Monday, September 12, 2016
अजब–गजब छ बा ! सुदर्शन सिंह
ऐ बा व्यूझ न ब्यूझ विकासको नाममा विनाशै गर्यो यी डाकाहरुले । म जनकपुर आमा हौं चिनेनौं !
२०७३ भाद्र २६ गते आईतबार
सडक शिलान्यास र विरोध
![]() |
| धनुषाको जनकपुर देखि कमला सम्मको सडकसम्मको निर्माणका लागि देउरी परवाहामा शिलान्यास गर्दै मन्त्री रमेश लेखक । |
अजय अनुरागी
जनकपुरधाम............
लामो समयदेखि जर्जर अवस्थामा रहेको जलेश्वर(भिट्ठामोड(जनकपुर सडक र जनकपुर(तिनकोरिया(कमलासम्मको दुईवटा छुट्टा छुट्टै सडक खण्ड निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जलेश्वरको खयरा चोकमा र धनुषाको देउरी परवाहामा शुक्रबार शिलान्यास गरेका छन् । उक्त सडक नेपाल सरकारको लगानीमा बन्न लागेको हो ।
जलेश्वर(भिट्ठामोड(जनकपुर सडक ४ लेनको गुणस्तरीय सडक, सडक विभाग, हुलाकी राजमार्ग आयोजनाबाट निर्माण हुने सो सडकको ठेक्का अवधि ३ बर्षको रहेको र २ बर्ष मर्मत संभार अवधि समेत रहेको हुलाकी राजमार्ग आयोजनाका प्रमुख बलराम मिश्रले बताए । २३ मिटर चौडाई रहेको उक्त सडक ४ लेनको हुने बताइएको छ । ९४ करोड रकमको लागतमा बन्ने उक्त सडक प्रतिभा÷ वाइपी जेभी र आशिष÷पप्पु÷रोशन जेभी कन्स्टूक्सनले बनाउने सम्झौता भएको हो । उक्त सडकमा जनकपुरको जिरोमाईल देखि ९ किलोमिटरसम्मको एउटा प्याकेज र ९ किलोमिटर देखि १८.४ किलोमिटरसम्मको अर्को प्याकेजमा सडक निर्माण हुने सम्झौता भएको मिश्रले बताएका छन् । यसका अतिरिक्त सहरी क्षेत्रमा दुवै तर्फ ३.५ मिटर थपेर कुल २१ मिटर चौडाईको सडक बन्ने छ ।
त्यसैगरी धनुषाको हुलाकी सडक अन्तरगतको जनकपुरको कदम चौक देखि तिनकौरिया चौक हुँदै कमला पुलसम्म करिब २५ किलोमिटर सडक ७ मिटर अर्थात २ लेनको निर्माण हुने भएको छ । लामा÷रमण कन्स्टूक्सनले भ्याट समेत गरी ५० करोड रुपैयाँमा उक्त सडक निर्माण गर्ने सम्झौता गरेको हो । २ बर्षको समय अवधिमा उक्त सडक निर्माण गरिने र कालो पत्रेको पिच ११ मिटर रहने गरी सम्झौता गरिएको छ ।
शिलान्यासपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री लेखकले महोत्तरी र जनकपुरलाई भारतीय सीमासँग जोड्ने व्यापारिक र पर्यटकीय महत्वको यो सडक नेपाल सरकारको आफ्नै श्रोतबाट स्तरोन्नती गरिने जनाए । नेपाल सरकारले यो समेत हुलाकी सडकअन्तर्गतका १७ वटा सहायक मार्गमध्ये ६ वटा मार्ग स्तरोन्नतिका लागि ५ अर्ब ४४ करोड व्यवस्थापन गरिएको उनको भनाई थियो । ‘अब यो सडक बन्दैन की भन्ने कसैले आशंका नगरे हुन्छ,’ लेखकले भने ‘राज्यले ९३ करोड ४३ लाख बजेट ब्यवस्थापन गरिसककोले अव ४ लेनमा आगामी ३ वर्ष्भित्र कालोपत्रे भै सक्ने छ ।’
![]() |
| जनकपुर जलेश्वर भिठ्ठामोड सडकको जलेश्वरमा शिलान्यास गर्दै मन्त्री रमेश लेखक । |
विकासको मूख्य पूर्वाधार मानिएको यो सडकको जर्जर अवस्थाले यहाँको दैनिक जीवनमा अनेकन कठिनाई मात्र थपिएको छैन, महोत्तरीको समृद्धि र प्रगतिलाई नै असहज बनाएपछि स्तरोन्नतिका लागि सरकारलाई चौतर्फी दवाव परेको थियो । सन् २०१० मै भारतीय ठेकेदारले काम सुरु गरे पनि केही दिनपछि छाडेर भागेपछि स्थानियमा शिलान्यास भएर पनि फेरि पनि नबन्ने पो हो की भन्ने आशंका ब्याप्त छ ।
पाँच बर्ष अघि भारत सरकारको लगानीमा यो सडकलाई कालोपत्रे गर्ने ठेक्का पाएको भारतीय कम्पनी भिस्वा विभिएस आर जेभीले कामै नगरी ३० महिने ठेक्का अवधि गुजारेर बेपता भएपछि उक्त सडक निर्माणको कार्य अलपत्र परेको थियो । त्यसबेला १ जुलाई २०११ देखि काम सुरु गरी ३० महिना भित्रै काम सम्पन्न गर्ने दुवै देशका पदाधिकारीहरु बीच सम्झौता भएको थियो । तर, सडक निर्माण कार्य छोडेर ठेक्केदारले ५ प्रतिशत समेत काम नगरी बेपता भएपछि सडक विभागले पटक पटक सडक टालटुल पार्ने नाममा लाखौ रुपैयाँको बजेट सिध्याउने गरेको थियो । २०२९ साल तिर उक्त सडक भारत सरकारको लगानीमा कालो पत्रे भएको थियो ।
प्रतिवर्ष ८० करोडभन्दा बढी राजश्व उठने तथा दैनिक ४० हजारभन्दा बढी यात्रु ओहोरदोहर गर्ने विद्यापति राजमार्गलाई महोत्तरी र धनुषाका राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाउँदै सडक निर्माणका लागि आन्दोलन थालेका छन् । भिठामोड मुख्य भन्सार नाका जोडने मूल सडकको रुपमा रहेको जनकपुर(भिठामोड (विद्यापति राजमार्ग) सडक दशकौंदेखि जीर्ण रहेपनि सरकारले बनाउन कुनै पहल नगरेपछि महोत्तरी र धनुषाका राजनीतिक दलहरुले यसलाई प्रतिष्ठाको विषय बनाउँदै आन्दोलनमा उत्रेका हुन् । जिल्लाको सदरमुकाममा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले सडक निर्माणका लागि तीन चरणको आन्दोलनको घोषणा समेत गरेको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माको संयोजकत्वमा प्रत्येक राजनीतिक दलका अध्यक्ष, सुन्दर अभियानी, विभिन्न संघसंस्था, नागरिक समाजलगायतका प्रतिनिधिहरु रहेको संघर्ष समिति बनाइएको छ । सो समितिले तत्कालका लागि तीन चरणको कार्यक्रमको घोषणा गरेको छ ।
जसमध्ये भाद्र १२ गते आइतवार महोत्तरी र धनुषा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको थियो, भाद्र १३ गतेदेखि १९ गतेसम्म (सात दिन) सडक तथा सडक छेउका गाउँमा प्रचारप्रसारसहित पम्पलेटिङ, कोणसभा, माइकिङ गरी हरेक चोकमा सर्वपक्षीय संघर्ष समिति निर्माण गरिएको थियो, भाद्र २० देखि २४ गतेसम्म पाँच दिनसम्म विभिन्न चौकमा रिले धर्ना दिइएको थियो । र, भाद्र २५ गते समाचार तयार गर्दाको दिनमा जनकपुर(भिट्ठामोड सडकमा पूर्णरुपमा यातायात ठप्प पारिएको थियो ।
यति समयभित्र पनि सरकारले निर्माण कार्य सुचारु वा भरपर्दो प्रतिबद्धता नजनाए तेस्रो चरणमा जनकपुर(भिट्ठामोड सडकको मध्यमा पर्ने पिपरामा आमरण अनसनको कार्यक्रम गर्ने तय भएको शर्माले बताए । उनले भने, ‘यो सडक निर्माणलाई आफूले प्रतिष्ठाको विषय बनाएकोले यो सडक कि त बन्छ कि मेरो लाश उठछ ।’
एक दशकदेखि निर्माणको प्रतिक्षामा जीर्ण अवस्थामा रहेको उक्त सडक बनाउन माग गर्दै एक वर्षअघि २०७२ जेठ २४ गतेदेखि ‘सडक बनाउ या फाँसी दिय’ नाराका सुन्दर अभियान नाम दिएर यहाँका स्थानीयहरुले भिठामोड(जलेश्वर (जनकपुर सडक निर्माणको माग गर्दै एक सातासम्म आन्दोलन गरेका थिए ।
त्यतिबेला तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आन्दोलन साम्य पार्न चाँडै नै सडक बन्ने मौखिक आश्वासन दिएका थिए । सुख्खा मौसममा सडकको धुलोले श्वास प्रणालीमा नकारात्मक असर पारी सर्वसाधारणले किस्ताबन्दीमा मृत्यु पाई रहेकाले किस्ताबन्दीमा नभई मार्ने नै भए फाँसी दिएर मारिदेउ भन्दै अभियानकर्मीले सडकजाम गरेर आन्दोलन गरेका थिए ।
२०७२ जेठ ३० गतेका दिन सडक विभागले लिखित रुपमै चाँडै नै सडक बन्ने सहमति गरेपछि त्यति बेला आन्दोलन समाप्त भएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री निधिले चाँडै नै सडक निर्माण हुने भन्दै आश्वासन दिएको पनि एक वर्ष भन्दा बढी भइसके तर उक्त सडकको अवस्था झन् दयनीय बन्दै गएको स्थानीयहरुको भनाई रहेको छ । अहिले निधि देशकै उपप्रधान तथा गृहन्त्री भएका छन् । स्थानीयहरुले सडक गृहमन्त्रालाय अन्तर्गत नपरेपनि निधिले चाहने हो भने यो सडक चाँडै नै बन्ने आशा राखेका छन् ।
धनुषामा पनि विरोध
![]() |
| जनकपुर–कमला सडक ४ लेनको निर्माण हुनुपर्ने माग राख्दै नयाँ शक्तिका सह संयोजक रामचन्द्र झा धनुषाका प्रजिअलाई ज्ञापन बुझाउँदै । |
जनकपुरधामको कदम चौक देखि पुर्व कपटौल हँुदै कमला नदी सम्म करिब २५ किलोमीटरको हुलाकी सडक खण्ड ४ लेनको सडक निर्माण यथाशिघ्र हुनुपर्ने माग गर्दै नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सह(संयोजक एवं पुर्व स्थानीय विकास मन्त्री रामचन्द्र झाले विरोध गरेका छन् । ।सयौंको संख्यामा कार्यकर्ता एवं सरोकारवाला जनता सहित जिल्ला प्रशासन कार्यालय धनुषामा पुगी नेता झाले धनुषाको प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंलाई लिखित ध्यानाकर्षण पत्र बुझाएका थिए । सहिद पथ पुलचोक देखि यदुकुहाको जीर्ण सडकका साथै अधुरो रहेको अन्य सडकहरु सहिदपथ, खजुरी देखि यदुकुहा बालाबाखर, ढोलबाजा गोदार खण्डको जीर्ण सडकहरुको मर्मत र पुर्ण निर्माणको काम अविलम्ब प्रारम्भ गर्नुपर्ने तथा गैर जिम्मेवार ठेकेदारलाई कार्यवाही गर्न पनि माग गरिएको थियो । साथै उनले हुलाकी सडकको स्तरमा पुनरावलोकन गरि ४ लेनको स्तर निर्धारण गर्न जनताका यी माग पुरा नगरिए कडा संघर्षमा उत्रने अवगत गराएका थिए ।
