द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नम्बर २ मा मधेशी गठबन्धनले नै मिलीजुली सरकार बनाउनेछ ।किन भने यो सैद्धान्तिक कुरा पनि हो । संघीय समाजबादी फोरम नेपाल र राष्टूीय जनता पार्टी नेपाल(राजपा)ले साझा गठबंधन गरेर प्रतिनिधि संहा र प्रदेश सभाको निर्बाचन पनि मिलेरै लडेका कारण पनि मधेशी गठबन्धनकै सरकार बनाउन मधेशी जनताले मातादेश र जनादेश दिएको छ । त्यसका लागी हामी दुबई पार्टी प्रतिबद्ध पनि छ । सरकारको रूपरेखा कस्तो हुने, मुख्यमन्त्री को बन्ने, सभामुख कस्ले लिने, भन्ने कुरा अहिले टुङ्गो लागेको छैन । दुबई पार्टी बीच छलफल गरि ती सबै कÞुराहरूको टुङ्गो लाग्नेछ । अहिले औपचारिक रूपमा दुबै पार्टीहरू बीच एक चरणको कुराकानी भए पनि अहिले कुनै पनि बिषयमा सहमति भने भएको छैन ।
तर, आपसी सहमतिमा सबै कुरा हामीले टुङ्ग्याउनेछ ।स्वाभाबिक रूपमा यदि राजपाले सरकारको नेतृत्व गर्ने मौकÞा आयो भने त्यसमा मेरो पनि दाबेदारी हुनेछ । फोरम नेपालले संसदीय दलको नेता चुनी सकेको छ, चाँडै हामी पनि दलको नेता चुन्नेछौं । दाल को नेताको रूपमा हाम्रो पार्टीमा धेरै नेताहरूले डाबी गरिरहेको अबस्थामा मेरो पनि दाबी रहनेछ । पार्टीका केन्द्रीय तहका थुप्रै पदाधिकारीहरू दाबेदार रहेकाले कस्ले त्यसको अबसर पाउलान भनेर अहिले नै भन्न सकिन्न । सर्बसम्मतिले दलको नेता चयन गर्ने अधिकतम प्रयास हुनेछ । आकाँक्षीहरू स्वाभाविक रूपले धेरै भए पनि पार्टीले गर्ने निर्णय अन्तिम हुनेछ । र, मेरो लागी पनि पार्टीले गर्ने निर्णय मान्य हुनेछ । त्यसमा फेरी हामी सबै दाबेदारहरू पनि सहमत छौं । फोरमले यदि सरकारको नेतृत्व गर्यो भने सभामुख राजपाले पाउनेछ ।
हामीले पूर्बमा झापा देखि पश्चिममा कञ्चनपुर सम्मको भूभागको मधेश थरुहट प्रदेशको लागि आंदोलन गरेका थियौं । आन्दोलनमा सबै ठाउँको ठूलो योगदान थियो । आज अधुरो सीमांकन सहित संघीयता आएको छ । त्यसको फल खाने सबैको इच्छा हुनु स्वाभाविक नै हो । त्यसै क्रममा प्रदेश नम्बर २ को अस्थायी राजधानी सरकारले जनकपुरलाई तोक्यो । बीरगञ्ज पनि राजधानीको लागि पर्याप्त पुर्बाधार भएको ठाउँ हो । त्यसैले बीरगञ्जले राजधानीको लागि गरिरहेको आन्दोलन एकदमै जायज हो । पुर्बाधार, पहुँच, बिकास निर्माणको हिसाबले पनि राजधानीका लागि योग्य हो, बीरगञ्ज ।तर हाम्रो मधेश आन्दोलन र संघर्ष राजधानीको लागि भएको होइन, संघीयताको लागि भएको थियो । धेरै मुस्किलले २२ वटा जिल्ला रहेको मधेश अहिले आठ वटा जिल्लामा खुम्चिएको छ । के गर्ने, यो सरकारले ता अस्थायी राजधानी पनि नतोक्ने मुड़मा थियो । प्रदेश प्रमुखलाई काठमाण्डौमे सपथ ग्रहण गराएर सम्पूर्ण प्रदेश सभा सदस्यहरुलाई पनि काठमाण्डौमै सपथ ग्रहण गराउने कुरा गरेको थियो । मैले नै सबै भन्दा पाहिले त्यसको बिरोध गरेको थिएन । पछि सबै साथीहरूले पनि बिरोध गरेपछि जनकपुरमा हामीले सपथ ग्रहण गर्न सफल भयौं ।
