरूबीच सम्झौता भइसकेको भएपनि एकता चाहिँ तत्कालै सम्भव छैन । एकता बिल्कुलै असम्भव छ पनि म भन्दिनँ ।  तिनीहरूबीच पार्टी एकता पनि हुनसक्छ । तर फेरि केही दिन बितेपछि अलग्गिने सम्भावना पनि जीवितै रहेको कुरालाई नकार्न पनि त सकिन्न ।
नेपालमा भारतको प्रभाव बिस्तारै कम हुँदै गएको हो ? 
यो त पूरै दक्षिण एसियामै देखिएको छ । चीन अहिले आफ्नो आर्थिक शक्तिको भरपूर प्रयोग गरिरहेको छ । अपÞm्गÞानिस्तानलाई सामिल गर्दै चीनले दक्षिण एसियाका देशहरूमा आफ्नो प्रभाव बढाइरहेको छ । चाहे त्यो पाकिस्तान, श्रीलंका, बंगलादेश, बर्मा वा नेपाल नै किन नहोस् ( त्यहाँ उसले आफ्नो प्रभाव बढाइरहेको छ । भुटानबाहेक अन्यत्र सबैतिर उसको प्रभावशाली उपस्थिति छ । चीनले पहिलेपहिले ‘हामी अरू देशको आन्तरिक मामिलामा कुनै चासो राख्नेछैनौं’ भन्ने गर्थ्यो । तर अब चीन पहिलेजस्तो छैन । चीन १०(१५ वर्ष पहिले ‘नो पोलिटिकल इन्टरफेरेन्स इन् देयर इन्टर्नल अफेयर्स’ भन्थ्यो । तर अब त्यो कुरा छैन । अब हरेक ठाउँमा आफ्नो आर्थिक तागतका कारण उसले हस्तक्षेप गरिरहेको छ । नेपालमा पनि उसको हस्तक्षेप पछिलो समयमा अत्यन्तै बढेको छ ।  
एक जमानामा ओलीजी विदेशमन्त्री हुँदा भारतसँग उहाँको धेरै नै राम्रो सम्बन्ध थियो । पछिल्लो समय नाकाबन्दी भएपछि नेपाली जनतालाई धेरै  नै चोट पुगेको थियो । त्यो चोटको राजनीतिक फाइदा ओलीजीले धेरै राम्रोसँग उठाउनुभयो ।
नेपालमा अब बन्न गइरहेको वामपन्थी दलहरूको नेतृत्वको सरकारसँग भारतको सम्बन्ध कस्तो होला ?
अहिले बन्न गइरहेको सरकार ‘लेफ्ट अलायन्स’ (वाम गठबन्धन) को हो । त्यो अलायन्सको सोच चीनसँग मिल्दोजुल्दो छ भन्ने कुरामा धेरै मानिसलाई शंका नभएको होइन । तर नेपाली वामहरूको सोच फरक किन पनि छ भने नेपालका लेफ्ट पार्टीहरू ‘डेमोक्रेटिक सोसियलिजम’ (लोकतान्त्रिक समाजवाद) मा विश्वास गर्छन् । चीनको र नेपालका लेफ्ट पार्टीहरूको राजनीति गर्ने तरिकामा नै फरक छ । केही कÞुराहरूमा तिनीहरूबीच समानता पनि हुन सक्छ । तर राजनीति र लोकतन्त्रको कुरा आउँदा उनीहरूबीचको फरक देखिन्छ ।
माओवादी अब मूलधारमा आइसकेको छ । एमाले पनि लोकतान्त्रिक पार्टी नै हो । चाहे त्यो लेफ्ट पार्टी नै किन नहोस् । यो कुरा पनि सत्य हो ( नेपालका लेफ्ट पार्टीहरूको प्रभाव चीनसँग मिल्दोजुल्दो हुनसक्छ ।  तपाईंलाई थाहा होला नेपालका निर्माता पृथ्वीनारायण शाहले १७४६ मा भनेका थिए ( नेपाल दुई ढुङ्गाबीचको तरुल हो । अनि नेपालले चीन र भारत दुवैलाई सन्तुलन गर्नुपर्छ । पृथ्वीनारायण शाहले भनेका कुरा अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । केपी ओलीजी प्रधानमन्त्री बन्दै हुनुहुन्छ र त्यसमा अब कसैलाई शंका पनि नहोला । उहाँले भनिसक्नु भएको छ ( ‘वी विल फलो अ ब्यालेन्स्ड पोलिसी बिटवीन इन्डिया  एन्ड चाइना’ (हामी भारत र चीनबीच सन्तुलनको नीति अपनाउँछौं) । मलाई लाग्छ, ओलीजीले जे भनिरहनुभएको छ त्यसैगरी विदेशनीति पनि कार्यान्वयन गर्नुहुनेछ ।
अनि भारतले पनि अब नेपाल कम्युनिस्ट देश बन्नेछ, चीनतर्फ बढ़ी बफादार हुनेछ भनी सोच्नु भएन । भारतले अब नेपाललाई बड़ो ध्यानपूर्वक हेर्नुपर्ने हुन्छ । चीनले श्रीलंका, पाकिस्तान, बर्मा, अफगानिस्तान अनि अफ्रिकी देशहरूमा के गरेको छ भनी भारतले हेर्नुपर्छ । नेपाललाई श्रीलंकाको दृष्टिकोणले हेर्नुभएन नि भारतले । अर्को कुरा के हो भने भारत र नेपालबीच    लक्ष्मणरेखा पनि छ ।
मलाई लाग्छ, ओलीजीले जे भनिरहनुभएको छ त्यसैगरी विदेशनीति    पनि   कार्यान्वयन गर्नुहुनेछ ।
नेपाल र  भारतबीचको सम्बन्धमा चीनका लागि केही रेड लाइन्स अर्थात् लक्ष्मणरेखाहरू पनि छन् । चीनले त्यो कुरा स्मरण गर्नु जरूरी छ । चीनले नेपालमा केही हाइडूो प्रोजेक्ट वा एक्सप्रेसवे वा हाउजिङ प्रोजेक्ट्स लगायत थुप्रै परियोजना लागू गर्न चाहेको छ । चीनले रेल्वे लाइन लुम्बिनीसम्म लग्न चाहेको छ । अन्य थुप्रै कतिपय परियोजनाहरू ऊ लागू गर्न चाहन्छ । त्यो परिस्थितिमा भारतसँग नेपालले अवश्य नै कुरा गर्नुपर्ने हुन्छ ।
दोस्रो कुरा के हो भने नेपालको तराई मधेश क्षेत्रमा  नेपाल र भारतबीच समझौता नै भएको छ । सम्झौताअनुसार, चीनको कुनै पनि परियोजना तराईमा बन्दैन । जस्तै, सन् १९८५ मा पूर्व(पश्चिम कोहलपुर राजमार्ग बन्न लाग्दा  चीनले सबभन्दा कम बोली लगाएको (लोवेस्ट बिडर) थियो । तैपनि राजा वीरेन्द्रले चीनलाई त्यो परियोजना दिएनन् । भारतले मधेशमा चीनको लगानी होस् भन्ने चाहँदैन किनभने चीनको मजदूर सँगसँगै सेना पनि परियोजनामा काम गर्न आउने गर्छ । चिनियाँ सेना र नेपाली सेनाबीच साटासाट भयो भने वा सेनाको संख्या बढ्यो भने भारतले त्यसको विरोध गर्नेछ ।
नेपालले भारतमा थुप्रै नेपाली सैनिकहरू कार्यरत छन् भन्ने बुझ्नुपर्छ । त्यसैले नेपाली सेना र चिनियाँ सेनाबीचमा बड़ो सावधानीपूर्वक सम्बन्ध स्थापित हुनुपर्दछ । त्यसको कुनै पनि नकारात्मक असर भारतलाई नपरोस् भनी सचेत हुनुपर्छ । चीन नेपालको तराईसँग सम्पर्क (कनेक्टिभिटी) को बहानामा आफ्नो क्रियाकलाप (एक्टिभिटी) गर्न चाहन्छ । 
त्यसैले नेपालमा बन्ने नयाँ सरकारले यी कुराहरूमाथि अवश्य नै सोचविचार गर्नेछ । सन् १९५० को शान्ति तथा मैत्री सम्झौता अझै पनि कायम छ । दुवै देशले यो कुरा बिर्सनुहुँदैन । केपी ओलीजी प्रधानमन्त्री भएको बेलामा चीनसँग  १० वटा सम्झौता गर्नुभएको थियो, त्यसैले स्वाभाविक रूपमा भारतमा पनि के भावना छ भने ओलीजीले  चीनतर्फ  बढ़ी   झुकाव राख्नुहुनेछ । चीनसँग वहाँले भारतको स्वार्थ र सुरक्षाको सरोकारमाथि प्रश्न उठ्नेगरी  सम्झौता गर्नुहुँदैन । 
विगतमा भारतसँग ओलीजीको सम्बन्ध तिक्ततापूर्ण रह्यो । के अब सम्बन्धमा सुधार आउला  ?
अवश्य नै सुधार आउँछ । उहाँले नेपालमा सरकार बनाउनुहुनेछ । ओलीजी नेपालको प्रधानमन्त्री बन्नुहुनेछ । कमसेकम दुईदेखि पूरै पाँच वर्षका लागि प्रधानमन्त्री उहाँ नै रहनुहुनेछ । नेपालको जनताले वाम गठबन्धनलाई भोट दिएका छन् । लेफ्ट अलायन्सको प्रधानमन्त्री केपी ओली नै हो ।  एक जमानामा ओलीजी विदेशमन्त्री हुँदा भारतसँग उहाँको धेरै नै राम्रो सम्बन्ध थियो । पछिल्लो समय नाकाबन्दी भएपछि नेपाली जनतालाई धेरै  नै चोट पुगेको थियो । त्यो चोटको राजनीतिक फाइदा ओलीजीले धेरै राम्रोसँग उठाउनुभयो । नाकाबन्दीकै कारण उहाँ आफ्नो देशमा राष्टूवादी नेताको रूपमा उदाउन सफल हुनुभएको हो ।
उहाँलाई नेपाली जनताले पत्याएका छन् । नाकाबन्दीबाट यदि कसैलाई फाइदा पुगेको छ भने त्यो ओलीजीलाई मात्र हो । नाकाबन्दीकै कारण उहाँको नजर चीनतर्फ पुग्यो । नाकाबन्दी नभइदिएको भए शायद उहाँले चीनसँग ती सम्झौताहरू नै गर्नुहुन्थेन  । उहाँले केही सम्झौता नाकाबन्दीको दबाबका कारण गर्नुभयो भने केही सम्झौता भारतलाई सन्तुलनमा राख्नका लागि गर्नुभयो । यो त राजनीतिको तरिका नै हो । त्यो त पृथ्वीनारायण शाहले  सिकाएको तरिका नै हो  । 
तर अब उहाँले दुई छिमेकीबीच सन्तुलन कायम राख्छु भनिसक्नुभएको छ  । त्यसैले अब सम्बन्ध सुूिन्छ ।  उहाँ प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणमा आउनुभएको बेलामा थियो मैले उहाँलाई सोधेको पनि थिएँ ( भारतसँग तपाईंको सम्बन्ध कस्तो छ ? अनि उहाँले मलाई भन्नुभएको थियो  । केही असमझदारी मात्र भएको हो । त्यो असमझदारी हामीले हटाइसकेका छौं । तर मलाई त्यो असमझदारी अझै पनि छँदैछ जस्तो लाग्छ । तर कÞुराकानीको माध्यमले त्यो हट्नसक्छ ।  भारतबाट अलिकति गल्ती त भएकै हो । भारतले संविधानलाई जसरी स्वागत गर्नुपर्ने थियो, त्यो नगरेर गल्ती गरेकै हो ।
मलाई लाग्छ, उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई राम्ररी बुझ्नुभएको छ । नेपाल र भारतबीच खुला सिमाना छ, १९५० को सन्धि छ, हाम्रो इतिहास, भूगोल, रोटीबेटीको सम्बन्धको तुलना चीनले कहिल्यै पनि गर्न सक्दैन । त्यसैले भारत आफ्नो ठाउँमा छ, चीन आफ्नो ठाउँमा छ । त्यो कुरालाई ओलीजीले राम्रो तरिकाले बुझ्नुभएको छ ।
भारतको नेपाल नीति फेल खायो भनेर यहाँ टिप्पणी हुन्छ । के भारतले नेपाल नीतिमा समीक्षा गर्ला त ?
भारतबाट अलिकति गल्ती त भएकै हो । भारतले संविधानलाई जसरी स्वागत गर्नुपर्ने थियो, त्यो नगरेर गल्ती गरेकै हो । त्यसको ठाउँमा भारतले खासगरी मधेशी समुदायको आधारभूत अधिकारहरू संविधानमा समेटेर समावेशी संविधान बनाओ भनेर  भनेको हो ।
भारतले त्यसैको प्रचार गर्ने कोशिश ग(यो । भारतको भनाइ ठीक थियो तर तरिका एकदमै गलत थियो । नाकाबन्दी नगर्नुपर्ने थियो । भारतको कूटनीति त्यहाँ फेल भएकै हो । नाकाबन्दीका कारण नेपाली जनताले जे झेल्नुप(यो, त्यो कुराले नेपालमा भारतविरोधी भावना बढ्यो । त्यसले गर्दा आज ओलीजीको पक्षमा बहुमत आएको छ । मलाई लाग्छ, त्यसपछि भारतले संविधानको विषयमा धेरै कुरा भनेको छैन । समावेशी बनाऊ मात्र भनेको हो । संविधान संशोधनको विषय संसदमा लगिएको पनि थियो तर ओलीजीको विरोधका कारण पारित हुनसकेन  ।
के संविधान संशोधनको विषय अब सकियो ?
त्यो मुद्दा त रहिरहन्छ । ओलीजीले अहिले तत्कालै संशोधन नगरेपनि पछि त गर्नैपर्छ किनभने लेफ्ट अलायन्समा प्रचण्डजी पनि हुनुहुन्छ । उहाँले संशोधन प्रस्तावलाई समर्थन गर्नुभएको छ । केही वर्षपछि भएपनि संशोधन त गर्नैपर्छ ।


