Wednesday, July 12, 2017

कबड्डीले दिलायो शिषाको पहिचान

शिषा झा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाको लक्ष्मनिया गाउँपालिका ७ का २० बर्षिय शिषा झा अहिले स्टार खेलाडीको रुपमा लोकप्रिय बनेकी छिन् । मधेसको एउटा गाउँमा जन्मिएकी शिषा अहिले खेलकुदको क्षेत्रमा सिंगो देशकै नाम अगाडी वढाईरहेको छ । कम समयमै  क्षेत्रिय हुँदै राष्टिूय र अन्तर्राष्टिूय स्तरका कबड्डी प्रतियोगिताहरुमा सहभागिता जनाई सकेकी शिषा अहिले मधेसका थुप्रै छात्राहरुका लागि रोल मोडेल बनेकी छिन् । मधेसमा महिलाहरु खेलकुद प्रति चासो राख्दैनन्÷राख्न दिँइदैनन् । खेलकुदको विधामा मधेसी चेलीहरुको अत्यन्तै न्यून उपस्थिति रहने गरेको अवस्थामा शिषाको बढ्दो उचाईले यस क्षेत्रका छात्राहरुमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
७ चैत्र २०५५ मा जन्मिएकी शिषा झाले प्राथमिक शिक्षा गाउँकै लक्ष्मिनिया जनता उमावि कुम्हरौडाबाट हासिल गरिन । सोही विद्यालयबाट २०७० सालमा सेकेण्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी शिषाले २०७२ सालमा जनकपुरकै मिट क्याम्पसबाट प्लस टु उत्तीर्ण गरी हाल जनकपुरकै जानकी कलेज अफ म्यानेजमेन्टमा विविए गर्दैछिन् ।
एसएलसीको जाँच दिएपछि खाली समयलाई खेलकुदको क्षेत्रमा उपयोग गर्न भन्दै शिषाका काका परशुराम झाले प्रेरित गरे । परशुराम झा आफु पनि कबड्डीका राष्टिूय खेलाडी भई अन्तर्राष्टिूय प्रतियोगिताहरुमा सहभागी भईसकेका कारण खेलकुदको महत्व बुझेर नै उनले शिषालाई खेलकुद तर्फ ध्यान दिन लगाए । त्यसपछि शिषा धनुषा जिल्ला कबड्डी संघमा आवद्ध भईन । गाउँबाट करिब १५ किलोमिटर टाढा रहेको महेन्द्रनगरमा गएर कबड्डी सिक्न थालिन ।
प्रत्येक दिन बस चढेर महेन्द्रनगर जाने, साँझ ४ बजे देखि साढे ६ बजेसम्म अभ्यास गर्ने र ७ देखि साढे ७ बजेसम्म बस चढेर घर फर्किने उनको नियमित कार्य बन्यो । प्रशिक्षक रामनारायण राईको प्रशिक्षणमा उनले नियमित कडा अभ्यास गर्न थालिन । कहिले काँही समयमा बस नपाउँदा घर फर्किने बेला राति ढिलो समेत हुन्थ्यो । त्यस्तो अवस्थामा आमा निलम झा र बुवा इन्द्रकुमार झाबाट गाली समेत खानु पथर््यो, शिषालाई । तै पनि शिषालाई बुवाको गाली भन्दा पनि खेल प्रिय लाग्थ्यो । यसरी उनी तीन महिना निरन्तर महेन्द्रनगर  गई खेल सिक्न थालिन ।
काठमाण्डौमा त्यसपछि तत्कालिन
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्दाको अवस्था ।