यातायात मन्त्रीलाई संघर्ष समितिद्वारा ज्ञापन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई संघर्ष समितिका संयोजक रामकुमार शर्माले ज्ञापन दिएका छन् । भिामोड(जनकपुर सडकलाई ४(चार) लेनको सडक नबनाई ६ लेनको सडक बनाउनु पर्ने, सडक गुणत्मकरुपमा निर्माण गर्न÷गराउन अनुगमन समिति गठन गर्नुपर्ने, सरकारले एकातर्फ १४ किलोमिटरको सडक(तिनकुने(सुर्य्विनायक)को निर्माण एकवर्ष भित्र सम्पन्न गर्ने तथा भिामोड(जनकपुर जस्ता आर्थिक, पर्यटकीय र अनतर्रा्ष्टिूय महत्वको सडकलाई कछुवा गतिमा ३० महिना लागाउनुको साटो १५(पन्ू) महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने, २०७३ को महान चाड विजया दशमी प्रारम्भ हुनु भन्दा अगाडि भिामोड(जनकपुर सडकलाई पूर्ण मरम्मत गर्नुपर्ने, सडक निर्माणको ठेक्का पाएका मुख्य निर्माण व्यवसायीलेनै कार्य गर्नुपर्ने, पेटी कन्टूयाक्टरले बनाउन नपाउने गरी ५ बुँदे ज्ञापन बुझाएका थिए ।
भिामोड(जनकपुर सडक(विद्यपति राजमार्ग) निर्माणकालागि सर्वदलीय÷सर्वपक्षीय “महोत्तरी(धनुषा संयुक्त संघर्ष समिति” को जारी आन्दोलन पश्चात सडकको शिलान्यास गर्न आएको कुरालाई संघर्ष समितिले साकारात्मकरुपमा लिएपनि आफूहरुको ६(छ) लेनको सडक निर्माणको मांग भन्दा रतिभर पछि हटेको छैन भन्ने कुरा ज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिवर्ष ७० देखि ८० करोड सरकारलाई राजश्व बुझाउने भिामोड भन्सारको प्रमुख मार्गकोरुपमा रहेको यस सडक, जुन ६(छ) लेनको सडककोरुपमा पास भई जनताबाट जग्गा अधिग्रहण समेतगरी विगतमा टेन्डर भइसकेतापनि, यसलाई हाल ४(चार) लेन र वर्चश्ववाला मन्त्रीको निर्वाचन क्षेत्रभित्र रहेको जटही(जनकपुर सहायक सडकलाई ६(छ) लेनको सडक निर्माण हुनुलाई हामीले, यहाँको जनतामाथिको भेदभाव र यस जिल्लाको समुचित विकासको अवरोधकको रुपमा लिंदै भिामोड(जनकपुर सडकलाई ६(छ) लेनकै बनाउनु पर्ने न्यायोचित माँगलाई जारी राख्ने निर्णय गरिएको ज्ञापनमा उल्लेख छ ।
आन्दोलनको निरन्तरता
![]() |
| महोत्तरीको पिपरामा धर्ना दिँदै संयूक्त आन्दोलन समिति । |
नेपाल सरकारले २०५४ साल जेष्ठ ३० गते देखि मैथिलीका महाकवि विद्यापतिको नाममा नामाकरण गरेको जनकपुर(भिामोड सडकमा गत भदौ २० गतेदेखि जारी रहेको आन्दोलन पूर्ववत जारी रहेको महोत्तरी(धनुषा संयुक्त संघर्ष समितिले जनाएको छ । आन्दोलनको कार्यक्रम अनुसार जनकपुरदेखि भिामोड सडकको भिामोड(मलिवारा), जलेश्वर(सिनेमाहल चोक), प्रकौली, पिपरा, सहोडवा, विन्धि र लादोबेलामा ५ दिईरहेको धर्ना कार्यक्रमलाई निरन्तरता दिँदै २५ र २६ गते जनकपुर(भिामोड सडकमा यातायात ठप्प पार्ने, २७ गते मानव सांगलो बनाउने र २८ गतेदेखि महोत्तरीको पिपरामा संघर्ष समितिका संयोजक रामकुमार शर्मा, माओवादी नेता फुलकुमारी महतो लगायतले आमरण अनसनमा बस्ने कार्यक्रम यथावत नै रहेको जनाइएकोछ ।
विकासको मामिलामा अति पिछडिएको जिल्लाको रुपमा महोत्तरी उपल्लो श्रेणीमा आउछ । यहाँ शिक्षा,स्वास्थ्य र सडकको चर्चा गर्नु पर्दा तिनै क्षेत्रमा यहाका जनताले विकास भएको अनुभुति गर्न सकेका छैनन । जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सडक दुर्घटना मै मृत्यु हुनेको संख्या ३० छ भने सयौको संख्यामा वार्षिक यात्रुहरु सडक दुर्घटनामा घाईते हुने गरेका छन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भटटराईले समेत सोमवार सडकको अवस्था बुझ्न निरिक्षणमा जादा सडकमा रहेको खाल्डा खुल्डी नपुरेसम्म सडक सुरक्षाको दृष्टीकोणले यात्रा गर्न लायक नरहेको बताएकाछन् ।
धनुषा स्थित जनकपुर चुरोट कारखाना संचालनमा रहेको वेलासम्म चुरोट कारखाना कै लागि भिठामोड नाका हुदै दैनिक दर्जनौ टूक आउने गरेकोले सामान्य मर्मत भै रहने गरेपनि कारखाना बन्द भएदेखि सडकको स्तोरन्नती हुन सकेको छैन । भिट्ठामोड भन्सारले वर्षेनी ७० देखि ८० करोड नेपाल सरकारलाइ राजश्व बुझाउने गरेको छ । सडक विभागले वार्षिक रुपमै सडक मर्मतको लागि ठूलै रकम निकासा गर्ने गरेको तर त्यसको १० प्रतिशत रकम समेत सडकमा खर्च हुन नसकेको स्थानियहरुको आरोप छ ।
विगतका दुई वर्षमा दुई पटक आफै अगुवा भई ‘सडक बनाऊ या फासी देऊ, किस्तावन्दीमा मृत्यु चाहिंदैन’ भन्ने नाराका साथ सडक आन्दोलनमा उत्रेका सुन्दर अभियान का मनोज झा मुक्तिले आफुले व्यापक जनसहभागिता जुट्न नसक्दा तात्कालिक यातायात मन्त्री, वहालवाला उपप्रधान तथा गृहमन्त्रीका प्रतिनिधि, प्रजिअ तथा सडक विभाग कै उच्च अधिकारीहरु आएर सडक बनाउने सहमति गरे तर ति सहमतिहरु कागजमै राखेर आमजनतालाई ठग्ने काम मात्र भयो ।
हुलाकी मार्ग निर्माणमा भारतसँग नयाँ सहमति, ६ सडकखण्ड स्वदेशी लगानीमा
निर्माणाधीन हुलाकी मार्गको काम भदौ महिनाबाट सुरु हुने गरी भारतीय पक्षसँग नयाँ सहमति भएको छ । सहमति अनुसार अति महत्वपूर्ण ६ वटा सडक खण्डको काम नेपाल सरकार आफैले सुरु गर्ने छ । बाँकी ११ सडकखण्ड भने भारतीय सहयोगमा निर्माण हुनेछ । नेपाल र भारतबीच सन २०६६ सालमा हुलाकीमार्ग निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर निर्माणको जिम्मा पाएको भारतीय कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै बिचमै काम रोकेको थियो ।
‘पछिल्लो समय दुई देशका अधिकारीबीच भएको छलफलबाट सडक निर्माणमा नयाँ सहमति भएको छ र अब सबै अवरोध हटेको छ,’ हुलाकी राजमार्ग आयोजनाका निर्देशक बलराम मिश्रले भने । पूर्व(पश्चिम राजमार्गबाट भारतीय सीमासम्म जोड्ने ३२ वटा सडक र पुरानो हुलाकी सडक गरी करिब १८ सय किलोमिटर लामो सडक निर्माण र स्तरोन्नतिको काम आयोजना अन्तर्गत छ । उक्त सडक निर्माणका लागि भारत सरकारले ८ अर्ब रुपैयाँ दिने सहमति भएको थियो । भारतीय सहयोग रकम अपुग हुने भएपछि नेपाल सरकारले ५ अर्ब रुपैयाँ लगानी गरेर ६ सडकखण्डको काम आफै गर्न लागेको हो । नेपाल सरकारको लगानीमा अति महत्वपूर्ण ६ वटा सडक खण्डको काम आफैं सुरु गर्ने गरी भारतीय पक्षसँग सहमति भएको मिश्रले जानकारी दिए । सहमति भएसँगै अब आयोजना अन्तर्गतको २ सय ७ किलोमिटर सडक निर्माणमा कुनै अवरोध नरहेको उनले बताए । नेपाल सरकारको खर्चमा चारआली(केचना, नेपालगञ्ज(बखडा र भुरीगाउँ(गौलोरी सडक निर्माण हुने छ । यो काम दशैंपछि सुरु हुने निर्देशक मिश्रले बताए । ६ वटा सडकखण्ड बाहेक ११ वटा सडकखण्ड भने भारतीय सहयोगमा नै निर्माण हुनेछ । जसमा आयोजनाले यही भदौ महिनाभित्र जनकपुर(जलेश्वर(भिट्टामोड, नवलपुर(मलंगवा, नयाँरोड मधुवनी सर्लाही र चारआली(केचना झापा अन्तर्गतका दुई वटाखण्डमध्ये एक खण्डको निर्माण कार्य सुरु गर्ने सहमति भएको छ । भारतसँग भएको सहमति पत्रमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला औपचारिक हस्ताक्षर हुने बताइएको छ ।
२०७३ भाद्र २६ गते आईतबार
निशानामा बिमलेन्द्र निधि
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्री लेखकले उक्त दुईवटै सडक खण्डको शिलान्यास गरिएपनि धनुषा र महोत्तरी दुवै जिल्लामा दुवै सडक खण्डका लागि असंतुष्टि र विरोध जारी नै रहेको छ । धनुषामा बन्न गईरहेको उक्त सडक कम्तिमा पनि ४ लेनको अर्थात १४ मिटर चौडाई हुनुपर्ने र सो नभए शिलान्यास भईसकेपनि सडक निर्माण हुन नदिने भन्दै नयाँ शक्ति नेपालका सह संयोजक राम चन्द्र झाले विरोध गरेका छन् ।
२५ किलोमिटर लम्बाई रहेको उक्त सडक नेपाली कांग्रेसका धनुषा क्षेत्र नम्बर २ का सांसद रामकृष्ण यादवको पहल कदमीमा निर्माण हुन गईरहेको छ । तर, राम चन्द्र झाको भनाई अनुसार जनकपुरको कदम चौक देखि कमला सम्मको उक्त सडक भनेको पुर्व पश्चिम राजमार्गको विकल्पमा मेची देखि महाकालीसम्मको बैकल्पिक राजमार्ग रहेकाले त्यसको चौडाई पनि राजमार्ग सडक सरह कम्तिमा पनि ४ लेनको हुनुपर्छ । जनकपुर देखि जटही सम्मको सडक खण्ड ६ लेनको निर्माण हुने र मधेसको जिवन मार्ग भनिएको हुलाकी सडक दुई लेनको मात्र निर्माण हुनु भनेको भेदभाव हो । र, त्यो भेदभाव नेपाली कांग्रेसका तर्फबाट धनुषा क्षेत्र नम्बर ३ बाट सांसद भई भौतिक पुर्वाधार तथा यातायात मन्त्री भएको बेलामा मन्त्री विमलेन्द्र निधिले गरेको झाको आरोप छ ।
ठिक त्यसैगरी विगतमा नेपाल र भारत सरकारसँग ठेक्का सम्झौता हुँदा जनकपुर(जलेश्वर(भिठ्ठामोड सडक खण्ड ६ लेनको निर्माण हुने भनि सम्झौता गरिएको तर बिमलेन्द्र निधि मन्त्री भएपछि उक्त सडकलाई षड्यन्त्र पुर्वक ४ लेन बनाएको र आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको जनकपुर जटही सडक खण्डलाई ६ लेन बनाएर महोत्तरीका जिल्लासँग भेदभाव गरेको संयूक्त संघर्ष समितिका संयोजक समेत रहेका नयाँ शक्ति नेपालका नेता रामकुमार शर्माले आरोप लगाएका छन् । त्रेता यूग देखि नै भारतको अयोध्या र जनकपुर जोड्ने उक्त सडकलाई ओझेलमा पारी आफ्नो क्षेत्रको सडक मात्र विस्तार गर्नुले भेदभाव झल्किएको प्रष्ट छ भन्दै शर्माले के पनि आरोप लगाए भने व्यापारिक मार्गको रुपमा भिठ्ठामोड नाकालाई समेत ओझेलमा पार्न जटहीमै मुल भन्सार बनाउने र जटही मार्गलाई नै व्यापारीक मार्गको रुपमा विकास गर्ने निधिको षड्यन्त्र छ ।
२०७३ भाद्र २६ गते आईतबार
जनकपुरधाम............