२०७४  पौष ०९ गते  आईतवार

२ नम्बर प्रदेशको राजधानी जनकपुर तय प्रदेशसभा र मुख्यमन्त्री निवास लगायत पुर्वाधारहरु चुरोट कारखानामा बनाउने सरकारको तयारी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नं.२ को राजधानी जनकपुरलाई बनाउने तयारी नेपाल सरकारले अगाडी वढाएको छ । धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा र रौतहट गरी कुल ८ वटा जिल्लाहरु समावेश भएको प्रदेश नं.२ को राजधानी जनकपुर हुने पक्का पक्की भएको छ । राजधानीका लागि आवश्यक पुर्वाधारहरु व्यवस्थापनका लागि नेपाल सरकारले आन्तरिक तयारी अगाडी वढाईसकेको छ । त्यसका लागि नेपाल सरकारको स्वामित्वमा रहेको जनकपुर चुरोट कारखानाको जग्गा सम्पति, भवन तथा भौतिक संरचनाहरु जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा हस्तान्तरणको प्रक्रिया अगाडी समेत वढिसकेको छ । साविक जनकपुर चुरोट कारखाना लिमिटेडको मुख्य कार्यालय परिसर भित्रको संरचनाहरु २ नम्बर प्रदेश प्रहरी कार्यालय, निवास तथा व्यारेक प्रयोजनको लागि प्रयोग गर्नुपर्ने भएकोले सो क्षेत्रको जमिन र संरचनाहरु अर्को व्यवस्था नभएसम्म सोही अनुसार प्रदेश नं.२ प्रमुखबाट तोकिए अनुसार बरबुझारथ समेत जिल्ला प्रशासन कार्यालय धनुषालाई गरिएको छ ।
नेपाल सरकारको तयारी अनुसार प्रदेश प्रमुखको सचिवालय र निवास, प्रदेश सभा भवन, मुख्यमन्त्री र प्रदेश परिषदको कार्यालय, मुख्यमन्त्री निवास, मन्त्रालयका मन्त्रीहरुको निवास, मुख्य सचिव, सचिवहरु र अन्य कर्मचारीहरुको निवासका लागि जनकपुर चुरोट कारखानाको सम्पति तथा भवनहरु प्रयोगमा ल्याउन नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई निर्देशन समेत दिईसकेको छ ।
प्रदेशसभाका लागि चुरोट कारखानाको कभर्ड हल, प्रदेश प्रमुखका सचिवालय तथा निवासका लागि जिएम
यस अघि नेपाल सरकारको पुर्ण स्वामित्वमा स्थापित रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को जग्गा, सम्पति, भवन तथा भौतिक संरचना र यन्त्र उपकरणहरु जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा हस्तान्तरण गर्ने प्रक्रिया अगाडी वढाइएको थियो । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गृहमन्त्री भएको बेला बन्द रहेको जचुकालिलाई प्रदेश नम्बर २ को प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयको मातहतमा ल्याउन प्रक्रिया अगाडी वढाएका थिए ।
भविष्यमा प्रदेश नं. २ को राजधानी जनकपुर हुने र विधानसभा, मुख्यमन्त्री निवास, कार्यालय लगायत विभिन्न पुर्वाधार तथा संरचनाहरुको आवश्यकता पर्ने हुनाले विगत ४ बर्ष देखि पुर्णतः बन्द रहेको जचुकालिलाई त्यस प्रयोजन निम्ति प्रयोग गर्नका लागि नेपाल सरकारको मन्त्री परिषदले निर्णय गरी जिल्ला प्रशासन कार्यालय धनुषाको नाममा कारखानाको सम्पति हस्तान्तरण गर्ने निर्णय गरेपछि उक्त प्रक्रिया अगाडी वढेको छ ।
नेपाल सरकारको स्वामित्वमा स्थापित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) हाल बन्द अवस्थामा रहेको छ । जचुकालिको नाममा रहेको धनुषा जिल्ला स्थित ३३ विघा ३ का १२ धुर जग्गा र त्यहाँ रहेका भौतिक संरचना र यन्त्र उपकरणहरु प्रदेश नम्बर २ को उपयोग प्रयोजनको लागि संरक्षण गरी राख्न जिल्ला प्रशासन कार्यालय धनुषा मातहतमा राख्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले २ जेष्ठ २०७४ मा उद्योग मन्त्रालयलाई अनुरोध गरेको थियो ।
प्रदेश नम्बर २ को उपयोग प्रयोजनको लागि पछि सम्बद्ध निकायबाट हुने निर्णय बमोजिम कार्यान्वयन हुने गरी उल्लेखित जग्गा तथा भौतिक संरचनाहरुको सम्बन्धमा अन्य कुनै निर्णय नगर्ने, उल्लेखित जग्गा र भवन लगायतका संरचनाहरुको संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा राख्ने व्यवस्था मिलाउन आवश्यक निर्णयका लागि मन्त्री परिषदमा प्रस्ताव प्रस्तुत गर्ने भनि गृहमन्त्रालयको सचिव स्तरबाट २ जेष्ठ २०७४ मा निर्णय गरी उद्योग मन्त्रालयलाई पत्र पठाइएको थियो ।
नेपाल सरकार (मन्त्रीपरिषद) को २० अषाढ २०७० को निर्णय अनुसार जचुकालिमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई पेअफ गरिएको र सोही निर्णयको आधारमा हाल जचुकालिको भौतिक सम्पतिको व्यवस्थापनका लागि भौतिक परीक्षण गर्ने कार्य भईरहेको उद्योग मन्त्रालयले गृहमन्त्रालयलाई जवाफ दिएको थियो । जचुकालिको आर्थिक बर्ष २०७०÷०७१ सम्मको लेखा परीक्षण गरी महालेखा परीक्षकको कार्यालयबाट प्राप्त लेखा परीक्षण प्रतिवेदनमा नेपाल सरकार तथा अन्य बैंक, वित्तिय संस्थाबाट जचुकालिले लिएको ऋण लगायत जचुकालिले भुक्तानी गर्नुपर्ने समेत गरी करिब ३ अर्ब रुपैयाँ भन्दा वढी दायित्व रहेको देखिएकोले सो दायित्व फरफारकका लागि नेपाल सरकारले स्रोतको समेत उचित व्यवस्थापन गर्नु आवश्यक देखिएको भन्दै ४ जेष्ठ २०७४ मा उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोइरालाले उद्योग मन्त्रालयमा प्रस्ताव पेस गरेका थिए ।
मुलुकको संघीय संरचना अनुसार बन्ने संघीय संरचनाको केन्द्रका लागि आवश्यक पर्ने संरचना लगायत पुर्वाधार निर्माणका लागि आवश्यक पर्ने क्षेत्रको संरक्षण गर्नु आवश्यक देखिएको भनि धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईको अध्यक्षतामा जग्गा प्राप्तिको लागि ३ पुष २०७३ मा बैठक बसेको थियो । उक्त बैठकले जचुकालिको जग्गा, भवन तथा उपकरणहरु समेत संरक्षणको लागि उद्योग मन्त्रालयमा अनुरोध गरिएपछि उक्त विषय सम्बन्धमा निर्णयार्थ पेश हुँदा नेपाल सरकार (मन्त्रीपरिषद) समक्ष पेश गर्न उद्योग मन्त्रीले ४ जेष्ठ २०७४ मा उद्योग सचिवलाई निर्देशन गरिएको थियो ।
त्यसपछि ८ जेष्ठ २०७४ मा गृहमन्त्रालयको आन्तरिक व्यवस्था ‘ख’ शाखाले जचुकालिको जग्गा तथा भौतिक संरचना संरक्षण सम्बन्धमा उद्योग मन्त्रालयबाट प्रस्ताव पेश भई नेपाल सरकार मन्त्री परिषदबाट ४ जेष्ठ २०७४ मा भएको निर्णयको छाया प्रति जिल्ला प्रशासन कार्यालय धनुषालाई पठाइएको थियो । लगत्तै १५ साउन २०७४ मा जिल्ला प्रशासन कार्यालय धनुषाले जचुकालिको आवश्यक सुरक्षा व्यवस्था मिलाउन भन्दै जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरिएको थियो ।
१७ साउन २०७४ मा जिल्ला प्रशासन कार्यालय धनुषाले सोही निर्णय अनुसार जचुकालिको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरुलाई बस्नको लागि आवश्यक आवासको व्यवस्था गरिदिन भन्दै जचुकालिलाई पत्राचार गरेको थियो । उक्त पत्राचार भएपछि जचुकालिका लेखा अधिकृत प्रेम प्रसाद निरौलाले आवश्यक व्यवस्थापनको लागि निर्देशन दिन भन्दै १७ साउन २०७४ मा उद्योग मन्त्रालयलाई पत्राचार गरेका थिए ।
हस्तान्तरण प्रक्रियाका जटिलता
