Tuesday, September 18, 2018

फोरमले पनि संविधानको बिरोध गर्ने २ नम्बर प्रदेश सरकारले संविधान दिबसको बिरोध गर्ने

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संघीय सरकारको एक घटक संघीय समाजबादी फोरम नेपालले पनि संबिधान दिबस नमानेर बिरोध दिबस मनाउने भएको छ । राष्टिूय जनता पार्टी (राजपा) नेपालले संबिधान दिबस को बिरोधमा कालो दिबस स्वरूप बिरोध दिबस मनाउने औपचारिक रूपमा निर्णय नै गरि सके पछि फोरमले पनि बिरोध दिबस मनाउने भएको छ ।
२ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले भने,‘संबिधान त्रुटीपूर्ण छ, अधुरो छ, त्यसलाई पूर्ण रूपले हामीले स्वीकार गरिसकेका छैनौं, त्यसैले संबिधान दिबस मनाउने कुरै भएन ।’ संघीय समाजबादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष समेत रहेका मन्त्री यादवले भने, ‘संबिधान संशोधन हाम्रो प्रमुख मुद्दा हो, संशोधन नभएकाले फोरम नेपालले पनि संबिधान दिबसको अबसरमा दीपावली मनाउँदैन, बिरोधको कार्यक्रम गर्छ ।’
फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा संघीय सरकारमा फोरम आफैं सहभागी भएको अबस्थामा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादवले पनि संबिधान दिबसको बिरोध गर्छन त भन्ने सबालमा मन्त्री यादबले भने, ‘ बिरगंजमा सम्पन्न महाधिवेशनबाट पार्टीले नै सदन, सडक र सरकारबाट संघर्ष गर्ने नीती अख्तियार गरेकाले संबिधान संशोधन नभएको अबस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादबज्युले बिरोध नगर्ने कुरै छैन ।’
पार्टीले बिरोध गरे पनि २ नम्बर प्रदेश सरकारले सरकारको हैसियतमा त संविधानलाई स्वागत गर्दै दिपावलीको कार्यक्रम त मनाउनु पर्ने बाध्यता सरकारलाई त होला नि भन्ने प्रश्नमा मन्त्री यादबले भने, ‘प्रदेश सरकारले पनि संबिधानलाई पूर्णतः स्वीकार नगरेकाले प्रदेश सरकारले पनि संविधानको बिरोध नै गर्छ । दीपावली अरु प्रदेशमा अरु सरकारले मनाउछ होला, काठमाडौंमा मनाईन्छ होला तर, २ नम्बर प्रदेशमा प्रदेश सरकारले कालो दिबस नै मनाउँछ ।’
त्यसै गरी फोरम नेपालकै अर्को प्रभावाशाली नेता तथा २ नम्बर प्रदेश सरकारका मन्त्री शैलेन्द्र साहले पनि अशोज ३ मा आफ्नो पार्टीले  संबिधान दिबसको बिरोध गर्ने बताएका छन् । ’हाम्रो पार्टीको ७७ वटै जिल्लामा संगठन छ, पार्टीले सबै जिल्लामा कालो दिबस स्वरूप बिरोधको कार्यक्रम आयोजन गर्नेछ,’ मन्त्री साहले द एक्सक्लुसिभ सँग भने, ‘२ नम्बर प्रदेश सभाको बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानलाई आबश्यकता अनुसार परिमार्जन गर्ने भनेर बतईसकेको भए पनि संबिधान संशोधन नगरिएकाले बिरोध गरिनेछ ।’
संघीय सरकारले संबिधान दिबस भव्यताका साथ् मनाउन परिपत्र जारी गरेको होला नि भन्ने प्रश्नमा मन्त्री साहले भने, ‘अहिले सम्म त्यस्तो कुनै निर्देशन आएको छ जस्तो मलाई लाग्दैन, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आएको पनि हुन सक्छ । तर, त्यो परिपत्रलाई प्रदेश सरकारले मान्न बाध्य छैन ।’
२ नम्बर प्रदेशमा प्रादेशिक सरकार छ, संघिय सरकारको निर्देशन मान्न यो सरकार बाध्य छैन भन्दै मन्त्री साहले अगाडी भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सोही मन्चमा मुख्यमन्त्री राउत ज्युले संबिधान विभेदकारी रहेको, संशोधन नभएको सार्बजनिक रुपमै अन्तर्राष्टिूय मन्चमा समेत भनिसक्नु भएकाले प्रदेश सरकार प्रष्ट छ ।’
उसो त गत शुक्रबार भदौ २८ गते २ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक पनि बसेको थियो, संबिधान दिबस मनाउने वा नमनाउने भन्ने बिषयको प्रस्ताव नै पेश भएन । मन्त्रिपरिषदको बैठकबाट त्यस सन्दर्भमा कुनै औपचारिक निर्णय नभएको मन्त्रिपरिषदको बैठकमा सहभागी भएका राजपा नेपालका एक जना मन्त्री रामनरेश राय ले बताए । ‘संबिधान दिबसको दिन प्रदेश सरकारले के गर्ने भन्ने प्रस्ताव नै मन्त्रिपरिषदको बैठकमा गएन,’ राजपा बाट प्रतिनिधित्व गरिरहेका मन्त्री रायले द एक्सक्लुसिभसँग भने, ‘अहिले अशोज ३ आउन  केही समय बाँकी छ, त्यसतै पर्यो भने  मन्त्रिपरिषदको बैठक बाट नै निर्णय गर्नु पर्ने आबश्यकता भयो भने कालो दिबस मनाउने निर्णय समेत मन्त्रिपरिषदको बैठक बाट नै गर्न सकिन्छ ।’
प्रदेश सरकारमा सहभागी रहेको दल फोरम र राजपा के प्रष्ट छ भने संबिधान संशोधन प्रमुख मुद्दा भएकाले संबिधान संशोधन नहुन्जेल सम्म संबिधानलाई स्वागत गर्न सकिन्न, मन्त्री रायले बताए ।
राजपाले खटायो आन्दोलनको नेता
यस अघि नै संबिधान दिबसको बिरोध गर्ने निर्णय गरेको राजपाको अध्यक्ष मण्डलको बैठकले सबै प्रदेशमा बिरोध सभाको नेतृत्व गर्न अध्यक्ष मण्डल सहित २ नम्बर प्रदेशका मन्त्रीहरूलाई खटाउने निर्णय गरेको छ । २०७५ साल भदौ २५ देखि २८ गते सम्म बसेको राजपा अध्यक्ष मण्डलको बैठकबाट अध्यक्ष मण्डलका संयोजक देखि सदस्यहरूलाई बिभिन्न प्रदेशमा बिरोध सभाको नेतृत्व गर्न जिम्मेबारी प्रदान गरिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई  २ नम्बर प्रदेशको बारा र पर्सा जिल्लामा, सदस्य राजेन्द्र  महतोलाई ५ नम्बर प्रदेशको बाँके र बर्दियामा, सदस्य अनिल कुमार झालाई ७ नम्बर प्रदेशको  कंचनपुर र कैलालीमा खटाउने निर्णय गरेको छ ।
त्यसै गरी अर्का सदस्य महेन्द्र राय यादवलाई ५ नम्बर प्रदेशको नवलपरासी, रुपन्देही र कपिलबस्तुमा, सदस्य शरत सिंह भण्डारीलाई १ नम्बर प्रदेशको झापामा, राजकिशोर यादवलाई १ नम्बर प्रदेशको मोरंग र सुनसरीमा खटाउने निर्णय गरिएको छ ।
त्यसै गरी २ नम्बर प्रदेशका राजपाका मन्त्री तथा राज्यमन्त्रीहरूलाई समेत बिरोध सभाको नेतृत्व गर्न जिम्मेबारी दिइएको छ । मन्त्री जितेन्द्र सोनारलाई सप्तरीमा, मन्त्री रामनरेश रायलाई सिरहामा,मन्त्री नवलकिशोर साहलाई धनुषामा, राज्यमन्त्री डिम्पल झालाई महोत्तरीमा, राज्यमन्त्री अभिराम शर्मालाई सर्लाहीमा र राज्यमन्त्री सुरेश मण्डललाई रौतहटमा नेतृत्व गर्न परिचालन गरिएको छ ।
राजपाले देशव्यापी रूपमा जिल्लाका सदरमुकामहरूमा संबिधान दिबसको बिरोध गर्दै कालो दिबस मनाउने तथा साँझ ब्ल्याक आउट गर्ने कार्यक्रम तय गरेको हो ।


