Tuesday, July 2, 2013

मधेशी नेताहरु मोर्चा बंदी गरी चुनावमा आउनु आवश्यक




पशुपतिनाथ मधेसी

संबिधानसभाको चुनाव नजिकिंदै जाँदा आज मधेशका तमाम पहिचानधर्मीहरुले मधेशबादी दलमा चुनावी एकताको आवश्यक्ता औल्याएका छन् । मधेशका राजनीतिक मांगलाई संबोधन गर्न चुनावमा मोर्चाबन्दी गरेरै अघि बढ्नुपर्ने जनमानसलाई बोध भएको छ ।
मधेशका जनता मधेशी नेताबाट नाखुस भए पनि उनिहरु एउटै आशामा छन कि ढिलोचाँडो उनका मुद्धा संबोधन आफ्नै मधेशी नेताद्धारा हुनेछन् । हिजोकै दिनमा एउटै भाषा एउटै भेष, दाउरा सुरुवाल, खस भाषा नेपाली राष्टिूय भाषालगायतका बिभेदकारी प्रावधानहरुको अंत्य मधेश आन्दोलनकै जगमा भएको हो ।
आशन्न संबिधानसभाको चुनावमा मधेशबादी दलले ३ वटा एजेन्डा बोक्नुपर्छ । प्रथमः समग्र मधेश एक स्वायत प्रदेश, दोस्रो मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने र तेस्रो एजेन्डाको रुपमा नेपालका हरेक सरकारी निकायमा मधेशीको सम्मानजनक पहँच । यी तिन एजेन्डा तत्कालका लागि अवान्क्षनिय हुन् । अर्को तर्फ नागरिकता बिहिन मधेशीलाई नागरिकता दिलाउनका लागि आन्तरिक गृहकार्यनको पनि टडकारो आवश्यक्ता छ ।
आज उपेन्द्र यादवलगायत ८ वटा मधेशबादी दलहरु चुनावी प्रकृयाको बिरोध गर्दैछन् । उनिहरु सरकार गठन, उच्च स्तरिय राजनीतिक समिति, बाधा अडकाउ फुकाउलगायत अंतरिम संबिधानमा गरिएका परिवर्तनहरुप्रति आफ्नो आपत्ति जनाईराखेका छन् । उनको अर्को अडान केहो भने सरकार एकलौटी ढङगले चुनवाको तिथी घोषणा गर्यो । उनिहरुसँग सरकारले एक सामान्य औपचरिक परामर्श गर्न पनि उचित ठानेन । उपेन्द्र यादव मधेशका बिभिन्न मञ्चबाट खिलराज रेगमी नेतृत्वको सरकारलाई ३ ठुला दलको कठपुतली बनेको आरोप लगाउँदै आएका छन् । उनका अनुशार यो सरकार ४ दलिय सिन्डिकेटभन्दा पृथक केहि छैन् । मधेशी दल अहिले यसरी बुझ्दा दुई चिरामा बिभाजित छन् । एक चुनावी प्रकृयाको बिरोध गर्ने उपेन्द्र यादव नेतृत्वको दल भने अर्को गैर उपेन्द्र यादवको दल ।
स्रोतका अनुशार उपेन्द्र यादव पनि चुनावमा भाग लिने नै छन् । उनले आफूलाई पृथक सावित गर्नका लागि मात्रै बिरोधका आवाज बुलन्द गरेका हुन । नाम नखुलाउने सर्तमा यादव नेतृत्वकै दलको एक केन्द्रीय सद्स्य भन्छन,“ हामी चुनावको आन्तरिक तयारी सुरु गरिसकेका छौं । उपेन्द्रजी चुनावको बिरोध गर्नु एक नाटक मात्रै हो । सदाझैं आफूलाई अरुभन्दा पृथक छु भन्ने जनाउनका लागि मात्रै चुनावको बिरोध गरिया हो ।” उनका अनुशार मधेशी जनअधिकार फोरम नेपाल कुनै दलसँग मोर्चा नगरेपनि आफ्नै बाहुवलमा चुनाव जित्न सक्ने हैशियत राख्दछ । पार्टी निकट एक केन्द्रीय सद्स्य श्रवण कुमार अग्रवाल भन्छन, “हामी चुनावी गृहकार्यकमा लागिसकेका छौं, बिरोध गर्नु एक प्रकारको पृथकताको नमुना मात्रै हो । हाम्रो चुनावी ‘सरगर्मी’ एक महिना पश्चात मात्रै सुरु हुनेछ ।”