जिल्ला प्रशासन कार्यालय धनुषालाई कारखानाको नाउँमा रहेको जग्गा, भवन र भौतिक संरचना, उपकरण तथा अन्य सम्पुर्ण भौतिक सामाग्रीको हस्तान्तरण कुन प्रक्रियाबाट गर्ने गराउने, सबै जग्गा भवन बुझाएपछि कारखाना (कम्पनी) को कार्य संचालन कहाँबाट कसरी गर्ने भन्ने प्रश्न सहित जचुकालिले उद्योग मन्त्रालयबाट निर्देशन मागेको देखिन्छ । हाल भईरहेको कारखानाको भौतिक परीक्षण कार्यको सम्बन्धमा के कस्तो प्रक्रिया अपनाउने, कारखानाले लिनुदिनु पर्ने दायित्व तथा भएका लेखा श्रेष्ता र लेखा परीक्षण गर्न गराउन बाँकी रहेका कार्यहरु कसरी सम्पादन गर्ने, हाल सेवा करारमा कार्यरत कर्मचारीहरुलाई कहिले सम्म काममा लगाउने लगायतका प्रश्नहरुको जवाफ जचुकालिले उद्योग मन्त्रालयसँग माग गरेको छ ।
कारखाना (कम्पनी) को अस्तित्वको सम्बन्धमा के हुने, लिक्विडेशन गर्ने वा के गर्ने, कम्पनी रजिष्टूार कार्यालय तथा सम्बन्धित कर कार्यालयमा कम्पनीको विवरण अद्यावधिक गर्ने वा नगर्ने, जनकपुर बाहेक अन्यत्र रहेका कारखानाको जग्गा तथा भवन र अन्य भौतिक सरसामान सम्पतिको जिम्मेवारी एवम संरक्षण कुन निकायबाट कसरी सम्पादन हुने लगायतका प्रश्नहरुको जवाफ कारखानाले उद्योग मन्त्रालयसँग माग गरेको छ ।
 नेपाल सरकार (मन्त्री परिषद)को २० अषाढ २०७० को निर्णयानुसार जचुकालिको सम्पति उद्योग मन्त्रालयको नाममा नामसारी गर्नुपर्ने भनेर निर्णय भएकोमा हाल नयाँ निर्णयको सन्दर्भमा के गर्ने, कारखानाको लिनुदिनु दायित्व निकासा पछि हिसाव किताव राफसाफ र भुक्तानीको प्रक्रिया कसरी अबलम्बन  गर्ने, कारखाना वादी र प्रतिवादी भई हाल विभिन्न अदालतमा चलिरहेको मुद्दाहरुका सम्बन्धमा के गर्ने भन्ने प्रश्नहरु उत्पन्न भएकाले ती प्रश्नहरुको जवाफ सहित आवश्यक निर्देशनका लागि जचुकालिका लेखा अधिकृत निरौलाले उद्योग मन्त्रालयमा पत्राचार गरेको छ ।
त्यसपछि २२ साउन २०७४ मा जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः कारखानाको अधिनस्त जग्गा जमिन र संरचनाहरु गृहमन्त्रालय अन्तरगत ल्याउने नेपाल सरकारको निर्णय अनुसार सबै सम्पति सुरक्षा गर्नुपर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय धनुषामा आएको हुनाले हाल सुरक्षाको व्यवस्था गर्ने सम्बन्धमा र केही सुरक्षाकर्मीहरुलाई तत्काल राख्नुपर्ने भएकाले त्यहाँ कारखाना परिसर भित्रका कम्तिमा २ वटा विल्डिङग खाली गरी नेपाल प्रहरीको लागि उपलब्ध गराउन भनि जचुकालिलाई अत्यन्त जरुरी भन्दै पत्राचार गरिएको छ ।
सम्पति हस्तान्तरण गर्न नमिल्ने ः 
निवास, मुख्यमन्त्री र निवासको लागि डिजिएम निवास, ७ वटा मन्त्रालय र निवासको लागि डायरेक्टर निवास, प्रदेश मुख्य सचिवको लागि क्षेत्रिय विक्री कार्यालय परिसर र ५ जना सचिवहरुको निवासको लागि कर्मचारी आवासमा व्यवस्थापन गर्न नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्राचार गरेको छ । २९ असोज २०७४ मा उद्योग मन्त्रालयले जनकपुर चुरोट कारखानाको जग्गा, भौतिक संरचना तथा सरसामानहरु बुझिलिन भन्दै जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्राचार गरेको थियो । त्यसपछि कारखानाका ती सम्पतिहरु बुझ्नका लागि १२ कार्तिक २०७४ मा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा मकसुदन महासेठलाई खटाएको थियो । महासेठले कारखानाका सम्पतिहरु बुझ्ने काम गरिरहेका छन् । कारखानाको सम्पतिहरु बुझिरहेका महासेठले भने,‘ अहिलेसम्म करिब २ सय वटा कोठाहरु बुझेर ताल्चा लगाईसकेको छु । विभिन्न कोठाहरुमा रहेका फर्निचर लगायतका सामानहरु बुझिसकेको छु ।’ चुरोट कारखाना लामो समय देखि बन्द रहेका कारण आवास तथा भवनका कोठाहरु मर्मत संभार गर्नुपर्ने आवश्यकता देखिएकाले लगत अनुमान कस्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले सहरी भवन तथा डिभिजन कार्यालय धनुषालाई पत्राचार गरेको थियो । उक्त कार्यालयका प्राविधिक समेतको कर्मचारी खटेर ७ करोड ५० लाख रुपैयाँ मर्मत संभारका लागि आवश्यक पर्ने भनेर जिल्ला प्रशासन कार्यालय धनुषामा सिफारिस समेत गरिसकिएको डिभिजन कार्यालय धनुषाका प्रमुख गंगाराम यादवले बताए ।
कारखाना सम्पति हस्तान्तरण गर्न उद्योग मन्त्रालयबाट औपचारिक निर्देशन नआएको भन्दै जनकपुर चुरोट जवाफमा २३ साउन २०७४ मा जचुकालिले तत्काल कारखानाको सम्पति जिल्ला प्रशासनको नाममा हस्तान्तरण गर्न कुनै निर्देशन नभएकाले हस्तान्तरण गर्न नमिल्ने बताएको छ । कारखानाको अधिनस्त जग्गा, जमिन र संरचनाहरु गृहमन्त्रालय अन्तरगत ल्याउने नेपाल सरकारको निर्णय सम्बन्धमा यस कारखानालाई तालुक निकायबाट औपचारिक रुपमा हालसम्म कुनै जानकारी प्राप्त नभएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषालाई जचुकालिले जवाफ फर्काएको छ ।
२० अषाढ २०७० को नेपाल सरकारको निर्णयबाट कारखानाको सम्पुर्ण कामदार, कर्मचारीहरुलाई अवकास दिई उक्त निर्णय अनुसार नै उद्योग मन्त्रालय मातहत कारखानाको कर्मचारी पे अफ, लेखा श्रेष्ता अद्यावधिक, लेखा परीक्षण र भौतिक परीक्षण जस्ता कार्यहरु हालसम्पादन भएका र भईरहेको कारखानाले जनाएको छ । कतिपय निश्चित जिम्मेवारी तथा कार्यहरु अझै सम्पादनको प्रक्रिया र चरणमै रहेका हुनाले जचुकालि कानुनद्वारा स्थापित एक स्वायत्त निकाय भएको र यसको कानुनी अस्तित्व तथा लिनुदिनु पर्ने दायित्व पनि जिवितै रहेका सन्दर्भमा कारखानाको सम्पति हस्तान्तरण सम्बन्धि निश्चित प्रक्रिया अवलम्बन गर्नुपर्ने भन्दै कारखानाका लेखा अधिकृत निरौलाले जिल्ला प्रशासन कार्यालय धनुषालाई जवाफ फर्काएको छ ।
कारखानाको तालुक निकाय उद्योग मन्त्रालयबाट प्राप्त निर्देशन र तोकिएको हस्तान्तरण विधि अबलम्बन गरी माग भए बमोजिमको सम्पति हस्तान्तरण गर्न कारखाना व्यवस्थापनलाई सहज हुने हुँदा उद्योग मन्त्रालयको निर्देशन प्राप्त नहुन्जेल पर्खन निर्देशानुसार अनुरोध छ भन्दै कारखानाले जवाफ दिएपछि कारखानाको सम्पति हस्तान्तरण प्रक्रियामा कानुनी अड्चन देखा परेको छ ।
तर, पनि फेरी २५ साउन २०७४ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले कारखानाको सम्पति हस्तान्तरण गरिदिन उद्योग मन्त्रालयलाई पत्र मार्फत अनुरोध गरेको छ ।
    ४ जेष्ठ २०७४ को नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार चुरोट कारखानाको सम्पतिहरु जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गर्ने व्यवस्थाको लागि कारखानाको काम गर्न तोकिएको अधिकारी, पदाधिकारी र निकायलाई आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ । त्यसपछि उद्योग मन्त्रालयले जिल्ला प्रशासन कार्यालय धनुषालाई सम्पति हस्तान्तरण गर्न २९ पुष २०७४ मा जनकपुर चुरोट कारखानालाई बोदार्थ गर्दै पत्राचार गरेको थियो ।


