Thursday, July 28, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


हात मिलाउन भन्या, किन रिसाको ? हट पर जा अब हात मिलाउने होइन, शासन गर्ने पालो हाम्रो हो !

२०७३ श्रावण ०९ गते आईतबार

धनुषा प्रहरीको प्रशंसा र आलोचना

अजय अनुरागी
जनकपुरधाम.............
मधेस आन्दोलनका क्रममा धनुषा प्रहरीले तिन जना निर्दोष आन्दोलनकारीहरु नितु यादव, दिलिपयादव र संजय चौधरीलाई गोली प्रहार गरी हत्या गरेपछि धनुषाबासीले धनुषा प्रहरीको सबैभन्दा वढी आलोचना गरेको पाइन्छ । आन्दोलनका दौरान प्रहरीले चलाएको गोली लागेर धनुषामा ३ जनाको मृत्यू हुनुका साथै दर्जनौं घाइते भएका थिए । प्रहरीको गोली लागि मारिएको भएपनि धनुषा प्रहरीले भवित्वय ज्यान अन्तरगत मुद्दा दर्ता गरेको पाइन्छ । आन्दोलनका समय धनुषावासी र धनुषा प्रहरी बीच एक किसिमले पुर्णतः संवाद बन्द भएको थियो । पछि आएर आन्दोलन फिर्ता भएपछि  प्रहरी र नागरिक बीच सम्बन्धको स्थापना भएको हो । संचार उद्यमी अरुण कुमार सिंघानियाको अनुसन्धान गरी अभियूक्तहरुलाई कानुनको दायरामा ल्याएपछि स्थानीयवासीले धनुषा प्रहरीको प्रशंसा गरिरहेको अवस्थामा अन्य थप अभियूक्तहरुलाई कानुनको दायरामा नल्याएको भन्दै स्थानीयवासीले प्रहरीको कामलाई आलोचना पनि गरेको पाइन्छ । त्यसैगरी सबैला हत्या काण्डमा प्रमुख योजनाकारका रुपमा अभियूक्त बनाइएका एमाले नेता योगनारायण यादवलाई पक्राउ गरी कानुनको दायरामा ल्याउँदा स्थानीयवासीले धनुषा प्रहरीलाई किन पनि प्रशंसा गरे भने यादव पक्राउ परेको बेला उनको पार्टीका अध्यक्ष तथा एउटै खेमाका नेता रहेका केपी शर्मा ओली प्रधानमन्त्री थिए । तर पनि उनलाई प्रहरीले पक्राउ  गरेको थियो । त्यसैगरी जानकी मेडिकल कलेजका संचालकहरुलाई प्रहरीले अदालतमा मुद्दा नै नचलाई उन्मुक्ति दिएकोमा धनुषाबासीले प्रहरीका आलोचना गरेका छन् । ४ करोड ७७ लाख ७० हजार रुपैयाँ मेडिकलका विद्यार्थीहरुबाट असुल गरी ठगी गरेको र ८ महिनासम्म अस्पताल बन्द गरी अस्पतालका कर्मचारीहरुको तलब नदिई ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । उक्त घटनामा कलेज संचालकहरु ओम प्रकाश पाण्डे, कामेश्वर साह र समिर ढुङ्गेललाई प्रहरीले पक्राउ गर्नुका साथै अन्य फरार रहेका संचालकहरु अर्चना पाण्डे, हेमता सुवेदी, सुरिता साह र बलराम गुप्तालाई पक्राउ गरी ठगीको कसुरमा माग दावी लिइएको थियो । तर, सरकारी वकिल टेक बहादुर कार्कीले २० जेष्ठ २०७३ मा मुद्दा दर्ता नै नगर्नुपर्ने निर्णय गरेपछि उनीहरुको मुद्दा अदालतसम्म पनि नपुगेर रिहा गरिएको थियो । उक्त फैसलापछि धनुषाबासीले स्थानीय प्रहरीका साथ साथ सरकारी वकिलको पनि आलोचना गरेको पाइन्छ ।
त्यसैगरी धनुषामा वढ्दै गएको तस्करी, कालाबजारी, कृत्रिम अभाव, मिसावट आदिका कारण स्थानीय प्रहरी प्रशासनको आलोचना भईरहेको छ भने ध्वनी प्रदुषण गर्ने डिसे साउण्डलाई नियन्त्रणमा लिइएको प्रयासलाई प्रशंसा गरिएको छ । केही तासका जुवालाई नियन्त्रण गरिएको भएपनि कौउडा साथ र तास सहितको जुवा अझै पनि जिल्लाका विभिन्न ठाउँहरुमा घुम्ती शिविर जस्तै संचालन भईरहँदा आलोचना भएको छ । अवैध मदिरा भठ्ठीहरु संचालित हुँदा अवैध मदिराको विक्री वितरण तथा सेवनको कार्यले बढावा पाईरहँदा धनुषा प्रहरीको आलोचना भइरहेको छ भने गृहमन्त्री समेत भएका माओवादी केन्द्रका नेता रामचन्द्र मण्डल, देवसागर दास जस्तो नेताहरुलाई समेत केही सार्वजनिक अपराधको मुद्दा चलाउँदा धनुषा प्रहरीको प्रशंसा समेत गरिएको छ । त्यसैगरी जानकी मन्दिरमा दर्शन गर्न जनकपुर आएकी राष्ट्रपति विद्या देवी भण्डारीको विरोध गर्दा गर्दै जानकी मन्दिर तोडफोड गरेको आरोपमा प्राचिन स्मारक संरक्षण ऐन अन्तरगत विभिन्न व्यक्तिहरुलाई मुद्दा चलाइँदा मिश्रित प्रतिक्रिया रहेपनि कारवाही नगर्दा हुन्थ्यो भने भनाई अधिकांशको रह्यो ।