२०७५ भदौ ३१ गते आईतबार
 

महेन्द्र नारायण निधि ः मरनोप्रान्त राष्ट्र गौरब बाट विभूषित

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महात्मा गान्धीको विचारबाट प्रेरित स्वर्गीय महेन्द्रनारायण निधिलाई नेपाल सरकारले ‘राष्टू गौरब’ सम्मानबाट सम्मानित गरेको छ । २०७५ साल भदौ १९ गते राष्टूपति बिद्या देबी भण्डारीले स्वर्गीय निधिलाई मरनोप्रान्त उक्त विभूषणले सम्मानित गर्दा उनका छोरा नेपाली कांग्रेसका उपसभापति तथा पुर्ब उपप्रधान मन्त्री एवं गृह मन्त्री बिमलेन्द्र निधिले पदक र विभूषण पत्र प्राप्त गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गरेको उक्त विभूषण पत्रमा ‘महेन्द्रनारायण निधि (मरनोप्रान्त ) राजनीतिज्ञ लाई नेपाल राष्टू र नेपाली जनताको हित एवं प्रतिष्ठालाई शिखरमा पुर्याउनु भएको उल्लेखनीय योगदानको उच्च मुल्यांकन एवं पुनः स्मृति गर्दै सम्मान स्वरूप राष्टू गौरबबाट विभूषित गरिएको छ ।नेपालको श्रीवृद्धि र गौरब बढाउन वहाँ द्वारा भएको सत्य कार्यबाट नेपाली समाजलाई सदैब प्रेरणा प्राप्त हुनेछ,’ उल्लेख छ ।
गान्धीवादी दर्शनका प्रचारक निधिको योगदान बारे भारतका पुर्ब राष्टूपति प्रणब मुखर्जीले समेत जनकपुर आएर उनको स्मरण गरेका थिए । राष्टूपतिको हैसियतमा २०७३ साल कातिक १९ गते जनकपुर आउँदा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै निधिबारे मुखर्जीले भनेका थिए, ‘म बाल्यकाल देखि जब विद्यालयमा पढ्ने गर्थे तब देखि उनको बुवा स्वर्गीय महेन्द्र नारायण निधिको कार्यक्रम देखि पुरा अवगत थिएँ ।’ मुखर्जीले निधिको बारेमा थप भनेका थिए, ‘उहाँ मात्र एउटा महान नेपाली नेता थिएनन् बल्की आफ्नो जीवन र राजनीतिक दर्शनमा अत्यन्तै निष्ठाबान र गान्धीवादी पनि थिए । यस अवसरमा म उहाँलाई गान्धीवादी र गान्धीदर्शनको प्रचारमा उनको महत्वपुर्ण योगदानलाई स्मरण गर्दै उहाँको सिद्धीलाई सादर नमन गर्दछु ।’
को हुन् महेन्द्रनारायण निधि ?
धनुषाको नगराइनमा जन्मिएका निधि नेपालको प्रजातान्त्र प्राप्तिमा योगदान पुर्याउने एक महान प्रजातान्त्रिक योद्धा थिए । महात्मा गान्धीको बिचार र क्रान्तिबाट प्रभावित भएका निधि नेपाली कांग्रेसका संस्थापक नेता थिए ।
बिक्रम सम्बत २००३ सालदेखि नेपाल राष्टिूय कांग्रेसबाट राजनीतिको शुभारम्भ गरेका निधिले बिक्रम सम्बत २००६ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका थिए ।भारतको बिहारको जयनगरमा सामान्य शिक्षा प्राप्त गरेका निधिले जहानियाँ राणा शासन बिरुद्धको जनक्रान्तिमा सक्रिय भूमिका निर्बाह गरेका थिए ।
२००७ सालको क्रान्तिका बेला पार्टीले उनलाई जनकपुर, महोत्तरी र सर्लाही क्षेत्रको ‘जनसरकारको प्रधानमन्त्री’ पदमा नियुक्त गरेको थियो ।  राणाकालमा स्थानीय युबकहरूलाई संगठित गर्न उनले कीर्तनिया मण्डली संचालन गरेर गाउँ गाउँमा रामलीला तथा भजन कीर्तनका माध्यमले स्थानीय युबकहरूलाई राणा शासन बिरुद्धको क्रान्तिमा ओरालेका थिए ।
बिक्रम सम्बत २००८ साल देखि २०१० साल सम्म तत्कालिन महोत्तरी जिल्ला (जसमा हालको धनुषा, महोत्तरी र सर्लाही तिन वटा जिल्ला सम्मिलित थिए) को कांग्रेस सभापति बनेका थिए ।
२०१० साल देखि २०१५ साल सम्म पार्टीको संसदीय सचिवको रूपमा काम गरेका निधि २०१५ सालको आम निर्बाचनमा ततकालिन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४३  बाट प्रतिनिधिसभामा पहिलो पटक निर्बाचित भएर प्रतिनिधि सभामा पुग्न सफल भएका थिए ।
बिक्रम सम्बत २०१५ सालमा पहिलो पटक सम्पन्न भएको जननिर्वाचित संसदमा निर्बा्चित भएर गएका निधि उपसभामुख पनि बन्न सफल भएका थिए ।
तर, २०१७ सालमा राजा महेन्द्र बाट प्रजातन्त्र माथि प्रतिबन्ध लगाईए पछि निधिले भारतमा तीन बर्ष सम्म निर्वा्सित जीबन बिताउनु परेको थियो ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक गिरफ्तार निधिले करीब १० बर्ष जेल जीबन, ३ बर्ष भारतमा निर्वा्सित जीबन बिताएका थिए ।
२०१८ साल, २०२६ साल, २०२९ सालमा उनी जेल परेका थिए ।
अहिंशाका पक्षधर रहेका निधिले सुबर्ण समशेर र विशेश्वर प्रसाद कोईरालाले गरेको २०१८ साल र २०३१ सालको सशत्र संघर्षको खुलेरै बिरोध गरेका थिए ।