२०७४  पौष ०९ गते  आईतवार

जिवनाथ चौधरी लगायत पाँच जनालाई पक्राउ गर्न अदालतद्वारा वारन्ट जारी

जिवनाथ चौधरी ।
पंकज झा ।
अजय अनुरागी
जनकपुरधाम............
जिवनाथ चौधरीलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारन्ट जारी गरेको छ । रामानन्द यूवा क्लवका पुर्व अध्यक्ष, मैथिली विकास कोष धनुषाका अध्यक्ष तथा होटेल सिता प्यालेसका संचालक चौधरीलाई पक्राउ गर्नका लागि अदालतले पक्राउ पुर्जी जारी गरी पक्राउ गर्न अदालतले आदेश गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा थुनछेक आदेशको क्रममा फरार रहेका प्रतिवादी चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । त्यसैगरी जनकपुर ६ बस्ने ४५ बर्षिय बालकृष्ण अग्रवाल, महोत्तरी धमौरा भगवतीपुर घर भई हाल जनकपुर ८ बस्ने बर्ष २६ को नवनित झा, जनकपुर ८ बस्ने बर्ष ३५ को आसुतोष झा भन्ने शशिभुषण झा, जनकपुर १० बस्ने बर्ष २७ पंकज कुमार महतोलाई समेत पक्राउ गर्न अदालतले वारन्ट जारी गरेको छ ।
७ पौष २०७४ मा धनुषा जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले उक्त आदेश गरेको हो । २ मंसिर २०७४ मा जनकपुर ९ बस्ने प्रकाश मिश्रलाई जिवनाथ चौधरीको अरहोट प्रतिवादी रितिक राज अग्रवाल लगायतका व्यक्तिहरुले पेट र छातीमा छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा अदालतले उक्त आदेश गरेको हो । पक्राउ परेका प्रतिवादीहरु मध्ये रितिक राज अग्रवाललाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न भनि आदेश दिएको हो । त्यसैगरी पक्राउ परेका अर्का प्रतिवादी रितिक अग्रवालकी आमा मञ्जु देवी अग्रवाललाई ४५ हजार रुपैयाँ धरौटि लिई अदालतले रिहा गरेको छ ।
न्यायाधीश पौडेलले गरेको आदेशमा भनिएको छ,‘ उल्लेखित तथ्यको आधारमा प्रतिवादी मध्येका रितिक राज अग्रवालको हकमा विचार गर्दा खाना खाजाको विषयलाई लिएर आफ्नो होटेलमा घाईतेसँग विवाद भएको तथ्यलाई यी प्रतिवादीले मौकामा स्वीकार गरेको देखिएको, आफ्नो होटेल बाहिर मानिसहरु झगडा गरेको आफुले सुनेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको देखिएको, जाहेरी, घाईतेको कागज, घटना विवरण कागज गर्ने मध्येका सागर यादव समेतको कागज र समग्र मिसिलको अध्योपान्त अध्ययन गर्दा प्रतिवादी मध्येका जिवनाथ चौधरीको अरहोटमा यी प्रतिवादी रितिक राज अग्रवालले ज्यान मार्ने उद्देश्यले घाईतेको पेट÷छातीमा छुरा प्रहार गरेको भन्ने देखियो ।’ घाईतेको घाउ चोटको अवस्था, घाउ चोट लागेको शरिरको भाग, अंग समेत संवेदनशिल देखिन आयो ।
नवनित झा ।
वारदातमा प्रयोग भएको हतियार समेत धारिलो भन्ने देखियो । तसर्थ उल्लेखित आधार प्रमाणबाट यी प्रतिवादी कसुरदार हुन भनि विश्वास गर्न सकिने मुनासिव आधार देखिएकोले पछि थप प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादी रितिक राज अग्रवाललाई थुनुवा पुर्जी दिई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्न कारागार शाखा जलेश्वरमा पठाईदिनु भनि    अदालतबाट आदेश गरिएको छ ।
घाईते प्रकाश मिश्रका बुवा बेदानन्द मिश्रले जाहेरी दिएपछि धनुषा प्रहरीले ८ मंसिर २०७४ मा प्रतिवादीहरु रितिक राज अग्रवाल र मञ्जु देवी अग्रवाललाई पक्राउ गरेको थियो । त्यसपछि घटनामा संलग्न रहेका तथा घटना वारदात पछि भागि फरार रहेका अन्य प्रतिवादीहरु जिवनाथ चौधरी, पंकज महतो, आसुतोष झा भन्ने शशिभुषण झा, नवनित झा र बालकृष्ण अग्रवाललाई खोजतलास गर्न जाँदा हालसम्म फेला पर्न नसकेको भनि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुरले २ पुष २०७४ मा जिल्ला प्रहरी कार्यालय धनुषामा प्रतिवेदन दिएको थियो । सोही आधारमा अदालतले फरार रहेका ती प्रतिवादीहरुलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।
 आफ्नो छोरा तथा सम्पुर्ण परिवार राष्टिूय जनता पार्टी नेपाल प्रति सर्मपित रहेकाले ती प्रतिवादीहरु नेपाली कांग्रेसमा लागि मेरो छोरालाई पटक पटक नेपाली कांग्रेसको समर्थन गर्न विभिन्न किसिमको दवाव दिँदा छोराले सो पार्टीको समर्थन गर्न इन्कार गरेको कारण ज्यानै मारिदिने धम्की समेत दिँदै आएको जाहेरीमा उल्लेख छ ।
आसुतोष झा भन्ने शशिभुषण झा ।
२ मंसिर २०७४ मा राति अन्दाजी साढे ९ बजेको समयमा प्रतिवादी जिवनाथ चौधरीको नेतृत्वमा पंकज महतो, आसुतोष झा, नवनित झा समेतका अपरिचित व्यक्तिहरु आई जवरजस्ती घर बाहिरको कम्पाउण्डमा ढोका खोली भित्र बसी जथाभावी रुपमा गाली गलौच गर्दै घर बाहिर रहेको फुलको गमलाहरुलाई तोडफोड गर्दै आज प्रकाशलाई नसिध्याई छाड्दिन भन्दै जिवनाथ चाौधरीले विवाद गरेको थियो । सोही समयमा जनकपुर उपमहानगरपालिका वडा नं. ८ का निर्वाचित वडा अध्यक्ष रमेश ठाकुर फौदार निजहरुलाई कसैको घरमा आई यस प्रकारको अन्याय नगर भन्दै सबै जनालाई जाउ भन्दा निजहरु त्यहाँबाट गए ।
 छोरा बजारबाट फर्किने क्रममा विपक्षीहरुको होटल निर पुग्दा ५÷७ जना अन्धयारोमा लुकिरहेको व्यक्तिहरु तथा उल्लेखित विपक्षीहरु एक्कासी छोरालाई समाति भाग्न उम्कन नदिई घेरा हाली कुटपिट गर्न लाग्दा रितिक राज अग्रवालले चाकुछुरीले एक्कासी छोराको पेटमा हाल्दा छोरा भुईमा लडेको थियो । घाईते छोरालाई तत्काल जनकपुर अञ्चल अस्पतालमा भर्ना गराई उपचार गर्न लगाउँदा छोरालाई पेटमा मार्ने नियतले छुरी प्रहार गरेको कारण स्थिति अत्यन्तै चिन्ताजनक देखि तत्काल चिकित्सकले यहाँ उपचार सम्भव नभएको भनि काठमाण्डौ लग्न सल्लाह दिए अनुसार एम्बुलेन्सबाट काठमाण्डौ स्थित नर्भिक अस्पतालमा आईसियूमा उपचार भएको घाईते प्रकाश मिश्रको बुवा बेदानन्द मिश्रले दिएको जाहेरीमा उल्लेख छ । प्रतिवादीहरु सातै जनालाई ५ देखि १२ बर्षसम्मको कैद सजाय अभियोग पत्रमा    माग दावी गरिएको छ ।