२०७३ श्रावण ०९ गते आईतबार

धनुषामा एक बर्षमा १६ जनाको हत्या

अजय अनुरागी
जनकपुरधाम.............
आर्थिक बर्ष २०७२÷०७३ मा धनुषामा १६ जनाको हत्या भएको छ । पछिल्ला आर्थिक बर्षहरुको तुलनामा हत्याको संख्यामा केही कमि आएपनि आन्दोलनका कारण हुनुपर्ने कमि भने हुन सकेको छैन ।
क–कसको भयो हत्या ?
२ साउन २०७२ मा धनुषाको तारापट्टी १ बस्ने विल्टु साहका २० बर्षिय छोरा अशोक कुमार साह दात उखाल्नका लागि जनकपुरनगरपालिका ८ स्थित सिता डेन्टल क्लिनिक संचालन गरी बसेका डा.विनय प्रसाद साहको क्लिनिकमा लग्दा रगत बग्न थालेको थियो । त्यसपछि थप उपचारको लागि धरान हुँदै भारतको सिलिगुडी लग्दा मृत्यु भएको थियो । उक्त घटनामा मृतक अशोकका बुवा विल्टुले डा.विनय प्रसाद साह र मिथिलेश्वर निकास ९ का ३५ बर्षिय प्रल्हाद राउतलाई प्रतिवादी बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । उक्त घटनाको थुनछेक मुद्दामा धनुषा जिल्ला अदालतले २७ साउन २०७२ मा जनही १० हजार रुपैयाँ धरौटी राखि तारेखमा रिहा गर्ने आदेश गरेको छ ।
१४ साउन २०७२ मा धनुषा बहेडाबेला २ स्थित २७ बर्षिय दिलिप यादवलाई सोही गाउँको एउटा खेतमा मारेर फालेको अवस्थामा लास फेला परेको थियो ।  मृतकका दाई बहेडाबेला २ बस्ने ३८ बर्षका जगरनाथ यादवले कर्तव्य ज्यानको मुद्दा दर्ता गराएपछि प्रहरीले गरेको अनुसन्धानबाट सोही गाउँका वडा नम्बर ९ बस्ने २० बर्षका गोली भन्ने सुनिल कुमार यादवलाई प्रहरीले प्रतिवादी बनाई पक्राउ गर्यो । र, अन्य अभियूक्तहरु विनोद भन्ने ज्ञानकुमार यादव, छोटे डाक्टर भन्ने छोटुलाल यादव, जयकुमार यादव, राम एकवाल यादव,छोटे भन्ने रविन्द्र प्रसाद यादव र रामबाबु यादव फरार भए । ३१ भदौ २०७२ मा धनुषा जिल्ला अदालतले पक्राउ परेका सुनिल कुमार यादवलाई मुद्दा पुर्पक्षको लागि जलेश्वर कारागार चलान गर्ने आदेश गरेपछि अहिले उनी कारागारमा थुनामा छन् ।
७ भदौ २०७२ मा धनुषाको इटहर्वा ४ स्थित आफ्नै घरमा ४५ बर्षिय विनोद मण्डलको लाश फेला परेको थियो । घरमा आमाले छोरा विनोद मण्डलको लाश देखेपछि आमाले एक्कासी कराएको सुनेर मृतकका दाई परमेश्वर मण्डल समेत पुगेर हेर्दा घरमा कोही नभएको अवस्थामा विनोदको हत्या गरिएको तथा वरपरको वस्तु स्थिति हेर्दा संघर्षका चिन्हहरु समेत देखिएको थियो । उक्त घटनामा धनुषा प्रहरीले अहिलेसम्म केही पनि अनुसन्धान गर्न सकेको छैन । उक्त घटनामा प्रहरीको अनुसन्धान अहिलेसम्म सुन्य देखिन्छ । अर्थात कुनै पनि कुरा खुल्न सकेको छैन ।
३१ भदौ २०७२ मा जनकपुरको राम चौक स्थित राम मन्दिरको पछाडी करिब साढे १० बजेको समयमा नाम,थर, बतन नखुलेको अन्दाजी ३०÷३५ बर्षिय महिलालाई जवरजस्ती करणी गरी टाउकोमा धारिलो हतियार चक्कु जस्तोले प्रहार गरेको अवस्थामा लाश फेला परेको थियो । उक्त लाशको हातमा पाँच सय रुपैयाँको नोट समेत राखिएको थियो । लाश अर्धनग्न अवस्थामा राखिएको थियो । उक्त घटनामा पनि धनुषा प्रहरीले अहिलेसम्म केही कुरा पनि खोल्न सकेको छैन । अर्थात उक्त हत्यामा धनुषा प्रहरीको अनुसन्धान हालसम्म सुन्य देखिन्छ । जनकपुरमा मधेस आन्दोलन उत्कर्षमा पुगिरहेको अवस्थामा प्रहरीहरु जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीहरु भित्र आफुलाई सिमित गरेको अवस्थामा लाश फेला परेको थियो । उक्त लाशको सनाखत हुन नसकेको भएपनि ललियाबाली भनेर चिन्ने गरिएको तथा पेशेवर यौन व्यवसायी रहेको बताइएको भएपनि उक्त कुराको केही पुष्टि भने हुन सकेको थिएन ।
२१ पुष २०७२ मा धनुषाको देउरी परवाहा १ का २५ बर्षिय रामकुमार मण्डल केवटले आफ्नै सहोदर भतिजालाई हत्या गरेको थियो । २ बर्षका बालक राजाबाबु मण्डललाई हत्या गरेर बोरामा राखि वारदात स्थानमा भएको पोखरीमा फालेको थियो । प्रहरीले रामकुमारलाई पक्राउ गरी अनुसन्धान गर्दा र लाशको खोजतलास गर्दा राम कुमारले उक्त बोरा देखाई सो बोरा भित्रबाट मृतक राजा बाबु मण्डलको लाश भेटिएको थियो । राम कुमार मण्डलको मानसिक संतुलन ठिक नभएको हुन सक्ने प्रहरीले आशंका गरेको हो । बच्चालाई राख्न भनेर भनिएपनि उक्त बच्चा रोएको र रोएपछि चुप हुन भन्दा पनि उक्त बच्चा चुप नभएपछि रामकुमारले राजाबाबुको हत्या गरेको हुन सक्ने बताइएको छ । १७ माघ २०७२ मा धनुषा जिल्ला अदालतले प्रतिवादी रामकुमारलाई जलेश्वर कारागारमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ ।