बिक्रम सम्बत २०४६ सालको जनआन्दोलन पनि उनले नेतृत्वदायी भूमिका निर्बाह गरेका थिए । प्रजातन्त्रको पुनसर््थापना पछि २०४७ साल बैशाख ६ गते बनेको अन्तरिम सरकारमा उनी मन्त्री बनेका थिए । ११ सदस्यीय  अन्तरिम सरकारमा कांग्रेसको तर्फबाट निधिले जलश्रोत र स्थानीय बिकास मन्त्रालय सम्हालेका थिए ।
२०४८ सालमा निर्बाचित सरकार बने पछि फेरी उनी पार्टीको काममा सक्रिय भएका थिए । उक्त आन्दोलन पछिको पहिलो संसदीय निर्बाचनमा उनी आफ्नै गृह जिल्ला धनुषाको तत्कालिन निर्बाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्बा्चित भएका थिए ।
त्यस पछि २०५१ सालमा उनी नेपाली कांग्रेसको केन्द्रिय महामन्त्री बन्न सफल भएका थिए । कांग्रेस भित्र नेताले चुनाब नलड्ने सहमति भए अनुसार २०५१ सालको मध्यावधि निर्बाचन देखि चुनाबी राजनीतिबाट अलग्गिएका निधिले समाज सेवा गर्ने उद्देश्यले बृहत्तर जनकपुर क्षेत्र परिषद्को अध्यक्ष बनेर काम गरेका थिए ।
जनकपुरधाम क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक  महत्वका सम्पदाको  संरक्षण, सम्बर्धन तथा पर्यटकीय महत्व बढाउने उद्देश्यले २०५३ सालमा स्थापना गरिएको ‘बृहत्तर जनकपुर क्षेत्र बिकास परिषद’ को संस्थापक अध्यक्षका रूपमा निधिले काम गरेका थिए । 
आफ्नो जीवनको अन्तिम तिर उनले राजनीतिक जीबनबाट स्वेक्षिक अवकास लिएका थिए ।
कांग्रेस भित्र शुरु देखि नै गुट उपगुट रहेको भए पनि उनी कुनै पनि गुटमा लागेनन् । कहिले  कृष्ण प्रसाद भट्टराईको निर्णय प्रति असहमति जनाउने, कहिले गिरिजा प्रसाद कोइरालाको कटु आलोचना गर्ने निधि कुनै गुट वा खेमामा नलागेका कारण पनि निधिलाई कांग्रेसमा गणेशमान सिंह जस्तै ‘सर्बमान्य ’ नेताका रूपमा हेर्ने गरिन्थ्यो ।
गिरिजा प्रसाद कोईरालाको बिमान अपहरण घटनाको समेत निधिले कांग्रेसमा खुलेरै बिरोध गरेका थिए । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले एउटा लेखमा निधिको एकांकी अडानका बारेमा प्रष्ट लेखेका छन् । ‘निधिले बिमान अपहरण काण्डको एका तर्फ बिरोध गरेका थिए भने अर्को तर्फ पार्टीका कार्यकारी सभापति सुबर्ण समशेरद्वारा  प्रतिपादित भक्तिपूर्ण सहयोगको प्रस्ताव पनि स्वीकार्नु भएन ।’
बिपी कोईराला र सुबर्ण समशेरको तानातान बीचमा निधि जस्ता महत्वपूर्ण नेताहरू कतै लागेनन् । पार्टी प्रतिको एकनिष्ठ प्रतिबद्धता राख्ने निधि जस्ता नेताहरूका कारण नै  अप्ठेरा बर्षहरूमा समेत पार्टीलाई छिन्नभिन्न  हुन बाट जोगाए । जसको परिणाम स्वरूप २०४८ सालको आम निर्बाचनमा नेपाली कांग्रेस बिजयी भयो ।
प्रधानमन्त्री बन्न सकेनन्
२०४७ सालको निर्बाचनमा नेपाली कांग्रेसले विजय प्राप्त गर्यो तर कृष्ण प्रसाद भट्टराइ चुनाब हारे । गणेशमान सिंहले चुनाब लडेकै थिएनन । गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री बने । तर, त्यति बेला गणेशमान सिंहले निधिलाई प्रधानमन्त्री बनाउन चाहेका थिए । निधि प्रम बन्न सकेनन् । त्यसैको परिणाम स्वरूप कोईराला र सिंह बीच द्वन्द्व चर्केको थियो । तै पनि भट्टराई र निधिले सिंह र कोईराला बीचको द्वन्द्व कम हुन सकेन र सिंहले पार्टी नै छोड्नु पर्यो ।
पार्टीमा बिग्रह बढ्दै जाँदा मध्यावधि चुनाव घोषणा भयो । निधि उम्मेदवार बनेनन् । त्यस पछि राजनीति बाट निष्क्रिय बनेका निधि २०५६ सालको तेस्रो आम निर्बाचन ताका राजनीतिबाट पूर्ण सन्यास लिएका अबस्थामा उनको देहान्त भएको थियो । 
७६ बर्षको उमेरमा २०५६ साल बैशाख २१ गते हृदयघातका कारण उनको निधन भएको थियो ।
औपचारिक रूपमा प्राथमिक शिक्षा मात्र प्राप्त गरेका निधिले काराबासलाई नै पाठशालाको रूपमा उपयोग गरेर स्व अध्ययनबाट मातृभाषा मैथिली अतिरिक्त नेपाली, हिन्दी र अंग्रेजीमा समेत पकड बनाउन सफल भएका थिए ।
सुर्य उदय हुनु अघि नै सुतेर उठ्ने, नित्य कर्म गर्ने, आफ्नी श्रीमती प्रेमसागारी देबी र सहयोगी गणेश तिवारी संग निजि निबास जनकपुरको मिल्स एरिया बाट  जनकपुरको रेल्वे स्टेसन सम्म मोर्निंग वाक गर्ने उनको बानी थियो । दैनिक आधा घण्टा योग र आधा घण्टा भगवतीको पूजा गर्ने, दैनिक दुर्गा पाठ गर्ने उनको बानी थियो ।
बिशुद्ध मैथिली खाना बढी मन पराउने निधिलाई दाल सबै भन्दा बढी रुच्ने गर्थ्यो । मिथिला भोजनको परम्परागत परिकार तिलकोरको तरुवा,बरी,करी, पापड,सहितको परिकार संगै माछा मासु सँग रहरीको दाल खान बिशेष रुची लिने गर्थे,उनी ।
मिथिलाको परम्परागत लोक गीत, लोक संगीतमा उनी बढी रम्ने गर्थे ।   