२०७४  पौष ०९ गते  आईतवार

Wednesday, November 22, 2017

प्रदेश सभाका लागि संघर्ष गर्दै रामबरण पुत्र

अजय अनुरागी
जनकपुरधाम............
देशका पुर्व राष्टूपति डा.रामबरण यादवका छोरा डा.चन्द्रमोहन यादव प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा संघर्ष गरिरहेका छन् । धनुषाको निर्वाचन क्षेत्र नं.४ को (१) मा नेपाली कांग्रेसबाट यादवले उम्मेदवारी दिएका छन् । संघीय समाजवादी फोरम नेपालका तर्फबाट ज्ञानेन्द्र कुमार यादव र बाम एकताबाट बाबुसाहेव यादवले उनलाई चुनौति दिईरहेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नं.५ बाट यसअघि निवर्तमान सांसद समेत रहेका यादव प्रदेश सभामा मत दिन भन्दै क्षेत्रमा घर दैलो गरिरहेका छन् । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसबाट डा.रामबरण यादव निर्वाचित भएका थिए । त्यसपछि डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो राष्टूपति पदमा निर्वाचित भएका थिए । त्यसपछि उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रामबरण यादवका छोरा चन्द्रमोहन यादवले टिकट पाएका थिए । तर, उपनिर्वाचनमा नेकपा एमालेका नेता रघुविर महासेठले चन्द्रमोहन यादवलाई पराजित गरेका थिए । चन्द्रमोहन अचानक चुनावी मैदानमा हाम फालेका थिए । त्यसकारण उनलाई पराजय भोग्नु परेको थियो । पछि २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा भने सोही क्षेत्रबाट नेपाली कांग्रेसबाट पुनः टिकट पाएपछि संविधानसभामा निर्वाचित भएका थिए । नेकपा एमालेका नेता रघुविर महासेठलाई पराजित गर्दै यादव निर्वाचित भएका थिए ।
संविधान निर्माणको काम संगसँगै विकास निर्माणको एजेण्डा लिएर सभाषदमा निर्वाचित भएपछि संविधान निर्माणको कार्यमा आफुले सक्रिय योगदान निर्वाह गरेको यादव बताउँछन् । मधेस आन्दोलनबाट उठेका असंतुष्टिहरु तथा अधिकार प्राप्तिका लागि उठेका आवाजहरुको सम्बोधन गरिनुपर्छ भन्दै पार्टी भित्र पनि संघर्ष गरेको तथा संविधान संशोधनका लागि नेपाली कांग्रेसलाई सहमत गराउन आफ्नो भुमिका पनि महत्वपुर्ण रहेको यादव दावी गर्छन् ।
संविधान सभाको निर्वाचनमा मत माग्न जाँदा सबैभन्दा पहिले जितेर गएपछि आफ्नो संसदीय क्षेत्रका प्रत्येक घरधुरीलाई मच्छरझुल प्रदान गर्ने भनेर प्रतिबद्धता गर्दा धेरैले पत्याएका थिएनन् । तर, सभाषदमा जितेको दुई महिना लगत्तै आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक घरका लागि झुल वितरण गरेको भन्दै यादव भन्छन,“ करिब २ हजार देखि २ हजार २ सय रुपैयाँ सम्म पर्ने प्रतिझुल क्षेत्रका ६१ हजार घरधुरीलाई मच्छरझुल वितरण गरें । नेपाल सरकारको आयोजनाबाट आफुले पहलकदमी गरेर करिब १२ करोड २० लाख रुपैयाँको झुल एउटा गैरसरकारी संस्था मार्फत वितरण गराएको थिएँ ।”
त्यसपछि सडक निर्माण देखि पुल निर्माण, विद्यालयको भवन निर्माण लगायत पुर्वाधारको विकासमा योगदान पुर्याएको उनको दावी छ । क्षिरेश्वरनाथ नगरपालिकाको एभरेष्ट पेपरमिल देखि शान्तिपुरसम्मको १ सय ५० मिटरको पुल निर्माण गराएको, रमदैयाको जानकी मेडिकल कलेज देखि सबैलासम्मको एसएनआरटिपी परियोजना अन्तरगत सडक निर्माण, ननुपट्टी देखि दोहैरसम्मको ५ करोडको सडक निर्माण लगायत विभिन्न ससाना परियोजनाको सडक निर्माण गराएको यादव दावी गर्छन् ।
त्यसैगरी सपहीको गजरियामा ४० करोडको लागतमा सिटीईभिटी अन्तरगत पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गराई पठनपाठन सुचारु गराएको, लक्ष्मिपुर बगेवामा भारतसरकारको सहयोगमा ५ करोड रुपैयाँको विद्यालयको भवन निर्माण गराएको, सपहीमा भारत सरकारको सहयोगमा ३ करोड रुपैयाँको विद्यालय भवन  निर्माण गराएको यादव दावी गर्छन् । यसका अतिरिक्त २ लाख, ३ लाख, ५ लाख देखि १५ लाख रुपैयाँ सम्मको कतिपय योजनाहरु अन्तरगत क्षेत्रका विभिन्न गाउँहरुमा संसदीय विकास कोष देखि अन्य योजनाहरु मार्फत विकास निर्माणको काम गराउन सफल भएको यादवको भनाई छ ।
निवर्तमान सांसदको हैसियतले धनुषा निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधि सभा सदस्यमै उम्मेदवारी दिने आफ्नो चाहना र इच्छा रहेको भएपनि पार्टीले प्रदेश नं.२ को प्रदेश सभामा जानका लागि अर्हाएपछि प्रदेशसभामा उम्मेदवारी दिएको यादव बताउँछन् । अहिले देशका पुर्व राष्टूपति तथा पहिलो राष्टूपति डा.रामबरण यादवलाई राज्यले सम्मान गर्न नसक्दा उनी दुःखि भएका छन् । राष्टूपति भनेको देशको एउटा संस्था हो, तर उक्त संस्थालाई राज्यले अपमान गर्दा एउटा व्यक्ति भन्दा पनि देशकै सर्बोच्चत्तम संस्थाको अपमान हुने हुँदा राज्यले सम्मान गर्न सक्नुपर्ने उनको भनाई छ । पुर्व राष्टूपति डा.रामबरण यादवका लागि दिइएको घर बहाल तथा घरबेटीद्वारा पटक पटक घर खाली गर्न पत्र पत्रिकामा सूचना प्रकाशित गरिरहेको परिपे्रक्ष्यमा उनको त्यो भनाई छ ।
आफुले प्रदेश सभामा जितेर गएको खण्डमा आफ्नो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा विकास गर्न ठुलो पहल गर्ने आश्वासन उनले दिईरहेका छन् । उनी भन्छन,“ यस क्षेत्रमा सबैभन्दा पहिले शिक्षामा ध्यान दिनु जरुरी छ । सरकारी विद्यालयहरुमा शिक्षाको स्तर अत्यन्तै खसेको कारण सबैभन्दा पहिले सरकारी स्कुलहरुमा राम्रो पढाईको बातावरण बनाउने तर्फ केन्द्रित हुनेछु ।”मान्छे शिक्षित भयो भने चेतना स्तरमा वृद्धि हुनुका साथसाथै सबै कुरा आपसेआप विकसित हुँदै जाने हुनाले शिक्षा पहिलो प्राथमिकता भएको यादव बताउँछन् । २०३६ सालमा जनमत संग्रह हुँदा विद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय रहेको भन्दै चन्द्रमोहन यादव भन्छन,“ २०४६ साल देखि २०६२÷०६३ सालसम्मको जनआन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले भुमिका निर्वाह गर्दै आएको छु ।” २०४६ सालको जनआन्दोलन हुँदा यादव भारतको कोलकतामा एमविविएस अध्ययन गर्दै थिए । त्यतिबेला पनि जेनरल कन्सुलेटको अफिसमा गएर आफुले धर्ना दिएको यादव सम्झन्छन् ।
प्राथमिक शिक्षा गाउँकै सपही र बनिनियाँ स्कुलबाट प्राप्त गरेका यादव जनकपुरको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि जनकपुरकै राराब क्याम्पसबाट आइएससी उत्तीर्ण गरी भारतको कलकताबाट एमविविएस र चन्डीगढबाट रेडियोलोजीमा एमडी गरेका थिए । चिकित्साको पढाई सकिएपछि लोकसेवा आयोगको जाँचबाट विर अस्पतालमा प्राध्यापकको रुपमा जागिर गरेका थिए । चिकित्सा पेशा पनि सेवा मुलक पेशा नै भएको तर राजनीतिमा प्रायः पढेलेखेका मानिसहरुको उपस्थिति न्यून देखिएपछि राजनीतिलाई थप विकृत हुन नदिन र वृहत रुपमा समाजसेव ागर्ने उद्देश्यले राजनीतिमा पसेको यादव बताउँछन् । पार्टीले यदि प्रदेश नं.२ मा मुख्य मन्त्रीको रुपमा अवसर दिए त्यसको लागि तयार रहेको यादव बताउँछन् ।
अन्य पार्टीका प्रतिस्पर्धीहरुको समाजमा ठुलो पहिचान वा योगदान समेत नरहेकाले प्रदेश सभामा मतदाताहरुले अवश्य नै जिताउने छन् किनभने विगतमा सभाषद भएर जनतालाई दिएको प्रतिबद्धता पुरा पनि गरेकाले आफु जित्नेमा ढुक्क रहेको यादवले बताए । प्रदेश सभा सदस्यको रुपमा निर्वाचित भए समृद्ध प्रदेश निर्माण गर्न भुमिका खेल्नुका साथसाथै केन्द्रमा संविधान संशोधनका लागि प्रदेशबाट शक्तिको आवश्यकता परे त्यसका लागि पनि सबैभन्दा अगाडी रहने यादव बताउँछन् ।