२२ माघ २०७२ मा धनुषाको बालाबाखर ४ स्थित राजेन्द्र प्रसाद यादवलाई अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । उक्त घटनामा अनुसन्धान गर्दै गएपछि प्रहरीले धनुषा भरतपुर ८ गणेशमान चारनाथ नगरपालिका २ राधापुर बस्ने जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भन्ने चनरदिप यादव लगायतका व्यक्तिहरुका समुहले हत्या गरेको पायो । उक्त घटनामा अनिल डाक्टर भन्ने जोगिन्दर महतो कोइरी, प्रमोद कुमार पुर्वे, कैलाश ठाकुर, रामरिझन यादव समेतलाई पक्राउ गरेको थियो । उक्त घटनामा प्रतिवादीहरु श्रवण यादव, संतोष यादव फरार छन् । २१ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतले थुनछेक मुद्दामा लाल महतो र कल्याणी देवी यादवलाई साधारण तारेखमा रिहा गरेको थियो भने चनरदिप यादव, कैलाश ठाकुर, राम रिझन यादव र विनोदलाई पुर्पक्षको लागि जलेश्वर कारागारमा थुनामा पठाएको थियो । त्यसैगरी अनिल डाक्टर भन्ने जोगेन्दर महतो र प्रमोद कुमार पुर्वेलाई जनही ७२ हजार रुपैयाँ धरौटी र राम सुन्दर यादव, जसलाल यादव, बेचन पासमान, नागेश्वर साह, शुभनारायण यादवलाई जनही ४५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
३ बैशाख २०७३ मा धनुषाको बेंगाशिवपुर ४ तथा हाल जनकपुर उपमहानगरपालिका १९ बस्ने जयकुमार यादवकी श्रीमति पारवती देवी यादवले दिएको जाहेरीमा जाहेरवालाकी सासु बर्ष ६३ कि गुम्नी देवी यादवले छोरा जयकुमार यादवलाई प्रतिवादीहरु धर्मनाथ यादव समेतले कुटपिट गरेकोमा बचाउन जाँदा म जाहेरवालाको सासुलाई लाठी तथा फाइटले कुटपिट गर्दा घाइते भएकोमा उपचारको लागि अस्पताल तर्फ लैजानेक्रममा छोरा जयकुमार यादवको मृत्यू भएको उल्लेख छ । उक्त घटनामा धनुषा प्रहरीले बेंगाशिवपुर ४ तथा हाल जनकपुर १९ का छेदी यादवका छोरा धर्मनाथ यादव, विन्देश्वर यादवका छोरा अक्षय कुमार यादव र महोत्तरी सितापुर भंगहा तथा हाल बेंगाशिवपुर बस्ने धर्मनाथ यादवको भान्जा विजय यादवको छोरा संतोष यादवलाई अभियूक्त बनाएको छ । अभियूक्तहरु फरार रहेका छन् ।
६ चैत्र २०७२ मा धनुषाको बेंगाशिवपुर तथा हाल जनकपुर उपमहानगरपालिका १९स्थित इनुस मियाको ५ बर्षिय छोरा असरफ राइनलाई अज्ञात व्यक्ति वा अपहरणकारीको समुहले अपहरण गरी हत्या गरी सोही गाउँको गहुँ खेतबारीमा लाश फालिदिएको अवस्थामा फेला परेको थियो । ती ५ बर्षिय बालकको अपहरण भएको हुन सक्ने भन्दै स्थानीय प्रहरीलाई पीडित इनुसले खबर गर्दा पनि प्रहरीले चासो देखाएको थिएन । अन्ततः प्रहरीको लापरवाहीकै कारण ती बालकको ज्यान गएको भएपनि हालसम्म उक्त घटनामा धनुषा प्रहरीले कसले र किन अपहरण गर्यो वा हत्या गर्यो भन्ने केही कुरा पनि खोल्न सकेको छैन । उक्त घटनामा धनुषा प्रहरीको अनुसन्धान सुन्य देखिन्छ ।
१७ पुष २०७२ मा धनुषाको भुतही पटेर्वा ५ कि ३५ बर्षिय गिता देवी दासको हत्या गरिएको थियो । उक्त घटनामा दाजु भाईहरु बीच झैझगडा तथा विवाद भएपछि भाई र भाईबुहारीले मिलेर कुटपिट गरी भाउजुलाई हत्या गरेको पटेर्वा ५ बस्ने विनोद दास तत्माले दिएको जाहेरीमा उल्लेख छ । धनुषा प्रहरीले उक्त घटनामा एक महिला र एक पुरुष  गरी दुई जनालाई अभियूक्त बनाएको छ । दुवै जना अभियूक्तहरु फरार छन् ।
३० कार्तिक २०७२ मा गणेशमान चारनाथ नगरपालिका ७ स्थित सुखिया साहुको उखुवारीमा अन्दाजी ३५÷४० बर्षकी सोभा देवी गुप्ता साहलाई हत्या गरिएको थियो । मृतकका बुवा भारत विहारका मधुवनी हरलाखीका प्रल्हाद साहले दिएको जाहेरी अनुसार उनका ज्वाँई अनिल गुप्ता कमलापुरी र भुकनी देवी बीच अवैध सम्बन्ध हुनुका साथै प्रेममा परेको अवस्थामा आफ्नो छोरी सोभाले आफ्नो घरगृहस्थी बचाउन तिनीहरुको सम्बन्धमा अवरोध खडा गर्न थालेपछि दुवै जनाले मिलेर हत्या गरेको उल्लेख छ । दुवै जना अभियूक्तहरु फरार छन् ।
२९ साउन २०७२ मा मिथिला नगरपालिका १ स्थित एउटा खेतमा ६० बर्षिय राम लखन महत्तोलाई खेतमा गएको अवस्थामा सोही गाउँका दिलिप महत्तो, परेश महतो, नरेन भन्ने संतोष महतोले कुटपिट गरी गम्भीर घाइते बनाई उपचारका लागि लग्दा राम लखनको मृत्यूभएको भन्दै मृतकका छोरा उमेश महतोले दिएको जाहेरीमा उल्लेख छ । धनुषा प्रहरीले उक्त घटनामा ३ जना अभियूक्तहरु मिथिला नगरपालिका ११ बस्ने अलेल भन्ने दिलिप महतो, सन्तोष महतो र परेश महतोलाई पक्राउ गरेको थियो । धनुषा जिल्ला अदालतले भदौ २०७२ मा गरेको आदेशानुसार पक्राउ परेका तिनै जना अभियूक्तहरुलाई जलेश्वर कारागारमा पुर्पक्षको लागि थुनामा पठाइएको छ ।
    ८ मंसिर २०७२ मा क्षिरेश्वर नाथ नगरपालिका ७ ढुङ्गाटोल बस्ने बर्ष ४१ को उसमान कवाडीले दिएको जाहेरी अनुसार क्षिरेश्वरनाथ ५ स्थित गणेश साहको उखुवारीमा उसमान कवाडीको १४ बर्षिय छोरा राहुल भन्ने नसिरुल कवाडीको हत्या गरिएको अवस्थामा लाश फालिएको थियो । उक्त घटनामा धनुषा प्रहरीले हालसम्म केही पनि अनुसन्धान गर्न सकेको छैन ।
त्यसैगरी १४ अषाढ २०७३ मा धनुषाको सपही ७ का बर्ष ४०का राजकुमारी यादवलाई कुटपिट गरी हत्या गरिएको थियो । उक्त घटनामा घनुषा प्रहरीले सपही ८ बस्ने रामदेव यादव, धिरेन्द्र यादव, जितेन्द्र यादव, राजकिशोर यादव, झगरु यादव, अजय यादव र रामनरेश यादवलाई अभियूक्त बनाएको छ ।