२०७५ भदौ ३१ गते आईतबार
 

अजब–गजब छ बा ! सुदर्शन सिंह

देखेर अचम्म नमान  मसँग नि ठुलै गाडी थियो कर तिर्न नसकेर गाडी बेचि बैलगाडा लेको । नआत्नुस हजुरको पनि पालो आउछ ।


२०७५ भदौ २४ गते आईतबार

 

प्रहरी हिरासतमा रहेका यादबको मृत्यु भएको आठ दिन बितिसक्दा पनि पोष्टमार्टम हुन सकेन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रहरी हिरासतमा रहेका बाँके जिल्लाका रामनोहर यादवको मृत्युलाई लिएर मधेशमा आक्रोश बढ्दै गएको छ ।  मृतक यादवको शबलाई पोष्टमार्टम नगरेका कारण बिभिन्न जिल्लाहरूमा संघीय सरकारको आलोचना हुनुका साथै जनस्तरमा समेत आक्रोश बढ्दै गएको छ । मृत्यु भएको सात दिन बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता नगरेको, मृतकको शबको पोष्टमार्टम नगरेको भन्दै सरकारको बिरुद्धमा माहौल बन्दै गएको छ । प्रत्येक दिन जसो मधेशका बिभिन्न जिल्लाहरूमा श्रद्धान्जली सभा आयोजन गरिने गरिएको छ ।
जाहेरी दर्ता गरी शबको पोष्टमार्टम गर्न पिडित पारिबार पक्षको माग रहेको भए पनि त्यसो नगरिंदा राष्टिूय मानब अधिकार आयोगमा उजुरी दिइएको छ ।सिरहा गोलबजारका मेकानिकल ईन्जिनियर समेत रहेका रामेश्वर प्रसाद सिंह लगायतले २० भदौमा जाहेरी दर्ता तथा शब परीक्षण गर्नका लागि पहल गरिदिन भन्दै आयोगमा निबेदन दिएका थिए ।‘प्रहरी हिरासतमा मृयु भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरी पाउँ भनी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरी हाल सम्म पनि मृतकको शब परीक्षण नगरिएकाले लाशको सदगत समेत हुन सकेको छैन । मृतकका आमा,बुबा,श्रीमती, छोरा छोरी खाना समेत खाईरहेका छैनन्,’ आयोगमा दर्ता  गराइएको  निवेदनमा उल्लेख छ ।
पक्राउ परेका बेला रामनोहरको गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट बाट उनी एकदमै ठिक अबस्थामा थिए, तर हिरासतमा हुँदा अचानक मृत्यु नै हुने सम्मको अबस्था आउनुमा प्रहरीको चरम यातना हुन सक्ने परिवार पक्षको आशंका रहेकाले जाहेरी दर्ता गरेर शबको पोष्टमार्टम हुनु पर्ने माग राख्दै सुरुमा काठमाडौंको महानगरीय प्रहरी वृतमा  दर्ता गर्न जाँदा प्रहरीले इन्कार गरेको सिंहले द एक्सक्लुसिभ सँग भने । त्यस पछि प्रहरी प्रधान कार्यालय नक्सालमा समेत जाहेरी दर्ता गराउन जाँदा जुन जिल्लामा घटना भएको हो सोही जिल्लामा दर्ता गराउन भनियो, उनले बताए । त्यस पछि बर्दिया स्थित जिल्ला प्रहरी कार्यालयमा समेत जाहेरी दर्ता गराउन जाँदा दर्ता गरिएन ।
सामान्य रूपमा शबको पोष्टमार्टम गरियोस् भन्ने खालको सामान्य जाहेरी लिएर आए मात्र दर्ता हुने प्रहरीले भनिरहेको छ तर, छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने भन्ने व्यहोरा सहितको जाहेरी पिडित परिबारले दर्ता गराउन खोज्दा घटना भएको ११थ् दिन हुन लाग्दा पनि शबको पोष्टमार्टम नगरिएको निवेदक सिंहले बताए ।
शब जति पुरानो हुँदै जान्छ त्यति नै यातना दिइएको छ भने त्यो प्रमाण नष्ट हुन सक्ने रणनीति तहत राज्यले यादबको शबको पोष्टमार्टम गर्न नचाहेको सिंहले बताए ।
मृतक यादबको शब काठमाडौं स्थित त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । मृतक यादवका माइला भाई बिष्णु प्रसाद यादव शब बुझ्नका लागि काठमाडौंमा रहेका छन् ।
बाँकेको जानकी गाउँपालिका(६ गनापुर कपासी घर भएका ३० वर्षीय यादवको प्रहरी हिरासतमा रहेका बेला १५ भदौमा मृत्यु भएको थियो । प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा गडबडी देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रप्रसाद मैनालीले बताएका छन् ।
‘हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि शुरूमा स्थानीय जिल्ला अस्पताल गुलरियामा लगिएको थियो, त्यहाँबाट नेपालगञ्ज नर्सिङ होम हुँदै काठमाडौं पुर्याइएको थियो,’ एसपी मैनालीले भने, ‘स्वास्थ्यमा पहिले खासै समस्या त देखिएको थिएन । मृत्युको कारण त रिपोर्ट आएपछि स्पष्ट होला । तर, उच्च रक्तचाप मृत्युको कारण हुन सक्ने सम्भावना छ ।’
तर, स्वतन्त्र मधेश गठबन्धनले प्रहरीले यादवलाई हिरासतमा चरम यातना दिएका कारण मृत्यु भएको भन्दै घटनाको उच्च स्तरीय छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग गरेका छन् । मृतक यादबलाई शहीद घोषणा गरिनु पर्ने, मृतक परिवारलाई क्षतिपुर्ती स्वरूप राहत वितरण गर्नु पर्ने, दोषी प्रहरी उपरीक्षक तथा प्रमुख जिल्ला अधिकारीलाई कारबाही गरिनु पर्ने लगायतका माग राखेका छन् ।
प्रहरीको भनाई 
१७  भदौमा गृह मन्त्रालय  १३ भदौको राति  हिरासतमा यादवको हातखुट्टा नचल्ने भएको थियो । यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरेपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीवार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा । प्रकाश थापाले यादवलाई आइसीयूमा राख्न निर्देशन दिएका थिए । त्यसपछि यादवलाई काठमाडौं पठाइएको थियो ।
किन पक्राउ परेका थिए ?
यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई प्रहरीले भदौ ७ गते बिहीवार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राउ गरेर राज्यविप्लवको मुद्दा लगाई हिरासतमा राखेको थियो । पक्राउ भएकामध्ये हरपाल सिंह, इरफान शेख र राजितराम बर्मा जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमै छन् ।
उपप्रधानमन्त्री यादबलाई स्वतन्त्र मधेश गठबन्धनका ती कार्यकर्ताहरूले कार्यक्रममा अबरोध पुर्याउन सक्ने, यादवलाई कालो झण्डा देखाउन सक्ने,शहीदहरूको शहादत तथा तिनको बलिदानीबारे प्रश्न गर्न सक्ने पुर्ब तयारीका साथ् कार्यक्रममा सहभागी भएका कारण उनीहरूलाई पक्राउ गरिएको थियो । उक्त घटना पछि मधेशमा उपेन्द्र यादवको समेत आलोचना भईरहेको छ ।
उच्चस्तरीय छानबिन गर्न सांसदहरूको माग
राष्टिूयसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले बर्दियामा मन्त्रीलाई कालो झण्डा देखाउँदा राममनोहर यादव मारिनु र शव परीक्षणसमेत नगरिनु आपत्तिजनक भएको बताएका छन् । त्यसै गरी प्रतिनिधि सभाको बैठकमा समेत बिभिन्न सांसदहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।
नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहले गत बुधबारको बैठकमा बिशेष समय लिएर घटनाको विभागीय होईन, न्यायिक छानबिन हुनु पर्ने माग राकेका थिए । ‘कस्टडी भनेको सरकारले जिम्मा लिनु हो, जिम्मा लिएको अबस्थामा मान्छे मारिएको छ, घटनाको छानबिन गरी कारबाही गरिनुपर्छ,’ सिंहले भनेका थिए ।
त्यसै गरी कांग्रेसकै अन्य सांसदहरू तेजुलाल चौधरी, भारत साह, संघीय समाजबादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरिया, राजपा नेपालका सांसद प्रमोद साह लगायतले प्रतिनिधि सभाको बैठकमा घटनाको उच्चस्तरीय छानबिन हुनु पर्ने माग गरेका थिए ।
गृह मन्त्रालयको जबाफ
हिरासतमा रहेको समयमा अस्वस्थ्य भएका रामनोहर यादवको उपचारका लागि अधिकतम प्रयत्न गर्दा गर्दै पनि निजको मृत्युको बिषयलाई लिएर प्रहरीको हिरासतमा मृत्यु भएको, यातना दिइएको, मानबोचित ब्यबहार नगरिएको जस्ता विषयहरू समाचारमाध्यममा आएकोमा यसमा कुनै सत्यता नरहेको गृह मन्त्रालयले जनाएको छ ।
१७  भदौमै गृह मन्त्रालयका प्रबक्ता रामकृष्ण सुबेदीद्वारा जारी बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । ७ भदौमा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादब सहभागी रहेको कार्यक्रममा अबरोध पुर्याउने उद्देश्यले हुलहुज्जत गरी कालो झण्डा देखाउने र बिखण्डन सम्बन्धी नारा लगाउने राममनोहर यादब समेत चार जनालाई प्रहरीले  नियन्त्रणमा  लिएको गृह मन्त्रालयले खुलाएको छ ।
जिल्ला अदालत बर्दियाबाट प्रथम पटक ७ दिनको म्याद थप भई अनुसन्धान भईरहेको अबस्थामा १४ भदौमा बिहान ६ः१५ बजेको समयमा एक्कासी बिरामी भई बेहोस भएको थियो ।
प्रहरीले तत्कालै जिल्ला अस्पताल गुलरिया पुर्याएकोमा सो अस्पतालले भेरी अञ्चल अस्पताल नेपालगञ्ज लैजान सिफारिश गरेको थियो । उक्त अस्पतालमा सघन उपचार कक्ष नहुँदा उक्त अस्पतालको सिफारिशमा यादवलाई नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचारार्थ लगिएको मन्त्रालयले जनाएको छ ।
त्यहाँ पनि उपचार हुन नसकी १५ भदौमा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मेडिकल सामग्री सहित स्वास्थ्यकर्मी गयाप्रसाद चौधरी, यादवका नातेदार दीपाक पासी र प्रहरी सहायक निरीक्षक निम बहादुर राउत समेतको टोली पठाईएकोमा यादवको मृत्यु उपचारार्थ रहेकै अबस्थामा त्रिवि अस्पतालमा १६ भदौमा भएको गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
यसअघि पनि प्रहरीले यादवलाई पटक(पटक पक्राउ गर्ने गरेको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यसभन्दा अगाडि २०७२ चैत्र ६ गते नेपालगञ्जको महेन्द्रपार्कबाट समातेर यादवसहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो । सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ फागुण ३ गते सफाई दिएको थियो ।
२०७३ मंसिर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगञ्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसिर १२ गते मात्रै छोडेको थियो,’ विज्ञप्तिमा लेखिएको छ । ‘त्यसैगरी, २०७४ साल असार  २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’को प्रचारप्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा असार १९ गते यादवलाई रिहा गरिएको थियो ।’
प्रहरीले हिरासतमा यातना दिएको कारण उनीहरुले बाँके जिल्ला प्रहरी विरुद्ध दर्ता गरेको यातना तथा क्षतिपूर्ति मुद्दा समेत बाँके जिल्ला अदालतमा विचाराधीन रहेको छ । स्वतन्त्र मधेश गठबन्धनले यादवलाई शहीद घोषणा गर्नुपर्ने, यादवको परिवारलाई क्षतिपूर्ति दिनुका साथै उनका बच्चाको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने तथा बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने मांग गरेको छ ।