मेरो भनाइ के हो भने राजधानीको लागि यो परसेहको आठ वटै जिल्ला उपयुक्त छ । मैले बीरगञ्जको वकालत गरिरहँदा यो पनि भन्छु की जनकपुर राजधानीको लागि अनुपयुक्त होइन । आजको दिनमा हामी बिबादमा आउनु हुँदैन । मधेशको लागि संघीयता अहिले परीक्षाको चरणमा छ । भर्खरै जन्मिएको शिशुलाई हामीले सुरक्षित तरिकाले संरक्षण र सम्बर्धन गर्दै अगाडी लैजानुछ । कुनै दम्पतीलाई संतान नभइरहेको अबस्था मा ूेरै लामो अन्तराल पछि यदि शिशु जनमियो भने त्यसका आमाबूबाले कसरी सन्तानलाई पालनपोषण गर्दछन, के कसता सपनाहरू हेर्दैछन ठीक त्यसै गरि अहिले हामीले यो मधेश प्रदेशलाई त्यसरी नै अगाडी लैजानुछ । त्यसका लागि हामीले पनि एउटा सपना सँजोएका छौं की यो प्रदेशलाई एउटा नमूना प्रदेशको रूपमा अगाडी बढाउनुछ । प्रदेशका ५४ र ५५ लाख जनता परीक्षाको घडीमा छ ।
नेतृत्वको दायित्व हो की कसरी प्रदेशलाई हाँकने हो ।हामी सबै जाना मिलेर यो परीक्षाको सामना गरौं । पक्कै पास हुन्छौँ । प्रदेश सभाको बैठकबाट दुइ तिहाई बहुमत कुन ठाउँको नाउँमा जुट्छ त्यो नै स्थायी राजधानी हुनेछ । बीरगञ्जवा जनकपुर वा तेस्रो कुनै अन्य ठाउँ पनि राजधानीका लागी उपयुक्त हुन सक्छ ।
नया ठाउँलाई स्मार्ट सिटीको रूपमा बिकसित गरेर त्यहाँ पनि स्थाई राजधानी बनाउने कुरा पनि आउने सक्छ । त्यसैले कुन ठाउँ उपयुक्त हुन्छ भन्ने सवालमा म बारा जिल्ला बाट जितेर आएका कारण पनि बीरगञ्ज नै राजधानीको लागि उपयुक्त हुन्छ भनेर भन्छु । राजधानीको लागि मतदान हुँदा मेरो भोट स्वाभाविक रूपमा बीरगञ्जको लागि जान्छ । पार्टीले व्हीप लगाउँछ की लगाउँदैन भन्ने कुरा अहिले नै भनिरहनु उपयुक्त हुँदैन । त्यो अलि हतार हुन्छ । अहिले विरगञ्जमा कतिपय नेताहरुले बारा, पर्सा र रौतहट तीन जिल्लालाई अलग गरेर छुट्टै प्रदेश बनाएर भएपनि राजधानी जसरी पनि कायम गर्ने कुरा भनिएको छ त्यो अभिव्यक्ति स्वतन्त्रताको आधारमा कांग्रेस एमालेका नेताहरुले बोलिरहेका छन् । त्यसमा हाम्रो कुनै योजना वा त्यस्तो सोच अहिले छैन ।
यो प्रदेशलाई विकसित प्रदेश र समृद्ध प्रदेश बनाउने सबभन्दा महत्वपुर्ण लक्ष्य हाम्रो काँधमा आएको छ । त्यसको आधार सुशासन हुनेछ । प्रदेशमा सुशासन कायम गर्न सबैभन्दा बढी जरुरी छ । समाजमा रहेको व्याप्त असंतुष्टिलाई पनि सम्बोधन गर्नुछ । समाजिक विभेद, अराजकता, भ्रष्टाचार, पछ्यौटेपन सबै कुरालाई समाधान गर्न सुशासन नै चाहिन्छ । सुशासनले नै त्यो सबैकुरा नियन्त्रण गर्न सकिन्छ । यो प्रदेशको हालत हेर्नुस कुनै पनि जिल्लामा १० किलो मिटरसम्म पनि पक्की सडक छैन ।