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्री लेखकले उक्त दुईवटै सडक खण्डको शिलान्यास गरिएपनि धनुषा र महोत्तरी दुवै जिल्लामा दुवै सडक खण्डका लागि असंतुष्टि र विरोध जारी नै रहेको छ । धनुषामा बन्न गईरहेको उक्त सडक कम्तिमा पनि ४ लेनको अर्थात १४ मिटर चौडाई हुनुपर्ने र सो नभए शिलान्यास भईसकेपनि सडक निर्माण हुन नदिने भन्दै नयाँ शक्ति नेपालका सह संयोजक राम चन्द्र झाले विरोध गरेका छन् ।
२५ किलोमिटर लम्बाई रहेको उक्त सडक नेपाली कांग्रेसका धनुषा क्षेत्र नम्बर २ का सांसद रामकृष्ण यादवको पहल कदमीमा निर्माण हुन गईरहेको छ । तर, राम चन्द्र झाको भनाई अनुसार जनकपुरको कदम चौक देखि कमला सम्मको उक्त सडक भनेको पुर्व पश्चिम राजमार्गको विकल्पमा मेची देखि महाकालीसम्मको बैकल्पिक राजमार्ग रहेकाले त्यसको चौडाई पनि राजमार्ग सडक सरह कम्तिमा पनि ४ लेनको हुनुपर्छ । जनकपुर देखि जटही सम्मको सडक खण्ड ६ लेनको निर्माण हुने र मधेसको जिवन मार्ग भनिएको हुलाकी सडक दुई लेनको मात्र निर्माण हुनु भनेको भेदभाव हो । र, त्यो भेदभाव नेपाली कांग्रेसका तर्फबाट धनुषा क्षेत्र नम्बर ३ बाट सांसद भई भौतिक पुर्वाधार तथा यातायात मन्त्री भएको बेलामा मन्त्री विमलेन्द्र निधिले गरेको झाको आरोप छ ।
ठिक त्यसैगरी विगतमा नेपाल र भारत सरकारसँग ठेक्का सम्झौता हुँदा जनकपुर(जलेश्वर(भिठ्ठामोड सडक खण्ड ६ लेनको निर्माण हुने भनि सम्झौता गरिएको तर बिमलेन्द्र निधि मन्त्री भएपछि उक्त सडकलाई षड्यन्त्र पुर्वक ४ लेन बनाएको र आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको जनकपुर जटही सडक खण्डलाई ६ लेन बनाएर महोत्तरीका जिल्लासँग भेदभाव गरेको संयूक्त संघर्ष समितिका संयोजक समेत रहेका नयाँ शक्ति नेपालका नेता रामकुमार शर्माले आरोप लगाएका छन् । त्रेता यूग देखि नै भारतको अयोध्या र जनकपुर जोड्ने उक्त सडकलाई ओझेलमा पारी आफ्नो क्षेत्रको सडक मात्र विस्तार गर्नुले भेदभाव झल्किएको प्रष्ट छ भन्दै शर्माले के पनि आरोप लगाए भने व्यापारिक मार्गको रुपमा भिठ्ठामोड नाकालाई समेत ओझेलमा पार्न जटहीमै मुल भन्सार बनाउने र जटही मार्गलाई नै व्यापारीक मार्गको रुपमा विकास गर्ने निधिको षड्यन्त्र छ ।
२०७३ भाद्र २६ गते आईतबार
अन्तरजातिय प्रेमको परिणाम केटीसँग प्रेम गर्दा जागिरले केटी, आमासँगै ८ लाख रुपैयाँ पनि गुमायो
![]() |
| नसिमा खातुनको शवलाई अन्तिम श्रद्धाञ्जली दिँदै गाउँका मुस्लिम समुदायहरु । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नसिमा खातुनको ३९ वर्षको कलिलो उमेरमै मृत्यु भयो । १२ भदौमा अल्पआयुमै उनी संधैका लागि संसार छोडिन । उनको मृत्युले यतिवेला उतm गाँउमा मात्र नभई वरपरको गाउँका वासिन्दापनि शोक,पीडाका संगसँगै त्रासमा छन् । नसिमाको अस्वाभाविक मृत्युले यतिवेला गाँउका बच्चादेखि बृद्ध सम्मको मन रुवाएको छ । स्वास्थ्य अवस्था राम्रो भएकी महिला आखिरमा किन आफ्ना सन्तानहरुलाई टुहरो बनाएर यो संसारलाई छाडन पुगिन त ! कारण हो, छोरा जागिर साफीको अन्तराजातिय प्रेम ।
जनकपुरधाम............
नसिमा खातुनको ३९ वर्षको कलिलो उमेरमै मृत्यु भयो । १२ भदौमा अल्पआयुमै उनी संधैका लागि संसार छोडिन । उनको मृत्युले यतिवेला उतm गाँउमा मात्र नभई वरपरको गाउँका वासिन्दापनि शोक,पीडाका संगसँगै त्रासमा छन् । नसिमाको अस्वाभाविक मृत्युले यतिवेला गाँउका बच्चादेखि बृद्ध सम्मको मन रुवाएको छ । स्वास्थ्य अवस्था राम्रो भएकी महिला आखिरमा किन आफ्ना सन्तानहरुलाई टुहरो बनाएर यो संसारलाई छाडन पुगिन त ! कारण हो, छोरा जागिर साफीको अन्तराजातिय प्रेम ।
मुलुक पंचायति व्यवस्थाबाट गणतन्त्रमा आईस्कदा पनि तराई मधेशको ग्रामिण क्षेत्रमा अहिले पनि पुरानै जमिनदारी प्रथा, हुक्मी शासन र जातिय विभेद कायम रहेको यो घटनाले उजागर गर्छ । समान्य विषयलाई पनि तोडमटोर गरेर गाउँका भन्दाहरु क्सरि आफ्ना स्वार्थको निम्त समाजिक एकता, धार्मिक सदभावलाई बिगाड्न तथा समाजिक न्यायलाई कसरी धज्जी उडाईन्छ भन्ने कुरा उतm घटनाले पुष्टी गर्छ ।
करिव दुई महिना अघि मोहत्तरी सोनमा(४ का गुलाम रसुलको १७ वर्षिय छोरा जागिर साफी र सोही गाउँकी अर्चना(नाम परिर्वतन) मण्डल बीच प्रेम सम्बन्ध भयो । अर्चनाको पढाई जारी नै रहेको समयमा उनको मन्जुरी बिना नै नावालिक अवस्थामै बुबा भरोषि मण्डलले विवाह गरिदियो । विवाह अघि अर्चनाले जागिरलाई पटक(पटक भागेर विवाह गर्न दवाव दिईन । तर जागिरले उनको प्रस्तावलाई अस्वीकार गरिरहे । उता, आफुहरुले खोजिदिएको केटासँग बिहे गर्नुपर्छ भनेर आमाबुबाले अर्चनालाई दिएको दवावले नपुगेपछि यातना समेत दिन थाले । घरको चुकुल बन्द गरेर अभिभावकबाट दिनहुँ कुटिने अर्चनालाई नचाहेर पनि वैवाहिक बन्धनमा बाधिनु पर्यो । वैवाहिक जीवनमा बाँधिएपनि अर्चनाले आफ्नो प्रेमी जारिगसंगै मनसाय बनाएकी थिईन । विहेको एक महिनापछि अर्चना ससुरालीबाट माईती आएपछि एक राती करिव १२ बजे जागिरको घरमै पुगेर दवाव दिईन । जागिरले भने,‘ म इन्कार गरेपछि उनी यहि मरेर ज्यान दिन्छु भनेर रुन थालिन ।’जागिरसँग सय रुपैयाँ मात्र गोजिमा थियो । अर्चनाले आफुसँग तीन हजार रुपैया र केहि सुनको गरगहना रहेको बताइन । सोही राती दुवै जना भागेर सिमावर्ति भारतको सितामढी हुदै चढेर दिल्ली हानिए ।
यता, ‘गाँउमा उनीहरुको व्यापक खोजी भइरह्यो । उनीहरु भागेको कुरा गाउँभरि फैल्यो । अर्चनाका आमाबुबाले जागिरका परिवारलाई दवाव दिन थाले । मेरो छोरी जसरी पनि खोजेर ल्याउ भन्दै अर्चनाका आमाबुवाले गाँउका सयौं मानिसहरुलाई लगेर गालिवेइज्जती तथा धाक्कधम्की दिन थाले । जागिरको आमाले आफुलाई केहि पनि थाहा नभएको र छरछिमेक तथा नातेदारहरु कहाँ खोजि गर्ने आवश्वासन उनीहरुलाई दिई रहिन् । तर पनि उनीहरुले मानेन । घरमा तोडफोड गर्नुको साथै जागिरका दाई फिरोजलाई हातपात समते गरियो । गाउँबाटै असुरक्षित महसुस गरे जागरिका परिवार विस्थापित हुने अवस्थामा पुगे ।
जागिरको हजुर बुबा सोबराती साफी संरक्षणका लागि गाँउका पुर्व प्रधानपञ्च गोखुल यादव कहाँ गए । तरपनि उनले न्याय पाउन सकेनन् । सोबरातीका अनुसार उनले संरक्षण गर्नुको सट्टा उल्टै खनिए । केटीलाई खोजेर ल्याउ दवाव दिए । घटनालाई बढाउन केहि दलालहरुले जातीय नारा लगाउन थाले । उनिहरुको भड्काउमा परेर वार्डका अधिकांश मानिसहरु उनको विपक्षमा उभिए । यहाँ सम्म कि जुन मुस्लिम वा हिन्दुले सोबरातीलाई सहयोग गर्छ उसलाई पनि कारवाही गर्ने भनेर उर्दी नै जारि गरियो । जागिरको बुबा गुलाम रसुल वैदेशिक रोजगारीको सिलसिलामा कत्तारमा रहेकाले परिवारका सदस्यहरु झन तनावमा थिए ।
गाँउका चार ÷पाँच जना मानिसहरु घरमा आई घटनाको विषयमा कुरा गर्नु छ भन्दै उसको हजुर बुवालाई जबर्जस्ती लगेर २५ लाख रुपैयाँको कपाली तमसुक गाँउकै रामचन्द्र यादवको नाँउमा बनाईयो । कागज बनाउन देबानजी जगनाथ मिश्रलाई बोलाईएको थियो । तर उनी गैरकानुनी रुपमा आफुले कपाली तमसुक लेख्न नसकिने भन्दै इन्कार गरे । पछि गाउँमै पशुको चिकित्सक पेशामा संलग्न रहेका अशोक यादवलाई दवाव दिएर तमसुक लेखाइयो । तत्कालका लागि उतm तमसुक स्थानीय आविद हुसेन अन्सारीको जिम्मा दिइयो ।