२०७५ भदौ २४ गते आईतबार
 

सांसद बबिता चौधरीको पीडा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राजपा नेपालबाट समानुपातिक कोटामा निर्बाचित भएकी सांसद बबिता चौधरी केही दिन अघि प्रदेश सभाको बैठकमा सम्बोधन गरिरहँदा उनको आँखाबाट आँशु झरेको थियो ।
सभामुख सरोज कुमार यादबको ध्यानाकर्षण गराउंदै उनले मधेश आन्दोलनका क्रममा मारिएका घटना बारे प्रसंग उठाएकी थिइन् । सदनमै पनि तेस्रो मधेश आन्दोलनका क्रममा शहादत दिएका शहीदहरूको तस्बीर नराखिएकोमा उनले आपत्ति जनाएकी थिइन् । ‘मैले आफ्नो छोरा र ससुरा गुमाएकी छु, तर शहीदहरूको फोटोमा मेरो छोरा र ससुराको फोटो नै छैन,’ सांसद चौधरीले भनिन् , ‘यही सदनमा कतिपय माननीय ज्युहरूले त्यो फोटोमा तपाइंको छोरा र ससुरा कुन हो भनेर भन्दा मैले चिनाउन सकिरहेको छैन ।’
उनले भनिन्, ‘म सदनबाटै पिडित छु । मेरो परिबार जस्तै मधेशमा ७५ जनाले ज्यान गुमाएका छन् । ती नै शहीदहरूको बलिदानीका कारण आज २ नम्बर प्रदेशमा मधेश सरकार गठन भएको छ । तर, शहीदहरूको फोटो नै राखिएको छैन ।’
महोत्तरीको सरकारी कार्यालयमा समेत शहीदहरूको फोटो राखिएको छैन । २ नम्बर प्रदेशका सबै सरकारी कार्यालयहरूमा शहीदहरूको फोटो राखिनुपर्ने उनको माग थियो । जसरी मधेश आन्दोलनका क्रममा सशत्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्यालाई लिएर अदालतमा मुद्दा दर्ता भएको छ, मान्छे पक्राउ परेका छन्, त्यसै गरी मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट मारिएका व्यक्तिहरूलाई पनि अदालतले न्याय दिनु पर्छ, उनले सदनमा सम्बोधन गर्दै भनेकी थिइन्,‘मैले पनि निर्दोष छोरा र ससुरा गुमाएकी छु । प्रहरीले हत्या गरेको छ । त्यसको पनि छानबिन हुनु पर्छ ।’
गिरिश चन्द्र लाल आयोगले गरेको छानबिन प्रतिबेदन सार्बजनिक गरी उक्त प्रतिबेदन अनुसार दोषीलाई कानूनको कठघरामा ल्याउनु पर्ने चौधरीले सदनमा प्रदेश सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
२०७२ सालको मधेश आन्दोलनका क्रममा उनको परिवारमा ठुलै बज्रपात भएको थियो । २३ भदौ २०७२ मा उनले आफ्ना छोरा रोहण चौधरी र त्यसको दुई दिन पछि २५ भदौमा ससुरा गणेश चौधरी गुमाउनु परेको थियो । सुरक्षाकर्मीले चलाएको गोलीबाट उनीहरूको निधन भएको थियो ।
सधैं जसो ट्युसन पढ्न रोहण घरबाट निस्किएका थिए । ट्युसन सकिएपछि रोहन चौधरी घरतिर फर्किरहेका थिए । १० कक्षामा अध्ययनरत रोहण लाई बाटोमा भेटिएका मामा विनोद चौधरीले ‘बाटोमा झडप हुँदैछ छिटो घर जाऊ’ भनेपछि उनले हिँडाइको गति पनि बढाए । तर, महेन्द्र चोक काट्नै पाएनन् । प्रहरीले चलाएको गोलीले उनलाई भेट्यो । उनी ठाउँका ठाउँ ढले । शहीद रोहणकी आमा बबिता चौधरी भन्छन, ‘हमर बेटाके फिर्ता दिय (मेरो छोरा फिर्ता देऊ), मेरो छोराको के दोष थियो?’
रोहण जलेश्वरस्थित शिशु ज्ञान निकुञ्ज इङलिस बोर्डिङ स्कुलमा पढ्थे । ‘पढाइमा राम्रो थियो, उसको इच्छा बुझेर डाक्टर वा इन्जिनियर बनाउने सपना थियो,’रोहणका बुवा  विनय चौधरीले भावविह्वल हुँदै भने । रोहणको सहादत बहेको दुई दिन पछि उनका हजुरबुवा गणेश चौधरी पनि मारिएका थिए  । गणेश साँझ हिँडडुल गर्न रतवाडा गाउँनजिक रहेको हटिया पुगेका बेला प्रहरीले गोली प्रहार गरेको थियो । बायाँ आँखामै गोली लागेर उनी साइकलसहित सडक किनाराको खेतमा ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भयो ।
‘दुनियाँको सारा विपत मेरै परिवारका लागि पर्खेर बसेको रहेछ, ‘छोरा र बुबा गुमाएका विनयले भने, ‘मेरा बुबा र छोराको के दोष थियो ? निर्दोष छोरा र बुबा मार्नेको कहिल्यै भलो हुँदैन ।’
गणेश रेडक्रस उपशाखा जलेश्वरका सभापति थिए । उनी जिल्ला शाखामा ३० वर्षसम्म मन्त्री भएका थिए । उनले जनवानी साप्ताहिक, प्रभात पत्रिकामा सम्पादक रहेर समेत काम गरेका थिए । त्यसैगरी राष्टिूय  समाचार समितिका महोत्तरी सम्वाददाता भएर समेत उनले काम गरेका थिए । यति मात्र होइन उनी रेडक्रस आँखा उपचार केन्द्रको व्यवस्थापक समेत रहेका थिए । 
भोज राज घिमिरे गृहमन्त्री भएका बेला जलेश्वर नगरमा उनी नगर पञ्चायतका उपसभापति समेत बनेका थिए । इस्माइल अन्सारी सभापति भएका बेला उनी उपसभापति भएका थिए । महोत्तरीका प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत पत्रकार कुमरकान्त झा भन्छन्,‘उनी सदैव राजसंस्था र पञ्चायती व्यवस्थाका पक्षधर थिए । जब उनी नगरको उपसभापति भएर जनमत संग्रहमा बहुदललाई पराजित गरी निर्दललाई जिताउन भुमिका निर्वाह गरे तब उनलाई २०३६ साल तिर तत्कालीन राजा वीरेन्द्र शाहले सेवा पदकसमेत प्रदान गरेका थिए ।’
उनी रेडक्रस र पत्रकारिताका अतिरिक्त शिक्षा क्षेत्रमा पनि गम्भीर थिए । महोत्तरीको जलेश्वरमा मनिपाल इन्जिनियरिङ्ग कलेज संचालन गराउनमा उनले ठुलो योगदान निर्वाह गरेका थिए । त्यसैगरी उनी जलेश्वर क्याम्पसको संस्थापक सदस्य पनि थिए ।
गुरु पुर्णिमाका अवसरमा रोहण चौधरीले लेखेको पत्र
आदरणीय सम्मानीय गुरु वर्ग, सम्पुर्ण विद्यार्थी साथी भाईहरु  । म आज गुरु पुर्णिमाको विशेष दिनमा उज्जयालो भविष्य दिने यहाँ उपस्थित गुरु वर्गहरुका बारेमा केही भन्न गईरहेको छु ।
हामी आज जे पनि छौ त्यो सबै गुरुको कारणले नै हो । यदि आज अहिले यो संसारमा गुरु नभएको भए हामी बाँदर जस्तै हुन्थ्यौं । गुरु हाम्रो जीवनको महान सम्पती हो । हामीले गुरुलाई भगवानको रुपमा मान्ने गर्छौं । हामीले गुरुको कारणले नै विद्या हासिल गर्न पाएका छौं ।
यदि गुरु नभएको भए आज कोही पनि व्यक्ति शिक्षित हुन सक्ने थिएन होला । गुरुको कारणले नै हामी सहि र गलत छुट्याउन सक्छौं । गुरुले गर्दा नै शिक्षित हुन्छौं र आफ्नो भविष्य बनाउन सक्छौं । शिक्षा विनाको जीवन अधुरो हो भने गुरु विनाको जीवन पनि अधुरो नै हो । यदि हामी विद्यालय गयौं र त्यहाँ गुरु नै छैन भने त्यो विद्यालयको केही पनि काम छैन । गुरुले गर्दा नै मानिस डाक्टर, इन्जिनियर, पायलट बन्छन् । गुरुलाई हामीले सधै सम्मान गर्नुपर्छ । उहाँहरुलाई सधै खुशी राख्नुपर्छ । र, कहिले पनि अपमान हुने काम हामीले गर्नु हुँदैन ।
विद्यालयमा हामी धेरै कुराहरु सिक्छौं । त्यो सबै गुरुहरुबाट प्राप्त गछौं । विद्यालयमा गएर हामीले थाहा नभएका कुराहरु सिक्छौं । यदि गुरुहरु नभईदिएको भए आज हाम्रो देशको अवस्था धेरै कमजोर हुन्थ्यो । गुरुको चित्त दुखाउनु भनेको आफ्नो बुवा र आमाको अपमान गर्नु हो । हामीले कुनै पनि नराम्रो काम गर्नु हुँदैन, जुन कामले गुरुको चित्त दुखोस् । यति भन्दै म तपाईहरुको माझमा एउटा कविता भन्न चाहन्छु ।
गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देवो महेश्वर । गुरु भनेको ब्रम्हा, विष्णु र परमेश्वर हो । गुरु भनेको साक्षात देवता हो । गुरुलाई हामी सबैले सम्मान गर्नुपर्छ । यति भन्दै म आफ्नो दुई शव्द समाप्त गर्दछु, धन्यवाद ।
मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर धेरै नागरिकको ज्यान गएको थियो । महोत्तरीमा नै पछिल्लो २०७२ सालको मधेश आन्दोलनमा ६ जनाको ज्यान गएको थियो । एकै परिवारबाट बाजे र नातिको समेत ज्यान गएको घटनाले  महोत्तरी जलेश्वरकी बबिता चौधरीले मधेश आन्दोलनका क्रममा आफ्ना छोरा र ससुरा गुमाएकी थिइन् ।