२०७४ मंसिर ०३ गते आईतबार

खानेपानी मन्त्रीको संसदीय क्षेत्रमा खानेपानीको हाहाकार मतदाता भन्छन ः खानेपानी व्यवस्थापन गर्नेलाई मतदान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले मतदाता समक्ष विभिन्न किसिमका प्रतिबद्धताहरु जनाईरहेका छन् । खासगरेर आफुले जितेर गए सडक बनाईदिने, ढल बनाईदिने, मन्दिर बनाईदिने, सामुदायिक भवनहरु बनाईदिने, दलित दलान बनाईदिने, अस्पताल बनाईदिने लगायत थुप्रै प्रतिबद्धताहरु जनाईरहेका छन् । प्रत्येक राजनीतिक दलका उम्मेदवारहरु मतदाता कहाँ पुगेर सपना बाँडिरहेका छन् । तर, धनुषा निर्वाचन क्षेत्र नं. ४ को नकटाझिज ९ का मतदाताहरु भने जसले खानेपानीको व्यवस्थापन गरिदिन्छ त्यसलाई नै भोट दिने बताईरहेका छन् ।
नकटाझिज ९ श्रीपुरका ६० बर्षिय महिला रामपरि देवी भन्छन,“ खानेपानीको प्रतिक्षामा आफ्नो सासु ससुराको समेत निधन भईसक्यो । हाम्रो पनि अब निधन हुने बेला आईसकेको छ । तर, यो गाउँमा कुनै पनि नेताले हालसम्म पिउनका लागि खानेपानीको व्यवस्थापन गरिदिएका छैनन् ।” पछिल्लो दुई पटकको चुनावमा खानेपानीको व्यवस्था गरिदिन्छु, गाउँमा इनार बनाईदिन्छु, बोडिङ्गको व्यवस्था गरिदिन्छु भनेर भोट माग्ने बेलामा शत्रुधन महतोले प्रतिबद्धता जनाए । तर, जितेर गएपनि महतोले इनार बनाइदिएनन्, श्रीपुर निवासी ३० बर्षिय अम्रिका देवी महतोले बताईन् ।
नेकपा एमालेका नेता शत्रुधन महतो पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा त्यो गाउँबाट मत माग्दा आफुले जितेर गए सबैभन्दा पहिले खानेपानीको समस्या समाधान गर्ने भनेर भने तर उनले कुनै पनि ध्यान दिएनन्, श्रीपुर ८ का किशुनदेव महतो गुनासो गर्छन् । धनुषा निर्वाचन क्षेत्र नं. ७ बाट नेकपा एमालेका नेता शत्रधन महतो पहिलो पटक संविधान सभामा निर्वाचित भएपछि स्थानीय विकास राज्य मन्त्री समेत बने तर आफ्नो गाउँको खानेपानीको समस्या समाधान गर्न चासो देखाएनन्, श्रीपुर निवासी संजय कुमार महतो भन्छन,“ सांसद महतोले खानेपानी समस्या समाधान गर्न अन्य वडाहरुमा चासो त लिए तर हाम्रो वडामा ध्यान दिएनन् ।” २ पटक लगातार सांसदमा निर्वाचित महतो  अहिले फेरी धनुषा निर्वाचन क्षेत्र नं. ४ को १ मा प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । एमालेबाटै रघुविर महासेठले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले उम्मेदवारी दिएका छन् । तर, त्यहाँका हजारौं घरपरिवारहरुलाई खानेपानीको अभाव छ ।
संजय कुमार महतोका अनुसार गाउँमा एउटा मात्रै इनार छ , त्यसबाट सबै ५० घरधुरीका मानिसहरुले पानी पिउनुपर्ने हुन्छ । १ सय लिटर पानी बाल्टीबाट तान्न २ घण्टा जति लाग्छ । एक परिवारमा कम्तिमा पनि २ सय देखि ३ सय लिटर खानेपानीको प्रतिदिन आवश्यकता हुन्छ । घरका सबै जना ५ देखि ६ घण्टासम्म इनारबाट पानी तान्न र घरसम्म ओसारपसार गर्न समय लाग्छ । कतिपयले इनारमा मोटर सेट गरेका छन् । मोटर चलेको बेला मोटर नभएका मानिसहरुले बाल्टीबाट पानी तान्न पाउँदैनन् । त्यसकारण गरिब जनताका लागि त्यहाँ सबैभन्दा ठुलो समस्या नै खानेपानी हो ।
६० बर्षिय रामपरि देवी भन्छन,“विहान सुतेर उठ्ने वितिकै घरपरिवारका सवै जना टायरमा बाल्टी, डूाम लगायतका भाडाकुरा लिएर इनार पुग्नुपर्ने हुन्छ । ४÷५ घण्टा पानी ओसार्नमै जान्छ ।” खानेपानी तान्दा ताकत समेत लाग्ने हुनाले मानिस विरामी समेत पर्ने गरेको स्थानीय वासीहरु बताउँछन् । पानीको कुनै अन्य स्रोत नभएकोले करिब १ हजार जति जनसंख्या भएको त्यो गाउँका मानिस एउटा मात्र इनारको भरपर्नु परेको छ ।
एउटा इनार बनाउन करिब ५ देखि ६ लाख रुपैयाँ सम्म लाग्ने हुनाले निजि स्तरमा स्थानीय वासी इनार बनाउन असक्षम छन् । गाउँमा इनार नभएको पनि होईन । तर, बनाइएका इनारहरुमा पानी आउँदैनन् । दैनिक जिवनयापन गर्न देखि गाईबस्तु चौपाया सम्मका लागि त्यहाँ पानीको अभाव छ । तर, कसैले पनि त्यस तर्फ ध्यान नदिएको स्थानीयवासीहरुको गुनासो छ । चुनावका बेला जुनसुकै उम्मेदवारहरुले आफुले जितेर गए खानेपानीका लागि बोर्डिङ्ग सहितको इनार बनाईदिने भनेर आश्वासन त दिन्छन् तर जितेपछि उम्मेदवार कहिल्यै फर्केर गाउँमा नआउने गरेको स्थानीयवासीहरुको गुनासो छ ।
सबै काम छोडेर खानेपानीको प्रवन्धन गर्नमै स्थानीयवासीहरुको जीवनको अधिकतम समय वित्ने दैनिकीका कारण अन्य व्यवसाय समेत प्रभावित हुने गरेको छ । बालबालिकाहरु समेत खानेपानीको व्यवस्थापनमा जुटिरहँदा तिनीहरुका पढाईलेखाई समेत प्रभावित हुने गरेको छ । खेतीपाती नै त्यस गाउँका स्थानीयवासीहरुको प्रमुख पेसा भएपनि खेतीका लागि उचित सिंचाईको व्यवस्थापन नभएका कारण खेती पनि आकासेपानीकै भरमा हुने गरेको छ । त्यहाँका स्थानीयवासीहरु मुख्यतया उखु खेत ीगर्ने गर्छन् । मुख्य कुरा के हो भने अहिले खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव पनि त्यही क्षेत्र धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । स्थानीयवासीहरुको गुनासो के छ भने आफ्नै क्षेत्रका नेता खानेपानी मन्त्री हुँदाहुँदै पनि आफुहरु खानेपानी वेगर बाँच्नुपर्ने अवस्था निर्माण भएको छ । मन्त्री यादवले पनि कुनै समाधान नगरिदिएकोमा स्थानीयवासीहरु थप निराश भएका छन् ।
त्यो खानेपानीको समस्या श्रीपुर गाउँको मात्र नभएर राजमार्ग छेउछाउका कतिपय गाउँहरुमा देखिन्छ । लक्ष्मिनिवास, मिथिला नगरपालिकाको केही गाउँहरुमा खानेपानीको समस्या देखिएको छ । ती गाउँहरु पहिले धनुषाको निर्वाचन क्षेत्र नं. ७ थियो । त्यहाँबाट नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना, नेकपा एमालेका नेता शत्रुधन महतो लगायत पटक पटक चुनाव जितेर गए । तर, कसैले पनि समस्या समाधान नगरिदिएको स्थानीयवासीहरु बताउँछन् । अहिले त्यो क्षेत्र धनषाको निर्वाचन क्षेत्र नं. ४ बनेको छ । त्यहाँबाट नेपाली कांग्रेसका नेता तथा खानेपानी मन्त्री महेन्द्र यादव, नेकपा एमालेका नेता रघुविर महासेठ र संघीय समाजवादी फोरमका नेता महाजन यादव प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।