गाँउका पुर्वप्रधानपञ्च तथा आफुलाई पुरानो जमिन्दर भनेर धाक देखाउने गोखुलले कपाली बनाएपनि तिमीले पैसा दिनुपर्दैन, केटीलाई खोजर ल्याउ, तमसुक च्यातिदिने भनेर सोबरातीलाई आवश्वासन दिएका थिए । उता जागिरका परिवारजनले पनि उनीहरुको खोजिमा दिनरात लागेपनि फेला परिरहेका थिएनन् । केटीको बुबा भरोषि मण्डलले छोरीलाई फलानोको छोराले अपहरण गर्यो भनेर किटेरै रघुनाथपुर प्रहरी चौकीमा उजुरी दिए । उजुरी परेलगतै प्रहरी जागिरको घरमा पुगेर खानतलासी गर्दै घटनाको विषयमा जानकारी लिए । जागिरको हजुरबुवाले आफुहरु गाउँ समाजबाट असुरक्षित रहेको तथा २५ लाखको कपाली तमसुक जबजस्ती बनाएको कुरा प्रहरीलाई जानकारी गराउँदा प्रहरीले वास्ता नै गरेनन् । पछि जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी, जिल्ला अदालत महोत्तरीमा सोबरातीले करकाप तथा शान्ति सुरक्षाको उजुरी र मुद्दा दिए । तरपनि प्रहरीले शान्ति सुरक्षा प्रदान गर्नुको साट्टो प्रहरीले उल्टै गैरकानुनी रुपमा जागिरका हजुरबुबा, र ठुलदाई फिरोज साफीलाई थुनामा राख्यो । केटापक्षलाई थुनामा राख्न नेकपा एमालेका जिल्ला सदस्य तथा जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष मदन साहले प्रहरीलाई दवाव तथा आर्थिक प्रलोभन दिएका थिए । घरकै अभिभावकलाई थुनामा राखेपछि जागिरका परिवारजन झन आतंकित र भयभित भयो ।
प्रहरी थुनामा रहेकालाई छुटाई दिन महोत्तरी कै रानी रतबरा बस्ने जागिरको फुफुसँग सोही गाउँका एक जनाले दुई लाख रुपैयाँ लिए । तर उनिहरु थुनामुतm भएन । पछि आफन्तकै एक जनाले जमानतमा बसेपछि उनीहरु प्रहरीको हिरासतबाट रिहा भयो । त्यसपछि उनीहरु गाउँबाट सदरमुकाम जलेश्वरमा विस्थापित भए । तराई मधेश लोकतान्त्रिक पार्टीका महोत्तरी अध्यक्ष सुरेश साहको घरमा दुई राती शरण लिए ।
केहि दिनपछि भागेका जागिर र अर्चना घर फर्किए । दुबै जनालाई समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइयो । म जागिरसँग प्रेम गर्छु,जागिर बिना बाँच्न सक्दिन, आफ्ना बुबाको घर जान्न भनेर अर्चनाले प्रहरी समक्ष जिद्दी गरिरहिन । पछि प्रहरीले अर्चनालाई अभिभावकको जिम्मा लगाउदै अपहरणको उजुरी राखेज रद्द गरियो । एका तर्फ अर्चनालाई अभिभावको जिम्मा लगाइयो भने अर्को तर्फ जागिरलाई तीन दिन सम्म प्रहरीले थुनामामै राख्यो । २५ लाख रुपैयाँको बनाइएको कपाली तमसुकका विषयमा पनि जिल्ला प्रहरी कार्यालयमा पञ्चायत भयो । पञ्चायतमा केटी पक्षले क्षतिपुर्ति वापत २० लाख रुपैया दिए मात्र बनाएको २५ लाखको तमसुक च्यात्ने बताए । हामी झस्कियौ, सोबरातीले भने,‘ केटी उपस्थित भएपछि उतm तमसुक च्यात्ने सहमति भएको अवस्थामा २० लाख रुपैया माग्नु अन्याय हो, हामी दिन सक्दैनौ भनेर न्यायका लागि गुहार गरिरहे ।’ पञ्चायतमा जिल्ला प्रहरी कार्यालयका मुद्दा फाटका प्रहरी निरीक्षक रबिन्द्र खनाल, प्रहरी हवलदार गोपाल यादव,एमालेका मदन साह, फोरम लोकतान्त्रिक सुरेश साह,सोनमाका इयुफ अन्सारी, हुलास मण्डल,सियाराम यादव,दरेश राय,जोगिन्दर मण्डल,भुवन यादव,भरत राय यादव लगायतका मान्छे सहभागि थिए । अन्ततः उतm पञ्चायतले केटा पक्षले केटी पक्षलाई ९ लाख रुपैया दिनुपर्छ भन्दै एकतर्फी निर्णय गरियो । तर जागिरका आमा आफ्नो आर्थिक हैसियत ९ लाख दिन नस्कने र अघि देखि नै १०÷१२ लाख त्रृण रहेकोले बताईन ।
यसरी उतm घटनमा मिलाउन ढेड महिनामा करिव २० दिन कहिले जिल्ला प्रहरी त कहिले गाँउमा पञ्चायत भयो । तर उनीहरुले ९ लाख भन्दा कम रकम कुनै हालतमा नलिने अडान लिई रहे । अर्को तर्फ जागिरका हजुरबुवाले अदालतमा गरेको करकापको मुद्दामा केटी पक्षका मानिसहरु दैनिक रुपमा घरमा गई मिलापत्र गर,नत्र भएभरको सम्पती जान्छ, मुद्दा जितेपनि गाँउमा तिमीहरुलाई बस्न दिदैनौ जस्ता भयत्रास देखाउने काम गरिरहे ।
मानसिक तनाव बढ्दै गएपछि अन्ततः असहाय भएकी आमा नसिमाले जिल्ला अदालत महोत्तरीमा उनीहरुलाई ८ लाख रुपैयाँ त्रृण गरेर दिएपछि मुद्दाको मिलापत्र भयो । त्रृणै त्रृणमा डुबेको परिवार पुनः उतm त्रृणका कारण थप करिव १५ लाख त्रृणमा फस्यो । केटी पक्षलाई पैसा बुझाएको तीन दिन पछि चिन्ताले ग्रस्त नसिमाको हृयदघातको कारण मृत्यु भयो ।
गाँउका सबैलाई थाहा छ हामीसँग अन्याय भएको कुरा तर, हाम्रो पक्षमा बोलिदिने कोही पनि भएनन्,पीडित जागिरले भने,‘ के प्रेम गर्नु अपराध हो, नावालिक छोरीलाई इच्छा विपरित विवाह गरिदिने उनका अभिभावक दोषी होईनन ?, सामान्य घटनामा ८÷९ लाख रुपैयाँ जरिवना गरि आफैमा बाँडिचुँडि खाने पञ्चहरु दोषी होईनन? आमा र त्यति मोटो रकम गुमाएपनि कुनै कानुनी कारवाहीको लागि अघि बढ्न हाम्रो परिवार सक्षम छैन ।’ ‘हिन्दु वाहुल्य गाँउ हो, मुस्लिम समुदाय भएपनि उनीहरु डर र भय त्रासले खुल्न चाहिरहेका छैनन्,’ जागिरले भने ।
गाँउकै नेपाली काँग्रेसका नेता उपेन्द्र यादव भन्छन्,‘ यो घटनामा केटापक्षसँग अन्याय भएको हो, खेल्नेले पैसा पनि लियो ज्यान पनि लियो ।’केटा केटि भाग्नु अचेल समान्य घटना हो,तर यि समान्य घटनामा पनि ८ लाख जरिवना त्यो पनि प्रहरीको रोहबरमा हुनु दुःखद विषय हो ।’ पञ्चको नाामा गरिव, असहायलाई अन्याय गर्नेहरुलाई कडा कारवाही हुनुपर्ने उनले बताए । यस विषयमा केटी पक्षका मदन साहले प्रेमको नाममा विहे भईसकेको महिलालाई भगाउनु समाजिक अपराध रहेको बताए । उनले भने,‘ नवालिग अवस्थामा रहेका केटा केटी भाग्नु गलत हो , त्यसमा पनि विहे भईसकेको केटीलाई भगाए उनको घरबार छुटाउनेलाई समाजिक रुपमा जरिवना गरिएको हो ।’ यति ठुलो रकम जरिवना हुन्छ भने प्रश्नमा उनले भने,‘ केटीको विवाहमा ६÷७ लाख रुपैयाँ भएको थियो, अव पुनः विवाह गर्न त्यो भन्दा बढी रकम लाग्ने भएकोले केटालाई जरिवना गरिएको हो ।’ श्रोतका अनुसार जरिवना गरिएको रकम मध्ये अधिंकाश रकम पञ्चहरुले नै आपसमा बाँडफाँड गरेका छन् ।
’यता, घटनामा सुरुदेखि नै सक्रिय प्रहरी निरीक्षक रबिन्द्र खनाल भन्छन्,‘ केटापक्षसँग अन्याय भएपनि प्रहरी सुरुवाति अवस्थामा गरेको गल्ती भएको छ, तर घटनाको सुरुवाती अवस्थामा केटापक्षबाट बोल्ने केहि नभएर यस्तो अवस्थाको सृर्जना भएको हो ।’
महोत्तरी प्रहरी उपरीक्षक जनक भट्टराईले केटाकेटीको प्रेम सम्बन्धले उब्जिएको भएपनि केटा पक्षले करकारपको मुद्दा अदालतमा दिएकोले तत्काल केहि गर्न नसकेको स्वीकार गरे । उनले भने,‘ घटना दुःखद भएपनि पीडित परिवारको तर्फबाट उजुरी दिने कोही नभएर आफुहरु केहि गर्न सक्दैनौं, महिलाको मृत्यु के कारणले भयो त्यो थाहा भएन, तर उजुरी नआएकोले अनुसन्धान गर्ने कुरो भएन ।’
हो, जागिरको गल्ती के हो भने उनले पहिले देखि विवाहित एक महिलासँग प्रेम गरेर अन्तरजातिय विवाह गरे । कानुनले पनि एउटा विवाहित महिलाले आफ्नो पतिसँग सम्बन्ध विच्छेद नगर्दासम्म अर्को विहे गर्नु अपराध हो । बहुविवाहको मुद्दा अन्तरगत कानुनी लडाई लड्न सकिन्छ । तर, उक्त मुद्दामा केटी पक्षले त्यस्तो कुनै मुद्दा दर्ता गरेको पनि पाइँदैन । अर्को तर्फ यो कस्तो व्यवस्था हो जहाँ कपाली तमसुक बनाएर न्यायको खोजी गरिन्छ । उक्त प्रवृति अहिले महोत्तरीको सोनमामा मात्र होइन, मधेसका अधिकांश जिल्लाका ग्रामिण क्षेत्रहरुमा पाइन्छ । अन्तरजातिय प्रेमलाई कानुनले मान्यता दिएको भएतापनि गाउँ समाजमा त्यसलाई स्वीकार गरिएको छैन । केटीलाई भगाउँदा समाजमा केटीका पक्षले आफ्नो प्रतिष्ठा, खानदान र इज्जतको सवाल बनाउँदै आपराधिक घटनासम्म गराउन पछि पर्दैनन् । जे भएपनि यस्तो सामाजिक समस्याको समाधान पनि समाजले कानुनी बाटोबाटै खोज्नु उपयुक्त हुन्छ ।
२०७३ भाद्र २६ गते आईतबार
Tuesday, September 6, 2016
अजब–गजब छ बा ! सुदर्शन सिंह
Hello बानी परेका सकेकालाई हैन, एउटा बिदेशी रिंग रोडमा डुब्यो भनेर खबर सुन्या थिए, तै भएर उद्धार गर्न आएको कतै देख्नु भएको छ कि !
२०७३ भाद्र १९ गते आईतबार
खेलकुदमा जनकपुर ‘हिरोबाट जिरो’
![]() |
| जिल्ला खेलकुद विकास समिति धनुषाको कार्यालय तथा कभर्ड हल |
अजय अनुरागी
जनकपुरधाम............