मधेशवादी नेताहरुका अनुशार चुनावमा दुई मोर्चा मात्रै बन्नेछनः एक उपेन्द्र यादवको नेतृत्वमा भने दोस्रो महन्थ ठाकुरको नेतृत्वमा । नेताहरुका अनुशार बिजय गच्छेदारको फोरम लोकतान्त्रिक, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीलगायत अनिल झा, सरिता गिरी नेतृत्वको साना दलहरु महन्थ ठाकुर नेतृत्वको मोर्चामा जाने प्रयाश थालिसकिएको छ । अर्को तर्फ उपेन्द्र यादव पनि राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, महेन्द्र राय यादवको तमलोपा नेपाल लगायतका साना दलहरु मोर्चाको नेतृत्व गर्नेछन् । यसरी हेर्दा मधेशमा दुई शक्तिले आफ्नो चुनावी सरगर्मी बढाउने निश्चित छ आशन्न निर्वाचनमा ।
मधेशी जनता पनि यिनीहरुको मोर्चाबन्दी, एकिकरण र एकताकै पक्षमा छन । हालमा मधेशका जिल्लाहरुको भ्रमण गर्दा के थाहा पाए भने मधेशी जनताहरु बिभिन्न टुक्रामा फुटेका मधेशवादी दलमा एकता चाहन्छन् । मधेशवादी दल छोडेर गैरमधेशी दलमा नेताहरु प्रवेश गर्नुलाई जनताले औचित्यहिन ठानेका छन । एक दल छोडेर अर्को दलमा जानु त्यति आपत्तिजनक नभए पनि यो अपरिपक्क राजनीतिको ‘प्लान्ड गेम’ हो भन्ने बुझ्न चुक्नु हुन्न ।
चुनावको बहिस्कार गर्ने आवाजहरु पनि सुनिन्छन् । कहिले उपेन्द्र यादव त कहिले मोहन बैद्यले यथास्तितीमा चुनाव हुन नदिने बताउँछन् । हो, यथास्तितीको त बिरोध गर्नैपर्छ तर बृहत राजनीतिक लाभका लागि नकि दलगत स्वार्थपुर्तीका लागि । बहिस्कार गर्छु भन्नेहरु अहिले मोर्चाबन्दी गरेर निर्वाचनमा भारी मतले बिजयी हुने तर्फ लागे बढि हितकार होला ।
मधेशी जनता चुनाव चाहन्छन । तर मधेशका मुद्दाहरुलाई संस्थागत गर्ने सर्तमा मात्रै । मधेशबादी दलमा एकता नहुँदा भोलीका दिनमा गैरमधेशी दललाई फायदा पुग्ने हो कि भन्ने चिन्ता यिनमा पलाएको छ । मधेशमा बढिमा दुई मोर्चा बनाएर चुनाव लड्दा मधेशवादीलाई बढि फाईदा पुग्ला र यसले गैरमधेशबादीको षड्यन्त्रमाथि पनि ठुलै प्रहार हुनेछ । आह पहाडवादी दलहरु मधेशबादी दलमा एकता नहोस भन्ने चाहन्छन । यिनमा एकता भए आफूहरुलाई घाटा हुने भन्ने डरले उनलाई सताएको छ । तर मधेशवादी दल जनचाहना अनुरुप अधिकतम दुई वटा मोर्चा बनाए चुनावमा गए ‘पोपुलर सेन्टिमेन्टस’ लाई आफ्नो तर्फ तान्न सक्ने छन् र चुनावमा ठुलै मत पाउने संभावना प्रवल हुनेछ ।





मिति ः २०७०÷३÷१६

No comments:

Post a Comment