त्यसपछि प्यावशन धनुषाले जनकपुरमा विद्यालय स्तरीय कबड्डीको नेशनल गेम आयोजन गर्यो । शिषा पनि महेन्द्रनगरको गंगोत्री इंग्लिस बोर्डिङ स्कुलबाट उक्त राष्टिूय प्रतियोगितामा सहभागी भईन । उनको टिम दोस्रो भयो । जनकपुरकै ज्ञान मन्दिर विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको थियो । उक्त प्रतियोगिता सकिएको लगत्तै केही दिन पछि महिला कबड्डी टिम छनौट गर्नु थियो । धनुषाबाट शिषा पनि छनौट भई मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रिय टिममा छनौट भईन । १६ बर्ष मुनिको उमेर समुहका लागि १२ जना खेलाडी सहभागी भएको उक्त क्षेत्रिय टिममा धनुषाबाट शिषाले प्रतिनिधित्व गर्ने मौका पाईन ।
२०७० सालको साउन महिनामा काठमाण्डौको दशरथ रंगशाला स्थित कभर्ड हलमा आयोजन गरिएको उक्त राष्टिूय प्रतियोगितामा मध्यमाञ्चल टिम तेस्रो भएको थियो । यसरी राष्टिूय स्तरको प्रतियोगितामा जुनियर खेलाडीको रुपमा खेलेर शिषाले राम्रो अनुभव प्राप्त गरिन । काठमाण्डौबाट घर फर्किएपछि केही दिन आराम गरिन । ६ महिना पछि माघ २०७० मा सिनियर खेलाडीहरुको राष्टिूय प्रतियोगिता हुनु थियो । सुदुरपश्मिाञ्चलको महेन्द्रनगर र कैलालीमा सम्पन्न भएको सिनियर महिला खेलाडीहरु सम्मिलित भएको प्रतियोगितामा मध्यमाञ्चलबाट खेल्ने मौका उनले पाईन । पुर्वाञ्चलसँग खेल्दा उनको टिमले जिते पनि मध्यपश्चिमाञ्चलबाट हार्नु पर्यो । उक्त प्रतियोगितामा नेपाल आर्मीको टिम पहिलो र नेपाल पुलिसको टिम दोस्रो भएको थियो । मेनुका राजवंशी बेस्ट रेडर चुनिएकी थिईन ।
भारतको गुवाहाटीमा सम्पन्न दक्षिण एशियाली खेलकुद 
अन्तरगत कबड्डी विधामा कास्य पदक सहित शिषा

खेल सुरु गरेकै बर्ष २०७० सालमा उनले जुनियर हुँदै प्रोफेशनल खेलाडीहरुसँग खेल्ने अवसर पाउनु शिषाको लागि धेरै ठुलो कुरा थियो । राष्टिूय स्तरका सिनियर खेलाडीहरुको संगत पाएपछि बल्ल खेल कसरी खेलिन्छ भन्ने कुरा उनले जान्न पाए । शिषा भन्छिन,“ त्यो नेश्नल गेममा कुनै मेडेल पाउँछु भनेर त मैले कुनै आशा नै गरेको थिईन । किनभने त्यो गेममा जो कोई खेलाडीहरु पनि म भन्दा सिनियर, अनुभवी मात्र नभई अन्तर्राष्टिूय प्रतियोगिताहरु खेलिसकेका खेलाडी र धेरै नै बलियो नेपाल आर्मी र नेपाल पुलिसको टिम थियो ।” त्यो प्रतियोगिताले शिषाको जोश बढ्यो । अब म पनि राम्रो सँग झन मिहिनेत गरी खेल्नु पर्छ र अन्तर्राष्टिूय प्रतियोगितामा समेत सहभागी हुनुपर्छ भन्ने जोश जागर शिषामा आयो । त्यहाँबाट घर फर्केपछि फेरी उनी स्थानीय स्तरको खेलमा सहभागी हुन थालिन । अभ्यासलाई निरन्तर जारी राखिन ।
मधेस आन्दोलन हुँदाका अप्ठयारा