कुनै बेला खेलकुदको हरेक विधामा हिरो रहेको जनकपुर अहिले जिरो बनेको छ । फुटबल, क्रिकेट, कराँते, कबड्डी, तेक्वान्दो लगायतका खेलको विधाहरुमा पञ्चायत कालमा तहलका मच्चाउँदै आएको जनकपुर अहिले गणतन्त्रमा खेलकुदको भुगोलबाट नै बाहिरिएको छ । एउटा सानो उपाधिका लागि पनि ठुलो संघर्ष गरिरहनु परेको अवस्था छ ।
खेलाडीलाई प्रशिक्षित गर्नका लागि धनुषामा प्रशिक्षक नै नभएको होइन । अधिकृत स्तरका प्रशिक्षकहरुले २४ हजार २ सय र सुब्बा स्तरका प्रशिक्षकहरुले १८ हजार रुपैयाँ प्रति महिना गत आर्थिक बर्षसम्म तलब भत्ता खाएका छन् । यस आर्थिक बर्षमा उनीहरुको तलब करिब २५ प्रतिशतको दरले बढ्ेको छ । कराँतेका लागि जिल्ला खेलकुद विकास समिति धनुषामा रामचन्द्र ठाकुर, अखिलेश कर्ण, पाल्साङ योन्जन, रामबाबु साह र जिवछ भगत गरि कुल ५ जना प्रशिक्षक नियूक्त छन् । क्रिकेटमा नविन सिंह, ताइक्वान्दोमा परमेन्द्र बछार, भलिवलमा भरत यादव, टेबुल टेनिसमा अनिल घिमिरे, भारोत्तोलनमा अनिल मिश्र, बक्सिङमा मनोज प्रसाद साह, कुस्तिमा राजविर यादव, हक्कीमा रविन्द्र सिंह प्रशिक्षकको रुपमा लामो समय देखि कार्यरत छन् । २०५२ साल देखि नै नेपाल सरकारको स्थायी कर्मचारीको रुपमा रहेका ती प्रशिक्षकहरु मध्ये अनिल घिमिरे, अनिल मिश्र, मनोज प्रसाद साह अधिकृत स्तरका प्रशिक्षक हुन । बाँकी सुब्बा स्तरका प्रशिक्षक हुन । यसका अतिरिक्त विभिन्न खेलका लागि ‘भोलन्टियर’ प्रशिक्षकहरु पनि कार्यरत छन् ।
![]() |
| कार्यालय प्रमुख विनोद कुमार सिंह । |
जिल्ला खेलकुद विकास समिति धनुषाका कार्यालय प्रमुख विनोद कुमार सिंहका अनुसार ती प्रशिक्षकहरु रहेको खेल विधाका अतिरिक्त कवडी, फुटबल, हेण्डबल, खोखो, एथलेटिक्स आदि विधामा पनि जिल्ला स्तरीय टिम बनेको छ । खेलकुद विकास समितिमा ती प्रशिक्षकहरु सँगै अन्य ४ जना प्रशासनिक कर्मचारीहरु गरी कुल १७ जना कर्मचारी बापत नेपाल सरकारले २ लाख ८५ हजार रुपैयाँ मासिक तलब बापत खर्च गर्ने गरेको छ । तर, जिल्लाको खेलकुद विकासका लागि स्थापना गरिएको उक्त समितिले दशकौं देखि कुनै पनि खेल विधामा राष्टिूय उपाधि जित्न सकेको छैन । यो लाजमर्दो अवस्था किन पनि हो भने पञ्चायत कालमा खेलकुदको हरेक विधामा जनकपुरको बर्चस्व मात्र थिएन, क्षेत्रिय देखि राष्टिूय उपाधि जित्नुका साथ साथै अन्तर्राष्टिूय स्तरका प्रतियोगिताहरुमा जनकपुरका खेलाडीहरुले सहभागिता जनाउनुका साथ साथै मेडल समेत हात पारेको गौरवपुर्ण इतिहास छ ।
अहिले कुरा गर्ने हो भने जिल्ला खेलकुद विकास समिति धनुषाले हात पारेको मेडल भनेको राष्टूपति रनिङ्ग सिल्ड हो । २०७३ जेष्ठ १६ देखि १७ गतेसम्म विरगञ्जमा सम्पन्न क्षेत्रिय राष्टूपति रनिङ्ग सिल्ड प्रतियोगितामा एथेलेटिक्स तर्फ दोस्रो भई उपाधि जितेको थियो । हुन त धनुषाबाट भलिबल, कवड्डी, एथेलेटिक्स, सितोरियो कराँते र तेक्वान्दो तर्फ कुल ६४ जना खेलाडीहरु सहभागी भएका थिए । तर, महिला एथेलेटिक्स तर्फ सहभागी भएका सिता साह, अर्पणा कुमारी महतो, राधा कुमारी मुखिया, श्रीया श्रेष्ठ, पुजा कुमारी सिंह, विना मण्डल, बन्दना भुजेल, गंगा देवकोटा, पञ्छी घिसिङ र अस्मिता कुमारी सिंह गरी कुल १० वटा महिला खेलाडीहरुले उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । मध्यमाञ्चल विकास क्षेत्र अन्तरगत भएको उक्त प्रतियोगितामा कक्षा १० सम्मका १९ जिल्लाका खेलाडीहरु सहभागी भएको उक्त प्रतियोगितामा धनुषा प्रथम स्थान हासिल गर्न सफल भएनन् । २०७१ सालमा अर्पणा महतो ५ हजार मिटर दौडमा तेस्रो स्थान हासिल गरेको थियो । खेलकुद विकास समितिको लामो समय पश्चातको उपलब्धी भनेको त्यति मात्र हो ।
एक समय थियो जब कबड्डीको राष्टिूय टिम छनौट हुँदा धनुषाबाटै ६ देखि ७ जना खेलाडीसम्म चयन हुने गर्थे । संजय श्रेष्ठ, सरोज सिंह, केवल राउत, नवल राउत, प्रल्हाद गिरी लगायतका खेलाडीहरु राष्टिूय टिममा पर्थे । यहाँ सम्म की जनकपुरका संजय श्रेष्ठ राष्टिूय कबड्डी टिमका कप्तान नै थिए । संजय श्रेष्ठ अहिले भारतमा जारी आईपिएल कबड्डी प्रतियोगितामा व्याङलोर बुल्सका तर्फबाट खेलिरहेका छन् ।
महिला खोखोको कुरा गर्ने हो भने जनकपुरकी अर्चना मुखिया भारतको असममा सम्पन्न भएको साफ गेममा तेस्रो स्थान प्राप्त गरी कास्य पदक जितेका थिए । राष्टूपति विद्या देवी भण्डारीले उनलाई सम्मान पनि गरेको छ ।
नेपालकै क्रिकेटको विकासमा जनकपुरको योगदान
नेपालको क्रिकेटको कुरा गर्ने हो भने पहिलो पटक अन्तर्राष्टिूय प्रतिस्पर्धाका लागि गठित राष्टिूय टोलीको कप्तानी नै जनकपुरका उत्तम कुमार कर्माचार्यले गरेको पाइन्छ । जनकपुर क्रिकेटको क्रेज यतिसम्म थियो कि जनकपुरका उत्तम कर्माचार्यसँग सँगै दिपक कोइराला, दामोदर गौतम, प्रदिप शर्मा, रितेश बराल, प्रकाश शर्मा, दिपक श्रेष्ठ, अनिल मण्डल, समिर नेपाल, हरिशंकर साह जस्ता खेलाडीहरु राष्टिूय टिमको सदस्य भई अन्तर्राष्टिूय प्रतियोगिताहरुमा सहभागिता जनाईसकेका छन् । अनिल मण्डल अहिले पनि राष्टिूय क्रिकेट टोलीको सदस्य भई अन्तर्राष्टिूय खेलहरुमा सहभागिता जनाईरहेका छन् भने उनी भन्दा जुनियर समिर नेपाल र हरिशंकर साह ओझेल भईसकेका छन् ।
नेपालको क्रिकेट एशोसिएट मेम्बर बन्नु भन्दा अघि थाइलेन्डको बंैक्कमा सम्पन्न सिक्स ए साइड प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने क्रिकेट टोलीमा जनकपुरका उत्तम कर्माचार्य, दिपक कोइराला, दामोदर गौतम र प्रकाश शर्मा गरी कुल ५ खेलाडीहरु सहभागी भएका थिए । त्यसैगरी २०४५ सालमा बंगलादेशमा सम्पन्न क्रिकेट प्रतियोगितामा जनकपुरका ती खेलाडीहरु सँगसँगै प्रदिप शर्मा पनि सहभागी भएका थिए । नेपाल एशोसिएट मेम्बर भईसकेपछि २०५२ सालमा मलेशियामा सम्पन्न प्रथम एसिया कपमा नेपालको क्रिकेट टोलीको अगुवाई नै जनकपुरका उत्तम कुमार कर्माचार्यले गरेका थिए । उक्त टोलीमा रितेश बरालसँगै जनकपुरका ४ जना खेलाडीहरु सहभागी भएका थिए । जनकपुरले २०४५ सालमा राष्टिूय क्रिकेट खेलमा विजयी भएर नेपालमा छाप छोड्न सफल भएको थियो ।
जनकपुरमा पहिले क्रिकेटमा क्लब म्याच, डोमेस्टिक म्याच, जिल्ला स्तरीय, क्षेत्र स्तरिय र राष्टिूय प्रतियोगिताहरु बढी हुन्थ्यो । जनकपुरमा मात्रै कुरा गर्ने हो भने ५ वटा क्रिकेट क्लवहरु संचालित थिए । जनकपुर क्रिकेट क्लब, जानकी क्रिकेट क्लव, भानु क्रिकेट क्लव, स्पोर्टस क्रिकेट क्लव, स्टेशन एरिया क्लव संचालित थिए । २०३७ साल देखि २०५५ सालसम्म संचालित उक्त क्लवका साथ साथै जनकपुरमा मात्रै सरोज टूफी, जानकी रनिङ्ग सिल्ड, मिथिला टूफी जस्ता टुर्नामेन्टहरु प्रत्येक बर्ष आयोजन हुने गथर््यो । तर, अहिले न त कुनै टूफी संचालन भईरहेको छ न त कुनै प्रतिस्पर्धा छ । केही बर्ष अघि दिपक गुप्ता मेमोरियल क्रिकेट टुर्नामेन्ट जनकपुरमा सुरुवात गरिएपनि दुई पटक मात्र उक्त टुर्नामेन्ट भई बन्द भईसकेको छ । विगतमा नेपालकै क्रिकेटमा जनकपुरको त्यत्रो बर्चस्व हुँदा हुँदै अहिलेको अवस्थामा आएर जनकपुर क्रिकेट टिम झन पछाडी आउनुको कारणहरु मध्ये क्रिकेट मैदानको अभाव सबैभन्दा ठुलो समस्याको रुपमा प्रशिक्षक नविन सिंह आंैल्याउँछन् । कुनै खेलाडी रातारात राष्टिूय टिममा पर्न सक्दैनन् । त्यसको लागि बर्षौंको नियमित अभ्यास चाहिन्छ । तर, अहिलेका खेलाडीहरु केही समय पछि पलायन हुने गरेका छन् । प्रशिक्षक सिंहका अनुसार अहिलेका खेलाडीहरु खेलकुदमा आफ्नो भविष्य नदेखेपछि अन्य क्षेत्र तर्फ लाग्नु, लामो समय क्रिकेटमा टिक्न नसक्नु, नम्बर अफ म्याचेज नहुनु पनि जनकपुरको क्रिकेटको अवनतिको प्रमुख कारण हो । हुन त अहिले पनि करिब ४० जना खेलाडीहरु मुजेलियाको कभर्ड हलमा अभ्यास त गरिरहेका छन्, तर खेलको संख्या नै नभएपछि ती खेलाडीहरुले खेल्न पाईरहेका छैनन् ।
केही बर्ष अघिसम्म जनकपुरका खेलाडीहरु क्षेत्र नं. २ (विरगंज) बाट राष्टिूयस्त्तरको प्रतियोगिता खेल्ने गर्दथ्यो । विनोद दासको कप्तानीमा क्षेत्र नम्बर २ बाट जनकपुरका खेलाडीहरु सहभागी भएको टोलीले राष्टिूय उपाधि पनि जितेको छ । तर, जनकपुरका खेलाडीहरु संग विरगंजमा बारम्बार हुने पक्षपात बाट पिडित भई जनकपुरको सिनियर खेलाडीहरुको प्रयासमा जनकपलरलाई एउटा अलग क्षेत्र कायम गरियो । आज जनकपुरको क्रिकेट क्षेत्र नं. ७ बाट चिनिने गरिन्छ । जनकपुर अन्तर्गत धनुषा, महोत्तरी सर्लाही, सिरहा, तथा सिन्धुली पर्दछन् । तर पनि जनकपरको क्रिकेटको स्तर विगतको तुलनामा माथि उक्लिनुका साटो खराव हँुदै गएको पाइन्छ ।
