Tuesday, January 13, 2015

धनुषाका दुई युवकले बनाए अकाशमा उड्ने पारामोटर



शैलेन्द्र यादव
जनकपुरधाम...........
 एसएलसीसम्मका शिक्षा मात्र अध्ययन गरेका धनुषाका दुई युवकले हवार्ई जहाज जस्तै उड्ने र अवत्तरण गर्ने यन्त्र एचपीटी पारामोटर नाम दिएका यन्त्र बनाएर उडाएका छन् । एक जना चढेर मज्जाले अकाशमा उडेर ईच्छानुकुल कतै जान र आउन सक्ने पारामोटर यन्त्र धनुषाको मखनाहा ३ का २२ वर्षीय संजयकुमार यादव र धनुषाधाम नगरपालिका १ का १९ वर्षीय  दीपक शर्मा बरहीले संयुक्त रुपमा बनाएका छन् ।
झण्डै २ वर्ष समय लगाएर बनाएको पारामोटर आकाशमा ६ सय फिट माथि सम्म उडाएको तर २ हजार फिटमाथिसम्म उडाउन सकिने संजयले बताउनु भयो । सिचाईको लागि प्रयोग गरिने वाटर पम्को चाईनिज ईन्जिन ,पारासुट,स्टील बाउन्डूी,धर्नेस जिन्सको कपडा , नोट प्रोटेक्सन प्लास्टिक, सुई धागो,सिम्पल बेल्ट, काठको पंखा जस्ता समानहरु मिलाएर परामोटर बनाईएको छ । उक्त सरसमानहरु स्थानीय स्तरमै जोरजाम गरेको र बाहिरबाट पारासुट किनेर ल्याई बनाएको  संजयको भनाई छ । उहाँको अनुसार उक्त एचपटी पारा मोटर निर्माण गर्न दुई लाख खर्च भएको छ ।
   