२०७३ श्रावण ०९ गते आईतबार

धनुषा प्रहरीको प्रशंसा र आलोचना

अजय अनुरागी
जनकपुरधाम.............
मधेस आन्दोलनका क्रममा धनुषा प्रहरीले तिन जना निर्दोष आन्दोलनकारीहरु नितु यादव, दिलिपयादव र संजय चौधरीलाई गोली प्रहार गरी हत्या गरेपछि धनुषाबासीले धनुषा प्रहरीको सबैभन्दा वढी आलोचना गरेको पाइन्छ । आन्दोलनका दौरान प्रहरीले चलाएको गोली लागेर धनुषामा ३ जनाको मृत्यू हुनुका साथै दर्जनौं घाइते भएका थिए । प्रहरीको गोली लागि मारिएको भएपनि धनुषा प्रहरीले भवित्वय ज्यान अन्तरगत मुद्दा दर्ता गरेको पाइन्छ । आन्दोलनका समय धनुषावासी र धनुषा प्रहरी बीच एक किसिमले पुर्णतः संवाद बन्द भएको थियो । पछि आएर आन्दोलन फिर्ता भएपछि  प्रहरी र नागरिक बीच सम्बन्धको स्थापना भएको हो । संचार उद्यमी अरुण कुमार सिंघानियाको अनुसन्धान गरी अभियूक्तहरुलाई कानुनको दायरामा ल्याएपछि स्थानीयवासीले धनुषा प्रहरीको प्रशंसा गरिरहेको अवस्थामा अन्य थप अभियूक्तहरुलाई कानुनको दायरामा नल्याएको भन्दै स्थानीयवासीले प्रहरीको कामलाई आलोचना पनि गरेको पाइन्छ । त्यसैगरी सबैला हत्या काण्डमा प्रमुख योजनाकारका रुपमा अभियूक्त बनाइएका एमाले नेता योगनारायण यादवलाई पक्राउ गरी कानुनको दायरामा ल्याउँदा स्थानीयवासीले धनुषा प्रहरीलाई किन पनि प्रशंसा गरे भने यादव पक्राउ परेको बेला उनको पार्टीका अध्यक्ष तथा एउटै खेमाका नेता रहेका केपी शर्मा ओली प्रधानमन्त्री थिए । तर पनि उनलाई प्रहरीले पक्राउ  गरेको थियो । त्यसैगरी जानकी मेडिकल कलेजका संचालकहरुलाई प्रहरीले अदालतमा मुद्दा नै नचलाई उन्मुक्ति दिएकोमा धनुषाबासीले प्रहरीका आलोचना गरेका छन् । ४ करोड ७७ लाख ७० हजार रुपैयाँ मेडिकलका विद्यार्थीहरुबाट असुल गरी ठगी गरेको र ८ महिनासम्म अस्पताल बन्द गरी अस्पतालका कर्मचारीहरुको तलब नदिई ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । उक्त घटनामा कलेज संचालकहरु ओम प्रकाश पाण्डे, कामेश्वर साह र समिर ढुङ्गेललाई प्रहरीले पक्राउ गर्नुका साथै अन्य फरार रहेका संचालकहरु अर्चना पाण्डे, हेमता सुवेदी, सुरिता साह र बलराम गुप्तालाई पक्राउ गरी ठगीको कसुरमा माग दावी लिइएको थियो । तर, सरकारी वकिल टेक बहादुर कार्कीले २० जेष्ठ २०७३ मा मुद्दा दर्ता नै नगर्नुपर्ने निर्णय गरेपछि उनीहरुको मुद्दा अदालतसम्म पनि नपुगेर रिहा गरिएको थियो । उक्त फैसलापछि धनुषाबासीले स्थानीय प्रहरीका साथ साथ सरकारी वकिलको पनि आलोचना गरेको पाइन्छ ।
त्यसैगरी धनुषामा वढ्दै गएको तस्करी, कालाबजारी, कृत्रिम अभाव, मिसावट आदिका कारण स्थानीय प्रहरी प्रशासनको आलोचना भईरहेको छ भने ध्वनी प्रदुषण गर्ने डिसे साउण्डलाई नियन्त्रणमा लिइएको प्रयासलाई प्रशंसा गरिएको छ । केही तासका जुवालाई नियन्त्रण गरिएको भएपनि कौउडा साथ र तास सहितको जुवा अझै पनि जिल्लाका विभिन्न ठाउँहरुमा घुम्ती शिविर जस्तै संचालन भईरहँदा आलोचना भएको छ । अवैध मदिरा भठ्ठीहरु संचालित हुँदा अवैध मदिराको विक्री वितरण तथा सेवनको कार्यले बढावा पाईरहँदा धनुषा प्रहरीको आलोचना भइरहेको छ भने गृहमन्त्री समेत भएका माओवादी केन्द्रका नेता रामचन्द्र मण्डल, देवसागर दास जस्तो नेताहरुलाई समेत केही सार्वजनिक अपराधको मुद्दा चलाउँदा धनुषा प्रहरीको प्रशंसा समेत गरिएको छ । त्यसैगरी जानकी मन्दिरमा दर्शन गर्न जनकपुर आएकी राष्ट्रपति विद्या देवी भण्डारीको विरोध गर्दा गर्दै जानकी मन्दिर तोडफोड गरेको आरोपमा प्राचिन स्मारक संरक्षण ऐन अन्तरगत विभिन्न व्यक्तिहरुलाई मुद्दा चलाइँदा मिश्रित प्रतिक्रिया रहेपनि कारवाही नगर्दा हुन्थ्यो भने भनाई अधिकांशको रह्यो ।