ताइक्वान्दोमा खस्किएको स्तर
जनकपुरका तर्फबाट ताइक्वान्दो खेलाडी सविता राज भण्डारीले हंगकंगमा सम्पन्न एसियाडमा नेपाली टोलीको सदस्य भएर सहभागिता मात्र जनाएनन्, दोस्रो स्थान प्राप्त गर्दै मेडल समेत हात पारेका थिए । जनकपुरका ताइक्वान्दो खेलाडीहरु परमिन्दर बछार, राजकुमार बछार, तिलक लामा, किशोर थापा, भरतराज भण्डारी, निरज राज भण्डारी, सिता सिंह डंगोल लगायतले नेपालको राष्टिूय टोलीको सदस्य भईसकेका छन् । २०४८ सालमा धनगढीमा सम्पन्न दोस्रो राष्टिूय प्रतियोगितामा जनकपुरका सुदर्शन बहादुर केसीले राष्टिूय उपाधि हात पारेका थिए । त्यस यता राष्टिूय उपाधिको जनकपुरमा खडेरी नै परेको छ । २०६८ सालमा राष्टिूय टिममा संजय चौधरी सहभागी भएका थिए । अहिले उनी बैदेशिक रोजगारीका लागि मलेशियामा कार्यरत छन् । अवस्था यहाँसम्म आईसकेको छ कि ताइक्वान्दोको नेश्नल टिममा जनकपुरबाट एक जना पनि अहिले सदस्य छैनन् । धनुषाको ताइक्वान्दो प्रशिक्षक परमेन्द्र बछारका अनुसार खेलकुद सामग्रीहरु जस्तै चेष्ट कभर, स्पाइनिङ्ग फाइब, म्याप आदिको अभाव हुनु, खेलाडीहरुको खेल प्रतिको अभिरुची कम हुँदै जानु, खेलकुदमा बजेटको अभाव हुनु आदि प्रमुख कारण हुन । अहिले ५४ बर्ष, ५८ बर्ष, ६३ बर्ष र ६८ बर्ष तौल समुहका लागि खेलाडीहरुलाई प्रशिक्षण दिइने गरिएको छ । प्रशिक्षक बछारका अनुसार जनकपुरमा ७४, ८०, ८७ र सो तौल भन्दा माथि समुहका खेलाडीहरु छैनन् । खास गरेर क्याम्पस पढ्ने विद्यार्थीहरुलाई अहिले प्रशिक्षण दिने गरिएको छ । बछारका अनुसार अहिले तत्कालै उपलब्धि नदेखिएपनि २÷३ बर्षपछि जनकपुरको ताइक्वान्दोको स्तर माथि उक्लिने छ ।
भलिबलमा गुमेको पहिचान
जनकपुरका सुनिल मानन्धर, भरत यादव, विनय यादव, राणा शंकर चौधरी जस्ता भलिवलका खेलाडीहरु नेपालको राष्टिूय भलिवल टिमका सदस्य भई अन्तर्राष्टिूय प्रतियोगिताहरुमा समेत सहभागिता जनाईसकेको बैभवपुर्ण इतिहास छ । सुनिल मानन्धर, भरत यादव र विनय यादवले साफमा समेत सहभागिता जनाईसकेका छन् । २०४८ सालमा श्रीलंकामा भएको पाँचौ साफ गेममा भरत यादव, सुनिल मानन्धर र २०५६ सालमा काठमाण्डौमा सम्पन्न आठौं साफमा विनय यादव, पाकिस्तानमा सम्पन्न नबौं साफ र बंगलादेशमा सम्पन्न दशौं साफमा राणा शंकर चौधरीले नेपालको तर्फबाट प्रतिनिधित्व गरिसकेको जनकपुरका भलिवल खेलाडी हुन ।
२०४८ सालमा जनकपुर चुरोट कारखानाको मैदानमा सम्पन्न पुरुष भलिबल राष्टिूय भलिबल प्रतियोगितामा सुनिल मानन्धरको अगुवाईमा जनकपुरको भलिबल टिमले तेस्रो स्थान हात पारेको थियो । २०५२ साल तिर विकास क्षेत्रमा परिणत भएपछि पनि मध्यमाञ्चल विकास क्षेत्रमा धनुषा ३÷४ पटक विजेता नै भएको थियो । मध्यमाञ्चल विकास क्षेत्रको लागि चयन हुने टिममा जनकपुरका भरत यादव, विनय यादव, राणाशंकर चौधरी, श्याम प्रकाश ठाकुर, सुदिप यादव पर्ने गर्थे । ६ जनाको सेटमा ५ जना खेलाडीहरु जनकपुरकै पर्ने गर्थे । यसले पनि के देखाउँछ भने विगतमा क्षेत्र स्तरीय टिममा जनकपुरकै दवदवा थियो । २०६५ सालमा काठमाण्डौमा गणतान्त्रिक खेलकुद प्रतियोगिता आयोजना हुँदा जनकपुरका भरत यादवको अगुवाईमा खेलिएको भलिबल टिमले उपाधि जितेको थियो । तर, अहिलेको अवस्था हेर्ने हो भने भलिबलको राष्टिूय टिममा जनकपुरबाट कुनै पनि खेलाडीहरु पर्न सकेका छैनन् । धनुषाको भलिबलका प्रशिक्षक भरत यादवका अनुसार जनकपुरमा भलिबलको अवस्था खस्किनुको प्रमुख कारण मैदानको अभाव हो । जनकपुरको बाह्रविघा मैदानमा करिब १४ जना पुरुषहरु र ८ जना महिला खेलाडीहरुलाई अभ्यास त गराइन्छ तर पर्याप्त खेल सामग्रीको अभावको कारण खेलको स्तर खस्दै गएको छ ।
कराँतेको केन्द्र रहेको जनकपुरलाई अब अस्तित्वकै संकट
राजेश थापा, दिनेश श्रेष्ठ, सवाना बानो, शैलेन्द्र यादव, अर्जुन चौधरी, किशन कर्ण, राम श्रेष्ठ पाण्डे, दिपेन्द्र ठाकुर, रविन पोखरेल लगायतका जनकपुरका कराँतेका खेलाडीहरुले अन्तर्राष्टिूय स्तरमा मेडल जितेर जनकपुरको मात्र नभएर देशकै नाम रोशन गरेका छन् । २०५२ देखि २०६५ सालसम्म कराँतेमा जनकपुरको ठुलो बर्चस्व थियो । राष्टिूय तथा अन्तर्राष्टिूय प्रतिस्पर्धाहरुमा गोल्ड मेडल नजितेको कुनै बर्ष नै हुँदैन्थ्यो । राम श्रेष्ठ पाण्डे त्यस्ता खेलाडी थिए जसले नेपालैभरी तहलका मच्चाएको थियो । उनको जलबा यति सम्म थियो कि उनलाई नेपाली बु्रसली भनेर उपनाम नै दिएको थियो । त्यसैगरी जनकपुरकै राजेश थापालाई काले बु्रसली भनेर भनिन्थ्यो । खेलकुद विकास समितिले कराँतेमा पाँच जना प्रशिक्षक नै नियुक्त गरेका छन् । यसका अतिरिक्त पाँच जना जति स्वयम सेवक प्रशिक्षकहरु पनि छन् । तर, बर्तमानको अवस्था हेर्ने हो भने कराँतेमा जनकपुरको कहिँ कतै नाम पाइँदैन । राष्टिूय टोलीमा समेत जनकपुर पर्न सकिरहेको छैन । कराँतेका प्रशिक्षक रामचन्द्र ठाकुरका अनुसार अहिले ८ देखि १४ बर्षसम्मका खेलाडीहरुलाई प्रशिक्षण दिइँदैछ, १÷२ बर्षपछि फेरी जनकपुरमा कराँतेको पहिचान प्राप्त हुनेछ ।
फुटबलको पावर हाउस जनकपुर
भनिन्छ फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । जनकपुरमा पनि फुटबलको एक जमानामा धेरै ठुलो क्रेज थियो । २००४ सालमा काठमाण्डौको टुडिखेलमा तत्कालिन राजा त्रिभुवनले आयोजना गर्न लगाएको पहिलो त्रिभुवन च्यालेन्ज रनिङ्ग सिल्डमा जनकपुर र जलेश्वर समेतको सहभागितामा जलेश्वर ११ बाट तत्कालिन महोत्तरी र हालको धनुषा र महोत्तरीबाट खेलाडीहरु सहभागी भएका थिए । जनकपुरका विश्वनाथ गुप्ताको अगुवाईमा जनकपुर, खजुरी, जलेश्वरबाट जलेश्वर ११ का खेलाडीहरु ४÷५ दिन हिँडेर खेल्न पुगेका थिए । उक्त प्रतियोगितामा जलेश्वर ११ प्रथम भएको थियो । जलेश्वर ११ ले उक्त म्याचमा जित हात पारेपछि तत्कालिन राजा त्रिभुवनले उक्त टिमका कप्तान विश्वनाथ गुप्तालाई पुरस्कार स्वरुप के चाहियो भनेर सोधेपछि अफ्सेट प्रेस संचालन गर्न इजाजत दिनु पर्यो भनेर गुप्ताले भनेका थिए । राजाले उनको आग्रहलाई स्वीकार गर्दै उनलाई प्रेस संचालन गर्न इजाजत दिएको बताइन्छ । त्यसपछि गुप्ताले २००८ सालमा अम्बिका अफसेट प्रेस दर्ता गराई संचालन गरेका थिए । त्यतिबेला निजी क्षेत्रमा अफसेट प्रेस संचालन गर्न दिइएको त्यो नै नेपालमा पहिलो प्रेस भएको बताइन्छ । निरन्तर हुने उक्त प्रतियोगितामा जनकपुरका खेलाडीहरुले राम्रो प्रदर्शन गरेपछि फुटबल टिमका कप्तान गुप्तालाई विडी कारखाना संचालन गर्न अनुमति दिइएको थियो । उनले जानकी विडी कारखाना संचालन गरेका थिए । सोही टिमका सदस्य रहेका जनकपुरका फुटबल खेलाडी लोटे बहादुर सिंहलाई नेपालको पेले भनेर भनिन्थ्यो ।
जनकपुर चुरोट कारखानाले संचालन गरेको फुटबल टिमका ८ जना खेलाडीहरु चन्दु मण्डल, सुनिती गिरी, राजेश थापा, पारस चौधरी, पुष्प केसी, अनिल रुपा खेती, ललित थापा, गणेश पाण्डे राष्टिूय खेलाडी थिए । नेपालको फुटबलका स्टार खेलाडी भनेर नाम कमाएरका राजु शाक्य र गणेश थापा पनि जनकपुरबाटै फुटबलको करियर सुरुवात गरेका थिए । राजु शाक्य अहिले फुटबलको राष्टिूय टिमको प्रशिक्षक छन् भने गणेश थापा एन्फाका निवर्तमान अध्यक्ष हुन । जचुकालीका टिमले राष्टिूय स्तरमा मात्र नभएर सिक्किम, भुटान, बंगलादेश जस्ता मुलुकहरुमा गएर प्रतिस्पर्धा जितेको गौरवशाली इतिहास रहेको छ । जनकपुरको फुटबल टिमको यति सम्म क्रेज थियो कि देशमा वा भारतमा फुटबल प्रतियोगिता हुँदा जनकपुर टिम सहभागी नभएको टुर्नामेन्टमा भिड नै जुट्दैन्थ्यो । नेपालको कुनै पनि फुटबल टोली भारतमा खेल्न जाँदा आफुलाई जनकपुरको टोली हो भनेर भन्ने गथर््यो । जनकपुर फुटबलको लागि पावर हाउस नै थियो । तर, अहिले भन्ने हो भने फुटबलमा हिरो रहेको जनकपुर जिरो भएको छ । पछि आएर विभेद पनि हुँदै गएको छ । जस्तै २०५० सालमा राष्टिूय टिम चयनका लागि भएको क्लोज क्याम्पका कप्तान थिए धनुषा खजुरीका अमरकान्त झा । तर, टिम छनौट हुँदा अन्तिम छनौटमा उनी परेनन् । त्यसैगरी यदुकुहाका राजदेव प्रसाद साह टप स्कोरर हुन्थे । काठमाण्डौमा भएको प्रतियोगितामा काठमाण्डौका मणि शाहले ५ गोल गरेका थिए भने राजदेव साहले ८ गोल गरेका थिए । तर पनि राजदेव साहको नाउँ राष्टिूय टोलीमा पर्न सकेन ।
फाफेन बहुदल र गणतन्त्र
पञ्चायतकालमा खेलकुद विकास समितिको अध्यक्ष अञ्चलाधिश हुने गर्थे । विरेन्द्र सिल्ड प्रतियोगिताका लागि अञ्चलाधिशको आदेशमा जिल्ला शिक्षा कार्यालयले गर्ने परिपत्रमा उक्त शिल्डमा अनिवार्य रुपमा खेलाडीलाई सहभागी गराउन विद्यालयहरुलाई निर्देशन हुन्थ्यो । जसकारण प्रत्येक विद्यालयहरुमा खेलकुदका गतिविधिहरु अनिवार्य हुन्थ्यो । तर, प्रजातन्त्र आएसँगै खेलकुद विकास समितिको अध्यक्षमा राजनीति नियूक्त हुन लाग्यो ।
