Thursday, September 3, 2015

निशानामा एमाले

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेसमा अहिले आन्दोलन चर्किदै गईरहेको अवस्थामा प्रदर्शनकारीहरुले एमालेलाई निशाना बनाउन थालेका छन् । नेकपा एमाले मधेस विरोधी तथा संघीयता विरोधी रहेको भन्दै प्रदर्शनकारीहरुले एमालेका पार्टी कार्यालयहरु र एमालेका नेता तथा सभाषदहरुको घरहरुलाई निशाना बनाउन थालेका छन् ।

सप्तरीमा एमाले सभासद्को कार्यालय तोडफोड
आन्दोलनकारीको एक समूहले भदौ ११ गते राजविराज–९ स्थित राजदेवी टोलमा रहेको एमाले सभासद् रञ्जु ठाकुरको कार्यालयमा तोडफोड गरेका छन् । सयौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले बिहान एक्कासि कार्यालयमा आएर तोडफोड गरेको एमाले कार्यालयले जनाएको छ । प्रदर्शनकारीले कार्यालयभित्र रहेका टेबुल र बोर्ड तोडफोड गर्नुका साथै कार्यालयको झन्डा र बोर्डलाई बाहिर निकालेर जलाइ दिएका छन् । तोडफोडबाट कार्यालयमा रहेका महत्वपूर्ण कागजातसमेत नष्ट पारिएको बताइएको छ । एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले सभासद्को कार्यालयमा कसले तोडफोड गरेको अहिलेसम्म एकीन नभएको बताउँदै शान्ति सुरक्षाको माग गरेका छन् । 

त्यसैगरी संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले एमाले रौतहट जिल्ला कार्यालयमा १० भदौमा आगजनी गरेका छन् । मोर्चा कार्यकर्ताहरुले बन्द रहेको एमाले पार्टी कार्यालयको झ्यालबाट मट्टतिेल छर्केर कोठा भित्र आगो लगाएका हुन् । आगलागीका कारण कार्यालयमा रहेका फर्निचर तथा कुुर्सीहरु जलेका छन् । प्लास्टीकको बोतलमा मट्टितेल हालेर झ्यालबाट भित्र फालिएको र सोही कारणले आगो लागेको प्रहरीले बताएको छ । आगजनी गर्नेहरुको खोजतलास शुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

माधव नेपालको घरमा ढुङ्गामुढा
रौतहट जिल्लामा आन्दोलनकारीले एमाले नेता माधव नोपलको घरमा समेत ढुंगामुढा गरेका छन् । ७ भदौमा आन्दोलनकारीहरुले अदालत, नापी कार्यालयमा ढुङ्गामुढा गरी केही झ्यालका सिसा फुटाएका, भन्सार कार्यालयमा पुगी भन्सारको बेरियरमा ताला लगाएको र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमासमेत ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सदरमुकामस्थित गौर नगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

२०७२ भाद्र १३ गते आईतबार

No comments:

Post a Comment