संजय र दिपक हवार्ई जहाज जस्तै उड्ने र अवत्तरण गर्ने यन्त्र एचपीटी पारामोटर नाम दिएका यन्त्र बनाएका छन्
एचपीटीको विस्तारित नाम हिमाल पहाड तराई पारा मोटर भएको संजयले बताउनुभयो । हिमाल पहाड र तराईमा आकाश मार्गमा जमिनमा मोटरसाईकल र साईकल गुडेजस्तो समान्य रुपले चलाउन र घुम्न सकिने हुनाले एचपीटी नाम दिईएको संजय र दीपकको भनाई छ । एचपीटी मोटरमा दुई जना सम्म बसेर घुम्न सकिने उनीहरुको तर्क छ । पारामोटरमा सिचाई गर्ने वाटर पम्पको टंकीलाई पेटूोल टंकीमा परिणत गरिएको छ । मौसम अनुसार एक लिटर पेटूोलमा एक घण्टा सम्म यात्रा गर्न सकिने उनीहरु बताउछन् । पारामोटरको तौल करिब २० किलो ग्राम रहेको छ ।
    मेसिन विग्रेको खण्डमा पनि कुनै किसीमको खतरा नहुने दीपकले दावी गर्दै भन्नु भयो ,“ पारामोटरमा पारासुट जडान भएकोले सजिलै जमिनमा अवतरण गर्न सकिन्छ । यो अरु हवाई साधन जस्तो खतरापुर्ण  छैन ।”
हवाई यातायात सेवा महगो छ तर यो पारासुट मोटर एकलाखसम्ममा  निर्माण हुने र सस्तो हवाई सेवा हुन सक्ने दुवैजनाको दावी छ । सुरुमा धरै अभ्यासहरु गर्नु परेकोले दुई लाख खर्चभएको उनीहरु बताउछन् ।
उनीहरुले गत मंसिर ९ गते एचपीटी मोटर अकासमा पहिलो पटक उडाएको थियो । समान्य एस्एलसी पास भएका केटाहरुले पारामोटर यन्त्र बनाएर उडाएपछि सुन्ने र हेर्नेहरु चकित भएका छन् ।
    आश्चर्यको कुरा केछ भने संजय र दीपक एस्एलसी शिक्षा मात्र लिएका छन् । यन्त्र निर्माण गर्न कतै कुनै औपचारिक शिक्षासमेत लिएका छैनन् । टेलिभिजनमा डिस्कोभरी र जिओग्राफी जास्ता च्यानलहरुमा प्रशारणहुने यन्त्रिक उपकरणहरुको जानकारीले आफुहरु अभ्यास गर्दा गर्दै बनाएको उनीहरुको भनाई छ ।
संजयले भन्नु भयो “सानैदेखि आफुहरु केहि नयाँ गर्ने सोँचमा छौ तर घरपरिवारको आर्थिक अवस्थाले एस्एल्सी भन्दा माथि पढ्न सकिएन ।  पाढाई छोडेर विभिन्न यान्त्रिक अभ्यासहरुले यति सम्म सफलता पाएको छु ।” उहाँले अव पनि सबै पक्षबाट सहयोग भए देश र समाजका लागि केहि गर्न सक्छु ।
अत्यन्त दयनीय घरपरिवारमा जन्मिएका संजय गाउँकै धनुषाधाम उच्चमाविबाट २०६७ सालमा एस्एल्सी पास गरेर हाल गाउँमा मोटर र हाउस वाईरिंगको काम गरेर जीवन जिविका चलाई रहेकाछन् । संजयले यस अघि एस्एलसी पासगरेको तीन महिना पश्चात साईकल ईन्जिनमा मोटरसाईकलको ईन्जि प्रयोग गरेर मज्जाले गुड्न सकिने आधुनिक साईकल बनाउनु भएको थियो । यो आफ्नो जिवनको पहिलो सफलता भएको उहाँ बताउनु हुन्छ । संजय रामचन्द्र यादवका दुई छोरा मध्येका जोठा छोरा हुन् । संजयका बुबापनि आफ्नो केहि खोतीपाती र जनमजदुरी गर्नु हुन्छ । एचपी मोटर बनाउन यताउताबाट रुपैया पैसा जोरजाम गपरेपनि अपुग भएपछि आमाको चाँदीको हँसुली समेत बेचेर लगाएको संजले बताउनु भयो ।
    दीपक धनुषाधाम नगरपालिका १ निबासी श्रीकिशुन शर्मा बडहीका छोरा हुन् । दीपक पनि गरिखाने घर परिवारका भएकाले २०६९ सालमा धनुषा स्थित पर्शुराम तलाउ उच्चमाविबाट एस्एल्सी पास गरी पढाई छोडिसकेका छन् ।
संजय र दुवै यूवक अलग अलग गाउँका यूवक हुन् तर दुवैजनाको सोँच विचार र उद्देश्य उस्ता उस्तै भएकाले दुई वर्ष अघि एक स्थानीय लेथमा भेटघाट भएपछि साथी बनेका हुन् । उनीहरु निकै मिल्ने साथी हुन । त्यसपछि दुवैजनाले पारासुट मोटर बनाउने अभियानमा लागेका थिए । उनीहरुसँगै मोटर र हाउस वारिंगको काम गरि घरपरिवार चलाउछन् ।
    सानैदेखि केहि नयाँ कुरा गर्ने र समाजको लागि पनि केहि दिने सपना बोकेका संजय र दीपक प्रतिभाशाली र सृजनशील युवा भएरपनि अवसर पाउन सकिरहेका छैनन् । नत्र उनीहरुको घरपरिवार सक्षम छन् ।  उनीहरु आफुहरु पढेर देशमै नयाँ नयाँ उपकरणहरु बनाएर समाज र देशको सेवा गर्ने उद्देशय भएको बताउनु भयो । तर आफुहरुको घरपरिवारको क्षमताले पढ्न नपाउँदा जसो तसो यसरी नै केहि नयाँ गर्ने अभियानमा लागेको संजय र दीपकको भनाई छ । यी उपकरणहरु बनाउनु अघि गरिब भनेर गाउँसमाजका केहि उत्सृंखल तत्वहरु हेप्ने गिज्याउने र कुटपिट समेत गरेको तर आफ्नो उद्देश्यम अडिग भएपछि केहि गर्न सक्छु भनेर कसैको पछाडी नलागि सहदै आएको संजयको तर्क छ ।
    संजय र दीपकले आफुहरु अहिले पनि पढेर देशमै विभिन्न प्रकारका यन्त्रहरु निर्माण गरी देश र समाजको सेवागर्न आफुहरुको निश्चल उद्देश्य भएकोले सरकार र सबैपक्षलाई आग्रह गरेका छन् । प्रशासनले मोटर उडाउने अनुमति नदिएकाले दुई हप्तादेखि चौरमै लुकाई छिपाई कुनै कुनै बेला उडाउने गरेको उनीहरु बताउछन् । सार्वजनिक स्थलमा सबैको सम्मुन्ने उडाएर देखाउन चाहेकोले अनुमति दिन समेत उनीहरुले माग गरेका छन् । पहिलो पटक हवाईजहाज बनाउने राईट दाजुभाई जस्तै एचपीमोटर बनाउने संजय र दीपक उस्तै छन्  भन्दा खासै फरक नपर्ला ।      उनीहरुलाई सहयोग गर्न चाहने जोकोहिले पनि ९८१६८७४३७४ ,९८१८६४३१४६ र ९८०७८२५५८० मा सम्पर्क गर्न सक्नु हुने छ ।
हावामा उड्ने पारामोटर
२०७१ पौष २७ गते आईतबार

No comments:

Post a Comment