Monday, December 15, 2014

एभरेष्ट पेपर मिलले अदालतलाई पनि टेरेन प्रदुषित पानीबाट वातावरण असुरक्षित, चौपायालाई समेत जोखिम

एभरेष्ट पेपर मिलबाट निस्किएको विषादी यूक्त पानी विगही नदिमा 
मिसिएपछि पानीको रंग पुर्णतः कालो भएको छ ।
 जल चर जीवका साथ साथै गाई वस्तु 
समेत उक्त पानी खाएर मर्ने गरेको छ ।
ईश्वर चन्द्र झा
जनकपुरधाम............
१२ साउन, २०६१ मा सर्बोच्च अदालतले जनकपुरको महेन्द्रनगर ५ स्थित एभरेष्ट पेपर मिलले विषादीयुक्त गन्हाउँदो पानी औरही नदीमा निकास गरेको ठहर गर्दै उद्योगलाई प्रदूषण रोक्न आवश्यक उपाय अबलम्बन गर्न आदेश गरेको थियो । सर्बोच्चले आदेश दिएको १२ वर्ष बितिसक्दा उद्योगले सर्बोच्चको आदेशलाई पालना गरेको छैन् । महोत्तरी जलेश्वरका सुरेश पाण्डे भन्छन् ( बरु उद्योगबाट औरही नदीमा मिसिने पानीको मात्रा झन बढेको छ भने वरिपरिको क्षेत्रमा औद्योगिक फोहोरमैला गन्हाउँदा सर्वसधारणले नाक थुनेर हिंड्नुपर्ने अवस्था छ ।
बिक्रम सम्वत् २०५८ मा महोत्तरीको जलेश्वरस्थित जनहित संरक्षण मञ्चले सर्बोच्च अदालतमा उद्योगले बिसर्जन गरेको पदार्थले जल, जमिन र वातावरणमा नकारात्मक प्रभाब परेको भन्दै रिट दायर गरेको थियो । रिट दायर भएको तीनवर्षपछि मात्रै सर्बोच्चले विषादीयुक्त गन्हाउँदो पानी बिसर्जन गर्दा त्यस क्षेत्रका जिवलाई प्रत्यक्ष असर परेको भन्दै त्यस्ता क्रियाकलाप बन्द गर्न उद्योगको बिरुद्धमा आदेश गरेको थियो ।
तर आदेशको कार्यन्वयन नभएको भन्दै महोत्तरी जलेश्वरका सुरेश पाण्डेले ५ माघ देखि २७ माघ, २०६८ सम्म जलेश्वरमा रिले अनशनमा बसे । २३ दिनको अनशनपछि प्रधानमन्त्रीको कार्यालयले माँगप्रति चासो राख्दै सर्बोच्चको आदेश कार्यन्वयनका लागि पहल गर्ने आश्वसन दिंदा अनशन रोकिन पुगेपनि त्यसयता न त स्थानीय प्रशासनले नै उद्योगको प्रदूषण गर्ने गतिबिधिप्रति चासो देखाएको छ न उद्योग मन्त्रालयले नै केही गर्न सकेको छ । धनुषाको मात्रै तीन गाबिस प्रभाबित हुने भएको र अधिकांश भूभाग महोत्तरीको पर्ने भएकोले संघर्ष दुबै जिल्लाका किसानको संयुक्त हुन नसक्दा खासै प्रभाब नपरेको बताउने पाण्डे बृहत्तरको सहकार्यमा संघर्षमा फेरी उत्रिने चेताबनी दिन्छन् । वातावरणविद् दिपेन्द्र यादबका अनुसार वरिपरिको वातावरणप्रति चासो नराख्ने र समान्य रुपमा लिने सर्वसधारणको ब्यवहारले पनि उद्योगले मनपरी गर्ने छुट पाएको हो । वातावरणमा समेत प्रतिकूल असर पर्ने गरी सञ्चालन गरिएको उद्योगको नियमन र नियमित निरिक्षण नगरी सर्वसधारणको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने अधिकारमाथि कुठाराघात भएको भन्दै अदालती आदेशले उद्योगले गर्ने प्रदूषणबारे नियमित निरिक्षण गर्न वातावरण निरिक्षकको यथासक्दो चाँडो नियुक्ति गरी प्रदूषण रोक्न उपायहरु अबलम्बन गर्न भनिएको थियो । तर पछिल्लो ५ वर्षमा प्रभाबित सर्वसधारणबाट नै प्रदूषण रोक्न कुनै पहल भएको छ न स्थानीय प्रशासनले नै अदालती आदेशको कार्यन्वयनका लागि प्रयास गरेको देखिन्छ । जनकपुरस्थित बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद्का अध्यक्ष राम कुमार शर्माले स्थानीय प्रशासनप्रति दबाब बनाउन नसकेर अदालती आदेश कार्यन्वयन हुन नसकेको बताउँछन् । उनी भन्छन् ( तात्कालै प्रभाब नदेखिएपनि औद्योगिक प्रदूषण र कुहेको पानीले बिस्तारै सर्वसाधारणको शरीरमा असर देखिन थालेकोले अबिलम्ब पेपर मिलले न्यून प्रदूषण गर्ने