२०७५ भदौ २४ गते आईतबार
 

जनकपुर पटना सीधा बस सेवा संचालन हुँदै

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम(अयोध्या बससेवा संचालनमा नआए पनि जनकपुर पटना सम्मको बस सेवा संचालन हुन गईरहेको छ ।
नेपालको प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाम र भारत बिहारको राजधानी पटना सम्म नेपाल भारत यात्रु मैत्री बस सेवा संचालन हुन गईरहेको छ ।
नेपाल  सरकार र भारत सरकार बीच सन् २०१४मा  काठमाडौंमा भएको सार्क सिखर सम्मेलनमा नेपालका बिभिन्न शहर देखि भारतका बिभिन्न शहर हरूमा सीधा यात्रु मैत्री बस संचालन हुने गरी बिभिन्न रुट मध्ये जनकपुर पटनाको रुट पनि स्वीकृत भएको थियो ।
सार्कमा भएको सम्झौता भर्खरै सम्पन्न बिमस्टेकको बैठकमा लागु हुने कुरा भए अनुसार नेपालको काठमाडौंका मंजुश्री यातायात प्रा.लि.ले कुल चार वटा बस सेवा संचालनका लागि रुट परमिट पाएको चौधरीले बताए ।
 अनिल चालिसे संचालक रहेको उक्त यातायात समितिले यही आउँदो भदौ ३१ गते देखि जनकपुर अंचल बस बयाबसायी संघको सहकार्यमा बस सेवा संचालनमा आउने तयारी गरिएको चौधरीले बताए ।
उता भारतको बिहार राज्यका चार वटा सरकारी बस र नेपालका मंजुश्री  यातायात समितिले चार वटा बस संचालनका लागि नेपाल र भारत सरकारबाट रुट परमिट लिएको उनले बताए । दैनि चार चार वटा बस सेवा संचालनमा ल्याउने रुट परमिट अनुसार सुचिकृत र पंजीकृत भएको भए पनि सुरुमा जनकपुरबाट पटनाका लागि एउटा र पटना बाट जनकपुरका लागि एउटा गरी दिनहुँ एक एक वटा बस मात्र संचालनमा आउने चौधरीले बताए ।
भदौ ३१ गते प्रदेश सरकारका मुख्यमन्त्री लाल बाबु राउत र भारतबाट बिहार सरकारका सरकारी अधिकारीले बसलाई हरियो झण्डा देखाएर संचालनमा ल्याउने तयारी भएको चौधरीले द एक्सक्लुसिभलाई बताए ।जनकपुरधाम देखि पटना सम्म २ सय ४ किलोमिटर दुरी राहेको बताईन्छ । करीब चार देखि ५ घण्टामा जनकपुर देखि पटना सम्मको यात्रा गर्न सकिनेछ ।
यस अघि बिगतमा भारतको जयनगर देखि धनुषाको जनकपुरधाम सम्मम रेल सेवा संचालनमा हुँदा रेल संजाल ले जोडिएको भए पनि बस सेवा मार्फत नेपाल र भारत बीच धनुषामा पहिलो पटक जोडिने काम भईरहेको छ ।
यस अघि पटना जानका लागि जनकपुरधामका मानिसलाई भारत बिहारको भिठठामोड वा जयनगर वा पिपरौण हुंदै जानु पर्ने अबस्था रहेको थियो । तर, अब जनकपुरबाट सोझै पटना सम्मको आवगमन हुने हुँदा यस क्षेत्रका लाखौँ नागरिकले लाभ उठाउन सक्ने चौधरीले बताए ।
जनकपुर अंचल बस ब्यबसायी संघका अध्यक्ष मनोज चौधरीका अनुसार सार्क सिखर सम्मेलनमा गरिएको नेपाल र भारत सरकार बीचको सम्झौता अनुसार नै जनकपुर देखि पटना सम्मको बस सेवा संचालनमा आउन लागेको हो ।
जनकपुर अयोध्या घोषणामै सिमित
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियो झण्डा देखाएर सुरु गरिएको जनकपुर अयोध्या बस सेवा पुनः संचालनमा आउन सकेको छैन । एक पटक उद्घाटन गर्दा बस सेवा चलेर बन्द भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले बैशाख २८ गते हरियो झन्डा देखाएर बससेवाको आरम्भ गरेका थिए ।
जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको धार्मिक पर्यटन मार्गमा जोड्ने भनी प्रचारित बससेवा प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हाललाई रोकिएको छ । मोदी आएका दिन जनकपुरधामबाट अयोध्याका लागि २ वटा बस गएका थिए । जनकपुरबाट अयोध्या गएका २ वटै बस फर्केपछि बस सञ्चालन भएको छैन ।
जनकपुर(अयोध्या बससेवा स्थायी रूपमा सञ्चालन गर्न पूरा गर्नुपर्ने औपचारिक प्रक्रिया धेरै नै बाँकी रहेको मन्त्रालयका सचिव जिबछ मण्डलले बताए । ‘रामायण सर्किट’ अन्तर्गत राम र सीताको चरण परेका स्थललाई जोड्ने क्रममा सीतामढी भएर अयोध्याका लागि बससेवा सञ्चालन हुने बताइएको थियो । जनकपुरधामबाट भारतको सीतामढी हुँदै अयोध्या जान बस यात्रामा करीब १२ घण्टा लाग्छ ।
सीतामढी भएर अयोध्यासम्मको यात्रा गर्न ५ सय ४४ किलोमिटरको यात्रा गर्नुपर्छ । बसको भाडा, बस रोकिने स्थल, बससेवा नेपाली अथवा भारतीय कुन कम्पनीले सञ्चालन गर्ने लगायतका प्राविधिक निर्णय भइसकेका छैनन् । नेपाल र भारतका २ चर्चित धार्मिक नगरबीच नियमित रूपमा बससेवा सञ्चालन भएमा तीर्थालू र धार्मिक पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ ।