नयाँ संविधान जारी हुनु पुर्व २०७२ साउन ३० देखि गरिएको अनिश्चित कालिन मधेस बन्दका कारण शिषालाई धेरै समस्याहरु भएको थियो । आम हड्ताल र बन्दका कारण आफ्नो गाउँबाट महेन्द्रनगर जान समस्या उत्पन्न भयो । सार्वजनिक सवारी साधन सडकमा नगुडेपछि अभ्यास गर्न महेन्द्रनगर कसरी जाने भन्ने प्रश्न उनी समक्ष आए । मधेसमा व्यापक तनाव थियो । तर, उनको ध्यान भने दक्षिण एशियाली खेलकुद तर्फ थियो । भनिन्छ, जहाँ चाहना हुन्छ त्यहाँ बाटो पनि हुन्छ । त्यसैले दृढ संकल्पित शिषा घरमा रहेको मोटरसाईकल सिकिन् । मोटरसाईकल चलाउन त जानिन तर उनीसँग सवारी साधन चालक अनुमति पत्र पनि थिएन । त्यतिबेला सडकमा कहिँ पनि टूाफिक प्रहरीको उपस्थिति थिएन । त्यसैले उनलाई कहिल्यै कारवाही पनि भएन । मोटरसाईकल हाँकेर महेन्द्रनगर पुगी कबड्डीको अभ्यास गर्न थालिन । फेरी अर्को समस्या आयो । मोटरसाईकलका लागि पेटूोल पाईदैनथ्यो । अनि महेन्द्रनगरका पुरुष खेलाडीहरु मार्फत भारतको सीमावर्ती बजारबाट पेटूोल किन्न लगाउँथिन भने कहिल्यै व्लयाकमा आफै किनेर पनि महेन्द्रनगर पुग्ने गर्थिन । शिषा भन्छिन,“ त्यो बेला कतिसम्म अप्ठयारो पर्यो भने एक सय रुपैयाँ प्रति लिटर पाईने पेटूोल तीन सय रुपैयाँ प्रति लिटर समेत व्लयाकमा किन्नु पर्यो । यति मात्र होईन पैसा बचाउनका लागि साथीहरुसँग भारतको सीमावर्ती बजारमा समेत आमाबुवालाई जानकारी नदिई पेटूोल    किन्न जानु परेको थियो ।
जिल्ला विकास समिति धनुषाले शिषालाई प्रदान गरेको सम्मान पत्र ।
५ माघ २०७२ मा काठमाण्डौमा छनौट खेल खेल्नु थियो । भारतको गुवाहाटीमा हुने १२ औ दक्षिण एशियाली खेलकुद अन्तरगत हुने कबड्डी खेलका लागि देशभरीबाट विभिन्न खेलाडीहरुलाई काठमाण्डौ बोलाइएको थियो । ५ माघमा काठमाण्डौ पुगेपछि ८ देखि १२ माघसम्म देशैभरीका १ सय ५५ जना महिला खेलाडीहरु बीच ओपन गेम खेलिएको थियो । काठमाण्डौको सुनधारा स्थित नेपाल आर्मीको व्यारेकमा खेलाइएको उक्त छनौट प्रक्रियामा विभिन्न टिमहरु बनाइएको थियो । 
सुरुमा मध्यमाञ्चल टिमबाट खेलेपनि शिषालाई पछि सुदुरपश्चिम टिममा राखियो । १ सय ५५ खेलाडीहरु मध्ये जनकपुरबाट शिषाले मात्र भाग लिएकी थिईन । शिषाले रेड (अट्याक) गर्ने मौका कमै पाईन । दोस्रो राउण्डमा ८ जना मध्ये ४ जनालाई छनौट गरियो । शिषा त्यसपछि आर्मीको टिममा परिन । आर्मीको टिममा परेको कुल ८ खेलाडीहरु मध्ये ६ जना आर्मीकै थिईन भने शिषा लगायत अर्को एक जना अन्य टिमबाट परेकी थिईन । अन्ततः सागका लागि १६ जना खेलाडी छनौट भयो । १६ मा सौभाग्यबस शिषा पनि परिन । खेल्न सुरु गरेको दुई बर्षमै शिषा दक्षिण एशियाली खेलकुदका लागि छनौट भएकी थिईन । प्रायः धेरै खेलाडीहरुले धेरै बर्ष खेलेपनि त्यस्तो अवसर पाउन सकिरहेको हुँदैन ।
शिषाको अन्तिम तयारी