२०७३ श्रावण ०९ गते आईतबार

Monday, July 25, 2016

धनुषामा समग्रमा अपराधको ग्राफ घटे पनि जधन्य प्रकृतिका अपराधमा आएन कमि

अरुण कुमार सिंघानिया हत्याका मुख्य सुटर मनक लामा ।
अजय अनुरागी
जनकपुरधाम............
पछिल्लो आर्थिक बर्षमा भएको मधेस आन्दोलनका कारण धनुषामा आपराधिक गतिविधिमा कमि आएको पाइन्छ । आर्थिक बर्षको सुरुवातमै अर्थात ३१ साउन देखि भएको मधेस आन्दोलनका दौरान आम हडताल देखि नाकाबन्दिसम्मका कार्यक्रमहरु भएकाले पनि  अपराधको संख्यामा कमि आएको पाइन्छ । आर्थिक बर्ष २०७२÷०७३ मा धनुषामा कुल ५ सय ६८ थान मुद्दा दर्ता भएको छ । जुन कि पछिल्लो आर्थिक बर्षको तुलनामा २४ थान मुद्दाको संख्यामा मात्र कमि आएको पाइन्छ । करिब ६ महिना जति जनजिवन ठप्प रहेको अवस्थामा गतिविधि शुन्य भएको बेला जुन अनुपातमा अपराधको संख्या घट्नु पर्ने हो त्यो भने घटेको छैन ।
आर्थिक बर्ष २०७२÷०७३ मा धनुषामा हत्या अन्तरगत १६ वटा, हत्या प्रयास अन्तरगत १६, लागु औषध अन्तरगत २३, बलात्कार अन्तरगत २१ र बलात्कार प्रयास अन्तरगत ३ थान, हातहतियार तथा खरखजाना अन्तरगत ६ थान मुद्दा दर्ता गरिएको छ । ५ सय ६८ थान मुद्दाहरु मध्ये ३ सय ७७ थान मुद्दाको फर्छयौट गरी १ सय ९१ थान मुद्दाको फर्छयौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यसैगरी ५ सय २१ जना अभियूक्तहरु पक्राउ पर्नुका साथै १ सय ८६ जना अभियूक्तहरु फरार रहेको बताइएको छ ।
बढ्दो जघन्य अपराध
भुमिगत समुहका अध्यक्ष धर्ती सिंह भन्ने चनरदिप यादव ।
पछिल्लो ५ बर्षमा धनुषामा जघन्य अपराधको संख्या बढ्दै गएको पाइन्छ । आर्थिक बर्ष २०६८÷०६९ देखि २०७२÷०७३ सम्मको तथ्याङ्कलाई हेर्ने हो भने कुल ५ सय ९५ थान गम्भीर प्रक्रितिका अपराधहरु दर्ता भएका छन् । पछिल्लो ५ बर्षमा ९१ जनाको हत्या भएको छ भने ९१ जनाको हत्या प्रयास समेत भएको छ । सबैभन्दा वढी चिन्ताको विषय बनेको छ, लागु औषध । लागु औषधमा २ सय ३९ थान मुद्दा दर्ता भएका छन् । त्यसैगरी ५ बर्षमा ५९ जना महिलाहरु बलात्कृत भएकी छन् भने २७ जना महिलाहरुलाई बलात्कारको प्रयास गरिएको छ ।
बढ्दो आत्महत्या
हुन त विश्वभरी नै आत्म हत्या गर्ने संख्या बढीरहेको छ । विश्वभरीमा १५ देखि २९ बर्षको बीचमा मृत्यु हुने दोस्रो ठुलो कारण आत्म हत्या प्रयास मानिएको छ । एक अनुसन्धान अनुसार विश्वभरीमा प्रति बर्ष ८ लाख भन्दा वढी मानिस आत्म हत्या गर्छन ।  प्रति ४० सेकेन्डमा विश्वमा एक व्यक्तिले आत्म हत्या प्रयास गर्छन् । नेपालको राजधानी काठमाण्डौ उपत्यकामा मात्रै आर्थिक बर्ष २०७१÷०७२ मा २ सय ५४ जना झुण्डिएर, १ सय ३० जना विष सेवन गरेर र १६ जना अन्य माध्यम गरी कुल ४ सय जनाले आत्म हत्या गरेका थिए । धनुषामा पछिल्लो ४ बर्षमा कुल ३ सय १० जनाले आत्म हत्या गरेको पाइन्छ । आर्थिक बर्ष २०६९÷०७० देखि २०७२÷०७३ सम्ममा विष सेवन गरेर १ सय ४९ जना, झुन्डिएर १ सय ५२ जना र अन्य किसिमले ९ जनाले आफ्नो ज्यान आफै लिएका छन् । आर्थिक बर्ष २०६९÷०७० मा ७१ जनाले, २०७०÷०७१ मा १०१ जनाले, २०७१÷०७२ मा ६५ जनाले, २०७२÷०७३ मा ७३ जनाले आत्म हत्या गरेको पाइन्छ । यतिको संख्यामा आत्म हत्याको संख्या बढ्नु समाजको लागि राम्रो सुचक होइन ।
लागुऔषधको अपराधमा आएन कमि
लागु औषध चरस सहित पक्राउ परेका तिन जना ।
२१ माघ २०७२ मा जनकपुर उप(महानगरपालिका वडा नं.१० स्थित अञ्चल अस्पताल पछाडी रहेको हरिमोहन साहको घरमा गाँजा खाईरहेको अवस्थामा ९ जना युवाहरूलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको थियो । सो घरको तल्लो तल्लामा जनकपुर उप(महानगरपालिका वडा नं.८ बस्ने अनिल ठाकुरले २ वटा कोठा डेरामा लिएका छन्, सो कोठामा गाँजा भाँङ्ग खाने तथा लागुऔषध दुवर््यसनी गर्ने समुहहरू भेला जम्मा हुने गरेको प्रहरीलाई गोप्य सुचना प्राप्त भएको थियो । सोही सुचनाको आधारमा उक्त घरलाई प्रहरीले निगरानीमा राखेको थियो । उक्त घरको तल्लो तल्लामा युवाहरू भेला जम्मा भएको खबर हुना साथ प्रहरीले उक्त कोठामा छापा मारी ९ जनालाई पक्राउ गरेको थियो । निजहरूले मिनरल वाटरको बोतलमा गाँजा खाना प्रयोग गर्ने चिलिम जस्तो बस्तु उक्त बोतलमा फिट गरी बोतलको पछाडी बनाईएको सानो प्वालवाट धुँवा तानी नसा लिने गरेको देखिएको थियो । दुई वटा बोतल गाँजा चरेश जस्तो देखिने केही कालो पदार्थ,गाँजा चरेश काट्न प्रयोग हुने १ थान चक्कु पनि घटना स्थलवाट बरामद गरिएको थियो । नयाँ र फरक ढङ्गले घरेलु प्रविधिद्धारा नसालु पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानवाट देखिएको थियो ।  पक्राउ पर्नेहरूमा जनकपुरका धर्मेन्द्र गुप्ता,अनुज चौवे,प्रकाश दाहाल,दिपेश दाहाल,राजन साह,अनिल ठाकुर,महोत्तरीका अभिषेक सिंह,विवेक सिंह र उदयपुरका युक्सन गुप्ता रहेका थिए । पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी कारवाही चलाइएको थियो ।
१८ फागुन २०७२ मा जनकपुर उपमहानगरपालिका ४ स्थित महाविर युवा कमीटीको प्राङ्गणबाट जनकपुर २ बस्ने वर्ष २२ को कुस कुमार साह, बर्ष ३२ को कृष्ण बस्नेतलाई धनुषा प्रहरीले नियन्त्रणमा लिई दुुवै जनालाई तलासी गर्दा कुस कुमार साहको पाइन्टको खल्तीबाट नाईटूाभेट ६ पत्ता (९० पिस) र कृष्ण बस्नेतको पाईटको खल्तीबाट नाईटूभेट १२ पत्ता (१८० पिस) गरी जम्मा १८ पत्तामा (२७० पिस) बरामद गरि निजहरुलाई लागुऔषध मुद्धामा कारवाही चलाएको थियो ।
अंचल प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले बिशेष सूचनाका आधारमा मिति २९ पुष २०७२ मा जनकपुरको रामानन्द चोक नजिकबाट अन्दाजी ४ सय ग्राम अबैध लागु औषध चरेश सहित ३ जना संलग्नहरु लाई पक्राउ गरेको थियो । जनकपुरका ४३ बर्षिय रामबाबु साह, २८ बर्षिय अमरेश कुमार राय र ४० बर्षिय प्रमोद कुमार रायलाई धनुषा प्रहरीले चरेस सहित पक्राउ गरी लागुऔषध मुद्धामा कारवाही चलाएको थियो ।