उपकरण जडान गरिहाल्नुपर्ने हुन्छ । औरही नदीबाट ३ सय मिटरको दूरीमा रहेको एभरेष्ट पेपर मिलले पेपर उत्पादन पछि निस्कासन गर्ने पानी नदीमै गएर मिसिन पुग्दा जलचर प्राणी नष्ट भईसकेको अवस्था छ । सर्बोच्चमा बहस हुँदा जाहेरवालाको तर्फबाट वकालत गरेका वातावरण वैज्ञानिक राम चरित्र साहका अनुसार पेपर मिलबाट नदीमा मिसिन गएको पानीमा बायोलोजिकल अक्सिजनको माँग १ सय एमजी प्रति लिटर हुनुपर्नेमा ६ सय ८० एमजी पाईएकोले जलप्राणीको अस्तित्व नै मेट्ने गरी पानी मिसाईने कार्य अबिलम्ब बन्द गर्न तर्क गरेका थिए । मिलबाट त्यस्ता विषादीयुक्त पानी प्रतिघन्टा १ सय ८० क्युबिक लिटर मिसिन जान्छ । विषादीयुक्त पानीले नदीको सौन्दर्यीकरणमा मात्रै नभई नदी वरिपरिको सर्यौ विग्घा खेतीयोग्य जग्गामा लगाईएको बालीनाली, पशुपंक्षी र पानीमा बाँच्ने जिव प्रभाबित हुँदै आएको महेन्द्रनगर ५ का अजय कुमार साह बताउँछन् । नदीमा पाईने जलचर प्राणी बिभिन्न प्रजातिको माछा, भ्यागुतो लगायतका जिव नदीमा देखिदैन् । त्यस अतिरिकत अल्काली एसिडयुक्त पानीले गर्दा पानीको रंग कालो देखिन्छ ।
सर्बोच्च अदालतको आदेशको प्रतिलिपि
एसिडको मात्रा बढी हुँदा धनुषाको ३ र महोत्तरीको १९ गाबिस भएर बग्ने औरही तथा बिग्ही नदीको पानी सिंचाईको लागि अनुपयुक्त करार गरिएको छ । पेपर मिलको विषादीयुक्त पानी धनुषा र महोत्तरी हुँदै भारतमा बग्ने औरही नदीमा मिसिन जाँदा दुई दर्जनभन्दा बढी गाबिसका सर्वसधारणदेखि पशु र पानीमा बाँच्ने जल प्राणी प्रभाबित भएको छ । बाढीको समयमा नदीको पानी अनियन्त्रित भई खेतबारीमा पुग्दा बाली समेत नष्ट भएको धनुषा सिनुरजोडा ५ का रामप्रताप यादब बताउँछन् । कृषि बिकास कार्यालय स्रोतका अनुसार धनुषा र महोत्तरीमा नदी वरिपरिको क्षेत्रफल २ हजार हेक्टर रहेको अनुमान गरिएको छ । जसमध्ये १ हजार ८ सय हेक्टर क्षेत्रफलमा सिंचाईको उचित ब्यवस्था छैन् ।
नदीमा पानीको स्तर वर्षैभरि एक देखि १० मिटरसम्म मापन गरिएको छ । यद्यपी पानी हुँदैमा पनि किसानले खेतीपातीको लागि नदीको पानीको सदुपयोग गर्न सकेका छैनन् । धनुषा र महोत्तरी छुट्याउने औरही तथा बिग्ही नदी भएर आवतजावत गर्ने सर्वसधारणलाई पनि पानीले छालामा बिभिन्न प्रकारको रोग निम्ताउने गरेको छ ।
बिक्रम सम्वत् २०४२ मा स्थापना गरिएको एभरेष्ट उद्योगले हाल वार्षिक १ सय २० मेटिूक टन कागज उत्पादन गर्ने गरेको छ । पेपर मिलमा हाल २ हजार कामदार कार्यरत छन् । कामदारको तलबमा मात्रै उद्योगले मासिक ४० लाख रकम खर्चिने गरेको छ । सर्बोच्च अदालतमा पेपर मिलको विषादीयुक्त प्रदूषित पानीको उचित ब्यवस्थापन गर्न २०५८ सालमा नै रिट पनि पर्यो । पेपर मिलका प्रबन्धक सन्तोष दहालका अनुसार वातावरण प्रदूषण ऐन २०५४ ले तोक बमोजिम पानीमा विषादीको मात्रा घटाउन प्लान्ट स्थापना गरिएको छ । तर प्लान्टले पानीमा विषादीको मात्रालाई नियन्त्रण गरी न्यून गर्न सकेको छैन् । प्रबन्धक दहाल भन्छन् ( स्वस्थ्य वातावरणप्रति सचेत हुँदाहुँदै नियन्त्रण गर्न सकेका छैनौं । धनुषाको महेन्द्रनगरमा मिसिएको पेपर मिलको प्रदूषित पानी शान्तिपुर, बटेश्वर हुँदै महोत्तरीको सितापुर, हरिणमरि, तपनपुर, खुट्टा, रतौली लगायतको गाबिस भएर जनकपुरको दक्षिण पट्टी भई भारतीय भूमिमा जाने गरेको छ । उक्त रसायन युक्त प्रदुषित पानी खाएर गाई वस्तुहरु समेत मर्ने गरेको छ ।


२०७१ मंसिर २८ गते आईतबार

No comments:

Post a Comment