सिचाईको व्यवस्था २५ बर्ष पहिले केही रहेको भएपनि अहिले ती सबै पुर्वाधारहरु धरासाही भएका छन् । दिनप्रति दिन कृषि उत्पादकत्व घट्दै गएको छ । कृषिमा मात्रै ध्यान दिन सक्यो भने यो प्रदेशलाई मात्रै होईन पुरै देशलाई खाद्यान्न आपुर्ति गर्न सक्ने सामथर््य रहेको छ । बागवानी देखि माछापालन, कृषिक्रान्ति, हरित क्रान्ति, स्वेत क्रान्ति, दुग्ध उत्पादन लगायतका मार्फतले प्रदेशको समृद्धि ल्याउन सकिन्छ । अहिले एक गाउँबाट अर्को गाउँमा जाँदा धुलैधुलो हामीले खानुपरेको छ । तर, हामीलाई हाम्रो सन्ततीको लागि ती सबै समस्याहरु समाधान गरेर स्मार्टसिटी निर्माण गर्नुछ । दक्ष जनशक्ति उत्पादन गर्नुछ । पाँच जिल्लामा अहिले पनि स्वक्ष खानेपानीको अभाव छ । पानीमा आर्सेनिक पाईन्छ । प्रदेशमा एउटा पनि राम्रो अस्पताल छैन । पहिलो संविधान सभामा विकास समितिको सभापति रहँदा मैले केही प्रयास गरेकै हो । फास्ट टूयाक निर्माणको कुरा, निजगढमा अन्तर्राष्टिूय विमान स्थलको कुरा होस वा हुलाकी सडक ती सबैका लागि पहल कदमी लिएकै थिएँ ।
विरगञ्जमा विश्वविद्यालय बनाउने कुरा अगाडी ल्याएको थिएँ । त्यसैले अहिले पनि यो प्रदेशलाई समृद्ध बनाउनको लागि पुर्वाधार निर्माण सँगसँगै रुग्ण उद्योगहरुलाई संचालनमा ल्याउनु आवश्यक छ । विरगञ्जको चिनी मिल, विरगञ्जको कृषि औजार कारखाना, जनकपुरको चुरोट कारखाना जस्ता सार्वजनिक स्वामित्वको उद्योगहरुलाई संचालनमा ल्याएर रोजगारी सृजना गर्नुका साथसाथै उत्पादकत्व वृद्धि सँगै प्रदेशको आम्दानी र प्रति व्यक्ति आम्दानी वढाउन सकिन्छ ।
हामीले देखेका छौं विरगञ्जको सीमा नाकाको नजिकमै रहेको भारतको सुगौलीमा सरकारद्वारा संचालित चिनी कारखाना ३० बर्ष देखि बन्द थियो । ठुलो झाडीहरु थिए त्यहाँ । सर्पहरु र अन्य जिवजन्तुको आश्रय स्थ लबनेको थियो त्यो कारखाना । तर, विहारमा नितिश कुमारको सरकार आएपछि उनले त्यो कारखानालाई संचालनमा ल्याए । अहिले त्यहाँ अलग्गै किसिमको रौनक छाएको छ । त्यसैले विरगञ्जमा पनि चिनी कारखाना संचालन गर्न सक्यो भने तीन जिल्लामा नगदेबालीको उत्पादन बढ्ने छ । किसानले पनि राम्रो पैसा कमाउन सक्नेछन् । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, सिचाई आदि क्षेत्रमा विकास गर्नु जरुरी छ । एउटा राम्रो अस्पताल बनाउनु आवश्यक छ । ठाउँ ठाउँमा स्मार्टसिटी बनाउन सकिन्छ ।
अहिले राजधानीको लागि विवाद किन देखिएको छ भने मान्छेलाई लाग्दछ कि राजधानी भएकै ठाउँमा सबै सेवाहरु केन्द्रिकृत हुनेछन् । त्यसैले प्रत्येक जिल्लामा विभिन्न सेवा सुविधा सहितको स्मार्टसिटीहरु बनाउन सकियो भने सबै जिल्लाले राजधानी जस्तो सेवा सुविधाहरु प्राप्त गर्न सक्दछन् ।
(द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले राजपा नेपालका केन्द्रिय महासचिव जितेन्द्र सोनलसँग गरेको कुराकानीमा आधारित)
२०७४ माघ २८ गते आईतबार
No comments:
Post a Comment