यसरी हेर्ने हो भने आर्थिक बर्ष २०७२÷०७३ मा लागु औषध सम्बन्धि २३ थान मुद्दाहरु दर्ता गरेका छन् । लागु औषध सेवन गर्नेहरु ३७ जना र बेचविखन गर्ने ६ जना गरी ४३ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही चलाएकोमा धनुषा जिल्ला अदालतले १४ जनालाई जलेश्वर कारागार चलान गरेको छ भने २७ जना धरौटीमा छुटेका छन् । पक्राउ परेका २ जनाको फाइल चालु अवस्थामा रहेको प्रहरीले बताएको छ । लागु औषध गर्नेहरुमा १५ देखि २५ बर्षसम्मको उमेर समुहका २१ जना, २६ देखि ३५ बर्षसम्मको उमेर समुहका १३ जना र ३५ बर्षभन्दा माथिको ३ जना गरी ३७ जना रहेका छन् । त्यसैगरी लागु औषध बेचविखन गर्नेहरुमा १५ देखि २५ बर्षसम्मको उमेर समुहका २ जना, २६ देखि ३५ बर्षसम्मको उमेर समुहका १ जना र ३५ बर्षभन्दा माथिको ३ जना गरी ६ जना रहेका छन् । धनुषामा विगतका आर्थिक बर्ष २०६९÷०७० मा ५९ थान, आर्थिक बर्ष २०७०÷०७१ मा ३९ थान र आर्थिक बर्ष २०७१÷०७२ मा ६२ थान लागु औषधको मुद्दा दर्ता भएको थियो ।
हातहतियार तथा खरखजानामा कमि
हतियार कारोवारी रमेश प्रसाद यादव ।
विगतका बर्षहरुमा तराई मधेसमा भुमिगत समुहहरुको विगविगी बढ्दै जाँदा हातहतियार तथा खरखजाना मुद्दा पनि बढेको थियो । माओवादीको सशस्त्र द्वन्द्व देखि जनतान्त्रिकका समुहहरुले समेत आफ्नो अस्तित्व र प्रभाव बढाउनका लागि साना हतियारको प्रयोग गर्ने देखि लिएर बम विस्फोटन गराउने लगायतका घटनाहरुलाई अन्जाम दिने गर्थे । परिणाम स्वरुप प्रहरीले पनि दिनहँु जसो चेक जाँचका क्रममा अबैध हतियार सहित मानिसहरु पक्राउ गर्थे । तर, अब माओवादी पनि मुलधारमा आईसक्नु र मधेसका भुमिगत सशस्त्र समुहहरु प्रायः ध्वस्त भईसकेको अवस्थामा अवैध हतियार सहित पक्राउ पर्नेहरुको संख्यामा कमि आएको छ ।
धनुषामा आर्थिक बर्ष २०६८÷०६९ मा १७, २०६९÷०७० मा १४, २०७०÷०७१ मा ११, २०७१÷०७२ मा १३ र २०७२÷०७३ मा ६ गरी कुल पाँच बर्षमा ६१ थान हातहतियार तथा खरखजानाको मुद्दा दर्ता भएको पाइन्छ । जबकी २०६२÷०६३ ताका एक बर्षमा मात्रै ५० देखि ६० थानसम्म अवैध हातहतियारको मुद्दा दर्ता हुने गथर््यो ।
हातहतियार बोक्ने परिपाटीमा केही कमि आएको भएपनि कारोवार भने पुर्णतः बन्द भईसकेको छैन । हतियार खरिद, विक्री र उपयोग भईनै रहेका छन् । २ फागुन २०७२ मा धनुषा प्रहरीले अवैध हतियार ३ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको थियो ।
जनकपुर उपमहानगरपालिका वडा न ४ विश्वकर्मा चौकको दक्षिण तर्फको गल्लीमा हातहतियार सहित आउँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले सोही स्थानमा चेक जाँच गर्ने क्रममा पेस्तोल २ थान, पेस्तोलको म्याग्जीन १ थान, गोली २ थान सहित २ जना लाई पक्राउ गरेको थियो । अभियुतm रमेश प्रसाद यादवको घरमा राति खानतलासी गर्दा १ थान पेस्तोल र ७ पिस स्पास्मो टयाव्लेट प्रहरीले बरामद गरेको थियो । उक्त घटनामा प्रहरीले हतियार किन्नका लागि आफै ग्राहक बनी रमेश प्रसाद यादवलाई पक्राउ गर्न अप्रेशन चलाएको थियो । रमेश पहिला पहिला पनि ठुला ठुला हतियारहरुको खरिद विक्री गर्ने काम गर्थे । त्यस्तो कार्यमा बालकहरुलाई उनले प्रयोग गर्थे । हुन त उनी आफुलाई आँखाको डाक्टर भन्दै सामाजिक प्रतिष्ठित व्यक्ति भएको आडमा हतियार खरिद विक्रीको काम गर्ने गर्थे ।
बैंकबाट हराएको एटिएम कार्ड प्रयोग गरेर १ लाख १३ हजार रुपैयाँ निकालेको विषयमा त्यस अघि पनि धनुषा प्रहरीले उक्त घटनाको १ बर्ष अगाडी पक्राउ गरेको थियो । धरौटीमा छुटेका उनी पछि हतियारको कारोवार गर्ने र विभिन्न समुहको नाउँ लिएर पैसा संकलन गर्दै विस्तारै ग्रुप नै खडा गर्ने उनको योजना थियो । लागु पदार्थको समेत सेवनकर्ता भएका कारण उनी लागु पदार्थको समेत कारोवार गर्ने गरेको प्रहरीको भनाई छ ।
जुवा खेल्ने ९ जना पक्राउ खालबाट साढे ५ लाख बरामद
 २४ कार्तिक २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरमा जुवा खेलाउने घरमा छापामारी साढे ५ लाख सहित जुवा खेल्ने ९ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ९ जनाबाट प्रहरीले ५ लाख ४६ हजार ७ सय रुपैया बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको बिशेष प्रहरी टोलीले जनकपुर उपमहानगरपालिका वडा न ७ जिरोमाइल स्थित कामेश्वर शाहको घरमा जुवा खेल भैरहेको अवस्थामा छापा मारेकोे थियो । पक्राउ पर्नेमा घरवेटी सहित धनुषा जनकपुर ७ बस्ने सुुनिल मिश्रा, शिवशंकर शाह, संजय शाह, उमाशंकर साह, राजकुमार शाह, बसन्त पंजियार, महोतरी एकरिया ६ का सलिम मिया, महोतरी बदिया बन्चौरी ७ का सन्ताोष कुमार शाह थिए । त्यसैगरी धनुषा प्रहरीले जनकपुरबाटै तास जुवा खेलिरहेको अर्को समुहलाई १ लाख ९३ हजार रकम सहित पक्राउ गरेको थियो ।
मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ
मोटरसाइकल चोरी गर्ने चार जनाको गिरोह ।
४ कार्तिक २०७२ मा राति अंन्दाजी १ बजेको समयमा जि.धनुषा कुर्था गा.वि.स. वडा नं. ७ बस्ने सन्तोष महासेठको घरबाट ज २ प २५५० न.को मोटरसाइकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको बिशेष टोलीले गोप्य सुराकको आधारमा १७ कार्तिक २०७२ मा जनकपुर वडा नं.१ स्थित राम दुलार महतोले संचालन गरेको कवाड खानाबाट चोरी भएको मोटरसाइकलको चेसिस र ईन्जिन नं. टुटेफुटेको तथा अन्य पार्टपुर्जा समेत टुक्राटुक्रा पारी विक्री गर्न राखेको अवस्थामा बरामद गर्नुका साथै सो मोटरसाइकल चोरीमा संलग्न ४ जना अभियुतmहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो । जनकपुर १ गढी टोलका धिरु भन्ने धिरेन्द्र पाण्डे, संजय साह, राम सुन्दर यादव र मिल्स एरियाका राम दुलार महतोलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु फिल्मी स्टाइलमा मोटरसाइकल चोरी गर्ने गर्थे । चारै जनाले चार किसिमको काम गर्थे । धिरेन्द्र पाण्डेले मोटरसाइकलको लक तोड्ने गर्थे भने संजय साहले पनि लक तोड्नुका साथै मोटरसाइकल ओसारपोसार गर्ने गर्थे । त्यसैगरी राम सुन्दर यादवले मोटरसाइकल चोरी गर्ने तथा विक्री गर्ने र राम दयाल महतोका जिम्मेवारी भने चोरीका मोटरसाइकल काटने र विक्री गर्ने हुन्थ्यो ।
प्रहरी टोली पुरस्कृत
धनुषा लगायत तराईका विभिन्न जिल्लाहरुमा मोटरसाईकल चोरीमा सक्रिय ८ जनाको गिरोहलाई पक्राउ गर्ने तथा चोरी भएका मोटरसाइकल बरामद गर्ने कार्यमा उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रहरी निरीक्षक निरन्जन थापा सहित ११ जनाको टोलिलाई जिल्ला प्रहरी कार्यालय धनुषााले पुरस्कृत गरेको थियो ।
पुरस्कृत हुने अन्य प्रहरी कर्मचारीहरुमा प्रनानि गगन शाही, प्र.स.नि किस्मत बहादुर भण्डारी, प्र.स.नि जयलाल यादव, प्र.स.नि सन्तोष झा, प्र.ह चन्देश्वर यादव, प्र.ह श्याम सिंह, प्र.ह प्रेमशंकर ठाकुर, प्र.ज मोतिलाल पटेल, प्र.ज राजेश्वर यादव र प्र.ज जितेन्द्र यादव रहेका थिए ।