२०७५ भदौ २४ गते आईतबार
 

आवश्यक परे उपेन्द्र यादव पनि संघर्ष गर्न तयार ः कानुन मन्त्री यादव

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश सरकारले दिएको सार्बजनिक बिदाको बिषयलाई लिएर प्रदेश सरकार र संघीय सरकार बीचको टकराव र टसलले कुन बाटो लिन्छ भन्ने कौतुहलता आमजनमा बढ्दै गएको छ । सार्बजनिक बिदा घोषणा गरी पनि संघीय सरकार मातहत रहेका सरकारी कार्यालयहरूले बिदा नदिए पछि दुई नम्बर प्रदेशको सरकार  र संघीय सरकारबीच टकराव बढ्दै गएको हो ।
१० भदौमा रक्षाबन्धन पर्वका दिन प्रदेश सरकारले दिएको सार्बजनिक बिदा नेपाल राष्टू बैंक तथा संघीय सरकार मातहत रहेका सरकारी कार्यालयहरूले बिदा गरेनन । आक्रोशित बनेका प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादब जंगिदै राष्टू बैंकको शाखा कार्यालय जनकपुर पुगे ।
त्यहाँका निर्देशक नरेश शाक्यलाई प्रदेश सरकारको निर्णय अनुसार बैंक बन्द गर्न मन्त्री यादवले अनुरोध गरे । शाक्यले गभर्नर डा. चिरंजीबी नेपाल संग सम्पर्क गरे, बैंक खुला राख्न निर्देशन पाए । सोही व्यहोरा शाक्यले मन्त्री यादबलाई जानकारी गराए । तर, पनि मन्त्री यादबले उनलाई बैंक त बन्द गर्ने पर्छ भनिरहे । अनि निर्देशक शाक्यले फेरी बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी संग फोनमै मन्त्री यादबलाई कुरा गर्न लगाए ।
बैंक त अर्थ मन्त्रालय मातहत चल्ने स्वायत्त निकाय भएकाले संघीय सरकारले दिएको सार्बजनिक बिदामा मात्र बिदा दिन सकिने अन्यथा दिन नमिल्ने भनेर शिवाकोटीले मन्त्री यादबलाई सम्झाए ।
तर, बिगतमा प्रदेश सरकारले दिएको सार्बजनिक बिदा कार्यान्वयन गर्न नसकेको भन्दै प्रदेश सरकारको प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलका नेताले आलोचना गरिरहेको, जनताले पनि प्रदेश सरकारको आलोचना गरिरहेको पृष्ठभूमिमा मन्त्री यादब आज त जसरी पनि बैंक बन्द गर्नै पर्ने अडानमा यथावत थिए ।
करीब दुई घण्टा जतिको छलफल पछि बैंकका निर्देशक शाक्य र मन्त्री यादब बीच बीचको बाटो निकाल्ने कुरामा मौखिक भद्र सहमति भयो । मन्त्री यादबले बैंकको मूलद्वारमा तालाबन्दी गर्ने र केही समयमै तालाको साँचो फिर्ता गर्ने दुवै पक्ष बीच भएको भद्र सहमति अनुसार नै मन्त्री यादवले तालाबन्दी गरे । केही समयमै बैंकबाट गएका कर्मचारीले फेरी मन्त्री यादवबाट साँचो लिएर ताला खुलाए ।
बैंकमा नेपाली सेनाको सुरक्षाकर्मी खटिएकाले फोरमका कार्यकर्ता जाँदा क्षति हुन सक्ने, त्यस्तो स्थिति आएको भए फेरी नेतृत्वलाई नै आलोचना हुने देखेर आफै पुगेर तालाबन्दी गरेको मन्त्री यादबले बताए । सरकारले जनताको हत्या गराउने काम मात्र गर्ने आलोचनाबाट बच्नकै निमित्त पनि बरु सेनाले गोली हान्ने स्थिति आए देखाजाला भन्ने सोचेर आफु बैंकमा तालाबन्दी गर्न पुगेको यादबले प्रतिक्रिया दिए ।
तर, १७ भदौमा फेरी श्री कृष्ण जन्माष्टमीको अबसरमा प्रदेश सरकारले सार्बजनिक बिदा घोषणा गरेको थियो । फेरी पनिनेपाल राष्टू बैंकले बिदा मानेन । बैंक खुल्ला राख्यो । सामाजिक संजालमा प्रदेश सरकारले अब के गर्छ, तालाबन्दी ले पनि भएन, अब के गर्छ  भन्दै सामाजिक संजालमा प्रदेश सरकार र मन्त्री यादबको बारे प्रश्न उठ्न थाल्यो ।
मन्त्री यादबले शुरुमा आफ्नै पार्टी फोरमका युबा र विद्यार्थीलाई बैंक पठाउन लगाएर बैंक बन्द गराउन भने । बैंक बन्द गराउन पुगेका फोरमका १३ जना युबा बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषा लगियो । त्यस पछि आक्रोशित बनेका मन्त्री यादब फेरी आफैं बैंक पुगेर मूलद्वार अगाडी धर्ना नै बसे ।मन्त्री नै धर्नामा बसे पछि धनुषा प्रहरीले फेरी उनीहरूलाई लगतै रिहा गरे । रिहाई पछि उनीहरू पनि मन्त्री यादब संगै धर्नामा बसे । मन्त्री यादब संघीय समाजबादी फोरम नेपालबाट प्रदेश सांसदमा निर्बा्चित भएका हुन ।  दुई नम्बर प्रदेशको सरकारको नेतृत्व संघीय समाजबादी फोरम नेपालले गरिरहेको छ । राष्टिूय जनता पार्टी (राजपा)नेपाल को समेत गठबन्धनबाट बनेको सरकारलाई फोरमका केन्द्रिय उपाध्यक्ष समेत रहेका लालबाबु राउतले नेतृत्व गरिरहेका छन् ।
फेरी फोरम आफै पनि संघीय सरकारमा सहभागी छ । फोरमका अध्यक्ष उपेन्द्र यादब आफैंले सरकारमा नेतृत्व गरिरहेका छन । त्यस्तो परिस्थिमा बैंकमा तालाबन्दी गर्नु, धर्नामा बस्नु भनेको सस्तो लोकप्रियता र स्टन्ट मात्र भएको भनेर पनि प्रदेश सरकार र मन्त्री यादबको आलोचना पनि नभएको होईन ।
संघीय सरकारमा रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवले आफैं पनि संघीय सरकारको मन्त्रिपरिषद बैठकमा त्यो बिषय प्रवेश गराएर टुंग्याउन सकिने सहज र सरल बाटो हुँदा हुँदै पनि प्रदेश सरकारका मन्त्री यादबले किन त्यस्तो नाटक गरिरहेका छन् भन्ने प्रश्नमा मन्त्री यादव भन्छन्,‘हाम्रो लडाई  भनेको प्रदेश सरकार र संघीय सरकार बीचको हो । प्रदेशको हक अधिकारका लागि, प्रादेशिक स्वायत्तताका लागि संघर्ष हो ।’ कुनै लोकप्रियताका लागि नभएर प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारलाई दबाब दिन एउटा सांकेतिक संघर्ष हो, उनले बताए । हाम्रै पार्टी संघीय सरकारमा भए पनि प्रादेशीक स्वायत्तता का लागि आफ्नै पार्टीका अध्यक्ष बिरुद्ध संगर्ष गर्नु पर्ने स्थिति आए प्रदेश सरकार पछि हट्दैन, आन्तरिक मामिला तथा कानून मन्त्री यादबले द एक्सक्लुसिभसँग भने, ‘तर, मलाई लाग्दैन कि उपेन्द्रजी बिरुद्ध हामीले आन्दोलन गर्नुपर्ने स्थिति आउन सक्छ ।’ हाम्रो संघर्षमा उहाँको पनि समर्थन छ, अहिले सम्म तपाईंहरूले किन संघर्ष गरिरहनु भएको छ भन्ने बिषयमा केही पनि सोध्नुभएको छैन, उनले बताए ।
त्यस्तै पर्यो भने फोरम संघीय सरकारबाट बाहिर आउन पनि सक्ने उनले बताए ।
आज प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पोखरामा सात वटै प्रदेशको मुख्यमन्त्री सँग प्रादेशिक अधिकार र स्वायात्तता का सबालमा अन्तरक्रिया गर्दै हुनुहुन्छ । त्यस पछि सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ । प्रदेशलाई आबश्यक पर्ने हक अधिकारका लागि संघीय सरकारले बनाउनु पर्ने कानून लगायतका बिषयमा कुरा नमिले सात वटै मुख्यमन्त्रीहरूले प्रधानमन्त्री ओलीलाई घेराउ गर्ने कार्यक्रम रहेको मन्त्री यादबले बताए ।
त्यस पछि नयाँ संघर्षको कार्यक्रम आउन सक्ने उनले संकेत गरे ।
प्रतिनिधि सभा सांसद तथा फोरमका प्रमुख सचेतक उमाशंकर अर्ग्रियाले प्रदेश सरकारको संघर्ष सकारत्मक रहेको प्रतिक्रिया दिएका छन् । ‘प्रदेश सरकारको संघर्षमा पार्टी अध्यक्ष उपेन्द्र यादव ज्युको पनि समर्थन छ । अधिकार प्राप्तिका लागि त्यो एउटा अभियान हो, र अभियान प्रति पार्टी पूर्ण रूपले सकारात्मक छ ।’
’पार्टी अध्यक्ष यादब केही दिन देखि बिदेशमा रहेकाले संघीय सरकारलाई दबाब दिन सक्नुभएन, तर अब उहाँ स्वदेश फिर्ता भईसकेकाले प्रदेश सरकारको संघर्ष बारे मन्त्रिपरिषदको बैठकमा उहाँले कुरा उठाउनुहुने छ,’ सचेतक यादवले बताए ।
सरकारी कार्यालयमा मात्रै सार्बजनिक बिदा दिलाएर मधेसको अधिकार प्राप्ति नहुने हुनाले आफ्नो पार्टीको मुख्य ध्यान सबिधान संसोधनमा केन्द्रित भएको उनले बताए ।



२०७५ भदौ २४ गते आईतबार