सागका लागि १६ खेलाडी छनौट भएपछि फिजिकल टेस्ट सहित कुपर टेस्ट सुरु भयो । कुपर टेस्टमा खेलाडीको पावर, स्टेून्थ, स्टामिना आदी कुराको जाँच गरिन्छ । पुस अप, सिट अप, रनिङ्ग जस्ता अभ्यासहरु गराईन्छ । काठमाण्डौको आर्मी व्यारेकमा रहेको रंगशालामा आर्मी बाहेकका सिभिल खेलाडीलाई ६ मिनेटसम्म दौड्नु थियो र आर्मी फोर्सका खेलाडीलाई ८ मिनेटसम्म दौड्नु थियो । दौड सुरु हुँदा शिषा सबैभन्दा पछाडी परेपनि दौड सक्किने बेलामा शिषाभन्दा दुई खेलाडी मात्र अगाडी थिईन । शिषा भन्छिन,“ कुपर टेस्टको चरण सकिएपछि अन्तिम १२ जना खेलाडीको नाम सूचि सार्वजनिक भयो । १२ औं नम्बरमा मेरो नाम पनि पर्यो ।” त्यसपछि बाँकी थियो खेलाडीको मेडिकल टेस्ट । मेडिकल टेस्टमा पनि पोजिटिव रिजल्ट आएपछि भारतको गुवाहाटी जाने निश्चित भयो ।
क्लोज क्याम्पमा कडा अभ्यास
राष्ट्रिय खेलकुद परिषदले शिषालाई प्रदान गरेको सम्मान पत्र ।
१२ जना खेलाडी छनौट भईसकेपछि काठमाण्डौमा १५ माघ देखि क्लोज क्याम्प सुरु भयो । विहान ६ देखि ९ बजेसम्म र साँझ ४ देखि साढे ६ बजेसम्म तालिम सुरु भयो । २० मिनेट दौड, आधा घण्टा फिजिकल अभ्यास गरेपछि आर्मीको ग्राउण्डमा कबड्डीको अभ्यास हुन्थ्यो । माघ महिनामा अत्यन्त जाडो भएका कारण ती १२ जना महिला खेलाडीहरुले अभ्यास गर्नका लागि अनुकुल माहौल पाउन सकिरहेको थिएनन् । तालिममा प्रतिकुल असर पर्न थालेपछि खेलाडीहरुलाई अभ्यासका     लागि झापा पठाइयो ।
झापामा दुई सप्ताह जति तालिम गराइयो । तर, त्यहाँ उत्कृष्ट कोचको सुपरभिजन थिएन । अन्तर्राष्टिूय प्रतियोगिता खेल्नका लागि आवश्यक पुर्वाधार जस्तै म्याट झापामा उपलब्ध थिएन । खेलाडीहरुका लागि म्याट सु (जुत्ता) पनि थिएन । भारतको दिल्लीबाट म्याट सु अर्डर गरेर मगाइयो । शिषा भन्छिन,“ म्याट सु नेपालमा पाईँदैन । भारतको दिल्लीबाट अर्डर गरेर हामीले किनेका थियौं । मैले आफ्नो जिन्दगीमा पहिलो पटक म्याट सु लगाउने मौका पाएकी थिएँ । त्यो क्षण मेरो लागि धेरै महत्वपुर्ण थियो ।” झापामा पनि अभ्यासको लागि अनुकुल माहौल नभएपछि अभ्यासका लागि भारतको पटना लगियो । नेपालको महिला कबड्डीका प्रशिक्षक पार्वति राय, पुरुष कबड्डीका प्रमुख प्रशिक्षक विमल पोखरेल सँगै पुरुष र महिला दुवै कबड्डीका टिम पटना पुगे । पटनामा करिब २० दिन जति अभ्यास भयो । पटनामा अभ्यासको सत्र सकिएपछि टिम भारतको रेल चढी गुवाहाटी तर्फ लागे ।