२०७३ श्रावण ०९ गते आईतबार

पाँच बर्षमा धनुषामा ४ अर्ब २५ करोड रुपैयाँ फ्रिज आर्थिक बर्ष २०७२÷०७३ मा फ्रिजको प्रतिशत घट्यो

विकासको नाउँमा धनुषामा करोडौं खर्च गरिन्छ
तर सामान्य बर्षामा पनि जनकपुरका कार्यालयहरु
र घरहरु डुवानमा पर्छन, सडक ढल बन्छ र ढल पोखरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
आर्थिक बर्ष २०७२÷०७३ मा धनुषाको लागि विनियोजित रकम मध्ये ९७ करोड ५९ लाख ९ हजार ७२ रुपैयाँ खर्च हुन नसकि फ्रिज भएको छ । धनुषा जिल्ला स्थित ७८ वटा सरकारी कार्यालयहरुका लागि पछिल्लो आर्थिक बर्ष २०७२÷०७३ मा कुल ८ अर्ब ५३ करोड ४५ लाख २७ हजार ७ सय ५८ रुपैयाँ बजेट विनियोजन भएकोमा  ७ अर्ब ५५ करोड ८६ लाख १८ हजार ६ सय ८६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।  यसरी हेर्ने हो भने कुल खर्च प्रतिशत ८८.५७ छ भने बजेट बाँकी प्रतिशत ११.४३ रहेको छ । पूजीगत तर्फ ३ अर्ब ८७ करोड ६ लाख १३ हजार २ सय ५९ रुपैयाँ विनियोजन गरिएकोमा ३ अर्ब ३९ करोड ५३ लाख ८७ हजार ९ सय ९ रुपैयाँ खर्च भएको छ  भने चालु तर्फ ४ अर्ब ६६ करोड ३९ लाख १४ हजार ४ सय ९९ रुपैयाँ बजेट विनियोजन गरिएकोमा ४ अर्ब १६ करोड ३२ लाख ३० हजार ७ सय ७७ रुपैयाँ मात्र खर्च हुन सकेको छ । यसरी हेर्ने हो भने चालु तर्फ ८९.२६ प्रतिशत र पुजीगत तर्फ ८७.७२ प्रतिशत खर्च मात्र भएको छ ।
हुन त पछिल्लो आर्थिक बर्ष २०७१÷०७२ को तुलनामा यस पटक अलि बढी नै रकम खर्च भएको छ । आर्थिक बर्ष २०७१÷०७२ मा १२.३७ प्रतिशत रकम खर्च हुन सकेको थिएन भने यस बर्ष ११.४३  प्रतिशत रकम खर्च हुन सकेन । पूजीगत तर्फ खर्चको प्रतिशत बढेको छ भने चालु तर्फ घटेको छ । धनुषाको कुल बजेटको पूजिगत तर्फ ८७.७२ प्रतिशत खर्च भएको छ जुन कि २०७१÷०७२ मा ७४.५२ प्रतिशत रकम मात्र खर्च भएको थियो । त्यसैगरी चालु तर्फ आर्थिक बर्ष २०७२÷०७३ मा ८९.२६ प्रतिशत खर्च भएको छ भने २०७१÷०७२ मा ९४.४५ प्रतिशत खर्च भएको थियो ।
विगतका बर्षहरुमा चालु भन्नाले कर्मचारीहरुको तलब भत्ता मात्र बुझिन्थ्यो । त्यसकारण विकासको रकम खर्च हुन नसकेपनि चालु तर्फ खर्च लगभग ९० प्रतिशत भन्दा वढी हुने गथर््यो । तर, आर्थिक बर्ष २०२÷०७३ देखि अन्तर्राष्टिूय मापदण्ड अनुसार पूजीगतमा पर्दै आएका शिर्षकहरु पनि चालुगत खर्च अन्तरगत राखिएको छ । जस्तै जिल्ला विकास समिति धनुषामा विकास तथा पुर्वाधारकै लागि रहेको निर्वाचन क्षेत्र विकास तथा पुर्वाधार कार्यक्रम, गाविसको अनुदान, एलजीसिडिपी, जिविस अनुदान लगायतका शिर्षकहरु पनि चालु खर्चमै राखिएको छ । ती शिर्षकका रकमहरु पनि विकास तथा पुर्वाधारका लागि खर्च हुने हो । त्यसैले पुजीगत खर्च बढ्दैमा र चालु खर्च घटदैमा विकासकै लगानी वढेको हो भनेर मान्न सकिन्न । कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका प्रमुख कोष नियन्त्रक डा.विरेन्द्र कुमार मिश्रका अनुसार आय आर्जन उत्पादन रोजगारीमा प्रत्यक्ष सरोकार राख्ने रकमका बाहेक त्यस्तो पुर्वाधार निर्माण जसले तत्कालै आउटपुट दिँदैन तर पुर्वाधारमा लगानी हुन्छ भने त्यस्तालाई चालु खर्च अन्तरगत राखिएको हो । धनुषामा विगतमा चालु र पुजीगत खर्चमा व्यापक असंतुलन देखिन्थ्यो तर यस पटक मोटामोटी संतुलित देखिएको छ । मिश्रका अनुसार जनताहरुमा विकासको लागि तिर्खा हुनु, संस्थागत क्षमताको विकास हुनु, समयमै काम गर्नुपर्ने जनचेतना बढ्दै जानुले गर्दा पनि विगतको बर्ष भन्दा यो बर्षमा रकम वढी खर्च भएको हो ।
 पछिल्लो पाँच आर्थिक बर्षमा धनुषामा कुल ४ अर्ब २५ करोड ७ लाख ६१ हजार ७ सय ४९ रुपैयाँ कार्य सम्पन्न हुन नसकि फिर्ता भएको हो । अर्थात सो रकम फ्रिज भएको हो । आर्थिक बर्ष २०६८÷०६९ देखि २०७२÷०७३ सम्म पाँच बर्षमा धनुषामा कुल ३० अर्ब ६२ करोड २५ लाख १९ हजार ३३ रुपैयाँ कुल बजेट विनियोजन भएकोमा २६ अर्ब ३७ करोड १७ लाख ५७ हजार २ सय ८४ रुपैयाँ मात्र खर्च हुन सकेको थियो । ती पाँच बर्षमा पुजीगत खर्च तर्फ हेर्ने हो भने कुल ९ अर्ब ९५ करोड ४३ लाख ६० हजार ५ सय ७७ रुपैयाँ बजेट विनियोजन भएकोमा कुल ९ अर्ब ४१ करोड २३ लाख ८३ हजार १ सय ८९ रुपैयाँ मात्र खर्च भएको छ भने कुल ५४ करोड १९ लाख ७७ हजार ३सय ८८ रुपैयाँ फ्रिज भएको पाइन्छ ।
धनुषाका स्थानीय निकायका अवस्था
 आर्थिक बर्ष २०७२÷०७३ मा धनुषाका स्थानीय निकायहरु जिल्ला विकास समिति, जनकपुर उपमहानगरपालिका, धनुषाधाम, सबैला, मिथिला, क्षिरेश्वरनाथ र गणेशमान चारनाथ नगरपालिका गरी कुल ७ वटा स्थानीय निकायहरुमा २५ करोड ७८ लाख २ हजार ३ सय ३९ रुपैयाँ फ्रिज भएको छ । ती सबै स्थानीय निकायहरुका लागि कुल २ अर्ब २० करोड ९२ लाख ८ सय ५० रुपैयाँ कुल बजेट विनियोजित भएकोमा १ अर्ब ९५ करोड १३ लाख ९८ हजार ५ सय ११ रुपैयाँ मात्र खर्च हुन सकेको छ । पूजीगत खर्च तर्फ हेर्ने हो भने ति निकायहरुमा कुल १७ करोड ३२ लाख २९ हजार विनियोजित भएकोमा १३ करोड ३२ लाख २३ हजार १ सय ५६ रुपैयाँ मात्र खर्च भई ४ करोड ५ हजार ८ सय ४४ रुपैयाँको काम नै हुन नसकि बजेट फ्रिज भएको छ ।
जिविस धनुषा अन्तरगत चालु तर्फ १ अर्ब ७० करोड १८ लाख ३८ हजार  ६ सय ९० रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब ५२ करोड ५२ लाख १२ हजार १ सय ८४ रुपैयाँ खर्च भएको देखिन्छ । खर्च प्रतिशत ८९.६२ देखिन्छ । त्यसैगरी पुजिगत तर्फ १० करोड ८ लाख ५३ हजार रुपैयाँ विनियोजित भएकोमा ६ करोड ५८ लाख २१ हजार ३ सय ७७ रुपैयाँ अर्थात ६५.२६ प्रतिशत रकम मात्र खर्च हुन सकेको छ । कुलमा हेर्ने हो भने ११.७४ प्रतिशत रकम फ्रिज भएको छ । जिल्ला विकास समिति धनुषाका लेखा अधिकृत फिरोज आलमका अनुसार पूजिगत तर्फ स्थानीय स्तरको सडक पुल तथा सामुदायिक सुधार परियोजना, आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडकहरु, सिमा क्षेत्र विकास कार्यक्रम, ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, साना सिंचाई नदि नियन्त्रण, स्थानीय यातायात पुर्वाधार क्षेत्रगत कार्यक्रम, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति र चालु खर्च तर्फ निर्वाचन क्षेत्र विकास तथा पुर्वाधार, गाविस अनुदान, एलजीसिडिपी, जिविस अनुदान गरी कुल १२ वटा शिर्षकको रकम फ्रिज भएको हो । लेखा अधिकृत आलमका अनुसार अषाढ मसान्तको करिब सात दिन अघि २४ अषाढसम्ममा चालु तर्फ करिब ८४ करोड र पुजिगत तर्फ करिब १० करोड गरी कुल ९४ करोड रकम जति विनियोजित भएकोमा चालु तर्फ ४ करोड खर्च भई र पुजिगत तर्फ ६१ करोड खर्च भई बाँकी    रकम फिर्ता भएको हो ।
आर्थिक बर्ष २०७२÷०७३ मा जनकपुर उपमहानगरपालिका अन्तरगत चालु खर्च तर्फ १५ करोड ९४ लाख ९५ हजार ३ सय ६० रुपैयाँ विनियोजित भएकोमा १४ करोड ६८ लाख ७५ हजार १ सय २८ गरि ९२.०९ प्रतिशत रकम खर्च भएको हो । पुजिगत तर्फ २ करोड ८६ लाख ६१ हजार विनियोजित भएकोमा सत प्रतिशत रकम खर्च देखाइएको छ । अर्थात कुल बजेटमा ६.७१ प्रतिशत रकम मात्र फ्रिज भएको तथ्याङ्कले देखाउँछ । तर, विकास कागजमै मात्र भएको हो कि भन्ने आधार अहिले जनकपुरमा भएको बर्षा र त्यसपछि उत्पन्न परिस्थिति र डुवानमा परेको अवस्थाले पुष्टि गर्छ ।
अन्य कार्यालयहरुको अवस्था
डिभिजन सडक कार्यालय धनुषामा कुल १ अर्ब २३ करोड ५४ लाख ६६ हजार १ सय ७२ रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब १६ करोड ७७ लाख ५५ हजार ४ सय ९७ रुपैयाँ अर्थात ९४.५२ प्रतिशत खर्च भएको छ भने ५.४८ प्रतिशत रकम फ्रिज भएको छ । त्यसैगरी जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा कुल ९३ करोड २१ हजार ७ रुपैयाँ बजेट विनियोजन भएकोमा ८९ करोड ९६ लाख ३९ हजार ८ सय ९२ रुपैयाँ अर्थात ९६.७३ प्रतिशत खर्च भएको छ भने ३.२७ प्रतिशत रकम फ्रिज भएको छ ।
जिल्ला शिक्षा कार्यालयमा कुल ८८ करोड ३५ लाख ३ हजार ६ सय २४ रुपैयाँ बजेट विनियोजन भएकोमा ७१ करोड १८ लाख ३ हजार १ सय ८२ रुपैयाँ अर्थात ८०.५७ प्रतिशत खर्च भएको छ भने १९.४३ प्रतिशत रकम फ्रिज भएको छ । जिल्ला कृषि विकास कार्यालय धनुषामा कुल २ करोड ४२ लाख ८६ हजार ७ सय ८४ रुपैयाँ बजेट विनियोजन भएकोमा १ करोड ९४ लाख ७५ हजार ५ सय ८५ रुपैयाँ अर्थात ८०.१९ प्रतिशत खर्चभएको छ भने १९.८१ प्रतिशत रकम फ्रिज भएको छ ।
यसरी हेर्ने हो भने धनुषामा विगतका तुलनामा विकासको लागि रकम खर्च गर्ने क्षमतामा बृद्धि भएपनि कार्य गुणस्तरहीन भएको र ती अधिकांश कार्यहरु कागजमै सम्पन्न भई व्यापक भ्रष्टाचार र अनियमितता भएको पाइन्छ । तसर्थ त्यसको अनुगमन पनि आवश्यक छ ।