२०४६ सालमा बहुदल आए पश्चात नेपाली कांग्रेसका बजरंग प्रसाद साह, एमालेका गंगाराम यादव, राजकिशोर यादव, विश्वनाथ यादव, तमलोपाका धिरेन्द्र बहादुर सिंह, माओवादीका मनिष जर्घा मगर र एमालेका कमल किशोर चौधरी खेलकुद विकास समितिका अध्यक्ष भईसकेका छन् । तर, ती अध्यक्षहरुको निर्देशनलाई शिक्षा अधिकारीहरुले वास्ता गर्दैनन् । परिणाम स्वरुप विगतको विरेन्द्र शिल्ड हालको राष्टूपति रनिङ सिल्डमा विद्यालयहरुको उपस्थिति उत्साह जनक हुँदैनन् । जिल्ला खेलकुद विकास समिति धनुषाका कार्यालय प्रमुख विनोद कुमार सिंहका अनुसार अहिले एउटा निर्वाचन क्षेत्रमा कम्तिमा पनि १० वटा माध्यमिक विद्यालयहरु पर्छन । तर, राष्टूपति रनिङ सिल्डमा मुस्किलले ४÷५ वटा विद्यालयहरु सहभागी हुने गरेका छन् । राजनीतिक दलका नेताहरुलाई खेलको विकास सँग कुनै मतलब हुँदैन । स्थानीय निकायको रुपमा रहने गरेका गाउँ विकास समिति, नगरपालिका, उपमहानगरपालिका र जिल्ला विकास समितिले पनि खेलकुदको विकासका लागि कहिल्यै बजेट विनियोजन गरेको पाइँदैन । सिंहका अनुसार गत आर्थिक बर्ष २०७२÷२०७३ मा खेलकुदको विकासका लागि नेपाल सरकारले धनुषामा एक रुपैयाँ पनि बजेट प्रदान गरेन ।
यस बर्ष ४ लाख रुपैयाँ विनियोजन गरेको बताइएको छ । शरत सिंह भण्डारी, विमलेन्द्र निधि र गणेश तिवारी नेपाली यस क्षेत्रका नेता भएर खेलकुद मन्त्री भईसकेका छन् । तर, कसैले पनि खेलकुदको विकासका लागि आवश्यक पर्ने खेलकुद मैदान तथा रंगशाला बनाउने तर्फ ध्यान दिएनन् । खेलकुदको लागि पुर्वाधार महत्वपुर्ण कुरा हो । तर, धनुषामा त्यस्तो पुर्वाधार नै छैन । विमलेन्द्र निधि भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत भईसकेका छन् । खेलकुदको पुर्वाधार पनि विकासको पुर्वाधार मध्येकै एक हो । तर त्यस तर्फ कसैको ध्यान जान सकेको छैन ।
जचुकाली बन्द हुनु खेलकुदको लागि दुर्भाग्य
| जचुकालीका टिमले जितेका उपाधिहरु अहिले पनि बन्द रहेको जनकपुर चुरोट कारखानाको कार्यालयमा सजाएर राखिएको छ । |
जनकपुर चुरोट कारखाना बन्द भएपछि जनकपुरको खेलकुदको विकास पनि ठप्प भएको छ । जचुकालिले खेलकुदलाई प्रवद्र्धन गर्नका लागि खेलका विभिन्न विधाहरुको टिम नै खडा गरेको थियो । टिममा खेल्ने खेलाडीहरुलाई जचुकालिले जागिर नै दिएको थियो । खेलाडीहरुको काम भनेको निर्धक्क साथ खेल्ने र उपाधिहरु जित्नु हुन्थ्यो । जचुकालिमा आएर काम गर्नु पर्दैन्थ्यो । तर, अहिले खेलाडीहरुको हौसला बढाउन तथा तिनीहरुको जिविको पार्जन सुनिश्चित गर्न जचुकालि जस्तो अन्य कुनै कारखाना वा कर्पोरेट नहुँदा खेलाडीहरु खेलमा आफ्नो भविष्य नदेखेपछि खेलबाट पलायन हुनु परेको छ ।
प्रजातन्त्र आएको केही वर्षसम्म पनि राम्ररी सञ्चालन भएको जचुकालिले आफ्नो प्रभाव हरेक क्षेत्रमा पारेको थियो । खेलकूदको क्षेत्रमा जचुकालिको फुटबल टिम विरेन्द्र कप फुटबल प्रतियोगिताको उपाधि समेत चुमेका छन् भने जचुकालिकै क्रिकेट टिमका कैयौं खिलाडीहरु राष्टिूय टिमका सदस्यहरु बन्न सफल भएका छन् । जचुकालिले विभिन्न खेल विधाका खेलाडीहरुलाई जागिर दिएर खेलकुदको प्रवद्र्धन गर्नमा ठुलो योगदान मात्र पु¥याएको थिएन, खेलकुदको क्षेत्रमा नेपालमै जनकपुरको अब्बल स्थान थियो ।
जचुकालिको फुटबल टिममा राजु शाक्य (जो अहिले राष्टिूय प्रशिक्षक छन्), अन्तराष्टिूय स्तरका खेलाडीहरु सुरेश वस्नेत, विरु राय, चन्देश्वर मण्डल, गणेश पाण्डे, मदन कुमार नेवार, विश्वामित्र राय, दिपक खाती, जिवन बल लामा, पुष्प केशी, पुनम थापा, ललित थापा, राजेश थापा (थापा तीन दाजु भाई), सुनिल गिरी, शम्भु वास्तोला, कुमार सुब्बा, नरसिंह प्रसाद दास लगायतका खेलाडीहरु जचुकालिका खेलाडी थिए । उनीहरुले भुटानको जिग्मेदोर्जे, वाङ चुक च्यालेन्ज गोल्ड कपको उपाधि तीन पटक जितेका थिए । त्यसैगरी २०५२ सालमा सुन्सरीको लुन करण दास गोल्ड कप, सिक्किम फुटबल एशोशिएशन गर्भनरस कप जितेका थिए । यति मात्र होइन नेपाल बंैक लिमिटेडद्वारा आयोजना गरिने अन्तर संस्थान फुटबल प्रतियोगिताको तीन पटक उपाधि जितेर जचुकालिका फुटबल खेलाडीहरुले ह्याटिूक जितेका थिए । त्यसैगरी २०४८ सालमा झापाको भद्रपुरमा आयोजित मेची अञ्चल खेलकुद प्रतियोगिता, २०४४ सालमा विराटनगरमा आयोजित श्री ५ महेन्द्र गोल्डकपको उपाधि जितेका थिए ।
त्यसैगरी कारखानाले क्रिकेटको खेललाई समेत प्रवद्र्धन गर्न क्रिकेट खेलाडीहरुलाई समेत जागिर दिएर क्रिकेट टिम बनाएका थिए । उत्तम कर्माचार्य (जो अहिले क्रिकेट एशोसिएशन अफ नेपालका सचिव हुन, जो नेपालको राष्टिूय क्रिकेट टिमको पहिलो कप्तान समेत बनेका थिए ।), दिपक गुप्ता (जसको स्मृतिमा जनकपुरमा अहिले टी(ट्वेन्टी मेमोरियल क्रिकेट प्रतियोगिता विगत दुई वर्ष देखि संचालित छन् ।), प्रकाश प्रसाद शर्मा, प्रदीप शर्मा, हिरा भगत, मन्जुर आलम, संजय ठाकुर, राजकुमार दाहाल, दिपक कोइराला लगायतका क्रिकेट टिम कारखानाको थियो । उक्त क्रिकेट टिमले काठमाण्डौ खेल मण्डलद्वारा आयोजित केकेएम रनिङ्ग सिल्ड क्रिकेट टुर्नामेन्टको उपाधि तीन पटक जितेको थियो । त्यसैगरी ह्यान्डबल तर्फ पवन कुमार लाल कर्ण, व्याडमिन्टन तर्फ सुनिल शाक्य, नरेन्द्र सत्याल र हक्की तर्फ श्याम कुमार मगर लगायतले कारखानामा जागिर पाएका थिए ।
तर, कारखाना बन्द भएपछि जनकपुरमा खेलाडीहरुले आर्थिक जिविकोपार्जन गर्ने अवसर नपाएपछि यस क्षेत्रको खेलकुद पनि ओरालो लाग्दै गएको छ ।
क्योकोशिन बुदोकाई कराँतेमा जनकपुर अहिले पनि सर्बश्रेष्ठ
कराँते खेल अन्तरगतकै एउटा विधा नेपाल क्योकोशिन बुदोकाई कराँतेमा जनकपुर अहिले पनि सर्बश्रेष्ठ मानिन्छ । २०७३ बैशाखमा भारतको कोलकत्तामा सम्पन्न इन्डो नेपाल क्योशिन बुदोकाई कराँते प्रतियोगितामा जनकपुरबाट सहभागी भएका ५५ किलो तौल समुहका अशोक मोक्तानले गोल्ड मेडल जितेका थिए भने ४५ किलोको तौल समुहमा राजा राम यादव तेस्रो भई कास्य पदक जितेका थिए । त्यसैगरी २०७१ सालमा भारतको मुम्बईमा सम्पन्न एसियन गेम अन्तरगत जनकपुरबाट सहभागी भएका ७ जना खेलाडीहरु मध्ये ६ जनाले गोल्ड मेडल जितेका थिए भने एक जनाले कास्य पदक जितेका थिए । ४० किलो तौल समुहमा साहिल अहम्द, ५० किलो तौल समुहमा राहुल देव साह, ६० किलोको तौल समुहमा अर्जुन यादव, ३५ किलोको तौल समुहमा सेबेन्द्र यादव र ६५ किलोको तौल समुहमा लव यादवले स्वर्ण पदक जितेका थिए भने ४५ किलोको तौल समुहमा साहिल नदाफले कास्य पदक जितेका थिए । उक्त एसियन गेममा पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सका खेलाडीहरु सहभागी भएका थिए ।
२०७३ सालमै काठमाण्डौमा सम्पन्न भएको प्रथम राष्टिूय प्रतियोगितामा जनकपुरका १६ बर्षिय राजु कुमार यादवले स्वर्ण पदक जितेको थियो । अहिले राजुलाई त्रिभुवन आर्मि क्लवले अनुबन्ध गरेको छ । तर, उनको उमेर नपुगेका कारण आर्मीको दर्जा त दिइएको छैन तै पनि उनलाई आर्मी क्लवले प्रशिक्षण दिईरहेको छ । त्यसैगरी नेपालकै रुकुममा सम्पन्न इन्डो नेपाल प्रतियोगितामा ५५ किलो तौल भन्दा मुनिको समुहमा धर्मेन्द्र यादव र ४५ किलो तौल समुहको तल मुनिमा राजु कुमार यादव दोस्रो भएका थिए । सन् २००५ मा श्रीलंकाको गालेमा सम्पन्न साफ प्रतियोगितामा जनकपुरका मोहम्मद असगर खानले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै दोस्रो भएको थियो ।
मुख्य कुरा के हो भने यो खेल विधाका लागि राज्यले कुनै पनि लगानी गरेको छैन । न त राज्यले प्रशिक्षण कै व्यवस्था गरेको छ । तर पनि उक्त खेलमा जनकपुरले राष्टिूय संगसँगै अन्तर्राष्टिूय स्तरका प्रतियोगिताहरुमा गोल्ड मेडल निरन्तर जितिरहेको छ । निशुल्क रुपमा प्रशिक्षण दिँदै आएका नेपाल क्योकोशिन बुदोकाई कराँते संघ धनुषाका मुख्य प्रशिक्षक असगर खानका अनुसार जिल्ला खेलकुद विकास समिति धनुषाले गरेको योगदान के हो भने राष्टिूय प्रतियोगिताहरुका लागि जनकपुरबाट सहभागी हुने खेलाडीहरुलाई टूेक सुटको व्यवस्था भने गरिदिन्छ । र, प्रशिक्षणका लागि कभर्ड हलको मैदान उपलब्ध गराईरहेको छ । ११ भदौ २०७३ मा जनकपुरका जुनियर खेलाडीहरुको बेल्ट टेस्ट गरिएको छ । जसमा ४० जना खेलाडीहरु सहभागी भएका थिए ।
२०७३ भाद्र १९ गते आईतबार
प्रसुति महिला चन्द्रकलाहरुले कहिलेसम्म ज्यान गुमाउने ?