भारतको गुवाहाटीमा नेपाली टोलीलाई फाईब स्टार होटेलमा बासको व्यवस्था मिलाइएको थियो । विहान नास्ता गरी ९ बजे रंगशाला पुग्थे । त्यहाँ प्रयाक्टिस गर्नुका साथै अन्य देशहरुबाट आएका खेलाडीहरुको खेल्ने तरिका समेत अवलोकन गरिन्थ्यो । भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका मुलुकहरुसँग नेपाली टोलीले प्रतिस्पर्धा गर्नु थियो । रंगशालामा जाँदा भारतमा हुने गरेको क्रिकेटको आईपिएल जस्तै प्रो कबड्डीका खेलाडीहरुले पनि अभ्यास गरिरहेको अवलोकन गर्न पाए नेपाली टोलीले ।
 नेपाल पुलिस टिमको हवलदार निर्मला विष्टको कप्तानीमा उपकप्तान शान्ति मल्ल, मेनुका राजवंशी, सम्झना राई, कोष माया, चन्दा रायमाझी, सुदेशना प्रजापति, कौशिला, रुकमिनी, चन्द्रिका, रुपासँगै सहभागी भएको शिषा सहित १२ जनाको नेपाली टोली उक्त प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान सहितको टोलीसँग खेल्दा नेपालले पाकिस्तानलाई हराउन सफल भएको थियो । उक्त प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो ।
मेडलका साथ टिमका खेलाडी सँगै शिषा ।
कास्य पदक सहित नेपाल फर्किएको नेपाली टोलीलाई काठमाण्डौमा सम्मान समेत गरिएको थियो । १२ औं दक्षिण एशियाली खेलकुद अन्तरगत कबड्डी खेल विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै कास्य पदक हासिल गर्न सफल भएका नेपाली टोलीका १२ जना खेलाडीहरुलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जनही  एक÷एक लाख रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको थियो । दुवै जना प्रशिक्षकहरुलाई पनि जनही ५०÷५० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगिता सम्पन्न भएपछि घर फर्किदा जिल्ला विकास समिति धनुषाले समेत शिषालाई सम्मान पत्र प्रदान गरेको थियो ।
त्यसपछि २०७४ फागुन ९ गते विराटनगरको बाँसवारीमा आयोजित राष्टिूय प्रतियोगितामा सहभागी हुँदा शिषाले क्षेत्रिय टिमको कप्तानी नै गर्ने अवसर समेत पाए । शिषा भन्छिन,“ मध्यमाञ्चल टोलीमा म भन्दा सिनियर खेलाडी हुँदा हुँदै पनि कप्तानी गर्ने जिम्मेवारी पाउनु मेरो लागि ठुलो कुरा थियो ।” उक्त राष्टिूय प्रतियोगितामा शिषाको अगुवाईमा मध्यमाञ्चल टोलीले पुर्वाञ्चल र पश्चिमाञ्चललाई हराएपनि नेपाल आर्मी र नेपाल पुलिससँग हार्नु परेको थियो । शिषाले नेतृत्व गरेको टोलीले तेस्रो स्थान हासिल गरेको थियो ।
खेलसँगसँगै पढाईलाई निरन्तरता दिएका शिषा भविष्यमा नेपालको लागि निरन्तर खेलिरहने बताउँछिन् । तराई मधेसमा महिलाहरुलाई खेलकुदमा सहभागी हुन तिनका अभिभावकहरुले अनुमति नदिएकै कारण यस क्षेत्रमा मधेसी महिलाहरुले सहभागिता जनाउन सकेको छैन । केटीहरुलाई पढाईका साथसाथै खेलकुदमा समेत रुचि राख्न शिषा अनुरोध गर्दछिन् ।



२०७४ आषाढ २५ गते आईतबार

No comments:

Post a Comment