Monday, July 14, 2014

जनकपुर मन्थन - अनुज मिश्र



अनुज मिश्र
पछिल्ला दिनहरुमा संचार माध्यमहरुमा जनकपुरमा भैरहेका अतिक्रमण बिरोधी समाचार ‘हेडलाइनु बनेर  अनेकन ‘लाइक्सु र ‘कम्मेंट्सु बटुलेर चर्चाको बिषय बनेको छ । पत्रपत्रिका र फेसबुकमा भवन भत्किदै गरेका अनेकौं तस्वीरहरु छन् । यी कार्यको थालनी भन्दा केहि समय पूर्व प्रकाशित गंगा(आरती ‘क्लीकु हेडलाइन बन्यो, त्यसभन्दा सुदुर(पूर्व समयमा बिद्युतको अनियमित लोडसेडिंग बिरुद्ध ओर्लेको जनसागरले एक पछि अर्काे हुँदै आजकल जनकपुरमा यस्तो समाचार संबिधान भन्दा पनि महत्वपुर्ण बिषय बनेको छ । बाहिर(बाहिर  जनकपुरबाट पाल्ने महानुभावलाई भेट्दा सबैले जिज्ञासा राख्ने गर्छन, के जनकपुर साचिक्कै बिकसित भैरहेको छ र ? 
                    जनकपुर  मूलतः धार्मिक इतिहास बोकेको, २१औँ शताब्दीबाट प्रभावित भैरहेको  र १९६० को दशकमा जन्म भएका अनेकन बादहरुको  विस्तार  र, बिस्तारै क्रिडा स्थल जनकपुर हुनु पनि आफैमा विकास भन्दा कम होइन । पौराणिक जनकपुरमा जीवन सहज थियो, राजा जनक प्रतिपालक थिए । सीता स्वयं स्थानीय थिए, कुनै प्रजालाई कष्ट हुदाँ राजा आफैले त्यसको हरण गर्थे । मनोरम वातावरण थियो । त्यतिबेलाको जनकपुर प्रकृति, विश्वास र ईश्वरमा केन्द्रित थियो । आजको जनकपुर माझ नयाँ ( नयाँ चुनौतीहरु छन् । कोहि धेरै सम्पन्न त कोहि निकै बिपन्न बर्ग पनि छन् । जनसंख्या बढेको छ । मानिस जिउन नयाँ सिप सिक्नुपरेको छ । बिश्व(ब्यापिकरण संगै विज्ञानको अविष्कार, व्यापारीकरण, अर्थतन्त्रको बढ्दो चलखेल र सुख( सुविधाको जोरदार मांग संगै भौतिक यूग प्रवेशले दूइ ध्रुवीय बनायो । कोहिले आफु विलाशिताको जीवन जिउन जनकपुरलाई गरिखाने भाँडो बनाए र कोहि यहाँ भन्दा राम्रो भविष्यको खोजीमा बैज्ञानिक यूग खोज्न थाले । एकातिर धार्मिक इतिहास बोकेरमात्र जीवन असफल हुँदा धर्म कि बिज्ञान भन्ने बिचारवीच अल्झिने पनि धेरै भए, जनकपुर प्रतिको स्नेह यहिँ हो, कमजोर भएको । अर्काेतिर बिज्ञान र २१औं शताब्दीको मारबाट बँच्न यहाँबाट रुमल्लिएर आ÷प्रवासी समेत भए । जन्मदेखि  इश्वरीय ठाउँमा जन्मेको सोंचले मात्र जीवन नचल्ने हुनाले बाध्यतावस धेरै बिमुढ़ भए र ‘सकारात्मक÷नकारात्मक देवाताबाद’को सिकार पनि धेरै भए । यहिँ हो, जनकपुर कमजोर र फोहर भएको । जनकपुर छ, अनि म छु भन्ने सोच भन्दा बढी म छु, अनि जनकपुर छ भन्ने सोच हावी हुँदै गयो । ‘बुद्धिबाद’ भन्दा बढी ‘अनुभवबाद’ले मस्तिष्कमा टहरा बनायो । त्यहिँ हो, जनकपुर (धर्म) अतिक्रमण भएको । स्थानीयबासि मात्र दोषी हो भन्ने होइन । राजाले मन्दिरको बाघको ‘आँखा’ खाई  दिए, महन्थले धार्मिक उद्दारपन ‘रिफर्मेशन’ र दक्षिणपन्थी, बामपन्थी  र उग्र(घटकहरुले पनि ‘मेकेनिक्ल रिप्र्राेडक्शन’ र पर्यटकीय रूपले जनकपुरलाई बिकास गर्ने नाउँमा झनै ‘अनिश्वरबाद’ को शिकार बनाईदिए । हिन्दुग्रन्थको सारतत्व बोकेको जानकी मन्दिर समेतलाई उनले  ‘वल्र्ड हेरिटेज’मा समावेश गराउन नसक्नु एउटा तात्कालिन समाजबादमाथिको राज्य स्तरको हमला हो जसले जनकपुरलाई झनै विस्मृत तुल्यायो आफ्नै गरिमा । भक्त त्यहीबेला हो मन्दिरहरुको प्रांगणमा मुखमा  थुक आउँदा  थुक्न नहिचकिचाएको । यसरि एकपछि अर्काे हुँदै सबै फोहर भए । मन्दिर, पोखरी, जनता, प्रतिनिधि, सोंच र छवी । 
                        तर यी सोंचहरु बीच बाटो भनेको ‘तिनै पौराणिक महत्व बोकेका धरोहरहरुलाई संरक्षित गरि, सरसफाई सहित इमान्दारिताका साथ एक चोटी तिनै रमणीय वातावरण, मठ( मन्दिर,पोखरी आदिलाई जोगाई  सम्पूर्ण जनकपुरलाई हिन्दुग्रन्थको मह्त्वपूर्ण संग्रहालयको रूपमा बिकसित गरे पृथ्वीकालसम्म संसारभरिका हिन्दु पर्यटकलाई लक्षित गरेर स्थानिक विकासको पाइला टेक्न सकिन्छ । र, सहि अर्थमा त्यही हो जनकपुरको बारेमा बैज्ञानिक रूपले सोचेको किनभने धार्मिक इतिहास बोकेका जनकपुरबासी समक्ष धार्मिक(बिज्ञानसंगै परिचय र विकास जुटेको छ ।   बिगतमा जनकपुरलाई आत्मनिर्भर बनाउन थोरबहुत प्रयास नभएको पनि होइन त्यसकै फलस्वरूप रामानन्द टावर (गेट) निर्माण भएको, जनकपुरलाई पर्यटकीय  दृष्टिकोणले आकर्षित बनाउन तर पछिल्ला बर्षहरुमा बैज्ञानिक खालको पहिलो र अन्तिम ठोस प्रयास त्यसमै सिमित रहयो । त्यसपछाडी पनि केहि भए तर सब  तरल थिए  । हाल भइरहेको प्रयासले ठोस आकार लेओस भन्ने शुभकामना !

२०७१ अषाढ २९ गते आईतबार

No comments:

Post a Comment