Tuesday, January 13, 2015

कारखानामा अहिले पनि प्रचुर सम्भावनाहरु

जचुकालिमा विद्युत सप्लाई गरिने पावर मसिन ।उक्त मेसिनले सिंगो जनकपुरलाई
 विद्युत आपुर्ति गर्न सक्ने सामथर््य राख्दछ ।
जनकपुर चुरोट कारखाना विगत पाँच वर्ष देखि बन्द रहेको भएपनि कारखाना भित्रको भौतिक सम्पन्नता यति छ कि अहिले पनि देश भित्रको कुनै पनि कल(कारखाना र उद्योगमा छैन होला ।  कारखाना भित्रको वर्कसपलाई उदाहरणको रुपमा लिन सकिन्छ । यसका वर्कसप भित्र रहेका मेसिन औजारबाट जे(जति पनि नयाँ नयाँ यन्त्रहरु बनाउन सकिन्छ । जनकपुर चुरोट कारखानाका अवकाश प्राप्त शाखा अधिकृत रामनारायण झा भन्छन,“ जचुकालिको वर्कसपलाई प्रयोग गर्ने हो भने नेपाल सरकारले हवाई जहाजसम्मको पार्टपुर्जाहरु निर्माण गर्न सकिन्छ । मात्र सरकारले ध्यान पुर्यायो भने यो वर्कसप विश्वमै नमुना वर्कसपको रुपमा विकसित गर्न सकिन्छ ।”
त्यसैगरी कारखानाको भेरिकल शाखा, पावर हाउस समेत ठुलो सम्भावना रहेको क्षेत्र हो । पावर हाउसको कुरा गर्दा कुनै समय पुरा जनकपुर सहरलाई त्यहीबाट विद्युत सप्लाई गरिन्थ्यो । पावर इन्डिया लिमिटेडबाट आयातित उपकरणहरु ज्यादै स्तरीय र बलिया छन् । त्यतिबेला कारखानामा सबै कर्मचारीहरुको लागि आवासको व्यवस्था नरहेको र कर्मचारीहरु जुन जुन घरमा भाडामा बसेका थिए ती सबै घरहरुमा समेत कारखानाबाटै विजुली सप्लाई गरिन्थ्यो । त्यसैगरी जचुकालि भित्र रहेको जर्मनीको हाइडल कम्पनी प्रिन्टिङ मेसिन पनि धेरै ठुलो सम्पतिको रुपमा रहेको छ । नेपालमै यो मेसिन पहिलो पटक जनकपुर चुरोट कारखानाले करिब ३५ वर्ष अघि भित्रियाउँदा मात्र उक्त प्रिन्टिङ मेसिनको लागत रु. १ करोड जति परेको थियो । उक्त मेसिनमा अत्यधिक र अदभुत प्रिन्टिङ गर्ने क्षमता रहेको छ । त्यस्तै यसको कटिङ मेसिनको पनि अद्धितिय क्षमता विद्यमान रहेको हो । कारखानाका अवकाश प्राप्त शाखा अधिकृत रामनारायण मिश्र भन्छन,“ प्रिन्टिङ मेसिनको कुरा गर्नुहुन्छ भने म के दावीका साथ भन्न सक्छु भने नेपालमै यति क्षमता भएको अफसेट प्रेस छैन होला । कारखानाको लागि आवश्यक पर्ने प्रिन्टिङ १० दिनमा मात्रै सकिन्थ्यो । अनि उक्त अफसेटबाट टोकला, मुना लगायतका चिया कम्पनीहरुको समेत प्रिन्टिङ हुने गथर््यो ।” प्रिन्टिङ शाखा भित्र अरु पनि अफसेट मेसिनहरु छन् । यिनीहरुकै सहि संचालन हुन सक्यो भने पनि कारखाना राम्ररी संचालन हुन सक्छ ।
त्यस्तै कारखाना भित्र रहेका चुरोट बनाउन चेकोस्लाभिया निर्मित (कोलेब्रोशन इन्डिया) मोलेन्स इन्डिया जसले एक मिनेटमा हजारौं खिल्ली चुरोट बनाउन सक्दछ । त्यस्तै अन्य चेकोस्लाभिया निर्मित मेकिङ मेसिनहरु पनि छन् । किंग साइजको हिजलिड पैकिङ्ग चुरोट बनाउने एचएल मेसिन, चेक निर्मित पैकिङ्ग र रैपिङ्गका लागि स्तरीय मेसिनहरु विद्यमान छन् ।
    मेसिन जति खिइन्छ त्यति क्षमताबान हुन्छन् । तर, विगत ७ वर्ष देखि चल्नै नपाएका यी मेसिनहरु थन्किइरहेको हुनाले यसमा खिया लाग्ने र मेसिनको स्पीड क्षमता घट्दै जाने छ । यस दौरान पार्टहरु फेरिनु पर्ने अवस्थामा झन झन मेसिनले काम नगर्न सक्ने अवस्था समेत हुन सक्ने तर्फ  नेपाल सरकार सचेत रहनु आवश्यक छ ।

२०७१ पौष २७ गते आईतबार

No comments:

Post a Comment