२०७४ मंसिर ०३ गते आईतबार

मन्त्री रामकृष्णले लगाउँलान् त ह्याट्रिक ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता तथा कृषि मन्त्री रामकृष्ण यादव प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा लगातार दुई पटक सभाषदमा निर्वाचित भएका मन्त्री यादव तेस्रो पटक ह्याटिूक लगाउन चुनावी मैदानमा ओर्लिएका छन् । उनलाई बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता पुर्व स्थानीय विकास मन्त्री रामचन्द्र झा र संघीय समाजवादी फोरम नेपालबाट उमाशंकर अरगरियाले चुनौति दिईरहेका छन् ।
 विगतमा दुई पटक लगातार चुनाव जित्न सफल भएका यादव तेस्रो पटक पनि चुनाव जित्ने दावी गर्दै क्षेत्रमा मतदाताहरुका बीच घर दैलो कार्यक्रम गर्न व्यस्त देखिएका छन् । विगतमा रहेको संसदीय क्षेत्र भन्दा यस पटकको संसदीय क्षेत्र ठुलो भएको तथा प्रतिद्वन्द्वी पनि हेभीवेटकै रहेका कारण यादवलाई यसपटक वढी नै मिहिनेत गर्नु परेको छ । खासमा बर्तमानमा मन्त्री भएका कारण उनलाई मतदाताहरुले बढी नै प्रश्न गरिरहेका छन् ।
आफु सांसद भएपछि सुगा निकासमा इलाका प्रहरी कार्यालय बनाएँ, बैदेहि चौकीमा प्रहरी भवन निर्माण, इलाका प्रहरी कार्यालय औरहीमा भवन निर्माण, महुलियामा १७ करोड रुपैयाँको सिंचाई परियोजना, दुहवी गोवराही र कर्माहीमा २५ करोड रुपैयाँको सिंचाई परियोजना, महुलिया ननुपट्टीको बीचमा पुल निर्माण, जनकपुर यदुकुहा सडक निर्माण लगायत विभिन्न सडक निर्माण परियोजनाहरु ल्याएको कारण जनताले आफुलाई नै जिताउने भन्ने कुरामा यादव ढुक्क छन् । नेपाली कांग्रेसको संगठन बलियो हुनुका साथसाथै कतिपय स्थानीय तहमा समेत नेपाली कांग्रेस नै निर्वाचित भएका कारण र विगतमा अधिकार प्राप्तिको आन्दोलनमा समेत आफ्नो सक्रिय भुमिका रहेका कारण जनताले आफुलाई नै निर्वाचित गर्ने यादव बताउँछन् ।
यादवको राजनीति यात्रा
रामकृष्ण यादव कक्षा आठमै पढिरहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भए । विशुद्ध अराजनीतिक परिवार, एउटा किसानको परिवारमा जन्मिएका रामकृष्णको उद्देश्य भने राजनीतिमा जाने थिएन । तर, विद्यार्थी भएर पढ्दै जाँदा उनी राजनीति तर्फ आकर्षित भएका थिए । धनुषाको वभनगामा स्थित कन्टिर झा माविमा अध्यनरत रहेको बेला नेविसंघमा आवद्ध भएका बेला देखि नै राजनीतिमा रुचि लिएका थिए । उक्त विद्यालयमा नेविसंघका नेताहरुले विभिन्न कार्यक्रमहरु आयोजन गर्दा नेविसंघको विचारबाट प्रभावित भएका थिए ।
देशमा प्रजातन्त्र स्थापनाको लागि नेविसंघको गठन भएको भन्ने कुरा बुझेपछि रामकृष्ण नेविसंघमा लागे । कक्षा १० मा पुग्दा नेविसंघको उक्त विद्यालयको ईकाई कमिटीको अध्यक्ष नै बने । पञ्चायति व्यवस्थामा त्यतिबेला उनलाई लाग्यो कि देशमा बोल्ने स्वतन्त्रता छैन, संगठन गर्ने स्वतन्त्रता छैन, सत्य कुरा बोल्ने व्यक्तिहरुलाई थुनामा लगिन्थ्यो । २०३५ सालमा एसएलसी दिँदा उनको विद्यालयबाट ३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । जसमध्ये रामकृष्ण पनि एक थिए । २०३६ सालमा जनकपुरको राराब क्याम्पसमा आईएमा भर्ना लिए । क्याम्पसमा पुगेपछि नेविसंघको सक्रिय राजनीतिमा उनी लागे । २०३९ सालमा त्यही क्याम्पसमा नेविसंघको टिकटबाट स्वतन्त्र विद्यार्थी यूनियनका उपसभापति समेत बन्न सफल भए । त्यसपछि २०४० सालमा नेविसंघको जिल्ला सभापति समेत बने । २०४७ सालसम्म उनीे नेविसंघ सभापति भएर काम गरेका थिए ।
२०४६ सालमा पञ्चायति व्यवस्था विरुद्ध भएको आन्दोलनमा विद्यार्थी सभापतिको हैसियतले उनले भारतको पटना, दरभंगा, सितामढी, जयनगर, मधुवनीमा गएर नेपाली विद्यार्थीहरुका बीच संगठन बनाउने काम गरे । किनभने त्यतिबेला बहुसंख्यक नेपाली विद्यार्थीहरु भारतमै गएर पढ्ने गर्थे । २०३६ सालमा भएको जनमत संग्रहमा पनि बहुदलिय व्यवस्थाको पक्षमा उनले सक्रिय भुमिका निर्वाह गरेका थिए । २०४२ सालमा सत्याग्रह हुँदा नेविसंघका सभापतिको हैसियतले राराब क्याम्पसमा आन्दोलनको पक्षमा माहौल बनाउन उनले काम गरे । क्याम्पसमा हडताल गरेपछि ८ महिना जति उनलाई सिन्धुली कारावासमा राखिएको थियो । उनी पक्राउ परेको १ महिना सम्म त घरपरिवारमा कसैलाई जानकारी नै हुन सकेको थिएन । संचार साधनको सुविधा समेत नभएकाले परिवारले केही अतोपतो पाउन सकेका थिएनन् । सिन्धुलीसम्म जाने बाटो पनि बनिसकेको थिएन । जंगल हुँदै कच्चीबाटो बाट सिन्धुली लगिन्थ्यो । यसका अतिरिक्त विभिन्न कार्यक्रमहरु आयोजन हुँदा उनी पक्राउ पर्थे । कि त जिल्ला प्रहरी कार्यालयको थुनामा राखिन्थ्यो कि कारावास पठाईन्थ्यो । यस्तो कुनै महिना हुँदैन्थ्यो कि उनी पक्राउ पर्दैन्थे । २०४६ सालमा भारतको दरभंगामा विद्यार्थी संगठन गरेर फर्केको बेला उनलाई पक्राउ गरी जलेश्वर जेलमा राखिएको थियो । बहुदल आएपछि उनलाई रिहा गरिएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसको मुलधारको राजनीतिमा आए । २०४८ सालमा जिल्ला अधिवेशनबाट धनुषाको क्षेत्र नं. २ को क्षेत्रिय सभापतिमा उनी निर्वाचित भए । त्यतिबेला उनी काठमाण्डौमा स्नातकोत्तरको अध्ययन गरिरहेका थिए । तर, राजनीतिमा व्यस्त भएपछि उनको पढाई कमजोर भयो । दोस्रो जिल्ला अधिवेशनबाट उनी कांग्रेस धनुषाको सचिव र तेस्रो जिल्ला अधिवेशनबाट कांग्रेस धनुषाको सभापति बने । चौथो अधिवेशनमा पुनः उनी दोस्रो पटक सभापति बन्न सफल भए । जिल्ला सुकुम्वासी आयोगको अध्यक्षमा समेत उनी मनोनित भएका थिए ।
२०६४ सालको संविधानसभाको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. २ बाट सभाषद निर्वाचित भएका थिए । त्यसपछि उनलाई व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापति बनाइएको थियो । २०७० सालमा समेत दोस्रो पटक लगातार सोही क्षेत्रबाट सभाषदमा निर्वाचित भएका थिए । अहिले आएर शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी कृषि मन्त्री बन्न सफल भएका छन् ।