२०७३ श्रावण ०९ गते आईतबार

जनकपुरको सडकमा घस्रेर बाटो हिँड्ने ‘भोलाको दर्दनाक कथा’

शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
शरीरमा झुत्रो लुगा , सानो कपडाको एउटा थैलो , बीच व्यस्त सडकमा बसेको जस्तो । तर यथार्थमा उनी बसेका छैनन् । हिँड्दै, घस्रँदै बाटो काटिरहेछन्, सडकमा । खुट्टाले हैन दुई हातको सहाराले घस्रेर । यसरी उनी प्रायः सडकमा घस्रेर कुनै होटेल अगाडी जान्छन् । खाना माग्छन् । मायालु होटेलबालाहरु खाना दिन्छन् । खान्छन् । फेरी आफ्नै बाटो लाग्छन् । प्रायः उनी जनकपुरकै कुनै न कुनै सडकमा घसे्रर बाटो काटेको देखिन्छन् । उनले खाना बाहेक अरुथोक कसैसंग केहि माग्दैनन् पनि । बाटो हिँड्नेहरु घस्रेको हेर्छन् । फेरी फर्केर आफ्नै गनतव्यमा लाग्छन्, बटुवाहरु । केहि मायालु स्वाभावका मान्छेहरु उनलाई हेरेर दुःखित हुन्छन् । उनीहरु पनि केहि सोच्दै आफ्ना गन्तव्य तिर लम्कन्छन् । बाटो हिँड्नेहरु सबैको आ आफ्नो  गन्तव्य हुन्छ । काँही पुग्ने, काँही बस्ने । वास्तवमा सडकमा घसे्रर हिड्ने ती व्यक्तिको कुनै गन्तव्य छ की छैन ? मनमा प्रश्न उब्जिन सक्छ ।  धेरैलाई त्यो कुरादेखि के सरोकार । तर, खोज्दै जाँदा यस्तो छ उनको दर्दनाक कथा ।
उनको पनि सानो संसार थियो  
आज भन्दा १० वर्ष अघि उनको पनि हाम्रै जस्तो संसार थियो । आमाबुबा , श्रीमान श्रीमती , एउटी छोरीसहितको सानो परिवार । हुन त छोरी र दाईभाईहरु अहिले पनि छन् । उनको नाम हो भोला सहनी । धनुषाको चक्कर २ का रौदी सहनीका ३७ वर्षका छोरा हुन् उनी । भोला ६ दाजुभाई मध्येका बुबाका साहिलो छोरा हुन् । 
यस्तो छ भोलाको अत्यन्तै दर्दनाक कथा
नुहाउँदै भोला ।
बुबाको एक कठ्ठा घडेरी मात्र जाएजथा श्रीसम्पति हो सबै दाजुभाईमा । अत्यन्तै गरिबीको कारण परिवारमा ठुलो संख्या भएपनि परिवार भने आर्थिक मामिलामा निकै दयनीय छ । गरिबीको कारण सबै छोराहरु ज्याला मजदुरी गरी साँझ विहानको छाँक टार्ने गरेका छन् ।  त्यसै मध्येका साहिला भोला पनि त्यसरी नै ज्याला मजदुरी गर्दै विवाह गर्ने उमेरसम्म पार गरे । करिब १३ वर्ष अघि धनुषाकै गोदारका कारी सहिनीकी छोरी सुनिता सहनीसंग उनको विवाह भयो । विवाह पश्चात घरायसी खर्च बढ््यो । जसको कारण गाउँघरमै ज्याला मजदुरी गरेर छाँक टार्नसमेत धौ÷धौ पर्यो । विवाहको एक वर्ष पश्चात नयाँ सदस्यको रुपमा छोरी जन्मिन् । भोलाकी छोरीको नाम रिंकु हो । त्यस पश्चात छोरीको लालन पालन र घरपरिवार सञ्चालनमा आर्थिक समस्याले जटिलता बढ्दै गयो ।
गाउँ घरको ज्याला मजदुरीले घरपरिवार चलाउनसमेत अप्ठ्यारो परेको अवस्थामा छोरी र श्रीमतीको उज्वल भविष्य हेर्न थाले, भोला । झनै छोरी भएपछि अहिले नकमाए छोरीलाई पढाई लेखाई र विवाह कसरी गर्ने , घरपरिवार सञ्चालन कसरी गर्ने भनेर भोलालाई चिन्ता थपिदै गयो । अन्ततः भोला वैदेशिक रोजगारमै आफ्नो परिवारको सुख शान्तिको सपना देखे । र, वैदेशिक रोजगारमा जाने निष्कर्षमा पुगे । विवाहको तीन वर्ष पश्चात पासपोर्ट बनाएर एक जना एजेन्ट मार्फत मलेसिया जाने निधो गरे । गाउँकै एक साहु महाजनसंग ऋण काढेर उनी मलेसियाको एक कम्पनीको कामदारको लागि विदेश उडे ।
कामदारको रुपमा गएको कम्पनीमा पुग्दा ४÷५ महिनासम्म त्यति कमाई भएन । जसोतसो त्यहाँ खान र बस्नेसम्मको कमाई मात्र भयो । ५÷६ महिना पश्चात काम गर्ने कम्पनी नै बन्द भयो । परिणाम स्वरुप बाध्य भएर घर फर्किनु पर्यो । भोलाले वैदेशिक रोजगारमा गएपछि बुनेका र देखेका सबै सपना त्यतिकै चकनाचुर भयो । झनै गरिबीले पिल्सिएका भोलालाई विदेश जाँदा लिएको ऋण कसरी तिर्ने समस्या थपियो ।
घरपरिवार सञ्चालनमा अत्यन्तै कठिनाई सुरु भयो । घरको आर्थिक अवस्था जर्जर हुँदै जाँदा श्रीमती सुनिताले पनि विस्तारै भोलालाई माया गर्न् छाडिन् । 
श्रीमतीले परपुरुषसंग कुलेलाम ठोकिन्
भोला विदेश जाँदा नै श्रीमती सुनिताको अर्का पुरुषसंग हिमछिम बढ्दै गएको थियो । घरायसी समस्या र साहुको ऋणको भारी कसरी तिर्ने भन्ने चिन्ताले भोलाको जिन्दगी तनावमय भईसकेको थियो । झन् श्रीमतीले माया गर्न छाडेपछि उनी झनै मानसिक तनावमा थिए । भोला विदेशबाट फर्केको करिब डेढ वर्ष पश्चात  भोलाकी श्रीमती सुनिता छोरी र श्रीमानको माया मारेर सदाका लागि अर्कै नजदिकीएका जनकपुर विस्पिट्टीका एक पुरुषसंग कुलेलाम ठोकिन् ।
एक त गरिबी , त्यसमाथि विदेश जाँदा लिएको ऋणको चिन्ता , श्रीमती माया गर्न छाडेकी पिडा त्यसमाथि झनै सानो छोरीलाई श्रीमती सुनिताले छाडेर भागेपछि भोला विक्षिप्त अवस्थामा पुगेको स्थानीयहरुको भनाई छ । त्यस पश्चात पिडा खेप्न नसकी भोलाको मानसिक सन्तुलन गुम्यो । एक त त्यतिकै घर परिवारका सबै सदस्यहरु गरिबीको पिडाले पिल्सिएका । काम नगरी छाँक टार्न धौ÷धौ । भाईहरुले आर्थिक अभावको कारण भोलाको उपचार गराउन सकेनन् । मानसिक सन्तुलन गुमेपछि भोला आफ्नो घरमा नबसी भौत्तारिदै बाहिर बाहिर हिँड्न थाले । उनको रेखदेख गर्ने कोहि भएनन् । 
पानीटंकीबाट लड्दा मेरुदण्ड भाँचियो  
भोलाको मानसिक सन्तुलन गुमेको ५÷६ वर्ष पश्चात महोत्तरीको परौल स्थित खानेपानीको टंकीमा चढेको बेला एक्कासी खसेर मेरुदण्ड भाँचेको भनेर बुझिएको कुरा भोलाका भजित राजु सहनीको भनाई छ ।  मेरुदण्ड भाँच्चिदा पनि उनको उपचार हुन सकेन । त्यसपछि विस्तारै भोला यसरी नै सडकमा घिस्रिन थाले । भोलालाई घरमा लग्न पटक पटक घरपरिवारका सदस्यहरुले आग्रह गर्दा पनि आउन नमानेको भतिज राजुको दावी छ । 
यस्तो छ भोलाको दिनचर्या
जनकपुरको सडकमा घस्रेर हिँड्ने भोलाको प्रायः बसाई र खुवाई जनकपुरको शिवचोक र रेल्वे स्टेशनमा हुने गरेको स्थानीयबासिन्दाको भनाई छ । भोलाको साँझको खाना जनकपुरको शिवचोक स्थित जनकपुर नवरंग होटेलले खुवाउने गरेको स्थानीयबासिन्दा बताउँछन् । भोला नियमित रुपमा आफ्नो सरसफाई गर्ने गरेका छन् । उनले आफ्नैै हातले कल चलाएर लुगाफाटोसम्म धुने र नुहाईधुलाई गर्ने गरेको नवरंगकै एक सेक्युरेटी गार्ड झाले सुनाए । नुहाउन र लुगा धुन अरुले कल चलाएर सहयोग गर्न खोज्दा पनि त्यसलाई भोलाले अस्वीकार गरी आफैले गर्ने गरेका छन् । 
अपांगको हकहितको लागि धेरै संघसंस्था रहेपनि पूर्ण रुपमा अपांग भोलालाई आजसम्म कुनै कतैबाट सहयोग भएको छैन । कष्टकर जीवन व्यतित गरिरहेका र सडकमा घस्रेर आफ्नो जिवन विताईरहे पनि भोलामाथि त्यस्तो कुनै संघसंस्थाको नजर पर्न सकेको छैन । न त गाविसबाट अपांगता भएकाहरुले पाउने भत्ता नै पाउँन सकेका छन्, भोलाले । उनलाई सायद एउटा ह्वील साईकल अथवा ह्वील चेयरको व्यवस्था भई दिँदा घस्रेर भन्दा ह्वील साईकलमा हिँड्न सहज हुन्थ्यो होला ।   
भोलाकी छोरी रिंकु मावलीमा पालिँदै
भोलाकी श्रीमती सुनिता अर्का पुरुषसंग भाग्दा र भोलाको मानसिक सन्तुलन गुमेपछि छोरी रिंकु बिचल्लीमा परेकी थिईन् । आमा भागेको केहि दिन पश्चात मावलीले लगेर पालनपोषण गर्दे आएको छ । रिंकु अहिले झण्डै ११ वर्षकी भईसकेकी राजुसहनीको भनाई छ । आमा भाग्दा र बुबाको मानसिक सन्तुलन विग्रिदादेखि रिंकु  अनाथ जस्तै भएकी उनले बताए । मावलीको आर्थिक अवस्था कमजोर भएको कारण रिंकुको जिवन पनि कष्टकर नै वितिरहेको राजुको कथन छ ।     


२०७३ श्रावण ०९ गते आईतबार