![]() |
| जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाएकी प्रसुति महिला चन्द्रकला पासमानको शव । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.विजय सिंह र डा.सुशिला सिंहको लापरवाहीका कारण एक जना सुत्केरी र बच्चाको मृत्यु भएको छ । ती डाक्टरहरुले पेटको शल्याक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पाठेघर नै निकालेपछि महोत्तरी भरतपुर ४ की २६ वर्षकी चन्द्रकला पासवानको मृत्यु भएको परिवाजनले जनाएका छन् । चन्द्रकलालाई व्यथा लागेपछि गएको सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । समय पुग्दा पनि २४ घण्टासम्म समान्य रुपमा बच्चा जन्मन नसके पछि मंगलबार राति साढे ८ बजे शल्यक्रिया गरी बच्चा निकाल्न अपरेशन कक्षमा लगिएको थियो ।
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.विजय सिंह र डा.सुशिला सिंहको लापरवाहीका कारण एक जना सुत्केरी र बच्चाको मृत्यु भएको छ । ती डाक्टरहरुले पेटको शल्याक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पाठेघर नै निकालेपछि महोत्तरी भरतपुर ४ की २६ वर्षकी चन्द्रकला पासवानको मृत्यु भएको परिवाजनले जनाएका छन् । चन्द्रकलालाई व्यथा लागेपछि गएको सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । समय पुग्दा पनि २४ घण्टासम्म समान्य रुपमा बच्चा जन्मन नसके पछि मंगलबार राति साढे ८ बजे शल्यक्रिया गरी बच्चा निकाल्न अपरेशन कक्षमा लगिएको थियो ।
आफन्त अनिल पासवानका अनुसार प्रसुति रोग विशेषज्ञ डा.शिला सिंहले चन्द्रकलालाई शल्यक्रिया गरी बच्चाको स्थानमा पाठेघर नै झिके पश्चात रक्तश्राव शुरु भएको थियो । त्यसपछि डा.सिंहले. बच्चा पेटबाट निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो । रक्तस्रावको कारण चन्द्रकलालाई ७ पोका रगत चढाईएको उनका काका अनिल पासवाले बताए । डा.सिंहले पाठेघर झिकेकाले अत्यधिक रक्तश्राव भई बुधबार विहान चन्द्रकला गम्भीर भएपछि उनलाई यहाँ उपचार सम्भाव नहुने भन्दै अञ्चल अस्पतालले जानकी मेडिकल कलेज रमदैयाद्वारा जनकपुरमा सञ्चालित सिटी होस्पिटल जनकपुरमा विहान १० बजे रेफर गरिएको थियो ।
सिटी होस्पिटलमा उचारको लागि लग्ने क्रममै चन्द्रकलाको मृत्यु भएको परिवारजनले जनाएको छ । चन्द्रकलाको दुई छोरी रहेको छ । अञ्चल अस्पताल र डाक्टरको चरम लापरबाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनाले आरोप लगाउदै दोषी डाक्टरलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै विरोध प्रदर्शन गरेको थियो । पछि अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट र पीडित पक्ष बीच ३ बुँदे सहमति भएको थियो । उपचारमा संलग्न दोषी चिकित्सकलाई कारवाही गर्ने, पीडित परिवारलाई राहत स्वरुप क्षतिपुर्ती र परिवारका सदस्यलाई रोजगारी दिइने सवालमा स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिने अस्पताल प्रशासनले लिखित प्रतिबद्धता जनाएपछि पीडित परिवारजनले लाश बुझेका थिए ।
सिटी होस्पिटलमा उचारको लागि लग्ने क्रममै चन्द्रकलाको मृत्यु भएको परिवारजनले जनाएको छ । चन्द्रकलाको दुई छोरी रहेको छ । अञ्चल अस्पताल र डाक्टरको चरम लापरबाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनाले आरोप लगाउदै दोषी डाक्टरलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै विरोध प्रदर्शन गरेको थियो । पछि अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट र पीडित पक्ष बीच ३ बुँदे सहमति भएको थियो । उपचारमा संलग्न दोषी चिकित्सकलाई कारवाही गर्ने, पीडित परिवारलाई राहत स्वरुप क्षतिपुर्ती र परिवारका सदस्यलाई रोजगारी दिइने सवालमा स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिने अस्पताल प्रशासनले लिखित प्रतिबद्धता जनाएपछि पीडित परिवारजनले लाश बुझेका थिए ।
जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीडेन्टेन्ट डा.गौराग मिश्राले चन्द्रकालको समान्य रुपमा बच्चा नजन्मेपछि डा.सुशिला सिंहले शल्यक्रिया गर्न लागेको थियो । उनका अनुसार पेट खोलेपछि पाठेघर फाटेको थियो । पाठेघर फाटेको अवस्थामा हटाउनु पर्ने हुँदा अर्का प्रशुति रोग विशेषज्ञ डा.विजय सिंहलाई बोलाएर दुवै जनाले तीन घण्टा लगाएर शल्यक्रिया सफल गरिएको थियो । शल्यक्रिया पश्चात चन्द्रकलाको अवस्था ठीक भएको र रगत अभावको कारणले उनको ज्यान गएको मेसु मिश्रले बताए । यस विषयमा शल्यक्रिया गर्ने डाक्टरहरुसँग स्पष्टिकरण मागिएको र गलत गरेको ठहरे कारबाही गर्ने मिश्रले बताए ।
अञ्चल अस्पतालका निमित मेडिकल सुप्रिटेन्डेन्ट डा. गौरांग मिश्रका अनुसार कारवाहीका लागि प्रक्रिया थालिसकिएको छ । द एक्सक्लुसिभसँगको कुराकानीमा डा. मिश्रले घटनाको बेलि विस्तार यसरी सुनाए ।
प्यासेन्टको शल्यक्रिया हुनुभन्दा एक दिन अगाडी नै जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका थिए । तर, उनको डेलेभरी हुनका लागि हुनुपर्ने लेवर पेन नभएपछि भोली पल्ट अस्पतालको ओपिडीमा चेक जाँच गराएका थिए । २ बजे तिर उनको लेवर पेन सुरु भएको थियो । साढे २ बजे उनलाई भर्ना गरिएको थियो । राति ९ बजे शल्यक्रिया गरिएको थियो । यूटेरस रप्चर भएका कारण शल्यक्रिया हुँदा अत्यधिक रक्तस्राप भएको थियो । गर्भाशयलाई बचाउन पुरा प्रयास गरिएपनि गर्भाशयलाई झिकेर हटाउनु पर्यो । गर्भमा रहेको शिशुको गर्भमै मृत्यु भईसकेको थियो । लगभग प्यासेन्टको अवस्था सुधार भईसकेको थियो । तर, ५ बजे तिर अचानक अवस्था विग्रियो । रगतको व्यवस्थ ागर्न भनिएको थियो । तर, रगतको उपाय हुन सकिरहेको थिएन । नेपाल रेडक्रसको ब्लड बैंकबाट ४ पोका रगत ल्याइएको पनि थियो । तर, त्यो पर्याप्त हुन सकेन । थप रगत रेडक्रसमा पनि थिएन । मैले आफै आफ्नो कम्पाउण्डरलाई रेडक्रसमा पठाएँ । तर, दुर्भाग्य त्यहाँ प्यासेन्टलाई चाहिने ए पोजेटिभ ग्रुपको रगत थिएन । अनि रगत पाउन सकिन्छ कि भनेर अस्पतालले उक्त प्यासेन्टलाई सिटी अस्पतालमा रेफर गरिएको थियो ।
कारवाही प्रक्रिया अगाडी वढाइएको छ । जब प्यासेन्ट ठीक भईसकेको अवस्थामा आएर पछि सिरियस भयो त्यति बेला नै मैले विभागाध्यक्ष, स्टाफ नर्स, मेटूोन र ओटी डाक्टरहरुलाई बोलाएर प्यासेन्ट किन सिरियस भएको हो भन्दै ४८ घण्टा भित्र प्रतिवेदन पेश गर्न भनेको छु । स्त्री तथा प्रसुति रोगको विभाग प्रमुख डा. कल्पना बछार विदामा रहेकाले कार्य बाहक विभागाध्यक्ष डा.रामनरेश पंडित, मेटूोन रंजु यादव, ओटी एनेस्थेसियाका विनित कर्ण, उपचारमा संलग्न चिकित्सकहरु डा.विजय कुमार सिंह र डा.सुशिला सिंहलाई प्रतिवेदन बुझाउन भनेको छु । उनको प्रतिवेदनको जवाफ आएपछि प्रतिवेदनमा देखिए अनुसार आफुलाई चित्त नबुझे कारवाही गर्नेछु । हुन त शवको पोस्टमार्टम रिपोर्ट पनि आईसकेको छ । त्यो रिपोर्ट मैले जिल्ला प्रहरी कार्यालयलाई पनि बुझाईसकेको छु । पोस्टमार्टमको रिपोर्ट मैले सार्वजनिक गर्न मिल्दैन । तर, पनि म के भन्न सक्छु भने केही न केही कमजोरी चिकित्सकहरुबाट भएको छ । त्यसकारण ती दोषी पाइने चिकित्सकलाई कारवाही स्वरुप हुन सक्छ त्यो अस्पतालबाट बर्खास्त गर्न सकिन्छ ।
कहिलेसम्म प्रसुति महिला चन्द्रकलाहरुले अस्पताल प्रशासन र चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाउनु पर्ने हो भन्ने सवालमा डा. मिश्र भन्छन,“ प्रसुतिको मृत्युदर भनेको जनकपुर अञ्चल अस्पतालमा ०.०५ प्रतिशत मात्र छ । प्रसुति गृह काठमाण्डौ भन्दा पनि राम्रो तथ्याङ्क हो यो । रह्यो कुरा भरोसा र विश्वासको भने ३ महिना अघिसम्म प्रति दिन १० देखि १५ जना प्रसुतिहरुको उपचार यस अस्पतालमा भईरहेको थियो भने अहिले आएर उक्त संख्या ३५ देखि ५५ सम्म पुगेको छ । विरामी संख्या बढ्नुले पनि अस्पतालको भरोसामा आँच आएको देखिँदैन ।”
स्थानीयबासीहरुका अनुसार पछिल्लो समय जनकपुर अंचल अस्पतालमा अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा कर्मचारीहरुको चरम रुपमा लापरबाही बढ्दै गएको छ । जसकारण समयमा उपचार नपाउँदा विरामीहरुको मृत्यु हुने गरेको छ । उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना हुने विरामीहरु समयमा उपचार नपाएपछि अन्य निजी क्लिनिक र नर्सिंगहोममा गएर उपचार गराउने गरेका छन् । डाक्टर र नर्सहरु अस्पतालको डिउटीको समयमा बढी समय निजी क्लिनिक र प्राइभेट होस्पिटलहरुमा दिन थालेका छन् । यसकारणले दिनदिनै जनकपुर अञ्चल अस्पतालको अवस्था धारासायी बन्दै गएको छ । अस्पतालका चिकित्सक र कर्मचारीहरु नै बाहिर खोलिएका निजी अस्पताल तथा क्लिनिकहरुको लागि दलाली गर्दै आएका छन ।
२०७३ भाद्र १९ गते आईतबार
Subscribe to:
Posts (Atom)