२०७४ मंसिर ०३ गते आईतबार

महोत्तरी २ मा किरण यादव र शरतसिंह भण्डारी बीच रोचक प्रतिस्पर्धा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी निर्वाचन क्षेत्र नं.२ मा नेपाली कांग्रेस र राष्टिूय जनता पार्टी नेपालका दुई जना चर्चित उम्मेदवारहरु बीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । नेपाली कांग्रेसबाट पुर्व राष्टूपति डा.रामबरण यादवका भतिजी तथा बहालबाला राष्टूपति विद्या देवी भण्डारीकी सम्धिनी किरण यादवले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । अर्को तर्फ राष्टिूय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले उम्मेदवारी दिएका छन् । अहिले त्यस क्षेत्रमा यादव र भण्डारी बीच चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।
आफु प्रथम संविधान सभामा समानुपातिक र दोस्रो संविधानसभामा महोत्तरी क्षेत्र नं.२ बाट प्रत्यक्षमा निर्वाचित भएपछि जनताका सुखदुखमा साथ दिनुका साथै विकास निर्माणमा समेत महत्वपुर्ण योगदान निर्वाह गर्दै आएकोले आफ्नो जित सुनिश्चित रहेको नेपाली कांग्रेसका प्रत्यासी किरण यादव बताउँछन् । राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी विगतमा पनि महोत्तरी जिल्लाको अलग अलग क्षेत्रबाट लड्दै जनतासँग भोट मागेर जनतालाई ठगि गर्दै आएको हुनाले क्षेत्र नं.२ मा यसपटक कुनै पनि बाहिरिया वा भगौरा उम्मेदवारलाई जनताले मत नदिने भन्दै यादव भन्छन,“ भण्डारीको घर महोत्तरीको औरही हो । औरही महोत्तरीको ४ नं. क्षेत्रमा पर्छ । तर, उनी ४ नम्बर क्षेत्रबाट किन लडेनन् ? २ नम्बर क्षेत्र त मेरो पहिले देखि नै आफ्नो घर रहेको संसदीय क्षेत्र हो ।” शरतसिंह भण्डारीलाई अब महोत्तरी जनताले विश्वास गर्दैनन् त्यसको पछिल्लो उदाहरण के पनि हो भने भण्डारी दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नं.१ र क्षेत्र नं. ६ गरी कुल दुई वटा क्षेत्रबाट लड्दा पनि जनताले उनलाई परास्त गरिसकेको हुनाले अब दुई नम्बर क्षेत्र मा पनि उनको हार निश्चित रहेको यादव बताउँछन् ।
उता राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी भने आफु आफ्नै क्षेत्रबाट लडेको दावी गर्छन । नेपाली कांग्रेसको सत्ता रहेको बेला नै क्षेत्रहरुको सीमाना निर्धारण गर्दा किरण यादवले बडो चलाखी पुर्ण तरिकाले मेरो जन्म स्थान रहेको पैत्रिक गाउँ औरही नगरपालिकालाई दुई वटा निर्वाचन क्षेत्रमा विभाजन गरेकाले अहिले औरही क्षेत्र नं. २ र ४ मा विभाजन भएको भन्दै भण्डारी भन्छन,“ औरही नगरपालिका दुई नम्बर क्षेत्रमा परेकाले म कुनै बाहिरिया वा भगौडा उम्मेदवार होईन । फेरी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल बीच भएको चुनावी तालमेलका आधारमा राजपा नेपालले दुई नम्बर क्षेत्र पाएको हो ।”
राष्टूपति विद्या देवी भण्डारीको जनकपुर भ्रमण हुँदा जानकी मन्दिर दर्शन गर्ने क्रममा राष्टूपति भण्डारीसँगै सांसद यादव पनि आउँदा जनकपुरवासीले विरोध गर्दा मधेसी जनताको त दिमागै हुँदैन भनेर अभिव्यक्ति दिएकी सांसद यादवले अहिले कुन मुखले मधेसी जनतासँग मत मागिरहेका छन्, भण्डारीले प्रश्न गरे ।
अर्को तर्फ संसदीय क्षेत्र निर्धारण गर्दा अधिकार सम्पन्न स्वतन्त्र आयोगले क्षेत्र निर्धारण गरेका कारण औरही नगरपालिकालाई दुई टुक्रामा विभाजन गर्न आफ्नो कुनै भुमिका नरहेको भन्दै निवर्तमान सांसद किरण यादव भन्छन,“ मेरो संसदीय निर्वाचन क्षेत्रमा पर्ने दुईवटा नगरपालिका बलवा नगरपालिका र लोहारपट्टी नगरपालिकालाई विभाजन नगरियोस भनेर आफ्नो पार्टी मार्फत कुरा राख्न लगाएर ती दुईवटै नगरपालिकालाई अखण्ड राख्न भने भुमिका खेलेको चाहि अवश्य नै हो ।”
यसरी हेर्ने हो भने अहिले चुनावी मैदानमा भण्डारी र यादव बीच रोचक प्रतिस्पर्धा भईरहेको छ ।
को हुन किरण यादव ?
किरण यादव अहिले नेपाली कांग्रेसमा केन्द्रिय सदस्य छन् । धनुषाको सपही माईत भएकी यादवको विवाह महोत्तरीको बलवा गाउँमा भएको हो । देशको प्रथम राष्टूपति डा.रामबरण यादवकी साखै भतिजी समेत रहेकी यादव अहिलेको राष्टूपति विद्या देवी भण्डारीकी सम्धिनी पनि हुन । यादवको छोराको विहे राष्टूपति भण्डारीकी छोरीसँग भएको छ ।
२०६४ सालको प्रथम संविधानसभाको चुनावमा महोत्तरीको क्षेत्र नं.२ को १३ गाविसहरु मध्ये ११ गाविसहरुबाट  समानुपातिक कोटामा सिफारिस गरिएपछि समानुपातिक तर्फबाट सभाषद भएकी थिईन । त्यो क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएपछि समानुपातिक सांसद भएर पनि विभिन्न विकासका परियोजनाहरु लगेर जनताको मन जितेकै कारण २०७० सालको संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्षबाट निर्वाचित भएर सभाषद बन्न सफल भएकी यादव बताउँछन् । २ नम्बर क्षेत्रमा नेपाली कांग्रेसको संगठन पनि बलियो हुनुका साथसाथै आफुले आफ्नो क्षेत्रका गाउँ गाउँमा विद्यालय भवन निर्माण, सडक निर्माण, सिंचाईका परियोजनाहरु निर्माण गर्नुका साथै धार्मिक स्थलहरु कारिक स्थान, रौजा मजारको विकासका लागि योगदान दिएका कारण आफुलाई नै पुनः तेस्रो पटक जनताले सांसद बनाएर पठाउने यादव बताउँछन् ।
संविधान निर्माण हुँदा मधेसी जनताको अधिकार समेट्ने गरी संविधान जारी गर्न पार्टी भित्र आफुहरुले सक्रिय भुमिका निर्वाह गरेपनि तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री सुशिल कोइरालाले संविधान तत्कालै संशोधन गरिदिने आस्वाशन दिएपछि आफुहरु पछि हटेको यादवको भनाई छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण र समानुपातिक समावेशी आधारमा प्रतिनिधित्व लगायतको संशोधन तत्कालै संविधानमा गरिएको र बाँकी विषयहरुको संशोधन गराउन नेपाली कांग्रेस नै सक्षम रहेकाले महोत्तरीका जनताले आफुलाई जिताउने यादवको विश्वास छ ।
आफुले जितेर गए संविधान संशोधन गराउनुका साथसाथै विकास निर्माणका अधुरो रहेको बहुबर्षिय योजनाहरु लागु गर्नुका साथसाथै धार्मिक स्थलको व्यवस्थापन गर्ने, सिंचाई परियोजनाहरु पुरा गर्ने, बहुबर्षिय सडकहरु निर्माण कार्यलाई पुरा गर्ने, क्षेत्रमा थपिएका गाउँहरुमा सडकको संजाल विस्तार गर्ने लगायतका प्रतिबद्धताहरु मतदाता समक्ष यादवले गरिरहेका छन् ।
२०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी यादव २०६२÷०६३ मा नेपाल महिला संघको केन्द्रिय सदस्य भएकी थिईन । अहिले उनी पार्टीमा पनि केन्द्रिय सदस्यमा पनि निर्वाचित भएकी छिन् ।
को हो शरत सिंह भण्डारी ?
२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका शरत सिंह भण्डारी नेपाली कांग्रेसमा आवद्ध भएका थिए । २०३८ सालमा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी अहिले सम्म पटक पटक प्रतिनिधि सभामा निर्वाचित भईसकेका छन् । २०६२÷०६३ सालको आन्दोलन पछि बनेको अन्तरिम संसदमा नेपाली कांग्रेसबाट सांसद रहेकै बेला मधेसमा भएको मधेस आन्दोलनमा नेपाली कांग्रेस परित्याग गर्दै मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । फोरमबाट टिकट पाएर चुनाव जितेर पहिलो संविधानसभामा चुनिएपछि रक्षा मन्त्री भएको बेला उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण रक्षामन्त्रीबाट उनलाई बर्खास्त गरिएको थियो । २०६४ साल फागुन १६ गते नेपाल सरकार र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा बीच भएको ८ बुँदे सम्झौता अनुसार नेपाली सेनामा मधेसी समुदायको समुहगत प्रवेशको विषय उठाउँदा विभेद अन्तय नभए देश समेत विखण्डन हुन सक्ने अभिव्यक्ति रक्षामन्त्रीको हैसियतमा व्यक्त गरेपछि उनलाई बर्खास्त गरिएको थियो । त्यसपछि उनले छुट्टै राष्टिूय मधेस समाजवादी पार्टी खोलेर तराई मधेसमा जनजागरण अभियान खोलेका थिए । दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएका भण्डारी अहिले राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य समेत छन् । आफुले मधेसी जनताको हक अधिकारका लागि लामो लडाई लडेका कारण संविधान संशोधन गराउन र प्रदेश नं.२ मा मधेस सरकारको स्थापना गर्न जनताले आफुलाई नै जिताउने भण्डारी बताउँछन् । भण्डारी पटक पटक मन्त्री समेत भईसकेका छन् ।

२०७४ मंसिर ०३ गते आईतबार